Archive for February, 2006

हंगकंगमा शेर्पा ल्होछार

एचकेनेपाल डट कम, फेब्रुअरी २७-
हंगकंग, हंगकंगमा रही विभिन्न पेशामा आवद्ध शेर्पाहरुले हिजो वान चाई पार्क भ्युमा एक भेटघाट कार्यक्रम गरी ल्होछार पर्व मनाएकाछन्।



शेर्पा समाज हंगकंगले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि धर्म गुरु श्री साङ्गे रीङ्गजुङ्ग रिन्पोछेबाट पूजापाठ गरिएको थियो। अन्य अतिथिहरुमा वाई.बि. राई र लामा रामु गुरुंगको उपस्थिति रहेको थियो। कार्यक्रममा बिबिक्यु तथा नांचगानको कार्यक्रम समेत रहेको थियो।

कार्यक्रम समाजका अध्यक्ष पासाङ्ग शेर्पाको अध्यक्षता र पेम्वा शेर्पाको सञ्चालनमा सम्पन्न भएको थियो।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग। थप फोटोहरु हेर्न यहां क्लिक (Click here to view more photo..) गरौं।

Popularity: 4%

13 comments February 27th, 2006

कल्चरल शो फर एथनिक ग्रुप्स सम्पन्न

कल्चरल शो फर एथनिक ग्रुप्स सम्पन्न

एचकेनेपाल डट कम, फेब्रुअरी २२-
हंगकंग, कल्चरल शो फर एथनिक ग्रुप्स नामक कार्यक्रम गत १९ फेब्रुअरी काउलुन पार्कमा सम्पन्न भएकोछ।


द वर्किङ्ग ग्रुप अन एथ्निक एफाअर्स अफ याउ चिम मोङ्ग डिस्ट्रिक्ट काउन्सिलको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा हंगकंगमा रहेका विभिन्न सम्प्रदायका समूहहरु इन्डिया, फिलिपिन्स,बंगलादेश, नेपाल, इन्डोनिशिया र श्रीलंकाले आफ्ना देशका पहिचान झल्किने पोशाकमा सहभागिता जनाएका थिए।


फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग। थप फोटोहरु हेर्न यहां क्लिक (Click here to view more photo..) गरौं।


नेपालको तर्फबाट माको (मल्टिपल आर्ट एण्ड कल्चरल अर्गनाइजेशन) , नेवार समाज हंगकंग र नेपालीज युथ अर्गनाइजेशनले सहभागिता जनाएका थिए।

माकोले नेपालका विभिन्न जनजातिय पहिरनका झांकी तथा नृत्य प्रस्तुत गरेका थिए भने नेपालीज युथ अर्गनाइजेशनले नेपाली संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए। राजेन्द्र श्रेष्ठले नेपाली पोशाक लगाएर नेवार समाज हंगकंगको तर्फबाट सहभागिता जनाएका थिए।

कार्यक्रमलाई जेकी चुङ्ग र निनाले सञ्चालन गरेका थिए।


………………………………………………………………………..

माकोले राष्ट्रिय पोशाक र नृत्यहरु प्रस्तुत गर्ने

- राईचन्द्र दुमी
एचकेनेपाल डट कम, फेब्रुवरी २-
हंगकंग, आगामी १९ फेब्रुवरीमा डिष्ट्रिक काउन्सिलको तर्फबाट याउ चिम मोङ्ग नाम गरेको संस्थाले काउलन पार्कमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय प्रदर्शनीमा द मल्टिपल आर्ट एण्ड कल्चरल अर्गनाईजेशन (माको) ले पनि सहभागिता जनाउने कुरा अध्यक्ष कुमार सुब्बाले बताएका छन्।

हंगकंगमा रहेका बिभिन्न सम्प्रदायका सबै राष्ट्रको राष्ट्रिय पोशाक तथा दुई दुई साँस्कृतिक नृत्य प्रस्तुत गर्न पाईने प्रावधान अनुरुप नेपाली राष्ट्रिय पोशाक प्रदर्शन संयोजकमा मिस नेपाल हंगकंग पूर्णिमा गुरुङ्ग र मिस नेपाल हंगकंग फर्स्ट रनरअप दिपा विश्वकर्मा रहेका छन भने यता साँस्कृतिक नृत्य तर्फ जिम्मेवारी टंक (टिका) राई र सुनिता हिताङ्गले लिएका छन् ।

त्यसै गरेर बिभिन्न प्रकारका गेम बुथहरु माकोका उपाध्यक्ष राजु गुरुङ्ग र सचिव लोकराज लिम्बुले जिम्मा लिने कुरा सुब्बाले बताएका छन् ।

Popularity: 5%

19 comments February 22nd, 2006

हंगकंगमा शहीद लखन थापाको स्मृति दिवस

एचकेनेपाल डट कम, फेब्रुअरी २०-
हंगकंग, नेपालका प्रथम शहीद क्या. लखन थापा मगरको १२९औं स्मृति दिवस मगर संघ हंगकंगले गत १४ फेब्रुअरीमा जोर्डनको संघहाईस्थित संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर मनाएकोछ।

Padam Singh Subba संघका अध्यक्ष एकबहादुर रानामगरको अध्यक्षता, महासचिव मोहनबहादुर रानामगरले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रेम गलामीमगरले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।

का.वा.शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईको प्रमुख आतिथ्य र हंगकंग नेपाली महासंघका अध्यक्ष गणेश ईजमको विशेष आतिथ्य रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग।
कार्यक्रममा उपस्थित महानुभावहरुले शहीद थापा मगरको तस्विरमा फूलका गुच्छा चढाएका थिए भने भीमबहादुर थापा मगरले शहीद थापाको जीवनीबारे संक्षिप्त जानकारी पढेर सुनाउंनु भएको थियो।

उहांका अनुसार शहीद क्या. लखन थापा मगरको जन्म बि.सं. १८९१ सालमा गोरखा जिल्लाको बुङ्गबाट ४ काउले भंगार गाउंमा भएको र बाबु भारतीय सेनामा कार्यरत रहंदा लखनउमा अध्ययन गरेका शहीद थापा बि.सं. १९१७ गोरख गण मगर पल्टनमा भर्ती भएका थिए।

प्रजातन्त्रप्रेमी लखन थापालाई तत्कालीन शासकहरुले आफ्नो विरुद्ध आवाज उठाएको कारण मनकामना मन्दिर अगाडि खिर्राको रुखमा झुण्ड्याएर बि.सं. १९३३ साल फाल्गुन २ गते फाँसीको सजाय दिइएको थियो।

थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 3%

9 comments February 20th, 2006

घरेलु कामदारको परिचयात्मक कार्यक्रम सम्पन्न

एचकेनेपाल डट कम, फेब्रुवरी १७-
हंगकंग, हंगकंगमा घरेलु कामदारका रुपमा कार्यरत नेपालीहरुको संस्था नेपाली घरेलु कामदार युनियनले गत फेब्रुवरी १२ मा मन्की हिलमा परिचयात्मक बिबिक्यु कार्यक्रम सम्पन्न गरेकोछ।


कार्यक्रममा संस्थाको उद्धेश्यका बारे जानकारी गराउंनुका साथै सदस्यता वितरण एवं एक अर्काबीच परिचय आदानप्रदान गराउंने उद्धेश्यले आयोजना गरिएको थियो। कार्यक्रममा घरेलु कामदारहरु बाहेक विभिन्न पेशामा आवद्ध अन्य नेपालीहरुको समेत उपस्थिति रहेको थियो।

युनियनका सचिव नारायण भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रमको अध्यक्षता युनियनकी अध्यक्ष कला राईले गर्नुभएको थियो।

कार्यक्रममा आसाका सचिव भक्त गुरुंग र फियोनाका सचिव सत्य घले अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग।
थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 3%

4 comments February 18th, 2006

ममिताले नेपाली बख्खुको पहिचान गराईन्

राई चन्द्र दुमी, एचकेनेपाल डट कम, फेब्रुवरी १७-
हंगकंग, दक्षिण एसियाली राष्ट्रहरुमा मित्रता बढाउने उदेश्य राखेर गत १२ फेब्रुवरी आईतबार युनिसन हंगकंगले फ्रेण्डस् अनलिमीटेड कार्निभल २००६ को आयोजना गरेको छ।



आ-आफ्ना राष्ट्र पहिचान स्टलहरु राख्ने क्रममा खृष्टियन एक्सनकी प्रोग्राम मैनेजर ममिता गुरुङ्ग (मिस हंगकंग नेपाल २०००) ले गुरुङ्ग र तामाङ्ग जातिहरुको महान पर्ब ल्होसारको परिचय र हिमाली भेगका शेर्पा जातिहरुको पहिरन बख्खु प्रदर्शन गरेकी थिईन्।



बिशेष गरेर इथनिक माईनोरिटीलाई मध्यनजर गरेर आयोजना भएको कार्यक्रममा दक्षिण एसियाली मुलका भारत, पकिस्तान, श्री लंका, बंगलादेश, नेपाल र हंगकंगका लोकल चाईनिजहरुले सहभागिता जनाएको थिए।


काउलनपार्कमा सम्पन्न सो कार्यक्रममा ममिता गुरुङ्गको स्टलमा धेरै चाईनीज र अन्य मुलका बासिन्दाहरुले बख्खु लगाई रिमेम्बरको लागि आ-आफ्ना क्यामराले तस्बिर खिचेको थिए ।

सोही अवसरमा नेपालीको तर्फबाट डेलिया स्कूलका बिद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग।
थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 3%

13 comments February 17th, 2006

सेकेन्ड / सेकेन्ड जी आरको पुनर्मिलन कार्यक्रम सम्पन्न

एचकेनेपाल डट कम, फेब्रुवरी १७-
हंगकंग, हंगकंगमा रही विविन्न पेशामा आवद्ध सेकेन्ड / सेकेन्ड जीआरका पूर्व ब्रिटीश सैनिकहरुले पुनर्मिलन कार्यक्रम गत ११ फेब्रुवरी जोर्डनस्थित नांच घरमा सम्पन्न गरेकोछ।

कार्यक्रममा भेटघाट चिनाजानी, नांचगान, समितिको पुनर्गठनका साथै सिनियर जीसियो खड्काबहादुर गुरुंगलाई खाता ओढाएर सम्मान गरिएको थियो।


कार्यक्रमका अध्यक्ष हनेरी मेजर सीके बस्नेतले सेकेन्ड /सेकेन्ड जीआर स्थापना भएको बारेमा प्रकाश पार्नु भएको थियो। सोही दिन हनेरी मेजर सीके बस्नेतको अध्यक्षतामा सेकेन्ड/ सेकेन्ड जीआर कार्य समितिको पुनर्गठन गरिएको थियो। उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षमा क्रमशः इश्वर गुरुंग, दुर्गा गुरुंग, चश्मध्वज गुरुंग, तेज गुरुंग र खिम पुन चुनिनु भएकोछ।



कार्यक्रममा सिनियर मेजर जीसियो खड्कबहादुर गुरुंगले स्वागत मन्तव्य र दुर्गा गुरुंगले शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो भने सञ्चालन कोषाध्यक्ष तेज गुरुंगले गर्नुभएको थियो।

फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग।
थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 3%

2 comments February 17th, 2006

हंगकंगमा बलिउड कलाकारहरुले तहल्का मच्च्याउंने

एचकेनेपाल डट कम, फेब्रुवरी १७-
हंगकंग, बलिउडका विख्यात कलाकारहरुले हंगकंगमा आफ्ना जादुमय कलाले उनीहरुका संगीत पारखीहरुलाई भरमग्दुर आनन्द दिलाएउंदै तहल्का मच्च्याउंने भएकाछन्।


सिनोवीन पासिफिक लिमिटेड र साजिस प्रडक्सनको आयोजना तथा अहमेद खान र अरिस्सा बिबि कलेक्सनको इभेन्ट व्यवस्थापनमा १८ फेब्रुवरी हंगकंग कन्भेन्शन तथा एक्जिबिशन सेन्टर हल ३ मा प्रस्तुत गरिने बलिउड शोलाई ए आर रहमन लाइभ इन कन्सर्ट २००६ ‘A R Rahman – LIVE IN CONCERT 2006′ नाम दिइएकोछ।

प्रशिद्ध संगीत निर्देशक ए आर रहमनको नेतृत्वमा बलिउडका लोकप्रिय गायक तथा गायिकाहरु हरिहरण, अल्का याग्निक, साधना सरगम लगायत अहिले भारतको संगीत दुनियांमा चर्चित मानिएका युवा पिंडीका प्रिय कलाकारहरु शंकर महादेवन, मधुश्री, ब्लाजे (BlaaZe), कैलाश खेर, शिवमनी आदिको विजोड संगम रहनेछ।


हंगकंगका प्रशिद्ध सांगीत कम्पनी टम लीको बाद्यवादन, ध्वनी र प्रकाश व्यवस्थापन रहने कार्यक्रमलाई टिभी च्यानलहरु Star Plus र V Channel India ले समेत सपोर्ट गरिएको उक्त सांगितीक कार्यक्रम हेर्न बलिउड संगीतप्रेमीहरुका निम्ति एउटा सुनौला अवसर हुनेछ।

हंगकंग डलर ३,८८० (भिआइपि), १९८०, ९८०, ५८० र ३८० प्रवेश शुल्क लगाईको उक्त शोको लागि टिकट www.hkticketing.com बाट खरिद तथा बुकिङ्ग गर्न सकिनेछ भने नेपाली दर्शकहरुको लागि भने सहज र सजिलो लागि लक्ष्मी थापा राईलाई फोन नं. 6090 4786 मा सम्पर्क गरी टिकट खरिद गर्न सकिनेछ।

Popularity: 6%

4 comments February 17th, 2006

तारानाथ रानाभाट अस्पष्ट

राई चन्द्र दुमी, एचकेनेपाल डट कम, फेब्रुवरी १०-
हंगकंग, कोरियाको सिउलबाट फर्केका विघटित प्रतिनिधि सभाका सभामुख तारानाथ रानाभाटको प्रमुख आतिथ्यमा प्रबासी संघ हंगकंगका सचेत युवाहरुले ७ फेब्रुवरी २००६ साँझ सोल्टी क्लव जोर्डनमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

फोटोः एचकेनेपाल डट कमको लागि जगत (अम्बु) गुरुंग।


हंगकंगका नेपाली पत्रकारहरुलाई उपस्थित गराईएको अर्न्तकृया कार्यक्रमको उद्धेश्य हालको राजनैतिक अस्थिरताको यो समयमा रानाभाटको तात्कालिन भुमिकाबारे र राष्ट्रको अन्यौल भबिष्यबारे जिज्ञासा राख्नु रहेको थियो ।

कार्यक्रममा बोल्दै रानाभाटले जनताको अधिकार जनतालाई फिर्ता दिनुपर्ने, अहिलेको स्थिती हेर्दा माओबादी यौटा शक्ति हो, एमालेले जनबादी गणतन्त्र हौं भन्छ.. आदि भन्दै भ्रष्टहरुको सम्पत्ति जफत हुनुपर्ने सम्मका धारणाहरु राख्नुभयो ।

रानाभाटले अगाडि भन्नुभयो- ‘राजाहरु थरिथरिका हुन्छन् रण बहादुर शाह सन्काहा थिए, त्रिभुवन आधाकरे, वीरेन्द्र पूर्णप्रजातान्त्रिक ..।’ पत्रकार किसन राईले ‘..यसरी उपाधि दिने क्रममा राजा ज्ञानेन्द्रलाई कुन उपाधि दिनुहुन्छ ?’ भनेर जिज्ञासा राख्दा आफू मौन रहने कुरा गर्नुभयो। रानभाटले बोल्दा बीचबीचमा मेरो ब्यक्तिगत विचार भनिरहनुभएको थियो ।

उसबेलाको प्रजातन्त्रका सेनानीहरु तपाईका सहयोद्धाहरु सडकमा प्रजातन्त्र पुनर्स्थापनाको लागि लडिरहेका छन् तपाई किन पृथक? भन्ने आशयको प्रबासी संघको जिज्ञासा र भावनालाई उहांले राजाले आफूलाई प्रधानमन्त्रीको लागि प्रस्ताव राखेको, देउवाको खोसुवा आदिको लम्बेतान कथाब्यथा सुनाएर अल्मलाई रहनुभयो ।

पत्रकार राई चन्द्र दुमीले स्पष्टिकरण चित्त बुझ्दो भएन भनेर दाबी गर्दा भाटले सत्ताधारीहरुको लोलिमा बोली मिलाउँदै उता(नेपालको) भाषा पैंचो लिएको आरोप लगाउनु भयो राईलाई ।

नेपाली काँग्रेसको कार्यकर्ता यता साही सत्ताको संसदबिनाको सभामुख उहांले कसैले प्रश्न नगरी आफैले बुझेर भन्नुभयो ‘..कांग्रेसनै हो, मध्यमार्गी कांग्रेस.. ।’

प्रबासी संघका सकृय युवाहरुले राष्ट्रको गम्भीर स्थितिलाई मनन गर्दै आयोजना गरेको यो अन्तरक्रिया कार्यक्रममा लेखक कमल पौड्याल लगायत अन्य पत्रकारहरुले आफ्ना जिज्ञासाहरु राखेकोमा रानाभाटको जवाफसंग सन्तुष्ट हुन सकिरहेका थिएनन्।

Popularity: 3%

4 comments February 11th, 2006

नेपाली समुदायको लागि बोलपत्र आहृवान

एचकेनेपाल डट कम, फेब्रुवरी १०-
हंगकंग, गृह मामिला विभागले यहांका नेपाली तथा पाकिस्तानी समुदाय बीच सामुदायिक कार्यक्रम सञ्चालन गर्न बोलपत्र आहृवान गरेकोछ।

दुई बर्षको निम्ति सञ्चालन गरिने उक्त परियोजनाको लागत प्रति बर्ष लगभग ३ लाख २० हजार रहेकोछ।

यी दुई समुदायलाई यहांका समाजको मूलधारमा स्थापित गराउंन र जीवनस्तर उकास्नका निम्ति विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिने उद्धेश्य अनुरुप उक्त परियोजनालाई अगाडि सारिएको जनाएकोछ।

गैर सरकारी तथा सामुदायिक नेपाली र पाकिस्तानी संस्थाहरुलाई आवेदन फर्म भर्नाको लागि खुला गरिएको छ। सिनियर प्रोग्राम अफिसर शिर्ली चानद्वारा सम्प्रेषित पत्रमा जनाए अनुसार फर्म भर्ने अन्तिम मिति १६ फेब्रुवरी ५ बजेसम्म तोकिएकोछ भने स्वीकृत भएका आवेदक संस्थालाई मार्च महिनामा सूचित गरिने समेत जनाइएकोछ।

कुनै नेपाली संघसंसस्थाहरुले उक्त परियोजनाका लागि आवेदन फर्म भर्न इच्छुक रहेको तर फर्म प्राप्त गर्न नसकिएमा यहां क्लिक गरेर फर्म डाउनलोड गर्न सकिनेछ।

विस्तृत जानकारी आवश्यक परेमा शिर्ली चान तथा आले भरतलाई क्रमशः २८३५ ११८४ र २८३५ १०६४ फोन नं.मा सम्पर्क गर्न सकिनेछ।

Popularity: 3%

6 comments February 10th, 2006

हंगकंग वर्कस यूनियनको फुटबल टुर्नामेण्ट

राई चन्द्र दुमी, एचकेनेपाल डट कम, फेब्रवरी १०-
हंगकंग वर्कस युनियनले गत ५ फेब्रुवरी आईतबार तीन बर्ष अगाडिबाट खेलाउदै आएको तेश्रो युनियन कप फुटबल टुर्नामेण्ट सम्पन्न गरेको छ। टुर्नामेण्टमा दश टिम सहभागी रहेको थियो। जस्मा न्यू डाईमन्ड फुटबल क्लव,एभरेष्ट ए फुटबल क्लब, एभरेष्ट बि फुटबल क्लब, किरात याकथुङ्ग चुम्लुङ्ग, आरसेनिक, हिमालयन फुटबल क्लब, धरान रेड, धरान ब्लु, हेई हेई फुटबल क्लब, नेप्लिज यूथ यूनाईटेड फुटबल क्लब थिए।



काउलन पार्कको सानो ग्रउण्डमा सञ्चालित उक्त खेलको सेमी फाईनलमा न्यू डाइमन्ड फुटबल क्लब, एभरेष्ट फुटबल क्लब, धरान ब्लू, हेइ हेइ फुटबल क्लब पुगेका थिए र अन्य टिमहरुमा बिजयी हुदै हेई हेई र एभरेष्ट बिच कपको लागि प्रतिस्पर्धात्मक खेल हंदा हेई हेई क्लवले धरान ब्लु लाई पछि पार्दै पहिलो स्थान प्राप्त गर्न सफल भएको थियो। च्याम्पियनशिप नगद पुरुस्कार, गोल्ड मेडल, ट्रफी र प्रमाण-पत्र यूनियनका अध्यक्ष जसबहादुर ओख्राबुद्धारा वितरण गरियो र दोश्रो स्थान प्राप्त एभरेष्टलाई नगद पुरुस्कार, सिल्भर मेडल र प्रमाण-पत्र खेल संयोजक टंक नाल्बोद्धारा वितरण गरियो।

फोटोः एचकेनेपाल डट कमको लागि जगत (अम्बु) गुरुंग।

धनप्रसाद गुरुङ्ग र विश्वजंग गुरुङ्ग एम्पायर रहनुभएको उक्त खेलमा टप स्कोर न्यू डाइमन्डका केम लिम्बुले ९, वेस्ट प्लेयर धरान ब्लूका सोगेन्द्र लिम्बु, फियर टिम नेप्लिज यूथ यूनाईटेड फुटबल क्लबका खेलाडीहरुलाई ट्रफि र प्रमाण पत्रहरु वितरण गरिएको थियो।

Popularity: 4%

1 comment February 10th, 2006

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2006
M T W T F S S
« Jan   Mar »
 12345
6789101112
13141516171819
20212223242526
2728  

Posts by Month

Posts by Category