‘तपस्वी अचानक देखापरी पुनः गायब’

March 12 2006 76 Commented

तपस्वी राम बम्जनबारे थप न्युज अपडेट हेर्न यहाँ क्लिक गर्नुहोस्।

तपस्वी बोम्जन ३ वर्षको लागि बङ्करभित्र छिरे
एचकेनेपाल डट कम मार्च २८, २००७ -
बाराको रतनपूरीमा ६ महिनासम्म पानी समेत नखाई तपस्या गरेका रामबहादुर बोम्जन सोमबारदेखि ३ वर्षको लागि बङ्करमा छिरेर तपस्यामा लीन भएका छन्।

पटक पटक हराउंदै सम्पर्कमा आएका बोम्जन चैत्र २ गते समितिको सम्पर्कमा आएका थिए। बोम्जनले बाराको हलखोरिया दहको जङ्गलमा ७ फिट लम्बाई र ७ फिट चौर्डाई खाडलभित्र रहेर ३ वर्षसम्म तपस्या गर्ने घोषणा गरेका छन्।

तपस्वी बोम्जनको आग्रह अनुसार समितिले बङ्करभित्र जाने एउटा भर्‍याङ र खाडलभित्र छुट्टै एउटा गुफा बनाएर ढोकासमेत राखिएको छ भने बङ्करमाथि सानो छाप्रो बनाई दिएको छ।

‘तपस्वी अचानक देखापरी पुनः गायब’
उपेन्द्र लामिछाने/शंकर आचार्य, मार्च २०-
बारा, चैत ६ - साताअघि हराएका किशोर तपस्वी आइतबार बिहान अचानक देखापरेर पुनः गायब भएको ओम नमोबुद्ध तपोवन संरक्षण समितिले दाबी गरेको छ।

बिहान करिब ८ बजे उनी गोपिनी भन्ने ठाउँमा रूखमुनि उभिरहेको अवस्थामा फेला परेको समिति अध्यक्ष वेदबहादुर लामाको दाबी छ। यो स्थान तपस्यास्थलभन्दा ३ किमि दक्षिण-पश्चिम पर्छ।

‘हामी खोज्दै गएका थियौं,’ उनले भने- ‘पहेंलो लुगा लगाएका तपस्वी रूखमुनि उभिरहेका थिए ।’ भिडियो क्यामेरासहित गएको अध्यक्ष लामा र पुजारी सम्मिलित सात जनाको टोलीले तपस्वी बोलेको १५ मिनेट लामो दृश्य खिचेर ल्याएको छ। भेटको करिब आधा घन्टापछि उनी ‘अलप’ भएको लामाले बताए।

समितिले निजगढमा दिउँसो सञ्चारकर्मी र सुरक्षा प्रतिनिधिसमक्ष तपस्वीको भिडियो रेकर्डिङ सार्वजनिक गरेको छ । भिडियोमा तपस्वीले सेतो कछाड र पुरानै प्रकृतिको लुगा लगाएका छन् । ‘मेरो खोजी गर्नुपर्दैन,’ तपस्वीले भनेका छन्- ‘छ वर्षपछि नेपालमा शान्ति लिएर र्फकनेछु। त्यतिन्जेल तपस्यास्थलमा मूर्ति बनाएर पूजाआजा सञ्चालन गर्नू।’

पछिल्लो पटक १५ दिनअगाडि तपस्यास्थलमा निक्कै कमजोर देखिएका तपस्वी भिडियोमा भने फूर्तिला छन्। ‘मलाई बाघ-भालु मात्र होइन, गोलाबारुददेखि पनि डर लाग्दैन,’ कपालले ढाकिएको अनुहार हल्का खुलाउँदै उनले भनेका छन्- ‘सेना र माओवादी लडे पनि जनता मारमा पर्नु भएन।’

फोहोर र अशान्ति बढेकाले तपस्यास्थल छाड्नुपरेको उनले बताएका छन्। त्यसैगरी उनले आमाबाबुलाई चिन्ता नलिन भनेका छन् । ‘तपाईंहरूले पनि चिन्ता लिनुपर्दैन,’ समितिका एक सदस्यले ‘आफूहरूलाई मानिसले नाटक गरेको भन्दै छन् भगवान्’ भनी राखेको जिज्ञासामा उनले भनेका छन्- ‘कराउनेहरू छ वर्षपछि चूप लाग्नेछन्।’

समितिलाई जानकारी नदिई हिँडेकाले दर्शन दिन आएको उनले बताएका छन्। ‘म निकै टाढा पुगेको थिएँ तर जानकारी दिनुपरेकाले आएँ, मलाई खोज्नुपर्दैन।’ निकै सुन्दर देखिएका उनी बोल्ने क्रममा मुस्कुराइरहेका थिए। संयुक्त सुरक्षा बेसक्याम्प निजगढका निरीक्षक रामकमल आचार्यले समितिले आफूहरूलाई उक्त घटनाबारे दिउँसो २ बजे जानकारी गराएको बताए। ‘हाम्रातर्फबाट एक प्रतिनिधिले उक्त भिडियो हेरे’ भन्दै उनले थप प्रतिक्रिया दिएनन्।


………………………………………………………………………………….
तपस्वी अचानक गायब

कान्तिपुर, शंकर आचार्य/उपेन्द्र लामिछाने, मार्च १२-
बारा, फागुन २७ - दस महिनादेखि रतनपुरीको चारकोसे झाडीमा तपस्यारत किशोर शनिबार बिहान अकस्मात् गायब भएका छन् ।
तपस्वी रामबहादुर बम्जनले कसैलाई थाहा नदिई बिहान तीनदेखि चार बजेबीच तपस्या स्थल छाडेको स्वयंसेवक रामबहादुर वाइबाले बताए । ‘बिहान सिमसिमे पानी पर्दै थियो, स्वयंसेवकहरू सय मिटरजति पर त्रिपालमा सुतेका थियौं,’ उनले भने- ‘उहाँले कसैलाई पत्तै नदिई तपस्या स्थल छाड्नुभएछ ।’ १७ वर्षीय तपस्वीको स्थिति साँझसम्म अज्ञात छ । रतनपुरीकै यी किशोरले तपस्या थालेको शनिबार २ सय ९९ दिन पुग्दै थियो ।

करिब १२ स्वयंसेवी बिहानैदेखि वनका भिन्नाभिन्नै क्षेत्रमा खोजतलासमा लागेका छन् । तपस्या स्थलभन्दा करिब ३० मिटर पर सुक्खा कुलोमा तपस्वीले प्रयोग गरेको वस्त्र गाडेको अवस्थामा फेला परेको वाइबाले बताए ।

अर्का स्वयंसेवी टंकबहादुर थिङले करिब तीन किमि दक्षिण फायर लाइनमा तपस्वीलाई देखेको दाबी गरे । ‘२० मिटर वरैबाट उहाँलाई देखंे, देख्नासाथ म अलमल्ल परें, मुखबाट बोली निस्केन,’ उनले भने- ‘उहाँ भने मलाई एकछिन नियालेर आफ्नो बाटो -दक्षिण) तर्फ लाग्नुभयो ।’ पहिले खुला छाडिएको लामो कपाल बाटेको अवस्थामा तपस्वीलाई देखेको उनको दाबी छ ।

तपस्या स्थलको रेखदेखमा रहेको ॐ नमोबुद्ध तपस्वी सेवा समितिका सिद्धार्थ लामाले तपस्वीले कोलाहल भएकाले छाडेको हुनसक्ने बताए । गत जेठमा पनि उनी १० मिटर पर सरेका थिए । तपस्वीका सहयोगी एवं पुजारी प्रेम लामाले स्थल परिवर्तनबारे उनले आफूलाई संकेत नदिएको बताए।

तपस्वी एक्कासि हराएकाले उनकी आमा मायादेवी अचेतझैं भएकी छन् । उनी एक्लै रुँदै, बरबराउँदै ईश्वरसँग छोराको कुशलताको कामना मात्र गरिरहेकी छन् । तपस्वी उनका साइँला छोरा हुन् । यस घटनाले श्रद्धालुहरूलाई पनि चिन्तित बनाएको छ । जतिसक्दो चाँडो उनलाई खोज्न उनीहरूले समिति र प्रहरी प्रशासनसँग माग गरेका छन् ।

‘तपस्वीबारे हामी पनि चिन्तित छौं,’ प्रहरी उपरीक्षक माधवप्रसाद नेपालले भन्नुभयो- ‘हराएको सूचना मिल्नासाथ विभिन्न किसिमले खोजतलास गरिरहेका छौं ।’ कहाँ, कसरी खोजीमा जुटेकोबारे भने उहाँले खुलाउनुभएन ।

बम्जनले गत जेठ २ गते घर छाडेको भोलिपल्ट तपस्या सुरु गरेका थिए । तपस्या स्थल महेन्द्र राजमार्गबाट करिब नौ किमि उत्तर छ ।


…………………………………………………………………………………

तपस्वीले धोती फेरे

कास, निजगढ, जनवरी २३ -
लामो समयदेखि एउटै कपडामा तपस्या गर्दै आएका तपस्वी किशोर रामबहादुर बम्जनले गएको बुधबार कपडा बदलेका छन्।

बुधबार राति ८ बजे उनको शरीरबाट ‘अकस्मात् निस्केको’ आगोको ज्वालाले लगाइरहेको कपडा जलेपछि उनले रातो वस्त्र लगाएको तपस्वीका काइँला भाइ श्याम लामाले बताए।

‘कपडा जलेपछि निर्वस्त्र उहाँ आफ्नो स्थानबाट १ मिटर वर आई सानो स्वरमा रातो कपडा माग्नुभयो,’ लामाले भने- ‘त्यसपछि फेरि पहिल्यैको आसनमा गएर बस्नुभयो ।’ बाराको रतनपुरीमा विगत ८ महिनादेखि एउटै कपडामा अन्नपानी नखाई तपस्या गर्दै आएका भनिएका तपस्वीलाई हेर्न अहिलेसम्म देशविदेशका लाखौं दर्शनार्थी आइसकेका छन्।

यसैबीच नमोबुद्ध तपोवन समितिले तपस्वीको भेटी प्रकाशमा ल्याएको छ। गत भदौदेखि हालसम्म १२ लाख १० हजार ५ सय ७६ रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष अशोककुमार तामाङले जनाएका छन्। यसमा कर्मचारी तलब खर्च, पूजा सामग्री, सडक मर्मत र खानालगायतका शीर्षकमा ५ लाख ७४ हजार ३ सय ८२ रुपैयाँ खर्च भएको पनि समितिले जनायो।

यसबाहेक समितिमार्फत तपस्या स्थलको रेखदेख र सुरक्षा गर्न स्थानीय १८ युवालाई मासिक २ हजारका दरले पारिश्रमिक दिएर राखिएको छ।

त्यसैगरी तपस्वी जन्मिएको गाउँसम्म जाने सडक निर्माण गर्न ३० हजार ६ सय र अन्य खर्च गरी बाँकी रहेको ६ लाख ३६ हजार १ सय ९४ रुपैयाँ बैंकमा जम्मा गरिएको कोषाध्यक्ष तामाङले बताए।

……………………………………………………………………………………….

तपस्वीको परीक्षण
कान्तिपुर,
स्थानीय स्वास्थ्यकर्मी, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान , लुम्बिनी विकास कोष , बुद्घमार्गी धर्मगुरुहरूले अवलोकन गरे पनि न कसैले झुक्याएर खान्छ भन्ने दाबी गर्न सकेका छन् न निराहारको बारेमै ढुक्क छन् । जिल्ला प्रशासन कार्यालयको आदेशमा कात्तिक २८ गते जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा . रामलखन साहको नेतृत्वको आठ सदस्यीय स्वास्थ्यकर्मी टोलीले तपस्वीको अवलोकन गरेको थियो । तपस्वी जीवित पुरुष भएकामा शंका नरहेको ठहर गर्दै पाँच मिटर दूरीबाट आधा घन्टा अवलोकन गरेको टोलीले वास्तविक परीक्षणका लागि कम्तीमा सात दिन अवलोकन गर्नुपर्ने सुझाव दिएको थियो।

आधा घन्टामा तपस्वीले तीनपटक सास फेरेको , एकपटक थुक निलेको र परेला हल्लेको बताउँदै डा . साह भन्छन् - ‘ रातको समयमा खान्छन् भने पनि १२ घन्टा एउटै आसनमा कठोर तपस्या गर्न सक्ने उनी असाधारण छन्। ‘ योगसाधनाबाट उनले त्यसो गर्न सकेको हुनसक्ने उनको अनुमान छ । भन्छन् - ‘ चिकित्सा विज्ञानलाई नै चुनौती बनेको यसबारे परीक्षण आवश्यक छ । ‘ रक्त परीक्षणबाट उनले खाए नखाएको जाँच्न सकिने टोलीकै सदस्य डा . राजदेव कुशवाहा बताउँछन् । भन्छन् - ‘ रगत निकालेर ग्लुकोजको मात्रा हेर्दा प्रस्ट हुन्छ । ‘ तर तपस्वीलाई छोएर गरिने परीक्षण समितिलाई स्वीकार्य छैन । अध्यक्ष थिङको जिकिर छ ‘ छोएर घोचेर परीक्षण गर्दा ध्यान भंग हुने भएकाले त्यस्तो परीक्षण हामी कुनै हालतमा हुन दिन्नौं। ‘

जिल्ला प्रशासनले गत मंसिर १ गते तपस्वीको जाँच गर्न लुम्बिनी विकास कोष र रोनास्टलाई पत्राचार गरेको थियो । कोष तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको विशेषज्ञ टोलीले मंसिरको अन्तिम साता स्थलगत अवलोकन गरेको पनि हो । सीडीओ सुवेदी भन्छन् - ‘ तर उहाँहरूले पनि किटानी प्रतिवेदन दिन नसकेर होला , त्यसपछि रेस्पोन्सै भएन। ‘

डेढ महिनाअघि फर्पिङ गुम्बाका धर्मगुरु ह्यालु रिङपोछेको नेतृत्वको सात सदस्यीय टोलीले पनि अवलोकन गरेको थियो । आफूले पनि ६ वर्ष ध्यान गरिसकेको र बुद्घमार्गीमा तपस्या गर्नु सामान्य भएको बताउँदै तपस्वीलाई बुद्घ भन्न मिल्दैन भन्ने उनको भनाइ थियो । ‘ खाए नखाएको पत्ता लगाउन शरीरको वैज्ञानिक परीक्षणै चाहिन्छ ,’ धर्मगुरुको जवाफ पनि उही थियो । पानी पनि नपिएको दाबी गर्दै समितिले दसैंको बेला लाख बत्ती बालेर पूजाअर्चना सुरु गरेपछि भीड बढ्दै गएको थियो । अध्यक्ष थिङचाहिँ दर्शन गर्न आएका कम्तीमा दुई मूकव्यक्ति बोल्न थालेपछि उनको दैवी शक्तिको चौतर्फी प्रचार भएको बताउँछन् । आफ्नै छोराको दर्शन गर्न तपस्यास्थल आइपुगेकी आमा माया तामाङ्नी छोरा भगवान् भइसकेको बताउँछिन् । ‘ तामाङको घरमा जन्मे पनि जाँड - रक्सी , माछा - मासु नखाने साइलो छोरा अरू सन्तानभन्दा फरक थियो ,’ उनी भन्छिन् - ‘ कसैसँग झगडा नगर्ने एकान्त मन पराउने स्वभावको थियो। ‘

…………………………………………………………………………………….

न्युयोर्कदेखि तपस्वी खिच्न

कान्तिपुर, नोभेम्बर ३०-
- फोटोग्राफरका लागि एउटा फोटोले कतिसम्म प्रभाव पार्छ भन्ने प्रमाण भएकी छिन् न्युयोर्क निवासी जेसीका डिमार्क । बारामा तपस्यारत तपस्वीको फोटो लिनका लागि उनी सात समुद्रपार अमेरिकाबाट आइतबार यहाँ आइपुगेकी छन् । ‘मैले गत सोमबार न्युयोर्कबाट प्रकाशित हुने स्थानीय पत्रिकामा तपस्वीबारे समाचार पढें,’ शक्तिशाली लेन्सजडित क्यामराको कभर खोल्दै उनले भनिन्- ‘त्यसपछि मैले आफूलाई रोक्न सकिन।’

‘बेलायतबाट प्रकाशित हुने टेलिग्राफ दैनिकबाट साभार गरिएको उक्त समाचारमा उल्लेखित तपस्वी साँच्चै रहरलाग्दो थियो,’ बाराको रतनपुरीमा तपस्यारत तपस्वीको तस्वीर न्युयोर्कबाट प्रकाशित हुने ‘पिपुल्स अमेरिका’ का लागि खिच्न आएकी उनले थपिन्- ‘अहिले त्योभन्दा कैयौं गुना आश्चर्यमा परेकी छु ।’

तपस्वीबारे समाचार पढेपछि आफू एकाएक तनावमा आएको बताइन् । त्यसपछि बिहीबारको ठूलो पारिवारिक पर्व छाडेर राति १० बजे नेपालतर्फ हानिएँ,’ उनले बताइन् ।

……………………………………………………………………………………….

न्युज अपडेटः तपस्वीको परीक्षण गर्न रोनास्टलाई आग्रह

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २७ –
बारा जिल्लामा ६ महिना अघिदेखि तपस्या गरिरहेका १५ वर्षका किशोर राम बोम्जनको स्वास्थ्य स्थिति र त्यसको वैज्ञानिकताका बारेमा परीक्षण गर्न विज्ञान तथा प्रविधि मन्त्रालयले रोनास्टलाई आग्रह गरेको छ।

स्थानीय भाषाको एक पत्रिकालाई अन्तर्वार्ता दिँदै रोनास्टका उपकुलपति डा दयानन्द बज्राचार्यले तपस्या गरिरहेका किशोरको काम असामान्य भएको स्वीकार गर्नुभयो। ६ महिनासम्म पानीसमेत नखाई तपस्या गरिरहेको भन्ने जुन प्रचार भएको छ, यदि त्यो साँचो हो भने यसले आधुनिक विश्व चिकित्सामा नै नयाँ विषयका रुपमा चर्चा पाउने विज्ञहरुको कथन छ।

नेपाल तामाङ घेदुङ महासंघले भने तामाङ जातिमा तपस्या बस्नु भनेको नौलो कुरा नभएकोले परीक्षणका नाममा तपस्वीलाई दुःख नदिन आग्रह गरेको छ।

…………………………………………………………………………………

तपस्या गरिरहेका किशोरलाई हेर्न घुइँचो

कान्तिपुर, हेटौंडा, कार्तिक २३ -
उनी एउटै आसनमा पाँच महिनादेखि पानीसम्म नपिएर बसेका छन् । मानिसको घुइँचो थामिनसक्नु छ । चारकोसे झाडीको पीपलको रूखमुनि साढे पाँच महिनादेखि ध्यानमा तल्लीन भएर बसेका किशोरलाई हेर्न दैनिक बिसौं हजार मानिसको भीड लाग्ने गरेको छ ।

बारा रतनपुरी गाविस-५ चारकोसे झाडीस्थित अजंगको पीपलको टोड्कामा पानीसमेत नखाएर १६ वर्षीय राम लामा तपस्यामा लीन छन् । रतनपुरी गाविस बम्जरका राम लामा २०६२ जेठ २ गते राति घरबाट निस्केका थिए । दुई दिनपछि दाजु गंगा लामाले उनलाई पीपलको रूखको टोड्कामा बसेर ध्यान गरिरहेको अवस्थामा फेला पारेका थिए । तपस्या गरेको स्थानबाट घर पुग्न एक घन्टा हिँड्नुपर्छ । गत जेठ ९ गते बुद्ध जयन्तीको दिन बोलेका लामाले उपस्थित सबैलाई आशीर्वाद दिनुको साथै आफ्नो ध्यान टुटेको बेलामा पाल्तेन दोर्जे नाम गरेर बोलाउनु भन्नुभएको छ स्थानीय युवक गणेश बम्जनले भने ।

७१ वर्षिय गोले भन्छन्— यसरी तपस्या गरेको अहिलेसम्म देखेको थिइन । उनको ध्यान टुट्ला भनेर तपोवन संरक्षण सम्बर्द्धन समितिले करिब पाँच कठ्ठाको जमिनमा तारबार गरेको छ । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने चारकोसे झाडीमा तपस्या गरेर बसेको किशोरलाई हेर्नका लागि चितवन, पर्सा, मकवानपुर, सर्लाही, रौतहट, धनुषा र बारा जिल्लाबाट लबालिकालगायत वृद्धवृद्धाहरू आउने गरेका छन् ।

……………………………………………………………………………..

बारामा नयाँ बुद्ध !

- माधव ढुङ्गेल / कान्तिपुर
चारकोसे झाडीबीचको कालो जंगल । महाभारतका एकलव्यले तपस्या गरेको वा स्वस्थानीमा महादेवले तपस्या गरेको श्लेषमान्तक वनजस्तै सुनसान । बाघ-भालु र वनहात्तीले पानी खाने हलखोरिया पोखरी पनि त्यहाँबाट नजिकै छ । बाराको त्यसै सुनसान वनमा साढे पाँच महिनाभन्दा लामो समयदेखि तपस्या गरिरहेका छन्, रामबहादुर बमजन ।
पौराणिक कथाका ऋषिजस्तै तपस्यारत १६ वषर्ीय बमजनलाई हेर्न अहिले झाडीमा मान्छेको ओइरो लागेको छ । ‘बुद्ध भगवान् हेर्न जाने’ त्यता हिँडेका सबैको मुखबाट एउटै जवाफ निस्कन्छ । रामबहादुरको नाम नै ‘बुद्ध भगवान्’ भइसकेको छ ।

बुद्धजस्तै आसन, बुद्धकै भेष । बुद्धले निर्वाण प्राप्त गरेको बोधगयामा ध्यान गरेजस्तै पीपलको फेदमा उनी ध्यानमग्न छन् । लक्ष्य पनि बुद्धकै छ- निर्वाण प्राप्त गर्नु । निजगढभन्दा एक किलोमिटर पश्चिम महेन्द्र राजमार्गको बकैयाखोला नजिकैबाट जंगल पस्नेको ताँती छ- उनको दर्शन गर्न । राजमार्गबाट सात किलोमिटरभित्र लालगढभन्दा पश्चिमपट्टकिो जंगलबीचमा बसेका छन् उनी ।

तपस्यास्थलभन्दा दुई किलोमिटर दक्षिणको चौर पार्किङ स्थल भएको छ । सयौं गाडी र मोटरसाइकल दैनिक त्यहाँ जान्छन् । सेल पकाउने र बदाम बेच्नेहरूको ठूलै मेला लागेको छ । फूल र धूपको व्यापार फस्टाएको छ । जङ्गल फाँडिदैछ, बाटो विस्तार हुँदैछ । पार्किङदेखि तपस्या स्थलसम्मको दुई किमि दूरीमा पनि पसलैपसल छन् । मानौं, त्यो बाटोबाट कुनै ऐ तिहासिक पवित्र धार्मिक स्थलमा पुगिन्छ ।

बस, मिनीबस ‘रिजर्भ’ गरेर बुद्धको झन्डा बोकेर काठमाडौं, बुटवल, विराटनगरजस्ता सहरबाट त्यहाँ पुग्ने त छँदैछन्, त्यसबाहेक बारा, पर्सा, मकवानपुर, सर्लाही, चितवनजस्ता छिमेकी जिल्लाका स्थानीय रूटमा चल्ने अधिकांश जिप र टेम्पो पनि ‘रिजर्भ’ मा त्यतै लागेका छन् । सबैतिरबाट मान्छेको बाढीआएको छ- रतनपुरीको जंगलमा । मानवसागर नै उर्लेको छ । फर्किंदा १५ रुपैयाँमा एकप्रति तस्बिर पनि किनेर लैजान्छन् ।

तपस्वी रतनपुर गाविस वार्ड नं. ५, बौंजोरका रामबहादुर बमजन भएको स्थानीय बासिन्दा बताउँछन् । उनले तपस्या थालेपछि त्यस क्षेत्रको संरक्षणार्थ ‘ओम नमोबुद्ध तपोवन संरक्षण तथा संवर्द्धन समिति’ गठन गरिएको छ । समितिका सदस्य शंकरबहादुर रुम्बाका अनुसार, उनी बुद्ध जयन्तीभन्दा छ दिनअघि जेठ ३ देखि तपस्यामा बसेका हुन् । सुरुमा अहिले बसेको रूखभन्दा दक्षिणपट्टकिो अर्को पीपलको फेदमा बसेका थिए । बुद्ध जयन्तीको दिन ‘वाङ’ -आशीर्वाद) लिन आउनेहरूलाई आशीर्वाद दिए । तर ‘वाङ’ लिन आउनेले नै उनलाई चढाएको पैसा लुट्न र दुःख दिन खोजेपछि उनी ३६ घन्टा बेपत्ता भएको र त्यसपछि पुनः त्यहीं आएर अर्को पीपलको फेदमा बसेर तपस्या गर्न थालेको रुम्बा बताउँछन् । त्यसअघि लामाको भेषमा ध्यान गरेका बमजनले भदौ ३ पछि मात्र अहिलेको भेषमा ध्यान गर्न थालेको उनी बताउँछन् । बमजनलाई हेर्न पंक्तिकार पुग्दा उनको अनुहार र शरीर गुलाबी रंगको थियो । उनी मान्छे होइन, कुनै गुडियाजस्तै देखिन्थे । तथापि, लाखौं मान्छेको विश्वास र स्थानीय युवा भनेर गाउँकै मान्छेले भन्दाभन्दै तपस्वी मान्छे नै होइन भन्ने त कुरै भएन । ठूलो पीपलको फेदको दोछायाँमा पूर्व फर्केको त्यो सुकुमार ‘मानवमूर्ति’ मा कुनै हलचल छैन । करिब २५ मिटर टाढाबाट मात्र हेर्न पाउने व्यवस्था गरिएको तपस्वी सजीव मानवशरीर हो भनेर ठम्याउन सकिन्न । ‘बिहान पाँच बजेदेखि साँझ पाँच बजेसम्म मात्र दर्शनार्थीका लागि खुला हुन्छ’, रुम्बा भन्छन्, ‘बुद्ध भगवान्ले योबाहेक अरू बेलामा भक्तलाई आपत परेमा भक्तको उद्धार गर्न नसक्ने भन्नुभएकाले यस्तो व्यवस्था गरेका हौं ।’ जेठ ३ पछि उनले खाएको प्रमाण आफूले नपाएको रुम्बा बताउँछन् ।

भौतिकवादमा विश्वास गर्ने सबै आश्चर्यचकित भएर हेर्न गएका छन्, तपस्वीलाई । आधुनिक विज्ञानलाई नै चुनौती बनेको छ, यो तपस्या । अपत्यारिला प्रचार पनि थालिएका छन् । उनी तपस्वीको शरीर र अनुहार कहिले निक्खर पहेंलो, कुनै बेला सेतो रङ्को हुने बताउँछन् तर पंक्तिकारले हेर्दा भने उनको रङ गुलाबी थियो । तपस्वी बसेको रूखको माथि बुद्ध देखिने भन्दै ‘ऊ..ऊ’ भन्दै हेर्नेको भीड देखिन्छ । पापीले बुद्ध नदेख्ने भन्ने भनाइले सबै सोझासीधा ‘देखें-देखें’ भनिरहेका हुन्छन् । ‘यो बुद्ध भगवान्को आमाको नाम पनि मायादेवी रे,’ भीडमा कुराकानी सुनिन्छ । कुनै दिन तपस्वीको मृत्यु भएको हल्ला चल्छ त कहिले सर्पले टोकेको । त्यसपछि त्यहाँ थप भीड लाग्छ ।

तपस्या स्थलमा सर्वसाधारणको भीड लाग्न थालेको डेढ महिनाभन्दा बढी भइसकेको छ । कतिपयले रातभरि बसेर हेरे पनि कुनै छद्म कार्य पाएका छैनन् । तर पाँच महिना २० दिन नाघिसक्दा पानी समेत नपिई मानव शरीर कसरी जीवित रहनसक्छ ? सबैभन्दा रहस्यको विषय भएको छ । समितिका मान्छे भने पीपलको पातबाट पानीका रूपमा भगवान् बुद्धले शक्ति पिलाउने बताउँछन् ।

त्यहाँ पुगेर र्फकनेहरूको मुखबाट तपस्वीका बारेमा यस्ता अभिव्यक्ति आइरहेका हुन्छन्-

उसमा दैवीशक्ति छ । त्यसैले ऊ जीवित रहन सकेको हो ।

सुरुमा बसेको तपस्वीको सट्टा उस्तै मूर्ति बनाएर राखिएको छ हैन ?

खानाको सट्टा शक्ति दिने गोली खुवाएर पनि राखिएको हुनसक्छ । धर्मभीरुहरूले ‘प्रोपोगन्डा’ खडा गरेर धर्म प्रचार गर्दैछन् ।

दुई-चार जना भेट भयो कि गफ नै ‘बुद्ध’ को हुन्छ । वीरबहादुर र मायादेवी बमजनका साहिंला छोरा रामबहादुर पहिला पनि घरमा त्यत्ति नबस्ने हुनाले गाउँघरमा त्यत्ति नचिनिएका र आफूले पनि पहिला नचिनेको रुम्बाले बताए ।

तपस्वी मान्छे नै हो भन्ने मान्दा उसमा कुनै दैवीशक्ति नै नभए पनि बुद्धत्व पाउन भनेर लागिपरेका हुनसक्छन् । तपस्या गर्दागर्दै त्यहीं देहत्याग पनि गर्नसक्छन् । अनि रतनपुरको त्यो पीपलको रूख एक पवित्र धार्मिक स्थल बन्नसक्छ । साढे छ वर्ष तपस्या गर्न भनेर बसेको तपस्वीले भनेका पनि थिए रे, म मरें भने यत्तिकै रहन दिनू भनेर । काठको घेरा लगाएको तपस्या स्थलमा एक किशोरमात्र छिर्न पाउँछन् । तपस्वीका मामाका छोरा प्रेम लामा । ‘बढेको कपाल र ढुक्ढुकीले मात्र उनी जीवित छन् भनेर अनुमान गर्न सकिन्छ,’ प्रेम भन्छन् ।

जे होस्, दैनिक हजारौं मान्छेले दर्शन गर्न जाने तपस्वी आकर्षण र रहस्यको विषय भएका छन् । अझ रहस्य त एकान्तमा तपस्या गरेर बुद्धत्व खोज्ने तपस्वीलाई किन दर्शन गर्न जान दिइएको छ ? किन उनको प्रचार हुँदैछ, अप्रत्यक्ष ढंगले । तपस्वीको लक्ष्य प्रचार र दर्शन होइन, निर्वाण प्राप्त गर्नु हो । हल्लाखल्ला, धूप, पैसा हैन, उनलाई एकान्त पो आवश्यक हो । त्यसैले उनको दर्शन गर्न जानबाट रोकिनुपर्छ । वास्तविकता पत्ता लगाउन त्यस ठाउँलाई घेरा हालेर शान्तपूर्वक सुरक्षा दिइनुपर्छ । विज्ञानलाई चुनौती बनेको तपस्वीलाई त्यहीं देहत्याग गर्नबाट बचाइनुपर्छ । अन्यथा तपस्वी र सिंगो नेपालीप्रति अन्याय हुनेछ ।
………………………………………………………………………………………….

कलियुगमा नयाँ बुद्ध !

खोजतलास,काठमाडौं । कोही मानिस पाँच महिनासम्म पानीसमेत नखाई बस्न सक्छ ? सुन्दा अचम्म लाग्न सक्छ, तर यतिबेला बारा सतनपुरी गाविसका १६ वर्षीय राम लामा विगत पाँच महिनादेखि निराहार बसी तपस्या गरिरहेका छन् ।

गत जेठ ३ गते स्थानीय जंगलको पीपलको बोटमुनि गौतम बुद्धको आसनमा बसेर ध्यान गरिरहेका लामाले आफ्नो नाम नमोबुद्ध ज्ञानी राखेका छन् । निराहार बसी मौन ध्यान गरिरहेका उनले नागको पूजा गरिदिन र आफ्नो गाउँमा मारकाट नगरिदिन आग्रह गर्दै रातीमा जंगलमा नआइदिन स्थानीयवासी समक्ष आग्रह गरेका थिए । उनी त्यसबाहेक बोलेको कसैले पनि सुनेका छैनन् भने दिनभरी सामान्य हल्लने पनि गर्दैनन् ।

अहिले पीपलका जराहरु उनको शरिरवरपर देखिन थालेका छन् । बुद्धत्व प्राप्तिका लागि लामा तपस्या गर्न बसेको जंगलवरिपरि स्थानीयबासीले संरक्षण गर्न र दर्शनार्थ आउनेका लागि सुविधा पुर्‍याउन समिति गठन गरेका छन् । अहिले उनको दर्शन गर्न मान्छेको घुइँचो लाग्न थालेको छ।

VN:F [1.3.1_645]
Rating: 0.0/10 (0 votes cast)
  • Share/Save/Bookmark

76 Responses to “‘तपस्वी अचानक देखापरी पुनः गायब’”

  1. Ram ko naam le tapasya ma baseka bomjon ko tapasya safal hos bhani unai bhagwan sanga Anter aatma bata prarthana gardachhu.
    Uni awashya pani bhagwan kai swarup hun yesma kunai dui mat
    ma dekh dina.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  2. prakash / kalpana shrestha says:

    नमस्ते होङ कोङ नेपाल
    बिश्वास आत्मा म हुन्छ अनि तेही आत्मा ले बिश्वास गर्नु हुन्छ भने तपाईं पनि बिश्वास गर्नु हुन्छ होला , तर यदि बिश्वास नै गर्नु हुन्न भने किन अरुको बिश्वास म चोट पुराउने काम गर्नु हुन्छ ,

    हुन्छ र मान्नु हुन्छ भने बिश्वास गर्नुश उहा सचिकै बुद्ध नै हुन
    यो देश मा बुद्ध को खाचो छ प्रकाश कल्पना श्रेष्ठ

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  3. suresh says:

    Malai pani 5/6 mahina samma’ BOMJAN ‘ nirahar tapasya baseko kura sunda aascharya lageko thiyo tara tapasya baseko manchhe tapasya abadhi puranai nagari aaja pheri eka ek harauda yo pakkai pani satya hoina bhanne thahar garchu.

    suresh
    Rep.of korea

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  4. bud says:

    oheeeeeeeeeee mora haru kina ho little buddha ko biswas nagarni .timi haru sakchau ,without food .without water do u live ?i belive that buddha boy.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  5. mr.gurung Naresh says:

    xfd|f] ln6n a”4 x/fpg’ ePsf] ;drf/n] dnfO{ slt b’Mv nfu]sf]] 5 s;nfO{ eGg’ / emg} ToxL uP/ b]v]/ jfxfFsf] k”hf u/]/ ljZjfz ug]{ x?sf] xfnt s:tf] ePsf] xf]nf

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  6. nil lama says:

    hi this is nil
    its quite surprised that suddenly u have been disappair but i think abduction by other he is god little buddha too we do belive and i think too the place where he was for meditation is not peace and clean so he might abandon that place and he is doing meditation somewhere peace place that is sure and we all wish him good luck and hope he will back to same place
    god bless him good luck and we all nepali could pray for him good luck

    from nil lama
    wan chai hk

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  7. tamang says:

    sayad tyo kaliyudg ko little budda aafno aantim yatra ko lagi hami haru bata haraunu bhayeko hala .jaha pani ho surakchha saath hunu hunchha bhanne hami sabai le every time pray gari rakhe ka chhau.jati sakdo chhito hami majh aai hami nepali haruko kalyan garnu hola .waha gayab hunu bhayeko chhaina .hami harulai pura hope chha ki deshma santi ko ujaalo chhaune chha.GOd blss little budda…………
    subha chintak,gtu
    Sikkim House.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  8. Prakash says:

    jasle j bhane pani malai chanhi achamma lageko chha yarrrrrr
    ma ta yek din khana khayena bhane mero pet ta khokro hunchha ringgata lagera aauchha tara ti little Budha ko sangya payeko Bamjang le 9/10 mahina samma kehi nakhayera kasari basna sakeko hola??? feri yetika samaye samma niaahar basera kata bepatta bhayeko hola?? katai lukera pet bhari khana gayeko hoina ?? malai ta sanka nai lagchha sathi ho……………
    Prakash Thapa
    Nepal

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  9. kevin meghi says:

    i think it is true.and we need to save him,and if possible pease do not disturb him during his pray.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  10. what we can do, if the lettle budha said hi will back again after six years with shanti very good for us.and if he said pray to staytue (murti) ok we will do that waiting for him.if we can with peace in our country thats a every thing for us.he said don’t worry about me, no body can kill and kidnap and any animals can’t kill me if he said like that very nice now i am out of afred.
    waiting for little budha ram bomjan
    shaym ghale dumar bana
    simara bara,narayani nepal.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  11. HEAVEN says:

    HI everbody
    i reccomend about little budhha according to his words, which is well-known among the nepali people that he was not god or budhha ,although , he is in tappasya such a long time .he said that he was not supposed to be budhha on the other hand he was only tapasya in becouse he was budhha but becouse of his priviladge to become a true tapasyi being under of the budhha’s teachings.
    what i mean to say that everybody saying he is budhha and would become a budhha eventhough he is not only according to his words . so i want make people sure or sence what is really is .
    lastly ,i am thankfull to all whoever making coments with possitive attitude.
    anyway lets pray to god for the country as well as world peace .
    thanks
    namaskar
    bideshi

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  12. gopalgurung says:

    hi dear
    pathak plz don.t believe that mr. ram bomjan n he.s comeeti make a lord of money n doing bad activitse ok plz mero nepali daju bhaiho viswas nagrnu hola . buddhale kahile pani bhaneko chaina ki ma 6 varsa pachi buddhtawa prapta garchu bhanera tara yo ram bomjan ta bhanchai ki malai buddha nabhannus ma 6 varsa pachi buddha hunchure hahahahaha……pagal raicha ani yo nepal tamang samiti pani dos drohi ho ani bara district ko adikarin haru pani ho . chor ho sabai paisa banaune kaam ok don.t veilive byee

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  13. HEAVEN says:

    hi gopal guru ng g
    may i get your email adddress so that i can talk to you regarding budhhatwa and other religions ,thanks for your kindly cooperation
    namaskar gopal g

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  14. chhetra lama says:

    namaste,,,,pahile ohm mane pema hub jasle jati kura gare pani kina pachhi lagne kasaiko tapasya bhanga garne matra chhan don’t flow out and negetiv person ”””””””” buddham saranam gachchhami ohm nama buddha

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  15. chhetra lama says:

    mata buddha ko hakta hun kasaiko kura pani sundi ni

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  16. Karki says:

    Namaste to all,

    Lets pray for him to be succeed in his aim.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  17. kumar_grg says:

    leena grg bahaine ko kura pani 100%right ho thx leena ji for your comment.

    kumar_hk

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  18. every thing igs good.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  19. kal says:

    I also don’t believe about that mediator, because this is c21 century

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  20. Raju Nakarmi says:

    Dear frens,

    Universe is miracle. Every body belongs to God and I beleive there is super power. The rumour may be and may not be true. For that we need to wait and see . We really need again living Buddha in the world so that people will be one not different. I beleive there must be miracle and all should be given message in this world.

    Be good do good.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  21. tapaseya bhaneko ………..brmmaha , bisnu , maheswar, siwa jastopo hunuparchha ta.
    om santi…..om santi……….om gadapate naama.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  22. bomjan aaba farkera aaudaina areeee……..

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  23. sunita gurung says:

    hi dear all,
    bhanchhan manchhe haru biswash nai thulo ho bhanera, but ma pare dodharma, koi bhanchhann biswash garnu parchh koi bhanchhan jhutt ho bhanera !! je hoss manchhe ko afno afno bichar hunchha, afnai saili hunchha jaslai je garna man parauchha tei garna deu, thik and galti ta pachhi haha paihalchha ne haina ra ??

    sunita

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  24. Arin says:

    ram bamjan bhagawan huna sakdaina, yo sab jhut ho, kina usle yesto gardaicha tyo thah vayena tara malai patakkai biswas lagdaina. khana paani bina manche yeti lamo samay bachnai sakdaina.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  25. sajikai 6 mahina samma pani ra khana bina bachne manchhe kasari budhha ko puna janma lieko hoina vanna sakinahha ta? malai 100% biswas chha. pun budhha ko aba janma bhayo.usko tapasya sakiye pachhi matra nepalma santi aaunechha.

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)
  26. alare subba says:

    i had gone there once at that time i felt it is real because most of poeples’ saying is same

    VA:F [1.3.1_645]
    Rating: 0.0/5 (0 votes cast)

Leave a Reply