फियोना सांझ चौंथोः भिडियो झलक
फियोना सांझ चौंथोः भिडियो झलक
हंगकंगभन्दा बाहिरका हाम्रा पाठक, श्रोता तथा दर्शकहरुको विशेष आग्रहले मात्र फियोना सांझ चौंथोको भिडियो झलक यहां प्रस्तुत गरिएकोछ।
प्रशासरणको निम्ति प्रस्तुत भिडियो क्लिपहरु स्तरीय छैनन्। डिजी क्यामको लागि आवश्यक प्रकाशको अभावले अधिकांश क्लिपहरु अध्यांरा छन् भने ध्वनी पनि राम्रा छैनन्।
भिडियो क्लिपका लागिः
सम्पादनः पशन तमू
छायांकनः टंक सम्बाहाम्फे र जगत (अम्बु) गुरुंग
भिडीयो क्लिप हेर्न माथिको प्ले बटनमा क्लिक गर्नुहोला।
…………………………………………………………………………………
फियोना साँझ चौथो सम्पन्न
राई चन्द्र दुमी, एचकेनेपाल डट कम, मार्च ७-
हंगकंग, सुदूरपूर्वी प्रबासी नेपाली संघ हंगकंग (फियोना) ले गत ५ मार्च २००६ को साँझ सिम शा चुइस्थित कम्युनिटी हलमा एक भब्य साँस्कृतिक कार्यक्रम आयोजना गर्यो।
संघका सचिव र अध्यक्ष क्रमशः सत्य घले र रमेश गुरुंगको स्वागत मन्तव्यपछि कार्यक्रम सञ्चालकद्वय पशन तमू र ममिता गुरुंगलाई माइक हस्तान्तरण पछि फियोना सांझ चौंथौ शुरु भएको थियो।

गायक खेमराज गुरुंग र कलाकारहरु राष्ट्रिय गीत गाउंदै।
२० मनोरञ्जनात्मक र केही सन्देशमूलक प्रहर्शन पस्केको कार्यक्रमको सुरुवात खेम गुरुङ्गलाई केन्द्र बनाएर सम्पूर्ण कलाकारहरुले जहाँ सुनको बाला झुल्छ भन्ने राष्ट्रप्रेमले ओतप्रोत राष्ट्रिय गीत गाएर अघि बढेको कार्यक्रम कतै नअल्मलिई नितरन्तर ११ बजेसम्म सञ्चालन भईरहृयो।
गायक गुरुङ्गलाई सामुहिक कोरस तान्नको लागि साथ दिन मञ्चमा निस्केका कलाकारहरु जनजाति भेष भुषामा सजिएका थिए र कार्यक्रमहरुको सेटिङ्गमा पनि सबै जातजातिका संस्कृतिलाई समावेश गरिने प्रयत्न भएको थियो।

बायांबाट क्रमशः कार्यक्रम सञ्चलाकद्वय मिस हंगकंग नेपाल २००० ममिता गुरुंग, एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू र साथमा फियोना सचिव सत्य घले।
पशन तमू र ममिता गुरुङ्गद्वारा सञ्चालित साँस्कृतिक कार्यक्रममा बिशेष आकर्षण झटारो हंगकंगको समसामयिक हांस्यब्यङ्गले पेट मिचि मिची हाँस्न बाध्य पार्नुको साथै बिशेष सन्देश दिनपनि सफल रहेको दर्शकहरुको ठहर थियो । स्थानीय गायिकाहरुमा चर्चित गायिका सुनिता हिराचन, नवोदित गायिका पारु सुनुवार लगायतकाले पनि राम्रै गाएका थिए। स्तरीय साउण्ड सिस्टमको अभावले नेपालका ख्याती प्राप्त कलाकार खेम गुरुङ्गको गहकिलो स्वर पनि छाँयामा पर्दा दर्शकहरुले खल्लो अनुभव गरेका थिए । खेम गुरुङ्गसंगको तृष्णा दर्शकहरुले कार्यक्रमको अन्तिममा पुरानै गीत वारि जमुना पारि जमुनाबाट मेट्ने अवसर पाएका थिए।

गायक खेमराज गुरुंग - वारि जमुना पारि जमुना….
स्मरण रहोस् गायक तथा संगीतकार गुरुङ्गले आलु तामा मात्र होईन गण्डक क्षेत्रमा गाईने बेली चमेलीको सुन्दर नयां गीत पनि प्रस्तुत गरेका थिए । यता स्थानीय गायकहरु गुमान सिंह गुरुङ्ग, राजु गुरुङ्गको पालामा भने साउण्ड सिस्टमबाट बजेको ट्रयाकबाट केही राहत मिलेको थियो ।
जे. पि. टी. हंगकंग, पन्सेट्टिया प्रा. बि. युनलोङ्गले पनि नृत्य स्पोन्सर गरेको चौथो फियोना साँस्कृतिक साँझमा फियोना साँस्कृतिक विभागको बिशेष सहभागिता रहेको थियो । प्राय गरेर विशुद्ध नेपाली सँस्कृतिलाई समेटने कोशिस गरिएको सो कार्यक्रममा पन्सेटटियाका बिद्यार्थीहरुको सामुहिक नृत्य, लक्ष्मी गुरुङ्ग र नेत्र थापाको भोजपुरी नृत्य, दिप्ती थापाको कत्थक नृत्य र कुमारसिं गुरुङ्गको लोक नृत्य, नृत्य फाँटको मूल आकर्षा रहेको दर्शकहरुले बताए । यता हत्तपत्त हंगकंगमा हेर्न नपाईने कमेडी नृत्यको तृष्णा पनि श्रीप्रसाद गुरुंगले पूरा गरिदिएका थिए।

प्रहर्शनः डाक्टर साप! वायांबाट क्रमशः पुष्पा, तारा पुन र भिम गुरुंग।
प्रस्तुत गरिने कार्यक्रम धेरै र समय थोरै भएका कारण उद्घोषकद्वयले धक फुकाएर बोल्ने मौका नपाए पनि विगतमा जस्तै यस पटक पनि फियोना सांझ चौथौले यहांका स्थानीय कलाकारहरुलाई अधिकत्तम समेट्ने प्रयास र फियोनाले जहिले पनि विशुद्ध नेपाली संस्कृतिलाई आत्मसात गर्छ भन्ने मान्यताबाट चुकेन।
फोटोः एचकेनेपाल डट कमका लागि राजिव राई र जगत (अम्बु) गुरुंग । थप फोटो हेर्न यहां क्लिक गरौं।
थप अरु फोटोहरु प्रकाशित हुन बांकी छ।
………………………………………………………………………………………………..
फियोना सांझ मार्च ५ मा
राई चन्द्र दुमी, एचकेनेपाल डट कम, फेब्रुअरी २३-
हंगकंग, लामो समयको अन्तरालपछि हंककंगका पूराना तथा स्थापित नेपाली संस्था सुदूर पूर्वी प्रबासी नेपाली संघ हंगकंगले फियोना सांझ चौंथो आगामी मार्च ५ मा चिम शा चुइस्थित कम्युनिटी हलमा आयोजना गरिने भएकोछ।
नेपालका ख्यातिप्राप्त गायक तथा संगीतकार खेमराज गुरुंगको प्रमुख आकर्षण रहने फियोना सांझमा यहांका चर्चित स्थानीय कलाकारहरुको सहभागिता रहनेछन्।
वारि जमुना पारि जमुना…जस्ता गीत सिर्जना गरेर एकाएक नेपालको सांगेतिक दुनियांमा ख्याती कमाएका गायक तथा संगीतकार खेमराज गुरुंगले वारि जमुना.. लोकगीतको अपार सफलतापछि आलुतामा… लिएर आउंने भएकाछन्।
यता हंगकंगका मह जोडी भनेर चिनिने भिता जोडी झटारोले अमृत गुरुंग र पुष्पाको साथमा नयां प्रस्तुति “डाक्टरसाब” लिएर आउने भएकाछन्। विगत केही बर्षदेखि नेपाली समाजको बिसंगतिमाथि व्यंग प्रहार गर्दै आएका भिता जोडी (भीम गुरुंग र तारा पुन) ले यस पटक पनि समाजका बिसंगतिमाथि झटारो हान्ने नयां हांस्यव्यंग प्रस्तुति लिएर आउने भएकाछन्।
गायक गायिकाहरुमा राजु गुरुंग, सुनिता हिराचन, सुन्दर थापा, डम्बर गुरुंग, परु सुनुवार रहेकाछन् भने नृत्यमा गुमनसिंह गुरुंग, श्रीप्रसाद गुरुंग, मेन्खु गुरुंग, श्याम माया लामा, राजु लामा, मिलन लामा, सुमित्रा गुरुंग, नारायण भण्डारी, ज्ञानु गुरुंग, शान्ति गुरुंग, झर्ना, अमिसा, अरुणा, संगिता आदि रहने छन् भने मिस ट्यालेण्ट २००५ की शीर्ष उपाधि विजेता दिप्ती थापाको समेत सहभागिता रहने छ।
फियोना सांझ कार्यक्रम सञ्चालनमा मिस हंगकंग नेपाल २००० ममिता गुरुंगलाई पशन तमूले साथ दिने भएकाछन्।
विस्तृत जानकारीको लागि यहां क्लिक गर्नुहोस्।
Popularity: 3%
15 comments March 7th, 2006
