नेपाली मुलकी चिनानी बनिन् मिस पश्चिमाञ्चल २०६३

एचकेनेपाल डट कम सम्वाददाता-
नेपाली मुलकी १८ बर्षीया चाइनिज युवती सुनिता हेयु यस बर्षको मिस पश्चिमाञ्चल बनेकी छिन्। गत शनिवार १ जुलाई पोखराको उद्योग बाणिज्यको सभा हलमा सम्पन्न मिस एण्ड मिष्टर पश्चिमाञ्चल प्रतियोगिता २०६३ मा मिष्टर पश्चिमाञ्चलको शीर्ष उपाधि भने २० बर्षीय सुवास पौडेलले जितेका छन्।


नेपाली आमा र चाइनिज बाबुबाट नेपालमै जन्मिएकी हेयुले ८ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस पश्चिमाञ्चल २०६३ की शीर्ष उपाधि हात पार्न सफल भएकी थिई। कसमस इन्टरनेशनल कलेज गैह्रपाटनमा ए लेभलको कोर्ष अध्ययन गरेकी हेयुले पर्फमेन्स टाइटलसमेत हात पारिन्। प्रतियोगितामा पुष्पा कार्की र मिरा गिरेलले क्रमशः फस्ट रनर अप र सेकेन्ड रनर अप उपाधि जित्न सफल भए।

पृथ्वीनारयाण क्यापसमा व्यवस्थापन संकाय तर्फ स्नातक तहमा अध्ययनरत पौडेलले ७ जना प्रतिस्पर्धीहरुलाई पछि पारेर मिष्टर पश्चिमाञ्चल २०६३ बने। प्रतियोगितामा सुमन आले र विरेन बन्जामी क्रमशः फस्ट रनर अप र सकेन्ड रन अप बनेका थिए।


फोटोजेनिक शीर्षकमा पुरुषतर्फ सुमन आले र महिलातर्फ मीरा जिरेलले उपाधि जिते।

मिष्टर तथा मिस पश्चिमाञ्चल पौडेल तथा हेयुलाई क्रमशः प्रमुख अतिथि सञ्जयकुमार अधिकारी र मिस नेपाल १९९७ निलिमा गुरुंगले ताज पहिर्‍याइ दिएका थिए।

प्रतियोगिता दृष्टिविहिन बालबालिकाको सहयोगार्थ द लुक्स फेशन होम इभेण्ट म्यानेजमेन्टको आयोजनामा सम्पन्न भएको थियो। अफिसियल मिडियाको रुपमा लभ्लीपोखरा डट कम र पोखरा एफएम रहेको उक्त कार्यक्रमको मुख्य प्रायोजन एभरेष्ट बियर र पहिरन डिजाइन सेभी बुटीकको रहेको थियो।

सोही अवसरमा स्थानीय पत्रकार शिव शर्मा चञ्चललाईसमेत सम्मान गरिएको थियो।

फोटोः सुदर्शन रञ्जित /एचकेनेपाल डट कम। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

  • Share/Save/Bookmark

21 Responses to “नेपाली मुलकी चिनानी बनिन् मिस पश्चिमाञ्चल २०६३”

  1. Sushil says:

    Thikai hun naani haru, anyway badhai chha.

  2. grg aita sing(h.k.) says:

    its a good news for pokhara .keep it up both of them .

  3. Juna says:

    Nilima aunt ta saro motaunu bhaichaa :)

  4. mS. kAaLi says:

    Ms. Pasimanchal pani,

    Aba k vannu hola la la tapai haru lae ne deraaii dheraai badhai cha heei.

    mS. KAaLi

  5. Lekali says:

    Yes patak Pokhara ma saundari haro ko abhab khatkiyo ki kya ho gande???

  6. Sumi says:

    neither good nor bad!!

  7. gh says:

    thats good

  8. gh says:

    thats good

  9. maila says:

    aba sundari haru sabai hk,uk,usa,australia ma.bank raheko lai chahi pacharehca.mori chinniko kapal ko ranga herda ta mong kwok ko po yaad ayo achya milhe! paisa male udharo ghyale ,

  10. shubhash says:

    aa. thik chha:):):):P

  11. Navraj Ghimire says:

    मलाई यो कार्य्क्रम धेरै राम्रो लाग्यो कृपया म अब नीयमित
    हेर्ने गर्छु । ध्न्याबद !

  12. wangge says:

    miss pashimanchal ta bhaihalyo tara miss gaule kanchi chai kahile ni. anyway miss gandaki matrai garda kaso hola tysko barema pani…..

  13. mike says:

    kahi nabhayeko jatra handigauma?

  14. LALIT THAPA MAGAR says:

    I LOVE U…

  15. kamal says:

    सिगरेट

    तिमी गएपनि मैले तिमी भन्दा राम्री साथी पाएको छु,
    चुरोट ।
    हृदय जलाएपनि कमसेकम जतिखेर मन लाग्यो, त्यतिखेरै
    ओठमा टाँसिन त आउँछे !!
    ……………………………………………………………………………

    हजारौँमा एक

    मैले भनेँ: तिमी मेरो हृदयको को हृदयकी रानी हौ ।
    उनले थपिन्: तिमी तिमी हृदयभन्दा ठुला छौ ।
    मैले भनेँ: तिमी कति राम्रो छौ,तिमी हजारौमा एक हौ ।
    उनि जंगिइन्: हजारौँमा एक ? धोकेबाज,
    बाँकी ९९९ जना को को हुन् , तुरुन्त देखाउ !!
    ……………………………………………………………………………..

    डेराको कथा

    बिहे गरेर श्रीमती ल्याइयो
    मलाई डेरा चाहियो,
    खोज्दा खोज्दा असनको गल्लीमा एउटा पाइयो ।

    कति पैसा हो साहुजी तपाइको कोठाको ?
    महिनामा १००० रुपैया तिर्नुपर्छ यस चोटाको ।
    हजार रुपैया ? यो त साह्रै महँगो भयो नि साहुजी,
    जताततै मुसाहर नाँचिरहेका छन् ,दिनोस् ८ सय बिसमा
    साउजीले भने: १००० रुपियाँमा मुसा ननाचेर नाँच्छे त करिस्मा !!

  16. nimesh says:

    What is her Hong Kong ID number, guys any guess?

  17. tallo ghare thulo kanchha, says:

    malai ta ramro lagyo tara miss nepal ya miss pokhara tapai haru lai ke sujhab ra prashna garrna chahannchhu bhane ke miss nepal banna sath motai hallnu parrchha? ke napal ma sundari hune haru le 1 barrsha napugdai motai hallnu parrchha? yo yad rakhnush tapai haru le dieting garrnush ra jahile pani sundar rahanush exercise garrnush slim body banaunush, yo ta bhayena ni miss nepal 1 sal bitya chhaina motayera miss nepal hoki moti nepal yarrrr!!!!!!!1 mind nagarnu hosh hai
    satya jahile pani tito hunnchha, tallo gharr ko thulo kanchho

  18. rame says:

    yaaar nilima granny katee saro motayeko dhat yo ta sarai bhayo nee. dieting garnu paryo anee exercise garnu paryo anee paila ko jasto slim beauty hunu paryo

  19. Jeevanta says:

    its all right but one thing how to ongoing become like a chinese, the Nepalese girls.

    thanks

    Jeevanta

  20. laxman says:

    मलाई यो कार्य्क्रम धेरै राम्रो लाग्यो कृपया म अब नीयमित
    हेर्ने गर्छु । ध्न्याबद !

  21. suraj shah says:

    malai yo program ati bhanda pani ati maan paryo aaba dekhi yo program niyemit herne garchhu. thanks
    with love
    suraj shah
    Birendra nagar-6 surkhet

Leave a Reply