Archive for February 20th, 2006

हंगकंगमा शहीद लखन थापाको स्मृति दिवस

एचकेनेपाल डट कम, फेब्रुअरी २०-
हंगकंग, नेपालका प्रथम शहीद क्या. लखन थापा मगरको १२९औं स्मृति दिवस मगर संघ हंगकंगले गत १४ फेब्रुअरीमा जोर्डनको संघहाईस्थित संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर मनाएकोछ।

Padam Singh Subba संघका अध्यक्ष एकबहादुर रानामगरको अध्यक्षता, महासचिव मोहनबहादुर रानामगरले सञ्चालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष प्रेम गलामीमगरले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।

का.वा.शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराईको प्रमुख आतिथ्य र हंगकंग नेपाली महासंघका अध्यक्ष गणेश ईजमको विशेष आतिथ्य रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।


फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरुंग।
कार्यक्रममा उपस्थित महानुभावहरुले शहीद थापा मगरको तस्विरमा फूलका गुच्छा चढाएका थिए भने भीमबहादुर थापा मगरले शहीद थापाको जीवनीबारे संक्षिप्त जानकारी पढेर सुनाउंनु भएको थियो।

उहांका अनुसार शहीद क्या. लखन थापा मगरको जन्म बि.सं. १८९१ सालमा गोरखा जिल्लाको बुङ्गबाट ४ काउले भंगार गाउंमा भएको र बाबु भारतीय सेनामा कार्यरत रहंदा लखनउमा अध्ययन गरेका शहीद थापा बि.सं. १९१७ गोरख गण मगर पल्टनमा भर्ती भएका थिए।

प्रजातन्त्रप्रेमी लखन थापालाई तत्कालीन शासकहरुले आफ्नो विरुद्ध आवाज उठाएको कारण मनकामना मन्दिर अगाडि खिर्राको रुखमा झुण्ड्याएर बि.सं. १९३३ साल फाल्गुन २ गते फाँसीको सजाय दिइएको थियो।

थप फोटोहरु हेर्न यहां क्लिक गरौं।

Popularity: 3%

9 comments February 20th, 2006


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2006
M T W T F S S
« Jan   Mar »
 12345
6789101112
13141516171819
20212223242526
2728  

Posts by Month

Posts by Category