Archive for April, 2006
हंगकंगमा लोकतान्त्रिक जनआन्दोलनप्रति ऐक्यवद्धता
पशन तमू, एचकेनेपाल डट कम अप्रिल २८-
दोस्रो पटक शाही घोषणा हुनु एक दिनअघि हंगकंगका नेपालीहरुले शाही कदमको विरुद्ध र नेपालमा चलिरहेको जनआन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै बिशाल प्रदर्शन गरिएको थियो। काउलुन पार्कबाट निस्केको जुलुस स्टार फेरीमा पुगी सभामा परिणत भएको थियो। नेपाल लोकतान्त्रिक संयुक्त जनआन्दोलन संयोजन समिति हंगकंगको आयोजनामा सम्पन्न प्रदर्शनमा राजतन्त्र बिरोधी चर्का चर्का नाराबाजी र भाषणहरु भएका थिए। यस्ता चर्का नाराबाजी र भाषण हंगकंगमा नेपालीहरुले गरेको सम्भवत यो पहिलो र अन्तिम पटक होला।
एक घण्टा १३ मिनेटको भिडीयोलाई वेवमा अपलोड गर्नु पर्दा छोट्याएर १६ मिनेटमात्र बनाइएको छ। यसले गर्दा केही महत्वपूर्ण दृश्यहरु पनि काटिएका छन् र पनि कार्यक्रम रोचकपूर्ण र ऐतिहासिक भएकाले ढिला भए पनि नेपाल र नेपालबाहिरका लोकतन्त्रप्रेमीहरुलाई थप उत्साह, जोश र उर्जा प्रदान गर्नेछ भनेर यहां समावेश गरिएको छ। भिडीयो क्लिप हेर्न तलको भिडीयो लिन्कमा क्लिक गरी हेर्नुहोस्।
थप जानकारीको लागि यहां क्लिक गरेर भिडीयो क्लिप हेर्नुहोस्।
Popularity: 3%
April 28th, 2006
नेपालकी गायिका आभा मुकारुङ जेपिटी हंगकंगको निमन्त्रणामा हंगकंग आइपुगेकी थिइन्। त्यही बेला हामीले उनीसंग उनको सांगीतिक यात्राको बारे केही कुराकानी गरेका थियौं। त्यही कुराकानीलाई भिडीयो वार्ताको रूपमा हाम्रा पाठक तथा दर्शकहरुका निम्ति यहां प्रस्तुत गरिएको छ।
यहांहरुलाई भिडीयो क्लिप हेरीसकेपछि कस्तो लाग्यो आफ्ना प्रतिक्रिया दिन नभुल्नु होला। भिडीयो क्लिप हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 4%
April 27th, 2006
एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल १७-
हंगकंग, सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) को ९औं अधिवेशनले सत्य घलेको अध्यक्षतामा १३ सदस्यीय नयां कार्यसमिति चयन गरेको छ।

नयां कार्यसमितिमा बसन्तकुमारी राई, कर्णबहादुर गुरुंग, जीवन लिम्बु र कर्णबहादुर नेपाली क्रमशः उपाध्यक्ष, सचिव, सहचचिव र कोषाध्यक्षमा रहेका छन्। सदस्यहरुमा दिलप्रसाद गुरुंग, मायादेवी राई, जापानहाङ लिम्बु, आशा पाइजा, हिराबहादुर थापा, जगत थापा र मिनबहादुर गुरुंग रहेका छन्।

अधिवेशन खुला सत्रमा हंगकंग नेपाली महासंघका अध्यक्ष हेजेन राई प्रमुख अतिथि र अन्य अतिथिहरुमा नेपाली तथा गैरनेपाली संघस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
अधिवेशन खुला सत्रको कार्यक्रम रमेश गुरुंगको अध्यक्षतामा सत्य घलेले सञ्चालन गर्नु भएको थियो। त्यसैगरी संस्थाको तर्फबाट संयोजक प्रेमचन्द्र राई, प्रमुख अतिथि हेजेन राई, एशियान बिद्यार्थी संघका सचिव भक्त गुरुंग र माधव नेपाल लगायत विदेशी संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य प्रकट गर्नु भएको थियो।
कार्यक्रममा अधिकांश वक्ताहरुले नेपालमा जारी लोकतान्त्रिक आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गरेका थिए।
अधिवेशन गत ९ अप्रिल पाकिस्तानी क्लवमा सम्पन्न भएको थियो।
फोटोः जगत अम्बु गुरुंग एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 2%
April 17th, 2006
भिडीयो क्लिपहरू हेर्न तलका लिन्कहरूमा क्लिक गर्नुहोस्..
सांस्कृतिक कार्यक्रमको भिडीयो क्लिप हेर्न यहां क्लिक गर्नुहोस्।
तेक्वान्दो डेमो भिडीयो क्लिप हेर्न यहाँ क्लिक गर्नुहोस्।
झटारोको हांस्य व्यंग्य प्रहसन हेर्न यहाँ क्लिक गर्नुहोस्।
जेपिटी सांझ २००६ सम्पन्न
एचकेनेपाल डट कम समवाददाता, अप्रिल १५-
हंगकंग, बृहस्पती सौगात समूहले गत ८ अप्रिल प्रिन्स एडवार्डस्थित कम्युनिटी सेन्टरमा जेपिटी सांझ २००६ प्रस्तुत गर्यो।

नेपालका ख्याति प्राप्त कलाकारहरु गायक तथा संगीतकार शान्तिराम राई, गायिकाहरु आभा मुकारुङ, प्राश्ना शाक्य र जुना प्रसाईंसहित स्थानीय कलाकारहरुको सहभागितामा समूहको पहिलो प्रस्तुति आकर्षक रहेको थियो।

कार्यक्रममा समूहको पहिलो गीति एलबम ‘घुम्ती बाटो’ को का.वा. शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराई, वरिष्ठ संगीतकार दिनेश सुब्बा र नेपालका चर्चित संगीतकार शान्तिराम राईले विमोचन गर्नु भएको थियो।
जेपिटी सांझमा विविध सांस्कृतिक कार्यक्रमबाहेक झटारो हंगकंगका भीम गुरुंग र तारा पुनले हास्य व्यंग प्रहशन ट्राफिक जाम र कोरियान चुन्दो क्वान न्यु जेनेरेशनका राजु खडकाको नेतृत्वमा तेक्वान्दो डेमो प्रदर्शन गरिएको थियो।
का.वा. शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराई प्रमुख अतिथि, हंगकंग नेपाली महासंघका अध्यक्ष हेजेन राई विशेष अतिथि रहेको उक्त कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रेम राईले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो भने समूहका अध्यक्ष नरजीत राईले कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो।
सांस्कृतिक कार्यक्रमलाई जीतकर्ण राई, लक्ष्मी थापा राई र ममिता गुरुंगले सञ्चालन गरेका थिए।
थप फोटोहरू हेर्न यहां क्लिक गर्नुहोस्।
सांस्कृतिक कार्यक्रमको भिडीयो क्लिप हेर्न यहां क्लिक गर्नुहोस्।
तेक्वान्दो डेमो भिडीयो क्लिप हेर्न यहाँ क्लिक गर्नुहोस्।
झटारोको हांस्य व्यंग्य प्रहसन हेर्नयहाँ क्लिक गर्नुहोस्।
फोटोः जगत अम्बु गुरूंग एचकेनेपाल डट कम
Popularity: 2%
April 17th, 2006
राई चन्द्र दुमी, एचकेनेपाल डट कम अप्रिल १२-
हंगकंग, गैर आवासीय नेपाली संघ (एनआरएन हंगकंग) शाखाको प्रथम अधिवेशन गत २ अप्रिलमा सम्पन्न भएको छ।
अधिवेशनले यमकुमार (त्रिलोक) गुरुङलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ भने उपाध्यक्ष, संयोजक, सह-संयोजक र कोषाध्यक्षमा क्रमशः सुमालकुमार गुरुंग, विजय गुरुंग, बज्रेश सिंह र बिद्या राईलाई चयन गरेको छ।
त्यसैगरी सदस्यहरुमा सूर्य राई, लभप्रसाद गुरुंग, श्याम गुरुंग, अबिचन्द्र इङ्गनाम, हितमान गुरुंग, सत्रुधन उदास, हिमालय चन्द, टिकाराम गुरुंग र मनबहादुर थापा छन्।
अन्य पदहरुमा बाहेक अध्यक्ष पदमा त्रिलोक गुरुंग, कृष्णप्रसाद पाण्डे र चेतनाथ चौलागाईंले उम्मेदवारी दिइए पनि कृष्णप्रसाद पाण्डेले मनोनयन पत्र दाखिला नगरेपछि त्रिलोक गुरुंग र चेतनाथ चौलागाई दुइ प्रत्यासी बीच चुनाव भएको थियो।
चुनावमा त्रिलोक गुरुंगले १३३ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भए भने उनका प्रतिद्धन्दी चौलागाईंले ३१ मत प्राप्त गरेका थिए।
अधिवेशन तयारी समितीका अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रको प्रमुख अतिथि अन्तर्राष्ट्रिय समिती आईसीसीका अध्यक्ष उपेन्द्र महत्तो र विशेष अतिथिमा का.वा. शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराई हुनुहुन्थ्यो।
त्यसैगरी अन्य अतिथिहरुमा प्रस्तावित नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष तेजबहादुर राई, हंगकंग नेपाली महासंघका अध्यक्ष हेजेन राई, एशिया प्यासिफिक क्षेत्रका उपाध्यक्ष देउमान हिराचन, आईसीसी कोषाध्यक्ष प्रकाश पुन, आईसीसी सदस्यहरु गणेश इजम र प्रितम श्रेष्ठ र भूपू आईसीसी सदस्य हुमबहादुर गुरुंग हुनुहुन्थ्यो।
Popularity: 2%
April 11th, 2006
एचकेनेपाल डट कम सम्वाददाता, अप्रिल ११-
हंगकंग, फियोना सांझको लागि नेपालबाट आएका चर्चित गायक खेमराज गुरुंगले गत १ अप्रिल संखुवा समाज हंगकंगको आयोजनामा आरजे रेष्टुरेण्टमा खेमराज एकल सांझ कार्यक्रम प्रस्तुत गरेको थियो।
कार्यक्रममा खेमराज गुरुंगलाई स्थानीय इस्ट लाइफ ब्याण्डले साथ दिएका थिए। कार्यक्रम समाजका अध्यक्ष खेमाहाङ्गको अध्यक्षतामा सचिव कर्ण कोरङ्गीले सञ्चालन गर्नुभएको थियो।
कार्यक्रमका केही चित्रमय झलकहरुः



फोटोः जगत अम्बु गुरुंग। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…
Popularity: 2%
April 11th, 2006
एचकेनेपाल डट कम, अप्रिल ६-
हंगकंग, नेपाली समुदायद्वारा संचालित लिटल वड्स किण्डरगार्टनले शिक्षा तथा जनशक्ति विभागबाट मान्यता प्राप्त गरेको छ।

गत मार्च २९ सांझ एक कार्यक्रमको आयोजना गरी विद्यालय सुपरिवेक्षक धन थापाले उक्त कुराको जानकारी गराउनु भएको हो । कार्यक्रममा उहाँले विद्यालय स्थापनाकालदेखि हालसम्मको विषयमा संक्षिप्त जानकारी गराउनु भएको थियो।

उक्त अवसरमा कार्यवाहक शाही नेपाली महावाणिज्यदूत हेमलाल भट्टराई, पनसेटिया विद्यालयका सुपरिवेक्षक गणेश इजम र वरिष्ठ संगीतकार दिनेश सुब्बाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा किण्डरगार्टनका शिक्षक शिक्षिका र एभरेष्ट साप्ताहिक लगायत साप्ताहिक सनराईज, नेपालपोष्ट ओभरसिज र एचकेनेपाल डट कमलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो।
विद्यालय गीतका रचनाकार तथा संगीतकार दिनेश सुब्बालाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो।

सोही अवसरमा विद्यालयको वेवपेज www.littlebuds.edu.hk को पनि उद्घाटन गरिएको थियो । कार्यक्रमको संचालन चर्चित उद्घोषिका लाराले गरेकी थिइन्।
सुपरिवेक्षक थापाका अनुसार उक्त किण्डरगार्टनमा हाल नेपाली लगायत भारतीय, पाकिस्तानी, बंगाली, र इण्डोनेशियाली विद्यार्थीहरु अध्ययन गरिरहेका छन्।
साभारः एभरेष्ट साप्ताहिक/ फोटोः एचकेनेपाल डट कमका लागि जगत (अम्बु) गुरूंग।
Popularity: 2%
April 6th, 2006
एचकेनेपाल डट कम, अप्रिल २-
नेपाली युवाहरुको ढुकढुकी पप गायिका प्राश्ना शाक्यलाई जेपिटी हंगकंगले आफ्ना आगामी सांस्कृतिक कार्यक्रमका लागि हंगकंगमा आमन्त्रण गरेको छ। यही प्रसंगमा एचकेनेपाल डट कमले प्राश्नासंग केही समय पहिले लिएको अन्तर्वार्ता सान्दर्भिक ठानेर प्रशारण गरिएको हो।
-संम्पादक
भिडियो क्लिप हेर्न यहां क्लिक गरौं।
Popularity: 2%
April 2nd, 2006
एचकेनेपाल डट कम, अप्रिल २-
हंगकंग, हंगकंगस्थित शाही नेपाली महावाणिज्यदूतावासले आगामी जुलाई १९ देखि २४ सम्म हंगकंग कन्भेन्सन एण्ड एक्जिबिशन सेन्टरमा हुन गैरहेको ६ दिने हंगकंग बुक फेयरमा सहभागिता जनाउंने भएको छ।
हंगकंग ट्रेड डिभेलोपमेन्ट काउन्सिलको आयोजनामा हंगकंग बुक फेयर सम्पन्न हुन लागेको हो।
महाबाणिज्यदूतावासले नेपालका सबै नेपाली प्रकाशकहरुलाई पनि हंगकंग बुक फेयरमा सहभागिता जनाउंन आग्रह गरेको छ।
महाबाणिज्यदूतावासको कार्यालयले एचकेनेपाल डट कमलाई जानकारी गराए अनुसार हंगकंग बुक फेयरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझ प्रकाशनले सहभागिता जनाउंने भएका छन्।
जनक शिक्षा सामाग्री केन्द्र, राष्ट्रिय पुस्तक बिक्रेताहरु र अन्य प्रकाशन संघ संस्थाहरुले समेत हंगकंग बुक फेयरमा सहभागी हुन उत्सुक रहेको जनाएका छन्।
आयोजकका अनुसार ३९० भन्दा बढी प्रदर्शक रहेको विगतको हंगकंग बुक फेयरमा ६ लाख ३० हजार दर्शकहरु उपस्थित थिए।
हंगकंग बुक फेयर सार्वजनिक रुचिको रुपमा लोकप्रिय रहंदै आएको छ।
Popularity: 4%
April 2nd, 2006