Archive for February, 2007

एचकेएनटीएको पाँचौ वाषिर्क उत्सव सम्पन्न (+Video)

महेश राई, एचकेनेपाल डट कम फेब्रुअरी २५ -
हङकङ नेप्लिज तेंक्वान्दो एसोशियसनले गत आइतबार जोर्डनस्थित गर्ल्स गाइडमा पाँचौ वार्षिक उत्सव सम्पन्न गरेको छ।
एचकेएनटीए सम्बन्धि थप जानकारीको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

अपरान्ह १ वजे कार्यक्रमको उद्घाटन प्रेसिडेण्ट मास्टर तुलसीकुमार गुरुङ र प्रमुख प्रशिक्षक ग्रेण्ड मास्टर नम्वरजंग गुरुङले संयुत्तरुपमा गर्नु भएको थियो भने एसोशियसनको पहिलो वाषिर्क पत्रिका प्रमुख प्रशिक्षक ग्रेण्ड मास्टर नम्वरजंग गुरुङद्वारा लोर्कापण गरिएको थियो। कार्यक्रमलाई सुधिर गुरुङ र लक्ष्मी थापा राईद्वारा संयुत्तरुपमा संचालन गरिएको थियो।

यसै उत्सवमा आयोजना गरिएको खुल्ला प्याट्रन (पुम्से) तथा पावर ब्रेकिशङ (डेमो) प्रतियोगितामा एचकेएनटिए लगायत कोरिया चुङ डो क्वान (न्यू जेनेरेसन), हङकङ पुलिस तेंक्वान्दो क्लव, इन्टर नेशनल ग्रेट भ्यू तेंक्वान्दो फेडेरेसन् चाइना, हङकङ नेशनल ग्रेट भ्यू तेंक्वान्दो र गोर्खा टाईगर्स तेंक्वान्दो क्लव गरि जम्मा १५५ खेलाडीले भाग लिएका थिए।

प्रतियोगितामा जम्मा ७१ जना विजयी खेलाडीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिएको थियो जसमा प्रथम बलप्रसाद गुरुङ, दोस्रो राजु गुरुङ र तेस्रो राजुकृष्ण गुरुङ गरि तीनजना खेलाडीलाई उत्कृष्ट खेलाडी घोषित गरिएको थियो।

हङकङ तेंक्वान्दो एसोशियसनका प्रेसिडेण्ट डा. चिङ मेन कि कार्ल प्रमुख अथिति रहनुभएको कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्था र सूचना तथा संचारका प्रतिनिधिहरु अथितिको रुपमा उपस्थित थिए। वरिष्ठ अथितिहरुद्वारा विजयी खेलाडीलाई मेडल प्रदान गरिएको थियो।

अन्तमा प्रतियोगितालाई गर्ल्स गाइडमा समापन गरि कङ्गन रेष्टुरेण्टमा डिनर पार्टीसहित साँस्कृतिक कार्यक्रममा परिणत भएको थियो। जसमा साना साना खेलाडी नानीहरुले लोकप्रिय नेपाली गीतमा नृत्य प्रस्तुत गरी मन्त्रमुग्ध बनाएका थिए भने दुई इण्डोनेसियन युवती खेलाडीले आफ्ना परम्परागत लोक नृत्य प्रस्तुत गरेका थिए।

तस्विरः कुलप्रसाद गुरूङ एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

14 comments February 27th, 2007

चार भञ्ज्याङ समाज हङकङको भेटघाट सम्पन्न (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी १८ -
हङकङमा रहेका पर्वतबासीको संस्था चार भञ्ज्याङ समाज हङकङले गत आइतबार इण्डिया क्लवमा भेटघाटको कार्यक्रम सम्पन्न गरेको छ।

चार भञ्ज्याङ समाज हङकङको भेटघाट कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बीरबहादुर गुरुङले गर्नुभएको थियो भने सञ्चालन समाजका सदस्य नारायण गुरुङले गर्नुभएको थियो।

पर्वतबासीहरुको उपस्थिति रहेको कार्यक्रमको अन्त्यमा समाजका स्थानीय कलाकारहरूले नाँचगान प्रस्तुत गरेका थिए।

२००१ मा स्थापना भएको समाजमा पर्वत जिल्लाको चार क्षेत्र भँगरा, दादरा, ठानामौला र लामे देउरालीलाई समेटिएका छन्। चार भञ्ज्याङ समाज हङकङलगायत पोखरा, काठमाडौं र युकेमा समेत स्थापना भएको छ।



तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम हङकङ। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।


Popularity: 3%

3 comments February 24th, 2007

हङकङमा तामाङ ल्होछार (+Video)

एचकेनेपाल डट कम, फेब्रुअरी १८ -
हङकङमा रहेका तामाङ जातिले आफ्ना महान चाड ल्होछार गत आइतबार मंकी हिलमा विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाए।

तामाङ ल्होछारका अवसरमा प्रस्तुत गरिएका साँस्कृतिक कायक्रमका भिडीयो झलक हेर्न प्ले बटन थिच्नुहोस्।

बिबिक्यु कार्यक्रम, नाँचगान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु आयोजना गरी मनाइएको ल्होछार चाडको औपचारिक कार्यक्रम हङकङ तामाङ घेदुङ संघका अध्यक्ष हिन्दु मोक्तानको अध्यक्षतामा भएको थियो। उपाध्यक्ष कर्म साङ्वोको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई भिमबहादुर तामाङ र अनु मोक्तानले सञ्चालन गर्नु भएको थियो।

कार्यक्रममा नेपाली महासंघका अध्यक्ष हेजेन राईको प्रमुख आतिथ्य रहेको थियो भने विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित रहेका थिए।
हङकङ तामाङ घेदुङ संघको सम्पर्क ई-मेलः
hktamagghedung@yahoo.com, tamangghedunghk@yahoo.com

तस्वीरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।


Popularity: 5%

8 comments February 22nd, 2007

घान्द्रुकबासीबीच भेटघाट

एचकेनेपाल डट कम, फेब्रुअरी १८ -
हङकङमा रहेका घान्द्रुकबासीबीच गत आइतबार मंकी हिलमा एक कार्यक्रम गरी बार्षिक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

घान्द्रुक सेवा समितिको आयोजनामा भएको उक्त भेटघाट कार्यक्रमको अध्यक्षता समितिका अध्यक्ष नाराययासिंह गुरुङले गर्नुभएको थियो। सहसचिव नातिकाजि गुरुङकको स्वागत मन्तव्य रहेको औपचारिक कार्यक्रमलाई सचिव किशोर गुरुङले सञ्चालन गर्नुभएको थियो।

बिबिक्यु पार्टी, नाँचगान तथा घैंटो फुटाउने जस्ता रमाइलो कार्यक्रम गरी सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा तमु ट्हो हृयुल हङकङका निवर्तमान अध्यक्ष क्या. कमल गुरुङ उपस्थित हुनुहुन्थ्यो।

Popularity: 3%

1 comment February 22nd, 2007

हङकङमा प्रजातन्त्र दिवस (+Video)

एचकेनेपाल डट कम, फेब्रुअरी १९ -
हङकङस्थित नेपाली महावाणिज्यदूताबासको आयोजनामा ५७औं प्रजातन्त्र दिवस सोमबार याउ मे तेइस्थित किङ्स पार्कमा सम्पन्न भयो।

भिडीयो क्लिप हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

नेपाल सरकारको निर्णय अनुसार गत सालहरुमा झैं यस वर्ष पनि फागुन ७ गते हङकङमा प्रजातन्त्र दिवस मनाइएको हो। प्रजातन्त्रको अवसरमा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईद्वारा प्रजातन्त्र प्राप्तिका लागि आफ्ना अमूल्य जीवन आहुति दिएका ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो।

प्रजातन्त्र दिवसको अवसरमा यहाँका व्यापारी, व्यवसायी, पत्रकार, संघ संस्थाका प्रतिनिधिहरु र हङकङमा अध्ययनरत नेपाली विद्यार्थीहरु उपस्थित भएका थिए। त्यसैगरी नेपालका चर्चित हास्यव्यंग कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको साथमा जितु नेपाल (मुन्द्रे) पनि प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा सरिक भएका थिए।


प्रजातन्त्र दिवसका तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तस्वीरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।

Popularity: 3%

1 comment February 21st, 2007

चिनीयाँ नयाँ वर्षको शुभारम्भ

एचकेनेपाल डट कम, फेब्रुअरी १९ -
हङकङले लुनार न्यु इयर (चिनीयाँ नयाँ वर्ष) गत वर्षहरुमा जस्तै यो वर्ष पनि धुमधामले मनाउंदै छन्। चिनीयाँ पात्रो अनुसार यो वर्ष सुन्गुर वर्गको आगमन हो। सुंगुर वर्गलाई स्वागत गर्दै विश्वभर छरिएका चिनीयाँहरुले आफ्नो परम्परा अनुसार नयाँ वर्ष मनाउंदै छन्।


Photo courtesy: (AP Photo/Vincent Yu)

भिक्टोरिया हरबर समुद्रमाथि भएको आतिशबाजी (Fireworks) हेर्न करिव ५ लाख मान्छेको भीड जुटेको थियो। २३ मिनटसम्म अनवरत चलेको रंगी-विरंगी आतिशबाजीले सबैलाई रोमाञ्चित बनाएका थिए। आतिशवाजी हेर्न वर्षेनी ठूलो संख्यामा वानचाई, सेन्ट्रल र चिम सा चुइमा मान्छेको भीड जुट्ने गर्छ।

यो वर्ष समुद्रदेखि ३०० मिटर उचाईसम्म २८ हजार ८ सय ८८ वटा आतिशवाजी २३ मिनेटसम्म पट्काइएका थिए। आतिशबाजीको लागि मात्र करिव ४ मिलियन डलर खर्च भएको जनाइएको छ।

Popularity: 3%

1 comment February 19th, 2007

हङकङमा नेपालका प्रथम शहीद लखन थापा स्मृति दिवस (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी १४ -
मगर संघ हङकङले नेपालका प्रथम शहीद लखन थापाको १३०औं स्मृति दिवस बुधबार जोर्डनस्थित मगर संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मनाए।


नि. वर्तमान अध्यक्ष एकबहादुर राना मगरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रमका अध्यक्षता नेत्र पहराई मगर र सञ्चालन यामबहादुर थापाले गर्नुभएको थियो। स्मृति दिवस कार्यक्रममा हर्क राना मगरले स्वागत मन्तव्य दिनुभएको थियो भने बुद्धिबहादुर थापाले शहीद थापाको विषयमा प्रकाश पार्नुभएको थियो।


कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित भएका थिए। उपस्थित महानुभावहरुले शहीद थापाको तस्वीरमा फूलका गुच्छा चढाई श्रद्धाञ्जलि अर्पण गरेका थिए।

बि.सं. १८९१ सालमा गोरखा जिल्लाको बुङ्गबाट- ४ काउले भंगार गाउंमा जन्मेका शहीद थापा बाबु भारतीय सेनामा कार्यरत रहंदा लखनउमा अध्ययन गर्दा गर्दै बि. सं. १९१७ गोरख गण मगर पल्टनमा भर्ती भएका थिए। निडर स्वभावका थापा कसैप्रति अन्याय गरेको मन पर्दैनथे। नेपालको शासन व्यवस्थाबाट अत्यन्त चिन्तित थापाले तत्कालीन शासन व्यवस्थाको विरुद्ध आवाज उठाउंदै आएका थिए।

प्रजातन्त्रप्रेमी लखन थापालाई तत्कालीन शासकहरुले आफ्नो विरुद्ध आवाज उठाएको कारण मनकामना मन्दिर अगाडि खिर्राको रुखमा झुण्ड्याएर बि.सं. १९३३ साल फाल्गुन २ गते फाँसीको सजाय दिइएको थियो। शहीद लखन थापाबारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

तस्वीरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

5 comments February 17th, 2007

माओवादी नेताद्वय स्वदेश फिर्ता (+Video)

माओवादी नेताद्वय स्वदेश फिर्ता
एचकेनेपाल डट कम, फेब्रुअरी १३ -
छोटो समयको लागि हङकङका नेपाली र माओवादी समर्थित शुभेच्छुकहरुलाई भेट्न हङकङ आई पुग्नुभएका माओवादी नेताद्वय माओवादी केन्द्रीय सदस्य देव गुरुङ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष जयपुरी घर्ति मगर मंगलबार नेपाल फर्कनु भएको छ।

भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


हङकङका नेपालीको अवस्थाबारे कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईबाट जानकारी लिनुहुदै नेकपा (माओवादी) का केन्द्रीय नेताद्वय देव गुरुङ र जयपुरी घर्तिमगर।

हङकङमा रहंदा विभिन्न संघ संस्थाहरुद्वारा आयोजित कार्यक्रमहरुमा सरीक भै माओवादी केन्द्रीय सदस्य देव गुरुङ र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष जयपुरी घर्ति मगरले आफ्नो पार्टीको धारणा र नेपालको वर्तमान राजनीतिक स्थितिबारे प्रकाश पार्नु भएको थियो।


लिम्बुवान राष्ट्रिय मञ्चको आयोजनामा लिम्बुवान राष्ट्रिय मञ्च र माओवादी नेताबीच “स्वायत्त लिम्बुवान राज्य” विषयक छलफल कार्यक्रममा सरीक हुदै माओवादी नेताद्वय।


तमु ट्ह्यो ह्युल हङकङको कार्यक्रममा नेताद्वय


नेताद्वय गुरुङ र घर्ति मगरलाई मगर संघ हङकङ, नेपाली जनसम्पर्क समिति हङकङ र तमु ट्हो हृयुल हङकङले छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी स्वागत तथा भेटघाटको कार्यक्रमको आयोजना गरेको थियो। तमु ट्हो हृयुल हङकङले पनि आफ्नो चौथौं अधिवेशनको अवसर पारी नेताद्वयलाई कार्यक्रममा निम्ताई पार्टीको धारणाबारे बुझ्ने प्रयास गरेको थियो।


मगर संघ हङकङको कार्यक्रममा नेताद्वय।


अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष जयपुरी घर्ति मगर नेपाल जन अधिकार सरोकार समाजद्वारा आयोजित बृहत लोकतान्त्रिक गणतन्त्र भेलालाई सम्बोधन गर्नुहुदैं।


माओवादी केन्द्रीय सदस्य देव गुरुङ नेपाल जन अधिकार सरोकार समाजद्वारा आयोजित बृहत लोकतान्त्रिक गणतन्त्र भेलालाई सम्बोधन गर्नुहुदैं।

हङकङस्थित माओवादी निकट भातृ संगठन नेपाल जन अधिकार सरोकार समाजको निमन्त्रणामा उहाँहरु दुवै यहाँ आईपुग्नु भएको थियो। समाजको आयोजनामा आइतबार पाकिस्तानी क्लवमा भएको बृहत लोकतान्त्रिक गणतन्त्र भेलालाई सम्बोधन गर्दै नेताद्वयले आफ्नो पार्टीको धारणाबारे प्रकाश पार्दै आफूहरु लोकतान्त्रिक गणतन्त्रमार्फत नयाँ नेपाल निर्माण गर्न उत्सुक रहेको बताउंनु भएको थियो।


भेलामा उपस्थित जनसमुदाय। तस्वीरः जगत अम्बु गुरूङ /एचकेनेपाल डट कम, ११ फेब्रुअरी २००७। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 17%

103 comments February 13th, 2007

तमु ट्होको अध्यक्षमा एकेन्द्र गुरुङ (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी १२-
तमु ट्हो हृयुल हङकङको चौथौं अधिवेशनले एकबहादुर (एकेन्द्र) गुरुङको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन गरेको छ।

जोर्डनस्थित इण्डिया क्लवमा आइतबार सम्पन्न अधिवेशनले तमु ट्हो हृयुलको विधान अनुसार दुई बर्षको लागि एकबहादुर एकेन्द्र गुरुङको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरिएको हो। अध्यक्ष पदका लागि ३ जना प्रत्याशीको रुपमा अगाडि देखिए पनि पछि दुई जनाले उम्मेदवारी नदिएकाले उहाँलाई सर्वसम्मतिले अध्यक्ष बनाइएको थियो।

नयाँ कार्यसमितिमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्षमा क्रमश: ईच्छाकुमारी गुरुङ, गणेश गुरुङ, योगेन्द्र गुरुङ, झमबहादुर गुरुङ र विजय गुरुङ रहनुभएको छ भने सदस्यहरुमा प्रकाश गुरुङ, मानप्रसाद गुरुङ, योगेन्द्र गुरुङ, श्याम गुरुङ, देउमान गुरुङ, ईन्द्रकाजि गुरुङ, रक्ष गुरुङ, शान्तकुमार गुरुङ र डम्मर गुरुङ हुनुहुन्छ।

कार्यक्रममा नेपालबाट आउनुभएका नेकपा (माओवादी) का केन्द्रीय सदस्य देव गुरुङ प्रमुख अतिथि हुनुहुन्थ्यो भने अतिथिहरुमा नेपालबाटै आउनुभएका अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष जयपुरी घर्ति मगर, नेपाली महासंघका अध्यक्ष हेजेन राईलगायत अन्य संघसंस्थाका प्रतिनिधिहरु रहनु भएको थियो।

तमु ट्हो हृयुल हङकङका नि. वर्तमान अध्यक्ष क्या. कमल गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नि.वर्तमान उपाध्यक्ष भक्त गुरुङको स्वागत मन्तव्य र नि.वर्तमान सचिव सुरेश गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
तस्वीरः जगत अम्बु गुरूङ /एचकेनेपाल डट कम।

Popularity: 4%

11 comments February 12th, 2007

“मोना साँझ २००७” सम्पन्न (+Video)

एचकेनेपाल डट कम, फेब्रुवरी ११ -
म्याग्दी प्रवासी नेपाली संघ हङकङको आयोजनामा क्वाई चिङ थियटर र युन लोङ थियटरमा मोना साँझ २००७ सम्पन्न भएको छ।


मोना साँझ २००७ का भिडीयो झलकहरू हेर्न माथिको प्ले बटनमा क्लिक गर्नुहोस्।

मोना साँझ २००७ साँस्कृतिक कार्यक्रममा नेपालका चर्चित लोक तथा पप गायक-गायिकाहरु रामचन्द्र काफ्ले, खड्ग गरबुजा, नरबहादुर बिसी, नीता पुन र सत्यकला राईलगायत हङकङका स्थानीय नेपाली कलाकारहरुको सहभागिता थिए।


म्याग्दी जिल्लाको सेरोफेरोमा प्रचलित परम्परागत लोक नृत्य तथा लोक भाकालाई प्रमुखताका साथ प्रस्तुत गरिएको उक्त कार्यक्रम म्याग्दीबासीले एक पटक हेर्नै पर्ने कार्यक्रम रहेको छ।

नेपालबाट आएका कलाकारहरु डम्मर पुर्जा र साथीहरुद्वारा कार्यक्रममा यानीमाया, पञ्चेबाजा र नौमति बाजाका धुन प्रस्तुत गरिएको थियो। मोनाको आयोजनामा हङकङको रंगमञ्चमा पहिलो पटक गाउंबेशीका लोक नृत्य र भाकाहरु, यानीमाया र नौमति बाजाका धुनहरु घन्किएका थिए। आफ्ना नेपाली कला, संस्कृति, लोक नृत्य र लोक भाकालाई प्रेम गर्नेहरुको निम्ति मोना साँझ हेर्न लायक रहेको दर्शकहरु बताउंछन्।


लोक नृत्य र लोक भाकाहरुमा मात्र सिमित नरही पप आधुनिक गीतका पारखीहरुका निम्ति पनि आयोजकले ध्यान दिएका थिए। नेपालमा हालै चर्चाका शिखरमा रहेका लोक तथा पप आधुनिक गायक रामचन्द्र काफ्ले र सत्यकला राईले तन्नेरीहरुको मनलाई लोभ्याउन सफल भएका थिए।


लोक नृत्य, लोक तथा पप आधुनिक गीतमा यहाँका दर्शकले भरपूर आनन्द लिदैं नाँचेका थिए। लोक गायक खडग गरबुजाको सालै जु.., रामचन्द्र काफ्ले र सत्यकला राईको आन्दोलन नगर माया पाउनलाई…जस्ता गीतहरुमा दर्शक धित मर्ने गरी नाँचेका थिए भने पञ्चे बाजा र नौमति बाजाको धुन रंगमञ्चमा घन्किदा दर्शकहरु रमाइलो मान्दै नाँचेका थिए।


कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई प्रमुख अतिथि र नेपाली महासंघका अध्यक्ष हेजेन राई विशेष अतिथि रहनुभएको औपचारिक कार्यक्रमको सञ्चालन मोनाका महासचिव ईन्द्र थापाले गर्नुभएको थियो भने अध्यक्ष तुल्माराज राम्जालीले स्वागत तथा धन्यवाद मन्तव्य प्रकट गर्नुभएको थियो।

नेपालबाट आएका नरबहादुर बिसीका साथ सानु थापा, बसन्ती पुन र गोमा पुनले सांस्कृतिक कार्यक्रमलाई सञ्चालन गरेका थिए।


तस्वीरः जगत अम्बु गुरूङ र राजीब राई / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 7%

15 comments February 4th, 2007

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2007
M T W T F S S
« Jan   Mar »
 1234
567891011
12131415161718
19202122232425
262728  

Posts by Month

Posts by Category