Archive for October, 2006

हङकङमा म्हपूजा (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर २३ -
नेवार समाज हङकङको आयोजनामा जोर्डनस्थित इण्डिया क्लवमा म्हपूजा कार्यक्रम सम्पन्न भयो।

गोला प्रथाद्वारा सहभागीमध्ये छनौट भएका १० जनालाई बिधिपूर्वक म्हपुजा गरेको थियो। त्यसबाहेक बाँकी सहभागीहरुलाई टिका -रातो अबीर दहि लावा अक्षता राखि मुछिएको, सयपत्रीको माला, कोखा (काचो धागोमा जरीका रंगबिरंगी कपडा टुक्रा राखिएको माला) पहिराइएको थियो। पूजामा उसिनेको फुल, बारा, सिंगोमाछा, छ्वयला र रक्सी सहितको खेंसगं सगुण र मसलापोका, फलफूल, रोटी आदि सगुणसहित सामुहिक रुपमा म्हपूजा गरिएको थियो।

कार्यक्रमा समाजका अध्यक्ष शिव प्रधानबाट उपस्थित सबैलाई स्वागत गरी नेपाल सम्बत् ११२७ नव बर्षको भिन्तुना शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई, नेपाली महासंघका अध्यक्ष हेजेन राईसमेतको उपस्थिति रहेको थियो। सोही अवसरमा पूर्व अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सचिव ब्रजेशमान सिंह, सदस्य गंगा शाक्य, सल्लाहकार शिवलाल श्रेष्ठले भिन्तुना व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा तम्बोला पनि खेलाइएको थियो भने सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरिएको थियो।

फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहां क्लिक गर्नुहोस्।

Popularity: 4%

7 comments October 30th, 2006

पर्बत पैंयूँखोला समाजको देउसी तथा भैलो (+Photo)

एचकेनेपाल डट कम सम्वाददाता, अक्टोबर २१ -
दिपावली २०६३ को उपलक्ष्यमा पर्बत पैंयूँखोला समाज हङकङले चिम सा चुइस्थित संगीत रेस्टुरेण्टमा देउसी तथा भैलो कार्यक्रम सम्पन्न गरेको छ।


आफ्नो गाउँघर र पाखाहरुको झझल्को जगाउने गाउँले ठेट पाराले देउसी तथा भैलो खेल्न निणर्यानुसार समाजका अध्यक्ष ठाकुरप्रसाद गुरूङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा समाजका भूपु सल्लाहकार तथा संस्थापक गजबहादुर गुरुङद्वारा बन्द ब्यानर खोलि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रमको संचालन समाजका भूपु अध्यक्ष तथा कानूनी सल्लाहकार राम गुरुङले गर्नुभएको थियो। स्वागत मन्तव्य दिने क्रममा समाजका सचिब खुमकुमार गुरुङले समाजको आवश्यकतामाथि प्रकाश पार्नुहुँदै समाजबाट भए गरेका सम्पूर्ण कार्यहरुको बिश्लेषण गर्नुभएको थियो।


कार्यक्रमको आकर्षण देउसी भैलो थियो। थालीमा अक्षता, फूलमाला, रङ्गीबिरङ्गी रङहरुले सजिएको दियो बालेर समाजकी महिला कलाकार सक्रिय सदस्य शिलु गुरुङको हातबाट दियो बालेर देउसीको शुरुवात गरिएको थियो। देउसी तथा भैलो कार्यक्रम सम्पन्न गर्न एक उप समिति गठन गरिएको थियो जसको संयोजक, सह संयोजक तथा सदस्यहरुमा क्रमशः राम गुरुङ, यामकुमार थापा, पूणिमा गुरुङ, बबिता राना, प्रेमकला गुरुङ, शुकु गुरुङ, किरण गुरुङ, टुकप्रसाद गुरुङ, यामप्रसाद गुरुङ, भबिचन्द्र सेन तथा बाल कलाकारहरुमा प्रिया र निशा गुरुङ थिए।

समाजका सदस्यहरुको बिशेष सहयोगमा समाजले आयोजना गरेको पहिलो पटकको देउसी तथा भैलो कार्यक्रममा राम्रो आर्थिक संकलन गर्न सफल भएको छ।


थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

5 comments October 29th, 2006

भवनको २० तलाबाट खस्दा खुट्टा गुम्यो (News update)

एचकेनेपाल डट कम, अक्टोबर २१ -
नेपालीको महान चाड तिहारको लक्ष्मी पूजाका दिन जोर्डनस्थित जोर्डन फेरी (काउलुन स्टेशन फेस- 7) को ११८ तलाको निर्माणाधिन भवनबाट खसी गम्भीर दुर्घटनामा परेका तीर्थ पुनले एउटा खुट्टा गुमाएका छन्।


जोर्डनस्थित क्वीन एलिजावेथ अस्पतालमा उपाचरत पुनले दायाँ घुंडामनिको खुट्टा गुमाएका छन्। २० तलाबाट खस्दा शरीरको भागबाट खुट्टा छुट्टिएर उछिटिएको अवस्थामा भेटिएको बताइन्छ। शरीरबाट अलग्गिएको दाहिने खुट्टा अस्पताल लगिए पनि काम नलाग्ने भएपछि नजोडेको पारिवारिक स्रोतले बताए। वायाँ हातसमेत भाँचिएका पुनको स्वास्थ्यमा सुधार आइ रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

जोर्डनस्थित क्वीन एलिजावेथ अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका तीर्थ पुन, साथमा उनकी श्रीमती पवित्रा पुन। “भाग्यले बाँच्नु भो”।

पर्वत घर भै तनहुंको दुले गौडाबासी ४१ बर्षीय तीर्थ पुन काम गर्ने क्रममा निर्माणाधिन भवनको २० तलाबाट खसी दुर्घटनामा परेका परेका थिए।

२० तलाबाट खसेर ७ तलामा अडि्कएको पुनलाई तत्काल उद्घारकर्मी र साथीभाइको सहयोगमा उद्घार गरिएको थियो। निर्माणाधिन अवस्थामा रहेको उक्त भवन ११८ तलाको बनाइने भए पनि अहिले ४८ तलासम्म पुगेको बताइन्छ।

पुन समाज हङकङका उपाध्यक्षसमेत रहेका पुन सोही भवनमा स्टील फिक्सरको रुपमा काम गर्दै आएका थिए। सन हुमकाई मुख्य कन्ट्रयाक्टर रहेको र उनी हो ताउ सब कन्ट्रयाक्टरमा कार्यरत रहंदै आएको बताईन्छ।

घाइते पुनको जोर्डनस्थित क्वीन इलिजावेथ अस्पतालमा उपचार भैरहेको छ।

श्रीमती पवित्रा पुनसंग याउ मा तेइमा बस्दै आएका पुनका १५ र १२ बर्षीय दुई छोराहरू नेपालमा छन्।
(Last updated: 14:25 HKST 27-10-2006)

फोटोः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।


Popularity: 8%

62 comments October 28th, 2006

देवीघाट राफल चिठ्ठाको नतिजा

एचकेनेपाल डट कम, अक्टोबर २७ -
गैर आवासीय नेपाली संघ (एनआरएन) हङकङले देवीघाट राफल चिठ्ठाको नतिजा आज मात्र एचकनेपाल डट कमलाई उपलव्ध गराएको छ।


अक्टोबर १५ मा सम्पन्न एनआरएन डेमा नै खुलेको अनुमान गरिएको राफल चिठ्ठाको नतिजामा ७ जना भाग्यशाली विजेताहरु छन्। ७ जना भाग्यशाली विजेतामध्ये ४ जना मकाउका रहेका छन्।

प्राप्त जानकारी अनुसार मकाउका दीपक मण्डलले प्रथम भाग्यशाली उपहार जितेका छन्। मण्डलले हङकङ - काठमाडौं - हङकङ, नेपाल एयरलाइन्सको इकोनोमी क्लासको एउटा हवाई टिकट जितेका छन्।

देवीघाट राफल चिठ्ठाको नतिजा निम्न प्रकारका छन् -
सान्त्वना पुरस्कार विजेताः सिद्दीक थापा - मिड लेभल्स सेन्ट्रल, टिकेट नं. ५७१
यति एयर लाइन्सको हवाई टिकट - काठमाडौं पोखरा काठमाडौं वा काठमाडौं बीरगञ्ज काठमाडौं

छैटो पुरस्कार विजेताः रीता गुरुङ - मकाउ, टिकट नं. ५८६
यति एयर लाइन्सको हवाई टिकट - काठमाडौं पोखरा काठमाडौं वा काठमाडौं बीरगञ्ज काठमाडौं

पाँचौं पुरस्कार विजेताः अशोक श्रेष्ठ - सोहो सेन्ट्रल, हङकङ, टिकट नं. ५७९
केनोन डिजीटल क्यामरा

चौथो पुरस्कार विजेताः विनायक - ग्र्याण्ड वाल्डो, मकाउ, टिकट नं. ६६४
नोकिया क्यामरा फोन

तेस्रो पुरस्कार विजेताः पासबहादुर गुरुङ - काम होइ सान, टिकट नं. २४१
गोल्ड क्वाइन

दोस्रो पुरस्कार विजेताः कुमार थापा - मकाउ, टिकट नं. ४४९
गोल्ड क्वाइन

पहिलो पुरस्कार विजेताः दीपक मण्डल - ग्र्याण्ड वाल्डो, मकाउ, टिकट नं. ६८४
नेपाल एयरलाइन्स हवाई टिकट इकोनोमी क्लास - हङकङ काठमाडौं हङकङ।

Popularity: 3%

Add comment October 27th, 2006

पोखरेलीहरुको जमघटः पोखरेली झ्याल (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर २२ -
हङकङमा रहेका पोखरेलीहरु मङकी हिलस्थित कन्ट्री पार्कको रमाइलो जमघटमा एक साथ सरीक भए। मितेरी सेवा समिति पोखरा हङकङले पोहोर परार झैं यो बर्ष पनि पोखरेली झ्यालको आयोजना गर्‍यो र पोखरेलीहरुलाई भेला गराई पोखरेली एकताको नमूना पेश गर्‍यो।


तिहारको अवसरमा पोखरेलीहरु एकै ठाउंमा भेला भै खुशी र आनन्दले शुभकामना आदान प्रदान गरे। बालबालिका, युवा बृद्ध सबैको उपस्थितिले मंकी हिलको जंगलभित्रको कन्ट्री पार्क धपक्कै ढाकिए। उनीहरुले त्यतिबेला आफ्ना संस्कृति र परम्परालाई सम्झिए। नेपाली र पोखरेली हुनुको परिचय दिए।

बिबिक्यु पार्टी, खेलकुद कार्यक्रम, डान्स पार्टीलगायत मनोरञ्जनात्क कार्यक्रमहरुमा आफूलाई सहभागी गराएर पोखरेलीले आफू विदेशमा नभै नेपालमा रहेको अनुभूति गरे।

कार्यक्रममा कार्यवाहक महावाणिज्यदुत हेमलाल भट्टराईको प्रमुख आतिथ्य रहेको थियो। विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको पोखरेली झ्याल कार्यक्रमको अध्यक्षता समितिका उपाध्यक्ष तुलसीकुमार गुरुङले गर्नु भएको थियो। एकबहादुर गुरुङको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई प्रेम गुरुङले सञ्चालन गर्नु भएको थियो।

कार्यक्रममा विशेष अतिथि भएर आएका वान चाई डिस्ट्रिकका पुलिस इन्सपेक्टर सेम्मी कामले नेपाली कार्यक्रममा उपस्थित हुन पाएकोमा खुशी व्यक्त गरे। सांस्कृतिक सम्पदाले धनी हङकङ शान्तिपूर्ण समाजको रुपमा विकास हुदै गएको धारणा राखे। हङकङ पुलिस जहिल्यै सामुदायिक सम्बन्धप्रति सम्बेदनाशील रहंदै आएको बताउंदै नेपाली समुदायसंग सहकार्य गरी यहाँका अल्पसंख्यक जातिबीच सामन्जस्यता बढाउने दृढता व्यक्त गरे।

आफ्ना कला र गलाले पोखरालाई चिनाउनेमध्ये एक जना गायक पनि त्यही हूलमा सामेल थिए। उनको स्वरले केही बेर पहाडी जंगल गुञ्जायमान भयो। धेरै बर्ष र समयहरुमा ओझिलिएका नेपथ्यका संस्थापकमध्येका एक सदस्य तथा चर्चित गायक रोबिन श्रेष्ठलाई आफ्नो माझ पाउंदा पोखरेलीहरु खुशीले गदगद हुंदै उनका स्वरमा स्वर, तालमा ताल मिलाउंदै झुम्नसम्म झुमे।


अतिथि कलाकारको रुपमा आएका रबिनले मनसुन भिजनको निर्माणमा तयार भएको कृष्ण गुरुङ र प्रकाश गुरुङका लोक दोहोरी गीतको म्युजिक भिडीयो विमोचन गर्न पनि भ्याए। विविध सांस्कृतिक कार्यक्रममा स्थानीय कलाकारहरु राजु गुरुङ, तीर्थ गुरुङ, हषिर्त आले, श्रीप्रसाद गुरुङ, अनुप गुरुङ, सब्बु, क्रिश्टिना लिम्बु आदि थिए।

डोरी तान्ने प्रतियोगितामा सदा झै यस बर्ष पनि पुन क्लव हङकङ प्रथम भएको छ भने वान चाई पुलिस टिम द्धितीय र पोखरेली झ्याल टिम तृतीय भएका छन्।

द्येउसी भैलोको गीत, नाङ्लामा दक्षिणा र बत्ती, आशिर्वाद र शुभकामनाको आदनप्रदान गर्दै कार्यक्रमको अन्त डिजे डान्सबाट भएको थियो, डिजेमा राम गुरुङ र उनका सहयोगी सुरेश राना थिए। डिजे डान्सको मस्तीसंगै यस पटकको पोखरेली झ्याल सम्पन्न भएको थियो।

फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

17 comments October 27th, 2006

हङकङमा देवकोटा जयन्ती (+Photo)

देवराज राई / एचकेनेपाल डट कम, अक्टोबर २२ -
हङकङ नेपाली कला मन्दिर तथा पीके कलेजको नेपाली विभागको संयोजनमा नेपाली विधार्थीवर्गमा नेपाली भाषा र साहित्यको अध्ययन र संस्कृतिप्रतिको अभिरुचि अझ गहिर्‍याएर लैजाने उद्देश्यले २२ अक्टोबर आइतबारका दिन पीके कलेजको सभाहलमा हङकङका कवि साहित्यकार, शिक्षक, लेखक, पत्रकारहरु तथा विभिन्न विद्यालयका विधार्थीहरुको उपस्थितिमा नेपाली साहित्यका हस्ति महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती भब्यरुपमा मनाइएको छ।




पीके कलेज नेपाली विभाग प्रमुख चुरावहादुर थापाको सभापतित्वतामा सम्पन्न भएको उक्त ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती २००६’ नामक कार्यक्रममा पीके कलेजका विधर्थीहरुले मुनामदनको एक अंश लाई गीति नाटकको रुपमा प्रस्तुत गरेका थिए । नेपाली भाषा साहित्य हङकङेली माटोमा फलाउने - फुलाउने अभियोजनालाई टेवा पुर्‍याउन विगत केही वर्षेखि नियमित आयोजना हुँदै आएको उक्त जयन्ती समारोहमा हङकङका साहित्यकार तथा लेखक एवं हङकङका सरकारी विद्यालयहरुमा नेपाली विषय लिई अध्ययानरत स-साना विधार्थीहरुले कविता श्रृजना गरी सुनाएका थिए।

उल्लेख्यमात्रामा नेपालीहरुको उपस्थिति रहेको सो कार्यक्रममा पीके कलेजका अलवा पीएच केन्द्रीय प्राथमिक विद्यालय, टीके प्राथमिक विद्यालय, सर कादुरी माध्यमिक विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए । हङकङ नेपाली कला मन्दिरका अध्यक्ष तथा विभिन्न विद्यालयहरुमा नेपाली भाषालाई अध्यापन गराउनकालागि संर्घषरत एकराज राईले ‘जयन्ती कार्यक्रम: सन्दर्भ हङकङेली नेपाली समाजको स्थापिति’ का विषयमा बोलेपछि शुरु भएको सो जयन्ती समारोहमा मुनामदन तथा देवकोटाका कृति, मुनामदनको कथाव्याथा, मुनामदनको पुनःराविष्करण एवं देवकोटामा समर्पित कविताहरु प्रस्तुत गरिएका थिए।


पीके कलेजकी र्फम- २ मा अध्ययनरत सुप्रिया गुरुङद्वारा निर्देशन गरिएको मृत्युअघि मदनको इश्वरप्रतिको प्रतिवादलाई कृष्ण थापा र अनिता गुरुङले मार्मिक ढंगले प्रस्तुत गरेका थिए। सो कार्यक्रममा कवि नारायण रतन्छाली अर्थात हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईले समेत कविता सुनाएका थिए। एभरेष्ट साप्ताहिक पत्रिकाका सम्पादक किसन राई, लेखक कमल प्रसाद पौड्याल, कथाकार चन्द्रदुमी राई, कवि टंक साम्बाहाम्फे, प्रदिप कन्दङ्वा, पीएच केन्द्रीय प्राथमिक विद्यालय प्यारेण्ट टिचर्स एशोसिएशनका उपाध्यक्ष रत्न खिम्दिङ, पीके कलेजका अभिभावक लोकराज राईले समेत कार्यक्रममा सम्बोधन गरेका थिए।

हङकङ नेपाली कलामन्दिरका उपाध्यक्ष अमोद राई कार्यक्रम संयोजक रहनु भएको सो कार्यक्रमको विधार्थी संयोजनको जिम्मेवारी पीके कलेजका शिक्षक विमल गुरुङले गरेका थिए। सो कार्यक्रमको संचालन पीएच केन्द्रीय प्राथमिक विद्यालयका शिक्षक देवराज राई तथा पीके कलेजकी सुप्रिया गुरुङ र राहुल लिम्बूले गरेका थिए। आगामी दिनहरुमा पनि नेपाली समाज स्थापनामा सहयोग पुग्ने महान नेपाली हस्तिहरुको जयन्ती मनउदै लैजाने कला मन्दिरले जनाएको छ।

फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

6 comments October 24th, 2006

तमु ट्हो ह्युलको देउसी भैलो (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर १५ -
तमु ट्हो ह्युल हङकङले नेपालीको महान चाड तिहारको उपलक्ष्यमा देउसी भैलो कार्यक्रम जोर्डनस्थित नाँचघरमा सम्पन्न गरेको छ।



तमु ट्हो ह्युलका अध्यक्ष हङकङ बाहिर रहेको बेला आयोजित कार्यक्रममा कोषाध्यक्ष हितमान गुरुङले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो। देउसी भैलो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाली महा संघका अध्यक्ष हेजेन राई उपस्थित रहनुभएको थियो।


महिला तथा पुरुषहरुको समान उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय लोक तथा दोहोरी गायक देव गुरुङका एक टोलीले देउसी भैलोका गीत प्रस्तुत गरेका थिए।

संस्थाको लागि आर्थिक संकलन गर्न देउसी भैलोको कार्यक्रम आयोजना गरिएको आयोजकका तर्फबाट हितमान गुरुङले बताउनु भयो। उहाँले कार्यक्रममा बोल्नु हुदै संस्थालाई आर्थिकरुपले सबल बनाउन सम्भव भएसम्म सबै तमुहरुलाई निमन्त्रणा गरेको जानकारी दिनु भयो।

कार्यक्रममा उपस्थित भएकाहरुले व्यक्तिगत तथा संस्थागततवरले तमु ट्हो ह्युल हङकङलाई आफ्नो इच्छा अनुसार सहयोग रकम देउसी भैलोको दक्षिणास्वरुप प्रदान गरेका थिए।

फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

Add comment October 22nd, 2006

दीपावलीको शुभकामना (Greetings)

दीपावलीको शुभकामना -
दिपावलीको उपलक्ष्यमा सुख, शान्ति र मंगलमय शुभकामना !
दिपावली सुखमय बनोस्!

एचकेनेपाल डट कम परिवार, हङकङ


दिपावलीको शुभकामना कार्ड आफ्ना प्रियजनलाई पठाउंन यहाँ क्लिक गर्नुहोस्।

Popularity: 9%

56 comments October 21st, 2006

एनआरएन डे सम्पन्न (+Photo)

एचकेनेपाल डट कम, अक्टोबार २० -
गैर आवासी नेपाली संघ (एनआरएन) हङकङले आइतबार चिम सा चुइस्थित आरजे’एस नर्थ चाइना बेजिङ रेष्टुरेण्टमा एनआरएन दिवस सम्पन्न गरेको छ।



कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईको प्रमुख आतिथ्य र नेपाली महासंघका अध्यक्ष हेजेन राईको विशेष आतिथ्यमा सम्पन्न एनआरएन दिवसको अध्यक्षता संघका अध्यक्ष यमकुमार गुरुङले गर्नु भएको थियो।



कार्यक्रममा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य गणेश इजम संयोजक रहनुभएको एक टोलीले कार्यपत्र प्रस्तुत गरिएको थियो। इजमले कार्यपत्रमा दोहोरो नागरिकताको मागको सान्दर्भिकताकाबारे वक्तव्य प्रस्तुत गर्नुभएको थियो।

सोही अवसरमा वरिष्ठ संगीतकार दिनेश सुब्बा, धन थापा र बिद्या राईको एक संगीत टोलीले सांगितिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा एनआरएन दिवसको अवसर पारी आयोजना गरिएको फस्ट एनआरएन बोउलिन प्रतियोगिताका विजयी खेलाडी तथा एनआरएन निकट सहयोगी तथा सुभेच्छुकहरुलाई प्रमाण पत्र, पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको थियो।

फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।
थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

4 comments October 20th, 2006

चिनियाँ भाषा प्रतियोगितामा प्रिन्सेस र लाल विजयी (+Photo)

एचकेनेपाल डट कम, अक्टोबर १५ -
हङकङ एकीकृत नेपाल समाजद्वारा आयोजित चिनियाँ (क्यान्टोनिज) भाषा प्रतियोगितामा प्रिन्सेस गुरुङ र लालबहादुर गुरुङ विजयी भएका छन्।


बालबालिका तथा युवाहरु गरी २१ जना प्रतियोगीहरु सहभागी रहेको चिनियाँ (क्यान्टोनिज) भाषा प्रतियोगितामा बालबालिकातर्फ प्रिन्सेस गुरुङ, अस्मिता गुरुङ र मिक्की गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्। युवाहरुतर्फ लालबहादुर गुरुङ, क्षत्रबिक्रम सुनार र दीपा क्षेत्री क्रमशः प्रथम, द्वितीय र तृतीय भएका छन्।

प्रिन्सेस गुरुङले प्रतियोगीहरुमध्ये सर्वोत्कृष्ट ८८ प्रतिशत अंक प्राप्त गरी प्रथम भएकी थिइन् भने उनकी प्रतिद्वन्दी अस्मिताले ८३.५ प्रतिशत अंक प्राप्त गरी द्वितीय भएकी थिईन्। युवातर्फ विजयी भएका लालबहादुरले ७५.७५ प्रतिशत अंक प्राप्त गरेका थिए।



कलेज तथा विद्यालयका चिनियाँ भाषाका शिक्षकहरु निर्णायक रहेका उक्त प्रतियोगितामा होम अफेयर्स ब्युरोका सिनियार प्रोग्राम अफिसर शिर्ली चान, विभिन्न क्षेत्रका अधिकारीहरुलगायत नेपाली महासंघका अध्यक्ष हेजेन राई अतिथिका रुपमा उपस्थित थिए।


प्रतियोगिता कार्यक्रम समाजका अध्यक्ष बुद्धिबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष सुरेन्द्र ढकालको स्वागत मन्तव्य र महासचिव अशोक गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो।

होम अफेयर्स ब्युरोको प्रायोजनमा सम्पन्न यो प्रतियोगिता अल्पसंख्यक जातिको रुपमा रहेका नेपाली समुदायलाई चिनियाँ भाषा अध्ययनका लागि प्रोत्साहित तुल्याउने उद्धेश्यले आयोजना गरिएको थियो।

फोटोः कुलप्रसाद गुरुङ ( नेपालपोष्ट ओभरसिज) / एचकेनेपाल डट कम।
थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

6 comments October 19th, 2006

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2006
M T W T F S S
« Sep   Nov »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category