Posts filed under 'आगामी कार्यक्रमहरू'

गुल्मेली दीपावली साँझ (+Photo)

एचकेनेपाल डट कम, नोभेम्बर १०-
हङकङमा रहेका गुल्मेलीहरुले १० नोभेम्बरका दिन जोर्डनस्थित इण्डिया क्लवमा रात्रिभोज, नाँचगान, देउसी - भैलो तथा शुभकामना आदन -प्रदान गरी तिहार पर्व धुमधामले मनाए।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

गुल्मी रेसुङ्गा परिवार हङकङको आयोजनामा सम्पन्न कार्यक्रममा हङकङका गुल्मीबासीहरुको ठूलो संख्यामा उपस्थिति रहेको थियो। परिवारका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि महावाणिज्यदूत केशवप्रसाद भट्टराई र विशेष अतिथिको रुपमा केबी बुढाथोकी रहनु भएको थियो। परिवारका भूपू सल्लाहकार प्रेमबहादुर गलामी, मगर संघ हङकङका अध्यक्ष नेत्र पहराईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

परिवारका अध्यक्ष ओम गुरुङले महावाणिज्यदूत केशवप्रसाद भट्टराईलाई फूलको गुच्छा दिई हङकङमा महावाणिज्यदूतका रुपमा नियुक्ति हुनुभएकोमा गुल्मेलीको तर्फबाट स्वागत गर्दै महावाणिज्यदूत भट्टराईको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

औपचारिक कार्यक्रममा महावाणिज्यदूत भट्टराईले तिहारको उपलक्ष्यमा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। परिवारका सचिव भानुभक्त थापाद्वारा सञ्चालित कार्यक्रममा परिवारका सल्लाहकार भरत थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

सोही कार्यक्रममा मकाउमा कार्यरत रहंदा दुर्घटनामा परेर स्वास्थ्यलाभ गरिरहनुभएका गुल्मीका गंगाबहादुर थापालाई उहाँका बुबा रतनबहादुर थापा मार्फत गुल्मी रेसुङ्गा परिवार हङकङले सिघ्र स्वास्थ्यलाभको कामना गर्दै सम्मान व्यक्त गरेको थियो।



नाँचगान डिजे डान्स र देउसी भैलो जस्ता कार्यक्रमहरुले गुल्मी रेसुङगा परिवार हङकङको तिहार कार्यक्रमलाई रमणीय र अवस्मरणीय बनाएको थियो। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

37 comments November 10th, 2007

जनसम्पर्कको दशैं साँगीतिक कार्यक्रम सम्पन्न (+Video)

जनसम्पर्कको दशैं साँगीतिक कार्यक्रम सम्पन्न (+Video)
महावाणिज्यदूतको पहिलो सार्वजनिक साक्षात्कार (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर २१ -
हिन्दूहरुको महान चाड बडा दशैं र तिहारको उपलक्ष्यमा नेपाली जनसम्पर्क समिति हङकङद्वारा आइतबार काउलुन पार्कमा साँस्कृतिक कार्यक्रम प्रदर्शन गरियो।

काउलुन पार्कमा आयोजित साँस्कृतिक कार्यक्रमको भिडीयो झलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

हिन्दूहरुको महान चाड दशैं र तिहारको अवसर पारेर आयोजना गरिएको साँगीतिक कार्यक्रममा शितल पुन, कमल राई, शान्तमान राई, सन्तोष गुरुङ, जौ गुरुङलगायतका नयाँ तथा पूराना दर्जनौं कलाकारहरुले आधुनिक, लोक तथा पप गीतहरु गाएका थिए। कार्यक्रममा लोक दोहोरीका साथै डाँडा गाउंलेका महिला कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए।


गीत प्रस्तुत गर्दै स्थानीय कलाकारहरू।

कार्यक्रममा दर्शक तथा अतिथिहरुलाई निःशुल्क वितरण गरिएको भाग्यशाली चिठ्ठा कार्यक्रमको बीच बीच खुलाइएको थियो। कार्यक्रममा करिव १५ जनालाई गीत संगीत सुन्ने एमपी फोर प्लेयर उपहार वितरण गरिएको थियो। समितिका अध्यक्ष सन्तोष घले, वरिष्ठ संगीतकार दिनेश सुब्बा, एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू, नेपाली बौद्ध समाजका अध्यक्ष डेनी थापा र जनसम्पर्क समितिका प्रदीप थापा र राम गुरुङलगायतले भाग्यशाली एमपी फोर विजेताहरुलाई उपहार वितरण गर्नुभएको थियो।


नेपाली जनसम्पर्क समितिका अध्यक्ष सन्तोष घले।


महावाणिज्यदूत केशवप्रसाद भट्टराई दशैं तथा तिहारको शुभकामना मन्तव्य व्यक्त गर्नु हुंदै।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

वरिष्ठ संगीतकार दिनेश सुब्बाको संगीत संयोजन रहेको कार्यक्रमलाई लक्ष्मी थापा र गायत्री थापाले सञ्चालन गरेका थिए। यसअघि औपचारिक कार्यक्रममा नेपाली महावाणिज्यूत केशवप्रसाद भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो। पहिलो पटक सार्वजनिक समारोहमा उपस्थित हुनुभएका महावाणिज्यदूत भट्टराईले देशविदेशमा रहेका नेपालीहरुलाई बडा दशैं तथा तिहारको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

सोही दिन हङकङका नेपालीहरु हुम हामस्थित महावाणिज्यदूतको निवासमा गै महावाणिज्यदूत भट्टराईबाट दशैंको टीका र आशिर्वाद ग्रहण गर्नुका साथै एक आपसमा शुभकामना आदान प्रदान गरेका थिए।

Popularity: 8%

17 comments October 21st, 2007

डांडा गाउंलेको दशैं प्रीति भोज सम्पन्न (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर ७ -
डांडा गाउंले संस्था हङकङले आइतबार मंकी हिलमा दशैं प्रीति भोजको आयोजना गरी एकआपसमा भेटघाट गरेका छन्।

संस्थाको सदस्य, इष्टमित्रहरुको भेटघाटका साथै सदस्यता नविकरण गर्ने उद्धेश्यले आयोजित कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष विष्णु गुरुङले गर्नुभएको थियो भने सञ्चालन प्रवक्ता मनोज गुरुङले गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार क्या. धनवीर गुरुङले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा राफल ड्र, नाचगान, खैंजडीको ठोकाई र चुड्का समावेश गरिएका थिए। संस्थाका मनोरञ्जन सदस्य केशमाया गुरुङ र मनु गुरुङद्वारा ‘सलाम शिरैमा’ भन्ने गीत गाउंदै शुद्ध गुरुङ पहिरनमा नाँच प्रस्तुत गरेका थिए। पुराना गाऊं घरका रोधीलाई स्मरण गर्ने गरी बुढापाकाहरु कार्यक्रमको अन्ततिर खैंजडी ठटाउंदै चुड्कामा रमेका थिए।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

21 comments October 10th, 2007

हङकङमा लामा बज्र नृत्य (दोर्जे करछाम) (+Photo)

एचकेनेपाल डट कम, जुन २४ -
हङकङ उर्गेन दोर्जे छ्योलिङ बुद्घिष्ट सेन्टरको आयोजनामा आइतवार लामा बज्र नृत्य (दोर्जे करछाम) तथा विश्व शान्ति पूजा र वाङको कार्यक्रम सम्पन्न भयो। गुरु रिन्पोछेको जन्म जयन्तीको शुभ उपलक्ष्यको अवसरमा हेन्री जी. लियोङ कम्युनिटी सेन्टर, याउ मा तेमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङजुङ रिन्पोछेज्यूको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विश्व शान्तिको लागि बुद्धको पूजाआजा गरिएको थियो भने लामा बज्र नृत्य “दोर्जे करछाम” प्रस्तुत गरिएका थिए। अनौपचारिक कार्यक्रमलाई सेन्टरका सचिव विश्वजंग गुरूङ र देवी गुरूङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
लामा बज्र नृत्यको फाइल भिडीयो झलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


Popularity: 7%

17 comments June 25th, 2007

तमु प्ये ल्हुको चौंथो वार्षिकोत्सव सम्पन्न (+Photo)

एचकेनेपाल डट कम -
तमु प्ये ल्हुको चौंथो वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित काम्तिन कन्ट्री पार्कमा मे २० तारिख सम्पन्न भएको छ।

कार्यक्रममा गत वर्ष तनहूंस्थित घाँसे कुवामा माइकोबस दुर्घटनामा परी मृत्युभएका चन्द्रकुमारी गुरुङ, मिनबहादुर गुरुङ र नरमाया गुरुङको स्मृतिमा १ मिनेट धारण गरी मृतात्मको चीरशान्तिको कामना गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि तमु ट्हो हृयुलका अध्यक्ष एकबहादुर गुरुङले हामी गुरुङ जाति एकार्कामा एक जुट हुनु पर्ने धारणा व्यक्त गर्नुभएको थियो। कार्यक्रम राजु गुरुङको अध्यक्षतामा किरण गुरुङको स्वागत मन्तव्य र सञ्चालन रितबहादुर गुरुङको रहेको थियो।

कार्यक्रममा क्लेब्रि संस्कार अनुसार जन्म र मृत्युमा प्रयोग गरिने भेषभूषाको फोटो प्रदर्शनी, केन्द्रीय कार्यालय पोखराबाट पठाइएको आजीवन सदस्यता वितरण र मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश गरिएका थिए।


कार्यक्रम सम्बन्धि थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 7%

19 comments May 28th, 2007

ट्यालेन्ट हन्टको शीर्ष उपाधि बसन्तीलाई

News update: Click here to Visit Talent Hunt 2007 - Event 26 August 2007.

ट्यालेन्ट हन्टको शीर्ष उपाधि बसन्तीलाई
यस बर्षको ट्यालेन्ट हण्टको शीर्ष उपाधि पार्दी पोखराकी १८ बर्षीया बसन्ती पुनले हात पारिन्। फस्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि क्रमशः पोखराकी सब्रिना श्रेष्ठ र संखुवासभाकी एलिना घलेले जिते।


बायांबाट क्रमशः फस्ट रनर अप सब्रिना श्रेष्ठ, बीचमा बसन्ती पुन र दायां एलिना घले। तस्वीरः जगत अम्बु गुरुंग, एचकेनेपाल डट कम।


जेपी मोर्गन ब्याङ्कमा एसिस्टन्ट अफिसरको रुपमा कार्यरत बसन्ती पुनले आफ्ना नौजना प्रतिस्पर्धीलाई उछिनेर यस बर्षको मिस ट्यालेन्ट हन्ट उपाधि हात मात्र पारिनन् मिस पर्सनाल्टी उपाधि समेत हात पारिन्। कांचो उमेरदेखि हंगकंगमा अध्ययन गरेकीले नेपाली भन्दा पनि अंग्रेजी र चाइनिज भाषामा बढी पोख्त छिन् बसन्ती। आफैं गिटार बजाएर गीत गाउन मन पराउंने बसन्तीले नेपाली भाषाका केही गीतहरु पनि रचना गर्दैछिन्। ‘म अंग्रेजीमा गीत तयार गर्छु र साथीहरुले नेपालीमा तयार गरिदिन्छन्।’ उनले एचकेनेपाल डट कमसंग कुरा गर्दै भनिन्। ‘युवाहरुले आफ्ना अन्तरनिहित प्रतिभालाई उजागर गर्न हिच्किचाउनु हुदैन। प्रतिभा देखाउने मौका गुमाउनु हुदैन।’ उनी जेपी मोर्गन ब्याङ्कमा काम गर्नुका साथै स्यान सुइ प्राइमरी स्कूलमा पार्ट टाइम शिक्षिकाको रुपमा कार्यरत छिन्। उनी भविष्यमा म्युजिशियन बन्न चाहन्छिन्। ‘मेरा रचनाहरु प्रेम, जीवन र मित्रताप्रति समर्पित हुनेछन्।’ उनले भनिन्।


पोखराकी १७ बर्षीया सब्रिना श्रेष्ठले फस्ट रनर अपाधिका साथै मिस फोटो जेनिक उपाधि पनि जितिन्।

१९ बर्षीया संखुवासभाकी एलिना घलेले सेकेन्ड रनरअप र मिस बेस्ट ड्रेस उपाधि जितिन् भने पोखराकी जमुना गुरुंग मिस क्याट वाल्क, दमक झापाकी तुलसा गुरुंग मिस बेस्ट फिगर र धाधिङकी क्रिस्टिना गुरुंगले मिस बेस्ट ट्यालेन्ट उपाधि हात पारे।


सहभागीहरुको इन्ट्रोडक्सन राउण्ड, परफरमेन्स र प्रिजजिङको आधारमा बसन्ती पुन, सब्रिना श्रेष्ठ, एलिना घले, तुलसा गुरुंग र जमुना गुरुंग टप फाइभमा परेका थिए। टप फाइभको अन्तिम चरणमा पुगेका प्रतिस्पर्धीको लिखित प्रश्नोत्तरको आधारमा किसन राई, भक्त गुरुंग, शर्मिला गुरुंग र भगवती मल्लको ५ सदस्यीय निर्णायक मण्डलले मिस ट्यालेन्ट हण्ट २००६ बसन्ती पुन, फस्ट रनर अप र सेकेन्ड रनर अपमा क्रमशः सब्रिना श्रेष्ठ र एलिना घलेलाई छनोट गरेका थिए।

बसन्ती पुनलाई गत बर्षकी मिस ट्यालेन्ट हण्ट २००५ दिप्ती थापाले क्राउन पहिराई दिएकी थिइन्। त्यसैगरी सब्रिना श्रेष्ठ र एलिना घलेलाई क्रमशः अनिशा लिम्बु फस्ट रनर अप ट्यालेन्ट हण्ट २००५ र अन्जना राई सेकेन्ड रनर अप ट्यालेन्ट हण्ट २००५ले क्राउन पहिराइ दिएका थिए।

प्रिन्स एडवार्डस्थित क्यारिटस कम्युनिटी सेन्टरमा ७ मे आइतबार सांझ सम्पन्न करीव ३ घण्टा लामो कार्यक्रमको सञ्चालन देवराज राई, सानु थापा र सृष्टी सुनुवारले गरेका थिए। कार्यक्रम ड्रिम्स अनलिमिटेडको आयोजनामा लक्ष्मी थापा राईको संयोजन, ममिता गुरुंग (मिस हंगकंग नेपाल २०००) र तारा सुब्बा (पूर्वाञ्चलन टप मेल मोडल तथा मिस्टर धरान फस्ट रनर अप १९९७) को कोरियोग्राफी रहेको थियो। एचकेनेपाल डट कम
थप फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्। फोटोहरूः एचकेनेपाल डट कमको लागि जगत अम्बु गुरुंग र राजिव राई।



न्युज अपडेट ७ मे, १२०५: आज सांझ साढे सात बजे प्रिन्स एडवार्डस्थित क्यारिटस् कम्युनिटी सेन्टरमा ट्यालेन्ट हण्ट प्रतियोगिता हुदैछ…



ट्यालेन्ट हण्ट २००६ सहभागीहरुः फोटो अपडेट
आगामी मे ७ मा सम्पन्न हुन गै रहेको ट्यालेन्ट हण्ट प्रतियोगिताका सहभागी प्रतिस्पर्धीहरुको चित्रमय झलकहरु । यी फोटोहरु आयोजक संस्था ड्रिम्स अनलिमिटेडका लागि एचकेनेपाल डट कमका फोटोग्राफर राजिव राईले खिचेका हुन्।

विस्तृत जानकारीको लागि यहां क्लिक गरौं।
फोटोहरू हेर्नको लागि यहां क्लिक गरौं।



ट्यालेण्ट हण्ट २००६ को तयारी
एचकेनेपाल डट कम, फेब्रुवरी ४-
हंगकंग, ड्रिम्स अनलिमिटेड हंगकंगले आगामी ७ मेमा ‘ट्यालेण्ट हण्ट २००६’ सुन्दरी प्रतियोगिता आयोजना गरिने भएकोछ।


बायांबाट क्रमशः अनिशा लिम्बु (फस्ट रनरअप), दीप्ति थापा (मिस ट्रयालेण्ट २००५), अन्जना राई (सेकेण्ड रनरअप) फाइल फोटो। गत सालको ट्यालेण्ट हण्ट प्रतियोगिताको चित्रमय झलक हेर्न यहां क्लिक गरौं।

ड्रिम्स अनलिमिटेडकी मुख्य व्यवस्थापिका लक्ष्मी थापा राई र मुख्य कोरियोग्राफर ममिता गुरुंग (मिस हंगकंग नेपाल २०००) ले एचकेनेपाल डट कमलाई जानकारी गराइए अनुसार प्रतियोगीहरुको लागि आवेदन फर्म भर्ने कार्यको थालनी भैसकेको जनाएका छन्। लक्ष्मी थापा राई, ममिता गुरूंग र तारा सुब्बा आयोजक रहेका ट्यालेण्ट हण्ट २००६ मेगा मोडेल कन्टेस्टमा सुन्दरताको मात्र मापन नगरी समष्टिगत रुपमा अन्तर्निहित बौद्धिक सुन्दरता बीचको प्रतियोगिता हुनेछ।

ड्रिम्स अनलिमिटेड हंगकंगले गत साल मे महिनामा पहिलो चोटी ट्यालेण्ट हण्टको आयोजना गरिएको थियो। ट्यालेण्ट हण्ट २००६ ड्रिम्स अनलिमिटेडको दोस्रो महत्वाकांक्षी ड्रिम्स रहनेछ।

उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुक सुन्दरीहरुको लागि आवेदन फर्म एचकेनेपाल डट कमबाटै डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ।

विस्तृत जानकारीको लागि यहां क्लिक गरौं।

Popularity: 12%

135 comments May 7th, 2006

महावाणिज्यदूतवासले हंगकंग बुक फेयरमा सहभागिता जनाउंने

एचकेनेपाल डट कम, अप्रिल २-
हंगकंग, हंगकंगस्थित शाही नेपाली महावाणिज्यदूतावासले आगामी जुलाई १९ देखि २४ सम्म हंगकंग कन्भेन्सन एण्ड एक्जिबिशन सेन्टरमा हुन गैरहेको ६ दिने हंगकंग बुक फेयरमा सहभागिता जनाउंने भएको छ।

हंगकंग ट्रेड डिभेलोपमेन्ट काउन्सिलको आयोजनामा हंगकंग बुक फेयर सम्पन्न हुन लागेको हो।

महाबाणिज्यदूतावासले नेपालका सबै नेपाली प्रकाशकहरुलाई पनि हंगकंग बुक फेयरमा सहभागिता जनाउंन आग्रह गरेको छ।

महाबाणिज्यदूतावासको कार्यालयले एचकेनेपाल डट कमलाई जानकारी गराए अनुसार हंगकंग बुक फेयरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझ प्रकाशनले सहभागिता जनाउंने भएका छन्।

जनक शिक्षा सामाग्री केन्द्र, राष्ट्रिय पुस्तक बिक्रेताहरु र अन्य प्रकाशन संघ संस्थाहरुले समेत हंगकंग बुक फेयरमा सहभागी हुन उत्सुक रहेको जनाएका छन्।

आयोजकका अनुसार ३९० भन्दा बढी प्रदर्शक रहेको विगतको हंगकंग बुक फेयरमा ६ लाख ३० हजार दर्शकहरु उपस्थित थिए।

हंगकंग बुक फेयर सार्वजनिक रुचिको रुपमा लोकप्रिय रहंदै आएको छ।

Popularity: 4%

Add comment April 2nd, 2006

धरान हंगकंग मञ्चको साँस्कृतिक कार्यक्रम

राईचन्द्र दुमी, एचकेनेपाल डट कम, मार्च ३१-
हंगकंग, धरान हंगकंग मञ्च हंगकंगले १५ अप्रैल २००६ को साँझ चुनवान टाउन हलमा एक बिविध साँस्कृतिक कार्यक्रम गर्ने निश्चित गरेको छ।

नृत्य तथा हाँस्य बिधामा स्थानीय कलाकारहरुको सहभागिता रहने त्यो साँझको आकर्षण गायन तर्फको पतिस्पर्धामा भर्खरै घोषणा भएकी नेपाल स्टार धरानबासी सुश्री बिष्णु चेम्जोङ्ग, र गत बर्ष नेपाली तारा प्रतिस्पर्धामा फर्स्ट रनरअप पोखराबासी धर्मेन्द्र सेवान रहने जानकारी भएको छ।


घण्टाघर सहयोगार्थ भनेर यसअघि पनि मञ्चले दुइ कार्यक्रमहरु सफलताको साथ सम्पन्न गरीसकेको छ भने घण्टाघर निर्माण पछि यो तेश्रो कार्यक्रममा मञ्च जुटेको छ।

गएको बर्ष सामसुङ्गले गराएको भोटीङ्ग सिस्टमको नेपाली तारा गायन पतिस्पर्धामा नेपाली तारा धरानका दिपक लिम्बु भएका थिए भने यो बर्ष च्यानल वानले आयोजना गरेको नेपाल स्टार प्रतिस्पर्धामा पनि धरानकै बिष्णु चेमजोङ्ग नेपाल स्टार घोषित भएकी थिइन् र दुवै बिजेताहरु लिम्बु समुदायको रहेका छन्।

बजारीया खुसामत अनुसार गएको बर्ष भोटीङ्ग सिस्टममा धर्मेन्द्र सेवान केही मतले हारेपनि दिपक भन्दा राम्रो गायन क्षमता राख्छन्।

Popularity: 4%

Add comment March 31st, 2006

खेमराज एकल साँझ १ अप्रिलमा

एचकेनेपाल डट कम, मार्च २०
हंगकंग, संखुवासभा समाज हंगकंगले नेपालका चर्चित गायक खेमराज गुरूङलाई लिएर अप्रिल १ शनिवार चिम शा चुइस्थित आर. जे. रेष्टुरेण्टमा खेमराज एकल साँझ आयोजना गरिने भएकोछ।

गोरखा दक्षिण वाहू चौंथो, छिन्नलता युवा पुरस्कार, हिट्स एफ.एम रेकर्ड बर्ष २०५८, म्युजिक नेपाल दशक सम्मान लगायत थुप्रै पुरस्कार तथा सम्मानले आभुषित गायक तथा संगीतकार खेमराज गुरुंगका साथ इष्ट लाइफ ब्याण्डले पनि उक्त साँझमा आफ्ना गीत संगीत प्रस्तुत गरिने भएकोछ।

वारि जमुना पारि जमुना जस्ता गीत गाएर चर्चाको शिखरमा पुगेका खेमराज फियोना साँझ चौंथोका लागि हंगकंग आएका थिए। फियोना साँझमा उपस्थित हुन नसकेका दर्शक तथा उनका शुभेच्छुकहरुका लागि पुनः अर्को पल्ट आर.जे. रेष्टुरेण्टमा खेमराज एकल साँझको आयोजना गरिन लागेको आयोजक संस्थाले जनाएकाछन्।

कार्यक्रम सम्बन्धि विस्तृत जानकारीको लागि यहां क्लिक गर्नुहोला।

Popularity: 4%

1 comment March 20th, 2006

चर्चित गायिका आभा हंगकंग आउने

राई चन्द्र दुमी, एचकेनेपाल डट कम, मार्च १०-
आगामी ८ अप्रैलमा आयोजना हुन गैरहेको जे. पि. टी. साँझ सांस्कृतिक कार्यक्रममा भाग लिनको लागि यो बर्षको चर्चित गायिका आभा मुकारुङ्ग लगायतका बर्षसंगीतकार प्रथम तथा गायक शान्तिराम राई, चर्चित पप गायिका प्राश्ना शाक्य र पप तथा आधुनिक गायिका जुना प्रसाईं मार्च अन्तिमतिर हंगकंग आईपुग्ने जे. पि. टी. का एक सदस्यले बताएका छन्।


झटारो हंगकंग र स्थानीय कलाकारहरुको संगम हुने साँस्कृतिक कार्यक्रम प्रिन्सएडवार्डको कम्युनीटी सेण्टरमा हुने श्रोतले बताएको छ।

भरपर्दो साउण्ड सिस्टमको लागि समूहले आफ्नै पहलमा महंगो साउण्ड सिस्टम सेट खरिद गरेको तथा दर्शकहरुको सुबिधालाई ध्यानमा राख्दै युनलङ्ग र जोर्डनबाट गाडीको व्यवस्था समेत भएको बुझ्नमा आएको छ। धेरै पहिला कार्यक्रम गर्ने निधो भएपनि फियोना साँझ लगायतका अन्य कार्यक्रमहरुको पछिल्लो समयहरुसंग तालमेल मिलाउनको लागि र फियोनालाई सहयोग गर्नु प्रवासमा कर्तब्य हुन आएकोले समूहले हालैमात्र यो निर्णय गरेको बताएको छ।

अर्का एक सदस्यको अनुसार लाईभ शो गर्नको लागि सम्पूर्ण तयारी भईसके पनि थप कन्फिडेन्सको लागि इन्स्ट्रुमेण्टमा गायक गायिकाहरुसंग लामो समय सम्म रिहर्सल गर्न कलाकारहरु चाँडै हंगकंग भित्रिने छन्।

Popularity: 4%

7 comments March 10th, 2006

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2018
M T W T F S S
« Feb    
 12345
6789101112
13141516171819
20212223242526
2728293031  

Posts by Month

Posts by Category