Archive for October, 2005
एचकेनेपाल डट कम, हंगकंग।
स्याङ्जा जन सेवा समिति, हङकङले विजया दशमी तथा दिपावालीको सुखद उपलक्ष्यमा जिल्लाबासी बीच शुभकामाना साटासाट गरी गत अक्टोवर २३ गते आईतबार, २००५ का दिन वाषिर्क कार्यक्रम शुभ आशिष कार्यक्रम मंकी हिलमा भव्य रुपमा सम्पन्न गर्यो।

समितिका अध्यक्ष भक्त बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि शाही नेपाली राजदूतवासका कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई हुनुहुन्थ्यो। नेपाली महासंघका अध्यक्ष गणेश इजम र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि हेमलाल भट्टराईले द्वीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उहाँले स्याङ्जा जन सेवा समिति, हङकङले आयोजना गरेको गत जुन महिनाको २६ गते २००५ का दिन याउ मा तेइ कम्युनिटी हलमा स्थानिय कलाकारहरुको सहयोगमा सम्पन्न वृहत मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आँधीखोला साँझ पहिलो को भिसिडिको विमोचन गरी कलाकारहरुलाई भिसिडी समेत वितरण गर्नुभयो। जिल्लावासी विष्णु गुरुङ र केश गुरुङले निर्माण गरेका गुरुङ भाषामा निर्मित गुरुङ भाषाको फिल्म “ङै नास” मेरो गाँउको गीतहरुको भिसिडीको पनि विमोचन गर्नुभयो।
औपचारिक कार्यक्रम सम्पन्न भए पछि वृहत मनोरञ्जनात्मक कार्यक्रमलाई अगाडि बढाइएको थियो। महिलाहरुको कुर्सी घुम्ने प्रतियोगितामा सुनिता तामाङ प्रथम र भिमा कुमारी गुरुङ दितिय भइन्। पुरुषहरुको घैटो फोर्ने प्रतियोगितामा श्री प्रसाद गुरुङ प्रथम भए । उनीहरुलाई समितिका अध्यक्ष भक्त बहादुर गुरुङले नगद पुरष्कार,उपहार सहित प्रमाण पत्र प्रदान गर्नुभयो।

जिल्लाको कोष अभिवृद्धि गर्ने,एक आपसमा सहयोगको भावनालाई स्थायित्व दिने हेतुले, शुभ आशिष कार्यक्रमलाई निरन्तरता दिदै जाने र अन्य अर्थ संकलक मुलक कार्यक्रमहरुलाई सँगै लिएर जाने कुरा आयोजकहरुले बताए।
शुभ आशिष कार्यक्रमलाई समितिका सचिव करम गुरुङले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य समितिका सदस्य औमति गुरुङले गर्नुभएको थियो। कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष तेज बहादुर राई,नेपाली महासंघका अध्यक्ष गणेश इजमले पनि बोल्नु भएको थियो।

कार्यक्रमका अन्त्यमा सामुहिक देउसी भैलो र मनोरञ्जनात्मक नृत्यले कार्यक्रम रमणिय भएको थियो।
फोटोः जगत (अम्बु) गुरुंग/ एचकेनेपाल डट कम। अन्य फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।
Popularity: 3%
October 28th, 2005
कुनै समय नेपालमा छंदा ‘टाढा धेरै टाढा माया तिमीलाई भेट्न आएं काटी नौं डांडा’ र ‘चांदनीमा बग्छ खोला’ जस्ता गीतहरु गाएर प्रशिद्धी कमाएका नागेन्द्र श्रेष्ठ हंगकंगमा पनि संगीत सृजनामा त्यतिकै सक्रिय छन् ।

पछिल्लो पटक श्रेष्ठको स्वर र संगीतमा आवाज नामक गीति एल्बममा बजारमा आउने भएको छ । आवाजमा गायिका आभा मुकारुङले समेत गीत गाउने छिन् भने गीतकार रामकृष्ण वान्तवाको शब्द रचना रहनेछ ।

रेकर्डिंगको लागि तयार भैसकेका गीतहरुलाई आवाज सांगीतिक कार्यक्रम मार्फत सार्वजनिक गरेका थिए । सृजनाशील साहित्य समाज हंगकंगद्वारा आयोजित कार्यक्रममा गायक श्रेष्ठले आवाजमा समेटिने गीतहरु गाएर उपस्थित सबैलाई मन्त्रमुग्ध पारेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा हंगकंगस्थित का.वा. शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टर्राई, विशेष अतिथिको रुपमा शाही नेपाल वायु सेवा निगमका क्षेत्रीय प्रवन्धक वरुणसिंह रावल र हंगकंग नेपाली महासंघका अध्यक्ष गणेश इजम उपस्थित हुनुहुन्थ्यो।

फोटोः जगत (अम्बु) गुरुंग
सोही कार्यक्रममा हाङ युग अज्ञातले सृजनाशील साहित्य समाजको संक्षिप्त परिचय दिंदै स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो । लेखक संघ हंगकंगका अध्यक्ष देश सुब्बाको अध्यक्षतामा उक्त कार्यक्रम गत १३ अक्टोबर दोभान-देउराली रेष्टुरेन्टमा सम्पन्न भएको थियो।
Popularity: 2%
October 25th, 2005
एचकेनेपाल डट कम, हंगकंग, गत १६ अक्टोबर काउलुन पार्कमा नेपालबाट आएका गायक हरीश माथेमा र प्रीति कौरले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरे। दशैंको अवसरमा नेपलीज युथ अर्गनाइजेशन हंगकंगको आयोजनामा सम्पन्न उक्त सांगेतिक कार्यक्रममा यहांका स्थानीय कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए।
कार्यक्रमका लागि दीपेन्द्रमान सिंह, राजु लामा, राजेश खड्गीलगायत कलाकारहरु हंगकंग आएका थिए। स्थानीय कलाकारहरु जमुना गुरुङ, अनु गुरुङ, अनिशा लिम्बू, तनुजा गुरुङ, रञ्जिता तुलाधरले नेपाली र हिन्दी गीतहरुमा नृत्य गरेका थिए। हरीश माथेमाले झण्डै १ दर्जनजति आफ्ना चर्चित गीतहरु गाएका थिए भने प्रीति कौरले नेपाली र अंग्रेजी गीतहरु गाएकी थिईन्। कार्यक्रमको उद्घोषण देवराज राई, ममिता गुरुंग र अनिशा लिम्बुले गरेका थिए।
दशैं रमझम सांगेतिक उत्सवका चित्रमय झलकहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
सबै फोटोहरूः जगत (अम्बु) गुरुंग/एचकेनेपाल डट कम ।
Popularity: 2%
October 19th, 2005
एचकेनेपाल डट कम, अक्टोबर १६ -
हंगकंग, गत अक्टोबर १० तारिख चुनवान टाउन हलमा आयोजित Nepalese Gala का केही फोटोहरु यहां समावेश गरिएकोछ ।
वि.जे. गुरुंगले प्रस्तुत गरेको Nepalese Gala का कलाकारहरुमा नेपालबाट आएका पप गायकहरु दीपेश किशोर भट्टराई, प्रणील एल. तिमिल्सेना, नवोदित गायकहरु भूगोल दाहाल र उदेश श्रेष्ठ, हास्य कलाकार रवि डंगोल र गोपाल नेपाल ‘फिस्टे’ र उद्घोषिकाको रुपमा शुष्मा लामा थिए ।
सोही सांस्कृतिक टोली अक्टोबर ११ तारिख वान चाई चाइना टाउनमा सम्पन्न डान्स पार्टीमा समेत सरीक भएका थिए ।
फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
Popularity: 3%
October 16th, 2005
एचकेनेपाल डट कम, अक्टोबर १५ -
हंगकंग, गत अक्टोबर ८ शनिवारका दिन तमु ट्ह्यो ह्युल हंगकंगको आयोजनामा चुनवान टाउन हलमा ‘रोधीं सांझ - २००५’ सम्पन्न भयो।
रोधी सांझका भिडियो क्लिपहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
रोधी सांझका फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
विविध सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित गायक कर्णदास र नवोदित पपगायक बाबु बोगटीले आफ्ना गीत संगीत प्रस्तुत गरेका थिए भने मिस नेपाल २००४ पायल शाक्यले उद्घोषण गरेकी थिइन् । नेपालबाटै आएका होचा पुड्का संघका अध्यक्ष र उपाध्यक्ष लोकनाथ ढकाल र लक्ष्मी ढुंगना, राजु गुरुंग र माया गुरुंगले नृत्य प्रस्तुत गरेका थिए । भिमकला गुरुंग र साथीहरुले लोक दोहोरी प्रस्तुत गरेका थिए ।
रोधीं सांझमा यहांका स्थानीय कलाकारहरु गुमानसिंह गुरुंग, कुमार गुरूंग, बन्दना गुरुंग, कविता गुरूंग, तीर्थ गुरुंग, शारदा पुन, कृष्टीना गुरुंग, सुमित्रा गुरुंग, कुसुम पुन, देवी गुरुंग र सुमी योञ्जनले समेत नृत्यहरु प्रस्तुत गरेका थिए ।
दशैंको अवसरमा आयोजित उक्त रोधी सांझमा गुरुंगहरुका संस्कृति झल्कने र गुरुंग चलचित्रका गीत तथा नृत्यहरु कलाकारहरुद्वारा प्रस्तुत गरिएको थियो ।
तमु ट्ह्यो ह्युल हंगकंगका सचिव सुरेश गुरुंगले रोधी सांझ सञ्चालनका लागि उपाध्यक्ष भक्त गुरुंग र पायल शाक्यलाई माइक हस्तान्तरण गरिएको थियो । रोधी सांझ शुरु हुन अघि तमु ट्ह्यो ह्युल हंगकंगका अध्यक्ष कमल गुरुंगले विजया दशमी तथा दिपावलीको पुनित अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका थिए ।
यही कार्यक्रमलाई गत अक्टोबर १ मा युन लोंग थियटर हलमा पनि प्रदर्शन गरिएको थियो ।
रोधी सांझका भिडियो क्लिपहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
रोधी सांझका फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
———————————————————————————————-
रोधी सांझका लागि कलाकारहरु आई पुगे
एचकेनेपाल डट कम, सेप्टेम्बर २९ -
हंगकंग, अक्टोबर १ र ८ मा आयोजना हुन गैरहेको रोधीं सांझका लागि नेपालका कलाकार टोली आज यहां हंगकंग आइपुगेका छन्।
नेपालबाट आउने कलाकारहरुमा चर्चित पप गायक कर्णदास, नायक तथा लोक दोहोरी गायक राजु गुरुंग, नायिका माया गुरुंग, लोक तथा दोहोरी गायिका भिमकला गुरुंग, पप गायक बाबु बोगटी, बरदान जोडी लोकनाथ ढकाल- लक्ष्मी ढुंगना र पायल शाक्य (मिस नेपाल २००४) छन् ।
नेपालीको महान चाड दशैंको उपलक्ष्यमा तमु ट्हो ह्युल हंगकंगले रोधीं सांझ आयोजना गर्न लागिएको हो ।
Popularity: 4%
October 16th, 2005
एचकेनेपाल डट कम, अक्टोबर ९ -
हंगकंग, भु.पू. गोर्खा सैनिकहरुको एक समूह फ्लाईङ्ग खुकुरी ग्रुपले दशैंको अवसरमा हिजो ग्रीनल्याण्ड्स इनिडयन क्लवमा दशैं पार्टी सम्पन्न गर्यो । सोही अवसरमा गीत संगीतको कार्यक्रम पनि राखिएको थियो । हाम्रा फोटोग्राफर राजिव राईले खिचेका केही फोटोहरु यहां प्रस्तुत गरिएकोछ ।




अन्य फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
Popularity: 8%
October 9th, 2005
मिस नेपाल हंगकंग २००५ फोटो अपडेटः
मिस नेपाल हंगकंग २००५ को पछि अपडेट गरिएका फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
_____________________________________________________

- पशन तमू /एचकेनेपाल डट कम, हंगकंग। लामो प्रतीक्षा र चर्चापछि गत २ अक्टोबर युनलोंगस्थित युनलोंग थेयटर हलमा सम्पन्न मिस नेपाल हंगकंग २००५ को सुन्दरी प्रतियोगितामा ९ जना प्रतिस्पर्धीहरुलाई पछि पारेर काठमाडौंकी १९ बर्षीय पूर्णिमा गुरुंगले मिस नेपाल हंगकंगको शीर्ष उपाधिको ताज पहिरिन सफल भएकीछिन् । उनले सोही प्रतियोगितामा मिस बेस्ट स्कीन र आफैंले डिजाइन गरेको ढाकाको पहिरनमा सजिएर मिस बेस्ट ड्रेसको उपाधि समेत हात पार्न सफल भईन्।

प्रतियोगितामा धरानकी १८ बर्षीय दीपा विश्वकर्मा (तस्वीरमा वायां) फस्ट रनरअप र काठमाडौंकी १८ बर्षीय सुनिता थापा (तस्वीरमा दायां) सेकेन्ड रनर अप भए । दीपा विश्वकर्माले फस्ट रनरअपको उपाधिको अतिरिक्त मिस बेस्ट फिगर र मिस फोटो जेनिकको उपाधि हात पार्न सफल भइन् । उनले प्राप्त गरेका दुई उपाधिमा ड्र भएको थियो। सेकेन्ड रनर अप सुनिता थापाले मिस पर्सनलिटीको उपाधि समेत हात पार्न सफल भईन्।

कडा प्रतिस्पर्धाका कारण निर्णायकले दिएको समान अंकको आधारमा दुई-दुई जना प्रतिस्पर्धीहरु पुरस्कृत भएका थिए । दीपा विश्वकर्माले प्राप्त गरेको दुई उपाधिमा ड्र भई म्याग्दीकी श्यारोन पुन (तस्वीरमा वायां) मिस बेस्ट फिगर र मिस ट्यालेन्ट, धनकुटाकी अन्जना राई (तस्वीरमा दायां) ले मिस फोटो जेनिक उपाधि र मिस ट्यालेन्ट हात पार्न सफल भएका थिए।

त्यसै गरी काठमाडौंकी रिजा थापाले (प्राविधिक कारणले मिस ट्यालेन्टको व्याज लगाइए पनि उनले मिस चार्मिङ्गको उपाधि मात्र हासिल गरेको जानकारी आयोजकले दिएकाछन्।) मिस चार्मिङ, मोरङ जदाहाकी तनुजा गुरुंगले मिस क्याट वाक, इटहरीकी रिभा राई मिस फ्रेन्डशीप, मनाङ्गकी निशा लामा मिस बेस्ट हेयर, ताप्लेजुङकी रोशनी याक्सो लिम्बुले मिस बेस्ट एटिच्युड उपाधि प्राप्त गरे। मिस बेस्ट फिगर, मिस बेस्ट ड्रेस र मिस्ट मिस चार्मिंग उपाधिका लागि दर्शकलाई छनोट गर्ने अवसर दिइएको थियो । प्रतियोगीहरुलाई १३ वटा विभिन्न विधामा उपाधि प्रदान गरिएको थियो।

प्रतियोगितामा कुल १० जना प्रतिस्पर्धीहरु सहभागी थिए । प्रतियोगीहरु विभिन्न चरणमा आकर्षक भेषभूषा र जनजाती पहिरनमा सजिएर र्याम्पमा उत्रेका थिए । कार्यक्रमको पहिलो चरणमा प्रतियोगी सुन्दरीहरुको परिचयात्मक कार्यक्रम राखिएको थियो।

निर्णायकमा रहेका हंगकंगस्थित कार्यवाहक शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराई, तेजबहादुर राई, वरुणसिंह रावल, पशन तमू, धन थापा, गणेश इजम, निखिल विक्रम थापा, कमल गुरुङ, मिस नेपाल हङकङ १९९८ जुनु पुन, र कविता गुरुंगले प्रत्येक प्रतियोगीहरुलाई प्रश्न सोधिएको थियो । निर्णायकहरुबाट प्राप्त अंकलाई जोडेर आयोजकलाई उपलव्ध गराउंने काम किसन राई, गोविन्द गुरुंग र उत्तरमान लिम्बूले गरेका थिए।

प्रस्तुति, परिचय एवम् जवाफका आधारमा टप सेभेनको छनोट गरिएको थियो । रिभा राई, रोशनी याक्सो लिम्बू र निशा लामाले उक्त चरण पार गर्न सकेनन्।

त्यसैगरी सातजनाभध्ये दुइजना प्रतियोगीहरु स्यारोन पुन र तनुजा गुरुंगले टप फाइभमा स्थान पाउन सकेनन्। कार्यवाहक शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईले टप फाइभमा पुगेका पूर्णिमा गुरुंग, दीपा विक, अञ्जना राई, रिजा थापा र सुनिता थापालाई एउंटै प्रश्न सोधेका थिए - ‘प्रत्येक बर्ष आयोजना हुने सुन्दरी प्रतियोगिताबाट एउटा नयां मिस नेपालको जन्म हुन्छ, देश र राष्ट्रलाई प्रतिनिधि गर्ने नेपाल सुन्दरीहरुको कर्तव्य र दायित्व के हो?’ ३ मिनेटभित्र लेखेर सुनाइएको उत्कृष्ट जवाफका आधारमा युनाइटेड एकडेमीबाट दश जोड दुइ पास गरी हंगकंग आएर एक व्यापारिक कम्पनीमा एकाउन्टेन्ट पदमा कार्यरत पूर्णिमाले आफ्ना ४ जना प्रतिद्वन्दीहरुलाई पछि पारेर मिस नेपाल हंगकंग २००५ को ताज जित्न सफल भइन्।

पूर्णिमालाई २००१ की मिस नेपाल हंगकंग पूजा सुब्बाले ताज पहिर्याई दिएकी थिईन्।

कार्यक्रममा मिस नेपाल हंगकंग अतिरिक्त मिस्टर नेपाल हंगकंग (शारीरिक सुगठन)को प्रतिस्पर्धा पनि सम्पन्न भएको थियो।

सातजना प्रतिस्पर्धीहरु सहभागी रहेको प्रतियोगितामा कैलास गुरुंग सर्वोत्कष्ट भै मिस्टर नेपाल हंगकंग २००५ को उपाधि जित्न सफल भए। नव मिस्टर नेपाल हंगकंग कैलाश गुरुंगलाई सन् २००१ का मिस्टर नेपाल हंगकंग दिलिप पमु (लिम्बु) ले टाइटल एवार्ड प्रदान गरिएको थियो ।

फस्ट रनरअप राजु गुरुंग र सेकेन्ड रनरअपमा खगेन गुरुंग भए भने बेस्ट पफरमेन्सको उपाधि कृष्णमोहन लिम्बुले जितेका थिए । शारीरिक सुगठनका निर्णायकमा मोहन गुरुंग र गजेन लिम्बु थिए ।

मिस नेपाल हंगकंगका लागि नेपालका चर्चित मोडल तथा कोरियोग्राफर कला सुब्बाको कोरियोग्राफी रहेको कार्यक्रमको सञ्चालन कुमार सुब्बा लिङदेन, कला सुब्बा र लोकराज लिम्बुले गरेका थिए ।

कार्यक्रममा यहांका चर्चित कलाकारहरु शितल पुन, सन्तोष गुरुंग, टंक राई र करन तामाङले गीत तथा नृत्यहरू प्रस्तुत गरेका थिए।
मल्टिपल आर्ट एन्ड कल्चर एसोसिएसन (माको) को आयोजना सम्पन्न उक्त कार्यक्रम झण्डै ३ बर्षको स्थगन पश्चात भएको थियो । मिस नेपाल हंगकंग सुन्दरी प्रतियोगिता सन् १९९८ मा पहिलो पल्ट शुरु भएको थियो ।
फोटोः एचकेनेपाल डट कमको लागि- जगत (अम्बु) गुरुंग, राजिव राई ।
मिस नेपाल हंगकंग २००५ को फोटो हेर्न यहां क्लिक गर्नुहोस् ।
मिस्टर हंगकंग २००५ को फोटो हेर्न यहां क्लिक गर्नुहोस्।
पुराना प्रतिक्रिया पढ्नको लागि यहां क्लिक गर्नुहोस् ।
Popularity: 16%
October 5th, 2005
एचकेनेपाल डट कम, अक्टोबर ३ -
हंगकंग, तन्नेरी-युवाहरुको चाहनालाई ध्यान दिंदै आई लभ नेपाल डिजे पार्टी अक्टोबर २ आइतबार क्लव नुमा सम्पन्न भयो । देशभित्र र देशबाहिरका नेपाली तन्नेरी-युवाहरु हिजो आज डिजे पार्टीप्रति विस्तारै आकर्षित हुदै गएको बेला यहांका नेपाली तन्नेरी युवाहरुको लागि पनि यस्तो कार्यक्रम आयोजना गरिन लागेको आयोजक राजेन लिम्बु बताउंछन्।

हामी विदेशमा रहे पनि हाम्रो देश प्रेम सधैं हाम्रो साथ रहेको हुन्छ । त्यसैले देश प्रेमको भावना बोकेर विश्व भ्रमण गर्ने योजना रहेको उनी बताउंछन् । काठमाडौं, पोखरा, सिड्नी र लण्डनमा समेत पुगेर देश प्रेमको भावना आई लभ नेपाल सन्देश बांड्ने चाहना राख्ने राजेनलाई प्रविनाले साथ दिने भएकाछन् ।

फिलोपिनो डिजे सिड पोपा उक्त पार्टीको प्रमुख आकर्षण रहेको थियो भने उनलाई साथ दिने अन्य डिजेहरूमा राजेन लिम्बु, अगेन र मनोज थिए । हार्ड रक क्याफेमा कार्यरत सिड हंगकंग डिजे मिक्सिंग च्याम्पियनशीप १९९८ का फर्स्ट रनर अप हुन् ।
फोटोः सुवर्णा किरण गुरुंग / एचकेनेपाल डट कम
डिजे पार्टीमा सरीक हुने सबैलाई टिकटसंगै ‘आई लभ नेपाल’ लेखिएको टि-सर्ट र रीष्टब्याण्ड निःशुल्क वितरण गरिएको थियो ।
अन्य फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
Popularity: 8%
October 3rd, 2005