नोटः एचकेनेपाल डट कमले माथि उल्लेख भएका कार्यक्रमहरुलाई परीक्षणका रुपमा प्रत्यक्ष भिडीयो प्रसारण गरिन लागिएको हो। भिडीयो इमेजको स्तर, कार्यक्रम स्थलको मोबाइल सिग्नलमा निर्भर रहने छ।
प्रसारण भै सकेका कार्यक्रमहरूः
- बीरबहादुर थापा मगर - एकल गायन - १ मार्च शनिबार
- हिन्स - साँस्कृतिक सौहार्दता विविध कार्यक्रम - ९ मार्च आइतबार
- किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष सुमाया राईसंग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम - १९ फेब्रुअरी, वर्कस युनियन
- हङकङका कवि र कविताहरूः - १७ फेब्रुअरी आइतबार
एचकेनेपाल डट कम-
अनलाईन खरिद बिक्रीका लागि हालै हङकङबाट जबेगु डट कम सञ्चालनमा आएको छ। जबेगु डट कमले अनलाईनमार्फत विभिन्न सामान तथा सेवा खरिद बिक्री गर्न / गराउन सुविधा उपलव्ध गराएको छ।
जवेगु डट कमको सेवा कुनै पनि व्यापार व्यवसायीहरुलाई आफ्नो व्यापार बढाउन मद्दत गराउनु हो। यसको मूल उद्देश्य नेपालको उत्पादनहरुलाई विश्व बजारसामु चिनाउनु रहेको छ। संस्थापक भानु जवेगुका अनुसार विशेष गरी कुनै पनि नौलो प्रतिभा, विचार वा कल्पनालाई व्यवसायिक रुपमा बजार सामु प्रस्तुत गराउनेमा जोड दिईनेछ। यसका अतिरिक्त जवेगु डट कमको माध्यमबाट साना या ठूला कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय वा उत्पादनहरुलाई संसारभरि प्रवर्ध्दन गर्न सक्ने छन्। तपाईले चाहनु भएका वस्तु र सेवाहरु जवेगु डट कममार्फत उपलब्ध गर्न वा गराउन सक्नु हुनेछ।
हङकङबाट अप्रिल ११ देखि औपचारिकरुपमा सञ्चालनमा आएको यो वेव साइटमार्फत विश्वका विभिन्न देशबाट क्रेडिट कार्ड तथा पेपल जस्ता माध्यमहरुबाट ग्यारेन्टीका साथ किन्न या बेच्न सकिने प्रावधान रहेको छ।
हालसम्म पानासोनिक भिएरा, प्लास्मा टेलिभिजन, क्यामरा, डिभिडी आई बि एम लोनेभो कम्प्युटर, एपल आईपड, एम पि थ्रि नोकिया मोवाइल फोनसहित नेपालका केही उत्पादनका साथै हङकङबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरु राखिएका छन्। हाल हङकङमा घर बिक्रीको लागि उपलव्ध छ भने निकट भविष्यमा काठमाडौं, दुवई, जाकार्ता र टोकियोमा समेत अफिस तथा घरहरु बिक्रीमा राखिने बताएका छन्। त्यसै गरी अन्य उत्पादनका सामाग्री तथा सेवाहरू ग्राहक र बजार अनुकूल क्रमिक रुपले थपिदै लगिने जवेगू डट कम को योजना रहेको छ।
एचकेनेपाल डट कम सम्बन्धि तपाईंका कुनै जिज्ञासा तथा सुझाबहरू भए कृपया तलको कमेन्ट बक्समा पोष्ट गर्नुहोला। हामीलाई एचकेनेपाल डट कम सम्बन्धि कतिपय मेलहरू प्राप्त भएका र मेलको अक्सर एकै खालका जवाफ धेरैलाई पठाई रहनु पर्दा प्राविधिक कारणले कठिनाई परेकोले अन्य पाठकहरूलाई पनि सजिलो होस् भनेर जिज्ञासा तथा सुझाव पेटिकाको रूपमा यसलाई प्रयोग गरिएको हो।
If you have any queries, Comment and feedback about HKNepal.com. Please post in the Comment Box.