सघन तुवाँलो विरुद्ध षडयन्त्र नहोस्
भूपेन्द्र चेम्जोङ, हङकङ-
हङकङ प्रवासका उपन्यासकार रामकृष्ण वान्तवा उनकै आफ्नै उपन्यास सघन तुवाँलोको कारण निक्कै चर्चामा छन्। उनको उपन्यास सघन तुवाँलो त्रिभुवन विश्व विद्यालयको स्नातकोत्तर तहको ऐच्छिक नवौपत्रको लागि डायस्पोरिक अध्ययन शीर्षकको पाठ्यसामग्रीमा समावेश भएको कुरा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभाग कीर्तिपुरद्वारा रामकृष्ण वान्तवालाई पत्रद्वारा जानकारी गराएपछि रामकृण वान्तवा एकाएक चर्चामा आएका थिए।
यो चर्चा नसेलाउँदै उनको उपन्यास त्रिविविको पाठ्यक्रममा परेको छैन भन्ने हल्लाले फेरि पनि चर्चाको विषयमा पारे लेखक तथा कृति दुवैलाई। सघन तुँवालो उपन्यास पाठ्यसामग्रीको रुपमा नपरेको भन्दै एकजना वेनामेको नाममा केही व्यक्तिहरुले अख्तियारमा मुद्दा हालेको खवरले त्रिभुवन विश्वविद्यालय र नेपाली विभाग प्रमुखलाई पनि विवादमा पुर्याएको हो। कुनै पनि पुस्तक त्रिविविको पाठ्यक्रम पर्नु अगावै छनोटका थुप्रै चरणहरु पार गर्नु पर्ने हुन्छ । यो स्वभाविक हो। सर्वस्वीकृत पनि हो। तर सम्वन्धित निकायवाट पुस्तक पाठ्यक्रममा परेको भन्ने लिखित जानकारी लेखकलाई गराइसकेपछि लेखकले आफ्नो कृति पाठ्यपुस्तकमा समावेश भएको भनेर जान्नुपर्ने हुन्छ। त्रिभुवन विश्वविद्यालय केन्द्रिय नेपाली विभागका विभागीय प्रमुखले नै हस्ताक्षर गरेर ‘सघन तुवाँलो’ पाठ्यसामग्रीको रुपमा परेको व्यहोराको पत्र दिइसकेपछि उपन्यासकार वान्तवाले आफ्नो पुस्तक त्रिविविको पाठ्यसामग्रीको रुपमा समावेश भएको भन्नु किन्चित गल्ति होइन। यतिभएपछि उनले आफ्नो खुशी साथी भाइहरुलाई किन नवाँड्ने - साथी भाइ ,शुभचिन्तकहरुले किन वधाई नदिने उनलाई - वधाई दिनलाई नेपाली विषयको एमए कै विद्यार्थी भएर सघन तुँवालो पाठ्यक्रममा परेको छ कि छैन भनेर जाँचेर मात्र वधाई दिनु पर्ने हो र - त्यो अवश्य होइन । तर्सथ रामकृष्णले खुशी साटा साट गर्नु, साथी भाइ आफन्तहरुले वधाई दिनु एकदमै स्वभाविक प्रकृयाहरु हुन् । वान्तवाले कसाइलाई भ्रममा पार्न नकरात्मक प्रचार गरेको ठहरिदैन । कसैले त्यही प्रमाणपत्रको आधारमा वान्तवाको विषयमा लेख वा समाचार प्रकाशन गर्छ भनेपनि कसैलाई धोका दिएको ठहरिदैन।
वैधानिकताको कुरा
स्नातकोत्तर तहको नेपाली विषयको पाठ्यक्रममा समावेश हुनलाई जुनसुकै लामो वा जटिल प्रकृया पार गर्नु पर्ने भएतापनि त्यसलाई अनुमोदन गरेर लागु गर्ने अन्तिम निकाय नेपाली केन्दीय विभाग नै हो । कृनै कृति त्रिविविको नेपाली विषयको पाठ्क्रममा परिसकेपछि सम्वन्धित लेखक वा उपन्यासकार वा रचनाकारलाई जानकारी गराउने वैधानिक संस्था पनि केन्द्रिय नेपाली विभाग नै हो । यहाँ नेपाली केन्द्रीय विभाग भन्नु र त्रिभुवन विश्व विद्यालय भन्नु एकै हुन् । त्रिभुवन विश्व विद्यालयले कसैको पुस्तक कुनै तहको पाठ्यक्रममा पर्यो भनेर नेपाली केन्द्रीय विभागको लेटर प्याडमा विभागीय प्रमुखले हस्ताक्षर गरेर विभागको छाप लगाई प्रमाणपत्र दिइसकेपछि फेरि अर्कोचोटि ‘सरी परेको छैन भूलवस दिइएछ’ भन्न मिल्छ - त्रिभुवन विश्व विद्यालयले दिएको कुनै ग्रेजुएसनकेा र्सर्टिफिकेट पछिवाट कपी जाँच गर्ने मास्टरले राम्रो जाँच गरेनछ तर्सथ तिमी फेल भयौ तिम्रो सर्टिफिकेट फिर्ता भन्न मिल्छ र ? नेपाली विभागका विभागीय प्रमुख प्राध्यापक राजेन्द्र सुवेदी केवल माध्यम मात्र हुन्। उनले गरेका हरेक आधिकारिक कागजहरु त्रिभुवन विश्वविद्यालयका हुन्छन।उनले विभागीय प्रमुखको हैसियतले दिएका सवै प्रमाणपत्रहरु त्रिभुवन विश्व विद्यालयले दिएको ठहरिन्छ । तर्सथ त्रिभुवन विश्व विद्यालय नेपाली केन्द्रीय विभागको लेटरप्याडमा विभागीय प्रमुखले हस्ताक्षर गरेर दिएको कागजको जिम्मेवार त्रिभुवन विश्व विद्यालय हुन्छ । राजेन्द्र सुवेदीले नदिनु पर्ने मान्छेलाई दियो राजेन्द्र सुवेदीले गल्तिले दिइएछ सघन तुँवालो पाठ्पुस्तकमा पर्दैन भनेर फेरि र्सर्टिफिकेट फिर्ता गर्न मिल्दैन । त्रिभुवन विश्वविद्यालयले पत्रलेख्न प्रकृया पुर्यायो पुर्याएन त्यो त विश्वविद्यालयको आन्तरिक मामला हो छलफल र वहसको कुरा हो । प्रकृया नपुर्याई प्रमाणपत्र दिएको हो भने प्राध्यपक सुवेदी कारवाहीमा पर्न सक्छन् । तर वान्तवाको प्रमाणपत्र फिर्ता हुन सक्दैन । पुस्तक स्तरिय भए नभएको र कुरा प्रम्ााणपत्र दिन अगावै निक्र्यौल त्रिविवि नेपाली केन्द्रीय विभागले गर्ने कुरा हो । पुस्तक स्तरीय भएन,सघन तुँवालो उपन्यास पाठ्यक्रममा पारिनु हुन्न आदि कुराहरु प्रमाणपत्र प्राप्त भइसकेको अवस्थामा वैधानिक रुपमा उठन सक्दैनन् । छानवीन गरिसकेपछि प्रमाणपत्र दिइन्छ तर प्रमाणपत्र दिइसकेपछि छानवीन हुँदैन। तसर्थ सघन तुँवालो उपन्यास भोलि षडयन्त्रपूर्वक पाठ्यक्रममा समावेश नगरिएको अवस्थामा त्रिभुवन विश्वविद्यालयको विरुद्ध प्रकाशक वा वान्तवाले मुद्दा हाल्न सक्छन् । यसको लागि प्रकाशक वा वान्तवाले पाठ्यक्रमको पूर्ण खाका आइन्जेलसम्म पर्खनु पर्दछ । यदि सघन तुँवालो पाठ्यक्रममा पारिएको रहेनछ भने मात्र कदम अगाडि वढाउनु पर्ने हुन्छ।
षड्यन्त्रको गन्ध
धेरै लामो जानु पदैन। नेपाली राष्ट्रिय गान छनोट सम्म पुग्दा पुग्छ । नेपाली राष्ट्रिय गान छनोट समितिले व्याकुल माइलाको राष्ट्रिय गीत छनोट गर्यो,न राष्ट्रकवि मानिएका माधव घिमिरेको गीत नै चुनियो न कुनै अन्य विव्दानको नै । जव लेखक व्याकुल माइला राइंको छोरो हो भन्ने थाहा पाइसकेपछि केही कथित विव्दान जाति वादीहरुले त्यस समितिले छनोट गरेको भएन,अर्कै समति गठन गर्नु पर्दछ भन्ने आवाज उठाए । माइलालाई राजावादी समेत भने । उनीहरुको आशय राईको छोराले यतिका गीत लेख्न सक्दैन र राईको छोरोको गीत सवै नेपालीहरुको राष्ट्रगानको रुपमा राख्नु उचित हुँदैन भन्ने नै थियो । उनीहरुले झण्डै माइलालाई खाडलमा हाले । अन्तिममा जनस्तरवाट छनोट समितिले छानेको गीत नै हुनुपर्दछ भन्ने दवाव सृजना हुन थालेपछि वल्ल माइलको गीत स्वीकारिएको थियो । यही कुरा रामकृष्ण वान्तवामा लागु नहोला भन्न सकिन्न। नेपाली डायस्पोरामा लेख्ने कैयो अन्य गैर जनजातिहरु विदेशमा वसोवास गर्दछन् । सयौ पुस्तकहरु लेखिएकाछन् । ती पुस्तकहरुलाई छोडेर वान्तवाको उपन्यास कसरी पर्न सक्छ भन्ने एक किसिमको जातीय अहमता यसमा लुकेको हुनसकने सम्भावना पनि छ । अख्तियारमा उजुर गर्ने व्यक्तिहरु नै वेनामे हुनु अर्को शंकाको विषय हो । संकायभित्रै रहेका प्राध्यपाकज्यूहरुको आफ्ना कुनै आफन्तका डायस्पोरिक उपन्यासहरु पार्नलाई रामकृष्ण वान्तवालाई खाडलमा हाल्ने कोशिस गरिएको भन्न सकिने अवस्था पनि विद्यामान छ। रामकृष्ण वान्तवाको किताव त्रिविको पाठ्यक्रममा परेको भन्ने खवर आएको त ६ महीना वितिसक्यो । के त्रिविविका कुनै कर्मचारी वा प्राध्यपकहरु कान्तिपुर दैनिक कोहिले हेर्दैनन् । राजेन्द्र सुवेदीले अख्तियार दुरुपयोग गरे भन्ने वल्ल एकहप्ता अगाडि मात्र किन थाहा पाएर अख्तियार गए । प्राध्यापक सुवेदीले अख्तियार दुरुपयोग गरेको चिन्ता हो भने त कान्तिपुरमा समाचार निस्केको भोलिपल्टै मुद्दा हाल्न नगएर ६ महिना किन पर्खन पर्यो र -त्यो पनि वेनामेले मुद्दा लगाउने । यदि वास्तविक रुपमा राजेन्द्र सुवेदीले अख्तियार दुरुपयोग गरेको चिन्ता भएको भए र त्रिभुवन विश्वविद्यालय वा राजेन्द्र सुवेदीलाई सच्याउन चाहेको भए पानी मरुवा भएर वान्तवालाई पत्र दिइएको ६ महीनापछि वेनामे निवेदन हाल्नु पर्ने अवस्था थिएन ।साथी प्रकाशनव्दारा त्रिविवि पाठ्यक्रमो लागि भनेर छापिएका पुस्तकप्रतिहरु जफत गर्नुपर्ने जुन वेनामेको जिकिर छ त्यो पनि सरारस गलत कुरो हो । वान्तवाले आफ्नो पुस्तक त्रिविविको पाठ्यक्रममा समावेश भएको चिठी पाइसकेपछि छापेका पुस्तकहरुहुन् यी । त्रिविविको पत्रवमोजिम छापिएको पुस्तकहरु कसरी जफत गर्न मिल्छ - वान्तवा जस्ता सयौ निरिह व्यक्तिहरुलाई नातावाद कृपावादको छालले हुत्याएर सागरको कुनामा थान्को लाइसकेपछि फेरि अर्को शिकार रामकृष्ण वान्तवा वनाउन खोजिदैछ।
हामी भित्रको सोच
रामकृष्ण वान्तवाको सघन तुँवालो त्रिभुवन विश्वविद्यालयको पाठ्यसामग्रीमा पर्नु हङकङवासी सवैको खुशीको विषय हो । हामी सवैले खुशी मान्नु पर्दछ । हामी सवैले रामकृष्ण वान्तवालाई वधाई दिनुपर्ने विषय हो । तर रामकृष्ण वान्तवाको उपन्यास त्रिभुवन विश्वविद्यालयको पाठ्यसामग्रीको स्पमा समावेश हुनलाग्दा हामीलाई किन दुःखलाग्छ । हामी हङकङवासीहरु केही व्यक्तिहरु किन रामकृष्ण वान्तवाको खुट्टा वेस्सरी तानिरहेका छौ । कथित वेनामेहरुले वान्तवाको उपन्यास पाठ्यक्रममा समावेश गर्नुर्ु हुन्न भन्दै त्रिविविको निर्णयलाई उल्टाउन अख्तियारमा मुद्दा हाल्न पुग्दा हामी किन गन्हाउने काखी वजाएर वसेका छौं । हामी हङकङवासीहरुले त्रिविविले दिएको प्रमाणपत्रको आधारमा हङकङवासी लेखकको प्रतीरक्ष गर्न हामी किन अनकनाइरहेका छौ? के वेनामेहरुको पंक्तिमा हाम्रो नाम मुछिएको त छैन? भोलि वान्तवालाई खाने वाघले आफूलाई खायो भने नि?
यो पनि पढ्नुहोस्
‘सघन तुवाँलो’ विवादमा/ प्रा. सुवेदीविरुद्ध अख्तियारमा उजुरी
Recent Videos:
Popularity: 2%
3 comments September 24th, 2010
