महासंघभित्र चुनावी सरगर्मी
एचकेनेपाल डट कम, मार्च २८ -
नेपालमा संबिधानसभाको निर्वाचनको सरगर्मी चढिरहेको बेला यता हङकङको नेपाली छाता संस्था हङकङ नेपाली महासंघभित्र पनि चुनावी सरगर्मी चढेको छ।
महासंघ भित्रको मूख्य मूख्य पदको कुर्सीका लागि षडयन्त्र र चालबाजीहरु सुरु भएका छन्। सुरुमा महासंघको अध्यक्षमा क्या. चन्द्रबहादुर गुरुङलाई निर्विकल्प अवसर दिइने भनेर बाहिर प्रचारित भए पनि अन्ततः गुरुङले सजिलै सो पद हासिल गर्न नपाउने भएका छन्।
महासंघका महासचिव हेम लिम्बूका अनुसार सो पदमा अरु दुई जना पनि भिड्ने भएका छन्। जसमा स्वयं लिम्बू रहेका छन् भने अर्का महासंघका संस्थापक अध्यक्ष भोलानाथ थापा पुनः उक्त पदका लागि चुनावमा उत्रने भएका छन्। उता महासंघका अध्यक्ष हेजेन राई अध्यक्ष पदका लागि पुनः भिड्ने मनस्थितिमा नरहेको अड्कल वाजीहरु चलिरहेका छन्। यस विषयमा बुझ्न खोज्दा अध्यक्ष राईसंग सम्पर्क हुन सकेन। त्यसै गरी महासचिवमा किसन राई उठ्ने भएका छन्। अहिलेसम्म उनको विरुद्ध अर्का प्रत्याशी तयार नभए पनि केही जमातले उनको विरुद्ध उम्मेदवारी दिने तयारी गरिरहेको बुझिएको छ।
हङकङमा विभिन्न उद्धेश्यद्वारा स्थापित जातिय, सामाजिक तथा क्षेत्रीय संस्थाहरु विस्तारै महासंघभित्र आवद्ध भै रहने क्रम चले पनि ती संस्थाहरुले महासंघबाट आफ्ना नाम निकाल्ने मनस्थितिमा रहेका छन्। समाज हितका लागि गरिने काम र योगदानका लागि महासंघभित्र आवद्ध हुन जरुरी नभएको नाम बताउन नचाहने एक संस्थाका जिम्मेवार व्यक्ति बताउंछन्। महासंघभित्र बस्दा आफ्नो संस्थाको अवमूल्याकंन भएको र महासंघभित्र केही व्यक्तिहरु मात्र हावी भएको उनी बताउंछन्। यही मार्च ३० तारिखमा सम्पन्न अधिवेशनले कस्ता कस्ता व्यक्तिहरु महासंघको जिम्मेवार पदमा आउंछन्, त्यसलाई हेरेर महासंघभित्र आवद्ध भै रहने वा नरहने त्यो सोंचाईमा परिवर्तन ल्याउने बताउंछन्।
महासंघभित्रका केही व्यक्तिहरुको गलत काम, गैर जिम्मेवारी, विवादस्पद क्रियाकलापका कारण सिंगो महासंघ केही समय यता बदनाम हुंदै आएको पर्यवेक्षकहरु बताउंछन्। जसको कारण महासंघको औचित्यमाथि नै प्रश्न चिन्ह खडा भएको छ। नेपाली समाजका लागि नाम अनुसार काम महासंघले गर्यो वा गरेन भनेर चारैतिरबाट मूल्यांकन गरिने क्रम जारी छ। चर्का- चर्का भाषण, कुर्सीको होडबाजी मात्र महासंघको उद्धेश्य होइन। महासंघ विवादरहित र भेदभावरहित ढंगले अगाडि बढ्नुपर्छ। आफ्ना विपक्षमा मत राख्नेहरुको खोइरो खन्ने प्रवृत्ति अबका नयाँ जिम्मेवार व्यक्तिहरुले त्याग गर्न सक्नु पर्छ। महासंघभित्रै बसेर समाज भाँड्ने र समाजभित्र विखण्डन ल्याउने जस्ता गैरजिम्मेवारी आचरणहरु त्याग गर्न सक्नुपर्छ। अर्काका सही सुझाव र प्रतिक्रियाहरु सुन्न तयार नहुने, व्यक्तिगत वा संस्थागत रुपमा समाजमा योगदान दिने व्यक्तिहरुलाई मानासिक यातना दिने जस्ता निकृष्ट र दुषित क्रियाकलापहरु फेरि पनि भै रहे भने भोलि महासंघ सबै संघसंस्थाहरुबाट एक्लिन सक्छन्। महासंघभित्रका एक दुईजना व्यक्तिहरुको दादागिरी र खराव आचरणका कारण महासंघ डुब्नु भनेको निश्चित रुपमा दुर्भाग्यपू्र्ण हो। हङकङे नेपाली समाजले यो दिन देख्न नपरोस्, यही शुभकामना… !!!
News update: हङकङ नेपाली महासंघको अध्यक्षमा हेम लिम्बु (+Photo)
खबरदार क्या.चन्द्र बहादुर गुरुङ्ग लाई नेपाली महासंघ हङ्गकङ्गको बलीको बोका नबनायोस् यही मेरो अग्रीम शुभ कामना ।निशान
oh ! yaha pani election ? hoina Hamra adarniya Kisne Mahasachib ma bhidne ? bado ramro..bahut khub ? sabai lai thaha cha.. Pakka pani uhako dada giri nai ho Nepal samaj bhadne. uhako tapari chuhiyeko bela. Keko mahasachib ho ?
Sunincha afai president hune bichar ma hunu hunthiyoo ? yetro 2 years ma uhanai hoina Mahasanga ko President ? Hejen ta Thapana matrai ho sathi ho… aahile afno kehi nalagera Mahasacchib bhidne tarkhar ? Nisad le bhane ko jastai, Chandra bahadur gurung lai baliko boko banayera, Nirdosh gurung lai dubaune khel ho ?
Neta ho Kisne lai bhot diyera jitaye pachi, tapari dekhayera arko 2 barsa, banner falne, maan lageko lai purskar dine ? online media lai gandai naganne ke ho yo tarika ?
be wear of …
ke ho mahina ma 5_6 din ta phocut ma restaurent ma ra BBQ khaana paainchha bhanerai kursiko lagi haan thaap hundai chha ki…………….natra ta yo maha sangh ko prabhab kari kaam ta kehi dekhiyeko chhaina.khaali biwaad matrai AAMBOOOOOOOOOOO ajjha dada giri pani po chaldaa ran. yesari nai chaldaran ki kya ho nepali jeeban.
milijuli sarkar banau hahi….pachi hamro pali ma hamile dukha paunu naparos
Please don’t attack the personalities of our Mahasagh…….but rather attack the promblems that we’ve brought here from Nepal.
Stragey:Attack the promblem, not the person.