एस/ एचकेनेपाल डट कम-
हङकङ, १९ फेब्रुअरी । हङकङ नेपाली तेक्वान्दो संघले दसौँ वार्षिक उत्सव काउलन पार्क गेमहलमा सम्पन्न भएको छ।
प्यट्रन तथा स्पाइरिङ प्रतियोगितामा हङकङ नेपाली तेक्वान्दो संघका ५ वटा क्लव (डोजाङ) गरि अरु केही स्थानिय नेपाली तेक्वान्दो क्लव थिए भने स्थानीय चाइनिज र गोन्जाउ र सेन्जेन्का दुइवटा क्लवहरुले समेत गरि १७ वटा क्लवले भाग लिएका थिए। प्रतियोगिता कार्यक्रममा चुङ डो क्वान न्यू जेनेरेसनको सहभागिता जनाएन। तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
बिहान ८ बजे सरु भएको प्रतियोगितामा प्यट्रन तथा स्पाइरिङ खेलाडीको कूलसंख्या ३७३ रहेको थियो भने प्यट्रन तर्फ २३ वटा श्रेणी र स्पाइरिङ तर्फ २० वटा श्रेणीमा खेल विभाजन गरिएको थियो।
दसौँ वार्षिक उत्सवको विशेष अवसरमा अध्यक्ष तुलसीकुमार गुरुङको मन्तव्यसहित विगुल फुकेर कार्यक्रमका सम्पूर्ण्लाई स्वागत गरिएको थियो। यहि संघका परिकल्पनाकार तथा पहिलो वार्षिक उत्सव २००३ का पदक प्रायोजक श्रीमती गंगा कुमारी गुरुङलाई संघले विशेष स्वागत गरेको थियो।
प्रमुख अतिथिमा नेपाल वाणिज्यदूत किरण शाक्य, र अन्य विशेष अतिथीमा इन्डोनेसीयन कन्सुलर र सोपाल समाजका अक्षय धरम् गुरुङ सहित अन्य संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती थियो।
विगत वर्षरुमा भन्दा निकै व्यवस्थित किसिमले आयोजना गरिएको प्रतियोगितामा आधुनिक विधुतीय उपकरणहरुको प्रयोग गरिएको थियो। तर सहभागिताअनुसार कार्यक्रम स्थल सागुरो भएकाले निकै भिडको अनुभव भएको थियो। स्पाइरिङको अन्तिम चरणतिर एकजना महिला खेलाडी टाउकोमा किक् लागेर ढल्न पुगेकी थिइन् भने अक्सिजनको प्रयोग गर्दै अस्पताल लैजानेक्रममा केही क्षण कार्यक्रम रोक्नुपरेको थियो।
प्रतियोगितापछि सम्पूर्ण विजयी खेलाडीलाई पदक विभिन्न विशेष अतिथिका बाहुलीबाट पालैपालो वितरण गरिएको थियो। स्मरण रहोस् गतसाल समयाभावका कारण कार्यक्रममा पदक वितरण गर्न नभ्याउँदा अधिकाँश मास्टर र खेलाडीहरु असन्तुट रहेका थिए। यस प्रतियोगितामा न्यू जेनेरेसनको सहभागिता नदेखिएता पनि ०१ में २०११ हङकङ तेक्वान्दो संघले आयोजना गरेको राष्ट्रिय स्तरको खेलमा गोकुल तामाङले स्वर्ण, ओमप्रसाद गुरुङ कास्य पदक जितेका थिए। सन् २००५ सालपछि यस्तो स्तरको स्वर्ण पदक जित्ने नेपाली न्यू जेनेरेसनका खेलाडी हुन्।
महेश राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेपाली तेक्वान्दो संघको नवौं वार्षिक सभा आइतवारका दिन जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा सम्पन्न भयो।
सचिव सुधिर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको सो सभा एसोशिएशनका प्रेसिडेण्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङको अनुपस्थितिमा सचिव स्वयंले संचालन गरेका थिए। प्राप्त जानकारी अनुसार चीन गोन्जाउमा हालै सम्पन्न एसियन गेममा सहभागी खेलाडीहरु हङकङ आउने भएका कारण प्रेसिडेण्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङ सोही खेलाडीको स्वागतका लागि जानु परेकाले उपस्थित हुन सकेनन्। ब्लाक बेल्ट सदस्यता रहने उत्त वार्षिक सभामा ३५ जना ब्लाक बेल्ट खलाडीहरु उपस्थित भएका थिए।
सभामा वार्षिक उपलब्धीका वारेमा चर्चा गर्दै नयाँ कार्यकारी समितिको गठन साथै विभिन्न योजनाका वारेमा ठोस निर्णयमा पुगेको थियो। पाँचवटा शाखा प्रशिक्षण केन्द्रहरुमा प्रशिक्षण दिइराखेको यस संघले यसपटक ९ सदस्यीय कार्यकारी समिति गठन गरेकोछ भने उक्त समितिमा मास्टर प्रताप गुरुङ कार्यवाहक प्रमख प्रशिक्षकमा, सचिवमा बालकृष्ण गुरुङ, कार्यक्रम सचिवमा राजु गुरुङ, सहायक कार्यक्रम सचिवमा थण्डराज थापा, कोषाध्यक्षमा तेमनसिंह थापा र अन्य सदस्यहरुमा मोहनसिंह थापा, लक्ष्मण गुरुङ, कविराज आले र सुश्री करिना चयन भएका छन्।
अन्त्यमा, प्रेसिडेण्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङ ट्रष्टबाट उपस्थित सम्पूर्ण ब्ल्याक बेल्ट सदस्य खेलाडीलाई उपलव्ध गराइएको एक एक प्रति तेक्वान्दो यूनिर्फम (डोबोक) नवनियूक्त कार्यवाहक प्रमुख प्रशिक्षक प्रताप गुरुङद्रारा प्रदान गरियो।
महेश राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेपाली तेक्वान्दो संघको ३४ औं अपग्रेडिङ आइतवार जोर्डनस्थित हकाउलु पार्कको कवड हलमा सम्पन्न भएको छ।
संघले तीन तीन महिनामा गर्दै आएको अपग्रेडिङ कार्यक्रममा १ सय भन्दा बढि खेलाडी सहभागी थिए। सात जना खेलाडीले प्रथम डान र दोस्रो डान गरी व्लाक वेल्ट प्रमाण पत्र प्राप्त गरेका छन्।
यस पटकको परीक्षामा महिला र पुरुष गरी पाँचजना खेलाडीले प्रथम व्ल्याक वेल्ट परीक्षा दिएका थिए। कलर वेल्टको परीक्षा यहि साल कोरियामा सम्पन्न मास्टर इस्ट्रक्टरको तालिम पूरा गरी आएका संघका कार्यवाहक प्रमुख प्रशिक्षक महेश राईले लिएका थिए भने व्ल्याक वेल्टको परीक्षा अध्यक्ष ग्राण्ड मास्टर तुलसी गुरुङले लिएका थिए।
कार्यक्रममा गत महिना २६ तारिखका दिन सम्पन्न हङकङ तेक्वान्दो संघको राष्ट्रिय प्याट्रन प्रतियोगितामा संघका पाँचजना खेलाडीले पदक जितेका थिए। मोरिसले स्वर्ण पदक, थण्डराज थापा र लीना गुरूङले रजत पदक तथा कारोल र स्रि सुलेष्टरीले कास्य पदक जितेका छन्।
प्रतियोगिताका विजयी खेलाडीलाई संघले प्रमाण पत्र प्रदान गर्दै पुष्पगुञ्छा दिएर सम्मान गरेको थियो। विहान १० बजेदेखि सुरु भएको कार्यक्रमलाई सचिव सुधिर गुरुङले संचालन गरेका थिए।
सन्तोष राई, हङकङ/ एचकेनेपाल डट कम-
किङ्स पार्कस्थित वाईएमसीए क्लबको आयोजनामा अक्टोबर ३ तारिख आइतबारका दिन सम्पन्न टेनिस प्रतियोगितामा पुरुष युगलतर्फ हङकङ नेप्लीज टेनिस सोसाइटीका अध्यक्ष मगेन्द्र राई कन्सोलेसनतर्फ च्याम्पियन बनेका छन्।
चिनियाँ खेलाडी लूम लिम यिक र राईको जोडीले सोसाइटीकै खेलाडी इन्द्रहाङ राई र नबिनकुमार देवानका जोडीलाई फाइनल चरणमा ६-१ का अन्तरले पराजित गरेका छन्।
चिनीयाँ, फिलिपिन्स,यूरोपियन आदि खेलाडीहरु सहभागी भएका उक्त प्रतियोगितामा बिजयी खेलाडीहरुलाई आयोजक पदाधिकारीहरुले पदक तथा उपहार प्रदान गरेका थिए।
‘आगामी दिनहरूमा अझ सक्रिय भै लाग्ने छु,’ जितप्रति उत्साहित हुदै अध्यक्ष राईले भने। ‘सोसाइटीका तर्फबाट अझ बढी खेलाडीहरु सहभागी गराई क्लब तथा सिंगो नेपाली समुदायको प्रतिष्ठा बढाउने कामतर्फ लाग्ने छु।’ राईले भने।
राई अध्यक्ष रहेका हङकङ नेप्लीज टेनिस सोसाइटीले यही महिनादेखि लीग च्याम्पीयनसिप प्रतियोगिता सञ्चालन गर्दैछ।
ब्याडमिन्टन प्रतियोगितामा हिमाल, कुमार, सुनिता र बीरेन विजयी
एस, हङकङ/ एचकेनेपाल डट कम, अगष्ट १- भिडीयोः
हङकङमा पहिलो पटक नेपाली खेलाडीबीच भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा पुरूष युगल तर्फ हिमाल चन्द र कुमार राई प्रथम भएका छन्। त्यसै गरी, पुरूष एकलमा बीरेन थापा र महिला एकलतर्फ सुनिता राई प्रथम भएका छन्।
पुरूष युगलतर्फ बिजयी जोडी हिमाल चन्द र कुमार राई। तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम
जोर्डनस्थित क्वुन चुङ स्पोर्टस् सेन्टरमा अगष्ट १ तारिख सम्पन्न प्रतियोगितामा पुरूष युगलतर्फ हिमाल चन्द र कुमार राईको जोडी मेख गुरूङ र कमानसिंह लावतीको जोडीलाई ३ सेटमा २१-१८, १९-२२ र २१-१६ ले पराजित गर्दै प्रथम भएको छ। प्रतियोगितामा मेख गुरूङ र कमानसिंह लावतीको जोडी द्वितीय भए। वीरेन थापाले एकल पुरूषतर्फ रोशन सिकर्मीलाई २ सेटमा २१-११ र २१-१६ ले पराजित गर्दै प्रथम स्थान हासिल गरे। एकल पुरूषमा द्वितीय भएका रोशन सिकर्मी सर्वोत्कृष्ट खेलाडी घोषित भए। हङकङ ब्याडमिन्टन एशोसियसनका व्यवसायी रेफ्रीत्रय ज्याक्की, हामण्ड र लुइसीको मूल्यांकनको आधारमा सिकर्मी सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। सर्वोत्कृष्ट खेलाडी रोशन सिकर्मी
महिला एकलतर्फ नेपालका पूर्व राष्ट्रिय खेलाडी सुनिता राई प्रथम भइन्। सुनिताले बिन्दीया लिम्बूलाई पराजित गर्दै प्रथम भएकी हुन्। प्रतियोगितामा तीन महिलासहित ३९ जना खेलाडीहरूमध्ये पुरूष एकलतर्फ १२ र युगलतर्फ २४ जना सहभागी थिए। पुरूष एकलतर्फ विजयी खेलाडी बीरेन थापा
महिला युगलतर्फ बिजयी खेलाडी सुनिता राई।
हङकङ वर्कर्स युनियनले आयोजना गरेको प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगितामा विजयी तथा सहभागी खेलाडीहरूलाई आयोजक तर्फबाट डासुराम पराजुली, मेख पुन र प्रायोजकहरू जेएन ज्ञवाली, वाईवि राई, कृष्ण पाण्डे, कमल पौड्याल र राजेन्द्र थापालगायतले ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए।
प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने
एस, हङकङ/ एचकेनेपाल डट कम, जुलाई २२-
हङकङमा पहिलो पटक नेपाली खेलाडीबीच प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ।
अगष्ट १ तारिख जोर्डनस्थित कुन चुङ स्पोर्ट्स सेन्टरमा हुने प्रतियोगितालाई हङकङ वर्कर्स युनियनले आयोजना गरिन लागेको हो।
युनियनले खेलकुदसंग सम्बन्धित अन्य नेपाली संघसंस्थाको सहकार्यमा प्रतियोगिता आयोजना गरिन लागेको हङकङ नेपाल बडीबिल्डिङ एसोसियशनका अध्यक्ष मेख गुरूङले बताए। महिला र पुरूषको ब्याडमिन्टन प्रतियोगिता नेपाली खेलाडीहरूको उत्साह र मनोबल बढाउन आयोजना गरिन लागेको गुरूङले बताए।
प्रतियोगितामा सहभागी हुन जुलाई २५ तारिखभित्र आवेदन दिइसक्नु पर्ने युनियनका डासुराम पराजुलीले एचकेनेपाल डट कमलाई जानकारी दिए। पराजुलीका अनुसार प्रतियोगिता अगष्ट १ तारिख १२ बजेदेखि साँझ ९ बजेसम्म सञ्चालन हुनेछ।
आवेदन दिन तल उल्लेख गरिएका फोन नं.हरूमा सम्पर्क गर्न ब्याडमिन्टनप्रेमी महिला तथा पुरूष खेलाडीहरूसंग आयोजक संस्थाले आग्रह गरेको छ।
प्रतियोगिताबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउदै आयोजकहरू। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
मगेन्द्र राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेप्लीज टेनिस् सोसाइटीद्वारा सञ्चालित टेनिस् लिगको फाइनल खेल जोर्डनस्थित किङ्गस् पार्क टेनिस कोर्टमा आइतबार सम्पन्न भयो।
“ए” र “वि” गरी दुई डिभिजनमा खेलाइएको उक्त लिग गत मार्च महिनाबाट आरम्भ भएको थियो। ओलम्पीएन सिटीस्थित वाटरफल क्लवको टेनिस कोर्टमा पहिलो चरणदेखि सेमि फाइनलसम्मको लिग खेलाइएको थियो।
डिभीजन “ए” सिङ्गलस् को फाईनल खेलमा उदय राईले नविन देवानलाई ५-७, ६-३, ६-४ ले हराएका थिए भने डिभिजन “वि” को फाईनलमा सञ्जय सुब्बाले मनबहादुर गुरुङलाई ५-७, ६-१, ६-४ ले पराजित गरेका थिए। बिजेता तथा उपविजेता खेलाडीहरुलाई सोसाइटीका संरक्षक वाइवि राई तथा सोसाइटीका सल्लाहकार गेरी लिम्बु र अध्यक्ष मगेन्द्र राईले पुरस्कार वितरण गरेका थिए।
सोसाइटीका अध्यक्ष राईले सोसाइटी वैधानिक रुपमा दर्ता भइ सकेको तथा सदस्य वितरण तिव्र रुपमा भइ रहेको बताए। बाल-बालिका र युवा वर्गहरुलाई लक्षित गरी निःशुल्क टेनिस सिकाउने तयारी भैरहेको राईले जानकारी दिए। आगामी नयाँ वर्ष २०११ को जनवरीमा वार्षिक वर्ष च्याम्पियनसिप र आगामी अगस्टबाट अर्को लिग सञ्चालन हुने बताए। हङकङको विभिन्न टेनिस क्लवहरुसंग सम्बन्ध स्थापित गरी विभिन्न टुर्नामेन्टहरुमा सहभागी जनाउंने जानकारी दिए। कार्यक्रम सोसाइटीका सचिब सन्तोष राईले सञ्चालन गरेको थिए।
सन्तोष, हङकङ/ एचकेनेपाल डट कम -
हङकङ नेप्लीज टेनिस सोसाईटीले हालै काउलुन करी हाउसको कक्षमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरि मगेन्द्र राईको अध्यक्षतामा १३ सदस्यीय कमिटीको सर्वसम्मत चयन गरिएको छ।
सोसाईटीको अपाध्यक्ष, सचिव, सह-सचिव, कोषाध्यक्ष, सह-कोषाध्यक्षमा क्रमशः मधु राई, सन्तोष राई, खिम पून, नविन देवान, इन्द्रहाङ्ग राई र सदस्यहरुमा मान गुरुङ, सञ्जय लिम्बू, आदम पून, डेनी राई, प्रतिष्टा राई, आशा राई रहेका छन् भने संरक्षक तथा विशेष सल्लाहकारमा वाई.वी. राई तथा भूपू अध्यक्ष गेरी लिम्बू र धन सुनुवारलाई सल्लाहकारमा चयन गरिएको छ।
सोसाईटीले टेनिस खेललाई नेपाली समुदाय माझ लोकप्रिय बनाउन, शारीरिक चुस्ती र स्फूर्ति, स्वच्छ मनोरञजन तथा आपसी भाइचारा र वन्धुत्वको भावना विकाश गर्दै खेलकुद क्षेत्रमा नयाँ आयाम स्थापना गर्न, भविष्यमा कुशल खेलाडीहरु उत्पादन गरि आम नेपालीहरुको प्रतिष्ठा बढाउने लक्ष्य राखेको छ। साथै सोसाईटीले आफ्नो साधारण सदस्य-पत्र विस्तार-वितरण गर्ने, सदस्यहरुलाई निशुल्क टेनिस सिकाउने, त्रैमासिक रुपमा डिभिजन लिग म्याच खेलाई वरियता क्रम निर्धारण गर्ने र उत्कृष्ठहरुलाई कम प्रदान गर्ने र हरेक वर्ष वार्षिक च्याम्पियनशिप आयोजना गर्ने जानकारी गराएको छ।
स्मरण रहोस् निवर्तमान अध्यक्ष गेरी लिम्बूको नेतृत्वमा गठित तदर्थ समितिले प्रथम टेनिस च्याम्पियनशिप सफलताका साथ सम्पन्न गरि सकेको छ। जसमा नेपाल क्लबले प्रायोजन गरेको थियो भने सोसाईटीका संरक्षक तथा विशेष सल्लाहकार वाई.वी. राईले प्राविधिक तथा आर्थिक सहयोग गर्नु भएको थियो।
एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुवरी ७-
नेपाल क्लव हङकङद्वारा आज काउलुन पार्कमा सञ्चालन गरिने भनिएको नेपाल गोल्ड कप फूटबल प्रतियोगिता खराब मौसमका कारण स्थगित भएको छ। विहानदेखि पानी परेर फूटबल मैदान जलमग्न भै खेल्न नमिल्ने भएपछि प्रतियोगिता स्थगित गरिएको हो।
नेपाल क्लव हङकङका अध्यक्ष प्रदीप थापा मगरले खराब मौसमका कारण आज हुने भनिएको नेपाल गोल्ड कप प्रतियोगिता स्थगित भएको एचकेनेपाल डट कमलाई बताए। ‘अब प्रतियोगिता कहिले सञ्चालन हुने भन्ने विषयमा भोलि सोमबार मात्र थाहा हुन्छ।’ अध्यक्ष थापाले भने- ‘फुटबल मैदानको लागि फेरि अनुमति लिनु पर्ने भएकाले मिति निश्चित नभएको हो।’ काउलुन पार्क व्यवस्थापन पक्षसंग छलफल गरेर प्रतियोगिताको मिति तय गरिने अध्यक्ष थापाले बताए।
——————————————————-
नेपाल गोल्ड कप फूटबल प्रतियोगिता हुने
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी २३-
नेपाल क्लव हङकङले नेपाल गोल्ड कप फूटबल प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
नेपाल क्लव हङकङका पदाधिकारी तथा हङकङका फूटबलप्रेमीहरूबीच भएको छलफलपछि नेपाल गोल्ड कप फूटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो।
भिडीयोः
फेब्रुअरी ७ तारिख काउलुन पार्कको फूटबल मैदानमा नेपाल गोल्ड कप प्रतियोगिता हुने संस्थाका अध्यक्ष प्रदीप थापा मगरले एचकेनेपाल डट कमलाई बताए।
नेपाल क्लव हङकङले पहिलो पटक आयोजना गरिने प्रतियोगिताको पुरस्कार राशि पहिलो र दोसो हुने टिमलाई क्रमशः ९ हजार हङकङ डलर र ४ हजार हङकङ डलरसहित ट्रफी र प्रमाण पत्र रहने छन्।
प्रतियोगितामा एनवाईओ फूटबल क्लव, एसीई फूटबल क्लव, फ्रेन्स फूटबल क्लव, धरान फूटबल क्लव, सण्डे फूटबल क्लव, चुम्लुङ फूटबल क्लव, प्रिभे फूटबल क्लव र वान चाई फूटबल क्लव गरी ८ टिमको सहभागिता रहने छन्।
हङकङमा पहिलो नेपाली टेनिस प्रतियोगिता सम्पन्न
देवराज राई, हङकङ / एचकेनेपाल डट कम, जनवरी २४-
हङकङमा रहेका नेपाली टेनिस खेलाडीहरु बीचमा प्रथम मैत्रीपूर्ण टेनिस प्रतियोगिता जनवरी २४ तारिखका दिन युनलङको टेनिस कोर्टमा सम्पन्न भयो।
तस्वीरः जगतअम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
पुरुष एकलतर्फ ए र बी डीभीजन तथा पुरुष डबल खेल सम्पन्न भएको थियो। हङकङ नेपालीज टेनिस सोसाइटीको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष एकलतर्फ ए डिभिजनमा विकास गुरुङ विजेता तथा मगेन्द्र राई उपविजेता बने। बी डिभिजनमा पुरुष एकलतर्फ गेरी लिम्बू विजेता तथा संतोष राई दोश्रो बने।
पुरुष डबलतर्फ भने मगिन्द्र राई र संजय सुब्बाको जोडीलाई हराउँदै विकास गुरुङ र धन सुनुवारको जोडी प्रथम बन्यो।
सोसाइटीका सदस्य मधुकमल राईका अनुसार प्रतियोगितामा १६ जना खेलाडीहरुले सहभागिता जनाएका थिए। उनीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो। अनुभवी तथा पुराना खेलाडीहरुलाई ए डिभिजनमा राखी खेलाइएको थियो। बी डिभिजनमा भने नयाँ खेलाडीहरु समेटिएका थिए।
विजेता तथा खेलाडीहरुलाई सोसाइटीका संरक्षक वाइबी राईले ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रथम टेनिस प्रतियोगितामा ए डिभिजनमा मगिन्द्र, राम, उदय, इन्द्र, विकास, खिम, आदम र नबीन सहभागी थिए। उता, बी डिभिजनमा डेनी, संतोष, मधु , कमल, गेरी, मान, धन र संजय सहभागी थिए।
————————————————–
नेपालीहरुबीच मैत्रीपूर्ण टेनिस् प्रतियोगिता हुने
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ५-
हङकङ नेप्लीज टेनिस् सोसाईटीले यहाँ नेपालीबीच जनवरी २४ तारिखका दिन प्रथम मैत्रीपूर्ण टेनिस प्रतियोगिता आयोजना गरिने भएको छ।
विश्वभर लोकप्रिय हुदै गएको खेल टेनिस नेपाली समुदायमाझ संस्थागत विकाश गर्दै आपसी भाईचारा मनोरञ्जन, शारिरीक तन्दुरूस्ती र स्फूर्ति राख्न साथै भविष्यमा गुण स्तरीय खेलाडी उत्पादन गर्न सो प्रतियोगिता आयोजना गरिन लागेको आयोजक संस्थाले जनाएको छ।
मधुकमल राईले एचकेनेपाल डट कमराई दिएको जानकारी अनुसार प्रतियोगिता युन लङ्गको साई चिङ्ग स्ट्रीट स्थित टेनिस कोर्टमा आयोजना हुने छ।
सोसाईटीका संरक्षक सल्लाहकार वाईवि राई र नेपाल क्लब हङकङका अध्यक्ष प्रदिप थापाको प्रमुख प्रायोजनमा सम्पन्न हुने उक्त प्रतियोगितामा डिभिजन “ए” र डिभिजन “बी” गरी छुट्टा-छुट्टै एकल तथा युगल प्रतिस्पर्धा गराईने जनाइएको छ।
दुवै डिभिजनका विजेता तथा उपविजेताहरुलाई आयोजक तथा प्रायोजकहरुको तर्फबाट ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिने सोसाईटीका अध्यक्ष गेरी लिम्बू र सचिब सन्तोष राईले जनाएका छन्। नेपाल क्लब हङकङको कार्य कक्षमा सम्पन्न एक भेलामा बोल्दै संरक्षक सल्लाहरका वाईवि राईले प्रतियोगितामार्फत आगामी दिनहरुमा नेपाली समुदायबीच टेनिस मोहको मार्ग प्रशस्त गर्ने बताउँदै आफ्नो तर्फबाट आवश्यक सल्लाह र सहयोग उपलब्ध गराउने बताए।
देवराज राई, हङकङ / एचकेनेपाल डट कम -
मार्शल आर्ट खेल अन्तर्गतको सितोरियो खेललाई हृदयदेखि नै हङकङेली नेपाली समुदायमा विकास गर्न/गराउन संघर्षरत सितोरियो कराते डो गोर्खा कम्युनिटीले आफ्नो डोजाङको गतिविधिबारे जानकारी दिने उद्धेश्यले मे ३० तारिखका दिन जोर्डनको नेपाल क्लवमा एक पत्रकार सम्मेलनको आयोजना गर्यो।
सम्मेलनमा प्रमुख प्रशिक्षक हेम पुनलगायत प्रशिक्षक, प्रशिक्षार्थीहरु र संस्थाका सदस्यहरुले सितोरियो खेल डोजाङका बारेमा पत्रकारहरुलाई जानकारी दिए। गोर्खा कम्युनिटीका सचिव रोदन राईले सञ्चालनसहित प्रेस वक्तव्य पढेर सुनाएका थिए भने प्रमुख प्रशिक्षक हेम पुन, पर्शुराम राईले डोजाङको बारेमा सम्मेलनमा जानकारी दिए। जोर्डन र युनलङ प्रशिक्षण केन्द्रका प्रशिक्षकहरुले आफ्नो प्रक्षिण केन्द्रबारे जानकारी गराए।
पत्रकार सम्मेलनमार्फत जानकारी दिंदै प्रशिक्षकहरू। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
सितोरियो कराते डो गोर्खा कम्युनिटीको पृष्ठभूमि
नेपालमा सितोरियो कराते खेलमा जीवनको महत्वपूर्ण क्षणहरुलाई लगानी गरेका कराते मार्शल आर्ट खेल भनेपछि हुरुक्क हुनेहरुका लागि नेपाली सितोरियो कराते खेलका संस्थापक मध्येका सक्रिय प्रशिक्षक हेम पुनले नेतृत्व प्रदान गरे। सन् २००३ सालमा हङकङको सोसियल अर्डिनेन्स अन्तर्गत दर्ता गरी यसको विकासमा लागेको सितोरियो कराते डो गोर्खा कम्युनिटीले हाल विश्व कराते महासंघ, हङकङ सितोरियो कराते युनियनको विधिवत संवद्धन सदस्यता प्राप्त गरेको छ। साथै हङकङमा च्यारिटेबल खेल संस्था बन्न सफल भइसकेको छ।
गोर्खा कम्युनिटी र यसको उद्धेश्य
विशेषतः नेपाली मूलका खेलाडीहरुमा सितोरियो कराते खेलको गुणात्मक खेलको प्रशिक्षण प्रदान गर्दै उचित प्रशिक्षण दिनु एवं ती खेलाडीहरुलाई राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा प्रत्यक्ष संलग्न गराई नेपाली खेलाडीहरुको माध्यमले यहाँका नेपाली समुदायलाई आफ्नो क्षेत्रबाट सहयोग प्रदान गर्नु रहेको छ। पत्रकार सम्मेलनमा उनीहरूले नेपाली युवाहरुलाई कुलतमा फस्नबाट जोगाउँदै खेलको सुन्दर पक्षहरुको विकास गर्नु पनि अर्को पक्ष रहेको जानकारी दिए।
उनीहरूले युनलङ र जोर्डनमा प्रशिक्षण केन्द्रहरु संचालनमा ल्याएका छन् जहाँ, हालसम्म ३५ देखि ४० खेलाडीहरु कडा प्रशिक्षणमा व्यस्त छन्। केही गैरसरकारी संस्था एवं हङकङ प्रहरीसँग मिलेर निःशुल्क प्रशिक्षण केन्द्रसमेत संचालन भइरहेको एसकेजीसीले जानकारी दिए। उनीहरु भन्छन् -”बेल्ट डिष्ट्रिब्युसन भन्दा गुणात्मक खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो। हामी कलाको विकासमा लागि परेका छौं।”
गोर्खा कम्युनिटी र विश्व कराते महासंघ
सितोरियो कराते डो गोर्खा कम्युनिटी स्थापना कालको ६ वर्षको अवधिमा अन्तर्राष्ट्रिय संस्थाहरुबाट मान्यता समेत पाएको छ। सन् २००६ सालमा यसले विश्व सितोरियो कराते डोबाट सदस्यता प्राप्त गरेको छ। त्यसै गरी, सन् २००६ सालमा हङकङका सितोरियो खेलाडीहरुको आधिकारिक युनियन हङकङ सितोरियो कराते डो युनियनबाट सदस्यता प्राप्त गरेका थियो। कराते डो फेडरेशन हङकङ चाइनाको पूर्ण सदस्यता बनेको एसकेजीसीलाई हङकङ प्रहरीबाट समेत औपचारिक मान्यता प्रदान गर्दै डोजोसँग मिलेर विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आएको छ।
सहभागिता र सफल्ता
सितोरियो कराते डो गोर्खा कम्युनिटीले वैधानिकता प्राप्त गरेपछि विभिन्न सितोरियो कराते प्रतियोगिताहरुमा गोर्खा कम्युनिटीले पनि भाग लिई पदकहरुसमेत प्राप्त गरिसकेको छ। सन् २००६ सालमा जापानको टोक्योमा सम्पन्न विश्व कराते च्याम्पियनशिप तथा सन् २००७ सालमा हङकङमा आयोजना भएको ११ औं सितोरियो कराते च्याम्पियनशिपमा २ कास्य पदक हात पारेको थियो।
स्थानीय तथा क्षेत्रीय स्तरमा हङकङ कराते महासंघका प्रतियोगिताहरुमा भाग लिने क्रम बढ्र्दै गएको प्रमुख प्रशिक्षक हेम पुन बताउँछन्। आगामी अगष्टमा बेइजिङमा आयोजना हुन गइरहेको छैटौं विश्व कराते च्याम्पियनशीपमा समेत भाग लिन हाल खेलाडीहरु प्रशिक्षणमा व्यस्त रहेको प्रशिक्षक पुन बताउँछन्।