Posts filed under 'भिडियो क्लिप'

सोहिनी पौल स्टार भ्वाईस अफ हङकङ घोषित (+Video)

सोहिनी पौल स्टार भ्वाईस अफ हङकङ घोषित (News update)
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम, सेप्टेम्बर १५ -
हुङ होमस्थित जकी क्लब अडिटोरियममा सोमबार साँझ सम्पन्न कार्यक्रममा अन्तिम तीन प्रतिस्पर्धी मध्ये सोहिनी पौल स्टार भ्वाईस अफ हङकङ घोषित भईन्। अन्य दुई प्रतिस्पर्धी मध्ये निरञ्जन चौधरी फस्ट रनर अप र नेपाली कमल राई सेकेण्ड रनर अप भए। कार्यक्रममा प्रसिद्ध गायक उदित नारायण र दिपा झाले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए।




विजेता सोहिनी पौल (तस्विरमा बायाँबाट दोश्रो) । साथमा उदित र दिपा। तस्विरः निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

——————————————————————-
कमल राई स्टार भ्वाईस अफ हङकङको फाईनलमा (+Photo)
निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम, सेप्टेम्बर ९ -
स्टार टेलिभिजनद्वारा सञ्चालित चर्चित सांगीतिक प्रतियोगिता स्टार भ्वाईस अफ इण्डियाको लागि भारतलगायत विभिन्न मुलुकबाट प्रतियोगी छनौट गर्ने क्रममा आयोजना गरिएको ‘स्टार भ्वाईस अफ हङकङ’ मा अन्तिम प्रतिस्पर्धाका लागि नेपाली कमल राईलगायत भारतीय सोहिनी पौल र निरञ्जन चौधरी छनौटमा परेका छन्।

प्रतियोगितामा जम्मा १२० जना प्रतियोगीले सहभागिता जनाएका थिए। पहिलो छनौट चरणमा पर्न सफल १२ जना प्रतियोगीमध्ये नेपाली प्रतियोगी कमल राई र विकल प्रधान रहेतापनि विकल भने अन्तिम प्रतिस्पर्धाको लागि भएको छनौट चरणमा बाहिरिए।

प्रतियोगीले आउंदो सोमबार साँझ हुङ होमको जकी क्लब अडिटोरियममा ‘स्टार भ्वाईस अफ हङकङ’ का लागि प्रतिस्पर्धा गर्नेछन्। प्रसिद्ध गायक उदित नारायण झाको समेत प्रस्तुती रहने उक्त कार्यक्रममा घोषित हुने ‘स्टार भ्वाईस अफ हङकङ’ ले स्टार भ्वाईस अफ इण्डियामा सहभागिता जनाउने छ। कमल राई र उदित नारायणको प्रस्तुती हेर्न लालयित देखिएका नेपालीहरु टिकट दर भने अत्यन्तै महंगो रहेकोमा खिन्न छन्। टिकट दर हङकङ डलर ४ सय ८० देखि २ हजार सम्मका छन्।

Recent Videos:


Popularity: 13%

88 comments September 15th, 2008

आखिर के हो त यार्सागुम्बा ? (+Video Interview)

आखिर के हो त यार्सागुम्बा ? (+Video Interview)
एचकेनेपाल डट कम, जुलाई १० -
नेपालको हिमाली भेगमा पाइने जडिबुटीमध्ये यार्सागुम्बा हाल नेपालमा मात्र नभई विश्वका केही देशहरुमा पनि निकै चर्चित छ । अधिकांश उपभोक्ताले यौन शक्तिबर्धकको रुपमा सेवन गरिने यार्सागुम्बा आखिर के हो त ? आउनुहोस् हङकङमा रहेर यार्सागुम्बाको व्यापार गर्दै आएका व्यापारी कालु घलेबाट थप जानकारी लिऔं …
हेर्नुहोस् भिडीयो अन्तर्वार्ता -

(We would you like to provide information about the Cordyceps sinesis fungus (यार्सागुम्बा) on this page to help others learn more about this plant. Post your comments or information here. Please note that HKNepal.com is not involved in the business with Cordyceps sinesis (Yarsagumba) products - HKNepal.com)

Popularity: 12%

24 comments July 10th, 2008

आदिवासी साँझ - २ (+Video)

एचकेनेपाल डट कम -
विदेशी भूमिमा नेपालका विभिन्न जाति, भाषा, भेष, कला र संस्कृति पढ्न, सुन्न र हेर्न पाउंदा गर्व र गौरव लाग्छ। को नेपाली होलान् र आफ्ना भाषा, भेष, कला र संस्कृतिलाई मन नपराउने ? साँचि नै नेपाली भाषा, कला र संस्कृतिहरु सुन्दर, आकर्षक, मनमोहक र अरुभन्दा नितान्त पृथक छन्। नेपालको जातिय पहिचान र अस्तित्व नै हाम्रा भाषा, भेष, कला र संस्कृतिहरु हुन्।

हङकङमा गत ४ नोभेम्बर आदिवासी साँझ - दोश्रो सम्पन्न भयो। नेपाली आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा सम्पन्न आदिवासी साँझ - दोश्रोमा नेपालका पूर्व र पश्चिमका जनजातिहरुका भेष भूषा प्रदर्शनका साथै नृत्यहरु प्रस्तुत गरिएका थिए। यद्यपि हङकङमा रहेका सबै नेपाली जात जातिहरुको संस्कृतिहरु समेटिएका थिएनन् र पनि जे जति त्यहाँ प्रस्तुत भए ती सराहनीय र प्रशंसायोग्य थिए। भविष्यमा अझ थप जनजातिका साँस्कृतिक कोसेलीहरु थपिदै जानेछन्। यस्ता कार्यक्रमहरुले हाम्रा नयाँ पुस्तालाई आफ्ना भाषा, भेष, कला र संस्कृतिप्रति उत्साह जगाउने काम गर्ने भएकाले यस्ता प्रस्तुतिहरुले निरन्तरता पाए राम्रो हुन्थ्यो।

आदिवासी साँझ २ को भिडीयो झलकहरू हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

4 comments November 15th, 2007

मगर दीपावली साँझ २००७ (+Video)

एचकेनेपाल डट कम, नोभेम्बर ४ -
मगर संघ हङकङले तिहारको उपलक्ष्यमा हङकङमा रहेका मगरहरुलाई भेला गराई विभिन्न कार्यक्रमहरुसहित ४ नोभेम्बरका दिन इण्डिया क्लवको प्राङ्गनमा भव्यताका साथ दीपावली साँझ सम्पन्न गरेको छ।

हङकङमा नेपालीहरुले अक्सर सार्वजिनक विदाको दिन कार्यक्रमहरु आयोजना गरिने भएकाले कार्यक्रम एकार्कासंग जुध्ने जस्ता समस्याले गर्दा मगर संघ हङकङले तिहारभन्दा केही दिनअघि उक्त कार्यक्रमको आयोजना गरिएको थियो।

रात्रिभोज, शुभकामना आदान - प्रदान, देउसी भैलो र साँस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको कार्यक्रममा संघका अध्यक्ष नेत्र पहराईको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा डेनी थापा मगर प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यक्रममा विशेष अतिथिका रुपमा उपस्थित हुनुभएका महावाणिज्यदूत केशवप्रसाद भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। दीपावली साँझको औपचारिक कार्यक्रमलाई मगर संघ हङकङका महासचिव थलबहादुर श्रीसले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा हङकङका स्थानीय कलाकाहरुका सुमधुर गीत तथा रमाइला नृत्यहरुले दीपावली साँझलाई झनै रमाइलो बनाएको थियो। मगरहरुको ठूलो संख्यामा उपस्थिति रहेको कार्यक्रममा साँस्कृतिक कार्यक्रममा सहभागी कलाकारहरुद्वारा देउसी भैलो खेलि शुभकामना बाँड्दै दक्षिणा संकलन गरिएको थियो। मगर संघ हङकङको तिहार कार्यक्रमसंगै हङकङका नेपाली समुदायबीच तिहारको रौनकता बढेको थियो। त्यसपछि हङकङस्थित विभिन्न क्षेत्रीय तथा जातिय संघसंस्थाहरुले आफ्ना साँस्कृतिक परम्परा अनुसार धुमभामले तिहार चाड मान्न शुरु गरेका थिए।

मगर संघ हङकङद्वारा जोर्डनस्थित इण्डिया क्लवको परिसरमा आयोजित दीपावली साँझ २००७ को भिडीयो झलकहरु। भिडीयोः पशन तमू र जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। ४ नोभेम्बर २००७ हङकङ।



तस्विरः प्रार्थना गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

40 comments November 5th, 2007

नेपाली जनसम्पर्क समितिद्वारा बी.पी. जयन्ती (+Video)

एचकेनेपाल डट कम -
नेपाली जनसम्पर्क समिति हङकङद्वारा बी.पी. जयन्तीको अवसरमा आयोजित कार्यक्रमको भिडीयो झलकहरु यहाँ समावेश गरिएको छ। कारणबस समयमै अपडेट हुन नसकेका भिडीयो क्लिपहरुलाई क्रमिक रुपले अपडेट गर्ने क्रममा यसलाई पनि अपडेट गरिएको हो।

Popularity: 5%

1 comment September 23rd, 2007

मगर संघ हङकङको दशौं वार्षिकोत्सव (+Video)

MAGAR ASSOCIATION HK
10th Anniversary
मगर संघ हङकङको दशौं वार्षिकोत्सव

Date: 12 August 2007
Venue: India Club Jordan

Popularity: 12%

38 comments September 15th, 2007

तेह्रथुम - एक भू -साँस्कृतिक दर्पण बृत्तचित्र विमोचित (+Video)

एचकेनेपाल डट कम जुलाई १ -
नेपालको तेह्रथुम जिल्लालाई अगाध माया र स्नेह गर्ने हङकङमा रहेका तेह्रथुमबासी नेपालीले निर्माण गरेको ‘तेह्रथुम - एक भू -साँस्कृतिक दर्पण’ बृत्तचित्रको आईतबार जोर्डनस्थित ईण्डिय क्लवमा विमोचन गरियो।
भिडीयो झलकहरू हेर्न तलको प्लेयरमा क्लिक गर्नुहोला..

हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईले उक्त बृत्तचित्रको भिडीयो सिडीलाई एक समारोहबीच विमोचन गर्नुभएको थियो। विमोचन समारोहमा महासंघका अध्यक्ष हेजेन राई प्रमुख अतिथि, आदिवासी जनजाति महासंघ हङकङका महासचिव भूपेन्द्र चेम्जोङ विशेष अतिथि र अन्य अतिथिहरुमा नेपाली महावाणिज्य दूतावासबाट लेखनाथ गौतम, धरान-हङकङ मञ्चका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू, किरात धर्म तथा साहित्य उतथानबाट मोहन नेम्वाङ, किरात राई यायोक्खाका अध्यक्ष नरहाङ राईलगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु रहनु भएको थियो।
हङकङ तेह्रथुम मञ्चद्वारा आयोजित विमोचन समारोहको अध्यक्षता मञ्चका अध्यक्ष दिल फोम्वोले गर्नुभएको थियो भने सञ्चालन प्रदीप कन्दङ्वाले गर्नुभएको थियो। तेह्रथुम जिल्लाबासीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रमलाई मञ्चका सल्लाहकार अभिचन्द्र ईङ्नामले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो। कार्यक्रममा विमोचित बृत्तचित्रका झलकहरु प्रस्तुत गरिएका थिए।

बृत्तचित्र निर्माण संयोजक प्रदीप कन्दङ्वाले थेह्रथुम जिल्लाको ऐतिहासिक दस्तावेजको रुपमा बृत्तचित्र निर्माण गरिएको बताउंदै करिव ११ महिनाको परिश्रमपछि बृत्तचित्र तयार भएको बताउंनु भयो। औपचारिक कार्यक्रमपछि रात्री भोजका साथ रमणीय विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। लिलिश कान्दङ्वाले सञ्चालन गर्नुभएको सांस्कृतिक कार्यक्रममा गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठ, सुनिता हिराचन, महेश शिल्पाकार, विकल प्रधान आदिले गीत र अन्य कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेका थिए।
विमोचित बृत्तचित्रका झलकहरू हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

Popularity: 33%

71 comments July 4th, 2007

हङकङमा पुर्खा दिवस (+Video Update..)

एचकेनेपाल डट कम -
हङकङमा रहेका नेपालीले गोर्खाली पुर्खाहरुको स्मरण गर्दै गत बुधबार क्यासिनो लाइनस्थित समाधिमा गएर पुर्खा दिवस मनाए ।

गोर्खा सिमेट्रीज ट्रष्टको आयोजना र हङकङ नेपालीज फाउण्डेशनको संयोजनमा विगत ३ वर्ष यता ५ अप्रिललाई पुर्खा दिवसको रुपमा मनाइदै पुर्खाहरुको स्मरणमा श्रद्धाञ्जलि अर्पण गरिदै आएको छ।


गोर्खा सैनिक र तिनका आश्रितहरुको क्यासिनो लाइनमा अवस्थित समाधिहरू।

हङकङ करिव १५६ वर्ष ब्रिटीश उपनिवेशको अधिनमा रहेको समय यहाँ ब्रिटीश गोर्खा सेनाका रुपमा कार्यरत रहंदा विभिन्न कारणले ज्यान गुमाएका गोर्खा सैनिक र तिनका आश्रितहरुको समाधि निर्माण गरिएका छन्। सोही समाधि स्थलमा गएर पुर्खाहरुको स्मरणमा पुर्खा दिवस मनाउंने परम्परालाई निरन्तरता दिने क्रममा यस वर्षको ५ अप्रिलमा पनि सो कार्यक्रम आयोजना गरिएको हो।

पहिलो र दोस्रो चरणमा विभक्त कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यक्रममा ब्रिटीश गोर्खा भूतपूर्व संघ हङकङका सचिव नरहाङ राई प्रमुख अतिथि र हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईलाई विशेष अतिथिको रुपमा आमन्त्रण गरिएको थियो। कार्यक्रममा अतिथि तथा गोर्खा सिमेट्रीज ट्रष्टका अध्यक्ष एकराज राईले पुर्खाहरुको स्मरण र तिनीहरुको योगदानको विषयमा चर्चा गरिएका थिए। प्रथम र दोश्रो विश्व युद्धलगायत त्यसपछिका अन्य युद्धहरुमा करिव १ लाख गोर्खाहरुले आफ्ना ज्यान गुमाएका थिए भने कतिको अंगभंग भएका थिए।

देवराज राईद्वारा सञ्चालन गरिएको औपचारिक कार्यक्रममा पिएच केन्द्रीय प्राथमिक विद्यालय, टीके प्राथमिक विद्यालय, पीके कलेज, सर एलिस कादुरी स्कुल, डेलिया हिप ओ र सगरमाथा किण्डरगार्टेनमा अध्ययनरत बिद्यार्थीहरुले पूर्खा दिवसका अवसरमा श्रद्धाञ्जलि कविताहरु वाचन गरेका थिए। बालबालिकाहरुद्वारा गाइएको श्रद्धाञ्जलि गीतले त्यहाँ उपस्थित सबैलाई भावविव्हल बनाएका थिए।

सोही अवसरमा प्रथम विश्व युद्ध सन् १९१४-१८ सालमा हताहत भई विश्वका विभिन्न देशहरुमा रहेका समाधिहरुमा समाधिस्त गोर्खाहरुको नामावलीको संग्रह ‘समाधि’ नामक पुस्तक सार्वजानिक गरिएको थियो।


पिताको समाधिः स्वर्गिय मनिलाल रानाको क्यासिनो लाइनस्थित समाधिमा श्रद्धाञ्जलि चढाउंदै उनका छोरी जुवाईं। मनिलाल राना ४० वर्षअघि बेलुकी खाना खाएर सुतेको केही समयपछि अचानक मृत्यु भएको थियो। त्यस समयमा आफू केवल ९ महिनाकी बच्ची रहेको रानाको छोरी बताउंछिन्।

दोस्रो चरणको कार्यक्रममा पुर्खाको समाधिमा तिनका परिवार तथा आफन्तले धुवबत्तिका साथ फूलका गुच्छा चढाउंदै श्रद्धाञ्जलि अर्पण गरेका थिए। सोही कार्यक्रममा सन् १७६८ देखि यताको गोर्खा इतिहास, गोर्खाहरु युद्धमा सम्मिलित तस्विरहरु, सन् १९३९ सालदेखि १९४५ सालसम्मका हङकङको इतिहास झल्कने तस्बिरहरु प्रदर्शनीमा राखिएका थिए।

खोज जारी छः ट्रस्टका अध्यक्ष एकराज राई

ट्रस्टका अध्यक्ष एकराज राईले विश्वभर छरिएका गोर्खाहरुको नामावलीको संकलन, तिनका समाधिहरुको खोज र युद्धमा मारिएर सनाखत हुन नसकेका गोर्खाहरुको स्मृतिपटमा राखिने क्रम जारी रहेको बताउंदै यस अभियानलाई निरन्तरता दिने एचकेनेपाल डट कमलाई बताए।

तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। कायक्रम सम्बन्धि थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

भिडीयो भलक: भिडीयो झलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्। बृत्तचित्र बनाउंने प्रयोजनले खिचिएको हुनाले तलको भिडीयोमा केही दृश्यहरू मात्र समावेश गरिएको छ।



Note: If you have problem to view video, Please update your Flash Player: Click here to download flash player.

Popularity: 9%

30 comments April 7th, 2007

हङकङमा माघे संक्रान्ति(+Video)

एचकेनेपाल डट कम, जनवरी २१ -
हङकङका नेपालीहरूले विभिन्न कार्यक्रमसहित आइतबार मंकी हिलमा माघे संक्रान्ति चाड मनाएका छन्। भोजपुर समाज सेवा समिति, मगर संघ हङकङ र किरात राई चाम्लिङले एकै मिति र स्थानमा छुट्टाछुट्टै माघे संक्रान्ति मनाए।

माघे संक्रान्तिको अवसरमा प्रस्तुत गरिएका साँस्कृतिक कार्यक्रमका भिडीयो झलकहरू हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

माघे संक्रान्तिको औपचारिक कार्यक्रमहरूमा का.वा. महावाणिज्यदूत हेमलाल भट्टराई, नरहाङ राई, हरिप्रसाद राई, हुमबहादुर थापा मगर भिन्नभिन्न कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यसै गरी अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रमहरूमा आ-आफ्ना तरिकाले माघे संक्रान्ति धुमधामले मनाएका थिए।

भोजपुर समाज सेवा समितिको कार्यक्रममा बसन्त निरौलाको अध्यक्षता, झण्ड राईको सञ्चालन, खड्ग राईको स्वागत मन्तव्य, किरात राई चाम्लिङको कार्यक्रममा पदमबहादुर राईको अध्यक्षता, झलमराज राईको सञ्चालन, बलराज राईको स्वागत मन्तव्य र मगर संघ हङकङको कार्यक्रममा नेत्रबहादुर पहराई मगरको अध्यक्षता, थलबहादुर श्रीस मगरको सञ्चालन र फिरोज रानामगरको स्वागत मन्तव्य रहेको थियो।

कार्यक्रममा परम्परागत खानाको परिकार, बिबिक्यु पार्टी तथा विविध साँस्कृतिक कार्यक्रमहरू भएको थियो।


फेन्टाको मजाः बाँदर रमाउने जंगलमा मान्छेले पिकनिक र बिबिक्यु पार्टी मनाउंन थालेपछि त्यहाँका बाँदरलाई फ्याँकिएका पेयपदार्थ र खाना खाने बानी बढ्दै गएको छ।
तस्वीरः जगत अम्बु गुरूङ / थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

30 comments January 22nd, 2007

क्रिसमसका भिडीयो झलकहरू (+Video)

एचकेनेपाल डट कम, डिसेम्बर २५ -
हङकङमा देखा परेको इन्टरनेट नेटवर्कको समस्याका कारण समयमै अपलोड गर्न नसकिएको क्रिसमसका भिडीयो झलकहरू ढिलै भए पनि यहाँ राखिएको छ।


हङकङमा रहेका अधिकांश पाठकहरूलाई यहाँको क्रिसमस रमझम बारे अवगत नै छ, तर हङकङबाहिरका पाठकहरूलाई पनि रमाइलै होला भनि भिडीयो झलक यहाँ राखिएको हो। यहाँहरूलाई कस्तो लाग्यो आफ्नो विचार पनि व्यक्त गर्नुहोला।

Popularity: 8%

16 comments January 3rd, 2007

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category