Archive for May, 2006
एचकेनेपाल डट कम हंगकंग सम्वाददाता -
नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव माधव कुमार नेपाल हंगकंग आउनु हुने भएको छ।
एशियाली पोलिटीकल पार्टीको कोरियामा हुने बैठक सकेर फर्कने क्रममा उहां हंगकंग ट्रान्जिटमा आउंदै हुनुहुन्छ।
एशियाली मुलुकहरुको साझा संस्था The International Conference of Asian Political Parties (ICAPP) को स्थायी समितिको स्थायी सदस्यको हैसियतले उहां बैठकमा भाग लिन त्यसतर्फ जांदै हुनुहुन्छ।
महासचिव नेपालले त्यहां नेपालको परिवर्तित राजनैतिक सन्दर्भमा र आफ्नो पार्टी र नेपाल सरकारको धारणा राख्नुहुने अनुमान गरिएको छ।
कोरियामा हुने बैठक सकेर फर्कने क्रममा महासचिव नेपालले आगामी ४ जुनमा याउ मा तेइ कम्युनिटी हलमा आयोजना हुने जनसभालाई सम्बोधन गरिने कार्यक्रम रहेको छ।
जनसभा नेकपा एमाले हंगकंगको आयोजनामा हुन लागेको हो। कार्यक्रम सम्बन्धि जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् । कार्यक्रम सम्बन्धि फोटो, अडियो फाइल र भिडियोको लागि यहाँ क्लिक गर्नुहोस्।
Popularity: 3%
May 29th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
हंगकंगमा रहेका राईहरुले पानीको रिमझिममा रुझ्दै साकेवा नांचे। किराँत राई यायोक्खा हंगकंगले गत २१ तारिख आइतबारका दिन ताइमोशन कन्ट्री पार्कमा आयोजना गरेको उक्त कार्यक्रमका झलकहरु…



फोटोहरूः एचकेनेपाल डट कमका लागि जगत अम्बु गुरुङ र राजिव राई । थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 5%
May 29th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
गण्डकी बोर्डिङ्ग स्कुलका भूतपूर्व विधार्थीहरुको छैंठो पारिवारिक भेटघाट जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा २० मेको साँझ सम्पन्न भयो।

खरको झुपडी समयदेखि उच्च भौतिक सुविधा सम्पन्न बिद्यालयका भूतपूर्व विद्यार्थीहरुको पारिवारिक भेटघाट उल्लेखनीय रहेको थियो।
Ex-Gandaki Boarding Students’ Association (EGBOSA / एग्बोस) हङ्गकङ्ग शाखाका अध्यक्ष विक्रम गुरुङले स्वागत मन्तव्यको क्रममा विगतका कार्यक्रममा प्रकाश पार्दै प्रत्यक्ष वा अप्रत्यक्ष रुपले सहयोग गर्ने सुभचिन्तकप्रति आभार प्रकट गर्नुभएको थियो।

सोही कार्यक्रममा बिद्यालयका भूपू बिद्यार्थीहरु फियोनाका अध्यक्ष सत्य घले, म्याग्दी अप्रवासी संघका अध्यक्ष बहादुर पुन, एन. आर. एन. का अध्यक्ष र राष्ट्रिय संयोजक क्रमशः यम (त्रिलोक) कुमार गुरुङ, इन्जिनियर, विजय कुमार गुरुङ, नमोः बुद्धका सचिव विश्व गुरुङ र तमु प्ये ल्हु संघका कोषाध्यक्ष दुर्गा गुरुङलाई अभिनन्दन गरिएको थियो।
तस्वीरः एचकेनेपाल डट कमका लागि जगत अम्बु गुरुङ। थप फोटो हेर्न यहाँ क्लिक गर्नुहोस् ।
Popularity: 3%
May 27th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
गत २२ मे २००६ सोमबार बेलुकी याउमातेइस्थित जम्बालामा नेपाली बौद्ध समाज हंगकंगको आयोजनामा बरिष्ठ धर्मगुरु प्रोफेसर डा. श्री किरण तुलाचन खेन्पोज्यूको उपस्थितिमा प्रथम पल्ट डाकिनी पुजा सुसम्पन्न भयो।
उक्त अवसरमा समाजका कार्य समितिका सदस्यहरु, सल्लाहकारहरुका साथै श्रद्धालु भक्तजनहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। बरिष्ठ धर्मगुरु प्रोफेसर डा. श्री किरण तुलाचन खेन्पोज्यू र अर्का धर्मगुरु श्री तेन्जीङ्गद्वारा डाकिनीको पुजा आराधना गरी कार्यक्रमको सुरुवात गरिएको थियो।
पूजा पश्चात बरिष्ठ धर्मगुरुद्वारा शान्तिप्रेमी श्रद्धालु भक्तजनहरुलाई बुद्घ धर्ममा डाकिनीहरुको महत्व विषयमा प्रवचन दिनु भएको थियो। धर्मगुरुका अनुसार प्रत्येक महिनाको एक पल्ट तिथि र समयानुसार शान्ति कायम गर्न शक्ति प्राप्तिको लागि डाकिनी पुजा गरिने प्रचलन रहेको कुरा अवगत गराउनु भयो।
सम्पूर्ण श्रद्धालु भक्तजनहरुले शान्तिको लागि धुपबत्ती बालेर धर्मगुरुबाट खादा ग्रहण गर्दै डाकिनी पूजाको आशिष पनि लिएका थिए।
Popularity: 3%
May 27th, 2006
एचकेनेपाल डट कम हंगकंग सम्वाददाता -
सुदूर पूर्वी प्रवासी नेपाली संघ (फियोना) हंगकंगले जन आन्दोलनका क्रममा घाइते भएकाहरुलाई उपचारका निम्ति जुटाएको आर्थिक सहयोग जनआन्दोलन प्राथमिक स्वास्थ्य उपचार कोषलाई हस्तान्तरण गरेको छ।
हंगकंगबाट संकलन गरि पठाइएको रु. २ लाख ६ हजार ८७ जनआन्दोलन प्राथमिक स्वास्थ्य उपचार कोषले प्राप्त गरिसकेको जानकारी आइसकेको फियोनाका अध्यक्ष सत्य घलेले एचकेनेपाल डट कमलाई बताउंनु भयो।
जनआन्दोलनको क्रममा घाइते भएकाहरुलाई उपचारको लागि आर्थिक सहयोग उपलव्ध गराउंन मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जनआन्दोलन प्राथमिक स्वास्थ्य उपचार कोष स्थापना गर्नुभएको थियो। उक्त कोषमा उहांहरुले आफ्नो तर्फबाट रु. १ लाख प्रदान गर्नुभएको थियो।
जनआन्दोलन प्राथमिक स्वास्थ्य उपचार कोषले मे १ मा जारी गरेको प्रेस विज्ञप्तिका अनुसार त्यस दिनसम्ममा कूल रु. २२,०६६,९७७।४७ संकलन भएको जनाएको छ।
Popularity: 2%
May 21st, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
हंगकंग, नेपाली जनअधिकार सरोकार समाज हंगकंगले बुधबार हंगकंगस्थित शाही नेपाली महावाणिज्य दूतावास कार्यालयको बोर्डमा लेखिएको ‘शाही’ शब्दलाई मेटाइ दिएका छन्।


समाजका सह-सचिव जिमी किराँतको नेतृत्वमा गएको एक टोलीले दूतावास कार्यालयमा पुगि शाही शव्द मेटाउने कार्यक्रमको जानकारी पत्र बुझाएपछि जिमी किराँत र अमर गुरुङले हथौडा र छिनो प्रहार गरी ‘शाही’ शब्द मेटाएका हुन्।
हथौडा र छिनो प्रहार गरी ‘शाही’ शब्द हटाउने बेलामा आफ्ना काम विशेषले त्यहां पुगेका नेपालीहरुले समर्थन जनाउंदै ताली बजाएका थिए।
एचकेनेपाल डट कमलाई सम्प्रेषण गरेको इमेलमा बताए अनुसार अव नेपाली महावाणिज्य दूतावासमा सामन्ती राजा-महाराजाहरुको तस्वीर होइन शोषित,उत्पीडित नेपाली जनताको मुक्ति, प्रगति र राष्ट्रिय स्वाधिनताको खातिर आफ्नो प्राणको आहुति गर्नु हुने नेपाल आमाका वीर सपुतहरुको फोटो राख्ने सल्लाह दिएर उक्त टोली बाहिरिएका थिए ।
तस्वीरः एचकेनेपाल डट कमको लागि जगत अम्बु गुरुङ।


Popularity: 3%
May 18th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
हंगकंग, २-८१ नम्बरी ब्रिटीस गोर्खा आर्मीहरुले गत १३ मे मा न्यु संगीत रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरी २५औं जन्मोत्सव मनाए।
सन् १९८१ को ११ मे मा ३८३ जना नेपाली युवाहरु ब्रिटीस गोर्खा आर्मीको रुपमा भर्ती भएका थिए। तिनीहरुमध्ये हाल यहां हंगकंगमा रही विभिन्न पेशामा आवद्ध २-८१ नम्बरी भूपू ब्रिटीस गोर्खा आर्मीहरुले त्यस दिन विभिन्न कार्यक्रमहरुको आयोजना गरी रमाईलो गरे।
कार्यक्रममा महावाणिज्यदूतावासको प्रतिनिधि शिवलाल श्रेष्ठ प्रमुख अतिथि र लेउटेनन्ट कोलोनेल नेगेल कोलेट्ट विशेष अतिथिको रुपमा उपस्थित हुनु हुन्थ्यो भने अन्य अतिथिहरुमा मेजर मानबहादुर गुरुङ, मेजर चन्द्रकुमार बस्नेत, क्याप्टेन ब्रायन बुन्करका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा अध्यक्ष श्याम गुरुंग, सचिव त्रिलोक गुरुङलगायत अन्य अतिथिहरुले मन्तव्य प्रकट गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन सन्नी गुरुङले गर्नु भएको त्यस कार्यक्रममा पल्टने अतीत झल्काउने ब्याग पाइपर सांगीतिक धुन र खुकुरी नृत्यहरु समेत प्रस्तुत गरिएको थियो।
सन् १९९९ मा आफ्ना समकालीन नम्बरी कृष्ण बेटा गुरुङको असामायिक निधनपछि मर्माहत भएका नम्बरीहरुले श्याम गुरुङको अध्यक्षतामा एक तदर्थ समितिको गठन गरी सन् २००० मा २-८१ नम्बरी संस्थाको रुपमा स्थापना गरेका थिए।
Popularity: 2%
May 18th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
संयुक्त जन आन्दोलनको उपलव्धी र भावी कार्यदिशाबारे अन्तरक्रिया कार्यक्रम गत मे १४ मा जोर्डनस्थित नाँचघरमा सम्पन्न भयो।
लोकतान्त्रिक संयुक्त जन आन्दोलन संयोजन समिति हंगकंगको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै हंगकंग नेपाली महासंघका अध्यक्ष हेजेन राईले अब हुन गैरहेको संबिधान सभा निशर्त र सम्पूर्ण बर्ग, जनजाति, दलीत, महिला लगायत समावेशी संबिधान सभा हुनु पर्ने राय व्यक्त गर्नु भयो।
भक्त गुरुंगको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन अखिल हंगकंग नेपाली एकता समाजका यामबहादुर बुढाथोकी मगरले गर्नु भएको थियो। कार्यक्रममा आसाका सचिव भक्त गुरुंग, जनजाति महासंघका भुपेन्द्र चेमजोङ्ग, बुद्धिजीवि तथा व्यापारीको तर्फबाट कृष्ण पाण्डे र जनमोर्चा नेपाल हंगकंगको तर्फबाट पूर्णबहादुर पुन अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।
Popularity: 3%
May 18th, 2006
एचकेनेपाल डट कम हंगकंग सम्वाददाता -
शान्तिका अग्रदुत गौतम बुद्धको २५५०औं जन्मोत्सवको अवसरमा यहांका नेपालीले गत मे १४ मङककस्थित मङकक ब्लड डोनेटिङ्ग सेन्टरमा रक्तदान गरे।

आयोजक संस्थामध्येका एक, एकिकृत नेपाली समाज हंगकंगमा अध्यक्ष बुद्धिबहादुर थापाले दिनुभएको जानकारी अनुसार २९ जना नेपालीले सो अवसरमा रक्तदान गरेका थिए।
हंगकंग नेपाली महासंघका अध्यक्ष हेजेन राई लगायत अन्य संघसंस्थाका प्रतिनिधि तथा पत्रकारहरुले समेत रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रमका आयोजक संस्थाहरुमा एकिकृत नेपाली समाज हंगकंग, बाग्लुङ्ग समाज हंगकंग, स्याङजा जनसेवा समिति हंगकंग र हंगकंग नेपाली अल्पसंख्यक संगठन रहेका थिए।
Popularity: 2%
May 16th, 2006
एचकेनेपाल डट कम हंगकंग सम्वाददाता -
हंगकंग एकीकृत नेपाली समाज हिन्सले यहांका नेपालीलाई निःशुल्क सेवा प्रदान गर्ने भएको छ। नेपाली समाजलाई यहांको मूल समाजसंग एकीकृत गराउंन मद्दत पुर्याउने र नेपालीले दिनहूं व्योहोर्नु पर्ने समस्याहरुमा सहयोग पुर्याउंने उद्धेश्यले हंगकंग सरकार गृहमामिला विभागको प्रायोजनमा त्यस्तो सेवा प्रदान गर्न थालिएको हो।
समाजले नेपाली सामुदायिक सेवा समूह नामको परियोजना सञ्चालन गर्दै आएको छ। निशुल्क सेवा अन्तर्गत दोभाषे तथा अनुवादक, बृद्ध, असक्त तथा अपाङ्गका लागि सहायता, अस्पताल, अध्यागमन, जन आवास सम्बन्धमा सहयोग, पारिवारिक समस्यामा सहयोग, शिक्षा सम्बन्धि सल्लाह तथा सुझाव, युवाहरुको लागि सल्लाह एवं सूचना, सञ्चयकोष सम्बन्धि जानकारी तथा सहयोग, घरेलु कामदारलाई सल्लाह तथा सहयोग, मृतकको सद्गत व्वस्थापन सम्बन्धि जानकारी र अन्य भैपरी आउने समस्यामा सहयोग पुर्याउंने रहेका छन्।
हंगकंगमा रहेका जुनसुकै नेपालीले यस्ता निशुल्क सेवाको फाइदा लिन सक्ने छन्।
विस्तृत जानकारीको लागि यहां क्लिक गर्नुहोस्।
Popularity: 2%
May 13th, 2006
Previous Posts