Archive for July, 2006

रुमा र चम्पालाई हार्दिक बधाई !

रुमा र चम्पालाई हार्दिक बधाई !



Popularity: 7%

32 comments July 31st, 2006

अन्तर्राष्ट्रिय बाल सांस्कृतिक तथा कला महोत्सव

एचकेनेपाल डट कम सम्वाददाता -
२००६ हंगकंग अन्तर्राष्ट्रिय बाल सांस्कृतिक तथा कला महोत्सव २५ जुलाई मंगलबार क्यु्वीन एलिजाबेथ हल वान चाईमा सम्पन्न भएको थियो।

हंगकंगमा रहेका नेपाली, पाकिस्तानी स्थानीय बालबालिका लगायत मुख्यभूमि चीनका विभिन्न प्रान्त र ताइवानबाट आएका बालकलाकारहरुले आफ्ना संस्कृति झल्काउंने आकर्षक तथा रोचक कला प्रस्तुत गरेका थिए।

सोही महोत्सवका चित्रमय झलकहरुलाई यहाँ समावेश गरिएकोछ। सबै फोटोहरु सहकर्मी फोटो पत्रकार जगत अम्बु गुरुंगले खिचेका हुन्।






थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

Add comment July 30th, 2006

बौद्ध समाजद्वारा सम्मान

एचकेनेपाल डट कम सम्वाददाता -
नेपाली बौद्ध समाज हंगकंगले २३ जुलाई आइतबार अनुदाता तथा स्वंयसेविकाहरुलाई सम्मान तथा उपहार प्रदान गर्‍यो।


कार्यक्रमका प्रमुख अतिथि मेजर लिलबहादुर गुरुंगले बौद्ध समाजलाई अनुदान प्रदान गरेका र सहयोगी स्वयंसेविकाहरुलाई प्रोत्साहनस्वरुप उपहार प्रदान गर्नुभयो।


कार्यक्रममा मगर संघका क्या. एकबहादुर राना, पुन मगर समाजका मेजर गमबहादुर पुन, सोंपाल समाजका धरमकुमार गुरुंग, नमो बुद्ध आमा समूहकी हर्क तुलाचन र एनआरएन हंगकंगका त्रिलोक गुरुंग अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।


धनबहादुर थापा डेनीको अध्यक्षता, हितमान गुरुंगको सञ्चालन रहेको कार्यक्रममा स्वागत मन्तव्य अर्जुन गुरुंगले दिनुभएको थियो।

फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

17 comments July 29th, 2006

कि.या.चु.को धन्यवाद ज्ञापन कार्यक्रम

एचकेनेपाल डट कम सम्वाददाता -
किरात याक्थुङ चुम्लुङ हंगकंगले २३ जुलाई आइतबार एउटा कार्यक्रमको आयोजना गरी निवर्तमान कार्यसमितिलाई धन्यवादसहित बिदाई गरेकाछन्।



राजबहादुर पन्धाक प्रमुख अतिथि रहेको बिदाई कार्यक्रममा आदिबासी जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङ, नि.वर्तमान सल्लाहकार गणेश ईजम, भगत सुब्बा, टेक चङवाङ, ईन्द्र वनेम, उत्तरमान लिम्बु, नि. सचिव दिलबहादुर पालुङवा अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।



गणेश ईजम, भगत सुब्बा, टंक चङवाङ र भूपेन्द्र चेम्जोङले समितिको प्रगतिको लागि शुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो। अध्यक्ष राजबहादुर चङवाङको अध्यक्षतामा सचिव ज्ञानु मेन्याङ्वो र असली अनेम लिम्बुले सञ्चालन तथा केन्द्री सदस्य लक्ष्मी पोमुले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो।


फोटोः जगत अम्बु गुरुंग एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

1 comment July 29th, 2006

कामदारहरुको दर्ता म्याद बढ्यो

एचकेनेपाल डट कम सम्वाददाता-
निर्माणक्षेत्रमा काम गर्ने कामदारहरुको दर्ता म्याद अगष्ट महिनामा समाप्त हुने भनिएता पनि थप म्याद बढाएकोछ।


कन्स्ट्रक्सन वर्कर्स रजिष्ट्रेशन अथोरीटीले दर्ता अवधि २००७ को पहिलो ३ महिनासम्मको लागि थप गर्ने निर्णय गरेकोछ।

अथोरीटीले दर्ता नगरेका निर्माण क्षेत्रका सबै कामदारहरुलाई यथासिघ्र दर्ता गर्नसमेत अपिल गरेकोछ।

विस्तृत जानकारीको लागि यहाँ क्लिक गरी सम्बन्धित वेब साइटमा जानुहोस्।

Popularity: 6%

2 comments July 26th, 2006

साउने सङ्क्रान्ति बिबिक्यू पार्टी (चित्रमय झलक)

एचकेनेपाल डट कम सम्वाददता -
भोजपुर समाज सेवा हंगकंगको आयोजनामा साउने सङक्रान्ति बिबिक्यू पार्टी १६ जुलाई आइतबार मङ्की हिलमा सम्पन्न भयो।

कार्यक्रमको औपचारिक सञ्चालन नरहाङ राईले गर्नुभएको थियो भने नरेश राईले समाजको चिनारीबारे प्रकाश पार्नु भएको थियो। स्थानीय सांगीतिक समूह जेपीटीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।







फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

8 comments July 24th, 2006

प्रिय निरेन्द्र, तिमीलाई हार्दिक श्रद्धाञ्जलि !

प्रिय निरेन्द्र, तिमीलाई हार्दिक श्रद्धाञ्जलि !
प्रिय निरेन्द्र, तिमीलाई हार्दिक श्रद्धाञ्जलि !


Popularity: 6%

18 comments July 21st, 2006

उल्लेरी-नेपाने पहिरोपीडितहरुको सहयोगार्थ समिति गठन

एचकेनेपाल डट कम सम्वाददाता-
हङकङका युवाहरुले कास्की जिल्ला उल्लेरी-नेपानेको पहिरोपीडितहरुको सहयोगार्थ सुन्दर गुरुङको संयोजकत्वमा ३५ सदस्यीय उल्लेरी नेपाने पहिरोपीडित सहयोग समिति गठन गरेको छ।

२०६३ साल आषाढ ३० गते शुक्रवारका दिन गएको भीषण बाढीपहिरोले कास्की जिल्ला दाङसिङ गाविस वडा नं. ९ नेपाने गाउँलाई पहिरोले सखाप पारेको थियो। आधा दर्जन व्यक्तिहरुको लास भुरुङ्गदी खोलामा लड्न पुगे भने थप एघार व्यक्तिहरुको लास पहिरोमा परी अझै वेपत्ता छन्।

करोडौं धनजनको क्षति भएको यस हृदयविदारक घट्नाले भावविव्हल हुंदै हङकङमा रहेका सबै दाजूभाई दिदीवहिनीहरुमा उक्त अकल्पनीय र अपुरणीय क्षतिमा परेका दाजूभाई दिदीबहिनीहरुलाई आ-आफ्नो क्षमता अनुसार मानवीय भावनाले नगद अथवा जिन्सी सहयोग गरिदिन समितिले हार्दिक अनुरोध गरेको छ।

समितिले हङकङवाट प्राप्त सहयोगलाई पारदर्शी ढंगले सम्बन्धित पीडितहरु समक्ष पुर्‍याउन आ-आफ्नो तवरले सल्लाह, सुझाव, सहयोग गरिदिन पनि समस्त नेपाली दाजूभाई दिदीवहिनीहरुमा हार्दिक अपील गरेकोछ।

समितिका सचिब गणेश गुरुङले जारी गर्नुभएको प्रेस विज्ञप्तिका अनुसार जिन्सी संकलन गर्ने स्थानहरु निम्न छन्:
१) शुभकामना स्टोर्स जोर्डन
२) पशुपति स्टोर्स जोर्डन

विस्तृत जानकारीको लागि सम्पर्क नम्बरः
भक्त गुरूंगः 6736 2930
गणेश गुरूंगः 6090 8694



Popularity: 46%

Add comment July 21st, 2006

१७औं हंगकंग पुस्तक प्रदर्शनी सुरू भयो

एचकेनेपाल डट कम सम्वाददाता -
हंगकंग व्यापार विकास परिषदको आयोजनामा बुधबारदेखि १७औं हंगकंग पुस्तक प्रदर्शनी सुरू भएको छ। पुस्तक प्रदर्शनीमा नेपाली महावाणिज्यदूतावास हंगकंगले पनि सहभागिता जनाएको छ।



प्रदर्शनी जुलाई १९ देखि २४ जुलाईसम्म खुला रहने छ। हंगकंग कन्भेन्सन एण्ड एक्जिबिशन सेन्टरमा आयोजना भैरहेको उक्त पुस्तक प्रदर्शनीमा महावाणिज्यदूतावासको प्रदर्शनी कक्ष नं. भने GHA 16 रहेको छ।

महावाणिव्यदूतावासको प्रदर्शनी कक्षमा नेपालका साझा प्रकाशन र यहाँका स्थानीय लेखक तथा साहित्यकारहरूका पुस्तकहरु समावेश गरिएकाछन्।



प्रदर्शनीको पहिलो दिन महावाणिज्यदूत हेमलाल भट्टराईको उपस्थिति रहेको थियो भने ४ वटा भाषा समेटिएको अंग्रेजी, पु तोङ ह्वा, ग्वाङ दोङ ह्वा र नेपाली भाषामा लेखिएको ‘एभरेष्ट डिश्नेरी’ (शव्दकोष) का लेखक यु.पी. नुमलाके पनि उक्त प्रदर्शनीमा उपस्थित हुनुहुन्थ्यो।

करिब १० हजार शीर्षकमा विभिन्न देशको गरी ३९९ प्रदर्शन कक्षहरु राखिएकाछन्। नेपाललगायत १५ देशले प्रदर्शनीमा आफ्ना सहभागिता जनाएकाछन्। सहभागी देशहरुमा हंगकंग, न्युजिल्याण्ड, म्याक्सिको, नेपाल, पाकिस्तान, फ्रान्स, स्पेन, इजिप्ट, सिङ्गापुर, थाइल्याण्ड, पोल्याण्ड, बेल्जियम, मलिशिया, फिलिपिन र भियतनाम छन्।

हंगकंग पुस्तक प्रदर्शनीमा विज्ञापन गर्दै चिनीयाँ मोडल युवतीहरू तलको फोटोमाः-


फोटोः जगत अम्बु गुरूंग / एचकेनेपाल डट कम, थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

6 comments July 20th, 2006

भानु जयन्ती सम्पन्न

एचकेनेपाल डट कम सम्वाददाता -
नेपाली कला मन्दिर हंगकंगको आयोजनामा गत ८ जुलाई बिहीबारका साँझ आदि कवि भानुभक्त आचार्यको १९२औं जयन्ती सम्पन्न भएको छ।


युन लोङस्थित सगरमाथा किण्डर गार्टेन स्कूलको सभाकक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा गणेशबहादुर राई हुनुहुन्थ्यो। कला मन्दिरका अध्यक्ष एकराज राई, हंगकंग नेपाली महासंघका अध्यक्ष हेजेन राई , एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, सगरमाथा किण्डरगार्टेनकी प्रिन्सिपल कमला राई, साहित्यकार कमल पौडेल, गीतकार तथा साहित्यकार रामकृष्ण वान्तवालगायतले भानुको जीवनीबारे प्रकाश पार्नुभएको थियो।

स्कूलमा अध्ययनरत बालबालिकाहरु साहिल प्रधान, श्रृजना गुरुंग, चुना लिम्बु, सुप्रिया गुरुंग, कञ्चन गुरुंग, गम्भिरा, कुसुम गुरुंग आदिले आफ्ना कविताका साथै रामायणका केही प्रसिद्ध श्लोकहरु वाचन गरेका थिए।

कार्यक्रमको सञ्चालन कलामन्दिरका सचिव देवराज राईले गर्नुभएको थियो।

Popularity: 3%

Add comment July 20th, 2006

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2006
M T W T F S S
« Jun   Aug »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category