Posts filed under 'डान्स पार्टी'
एचकेनेपाल डट कम अक्टोबर २२ -
तिहारको उपलक्ष्यमा यहाँका युवायुवतीहरुले दीपावली डान्स पार्टीमा हुनसम्मको मस्ती गरे। त्यस डान्स पार्टीमा सरीक हुन नपाएकोहरुले विभिन्न प्रतिक्रियाहरु पनि दिन सक्छन्, डाहा पनि गर्न सक्छन्। विदेशी भूमिमा कहिलेकाही गरेको मनोरञ्जनपूर्ण इभेन्टलाई गलत अर्थ पनि लगाउंन सक्छन्।
.jpg)
तैपनि दिनभरको थकान र तनावलाई पार्टीमा गएर मेटाउन डान्स पार्टी एउटा गतिलो उपाय भएको छ, तर केही क्षणको मनोरञ्जन र आनन्दीले हामीलाई कतै गलत बाटोतर्फ त मोडेको छैन?
.jpg)
डान्स पार्टीमा डिजेका रुपमा हेम, विष्णु र रबिन थिए भने सोही पार्टीमा मिस बेस्ट ड्रेस उपाधि प्रेरणा र मिस्टर बेस्ट ड्रेस उपाधि साम्देनले जितेका थिए।
.jpg)
.jpg)
United Nepalese Islander’s Club ले Skitz (wan chai) मा आयोजना गरेको डान्स पार्टीको चित्रमय झलकहरुलाई हाम्रा फोटोग्राफर राजीव राईले खिचेका हुन् भने केही क्याप्सनसहित फोटो सम्पादन संयोगले गरेका छन्।
थप फोटोहरु हेर्न यहाँ क्लिक गरौं।
Popularity: 42%
November 2nd, 2006
एचकेनेपाल डट कम-
विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा D.R.I.K. Aezu Ghar द्वारा गत शनिवार इण्डिया क्लवमा सम्पन्न गरेको डान्स पार्टीका चित्रमय झलकहरु-




फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 12%
September 29th, 2006
एचकेनेपाल डट कम -
बनना ब्रदर्सद्वारा आयोजित बिच डान्स पार्टी लान ताउ आइल्याण्डस्थित पुइ ओ उ-लल (Ooh La la !) रेष्टुरेण्टमा आइतबार सम्पन्न भयो।
डान्स पार्टीको आयोजना बनना ब्रदर्सका सुरज सुनुवार, सन्तोष लिम्बु, संयोग सुनुवार र सुरेश लिम्बुले गरेका थिए। बिच डान्स पार्टीका डिजेमा हेम र सबिन थिए।




फोटोः राजीव राई / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गरौं।
Popularity: 12%
September 12th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
हंगकंगका युवायुवतीहरु दिवा डान्स पार्टीमा मस्तले झुमे। प्राय रातको समयमा आयोजना हुने डान्स पार्टीहरु यसपटक दिउंसै भए। सायद यसैले होला डान्स पार्टीको नाम ‘लेट्स सिलिब्रेट डे डान्स पार्टी’ राखिएको।

डान्स पार्टीमा को भन्दा को कम ? हुनसम्मको मस्ती लुट्न कोही पछि परेनन्। फेरि उत्कृष्ट डान्सरहरुलाई पुरस्कारको व्यवस्था पनि। नेपाली रिमिक्स च्याङ्वा होई च्याङ्वादेखि हिन्दी रिमिक्सका गीतहरुसम्म आईपुग्दा कसैको धित मरेन।

DJ सुरेश लिम्बुले सबैलाई जादु गर्यो नै। उद्घोषिका लक्ष्मी थापा राईले उद्घोषणसंगै डान्सको मस्ती लिन पछि परिनन्। आयोजकद्वय सुप्रिया र नोभाले युवायुवतीलाई डान्स गर्ने संयोग गत आइतबार आरजे रेष्टुरेण्टमा जुटाएका थिए।

उनीहरु आफूमात्र नाँचेनन् पाहुनाहरुलाई पनि निमन्त्रणा गरे। निमन्त्रित पाहुनाहरुमा महावाणिज्यदूतावासको तर्फबाट शिवलाल श्रेष्ठ र नेपाली वायु सेवा निगमको तर्फबाट अनररत्न बज्राचार्य हुनुहुन्थ्यो।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 16%
August 16th, 2006
एचकेनेपाल डट कम, फेब्रुवरी ७-
हंगकंग, एसबिएस धरान र इटाहरीका भू.पू. बिद्यार्थीहरुको पुनर्मिलन कार्यक्रम गत २७ जनवरी आर.जे.रेष्टुरेण्टमा सम्पन्न भएकोछ।

नेपालका चर्चित पप गायक सविन राई विशेष अतिथि रहेको कार्यक्रममा हांस्यकलाकार नारद खतिवडा पनि अतिथिका रुपमा उपस्थित थिए। दुबैजना चाइनिज न्यु इयरको अवसरमा यहां आयोजना भएको विविध सांस्कृतिक कार्यक्रममा सहभागी हुन नेपालबाट हंगकंग आएका थिए।

एसबिएसका भूपू बिद्यार्थी समेत रहेका गायक सविनलाई उक्त कार्यक्रममा सम्मान गरिएको थियो।
कार्यक्रममा सविन राईले केही मन्तव्यसहित आफ्ना एउटा गीत गाएका थिए त्यसैगरी सन्ध्या थापाले पनि एउटा गीत गाएकी थिई। लक्की ड्र र डिजे डान्स समेत रहेको उक्त कार्यक्रमको डिजे तारा सुब्बा थिए। डिजे डान्स बिहान ६ बजेसम्म चलेको थियो।

हंगकंगमा रहेका एसबिएस धरान र इटाहरीका नयां तथा पूराना पूर्व बिद्यार्थीहरुबीच भेटघाट र चिनजानी गर्ने उद्धेश्यले आयोजित उक्त कार्यक्रमका आयोजकहरुमा हेमराज सुनुवार, स्वर्गेश, सरोज, टेकबहादुर, किशोर लिम्बु, चन्द्रवती राई, ममिता गुरुंग र तारा सुब्बा थिए।
कार्यक्रम हेमराज सुनुवारको अध्यक्षता र ममिता गुरुंगको सञ्चालनमा सम्पन्न भएको थियो।
फोटोः एचकेनेपाल डट कमको लागि जगत (अम्बु) गुरुंग र राजिव राई।
Popularity: 9%
February 7th, 2006
एचकेनेपाल डट कम, जनवरी २-
हंगकंग, न्यु इयर डान्स पार्टीका चित्रमय झलकहरु। डान्स पार्टी गत ३१ डिसेम्बर आर.जे. रेष्टुरेण्टमा भएको थियो। फोटोहरु एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग।

थप फोटोहरु हेर्न यहां क्लिक गरौं।
Mail to friends
Popularity: 8%
January 2nd, 2006
एचकेनेपाल डट कम, डिसेम्बर २५-
हंगकंग, यहांका केही नेपाली यूवाहरुले डान्स पार्टीको मस्तीसंगै त्रिसमस मनाएका छन्। हाम्रा फोटो पत्रकार जगत (अम्बु) गुरुंगले खिचेका क्रिसमस डान्स पार्टीका केही चित्रमय झलकहरु…
क्रिसमस डान्स पार्टी शिम सा चुइस्थित आर.जे. रेष्टुरेण्टमा शनिवार बेलुकी भएको थियो।


थप फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।
Popularity: 7%
December 25th, 2005
एचकेनेपाल डट कम, अक्टोबर ९ -
हंगकंग, भु.पू. गोर्खा सैनिकहरुको एक समूह फ्लाईङ्ग खुकुरी ग्रुपले दशैंको अवसरमा हिजो ग्रीनल्याण्ड्स इनिडयन क्लवमा दशैं पार्टी सम्पन्न गर्यो । सोही अवसरमा गीत संगीतको कार्यक्रम पनि राखिएको थियो । हाम्रा फोटोग्राफर राजिव राईले खिचेका केही फोटोहरु यहां प्रस्तुत गरिएकोछ ।




अन्य फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
Popularity: 8%
October 9th, 2005
एचकेनेपाल डट कम, अक्टोबर ३ -
हंगकंग, तन्नेरी-युवाहरुको चाहनालाई ध्यान दिंदै आई लभ नेपाल डिजे पार्टी अक्टोबर २ आइतबार क्लव नुमा सम्पन्न भयो । देशभित्र र देशबाहिरका नेपाली तन्नेरी-युवाहरु हिजो आज डिजे पार्टीप्रति विस्तारै आकर्षित हुदै गएको बेला यहांका नेपाली तन्नेरी युवाहरुको लागि पनि यस्तो कार्यक्रम आयोजना गरिन लागेको आयोजक राजेन लिम्बु बताउंछन्।

हामी विदेशमा रहे पनि हाम्रो देश प्रेम सधैं हाम्रो साथ रहेको हुन्छ । त्यसैले देश प्रेमको भावना बोकेर विश्व भ्रमण गर्ने योजना रहेको उनी बताउंछन् । काठमाडौं, पोखरा, सिड्नी र लण्डनमा समेत पुगेर देश प्रेमको भावना आई लभ नेपाल सन्देश बांड्ने चाहना राख्ने राजेनलाई प्रविनाले साथ दिने भएकाछन् ।

फिलोपिनो डिजे सिड पोपा उक्त पार्टीको प्रमुख आकर्षण रहेको थियो भने उनलाई साथ दिने अन्य डिजेहरूमा राजेन लिम्बु, अगेन र मनोज थिए । हार्ड रक क्याफेमा कार्यरत सिड हंगकंग डिजे मिक्सिंग च्याम्पियनशीप १९९८ का फर्स्ट रनर अप हुन् ।
फोटोः सुवर्णा किरण गुरुंग / एचकेनेपाल डट कम
डिजे पार्टीमा सरीक हुने सबैलाई टिकटसंगै ‘आई लभ नेपाल’ लेखिएको टि-सर्ट र रीष्टब्याण्ड निःशुल्क वितरण गरिएको थियो ।
अन्य फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
Popularity: 9%
October 3rd, 2005