Posts filed under 'गोर्खा न्युज'
एचकेनेपाल डट कम, नोभेम्बर १९ -
गोर्खा चिल्ड्रन्स इन्टरनेशनल फोरम हङकङले बिओसी पार्सपोर्ट र ब्रिटीश नागरिकता प्राप्तिको लागि थप जानकारी दिन आज हङकङ नेपाली महासंघको कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गर्यो।
.jpg)
.jpg)
फोटोः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।
पत्रकार सम्मेलनमा गोर्खा चिल्ड्रन्स इन्टरनेशनल फोरम हङकङका अध्यक्ष एनके राईले गोर्खाली सन्ततीहरूको हक, हीत र अधिकारको बिषयमा बोल्नुभएको थियो। उहाँले अहिले नेपाली समुदायबीच चर्चामा रहेको बिओसी पासपोर्टको बिषयमा जानकारी दिनुभएको थियो। सोही कार्यक्रममा उहाँले संस्थाको परिचय र भावी कार्यक्रमका बारेमा प्रकाश पार्नुभएको थियो। फोरमको भावी कार्यक्रमबारे जानकारी गराउंदै डिसेम्बर ३ मा हङकङमा रहेका गोर्खाली सन्ततीहरूबीच पाकिस्तानी क्लवमा बृहत भेलाको आयोजना गरिने बताउंनु भयो।
त्यसैगरी युकेबाट हङकङ आइपुग्नु भएका गोर्खा चिल्ड्रन्स इन्टरनेशनल फोरम युकेका महासचिव खुशी लिम्बुले १९७६ को जुन ३० भन्दा पहिले हंगकंगमा जन्मेका नेपाली राहदानीवाहकको बिषयमा केन्द्रित रहेर जानकारी दिनु भएको थियो। पत्रकार सम्मेलनको सञ्चालन गोर्खा चिल्ड्रन्स इन्टरनेशनल फोरम हङकङका महासचिव डिबी गुरूङले गर्नु भएको थियो।
गोर्खा चिल्डन्स इन्टरनेशनल फोरमद्वारा उपलव्ध गराईएको ब्रिटिश ओभरसिज सिटिजन पासपोर्टको लागि आवेदन र बेलायती नागरिकताका निम्ति आवेदन भर्ने मार्ग निर्देशिका एचकेनेपाल डट कमका पाठकहरुलाई उपयोगी होला भनेर यहाँ प्रकाशित गरिएको छ।
३० जुन १९७६ भन्दा पहिले हंगकंगमा जन्मेका नेपाली पासपोर्ट बाहकहरुलाई जानकारी
ब्रिटिश ओभरसिज सिटिजन पासपोर्टको लागि आवेदनः
बेलायती सरकारले हालैमा १९७६ को जुन ३० भन्दा पहिले हंगकंगमा जन्म लिएका नेपाली राहदानी बाहकहरु वास्तवमा ब्रिटिश ओभरसिज सिटिजन (BOC) नागरिकहरु हुन् भनी स्वीकार गरेको छ र जस अनुसार यदि उनीहरुले चाहेको खण्डमा पूर्ण बेलायती नागरिकता (राइट अफ एबोड सहितको ) का निम्ति आवेदन दिन सक्नेछन् ।
यदि तपाईं पनि यस समुहमा पर्नुहुन्छ भने ब्रिटिश ओभरसिज सिटिजन पासपोर्टका निम्ति आवेदन दिन सक्नुहुनेछ र जुन पासपोर्ट बेलायती ट्राभल डकुमेण्टको रुपमा प्रयोग गर्नसक्नुहुनेछ। तथापि, यदि तपाईं कुनै अपर्झट यात्रा गर्नुपरेको अवस्थामा मात्र यो पासपोर्ट लिन जरुरी हुन्छ। अन्यथा, तपाईं BOC पासपोर्ट ननिकालीकन सिधै बेलायती नागरिकताका निम्ति आवेदन दिन र तत्पश्चात बेलायती पासपोर्टका निम्ति आवेदन दिन सक्नुहुन्छ जसले गर्दा तपाईंको समय र पैसा दुबैमा बचत हुनेछ।
ब्रिटिश ओभरसिज सिटिजन पासपोर्टका निम्ति योग्य हुन निम्न सबै लागु हुनु पर्नेछ:
i) सन् १९७६ को ३० जुन वा त्योभन्दा पहिले हंगकंगमा जन्मेको हुन पर्ने,
ii) बिएनओ पासपोर्ट कहिल्यै लिएको हुन नहुने,
iii) औपचारिक रुपमा बेलायती राष्ट्रियता त्यागेको हुन नहुने र,
iv) नेपाली पासपोर्टभन्दा अन्य कुनै किसिमको पासपोर्ट लिएको हुन नहुने।
यदि तपाई बेलायत भन्दा बाहिर भएको खण्डमा, तपाई आफू रहेको मुलुकमा अवस्थित कुनै बेलायती राजदुतावास वा कन्सुलेटमा ब्रिटिश ओभरसिज सिटिजन पासपोर्टका निम्ति आवेदन दिन सक्नुहुनेछ। यसका निम्ति आवेदन फारम Form C1 ब्रिटिश कन्सुलेट जनरल हंगकंगको अतिरिक्त यसको वेबसाइटबाट पनि डाउनलोड गर्न सक्नुहुनेछ। ब्रिटिश ओभरसिज सिटिजनसिपको दावीका निम्ति यस Form C1 को सेक्सन ७ मा तपाईंले निम्न कुराहरु भर्न आवश्यक छ:
“I was a citizen of the United Kingdom & Colonies by birth in Hong Kong. At birth, I was also a citizen of Nepal by descent. On 1 January 1983, I was reclassified as a Hong Kong British Dependent Territories citizen by the British Nationality Act 1981. I did not renounce my British nationality prior to 21 years of age and therefore automatically lost my citizenship of Nepal. Having already lost my Nepalese citizenship, on 1 July 1997 I would have become stateless, save for the provisions of Article 6(1) of the Hong Kong (British Nationality) Order 1986 whereby I became a British Overseas Citizen.”
अर्थात, “मेरो हंगकंग जन्मको आधारमा संयुक्त अधिराज्य बेलायत तथा यसका उपनिबेशको नागरिक थिएँ। म जन्मँदा बंशजको आधारमा नेपालको पनि नागरिक थिएँ। जनवरी १ सन् १९८३ मा ब्रिटिश नेशनालिटी एक्ट १९८१ आधारमा म ब्रिटिश डिपेन्डेन्ट टेरिटोरिज सिटिजनको रुपमा पुनःबर्गिकृत भएँ। म २१ बर्ष पुग्नभन्दा अगावै मैले बेलायती राष्ट्रियता त्याग गरिंन र त्यसको आधारमा मेरो नेपाली नागरिकता स्वतः लोप हुनगयो। मेरो नेपाली नागरिकता पहिले नै लोप भइसकेको हुनाले १ जुलाई १९९७ पछि म राज्यबिहीन हुनेथिएँ। त्यसैले हंगकंग (ब्रिटिश नेशनालिटी) अर्डर १९८६ को दफा ६ (१) को प्रावधान बमोजिम म ब्रिटिश ओभरसिज सिटिजन हुनपुगें।”
ब्रिटिश ओभरसिज सिटिजन पासपोर्टका निम्ति आवेदन दिंदा तपाईंले आवेदन फारमका साथ निम्न कागजातहरु कन्सुलर अधिकृतहरु लाई देखाउन पर्ने हुन्छ: (i) हंगकंग जन्मदर्ताको प्रमाणपत्र, (ii) हंगकंग आई डी कार्ड (यदि तपाईंसंग भएमा), र (iii) तपाईंको चालु नेपाली राहदानी।
नेपालमा दोहोरो नागरिकताको प्रावधान नभएको आधारमा तपाईंले अहिले प्रयोग गरिरहनुभएको नेपाली राहदानी अबैध भएकोले तपाईंलाई बेलायती अधिकृतहरुले आफूसंग भएको नेपाली पासपोर्ट र नागरिकता सम्बन्धित निकायमा समर्पण गराउन सक्नेछन् (तर स्थानीय नीति तथा नियमहरु फरक पर्नसक्नेछन्)। त्यसैले गर्दा तपाईंले आवेदन दिनभन्दा पहिले आफ्नो नेपाली राहदानी र नागरिकताको प्रतिलिपिहरु राख्न नभुल्नु होला किनभने, भबिष्यमा कुनै पनि बखत कहिं न कहिं तपाईं आफू पहिले आफू नेपालको नागरिक पनि रहेको भनी देखाउन पर्ने स्थिति आइपर्नसक्छ।
बेलायती नागरिकताका निम्ति आवेदनः
ब्रिटिश ओभरसिज सिटिजनहरुलाई बेलायतमा राइट अफ एबोड को अधिकार हुन्न। त्यसैले तपाईंले पूर्ण बेलायती नागरिकताको दर्ताका निम्ति आवेदन दिन पर्दछ। यदि बेलायतभन्दा बाहिर रहेको खण्डमा तपाईंले सम्बन्धित मुलुकमा रहेको स्थानीय बेलायती राजदुतावास वा कन्सुलेटमा दर्ताका निम्ति आवेदन बुझाउन सक्नुहुन्छ। दर्ता आवेदनको निम्ति दस्तुर पाउण्ड स्टर्लिड. £१६१ लाग्छ जुन स्थानीय मुद्रामा तिर्नुपर्दछ। यदि तपाईं दर्ताका निम्ति हंगकंगमै आवेदन दिंदै हुनुहुन्छ भने फोन २९०१ ३०५० मा फोन गरेर तपाईंले पहिले नै एपोइन्टमेण्ट मिलाउनु पर्दछ।
बेलायती नागरिकताको दर्ताको आवेदन दिनका निम्ति दई बेग्ला बेग्लै प्रकारका फारमहरु छन्। ती मध्ये कुन चाहिं फारम भर्ने भन्ने कुरा तपाईं कहिले हंगकंग आउनुभएको र हाल कुन ठाऊँको सामान्य बासिन्दा हुनुहुन्छ त्यसमा भर पर्दछ।
i) यदि तपाईं ४ फेब्रुवरी १९९७ मा वा त्यो भन्दा पहिला नै हंगकंगको सामान्य वासिन्दा हुनुहुन्थ्यो र आवेदनको दिंदाको मितिमा हंगकंगकै वासिन्दा हुनुहुन्छ भने तपाईंले Form EM भर्नुपर्दछ।
ii) यदि तपाईं माथि भनिएका सामान्य बासिन्दा अर्थात Ordinary residency को नियम पूरा गर्न सक्नुहुन्न भने तपाईंले Form B(OS) भरेर आवेदन दिनुपर्दछ।
दुबै प्रकारका फारमहरु गाइडेन्स नोट सहित तलको वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुनेछ ।
http://www.ind.homeoffice.gov.uk/applying/nationality/formsandguidance/
तपाईंले आवेदन बुझाउनुभएपछि आवेदन फारम कारबाहीका निम्ति लिभरपुल होमअफिसमा पठाइनेछ। यदि तपाईंको आवेदन सफल भएमा ब्रिटिश कन्सुलेटमा सिटिजनसिप सेरिमनीमा सामेल हुनपर्नेछ। तत्पश्चात तपाईं बेलायती नागरिक हुनुहुनेछ र बेलायती नागरिक पासपोर्टका निम्ति आवेदन दिन सक्नुहुनेछ।
सम्बन्धित न्युज लिन्कः
१९७६ भन्दाअघि जन्मेका नेपालीले बिओसी पासपोर्ट पाउने
Popularity: 41%
November 19th, 2006
एचकेनेपाल डट कम, हेमा तमु -
हङकङमा रहेका गोर्खाली सन्ततीहरुले आफ्ना हक, हित र अधिकार रक्षाका लागि आइतबार संयुक्त गोर्खाली सन्ततीहरुको अन्तर्राष्ट्रिय संस्था ( United Gorkha Children’s International Forum Hong Kong) को स्थापना गरेको छ।
जोर्डनस्थित इण्डिया क्लवमा भएको एक बृहत भेलाले उक्त संस्स्थाको स्थापना गरेको हो। संसारका जुन सुकै देशमा सैनिक सेवामा समर्पित भै काम गरेका गोर्खाली सेनाहरुका सन्तानलाई संगठित र एकतावद्ध पार्ने संस्थाको लक्ष्य रहेको छ। बेलायत तथा बेलायतको अधिनमा रहेका उपनिवेशहरुमा सेवाका क्रममा जन्मेका सन्तानहरुलाई उक्त देशको सबै प्रकारका अवसरहरु दिलाउन संस्था लागि पर्ने स्रोतले बताएको छ।
भूतपूर्व गोर्खा सेनाका गरीव तथा असहाय सन्ततीहरुको जीवनस्तर उकास्न र उनीहरुलाई आवश्यक भौतिक, आर्थिक तथा नैतिक सहयोग उपलव्ध गराउनका साथै गोरखाली सेनाका सन्तानहरुबीच भातृत्व र मैत्रीपूर्ण सम्बन्ध विस्तार गराउने संस्थाको उद्धेश्य रहेको छ।
उनीहरुका कला, संस्कृति र रहनसहनलगायत सामाजिक तथा आर्थिक सबै क्षेत्रको प्रचारप्रसार गरी गोर्खाली सेनाको अन्तर्राष्ट्रिय क्षेत्रमा छुट्टै मूल्य र मान्यता स्थापना गर्न एक अन्तर्राष्ट्रिय संस्थाको आवश्यकता महसुस गरी संयुक्त गोर्खाली सन्ततीहरुको अन्तर्राष्ट्रिय संस्थाको स्थापना गरिएको जनाएको छ।
सोही भेलाले एन.के. राईको अध्यक्षतामा १५ सदस्यीय कार्यसमितिको गठन गरिएको छ। कार्यसमितिमा गीता राई, डिबी गुरुङ, मोहन विश्वकर्मा, भूपालसिंह राई र तुलसी राना मगर क्रमशः उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सह- कोषाध्यक्षमा चयन हुनुभएको छ भने सदस्यहरुमा पार्वती गुरुङ, बालकृष्ण पुन, टीकाप्रसाद राना मगर, उपेन्द्र गुरुङ, शोभा राई, बिना सुब्बा, ग्याल्बो पेम्बा तामाङ, नेत्रकुमारी गुरुङ र पूर्णिमा पुलामी मगर हुनुहुन्छ।
Popularity: 6%
October 12th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
ब्रिटीस गोर्खा भूतपूर्व सैनिक संघले भूतपूर्व सैनिकहरुलाई बेलायतका लागि आवासीय भिषाको आवेदन फारम आगामी २४ अक्टोबरभित्र भरि सक्नु पर्ने जानकारी दिएको छ।
ब्रिटीस गोर्खा भूतपूर्व सैनिक संघ हङकङद्वारा आइतबार चिम सा चुईस्थित म्यारीनर्स क्लबमा आयोजित एक कार्यक्रममा उक्त जानकारी दिइएको हो। बेलायतमा आवासीय भिषा प्राप्त गर्नका लागि आवेदन भर्ने अन्तिम मिति २४ अक्टोबर तोकिएको हुनाले सो म्याद सकिनु अगावै आवदेन फारम भर्न जानकारी दिइएको हो।

नेपालबाट आउनु भएका ब्रिटीस गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति पदमबहादुर गुरुङले कार्यक्रममा बोल्नुहुदै सबै गोर्खा भूतपूर्व सैनिकहरुले आवासीय भिषाको लागि समयमै आवेदन फारम भर्न आग्रह गर्नु भएको छ। आवासीय भिषा प्राप्त गर्नेले बेलायतमा शिक्षा र रोजगारको अवसर प्राप्त गर्नका साथै व्यापार र व्यवसाय पनि गर्न सकिने प्रावधान रहेको हुंदा आफूले पाउंनु पर्ने अधिकारको सदुपयोग गर्न उहाँले सुझाब दिनु भयो।

ब्रिटीस गोर्खा भूतपूर्व सैनिक संघ हङकङका सचिव नरहाङ राईले एचकेनेपाल डट कमलाई दिनु भएको जानकारी अनुसार आवासीय भिषाको लागि आवेदन प्रक्रिया खर्च करिव ५ हजार पाउण्ड लाग्ने बताउंनु भयो। उहांका अनुसार ४ हजार पाउण्ड लिगल एड, ५ सय पाउण्ड वकिल शुल्क, ४ सय पाउण्ड अध्यागमन विभाग शुल्क र ३० पाउण्ड कागजपत्र डेलिभरीका लागि खर्च लाग्न सक्ने बताउंनु भयो।
सचिव राईका अनुसार ब्रिटीस गोर्खा भूतपूर्व सैनिक संघ हङकङले हङकङमा रहेका भूतपूर्व सैनिकको सुविधाको लागि प्रत्येक शनिवार बिहान ९ बजेदेखि राति ११ बजेसम्म संघको कार्यालयमा आवेदन फारम भर्ने कार्यमा सहयोग पुर्याउंने जनाएको छ।

ब्रिटीस गोर्खा भूतपूर्व सैनिक संघ गोर्खा भूतपूर्व सैनिकहरुको हक हीतका निम्ति आन्दोलनरत एक संस्था हो। यो संस्था बेलायती सैनिकसरह भूतपूर्व गोर्खा सैनिकले पनि सुविधा पाउनु पर्ने मागसहित आन्दोलनरत छ।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 12%
September 7th, 2006