Archive for November, 2005

वर्ल्ड एसएमईमा नेपालले पनि सहभागिता जनायो

एचकेनेपाल डट कम, नोभेम्बर ३०-
हगकंग, गत नोभेम्बर २१ देखि २३ सम्म ३ दिन हंगकंग कन्भेन्सन एण्ड एक्जिविसन सेन्टरमा चलेको वर्ल्ड एसएमई र इन्नोभेशन एण्ड डिजाइन एक्स्पोमा नेपालले पनि आफ्नो सहभागिता जनाएको थियो।


वर्ल्ड एसएमईमा ४० राष्ट्रका लगभग ३२० र इन्नोभेशन एण्ड डिजाइन एक्स्पोमा १२ राष्ट्रका करिब १८० प्रदर्शनी कक्षहरु एक्स्पोमा राखिएका थिए। साना तथा मझौला व्यापार - व्यवसाय प्रवर्धनको प्रविधि र डिजाइन सामर्थ्यलाई अघि बढाउंने उद्धेश्यका साथ आयोजना गरिएको उक्त एक्स्पोमा ३० हजार भन्दा बढी दर्शकहरु उपस्थित रहेको दाबी आयोजक द हंगकंग ट्रयाड डिभोलपमेन्ट काउन्सिलले गरेकोछ।


फोटोः जगत (अम्बु) गुरुंग / एचकेनेपाल डट कम।

रोयल नेपालीज कन्सुलेट जेनेरल हंगकंग लेखिएको नेपाली कक्षमा विदशी पर्यटकहरुलाई आकर्षित गर्ने खालका नेपाल र नेपाली कला संस्कृति झल्किने पोष्टकार्ड, पोष्टर, पुस्तक तथा क्युरियोका सामाग्रीहरु प्रदर्शन गरिएको थियो।

सो अवसरमा हंगकंगस्थित कार्यवाहक शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईको समेत उपस्थिती रहेको थियो। नेपालको प्रदर्शनी कक्षमा आएका विदेशी र चिनियां दर्शकहरुमध्ये केहीले आफूहरु नेपाल भ्रमण गरिसकेका र फेरि पनि नेपाल भ्रमणमा जान इच्छुक रहेको जस्ता विचारहरु व्यक्त गरेका थिए।

Popularity: 3%

4 comments November 30th, 2005

बसन्तको आंगनीमा: म्युजिक भिडियो अपडेट

अनलाइन डेस्क एचकेनेपाल डट कम, नोभेम्बर ३०-
हंगकंग, हालै विमोचित गीतकार, कवि तथा एचकेनेपाल डट कमका विशेष सम्वाददाता टंक सम्वाहाम्फेद्वारा रचनाबद्ध गीतको म्युजिक भिडियो बसन्तको आंगनीमा यहांहरु समक्ष अन लाइनमा प्रस्तुत गरिएकोछ।

यस गीतलाई चर्चित गायिका पवित्र सुब्बाले गाउंनु भएकोछ भने वरिष्ठ संगीतकार दिनेश सुब्बाले संगीत भर्नुभएकोछ। म्युजिक भिडियोको लागि सम्पादन र निर्देशन सुधीर पाण्डेले गर्नु भएकोछ र छायांकन उपेन्द्रमान सिंहले गर्नु भएकोछ।

गुगल भिडियोमा गएर म्युजिक भिडियो हेर्न यहां क्लिक गर्नुहोस् ,
विमोचन कार्यक्रमको फोटोहरु हेर्न यहां क्लिग गर्नुहोस्।

……………………………………………………………………………………………

मनोभावको सिडी तथा म्यूजिक भिडीयो विमोचन

लोकबहादुर सिंगक / सम्वाददाता एचकेनेपाल डट कम, नोभेम्बर २०-
काठमाडौं, कवि तथा गीतकार टंक सम्वाहाम्फेको गीति एल्वम मनोभावको सिडी तथा म्युजिक भिडीयो कवि,गीतकार,संगीतकार,तथा पत्रकारहरुको समुपस्थितीमा प्रमुख अतिथि प्राज्ञ वैरागी काईंलाको वाहुलीवाट गत शनिवार राजधानीमा विमोचन गरियो ।


संगीतकारले गीतकारको गीतलाई संगीत नभरी वर्षौ फायल भित्र वन्द राखे पनि त्यो गीत भएरै रहन्छ भन्ने धारणा उक्त विमोचन समारोहका अतिथि प्राज्ञ इश्वरवल्लभले कार्यक्रमलाई सम्वोधन गर्दै भन्नु भयो । हङकङ जस्तो वैदेशीक भूमिमा रहेर पनि गीतकार टंक सम्वाहाम्फे र संगीतकार दिनेश सुब्बाले देश प्रति भावना जगाएर सृजनामा लाग्नु सह्रनिय कुरा हो भनि सोही कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वैरागी काईंलाले आपनो मन्तब्य पेश गर्नु भयो ।



अर्का अतिथि वरिष्ठ संगीतकार तथा गीतकार वुलु मुकारुङले पनि आपनो विचार व्यक्त गर्ने क्रममा नेपालमा गीत तथा संगीतको खस्कदो अवस्थामा ल्याइएको गीति एल्वम मनोभावले ठुलो टेवा पुग्ने कुरामा दुइमत नभएको भनि उक्त एल्वम माथि समीक्षा गर्नु भयो । हङकङको गीत,संगीत र साहित्य वारे जानकारी गराउदै नेपालवाट पनि हङकङलाई गीत, संगीत र साहित्य कै आंखाले हेरी दिनु पर्ने गीतकार टंक सम्वाहाम्फे आग्रह गर्नु भयो ।

रेडियो नेपालका कार्यक्रम प्रस्तोता अम्मरध्वोज लामाको कार्यक्रम सञ्चालनमा गीतकार शुभ मुकारुङले पाहुनाहरुलाई स्वागत गर्नु भएको थियो । प्रायोजक एचकेनेपाल डट कम र आयोजक आदिवासी गीतकार समाज नेपाल रहेको विमोचन समारोहमा अध्यक्षता सोही समाजका अध्यक्ष सन्जोग लाफाले गर्नु भएको थियो ।

Popularity: 3%

2 comments November 30th, 2005

रेडियो अन्तर्वार्ताः टंक सम्बाहाम्फे

बिएफबिएस गोर्खा रेडियोद्वारा सञ्चालित साहित्यिक कार्यक्रम ‘दोभान’ का प्रस्तोता तथा गीतकार, कवि र साहित्यकार रमेश पौडेलले हाम्रा (एचेकेनेपाल डट कमका विशेष सम्वाददाता) सहकर्मी मित्र, गीतकार तथा कवि टंक सम्वाहाम्फेसंग लिनु भएको अन्तर्वार्तालाई यहांहरु समक्ष प्रस्तुत गरिएकोछ। यो अन्तर्वार्ता बिएफबिएस काठमाडौंबाट प्रशारण भै सकेकोछ । - सम्पादक

अन्तर्वार्ता सुन्न यहां क्लिक गर्नुहोस्।

Popularity: 3%

12 comments November 28th, 2005

हंगकंगमा प्रजातन्त्र र मानवअधिकार सपोर्ट ग्रुप स्थापना

एचकेनेपाल डट कम, नोभेम्बर २५-
नेपालमा जारी प्रजातान्त्रिक आन्दोलनमा सहयोग पुर्‍याउने उद्देश्यले सूदुर पूर्वी प्रवासी नेपाली संघ (फियोना) हङकङको आयोजनामा हंगकंगमा अन्तराष्ट्रिय स्तरमा कार्यरत विभिन्न सामाजिक, मानवअधिकारवादी तथा अन्य गैर सरकारी संगठनहरु र स्थानीय नेपाली पत्रकारहरुको उपस्थितिमा एक वृहत भेला सम्पन्न भयो ।


फियोना हंगकंगका अध्यक्ष रमेश गुरुंगको अध्यक्षतामा एसियाली मानवअधिकार आयोग (Asian Human Right Commission) को काउलन अवस्थित कार्याकक्षमा सम्पन्न सो कार्यक्रमको संचालन फियोनाका संयोजक प्रेमचन्द्र राईले गर्नु भएको थियो ।


उक्त कार्यक्रममा अधिवक्ता तथा मानवअधिकारवादी कार्यकर्ता गोविन्द शर्मा बन्दीले नेपालमा प्रजातन्त र मानवअधिकार वहालीका सम्बन्धमा विस्तृत कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो क्रममा वहाँले २०४६ सालको जनान्दोलन पश्चात नेपालमा प्रजातन्त्रको उपर बारम्बार भएको आक्रमण, राजतपरिवार हत्याकाण्ड, राजा ज्ञानेन्द्रको असोज १८ कदम, २०६२ माघ २ गतेको राजाद्वारा गरिएको कु र यस बीचमा नेपालमा घटेको प्रजातन्त्र र मानवअधिकार विरोधी कृयाकलापहरुको बारेमा बिस्तृत व्याख्या गर्नु भएको थियो ।

अहिले आन्दोलनरत सात पार्टी र माओवादी पार्टी बीचमा सम्पन्न बाह्रबुदे सहमतिको बारेमा समेत उल्लेख गर्दै त्यसले सृजना गर्नसक्ने सम्भावना र चुनौतिको बारेमा समेत विचार प्रस्तुत गर्नु भएको थियो ।


फोटोः जगत (अम्बु) गुरुंग / एचकेनेपाल डट कम

सोक्रममा एसियाली मानवअधिकार आयोगका निर्देशक बासिल फर्नान्डो, हङकङ विश्व विद्यालयको कानन संकाय (मानवअधिकार कार्यक्रम) का निर्देशक सुजना लिन्टन, एशियाली कानुन अनुसन्धान तथा अन्वेषण केन्द्रका संयोजक माइकल एन्थोनी, एसिया पेसिफिक मिसन फर माइग्रेन्टका निर्देशक रामोन बुल्त्रोन, मीसन फर फिलिपिनो माइग्रेन्ट वर्कस का कार्यक्रम संयोजक नोरमान कारेनी, युनायटेड फिलिपिनो इन हङकङका महासचिव एमान भिल्लेनुएभा, एशियाली विद्यार्थी संगठनका क्षेत्रीय सचिव माधव नेपाल, इन्डोनेसियन प्रवासी संगठनका अध्यक्ष एनी लेस्तारी, कोलिसन फर रेसियल इक्वालिटीका संयोजक तथा सीटी युनिभर्सिटीका प्राध्यापक माक होइ वा समेतले नेपालमा प्रजातन्त्रको बहाली र मानवअधिकारको संरक्षणमा ऐक्यवद्धता जनाउदै आ-आफ्नो विचार राख्नु भएको थियो । त्यसपछि नेपालमा प्रजातन्त्रको र मानवअधिकारको स्थापनाका लागि हङकङमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा व्यपक छलफल भयो । उक्त भेलाले नेपालमा जारी आन्दोलनलाई सहयोग पुर्‍याउन हङकङमा कार्यरत अन्तराष्ट्रिय संघसंस्था तथा हङकङ स्थित नेपाली समुदायसमेत संलग्न एक सहयोग समुह स्थापना गर्नुपर्ने सुझाव सम्पूर्ण सहभागीहरुबाट प्राप्तभए अनुसार “हङकङ सपोर्ट ग्रुप फर डेमोक्रेसी एण्ड हृयुमन राइट इन नेपाल (Hong Kong Support Group for Democracy and Human Right in Nepal)” गठन गर्ने निर्णय गर्‍यो ।

यसका साथै आसन्न विश्वव्यापार संगठन (WTO) को छैठौं मन्त्रीस्तरीय संमेलनको विरोधमा समेत विरोध कार्यक्रम गर्ने निर्णाय भयो । संयोजनको भुमिका फियोना हङकङले र त्यसको संयोजन फियोना हङकङका संयोजक प्रेमचन्द्र राईले गर्ने निर्णाय भयो । सो कार्यक्रममा हङकङ विश्वविद्यालयमा अध्यनरत सूर्यबहादुर देउजा, फियोनाका उपाध्यक्ष भिम बानिया, र सचिव सत्यघलेको पनि उपस्थिति रहेको थियो ।

Popularity: 3%

4 comments November 25th, 2005

‘आदिवासी लिसरा’ : फोटो अपडेट

अनु थापा 'आदिवासी लिसरा' विभिन्न भाषा र भेष, कला र संस्कृतिले धनि मानिने देश नेपालका केही जनजातिहरुको भेषभूषालाई यहां प्रस्तुत गरिएकोछ। एचकेनेपाल डट कमका लागि अनु थापा ‘आदिवासी लिसरा’लाई नेपालका ख्यातिप्राप्त युवा फोटोग्राफर कुमार आलेले विभिन्न भेषभूषामा खिचेका फोटोहरु पछिल्लो पटक अपडेट गरिएकोछ।

फोटोमा बाहुन, गुरुंग, लिम्बु, मगर, नेवार, राई, शेर्पा, तामाङ र थकाली पहिरनका झलकहरु समावेश गरिएकोछ। सम्भव भएसम्म हामीले सबै जनजातिका पहिरनका झलकहरु क्रमशः राख्दै जानेछौं। प्रस्तुत फोटोमा देखिएका विभिन्न जनजातिका पहिरनहरु लिसरा स्वंयले संकलन गरेकी हुन्।

राई पहिरनमा अनु थापा ‘आदिवासी लिसरा’, फोटो कुमार आले / एचकेनेपाल डट कम

अन्य फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।

Popularity: 6%

22 comments November 24th, 2005

हंगकंगमा सबैभन्दा ठूलो समलिङ्गी फिल्म महोत्सव

एचकेनेपाल डट कम
हंगकंग,अहिलेसम्म एशियाकै सबैभन्दा ठूलो समलिङ्गी फिल्मी महोत्सव हङकङमा शुरु भएको छ।


१० दिनसम्म चल्ने यो महोत्सव नोभेम्बर १७ मा शुरु भएर २७ मा समापन हुनेछ । महोत्सवमा १८ देशका ६० वटा सिनेमा प्रदर्शित हुनेछन् । महोत्सवमा अमेरिकन चाइनिज फिल्म निर्माता अलिस वुको पुरस्कृत सिनेमा ‘सेभिङ्ग फेस’ प्रदर्शन गरेर महोत्सवको शुरुवात भएको थियो।

महोत्सवको अन्तमा फिलोपिनो निर्देशक ब्रिलियन्ट मेन्डोजाको गोल्डेन लिउपार्ड अवार्ड प्राप्त सिनेमा ‘द म्यासुर’ प्रदर्शन गरिनेछ।

Popularity: 3%

2 comments November 23rd, 2005

साप्ताहिकमा प्रकाशित एचकेनेपाल डट कमबारे!

सम्वाददाता एचकेनेपाल डट कम, नोभेम्बर १९-
हंगकंग, कान्तिपुरको सहप्रकाशन साप्ताहिक पत्रिकाले यस अंक (वर्ष ११ अंक २५)मा
‘विदेशमा लोकप्रिय नेपाली वेबप्रत्रिका’
नामक शीर्षकमा विदेशबाट सञ्चालित विभिन्न नेपाली वेव साइटका बारेमा जानकारी दिने जमर्को गरेकोछ । यही क्रममा हंगकंगबाट प्रकाशित लोकप्रिय इन्टरनेट नेपाली प्रत्रिका एचकेनेपाल डट कम का बारेमा पनि थोरै उल्लेख गरेकोछ।

कान्तिपुरको सहप्रकाशन साप्ताहिकले विगतमा झै यसपटक पनि एचकेनेपाल डट कमकाबारेमा आफ्ना पाठकहरुलाई जानकारी उपलब्ध गराएकोमा हामी एचकेनेपाल डट कम परिवार कृतज्ञ छौं। यद्यपि शिव शर्माजीले जानकारी दिने क्रममा अलिकति भ्रमपूर्ण टिप्पणी लेखनीमा उल्लेख गर्नुभएको रहेछ। उहांले अलिकति हतार नगरी हामीलाई इमेलमा सम्पर्क गर्नु भएको भए राम्रो हुने थियो। कारण सानो गल्तीले उहांका आगामी लेखहरुबाट पाठकको विश्वास घट्न सक्छ।

एचकेनेपाल डट कमको विषयमा लेख्दा यो साइट राजव श्रेष्ठले तयार पारेको भनेर उल्लेख गर्नुभएको रहेछ। जब कि यो साइटका प्रधानसम्पादक पशन तमू नै यो साइटको स्थापनाकालदेखि हालसम्म वेब डिजाइनर र वेब सम्पादक हुनुहुन्छ। लेखमा उल्लेख गरिएको राजव र एचकेनेपाल डट कम बीच विगत र हाल पनि कुनै सम्बन्ध छैन।

त्यसैगरी शिवजीले हंगकंगमा लोकप्रिय भनेर उदृत गर्नुभएको अर्को www.cnngroup.com.hk नामक वेबसाइट रहेको वा नरहेको यहांका नेपाली पाठकलाई जानकारी छैन।

Popularity: 3%

9 comments November 19th, 2005

संखुवासभाको तिहार कार्यक्रमः फोटो अपडेट

एचकेनेपाल डट कम, हंगकंग, ढिलै भए पनि संखुवासभा समाज हंगकंगद्वारा आयोजित तिहार सुभकामना आदानप्रदान कार्यक्रमका चित्रमय झलकहरुलाई यहां प्रस्तुत गरिएकोछ।

गत ३० अक्टोबर आरजे रेष्टुरेण्टमा सम्पन्न सो कार्यक्रममा संखुवासभाका नेपालीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा फियोना सांस्कृतिक समूहद्वारा नृत्य प्रस्तुत गरिएको थियो भने स्थानीय कलाकारहरु तनुजा गुरुंग र जमुना गुरुंगले पनि नृत्य प्रस्तुत गरेका थिए। गायक एल.बि.मुखियाले पनि आफ्ना गायन प्रस्तुत गरेका थिए।

समाजका सल्लाहकार रमेश गुरुंग र उपाध्यक्ष पदम बहादुर राईले उपस्थित सबैलाई दशैं तथा तिहारको उपलक्ष्यमा शुभकामना प्रकट गर्नु भएको थियो। समाजका अध्यक्ष जिमी खेमाहांगको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन सचिब कर्ण कोरोगीले गर्नुभएको थियो।

फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।
फोटोः मातृदीप राई /एचकेनेपाल डट कम

Popularity: 3%

12 comments November 17th, 2005

दीप्ति थापाः In Picture

दीप्ति थापाः हंगकंग युनिर्भसिटीमा ब्याचलर्स डिग्री सेकेन्ड इयरमा अध्ययनरत,
‘ट्यालन्ट हन्ट २००५’ प्रतियोगितामा मिस ट्यालन्ट २००५ की उपाधि विजेता ।




अन्य फोटोहरुको लागि यहां क्लिक गर्नुहोस् ।
अन्जना राईः In Picture


Popularity: 10%

52 comments November 17th, 2005

हिन्दी टि.भि.धारावाहिक ‘काव्याञ्जली’ को युनिट हंगकंगमा

एचकेनेपाल डट कम,
हंगकंग, बालाजी टेलिफिल्मद्वारा निर्मित हिन्दी टि.भि. धारावाहिक ‘काव्याञ्जली’ को युनिट छायांकनका लागि हंगकंग आइपुगेको छ।



यहांका नेपाली तथा भारतीय दर्शकहरू आफुले हेर्दै आएका ‘काव्याञ्जली’ का कलाकारहरुलाई चिम् सा चुइका सडक छेऊछाउ सुटिंगमा व्यस्त भैरहेको देखेपछि दंगदास परे।


उनीहरुले छायांकनको ब्रेक टाइममा ती कलाकारहरुसंग फोटो खिच्ने र अटोग्राफ्स भर्ने मौका पनि गुमाएनन्।

फोटोः अम्बु (जगत) गुरुंग / एचकेनेपाल डट कम
अन्य फोटोहरुका लागि यहां क्लिक गर्नुहोस्।

Popularity: 7%

27 comments November 17th, 2005

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category