Archive for December, 2005

ल्होछारको शुभकामना


तमुहरुको महान पर्व नयां बर्ष ल्होछारको सुखद अवसरमा मंगलमय शुभकामना
- एचकेनेपाल डट कम परिवार

आफ्ना प्रियजनहरुलाई ल्होछारको शुभकामना कार्ड पठाउंन यहां क्लिक गर्नुहोस्।

Popularity: 10%

52 comments December 26th, 2005

क्रिसमस डान्स पार्टीः चित्रमय झलक

एचकेनेपाल डट कम, डिसेम्बर २५-
हंगकंग, यहांका केही नेपाली यूवाहरुले डान्स पार्टीको मस्तीसंगै त्रिसमस मनाएका छन्। हाम्रा फोटो पत्रकार जगत (अम्बु) गुरुंगले खिचेका क्रिसमस डान्स पार्टीका केही चित्रमय झलकहरु…

क्रिसमस डान्स पार्टी शिम सा चुइस्थित आर.जे. रेष्टुरेण्टमा शनिवार बेलुकी भएको थियो।






थप फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।

Popularity: 7%

7 comments December 25th, 2005

धरान हंगकंग चित्रमय झलकहरु

एचकेनेपाल डट कम, धरान हंगकंग मञ्चले गत ७ डिसेम्बर नांचघर रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरेर नेपाली तारा दिपक लिम्बुलाई अभिनन्दन गरेको थियो। त्यही अवसरमा धरान हंगकंग मञ्चले दिप्ती थापा (मिस ट्यालेन्ट २००५), अनिशा लिम्बु (फस्ट रनर अप मिस ट्यालेन्ट २००५), दिपा विश्वकर्मा (फस्ट रनर अप मिस नेपाल हंगकंग २००५), ममिता गुरुंग (मिस हंगकंग नेपाल २०००), रोशन लिम्बु (मिस्टर नेपाल १९९८), उद्घोषिका लक्ष्मी थापा राई र नेपाली ताराको म्यानेजमेन्ट सम्बन्धि जिम्मेवारी लिनुभएकी मिना सिंगक लिम्बुलाई पनि प्रशंसा तथा कदरपत्र प्रदान गरेको थियो।


फोटोः जगत (अम्बु) गुरुंग /एचकेनेपाल डट कम


मञ्चका सचिव उत्तरमान लिम्बुले सञ्चालन गर्नुभएको उक्त औपचारिक कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष प्रेम सुब्बाले गर्नुभएको थियो भने प्रमुख अतिथि गणेश इजम र विशेष अतिथिको रुपमा मञ्चका सल्लाहकार तेजबहादुर राई उपस्थित हुनुहुन्थ्यो। मञ्चका पूर्व सचिव किसन राईले उपस्थित सबैलाई स्वागत गर्दै आफ्ना मन्तव्यहरु प्रकट गर्नु भएको थियो।

औपचारिक कार्यक्रम सकिएपछि लक्ष्मी थापाले बांकी मनोरञ्जनात्मक कार्यक्रमलाई सञ्चालन गर्नु भएको थियो।

बांकी फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।

Popularity: 3%

9 comments December 20th, 2005

आधुनिक गीत तर्फ मनिष राय प्रथम

(प्राविधिक कारणले यो समाचार ढिलो प्रकाशित भएकोछ। सं.)
एचकेनेपाल डट कम, हंगकंग। हंगकंग गोर्खाज एस्सोसियशन र हंगकंग पोइनसिटिया प्राइमरी स्कूलद्वारा गत ४ आइतबार काउलुन पार्कमा सम्पन्न आधुनिक गीत गायन प्रतियोगितामा मनिष राय प्रथम भए भने कमल राई, बीरबहादुर थापा, दीपा राई क्रमशः द्वितीय, तृतीय र सान्तवना भएका थिए।



पप गीत तर्फ नेमलेस ब्याण्डलाई उत्कृष्ट ब्याण्ड घोषणा गरिएको थियो।

नृत्य प्रतियोगिता तर्फ गुमानसिंह गुरुंग र साथीहरुको समूह प्रथम, मेन्खु गुरुंग र साथीहरुको समूह द्वितीय र शोभा लिम्बु तृतीय भएका थिए।

कार्यक्रममा संन्ध्या गुरुंगलाई उत्कृष्ट नर्तकी घोषणा गरिएको थियो।



आधुनिक गीत गायन, संगीत र शब्द रचना प्रतियोगिताका लागि क्रमशः वरिष्ठ संगीतकारद्वय दिनेश सुब्बा र विक्रम गुरुंग, शिव प्रधान, हाङयुग अज्ञात र पशन तमू निर्णायकका रुपमा हुनुहन्थ्यो। पप गीत तर्फ मनोज घले र राजु गुरुंग त्यसै गरी नृत्य तर्फ ममिता गुरुंग, टंक राई र जौ गुरुंग निर्णायक हुनुहन्थ्यो।



विशेष आकर्षणका रुपमा नेपाली तारा २००५ दिपक लिम्बुको प्रस्तुति रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई हुनुहुन्थ्यो भने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

पहिलो चरणको कार्यक्रम हंगकंग पोइनसिटिया प्राइमरी स्कूलका सुपरभाइजर गणेश इजमले सञ्चालन गर्नुभएको थियो भने बांकी कार्यक्रम देवराज राई, लक्ष्मी थापा राई र पूर्णिमा गुरुंगले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा हंगकंग पोइनसिटिया प्राइमरी स्कूलका छात्रछात्राहरुले गीत तथा नृत्यहरु पनि प्रस्तुत गरेका थिए।

फोटोः जगत (अम्बु) गुरुंग, राजीव राई / एचकेनेपाल डट कम
बांकी फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।

Popularity: 3%

1 comment December 19th, 2005

प्रदर्शनकारी र प्रहरी बीच झडप ५ घाइते

एचकेनेपाल डट कम, डिसेम्बर १७-
डब्लुटीओ को मन्त्रीस्तरीय बैठक समापन हुनु एक दिन अघि आज प्रदर्शनकारी र प्रहरी बीच भएको झडपमा कम्तीमा ५ जना घाइते भएका छन्। घाइते हुनेमा एक जना प्रहरी अधिकारी पनि छन्।

प्रहरी अधिकारी अस्पतालबाट डिस्चार्ज भैसकेका छन् भने अन्य घाइतेहरुको अझै अस्पतालमा उपचार भैरहेको आरटिएचके ले जनाएकोछ।

दक्षिण कोरियाली प्रदर्शनकारी र प्रहरीबीचको झडप। (Photo: Bobby Yip/Reuters)



प्रदर्शनकारी र प्रहरीबीचको झडप। (Photo: Bobby Yip/Reuters)
प्रदर्शनकारीहरु बैठक भैरहेको हंगकंग कन्भेन्सन सेन्टरतर्फ जान लाग्दा झडप भएको बताइएकोछ। प्रदर्शनीकारीहरुको योजना असफल बनाउंन प्रहरीले अश्रुग्यांस समेत प्रयोग गरिएको थियो।


प्रदर्शनकारी र प्रहरीबीच झडपको तयारी। (Photo: Bobby Yip/Reuters)

जनताको सुरक्षाको लागि भनेर कजवेबे र वान चाईका एमटीआर (भूमिगत रेलमार्गका स्टेशनहरु) बन्द गरिएको थियो भने त्यस क्षेत्रबाट आवात जावत हुने सवारी साधनहरु चलाउन रोक लगाइएको थियो।

Popularity: 3%

Add comment December 17th, 2005

डब्लुटीओ को बैठक आजदेखि हंगकंगमा

एचकेनेपाल डट कम, डिसेम्बर १३ -
विश्व व्यापार संगठन (डब्लुटीओ) को मन्त्रीस्तरीय बैठक आजदेखि हंगकंगमा शुरु हुंदैछ। डिसेम्बर १३ देखि १८ सम्म पांच दिन चल्ने यो बैठकमा १४९ देशका वाणिज्य मन्त्रीहरुको सहभागितामा गत ४ बर्षदेखि चलिरहेको विवादित मुद्दाहरुमाथि पनि छलफल हुन सक्ने छ।

सबैभन्दा बढी विवादको विषय भने औद्योगिक सामान, सेवा र कृषि क्षेत्रसंग सम्बन्धित रहेकाछन्। विकसित, विकाशील र कम विकसित देशहरु बीच चल्दै आएको मतभेद जारी छ।

गरीव देशहरुका लागि व्यापार शर्तहरुमा असमानता नरहोस् भन्ने उनीहरुको चाहना रहेकोछ।

सन् १९९७ मा ब्रिटीशले हंगकंग मुख्यभूमि चीनलाई हस्तान्तरण पछिको सबैभन्दा ठूलो सुरक्षा व्यवस्था अहिले यहां अपनाइएकोछ। विगतका सिटल र क्यानकुनमा सम्पन्न डब्लुटीओ बैठकहरु विरुद्ध भड्केका हिंसा तथा प्रदर्शनीहरु यहां पनि दोहोरिन सक्ने सम्भावनालाई ध्यान दिंदै हरबर साइड कन्भेन्सन क्षेत्र तथा प्रदर्शनकारीहरुद्वारा आक्रकण हुन सक्ने क्षेत्रहरुमा सुरक्षा व्यवस्था कडा पारिएकोछ। (एचकेनेपाल डट कम)

Popularity: 3%

1 comment December 13th, 2005

फोटो अपडेटः’कुनै उपाधि ल्याउंन सकिंन’ - मिस नेपाल

फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।
भिडीयो क्लिप हेर्न यहां क्लिक गर्नुहोस् ।

एचकेनेपाल डट कम, डिसेम्बर १२-
‘मैले कुनै उपाधि ल्याउंन सकिंन तर धेरै भन्दा धेरै अनुभवहरु लिएर आएकीछु। उपाधि ल्याउंन सकिंन पनि भन्दिंन किन भने पारम्पारिक नृत्यमा म टप फाइफभित्र परेकी थिएं। मैले नेपाली संस्कृतिलाई अलिकति भने पनि देखाउंने प्रयास गरें।’

चाइनाको सान्या शहरमा सम्पन्न ऐतिहासिक विश्व सुन्दरी प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेर फर्केपछि पहिलो पटक हंगकंगमा सार्वजनिक रुपमा अभिव्यक्त मिस नेपाल सुगरिका के.सी.का मन्तव्यहरु हुन् माथिका।



फोटोः पशन तमू, जगत (अम्बु) गुरुंग, राजीव राई / एचकेनेपाल डट कम
फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस् ।

भिडीयो क्लिप हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोला।


मल्टिपल आर्ट एन्ड कल्चर अर्गनाइजेशन हंगकंगको आयोजनामा आइतबार सांझ आर.जे रेष्टुरेण्टमा सम्पन्न एक कार्यक्रममा अर्गनाइजेशनका अध्यक्ष तथा निर्देशक कुमार सुब्बाले मिस नेपाल सुगरिका के.सी.लाई सम्मानस्वरुप ट्रफी र कदर पत्र प्रदान गर्नुभएको थियो। त्यसैगरी सोही कार्यक्रममा नेपाली तारा दिपक लिम्बु, मिस ट्यालेन्ट हन्ट दिप्ती थापालाई पनि ट्रफी तथा कदर पत्र प्रदान गर्नुभएको थियो।

__________________________________________________

मिस नेपाल सुगारिका हंगकंग हुदै चीन प्रस्थान
एचकेनेपाल डट कम, नोभेम्बर १२-
मिस नेपाल सुगारिका के.सीं चीनको सान्यामा आयोजना हुन गै रहेको मिस वर्ल्ड २००५ प्रतियोगितामा भाग लिन हंगकंग हुंदै हिजो चीन प्रस्थान गरेकी छिन्।

आगामी डिसेम्बर १० मा हुने मिस वर्ल्ड २००५ प्रतियोगितामा उनले नेपालको प्रतिनिधित्व गर्ने छिन्।

उनी प्रतियोगिता शुरु हुन झण्डै एक महिना अघि नै त्यस तर्फ प्रस्थान गर्नुको कारण आफूलाई थप प्रशिक्षित तुल्याउंनुका साथै अन्य प्रतियोगीहरुसंग बढी घुलमिल पार्न बताइन्।

मिस वर्ल्ड प्रतियोगितमा नेपालबाट सहभागि सुन्दरीहरुले हालसम्म कुनै टाइटल हात पारेका छैनन्। तर सुगारिका भने आशावादी छिन्।

Popularity: 11%

95 comments December 12th, 2005

नेपाली तारा दिपक लिम्बुः भिडियो झलक

नेपाली तारा दिपक लिम्बुः भिडियो झलक

एचकेनेपाल डट कम, डिसेम्बर ५-
हंगकंग गोर्खाज एस्सोसियशन र हंगकंग पोइनसिटिया प्राइमरी स्कूलद्वारा गत नोभेम्बर ३ शनिवार युन लोंग थियटरमा आयोजित ‘नेपाली तारा सांझ’ कार्यक्रममा नेपाली तारा दिपक लिम्बुलाई अभिनन्दन गरिएको थियो।


नेपाली तारा दिपक लिम्बु (दायां )लाई सम्मान गर्नुहुंदै हंगकंग गोर्खाज एसोसियशनका अध्यक्ष भक्तबहादुर दुरा (बांया)। फोटोः प्रकाश राई /एचकेनेपाल डट कम


कार्यक्रममा दिपक लिम्बुले केही आफ्ना नयां र केही अरू गायकहरूका चर्चित गीतहरु प्रस्तुत गरेका थिए। उनलाई बेला बेलामा यहांका स्थानीय कलाकारहरु र हंगकंग पोइनसेटिया प्राइमरी स्कूलका बिद्यार्थीहरुले नृत्य गरेर साथ दिएका थिए।


नेपाली तारा दिपक लिम्बु ।

कार्यक्रममा आयोजक संस्था हंगकंग गोर्खाज एसोसियशनका अध्यक्ष भक्तबहादुर दुराले नेपाली तारा दिपक लिम्बुलाई दोसल्ला ओडाएर अभिनन्दन गर्नुका साथै कदरपत्र प्रदान गर्नु भएको थियो। सोही अवसरमा नेपाली ताराका आयोजक सामसुङ नेपाल तथा स्टुडियो फोरलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो। त्यसैगरी कार्यक्रममा मिस नेपाल हंगकंग २००५ पूर्णिमा गुरुंग र मिस्टर नेपाल हंगकंग २००५ कैलाश गुरुंगलाई पनि प्रशंसा पत्र प्रदान गरिएको थियो।


प्रमुख अतिथि कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई मन्तव्य प्रकट गर्नुहुदै ।

कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको पहिलो चरणको औपचारिक कार्यक्रमको सञ्चालन पोइनसेटिया प्राइमरी स्कूलका सुपरभाइजर गणेश इजमले गर्नुभएको थियो भने दोस्रो चरणको विविध सांस्कृतिक कार्यक्रमको सञ्चालन देवराज राईले गर्नु भएको थियो।

सांस्कृतिक कार्यक्रमका फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।
फोटोहरुः प्रकाश राई / एचकेनेपाल डट कम

दिपक लिम्बु र स्थानीय कलकारहरुको भिडियो झलकहरु।


Required Window Media Player 9 + Click here to download.

भिडियो झलक हेर्न यहां क्लिक गर्नुहोस्।
Read comments | Add your own

___________________________________________

नेपाली तारा दिपक लिम्बु हंगकंग आउने

अनलाइन डेस्क एचकेनेपाल डट कम, नोभम्बर २८-
हंगकंग, नेपाली तारा दिपक लिम्बु यहांका नेपालीबाट गरिने अभिनन्दन स्वीकार्न र आफ्ना एकल प्रस्तुति देखाउंन हंगकंग आउने भएका छन्।

५० लाख भन्दा बढी मतदाताहरुले भाग लिएको नवप्रतिभा छनोटको तीब्र प्रतिस्पर्धामा ८ हजार ९ सय ४१ जना प्रतिद्वन्द्वीहरुलाई पछि पार्दै नेपालकै इतिहासमा पहिलो चोटि उनी नेपाली तारा घोषित भएका थिए।

उनलाई डिसेम्बर ३ शनिबार युन लोंग थियटरमा अभिनन्दन गरिने कार्यक्रम रहेको छ भने उक्त कार्यक्रममा उनले आफ्ना एकल प्रस्तुति (गीत गायन) प्रस्तुत गर्ने छन्। हंगकंग गोर्खाज एशोसियशन र हंगकंग पोनसिटिय प्राइमरी स्कूल आयोजक रहेको उक्त कार्यक्रमका बारे एक पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो।

डिसेम्बर ४ आइतबार काउलुन पार्कमा सम्पन्न हुने तिहारको रमाइलो मेलामा हुने आधुनिक गीत तथा नृत्य प्रतियोगितामा भने उनको प्रमुख आतिथ्य रहनेछ। उक्त कार्यक्रममा पनि उनले गीतहरु प्रस्तुत गर्नेछन्।


कार्यक्रम सम्बन्धि जानकारी दिने क्रममा उपस्थित आयोजकहरु । फोटोः जगत (अम्बु) गुरुंग / एचकेनेपाल डट कम।

Popularity: 5%

29 comments December 5th, 2005


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2005
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category