दीपावलीको उपलक्ष्यमा हार्दिक शुभकामना
दीपावलीको उपलक्ष्यमा हाम्रा समस्त हिन्दू पाठक, लेखक, विज्ञापनदाता, तथा शुभेच्छुकहरुमा सुख, शान्ति तथा समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
- एचकेनेपाल डट कम परिवार
आफ्ना प्रियजनहरूलाई शुभकामना कार्ड पठाउंन यहां क्लिक गर्नुहोस् ।
सिनोवीन पासिफिक लिमिटेड र साजिस प्रडक्सनको आयोजना तथा अहमेद खान र अरिस्सा बिबि कलेक्सनको इभेन्ट व्यवस्थापनमा १८ फेब्रुवरी हंगकंग कन्भेन्शन तथा एक्जिबिशन सेन्टर हल ३ मा प्रस्तुत गरिने बलिउड शोलाई ए आर रहमन लाइभ इन कन्सर्ट २००६ ‘A R Rahman – LIVE IN CONCERT 2006′ नाम दिइएकोछ।
प्रशिद्ध संगीत निर्देशक ए आर रहमनको नेतृत्वमा बलिउडका लोकप्रिय गायक तथा गायिकाहरु हरिहरण, अल्का याग्निक, साधना सरगम लगायत अहिले भारतको संगीत दुनियांमा चर्चित मानिएका युवा पिंडीका प्रिय कलाकारहरु शंकर महादेवन, मधुश्री, ब्लाजे (BlaaZe), कैलाश खेर, शिवमनी आदिको विजोड संगम रहनेछ।
हंगकंगका प्रशिद्ध सांगीत कम्पनी टम लीको बाद्यवादन, ध्वनी र प्रकाश व्यवस्थापन रहने कार्यक्रमलाई टिभी च्यानलहरु Star Plus र V Channel India ले समेत सपोर्ट गरिएको उक्त सांगितीक कार्यक्रम हेर्न बलिउड संगीतप्रेमीहरुका निम्ति एउटा सुनौला अवसर हुनेछ।
हंगकंग डलर ३,८८० (भिआइपि), १९८०, ९८०, ५८० र ३८० प्रवेश शुल्क लगाईको उक्त शोको लागि टिकट www.hkticketing.com बाट खरिद तथा बुकिङ्ग गर्न सकिनेछ भने नेपाली दर्शकहरुको लागि भने सहज र सजिलो लागि लक्ष्मी थापा राईलाई फोन नं. 6090 4786 मा सम्पर्क गरी टिकट खरिद गर्न सकिनेछ।
एचकेनेपाल डट कम, डिसेम्बर १२-
‘मैले कुनै उपाधि ल्याउंन सकिंन तर धेरै भन्दा धेरै अनुभवहरु लिएर आएकीछु। उपाधि ल्याउंन सकिंन पनि भन्दिंन किन भने पारम्पारिक नृत्यमा म टप फाइफभित्र परेकी थिएं। मैले नेपाली संस्कृतिलाई अलिकति भने पनि देखाउंने प्रयास गरें।’
चाइनाको सान्या शहरमा सम्पन्न ऐतिहासिक विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर फर्केपछि पहिलो पटक हंगकंगमा सार्वजनिक रुपमा अभिव्यक्त मिस नेपाल सुगरिका के.सी.का मन्तव्यहरु हुन् माथिका।
फोटोः पशन तमू, जगत (अम्बु) गुरुंग, राजीव राई / एचकेनेपाल डट कम
फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
भिडीयो क्लिप हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला।
मल्टिपल आर्ट एन्ड कल्चर अर्गनाइजेशन हंगकंगको आयोजनामा आइतबार सांझ आर.जे रेष्टुरेण्टमा सम्पन्न एक कार्यक्रममा अर्गनाइजेशनका अध्यक्ष तथा निर्देशक कुमार सुब्बाले मिस नेपाल सुगरिका के.सी.लाई सम्मानस्वरुप ट्रफी र कदर पत्र प्रदान गर्नुभएको थियो। त्यसैगरी सोही कार्यक्रममा नेपाली तारा दिपक लिम्बु, मिस ट्यालेन्ट हन्ट दिप्ती थापालाई पनि ट्रफी तथा कदर पत्र प्रदान गर्नुभएको थियो।
मिस नेपाल सुगारिका हंगकंग हुदै चीन प्रस्थान
एचकेनेपाल डट कम, नोभेम्बर १२-
मिस नेपाल सुगारिका के.सीं चीनको सान्यामा आयोजना हुन गै रहेको मिस वर्ल्ड २००५ प्रतियोगितामा भाग लिन हंगकंग हुंदै हिजो चीन प्रस्थान गरेकी छिन्।
आगामी डिसेम्बर १० मा हुने मिस वर्ल्ड २००५ प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्ने छिन्।
उनी प्रतियोगिता शुरु हुन झण्डै एक महिना अघि नै त्यस तर्फ प्रस्थान गर्नुको कारण आफूलाई थप प्रशिक्षित तुल्याउंनुका साथै अन्य प्रतियोगीहरुसंग बढी घुलमिल पार्न बताइन्।
मिस वर्ल्ड प्रतियोगितमा नेपालबाट सहभागि सुन्दरीहरुले हालसम्म कुनै टाइटल हात पारेका छैनन्। तर सुगारिका भने आशावादी छिन्।