Archive for December, 2006
एचकेनेपाल डट कम, डिसेम्बर ३० -
भाषा साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै यसैको आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्य सहित वर्षो अन्तिम सप्ताहलाई (२५ दिसम्बरदेखि ३१ दिसम्बर) नेपाली भाषा साहित्य संस्कृति सप्ताहको रुपमा मनाउन पोहर सालदेखि शुरु गरेको हङकङ नेपाल कला मन्दिद्वारा यसपालि पनि विविध कार्यक्रमहरुको आयोजना गरियो।
.jpg)
दिसम्बर २५ तारीखका दिन ठूलो जनसहभागिता रहेको नेपाली समूहले नेपाली पहिरनमा नेपाली गीत, नृत्य तथा भावभंगीहरु गर्दै युनलङ नगरपरिक्रमा गरी युनलङ टाउनहलमा गई विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी शुभारम्भ भएको नेपाली भाषा साहित्य संस्कृति सप्ताहको अन्तिम दिन अर्थात दिसम्बर ३१ तारीखका दिन युनलङ थियटरमा अल्पसंख्यक जातिहरुकालागि यसै वर्ष देखि हङकङ सरकारबाट डेजिगनेटेड स्कूलको रुपमा निर्धारण गरिएको सरकारी विद्यालयहरुमा नेपाली विषय लिई अध्ययान गरी रहेका नेपाली विद्यार्थीहरुको संलग्नतामा नेपाली भाषा संम्बन्धी कार्यशिविर सम्पन्न गरी सप्ताहको अन्त्यौली गरियो।
.jpg)
उक्त कार्यक्रममा उपस्थित विद्यार्थीहरु तथा अभिभावकहरुलाई नेपाली गीत संगीतको उद्भव यसको विकासक्रमका बारेमा प्रवचन दिनु भएको भएको थियो। उहाँलाई गीतकार शिव प्रधान, गायक विजय गुरुङ, वाद्यवादक रमेश राई र गायक वीरवहादुर थापाले समेत सहयोग गर्नु भएको थियो। कार्यक्रममा मित्रसेनदेखि अम्बर गुरुङसम्म चर्चा गरियो र नेपाली संगीतकाशमा कोशेढुंगाको रुपमा रहेका गीतहरु प्रस्तुत गरिएको थियो। सो कार्यक्रममा हङकङ नेपलिज फाउण्डेशनका अध्यक्ष एकराज राईले नेपाली गीतसंगीतमा नेपाली भाषा र साहित्यको प्रयोग र वर्तमान अवस्थाका बारेमा चर्चा गर्दै विद्यार्थीहरुलाई सहज बनाइदिनु भएको थियो।
.jpg)
कार्यशिविरमा विद्यार्थीहरुले भाषिक सीप, शब्दचोच्चरण, बोध, व्याकरण, शब्दभण्डार विकास लगायतका विविध क्षेत्रका बारेमा चर्चा गरेका थिए। कार्यक्रमको प्रारम्भमा विद्यार्थीहरुले आफैले सृजना गरेका कविताहरु पाठ गरेका थिए। कार्यक्रममा र्सवाधिक नेपाली विद्यार्थीहरु संलग्न पीके कलेज, पीएच केन्द्रीय प्राथमिक विद्यालय, सर एलिस कादुरी स्कूल, तुनकुन प्राथमिक विद्यालयका विद्यार्थीहरुले सहभागीता जनाएका थिए।
.jpg)
दिसम्बर २७ तारीखका दिन हङकङका प्राय सबै नेपाली लेखक, कवि, कलाकारहरुको तस्बिर एवं हालसम्म हङकङबाट प्रकाशित सबै नेपाली लेखकहरुका कृतिहरु प्रदर्शनी गरेको थियो। सोही दिन हङकङेली नेपाली साहित्यको उद्भव, विकास र यसको वर्तमान स्थितिका बारेमा बिचारबिमर्श भएको थियो। युनलङ थिएटरमा सम्पन्न भएको उक्त र्सजक र सिर्जना कार्यक्रममा यहाँ रहेका साहित्यकार पत्रकारहरुले सहभागिता जनाएका थिए। हङकङमा रहेका नेपाली विधार्थीहरुले साहित्यकारहरुका तस्बिरहरु र उनीहरुका कृतिहरुको अवलोकन गरेका थिए।
हङकङ नेपलिज फाउण्डेशनको संयोजकत्वमा सम्पन्न भएको नेपाली भाषा सहित्य सप्ताहको पहिलो दिन हङकङमा रहेका शिक्षक, विधार्थी, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधि, कलाकार, पत्रकार तथा र्सवसाधारणहरुले नेपाली पोसाक लगाई, सयपत्री फूल, कलस, मादल, बाँसुरी, ढोल बोकी परिक्रममा सहभागी भएका थिए। कार्यक्रममा युनलङ डिष्ट्रिक अफिसर मार्क ईप सिङ, युनलङ पुलिस कमिशनार बीजे स्मिथ लगायतका व्यक्तिहरु सहितको झाँकीले होनलोक रोड, काइयुक रोडहुँदै युनलङ टाउनहलसम्म परिक्रमा गरेको थियो। परिक्रमा पछि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो।
सांस्कृतिक कार्यक्रममा शिव प्रधान, टोपराज तामाङ, बिजय गुरुङले नेपाली गीतहरु प्रस्तुत गरको सो कार्यक्रममा नेपाली नृत्यहरु समेत प्रस्तुत गरिएको थियो। सो सांस्कृतिक कार्यक्रममा युनलङ क्षेत्रका पुलिस कमिशनार बीजे स्मिथ, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई, शिव प्रधान, नेपाली महासंघका महासचिव हेम लिम्बू, कमला खप्तावली, एकराज राई र अमोद राईले सम्बोधन गरेका थिए।
.jpg)
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 5%
December 31st, 2006
एचकेनेपाल डट कम, डिसेम्बर १७ -
लिम्बुहरुको महान चाड चासोक तङनाम आइतबार मंकी हिल, हङकङमा सम्पन्न भएको छ।
.jpg)
किरात याक्थुङ चुम्लुङ हङकङद्वारा आयोजित कार्यक्रममा सरीक भएर यहाँका लिम्बुहरुले आफ्नो जातिय चाड मनाएका हुन्। कार्यक्रममा पराम्परागत नाँच गानका साथै बिबिक्यु पार्टीको आयोजना भएको थियो।
.jpg)
हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईको आतिथ्यमा भएको उक्त कार्यक्रमको अध्यक्षता किरात याक्थुङ चुम्लुङका अध्यक्ष ज्ञानु माङयुङ लिम्बुले गर्नुभएको थियो। चुम्लुङका सचिव ज्ञानु मेन्याङ्वोद्वारा सञ्चालित कार्यक्रममा सहकोषाध्यक्ष गीता पालुङ्वाले स्वागत मन्तव्य दिनुभएको थियो।
.jpg)
विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अथितिका रुपमा उपस्थित भएका त्यस कार्यक्रममा महासंघका अध्यक्ष हेजेन राई, आदिवासी जनजजाति महासंघ हङकङका महासचिव भूपेन्द्र चेम्जोङलगायतले नयाँ बर्षको शुभकामना दिनु भएको थियो।
.jpg)
फोटोः जगत अम्बु गुरुङ/ एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 7%
December 18th, 2006
एचकेनेपाल डट कम, डिसेम्बर १३ -
इक्वयल ओपर्च्युनिटीज् रेस फण्डिङ स्किमको प्रायोजनमा बुधबार मल्टीकल्चरल एण्ड इन्टरनेशनल फुड फेस्टिबल इक्जिबिक्सन काउलुनस्थित कुन्तोङमा सम्पन्न भयो।
कार्यक्रममा नेपाली समुदायका प्रतिनिधि तथा विद्यार्थीहरुले समेत सहभागिता जनाएका थिए। सहभागी नेपाली टोलीले नेपाली संस्कृति झल्किने झांकी तथा नृत्यहरु प्रस्तुत गरेका थिए।
सबै फोटोहरू कार्यक्रममा सहभागी बिद्यार्थीहरुले खिचेका हुन्।




थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 6%
December 15th, 2006
देबराज राई / एचकेनेपाल डट कम -
किरात राईहरुको चाड ‘साकेला २००६ उद्यौली’ को उपलक्ष्यमा सम्पन्न भएको साकेला सिली प्रतियोगितामा भोजपुर समाज सेवा समितिले यस वर्ष आफूलाई उत्कृष्ट बनाउन सफल भएको छ। १० डिसेम्बर २००६ का दिन ताइमोशान कण्ट्रि पार्कमा आयोजना भएको उक्त प्रतियोगितामा खोटाङ समाज हङकङ दोस्रो तथा किरात राई चाम्लिङ खाम्बातिम तेस्रो स्थान हासिल गरेको थियो।
साकेला सिलीका भिडीयो झलकहरूः
भिडीयो झलकहरू हेर्न माथिको प्ले बटनमा क्लिक गर्नुहोस्।
हङकङमा रहेका विभिन्न ५ वटा संस्थाहरुको सहभागितामा सम्पन्न भएको उक्त प्रतियोगितामा फियोना हङकङ र बृहस्पति सौगात समूह पराजित भएका थिए। विजयी समूहरुलाई नगद पुरस्कार क्रमशः ४ हजार, ३ हजार र २ हजार हङकङ डलर पुरस्कार राशी सहित ट्रफी तथा प्रमाण-पत्र प्रदान गरिएको थियो।
.jpg)
.jpg)
किराया हङकङका अध्यक्ष नरहाङ राईको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा सहित्यकार तथा शिक्षासेवी गणेशवहादुर राई प्रमुख अतिथिको रुपमा उपस्थिति हुनुभएको थियो। उक्त कार्यक्रममा जनजाति महासंघका महासचिव भुपेन्द्र चेम्जोङ, हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई, किरात राई यायोक्खा नेपाल सुनसरी जिल्ला समन्वय समितिका सदस्य शशिमदन राई, रणध्वज राई लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित हुनुभएको थियो।
.jpg)
किराया हङकङका उपाध्यक्ष गेनप्रसाद राईले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको सो कार्यक्रममा प्रमुख अतिथि गणेशवहादुर राई, भुपेन्द्र चेम्जोङ, शशिमदन राई लगायत महानुभावहरुले समेत मन्तव्य ब्यक्त गर्नु भएको थियो।
.jpg)
.jpg)
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 8%
December 12th, 2006
एचकेनेपाल डट कम-
आन्तरिक विवादको कारण स्थगित रहेको मगर संघ हङकङको आइतबार सम्पन्न पाँचौं अधिवेशनले नयाँ नेतृत्वको चयन गरेको छ।
गत सेप्टेम्बर उद्घाटन सत्रपछि शुरु भएको बन्द सत्रमा संघको विधानका केही बुंदाहरुमा सहमति हुन नसक्दा अधिवेशन नै स्थगित बन्न गएको थियो। तनावपूर्ण स्थितिमा सम्पन्न हुन नसकेको अधिवेशन स्थगित भएको झण्डै ३ महिनापछि हिजो पुन पाँचौ अधिवेशन सम्पन्न भएको हो।
संघको नयाँ नेतृत्वको लागि मतदान प्रक्रियालाई अवलम्बन गरिएको थियो। संघभित्र दुई पक्षबीच मतदान भएकोमा नेत्र पहराई मगर पक्षले विजय हासिल गरेको छ। नेत्र पहराईको पक्षमा १८० मत खसेको थियो भने प्रेम गलामी मगरको पक्षमा १०२ मत खसेको थियो।
स्रोतका अनुसार नयाँ कार्य समितिमा नेत्र पहराई मगरको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति गठन भएको छ। बिधान अनुसार १५ सदस्यीय कार्यसमिति हुनु पर्नेमा रिक्त दुई पदमा महिला सदस्यलाई राखि पद पूर्ति गरी पूर्णता दिने भएको छ।
त्यसै गरी उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः फिरोज राना मगर, थलबहादुर श्रीस मगर, यामबहादुर थापा मगर र पूर्णबहादुर राना मगर विजयी हुनु भएको छ भने सदस्यहरुमा टंक राना मगर, हर्क राना मगर, खडकराज थापा मगर, ज्ञानुराम थापा मगर, जुद्ध थापा मगर, धनबहादुर पुन मगर, बुद्धिबल पुन मगर र भगवती राना मगर रहनुभएको छ।
अधिवेशन सम्पन्न भै सके पनि मगर संघभित्रको विवादको अन्त्य भै सकेको छैन। त्यसको लागि विधानमा रहेका केही बुंदाहरुमा संशोधन गरिनु पर्ने नव निर्वाचित अध्यक्ष नेत्र पहराई मगर बताउंनु हुन्छ। यसको लागि बिधान मस्यौदा समितिलाई जिम्मेवारी दिई बिधानभित्र प्राविधिक रुपले वा गल्तिबश भएका त्रुटीहरु सच्चिएपछि उत्पन्न विवादको अन्त्य हुने बताउंदै त्यससम्बन्धि यथासम्भव चाँडो पहल गरेर विशेष सम्मेलनमा प्रस्तुत गरिने जानकारी दिनुभएको छ।
Popularity: 6%
December 12th, 2006
एचकेनेपाल डट कम, सम्वाददाता, डिसेम्बर ६ -
विश्व दूरसञ्चार सम्मेलन - २००६ मा सहभागी हुन हङकङ आइपुग्नु भएका सूचना तथा सञ्चारमन्त्री दिलेन्द्रप्रसाद बडूले बुधबार हङकङका नेपालीसंग भेटघाट गर्नुभयो।

“विश्व दूरसञ्चार सम्मेलन - २००६” मा सहभागी हुन हङकङ आइपुग्नु भएका सूचना तथा सञ्चारमन्त्री दिलेन्द्रप्रसाद बडू बुधबार हङकङका नेपालीसंग भेटघाट गर्ने क्रममा। फोटोः जगत अम्बु गुरुङ /एचकेनेपाल डट कम, ६ डिसेम्बर २००६।
अन्तर्राष्ट्रिय दूरसञ्चार आयोजक र चीन सरकार सह-आयोजक रहेको चार दिने विश्व दूरसञ्चार सम्मेलनमा भाग लिन उहाँ हङकङ आइ पुग्नु भएको हो।
नेपाल सरकारको प्रवक्ता समेत रहनु भएका मन्त्री बडू हङकङ भ्रमणको बेला यहाँका नेपालीसंग भेटघाट कार्यक्रममा सरीक हुनुभएको थियो।
उहाँले नेपाली जनसम्पर्क समिति हङकङद्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्नु हुंदै नेपालको वर्तमान राजनैतिक विषय बस्तुमाथि केन्द्रीत रही नेपाल नयाँ दिशाबाट अगाडि बढेको उल्लेख गर्नुभयो। जनआन्दोलनको बेला हङकङमा रहेका नेपालीबाट भएको नैतिक सहयोग, सद्भावना र ऐक्यबद्धताप्रति उहाँले खुशी व्यक्त गर्नुभयो। माओवादी र सातदलबीच भएको शान्ति सम्झौताले माओवादीलाई राजनीतिको मूलधारमा ल्याएको उल्लेख गर्नुहुदै अब माओवादीले अन्तर्राष्ट्रिय स्तरमै ब्रि्रेको आफ्नो छविमा सुधार ल्याउने कुरामा आफू विस्वस्त रहेको बताउंनु भयो।
भेटघाट कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफमा मन्त्री बडूले भन्नु भयो द्वैध नागरिकता सम्बन्धि नेपालमा समेत समस्या रहेको बताउंदै दोहोरो नागरिकताको सवालमा छलफल हुन बाँकी रहेको बताउंनु भयो। त्यसैगरी अहिले हङकङको नेपाली समुदायबीच चर्चाको विषय बनेको बिओसी पासपोर्टको बारेमा बोल्नु हुंदै नेपाली नागरिकता त्याग गरी बिओसी प्राप्त गर्न चाहनेले भोग्दै आएको समस्यालाई चाँडै हल गरिने आश्वासन दिनु भयो। उहाँले कानुनलाई संशोधन गरेर हुन्छ कि व्याख्या गरेर हुन्छ त्यस सम्बन्धि सहज बाटो अपनाउने बिचार व्यक्त गर्नु भयो।
Popularity: 4%
December 7th, 2006
एचकेनेपाल डट कम-
घरेलु कामदार युनियन हङकङले गत २६ नोभेम्बर मङ्की हिलमा परिचय तथा भेटघाटको कार्यक्रम आयोजना गर्यो।
.jpg)
हङकङमा घरेलु कामदारको रुपमा कार्यरत नेपालीबीच एक आपसमा परिचय आदान प्रदान र भेटघाट गर्ने उद्धेश्यले आयोजित कार्यक्रममा मनोरञ्जन कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। हाँडी फुटाउंने, चक्लेट खाने जस्ता रमाइलो खेलको अतिरिक्त नाँचगानसमेत भएको थियो।
कार्यक्रममा नेपाली महासंघका अध्यक्ष हेजेन राई प्रमुख अतिथि र प्रस्तावित नेपाल च्याम्बर्स अफ कमर्सका अध्यक्ष तेजबहादुर राई, गैर आवासीय नेपाली संघ हङकङका अध्यक्ष त्रिलोक गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
.jpg)
भेटघाट तथा परिचय आदान प्रदान कार्यक्रमको सभापतित्व युनियनका अध्यक्ष श्याममाया लामाले गर्नु भएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष गायत्री थापा, शुभकामना मन्तव्य कोषाध्यक्ष चुन्नी थापा मगर र कार्यक्रम सञ्चालन सचिव शोभा लामाले गर्नु भएको थियो।
फोटोः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप फोटोहरुको लागि यहाँ क्लिक गर्नुहोस्।
Popularity: 6%
December 4th, 2006