Archive for September, 2006
एचकेनेपाल डट कम-
विजया दशमी तथा दिपावलीको उपलक्ष्यमा D.R.I.K. Aezu Ghar द्वारा गत शनिवार इण्डिया क्लवमा सम्पन्न गरेको डान्स पार्टीका चित्रमय झलकहरु-




फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 11%
September 29th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
हङकङ नेपाल बडी बिल्डीङ एसोसियशनको आयोजनामा आइतवार प्रिन्स एडवार्डस्थित क्यारीटास कम्युनिटी सेन्टरमा सम्पन्न मिस्टर हंगकंग नेपाल २००६ प्रतियोगितामा शम्भुकुमार तामाङले मिस्टर हङकङ नेपाल २००६ को उपाधि जितेका छन्।
.jpg)
त्यसै गरी फस्ट रनर अप र सेकेन्ड रनर अपको उपाधि क्रमशः हेमन्तकृष्ण लिम्बु र शिवकुमार पुनले जिते।
प्रतियोगिताका लागि हङकङ चाइना बडीबिल्डीङ एसोसियसनबाट दुई जना निर्णायकहरुका साथ जेकी लोङ र फिलीपिनो मूलका पूर्व मिस्टर हङकङ सेकेण्ड रनर अप अरमाण्डो प्रतियोगितामा निर्णायक रहेका थिए। अन्तिम चरणमा चार जना शारिरीक सुगठनका प्रतिस्पर्धीहरु हेमन्तकुमार लिम्बु, शिवकुमार पुन, शम्भुकुमार तामाङ र विशाल गुरुङबीच भएको प्रतिस्पर्धाबाट शम्भुकुमार तामाङले मिस्टर हङकङ नेपाल २००६ को उपाधि जितेका हुन्।
.jpg)
विजयी प्रतियोगीहरुलाई कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई र मिस्टर धर्म श्री- मिस्टर नेपाल सानु गुरुङले मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो।
.jpg)
.jpg)
कार्यक्रममा ट्यालेण्ट हण्टका पूर्व विजेता तथा सहभागीहरुले मनोरञ्जनात्मक नृत्य तथा फेशन शो प्रस्तुत गरेका थिए। स्थानीय गायकद्वय सन्तोष गुरुङ र कमल र्राईको समेत गीति प्रस्तुती रहेको कार्यक्रममा ट्यालेण्ट हण्टकी प्रमुख संयोजिका लक्ष्मी थापा राईले ट्यालेण्ट हण्ट २००६ को भिडीयो सीडी विमोचन गर्नु भएको थियो।
तारा सुब्बा र ममिता गुरूङको कोरियोग्राफी, देवराज राई र बसन्ती पुनको उदघोषण रहेको प्रतियोगिता कार्यक्रममा एसोसियशनका अध्यक्ष रोशन लिम्बुले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 9%
September 26th, 2006
एचकेनेपाल डट कम सम्वाददाता -
बडा दशैंको उपलक्ष्यमा डांडा गाउंले संस्था हङकङद्वारा आयोजित इष्टिमत्र भेटघाट कार्यक्रम आइतवार चिम सा चुइ स्थित इण्डिया क्लबमा सम्पन्न भयो।
.jpg)
संस्थाका अध्यक्ष विष्णु गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य बडा दशैंको सुअवसरमा सम्पूर्ण डांडा गाउंले संस्था हङकङका सदस्य तथा अन्य इष्टमित्रहरुको भेटघाट एवम् आपसी भावना र विचार आदान प्रदान गर्नु नै थियो।
.jpg)
कार्यक्रमलाई अझ रोचक बनाउन आयोजक समितिले विभिन्न रोचक पुरस्कार सहित राफल ड्र (चिट्ठा कार्यक्रम) पनि सञ्चालन गरेको थियो। मनोज गुरुङद्वारा सञ्चालन गरेको कार्यक्रममा चुड्का अनि अन्य नाँचगान सहितको रमाईलो सांझ राती २ बजेसम्म चलेको थियो।
.jpg)
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 4%
September 26th, 2006
एचकेनेपाल डट सम्वाददाता, फोटोः मातृदीप राई / एचकेनेपाल डट कम -
भारतका बहुचर्चित संगीत प्रतियोगिता सारेगामप - एक में और एक तूं का एक सफल प्रतिस्पर्धी राजीव थापाले शनिवार कजवे बेस्थित क्वीन एलिजाबेथ स्टेडियममा संगीत कार्यक्रम प्रस्तुत गरे।

डीज सपद्वारा प्रायोजित कार्यक्रममा नेपाली मूलका राजीव थापाका साथ भारतबाट सोही प्रतियोगिताका अर्का सफल प्रतिस्पर्धी जोडी शरीब र बोनज्योत्स्ना पनि आएका थिए। कार्यक्रममा नेपालबाट आएका नवोदित नायिकाद्वय पूजना प्रधान, नन्दिता केसी र नृन्य प्रशिक्षिका एलिना थापाले नृत्य प्रस्तुत गरेका थिए। नेपालबाटै आएका Da Nepsydaz Band का ग्यानोन चित्रकार, मानस घले र किरण श्रेष्ठको समेत सांगीतिक प्रस्तुती रहेको साँस्कृतिक कार्यक्रमको सञ्चालन मिस नेपाल हङकङ २००५ पूर्णिमा गुरुङ र सुमन राईले गरेका थिए।



फोटोः मातृदीप राई / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 10%
September 25th, 2006
एचकेनेपाल डट कम -
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङको तेस्रो अधिवेशन आइतबार याउ मा तेईस्थित कम्युनिटी सेन्टरमा सम्पन्न भयो।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई प्रमुख अतिथि, हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई विशेष अतिथि र एनआरएन आईसीसीका कोषाध्यक्ष प्रकाश पुन, एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरुङ, जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङ लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

खुला सत्रको अध्यक्षता अध्यक्ष तुल्मराज रामजालीले गर्नु भएका थियो। कार्यक्रमको संचालन सचिव भक्त रोका र स्वागत भाषण सदस्य ईन्द्र थापाले गर्नु भएको थियो। प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरुले म्याग्दीबासी र म्याग्दी जिल्लाको लागि उल्लेखनीय काम गर्नुभएका प्रकाश पुन, बसन्ती पुन, तिलक रोका र EWCOX हङकङका सम्पूर्ण कामदारहरु र छ जना दिर्घकालीन सदस्यहरुलाई कदरपत्र प्रदान गर्नुभएको थियो।

मोनाको तेस्रो अधिवेशनले नयाँ कार्यसमितिको चयनसमेत गरेको छ। नयाँ कार्यसमितिमा अध्यक्ष तुल्माराज रामजाली, उपाध्यक्ष घनबहादुर गर्बुजा, सचिव ईन्द्र थापा, सहसचिव खेम फगामी, कोषाध्यक्ष पदम पुर्जा, सदस्यहरुमा पदम पाइजा, रत्न भट्टचन, दमाया पुन, कमल रोका, लोकप्रताप वोगटी, वीना पुन, पूर्णिमा पुन, तुला तिलिजा, तुमानसिंह केसी र टिका छन्त्याल हुनुहुन्छ।
फोटोः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।
Popularity: 3%
September 21st, 2006
एचकेनेपाल डट कम -
सुदूर पूर्वी प्रवासी नेपाली संघ हङकङ फियोनाले हिन्दुहरुको महान चाड दशैं र तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार मङ्की हिलमा सम्पन्न गर्यो।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई, हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

फियोना अध्यक्ष सत्य घलेको अध्यक्षतामा सम्पन्न शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन फियोना सचिव कर्ण कोरङ्गी गुरुङले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष बसन्तकुमारी राईले दिनुभएको थियो।
विविध सांस्कृतिक कार्यक्रमसहित डिजे डान्स पार्टी पनि आयोजना गरिएको उक्त कार्यक्रममा नेपालीहरुको ठूलो मात्रामा उपस्थिति रहेको थियो।


फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 5%
September 21st, 2006
एचकेनेपाल डट कम -
हङकङ तामाङ घेदुङ संघको पाँचौं अधिवेशन जोर्डनस्थित नाँचघरमा आइतबार सम्पन्न भएको छ।

संघको पाँचौं अधिवेशनले हिन्दुकुमार मोक्तानको अध्यक्षतामा नयाँ कार्य समितिको गठन गरेको छ। नयाँ कार्य समितिमा उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः करमसिं तामाङ, चन्द्र पाख्रिन, राजु तामाङ र बिलबहादुर तामाङ हुनुहुन्छ भने सदस्यहरुमा धनकुमार तामाङ, पूर्णिमा तामाङ, संगीत तामाङ र देवराज तामाङ हुनुहुन्छ।

हङकङ तामाङ घेदुङ संघका पूर्व अध्यक्ष खड्का मोक्तानको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन पूर्व सचिव भीमबहादुर तामाङले गर्नु भएको थियो भने संघका सल्लाहकार हेमबहादुर तामाङले स्वागत मन्तव्य प्रकट गर्नु भएको थियो।
कार्यक्रममा नेपाली महासंघका अध्यक्ष हेजेन राईलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 3%
September 20th, 2006
एचकेनेपाल डट कम -
कोरिया चुङ्दो क्वान तेक्वान दो (न्यु जेनेरेशन) ले ताई मो शान कन्ट्री पार्कमा आईतवार बिबिक्यु तथा खेलकुद कार्यक्रम सम्पन्न गरेको छ।

क्लबका अनुसार अभिभावक र क्लवबीच सद्भाव बढाउन उक्त कार्यक्रम आयोजना गरिएको हो। बिबिक्यु पार्टी, डोरी तान्ने, घैटो फुटाउने, केटाकेटीका खेलकुद र नाँचगानका कार्यक्रमहरू समावेश गरिएको थियो। कार्यक्रममा नेपाली महासंघका अध्यक्ष हेजेन राईलगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
क्लवका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतामा क्लवका सहसचिव अधिराज राई ‘प्रकाश’ले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो।


फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 6%
September 14th, 2006
एचकेनेपाल डट कम -
हङकङ कोरिया तेक्वान्दो चुंदोक्वान नेपाली समूहले आफ्ना क्लवका स्व. खेलाडी निरेन्द्रप्रसाद सार्कीको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ।

रबिन नाल्बोले दिनुभएको जानकारी अनुसार हङकङ कोरिया तेक्वान्दो चुंदोक्वान नेपाली समूहले शनिवार प्रशिक्षण हलमा एक अनौपचारिक शोक सभाको आयोजना गरी स्व. सार्कीकी श्रीमती चुङमाया सार्कीलाई क्लवका मास्टर हरि तामाङले क्लवका सदस्यहरुबाट संकलित रकम ७ हजार ३ सय ७९ हङकङ डलर प्रदान गर्नु भयो।
निरेन्द्रप्रसाद सार्कीको गत १७ जुलाईका दिन निर्माणक्षेत्रमा कार्यरत रहंदा बिद्युतीय प्रक्रिया फेल भएको कारण लिफ्टमा दुर्घटना भै मृत्यु भएको थियो। तनहूं जिल्ला सुनधारा गाविस- ३ का स्व. सार्की घरका जेष्ठ सुपुत्र थिए। उनी श्रीमती, ७ बर्षीय छोरा र १० बर्षीया छोरीका साथ चिम सा चुईमा बस्दै आएका थिए।
उनी हङकङ कोरिया तेक्वान्दो चुंदोक्वान नेपाली समूहका डान वान प्राप्त कुशल खेलाडी थिए। उनको मृत्युले मर्माहत भएका क्लवका सहकर्मी सदस्यहरुले एक मिनेट मौनधारण गरी श्रद्धाजलि अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको थियो।
Popularity: 3%
September 13th, 2006
एचकेनेपाल डट कम -
बनना ब्रदर्सद्वारा आयोजित बिच डान्स पार्टी लान ताउ आइल्याण्डस्थित पुइ ओ उ-लल (Ooh La la !) रेष्टुरेण्टमा आइतबार सम्पन्न भयो।
डान्स पार्टीको आयोजना बनना ब्रदर्सका सुरज सुनुवार, सन्तोष लिम्बु, संयोग सुनुवार र सुरेश लिम्बुले गरेका थिए। बिच डान्स पार्टीका डिजेमा हेम र सबिन थिए।




फोटोः राजीव राई / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गरौं।
Popularity: 19%
September 12th, 2006
Previous Posts