Archive for January, 2006

हामी कमजोर छैनौं: पद्मरत्न तुलाधर

एचकेनेपाल डट कम, जनवरी २८-
हंगकंग, ‘अहिलेको स्थितिमा हामी केही कमजोर रहेपनि सांस्कृतिक, राजनैतिक, आर्थिक हरेक कुराले धनी मानिएका छौं र धनी छौं, नेपालमा विभिन्न जातिका भाषा भाषी छन् ती सबैले समान अधिकार पाउंनु पर्ने’ बताउंदै मानव अधिकारवादी नेता तथा नेपाल जनजाति महासंघका सल्लाहकार पद्मरत्न तुलाधरले जनजातिहरुको आन्दोलन जारी रहेको बताउंनु भएकोछ।



‘यौटा गणेशमान सिंह सर्वोच्च नेता, पद्मरत्न तुलाधर मन्त्री हुंदैमा र सम्पन्न हुंदैमा सबै नेवारहरु या जनजातिहरु सम्पन्न हुदैनन् , भएका छैनन् तर हुनुपर्छ भन्ने हाम्रो मान्यता हो।’

जापानबाट श्रीमती तुलाधरसंगै नेपाल फर्कने क्रममा नेवार समाज हंगकंगको आयोजनामा जोर्डनस्थित नांच घर रेष्टुरेण्टमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा बोल्नुहुंदै तुलाधरले उक्त कुरा भन्नु भएको हो।



फोटोः एचकेनेपाल डट कम का लागि जगत (अम्बु) गुरुंग।

हंगकंगमा रहेका नेवार समुदाय बीच भेटघाट र अन्तरक्रिया कार्यक्रम गत २३ जनवरीमा आयोजना गरिएको थियो।

कार्यक्रम, नेवार समाज हंगकंगका अध्यक्ष राजेन्द्र श्रेष्ठको अध्यक्षतामा समाजका सल्लाहकार अनार रत्न बज्राचार्यले सञ्चालन गर्नुभएको थियो भने प्रीतम श्रेष्ठले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो।

उक्त कार्यक्रममा स्थानीय पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।

Popularity: 3%

Add comment January 28th, 2006

राइफलको नालबाट….: पुस्तक विमोचन

एचकेनेपाल डट कम, जनवरी २७-
हंगकंग, एक जमानाको युद्धसैनिक… भू.पू. ब्रिटीस गोर्खा सैनिक र अहिले आएर एक सशक्त साहित्यकार बन्ने धुनमा अभ्यासरत गणेश राईको अनुभव संस्मरणहरुको नवीनत्तम कृति ‘राइफलको नालबाट जीवन नियाल्दा’ को हालै वान चाईस्थित दोभान रेष्टुरेण्टमा विमोचन भयो।


फोटोः जगत (अम्बु) गुरुंग, थप फोटो हेर्न यहां क्लिक गरौं।

सृजनाशील साहित्य समाज हंगकंगको आयोजनामा सम्पन्न उक्त पुस्तकको विमोचन क्या. भवनी शंकर राईले गर्नुभएको थियो। उपस्थित कवि, कवयित्री तथा साहित्यकारहरुले नवोदित कृति र लेखकप्रति शुभकामना मन्तव्य व्यक्त गर्नुका साथै पुस्तकमाथि समीक्षा गरिएको थियो।

कला राई, चन्द्र दुमी, पशन तमू, मेजर शरणकुमार राई, लाराः लक्ष्मी थापा राई, किसन राई, हेजन राई र भूपेन्द्र चेम्जोङ्गले लेखक गणेश राईको नवोदित कृतिको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

साहित्यकार देश सुब्बाको स्वागत मन्तव्य रहेको कार्यक्रमको अध्यक्षता श्रृजनाशील अराजक कवि हाङ्गयुग अज्ञातले गर्नुभएको थियो भने कार्यक्रम नरेश सुनुवारले सञ्चालन गर्नुभएको थियो।

Popularity: 3%

6 comments January 27th, 2006

भिडीयो अपडेटः मिलन बनभोज

एचकेनेपाल डट कम, जनवरी २५-
हंगकंग, अमरसिंह उच्च माध्यमिक बिद्यालय रामघाट, पोखराको ५० औं बार्षिकोत्सव तथा स्वर्ण महोत्सव बर्ष २०६२ को उपलक्ष्यमा उक्त बिद्यालयमा अध्ययन गरेका र हाल हंगकंगमा रहेका भूपू बिद्यार्थीले गत आइतबार मन्की हिलमा मिलन बनभोज र विविध कार्यक्रमका साथ बिद्यालयको स्वर्ण जयन्ती मनाए।




मिलन बनभोज कार्यक्रमको अध्यक्षता बिद्यालयका भूपू प्रधानाध्यापक दूतराज गुरुंगले गर्नुभएको थियो भने कार्यक्रममा भूपू बिद्यार्थी मेजर मानबहादुर गुरुंगलाई जेष्ठताको आधारमा मुख्य अतिथि, मितेरी सेवा समाजका अध्यक्ष क्या. चन्द्रबहादुर पुन विशेष अतिथि रहनुभएको उक्त कार्यक्रमको सञ्चालन मानप्रसाद गुरुंगले गर्नु भएको थियो।

कार्यक्रमका अध्यक्ष तथा बिद्यालयका भूपू प्रधानाध्यापक दूतराज गुरुंगले बिद्यालयको पृष्ठभूमिबारे चर्चा गर्नुहुदै बिद्यालय र सम्पूर्ण बिद्यार्थीहरुको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो।



भिडीयो क्लिप हेर्न माथिको प्ले बटनमा क्लिक गर्नुहोला।

त्यसैगरी भूपू बिद्यार्थीहरु तुल्सी गुरुंग, लम्जुंग सेवा समितीका अध्यक्ष तथा भुपू बिद्यार्थी एकबहादुर गुरुंग, तमू ट्हो हृयुलका अध्यक्ष तथा भुपू बिद्यार्थी क्या. कमल गुरुंग, क्या. चन्द्र पुन लगायतले बिद्यालयको ५० औं बार्षिक उत्सव तथा स्वर्ण महोत्सव बर्ष २०६२ को अवसरमा बिद्यालयको प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भएको थियो।


फोटोः एचकेनेपाल डट कमको लागि जगत (अम्बु) गुरुंग र कुलप्रसाद गुरुंग (नेपालपोष्ट ओभरसिज)। थप फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।

कार्यक्रममा विद्यालयको गतिविधि, प्रगति र विकासक्रमसंग सम्बन्धित नयां तथा पूराना फोटोहरुको प्रदर्शनी, आर्थिक संकलनका साथै मनोरञ्जनात्मक विविध कार्यक्रमहरु तम्बोला खेल र नांचगानहरु पनि समावेश गरिएका थिए।

कार्यक्रम अमरसिंह मा.बि. पोखराका भूपू बिद्यार्थीको आयोजनामा र मितेरी सेवा समाज हंगकंगको व्यवस्थापन संयोजनमा सम्पन्न भएको थियो।

Popularity: 3%

4 comments January 25th, 2006

महावाणिज्यदूतमार्फत सरकारलाई विरोध पत्र

प्रतिनिधि, एचकेनेपाल डट कम, जनवरी २०-
हंगकंग, नेपाल सरकारले राजनैतिक दलका नेता, युवा बिद्यार्थी नेता, नागरिक समाजका अगुवाहरु, मानवाधिकारवादीहरु र लोकतन्त्रका पक्षमा लागेका आम नागरिकमाथि धरपकड, गिरफ्तार र घरैमा नजर बन्द गरेको घोर दमनको विरुद्ध यहांका नेपालीहरुले आज अपरान्ह यहांस्थित शाही नेपाली महावाणिज्यदूतमार्फत सरकारलाई एक विरोध पत्र बुझाएकोछ।

‘नेपालमा प्रजातन्त्र स्थापनाका लागि भईरहेको आन्दोलनको क्रममा हालै शाही सरकारद्वारा राजनीतिक पार्टीका नेताहरु, युवा बिद्यार्थी नेताहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारवादीहरु र लोकतन्त्रको पक्षमा लागेका आमनागरिकमाथि गरेको घोर दमन, धरपकड र शान्तिपूर्ण भेला, सभा गर्ने अधिकारमाथि प्रतिबन्ध लगाउंने कार्यप्रति हाम्रो ध्यान गम्भिर रुपमा आकर्षित भएकोछ।’ विरोधपत्रमा भनेकोछ -’यस घटनाले प्रबासमा रहेका हामी नेपालीहरुलाई अत्यन्त आक्रोशित र चिन्तित तुल्याएको छ।’

विरोध पत्रमा भनिएकोछ - ‘शाही सरकारद्वारा एकाबिहानै राजनीतिक पार्टीका नेताहरुको घरमा बिना अनुमति खानतलासी गर्ने, टेलिफोन लाइन विच्छेद गर्ने, घरमै नजरबन्द गर्ने, बिनापूर्जी गिरफ्तार गर्ने जस्ता गतिविधिहरुलाई तीब्र बनाएकोछ।’

देशमा गिरफ्तार गरिएका सम्पूर्ण राजबन्दीहरुलाई तत्काल रिहा गर्न, राजधानीमा लगाइएको निषेधाज्ञा र कर्फ्यु तुरुन्त फिर्ता लिन र जनताको आवाजलाई सम्मान गर्न पनि सरकारसंग जोडदार माग गरेकोछ।


फोटोः एचकेनेपाल डट कम को लागि जगत (अम्बु) गुरुंग, थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

नेपाली प्रबासी संघका सचिव ईश्वर खांणले सञ्चालन गर्नुभएको विरोध कार्यक्रममा फियोनाका अध्यक्ष रमेश गुरुंगले विरोधपत्रको वाचन सहित मन्तव्य प्रकट गर्नुभएको थियो। त्यसैगरी नेपाली घरेलु कामदार युनियनकी अध्यक्ष चन्द्रकला राई र एसियन हृयुमन राइट्स कमिसनको तर्फबाट ब्रुसले विरोध मन्तव्य प्रकट गरेका थिए।

सुदूर पूर्वी प्रवासी नेपाली संघ हंगकंगका अध्यक्ष रमेश गुरुंग, नेपाली प्रबासी संघ हंगकंगका अध्यक्ष सन्तोष घले, अखिल हंगकंग नेपाली एकता समाजका अध्यक्ष गंगा गौतम र नेपाली घरेलु कामदार युनियनकी अध्यक्ष चन्द्रकला राईद्वारा संयुक्तरुपमा बिरोध पत्र जारी गरिएको थियो।

विरोध पत्रको पूर्ण विवरणको लागि यहां क्लिक गरौं।

Popularity: 4%

1 comment January 20th, 2006

हंगकंगमा मगरहरुको माघे संक्रान्ति

एचकेनेपाल डट कम, जनवरी १७ -
हंगकंग, मगर संघ हंगकंगको आयोजनामा गत आइतबार मंकी हिलमा माघे संक्रान्ति कार्यक्रम सम्पन्न भएकोछ।

आफ्नो भाषा र संस्कृति जोगाउंने उद्धेश्यले आयोजित उक्त कार्यक्रममा यहांका मगर जातिको ठूलो उपस्थिति रहेको थियो।



“आफ्नो भाषा र संस्कृतिलाई जोगाई राखौं, परदेशी भए पनि आफ्नोपनमा नै रमाई राखौं ” भन्ने व्यानरमुनि आयोजित कार्यक्रममा का.वा. शाही नेपाली महावाणिज्यूत हेमलाल भट्टराईको प्रमुख आतिथ्य र हंगकंग नेपाली महासंघका अध्यक्ष गणेज इजम लगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

मगर संघ हंगकंगका अध्यक्ष एकबहादुर रानाको अध्यक्षता रहेको उक्त कार्यक्रममा संघका उपाध्यक्ष प्रेमबहादुर गलामीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम महासचिव मोहनबहादुर राना मगरले सञ्चालन गर्नुभएको थियो।

कार्यक्रममा मगरहरुको परम्परागत परिकारको व्यवस्था र विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएका थिए।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग । थप फोटो हेर्न यहां क्लिक गरौं।

Popularity: 4%

19 comments January 17th, 2006

हंगकंगमा नेपाली आमाहरुको ल्होछार

एचकेनेपाल डट कम, जनवरी १३ -
हंगकंग, यहांका नेपाली आमाहरुले गत ९ जनवरी सोमबार इन्डिया क्लवमा एउटा कार्यक्रमको आयोजना गरेर तमुहरुको महान पर्व ल्होछार मनाएका छन्।

आफ्ना संस्कृति र परम्पराको जगेर्ना र सामाजिक चेतना बढाउंने उद्धेश्यले लागि परेका आमाहरुको बिशुद्ध समूह नमोः बुद्ध आमा समूहले आयोजना गरेको कार्यक्रममा मेजर लीलबहादुर गुरुंग र नन्दकुमारी गुरुंगको प्रमुख आतिथ्य रहेको थियो।


फोटोः एचकेनेपाल डट कम का लागि जगत (अम्बु) गुरुंग,

कार्यक्रमको अध्यक्षता समूहकी अध्यक्ष पदमकुमारी गुरुंगले गर्नुभएको थियो भने लक्ष्मी थापा राईले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।



प्रमुख अतिथि मेजर लीलबहादुर गुरुंग र अन्य अतिथिहरु हितमान गुरुंग, खड्का मोक्तान, सुमलकुमार गुरुंगले ल्होछारको सुखद अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो। कार्यक्रममा डेनी थापा, कमल गुरुंग लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा सहभागिहरुले १ सय ८ बत्ती प्रज्वलन गरेर सुख र शान्तिको निम्ति शान्तिका प्रतीक भगवान बुद्धसंग प्रार्थना गरेका थिए।

थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 3%

4 comments January 13th, 2006

कोरिया चुन् दोक्वानको ८औं बार्षिक उत्सव

एचकेनेपाल डट कम, जनवरी ११ -
हंगकंग, कोरिया ते क्वान्दो चुन् दो क्वान नेपाली समूहले ८ औं बार्षिक उत्सव गत ८ जनवरी आइतबार इन्डिया क्लवमा सम्पन्न गरेकोछ।



समूहको बार्षिक उत्सवको अवसरमा ते क्वान्दो खेलका आकर्षक झलकहरु प्रदर्शन गरिएको थियो । कार्यक्रममा गत जुलाई ३ मा हंगकंगमा सम्पन्न भएको चौथौं अन्तरार्ष्टिय मैत्रीपूर्ण तेक्वानदो प्रतियोगितामा आफ्ना समूहबाट विजयी भएका खेलाडीहरुलाई समूहको तर्फबाट प्रोत्साहनस्वरुप पुरुस्कार वितरण गरिएको थियो।

समूहको विविध गतिविधि र तेक्वान्दो खेल सम्बन्धि जानकारीहरु उपलव्ध गराउंन समूहको अधिकारिक वेव साइट तयार गरिने भएकोछ । त्यही उद्धेश्य अनुरुप निर्माणाधिन वेव साइट www.taekwondohk.com लाई समूहको बार्षिक उत्सवको अवसर पारेर कार्यवाहक शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईको बाहुलीबाट सोही दिन उद्घाटन गरिएको थियो।



फोटोः एचकेनेपाल डट कमको लागि जगत (अम्बु) गुरुंग र राजीव राई
थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

सोही अवसरमा सुशन गुरुंग, निशान गुरुंग, विपिन थापा, हेम गुरुंग, अशिष गुरुंग, जयन्ता थापा, मिलन राई, डम्बर सुब्बा, सिद्धान्त गुरुंग, कृष्ण गुरुंग, आकाश लिम्बु, सनिम राई, रबिनकुमार नाल्मो लगायतका खेलाडीहरुले तेक्वान्दो खेल प्रदर्शन गरेका थिए।

कोरिया ते क्वान्दो चुन् दो क्वान ७ डान ग्रयाण्ड मास्टर उ जोङ्ग पिल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन ज्ञानु थापाले गर्नु भएको थियो। कार्यवाहक शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रमलाई हरि तामाङ्गले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो।

अन्य अतिथिहरु नेपाली महासंघका अध्यक्ष गणेश इजम, शाही नेपाली वायुसेवा निगमका क्षेत्रिय प्रवन्धक वरुणसिंह रावल, राजेन्द्र श्रेष्ठ लगायतले समूहको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो।

Popularity: 3%

13 comments January 11th, 2006

मकाउमा पनि तमुहरुको ल्होछार

एचकेनेपाल डट कम, जनवरी ११ -
हंगकंग, मकाउमा पनि त्यहां विभिन्न क्षेत्रमा कार्यरत गुरुंगहरुले तमुहरुको महान पर्व ल्होछार मनाएको समाचार प्राप्त भएकोछ।

मकाउबाट नरेश तमु कोरङ्गीले मेलद्वारा जानकारी गराइए अनुसार त्यहां लगभग १ सय २० जना तमुहरुको उपस्थितिमा बि.बि.क्यु पार्टीको आयोजना गरेर एक आपसमा नयां बर्षको शुभकामना साटा साट गरी ल्होछार मनाइएको थियो।


गत १ जनवरी कोलावान टापुको हृयाक्स सामुद्रिक किनारामा आयोजित कार्यक्रममा अधिकांश सुरक्षा क्षेत्रमा आवद्ध गुरुंगहरुको उपस्थिति रहेको थियो। लगभग २०० गुरुंगहरु यहां सुरक्षा क्षेत्रमा कार्यरत रहेको अनुमान गरिएकोछ।

एक दशकअघि देखि भुपू बेलायती गोरखा सेनालाई सुरक्षा क्षेत्रमा रोजगारको लागि अवसर खुलेकामा केही समयपछि भारतीय र नेपाली सेनाका अनुभवी र योग्य जवानहरुलाई पनि रोजगारको अवसर प्राप्त भएपछि यहां नेपालीहरुको उपस्थितिमा बृद्धि हुन थालिएको हो।

विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा मकाउ आइपुग्नु भएको बेला कार्यक्रमको प्रमुख अतिथि उहांलाई बनाइएको थियो। सुश्री तीर्थ तमुस्योद्वारा साइकल यात्री शेर्पालाई सम्मान पत्र प्रदान गरिएको थियो।



भिजिटमा आएका मेखराज र राम तमुका फेम्लीहरुले ल्होछारको लागि सबैलाई सेलरोटीको र अन्य चेलीबेटी र दाजुभाइहरुले अचार चटनी, कुखुराको भुटुवाको व्यवस्था गराएर गाउंघरको ल्होछारको सम्झना दिलाई दिएका थिए।

भिजिटमा आएर सेलरोटीको व्यवस्था गरिदिने दिदीबहिनीहरुलाई धन्यवाद स्वरुप सोही स्थानमा ७ जनवरीमा एक बिबिक्यु कार्यक्रमको आयोजना पनि गरिएको थियो।

कार्यक्रमको सञ्चालन नरेश तमु कोरङ्गीले गर्नु भएको थियो।

Popularity: 3%

2 comments January 11th, 2006

बालतपस्वी ओमनन्दज्यू हंगकंग हुंदै क्यानडा तर्फ

- पशन तमू, एचकेनेपाल डट कम, जनवरी ९ -
हंगकंग, विश्व धार्मिक सुधार एवं मानव एकताका प्रवर्तक भविष्य वक्ता परम्पुज्य सत्गुरु बालतपस्वी ओमनन्दज्यू गत ३१ डिसेम्बर हंगकंग हुंदै टोरोन्टो क्यानडा तर्फ प्रस्थान गर्नु भएकोछ।



हंगकंग ट्रान्सिटको बेला उहांबाट यहांका करिव २ सय नेपालीहरुले शुभ अशिर्वाद लिएका थिए। लाई चि कोकस्थित शुक्र वान्तवाका घरमा सामान्य भेटघाट कार्यक्रममा श्रद्धालु भक्तजनहरुको घुंइचो लागेको थियो।

असाधारण प्रतिभाका धनी गुरुज्यूले चट्याङ झार्ने, हावा चलाउंने, विशाल बराह पोखरीबीचको पानीमाथि उभिएर ५ घण्टा एक्चालिस मिनेटसम्म धारा प्रवाह प्रवचन दिने जस्ता चमत्कारिक कार्यहरु गरि सक्नुभएकोछ।

विश्वका सारा धर्मशास्त्रका व्याख्यता गुरुले साइबाबा, दलाई लामा, ब्रम्हाकुमारी, गुरु चिन्हाई, शंकराचार्य जस्ता धार्मिक गुरुहरुलाई व्यक्तिगतरुपमा भेट गरिसक्नु भएकोछ।

विश्व शान्तिका लागि आयोजित विश्व शान्ति सम्मेलनमा विश्वका ३०/ ४० राष्ट्रका प्रवुद्ध व्यक्तित्वहरुसंग विज्ञान धर्मका वाणीहरु बांडिसक्नुभएका गुरु यस पटक पनि विश्व शान्ति सम्मेलन तथा आत्याध्मिक विज्ञान सम्बन्धि सम्मेलनमा अतिथिको रुपमा उपस्थित हुन त्यसतर्फ प्रस्थान गर्नुभएको हो।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग, थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 18%

179 comments January 9th, 2006

उर्गेन दोर्जे छ्योलिङ्ग बुद्धिष्ट सेन्टरको उद्घाटन

एचकेनेपाल डट कम, जनवरी ८ -
हंगकंग, गत २ जनवरी सोमबार धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेको प्रमुख आतिथ्यमा हंगकंग उर्गेन दोर्जे छ्योलिङ्ग बुद्धिष्ट सेन्टरको उद्घाटन सम्पन्न भएकोछ।

बिहान ८:३० बजे सेन्टरका प्रमुख वरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछे र अन्य लामागुरुद्वारा पूजापाठ गरिएको थियो। कार्यक्रममा उपस्थित भक्तजनहरुले अमिदेवह्री मन्त्र, गुरु पद्मसंभवको मन्त्र तथा ॐ माने पेमे हुँ मन्त्र पाठ गरेका थिए।



पहिलो चरणको कार्यक्रमपछि औपचारिक कार्यक्रमको सञ्चालन गर्दै सेन्टरका सचिव विश्वजङ्गले सेन्टरको औचित्यबारे प्रकाश पार्नु भएको थियो।

अपरान्ह करिव १ बजेको शुभमुहुर्त पारेर प्रमुख अतिथि तथा सेन्टरका प्रमुख खेन्पो गुरु र सेन्टरका अध्यक्ष खड्का मोक्तानको बाहुलीबाट छोपिएको पर्दा खोली गुरु पद्मसम्भव, शाक्यमुनि बुद्ध र अवलोकेतश्वरका मूर्तिहरुको अनावरण गरी सेन्टरको विधिवत उद्घाटन गर्नुभएको थियो।


मन्तव्यका क्रममा अतिथि का.वा. शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईले विदेशमा बसेर पनि बुद्ध धर्म सम्बन्धी बिकासको लागि सेन्टरको स्थापना कार्य सह्राहनीय रहेको र यसले आफ्नो उद्देश्य परिपूर्तिका लागि काम गर्दै जाने विश्वास व्यक्त गर्नुभयो।

प्रमुख अतिथि खेन्पो गुरुले यो सेन्टर विशुद्ध धार्मिक स्थल (केन्द्र) हो । यहां बौर्द्धधर्म प्रति आस्था राख्नु हुने जो सुकैले बौर्द्धधर्म सम्बन्धी अध्ययन गर्न र इच्छानुसारका पूजापाठ गर्नको लागि सरल र सुलभ होस् भन्ने ध्येयले यस सेन्टरको स्थापना भएको कुरामा जोड दिनुभयो।

प्रमुख अतिथि तथा सेन्टरका प्रमुख खेन्पो गुरुले सबै अतिथिहरुलाई खादा पहिराई धन्यबाद ज्ञापन गर्नुभएको थियो।



सेन्टर स्थापनाका लागि मूर्तिहरुको प्रायोजक महानुभावहरु तथा अन्य जिन्सी,सामानहरु किनेर सहयोग गर्नहुने महानुभावहरु तथा महिनावारी आर्थिक संकलन गरी सहयोग गर्नु हुने महानुभावहरुलाई पनि खेन्पो गुरुद्वारा खादा पहिराई धन्यबाद ज्ञापन गर्नु भयो । सम्पूर्ण प्रायोजककर्ताहरुको विवरण सेन्टरका कोषाध्यक्ष पासाङ्ग शेर्पाले तयार पार्नु भएको थियो।

समारोहका अध्यक्ष तथा सेन्टरका अध्यक्ष खड्ग मोक्तानले अतिथिहरु, चन्दादाता, स्वयंसेवक/स्वयंसेवी लगायत उपस्थित सबैलाई धन्यबाद दिनु हुंदै हंगकंग उर्गेन दोर्जे छ्योलिङ्ग बुद्धिष्ट सेन्टरको बिकासको लागि सबै हंगकंगबासी बौद्धमार्गीहरुको सहयोगको अपेक्षा राख्दै आगामी दिनहरुमा बुद्ध धर्म सम्बन्धी अध्ययन तथा अन्य सेवाहरु यस सेन्टरबाट उपलब्ध हुने कुरा पनि अवगत गराउनु भयो ।

अध्यक्ष मोक्तानले सेन्टर स्थापनार्थ रेन्बो भोलेन्टीयर समुह, चोमोलोङ्गमा मल्टी कलचर सेन्टरका महिला दिदी बहिनीहरुको भुमिका धेरै रहेको र सबैजना धन्यबादको पात्र रहेको कुरा पनि बताउनु भयो।

समारोहमा बौद्ध समाज हंगकंगका अध्यक्ष डेनी थापामगर, नमो बुद्ध आमा समाज हंगकंगका प्रतिनिधि श्रीमती पदम कुमारी गुरुङ्ग, चोमोलोङ्गमा मल्टी कल्चरका कार्यक्रम कोर्डिनेटर श्रीमती इच्छा कुमारी गुरुङ्ग लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

समारोहमा लगभग ४०० भन्दा बढी श्रद्धालु भक्तजनहरुको उपस्थिति रहेको थियो।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग
थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

………………………………………………………………………………..
हंगकंगमा बुद्धिस्ट सेन्टरको स्थापना

एचकेनेपाल डट कम, डिसेम्बेर २७ -
हंगकंग, बौद्ध धर्मप्रति आस्थावान यहांका नेपालीहरुबाट हंगकंगमा बुद्धिस्ट सेन्टरको स्थापना गरिएकोछ । हंगकंग उर्गेन दोर्जे छ्योलिङ्ग बुद्धिष्ट सेन्टरको नाममा स्थापना भएको उक्त सेन्टरको विधिवत समुद्घाटन भने आगामी जनवरी २ सोमबारका दिन युन लोङ्गमा हुने जानकारी आयोजकले दिएकाछन्।

काठमाडौंको फर्पिङ्ग गुम्बाका प्रमुख धर्मगुरु (खेन्पो) श्री साङ्गे राङ्गजुङ्ग रिन्पोछेको प्रमुख आतिथ्यमा सम्पन्न हुने उक्त कार्यक्रमको आरम्भमा बिहान ९ बजेदेखि ११ बजेसम्म पूजाआजा र त्यसपश्चात सेन्टरको समुद्घाटन गरिने कार्यक्रम रहेकोछ।

थप जानकारीको लागि आयोजकद्वारा जारी गरिएको विज्ञापन हेर्न यहां क्लिक गर्नुहोस्।

Popularity: 3%

9 comments January 9th, 2006

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2006
M T W T F S S
« Dec   Feb »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category