Archive for August, 2006
एचकेनेपाल डट कम-
हंगकंग एकिकृत नेपाली समाजद्वारा जोर्डनस्थित कम्युनिटी सेन्टरमा आइतबार आयोजित तीज कार्यक्रमको चित्रमय झलकहरु।



फोटोः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 4%
August 27th, 2006
एचकेनेपाल डट कम-
फियोना महिला विभागद्वारा जोर्डनस्थित इण्डिया क्लवमा आइतबार आयोजित तीज कार्यक्रमको चित्रमय झलकहरु।



फोटोः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 6%
August 27th, 2006




Popularity: 7%
August 25th, 2006
एचकेनेपाल डट कम -
आदिवासी जनजाति महासंघ हङकङले जोर्डनस्थित वर्कस युनियनको कार्यालयमा हिजो बिहीबार आयोजित भेटघाट कार्यक्रममा नेपालबाट आउनु भएका नेकपा एमालेका सांसद डम्वरसिं सम्वाहाम्फे मार्फत प्रतिनिधि सभालाई एक माग पत्र बुझाएकोछ।

नेपाल सम्वन्धि १३ वटा र हङकङसंग सम्वन्धित ३ वटा माग प्रस्तुत गरिएको माग पत्रमा नेपाललाई संघीय गणतन्त्र बनाउनु पर्ने, राष्ट्रिय सभालाई जातीय सभा बनाउनु पर्ने, जातीय, सांस्कृतिक तथा भाषिक आधारमा नेपालको प्रदेश विभाजन गर्नुपर्ने लगायत हङकङको महावाणिज्यदूत जनजाति हुनुपर्ने माग राखेकोछ।
माग पत्रमा भनिएकोछ देशमा अहिले समावेशी, सहभागितामूलक तथा स्वायत्त शासनको माग सवैतिरबाट उठि रहेको बेला हङकङमा रहेको ९८ प्रतिशत जनजातिहरुले पनि आफूलाई आफैले शासन गर्न पाउनुपर्ने जनाइएकोछ।

प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डम्वरसिं सम्वाहाम्फेसंगको भेटघाटकै लागि आदिवासी जनजाति महासंघले आयोजना गरेको सो कार्यक्रममा महासंघका महासचिव भूपेन्द्र चेम्जोङले महासंघको तर्फबाट माग प्रस्तुत गर्दै अहिले हङकङका लागि प्रस्तावित गैर जनजाति नयां महावाणिज्यदूत हङकङका जनजातिहरुलाई अस्वीकार हुने र विरोध गर्ने समेत चेतावनी दिनुभएको थियो।
हङकङमा कार्यरत महावाणिज्यदूत माधव घिमिरेको सामान्य प्रशासन मन्त्रालयको सचिवमा वढुवा भएपछि केही वर्षयता महावाणिज्यदूतको स्थान रिक्त रहेकोछ। त्यस्तै महासंघले उठाएका अन्य मागहरुमा हङकङलाई नेपालीहरुको आवत जावत सुविधाको लागि भिसा फ्री हुनुपर्ने र विदेशमा रहेका नेपाली नागरिकहरुले पनि नेपालका आम निर्वाचनहरुमा आफू अस्थायी बसोबास गरेकै राष्ट्रहरुबाट भोट हाल्न पाउनुपर्ने रहेको थियो।

आदिवासी जनजाति महासंघका अध्यक्ष नरहाङ राईद्वारा सभापतित्व गरिएको उक्त कार्यक्रममा अन्य अतिथिहरुमा नेपाली महासंघका अध्यक्ष हेजेन राई र एशियाली विद्यार्थी संगठनका सचिव भक्त गुरुङ रहनुभएको थियो। अतिथिको आसनवाट बोल्दै सांसद डम्वरसिं सम्वहाम्फेले आफू पनि जनजाति भएकोले यी मागहरु संसदमा बारम्बार उठाउने गरेको र अझ पनि उठाउने आश्वासन दिनुभयो। तपाई “राजा मान्नुहुन्छ कि हुन्न” भन्ने एक प्रश्नको उत्तरमा म कम्यूनिष्ट पार्टीमा लागेकै दिन गणतन्त्रवादी भएर लागेको हुं अहिले पनि गणतन्त्रवादी नै छु भन्नुभयो। एशियाली विद्याथी संघका सचिव भक्त गुरुङले आफू पनि जनजाति भएकोले विद्यार्थी वृत्तभित्र पनि आदिवासी जनजातिहरुको हक अधिकारको लागि बारम्बार कुरा उठाएको प्रसंग उल्लेख गर्नुभयो। एशियाली बिद्यार्थी संघमा पनि आदिवासी विद्यार्थीहरुको लागि आफु काम गरिरहेको कुरा वताउनुभयो। अर्का अतिथि हेजेन राईले आदिवासी जनजाति महासंघ हङकङले राखेको मागको समर्थन जनाउदै संविधान सभाको चुनावमा विदेशवाट पनि प्रतिनिधित्व गर्न पाउनुपर्ने र विदेशिएका नेपालीहरुलाई व्दैत नागरिकता दिलाउनुपर्ने माग राख्नुभयो।
- भूपेन्द्र चेम्जोङ, फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 6%
August 25th, 2006


Popularity: 5%
August 24th, 2006
एचकेनेपाल डट कम
हङकङ र नेपाल सरकारले आगागी १४ जनवरी काउलुन पार्कको पियाजा मैदानमा बृहत नेपाली “साँस्कृतिक झलक” को आयोजना गरिने भएको छ।
(हङकङस्थित महावाणिज्यदूतावासको कार्यालयमा बुधवार सम्पन्न छलफल कार्यक्रमका भिडीयो झलक हेर्न माथिको प्ले बटनमा क्लिक गर्नुहोस्।)
हङकङस्थित महावाणिज्यदूतावासको कार्यालयमा बुधवार सम्पन्न छलफल कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईले उक्त जानकारी दिनु भएको हो। हङकङ गृह मामिला विभागले प्रायोजन गर्ने उक्त कार्यक्रममा नेपाली संस्कृति झल्किने गीत, नृत्य र नेपालको पर्यटन विकासमा टेवा पुग्ने खालका प्रदर्शनीहरु समावेश गरिने छ। कार्यवाहक महावाणिज्यदूत भट्टराईले दिनुभएको जानकारीका अनुसार हङकङ गृह मामिला विभागले यहाँका अल्पसंख्यक जनजातिहरुको साँस्कृतिक क्रियाकलापहरुलाई अगाडि बढाउंने क्रममा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इन्डोनिशिया र फिलिपिन गरी ६ राष्ट्रका साँस्कृतिक झलकहरु सम्पन्न गरी सकेकाछन्।

नेपाली साँस्कृतिक झलक प्रस्तुत गर्ने पालो भने आगामी १४ जनवरीमा परेको छ। साँस्कृतिक झलकको आयोजना गर्न हङकङ सरकारले ८० हजार हङकङ डलर छुट्याएको छ। कार्यक्रममा इच्छुक नेपाली व्यापारी तथा संघसंस्थाहरुले समेत प्रायोजन गर्न सकिने छ।
नेपाली साँस्कृतिक झलकका लागि हङकङ गृहमामिला विभाग, नेपाली महावाणिज्यदूतावास र नेपाली समुदाय गरी ३ वटा आयोजकहरु रहने छन्।
साँस्कृतिक झलकलाई कसरी प्रभावकारी ढंगले सम्पन्न गर्ने भन्ने विषयमा सोही दिन व्यापक छलफल भएको थियो। छलफल कार्यक्रममा सम्बन्धित बिषयमा दखल राख्ने व्यक्तित्वहरु, संघसंस्थाका प्रतिनिधिहरु र स्थानीय पत्रकारहरु उपस्थित थिए।

छलफलमा साँस्कृतिक झलक प्रस्तुत गर्ने विषयमा कसैको पनि विरोध रहेन। यद्यपि सातैपिच्छे आयोजना भैरहने बिबिक्यू पार्टी र नाँचगानले वाक्क दिक्क भैसकेका नेपाली समुदाय यस कार्यक्रमप्रति कति सकारात्मक छ त्यो भने बुझ्नै बाँकी छ। तर यो कार्यक्रमको लागि हंगकंग सरकारबाटै आएको प्रस्तावलाई नकार्ने भन्ने कुरा आउंदैन। सानातिना कार्यक्रमहरुको आयोजना गरिदिएर हंगकंग सरकार यहाँ रहेका कुनै पनि अल्पसंख्यक जनजातिमाथि पक्षपात गर्दैन र हेर्ने दृष्टिकोण समान रहेको छ भन्ने देखाउन चाहन्छ। सरकारको कार्यतालिका अनुसार माथि भनिए झै अरु राष्ट्रका साँस्कृतिक झलकहरु सम्पन्न भैसकेका छन् भने अब नेपालको पालो आएको छ।
कार्यक्रमलाई राम्ररी संयोजन गर्न एक संयोजकको चयन गर्ने विषयमा भने छलफलमा सहभागीबीच मतान्तर भएको थियो। हंगकंग नेपाली महा संघका अध्यक्ष हेजेन राईले संयोजकको जिम्मेवारी महा संघले पाउंनु पर्छ भन्ने अडान लिएका थिए। त्यसरी नै च्याम्वर्स अफ कमर्सका अध्यक्ष तेजबहादुर राईले महासंघलाई संयोजनको जिम्मेवारी नदिनुको कारण मागेका थिए। तर कार्यवाहक महावाणिज्यदूत भट्टराई भने कुनै पनि संस्थामा आवद्ध नरहेका तर सक्षम व्यक्तिलाई संयोजक बनाउंने मनिस्थितिमा रहेको बुझिन्थ्यो।

हेजेन राईले कार्यक्रमको लागि प्रचार प्रसारको जिम्मेवारीसमेत महा संघले पाउनु पर्ने बताए पनि किसन राईले प्रचार प्रसारको लागि पत्रकारले पाउंनु पर्ने भनेपछि कुरा टुङ्गिएको थियो।
अन्ततः कार्यक्रममा विभिन्न जनजातिहरुको संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरिने सहमति भएको छ। नेपालबाट कलाकार ल्याउने विषयमा विवाद रहेको थियो। कस्ता कलाकारलाई र कतिजना निम्ताउने भन्ने विषयमा निर्णय भै नसके पनि कलाकार ल्याउने मनिस्थितिमा पुगेको छ। सहभागीबीच स्थानीय कलाकारहरुलाई विशेष प्राथमिकता दिनु पर्ने धारणाप्रति सबैको सहमति रहेको थियो।
छलफलमा सहभागीहरुले जनवरी १४ मा आयोजना हुन लागेको बृहत नेपाली साँस्कृतिक झलकलाई सफल पार्न संयोजकको रुपमा हेजेन राईलाई जिम्मा दिएको छ। यद्यपि राईलाई महा संघको तर्फबाट नभै सिङगो नेपाली समुदायको प्रतिनिधिको रुपमा कार्यक्रमको संयोजक तोकिएको छ। त्यसैगरी अन्य संयोजकहरुमा कला (गीत तथा नृत्य) का लागि संगीतकार दिनेश सुब्बा र प्रचार प्रसारको लागि किसन राईलाई तोकेको छ।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 5%
August 21st, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
लम्जुङ सेवा समितिले मगर संघ हङकङको एक कार्यक्रममा सहभागिता जनाउंन नेपालबाट आएका कलाकारहरुलाई आइतबार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा सम्मान गर्यो।

समितिका अध्यक्ष दिलीपसिंह गुरुङले नेपालबाट आएका कलाकारहरुलाई दोसल्ला ओर्डाई सम्मान गर्नुभएको थियो। लम्जुङ सेवा समितिद्वारा सम्मानित हुनेहरुमा लोक गायक राजु परियार, बलबीर थापा, जुना श्रीष र पप्पु पुन थिए।

सम्मान कार्यक्रमपछि लोक दोहोरी र नाँचगानसहितको विविध कार्यक्रम भएको थियो। कार्यक्रमको सञ्चालन मोहन रानाले गर्नुभएको थियो।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%
August 19th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
सुरक्षा गार्डको रुपमा काम गरिरहेका ३९ बर्षीय बिष्णुप्रसाद दमाईको सोमबार ड्युटी गरिरहेको समयमा दुर्घटनामा परी मृत्यु भएको छ।
एडाम्स सेक्युफोर्स इन्टरनेशलन लिमिटेडका अप्रेशन म्यानेजर सिके बस्नेतले बताउंनु भए अनुसार काम गर्ने कारपार्कमा अचानक गेट खसेर किच्न गई उनको मृत्यु भएको थियो।
बस्नेतका अनुसार उनी एडाम्स सेक्युफोर्स अन्तर्गत सुरक्षा गार्डको रुपमा कार्यरत थिए। स्याङजा घर भएका दमाई युन लोङमा सपरिवार बस्दै आएका थिए।
उनको एक श्रीमती, दुई छोरी र एक छोरा छन्।
Popularity: 4%
August 19th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
मगर संघ हंगकंगले आफ्नो नवौं बार्षिक उत्सव शनिबार जोर्डनस्थित इन्डिया क्लवमा सम्पन्न गरेको छ।
मगर संघको बाषिर्कोत्सव साँस्कृतिक कार्यक्रमको छोटो भिडीयो झलक हेर्न तलको प्लेबटनमा क्लिक गर्नुहोस्।
बार्षिक उत्सवमा हंगकंगका मगरहरुबीच भेटघाट, नेपालबाट आएका र स्थानीय कलाकारहरुलाई सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरिएका थिए।

कबीर पुन मगरको प्रमुख आतिथ्य रहेको कार्यक्रममा हंगकंगस्थित नेपाली महावाणिज्यदूत हेमलाल भट्टराई विशेष अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा अन्य संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।
सोही अवसरमा मगर संस्कृति अनुसार सुंगुर काटी पूजा गरिएको थियो। कार्यक्रममा लोक दोहोरी, गीत तथा नृत्यहरु प्रस्तुत गरिएका थिए।

संघका अध्यक्ष एकबहादुर राना मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव थलबहादुर श्रीस र मनोरञ्जन कार्यक्रमको सञ्चालन मनोज सूर्यवंशीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर गलामी मगरले दिनु भएको थियो।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 21%
August 19th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
हंगकंगका युवायुवतीहरु दिवा डान्स पार्टीमा मस्तले झुमे। प्राय रातको समयमा आयोजना हुने डान्स पार्टीहरु यसपटक दिउंसै भए। सायद यसैले होला डान्स पार्टीको नाम ‘लेट्स सिलिब्रेट डे डान्स पार्टी’ राखिएको।

डान्स पार्टीमा को भन्दा को कम ? हुनसम्मको मस्ती लुट्न कोही पछि परेनन्। फेरि उत्कृष्ट डान्सरहरुलाई पुरस्कारको व्यवस्था पनि। नेपाली रिमिक्स च्याङ्वा होई च्याङ्वादेखि हिन्दी रिमिक्सका गीतहरुसम्म आईपुग्दा कसैको धित मरेन।

DJ सुरेश लिम्बुले सबैलाई जादु गर्यो नै। उद्घोषिका लक्ष्मी थापा राईले उद्घोषणसंगै डान्सको मस्ती लिन पछि परिनन्। आयोजकद्वय सुप्रिया र नोभाले युवायुवतीलाई डान्स गर्ने संयोग गत आइतबार आरजे रेष्टुरेण्टमा जुटाएका थिए।

उनीहरु आफूमात्र नाँचेनन् पाहुनाहरुलाई पनि निमन्त्रणा गरे। निमन्त्रित पाहुनाहरुमा महावाणिज्यदूतावासको तर्फबाट शिवलाल श्रेष्ठ र नेपाली वायु सेवा निगमको तर्फबाट अनररत्न बज्राचार्य हुनुहुन्थ्यो।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 16%
August 16th, 2006
Previous Posts