एचकेनेपाल डट कम, मार्च २५-
सेकन्डरी बोर्डिङ स्कूल धरानका भूतपूर्व बिद्यार्थीहरुले आइतबार जोर्डनस्थित इन्डिया क्लवमा एक संगीतमय साँझसंगै वाषिर्क भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा धरान र इटहरीका पूर्व बिद्यार्थीहरुको जमघट भएको थियो। बिद्यार्थीहरुले सोही अवसरमा कार्यक्रमको शुरुदेखि अन्त्यसम्म संगीतमय वातावरण रम्न पाएका थिए। मिस्टर हङकङ नेपाल १९९८ रोशन लिम्बु सम्मिलित अनमोल ब्याण्डले प्रस्तुत गरेका अधिकांश गीतहरु कर्णप्रिय र रमाइला खालका थिए।
एसबिएसका पूर्व बिद्यार्थी तथा मिस हङकङ नेपाल २००० ममिता गुरुङले सञ्चालन गरेको अनौपचारिक कार्यक्रममा त्यस बिद्यालयमा अध्ययन गरी हङकङ आएका प्रतिभाहरुलाई प्रोत्साहन स्वरुप प्रशंसा पत्र र पुरस्कार वितरण गरिएको थियो।
कार्यक्रममा तारा सुब्बाको डिजे, डान्स, पार्टीका अतिरिक्त बिङ्गो खेल र सरप्राइज गेमहरुसमेत खेलाइएका थिए भने नाँच गानमा अब्बल मानिनेहरुलाई व्यवस्थापन समितिको तर्फबाट पुरस्कारको व्यवस्था पनि गराइएको थियो।
एसबिएसका भूपू बिद्यार्थीहरुले हङकङमा विगत केही वर्षदेखि वर्षेनी यस्ता वाषिर्क भेटघाटको कार्यक्रम आयोजना गर्दै आएका छन्। एक आपसमा चिनजानी र सुमधुर भातृत्व प्रेमको लागि यस्ता कार्यक्रम आयोजना गरिएको ममिता गुरुङले बताइन्।
हेम सुनुवार, सुरगेस राई, किशोर लिम्बु, ममिता गुरुङ, चन्द्रवति राई, तारा सुब्बा र धिरज आलेको नेतृत्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचकेनेपाल डट कम, मार्च २८-
हङकङमा रहेका गोर्खा भूतपूर्व सैनिक, उनीहरुका सन्तति तथा समर्थकहरुले बुधबार हङकङस्थित बेलायती दूतावासलाई ज्ञापन पत्र बुझाइएको छ।
गोर्खा भूतपूर्व सैनिकहरुले आफूहरुमाथि बेलायत सरकारले जातिय भेदभाव गरेको भन्दै बेलायती सैनिकसरह पेन्सन तथा अन्य समान सुविधाको मागसहित हङकङस्थित बेलायती दूतावासका सहायक महावाणिज्यदूत रोब भेनलाई ज्ञापन पत्र बुझाइएका हुन्।
समान सुविधाको लागि लडाईं: गोर्खा भूतपूर्व सैनिकहरुले आफूहरुमाथि बेलायत सरकारले जातिय भेदभाव गरेको भन्दै बेलायती सैनिकसरह पेन्सन तथा अन्य समान सुविधाको मागसहित हङकङस्थित बेलायती दूतावासका सहायक महावाणिज्यदूत रोब भेनलाई बुधबार बिहान दूतावासको प्राङ्गनमा ज्ञापन पत्र बुझाउंदै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय सदस्य तथा हङकङ मकाउ विभाग प्रमुख मणिकिराँत बान्तवा। तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम, २८ मार्च हङकङ। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
सोही दिन हङकङबाहेक गोर्खा भूतपूर्व सैनिकहरुले अन्य देशहरुमा पनि त्यहाँका बेलायती दूतावास तथा वेलफेयर सेन्टरहरुमा विरोध प्रदर्शन गरी ज्ञापन पत्र बुझाएका छन्।
हङकङस्थित बेलायती दूतावासलाई ज्ञापन पत्र बुझाउनअघि अनौपचारिक कार्यक्रममा बोल्दै मेजर मानबहादुर गुरुङले बेलायती सरकारको पछिल्लो पटक आएको घोषणाले हामी स्तव्ध भएका छौं भन्दै बेलायत सरकारसंग लड्न अझ गोलीगठठा थपिएर आएको बताउंनु भयो। उहाँले गोर्खाबीच एकता हुनु पर्ने राय व्यक्त गर्दै ढिलो चाँडो गोर्खा सैनिकको जीत हुनेमा आफू विश्वास्त रहेको बताउंनु भयो।
यसै सन्दर्भमा रामकाजि राईले बेलायत सरकारले दुनियाँको आँखामा छारो हाली गोर्खा सैनिकलाई न्याय गरेको देखाउन खोजिएको आरोप लगाउंनु भयो उहाँले २ सय वर्षभित्र ५ लाख गोर्खा सैनिकमध्ये १ लाख गोर्खा सैनिकले बेलायतको खातिर ज्यान गुमाएको स्मरण गराउंदै जिउंदा ५० हजार गोर्खा सैनिकलाई पेन्सन सुविधामा अन्याय गरेको बताउंनु भयो। उहाँले भन्नु भयो - कम्युनिष्टहरु साम्राज्यवादी सामान्त भनेर बेलायतलाई भन्छन् आज त्यसको पुष्टि भएको छ भन्नु भयो।
ब्रिटीश गोर्खा भूपू सैनिक संघ हङकङका अध्यक्ष हेमबहादुर तामाङले जातिय भेदभावको अन्त्य र गोर्खा भूपूहरुले समान सुविधा नपाएसम्म लडाई जारी रहने बताउंदै गेसोको आगामी कार्यक्रमबारे जानकारी दिनुभएको थियो। अनौपचारिक कार्यक्रमको सञ्चालन गेसो विदेश विभाग सदस्य नरेन्द्र राईले गर्नुभएको थियो।
समान पेन्सन, भेदभावको अन्त्य, मानवअधिकारको सम्मानलगायत गोर्खा सैनिकहरुको एकता र आवासीय भिसासमेतको नारा लगाउंदै बेलायती दूतावासको प्राङगनमा पुगेका गोर्खा भूतपूर्व सैनिक, तिनका सन्तति तथा समर्थकहरुको समूहलाई प्रतिनिधित्व गर्दै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय सदस्य तथा संघका हङकङ विभाग प्रमुख मणिकिराँत बान्तवाले हङकङस्थित बेलायती सहायक महावाणिज्यदूत रब भेनलाई ज्ञापन पत्र बुझाएका थिए।
Click here to view more photos, Photo by- Jagat Ambu Gurung/ HKNepal.com
बिभिन्न पत्र पत्रिकाका पत्रकारहरु र संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा सहायक महावाणिज्यदूत रब भेनले उपस्थित जनसमुदायलाई म तपाईहरुको यो ज्ञापन पत्र सम्बन्धित निकायमा पठाउने छु र यसको जवाफ सीधै तपाईको संगठनमा पठाई दिने छ भनेर सौहार्दपूर्ण ढंगले जवाफ दिएका थिए ।
Watch HKNepal.com Exclusive Video Report (18+15.47 Minutes).
Note: If you have problem to view video, Please update your Flash Player: Click here to download flash player.
एचकेनेपाल डट कम, मार्च २७ -
आदिवासी जनजाति महासंघ हङकङद्वारा मंगलबार नेपाली महावाणिज्यदूतावास हङकङ मार्फत नेपाल सरकारलाई एक ज्ञापनपत्र दिएकोछ।
नेपालमा हाल आदिवासी जनजाति महासंघले चलाइराखेको आन्दोलनमा ऐक्यवद्धता जनाउन र नेपालका आदिवासी जनजाति नेताहरुको सुरक्षाको ग्यारेन्टी नेपाल सरकारले गर्नु पर्ने सहितको माग राखेर एक ज्ञापन पत्र नेपाली महावाणिज्यदूतावास मार्फत नेपाल सरकारलाई वुझाइएकोछ।
ज्ञापनपत्र बुझाउने क्रममा बायाँबाट क्रमशः आदिवासी जनजाति महासंघका अध्यक्ष नरहाङ राई, संघका महासचिव भूपेन्द्र चेम्जोङ र कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई।तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
नेपाली महावाणिज्यदूतावासको कार्यालायमा विभिन्न जात जातिहरुका प्रतिनिधिहरु जम्मा भएपछि आदिवासी जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङले ज्ञापनपत्रको व्यहोरा सरसर्ती पढेर सुनाए पश्चात महासंघकै अध्यक्ष नरहाङ राईले कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईलाई हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा किरात राई यायोख्खावाट ढकवीर राई, मगरसंघ हङकङको तर्फबाट दलवहादुर पुन, तामाङ घेदुङको तर्फबाट वावुराम लामा र रतन जीमि त्यस्तै दुरा समाजका भक्तवहादुर दुरा, किरात याक्थुङ चुम्लुङबाट ज्ञानु लिम्वू, आइतसिं लिम्वू, पिकेश पाङमा, गीता पालुङवा र कुमारी लिम्वू हुनुहुन्थ्यो भने नेपाली महासंघबाट अध्यक्ष हेजेन राई र महासचिव हेम लिम्वू साथै गेसोबट नरेन्द्र राईको पनि उपस्थिति थियो।
सोही अवसरमा वीओसी सम्वन्धि महावाणिज्यदूतसंग वार्ता गर्न डम्वर थापाको नेतृत्वमा आएको एक ठूलो जमातको पनि उपस्थिति रहेको थियो। त्यस्तै पत्रकारहरुमा एभरेष्ट साप्ताहिकका संपादक तथा प्रकाशक किसन राई, नेपाल पोष्टका कुलप्रसाद गुरुङ, स्वतन्त्र पत्रकार राई चन्द्र दुमी र सनराईज तथा एचकेनेपाल डटकमका फोटो पत्रकार अम्बु गुरुङको पनि उपस्थिति रहेको थियो।
ज्ञापनपत्र हस्तान्तरण पछि वोल्दै कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईले उक्त ज्ञापनपत्रलाई जति सक्दो छरितो माध्यमबाट सम्वन्धित निकायमा पठाउने प्रतिवद्धता जाहेर गर्नु भएको थियो।
एचकेनेपाल डट कम -
किरात याक्थुङ चुम्लुङ हङकङले आफ्ना टिमका खेलाडीहरुको सम्मानमा गत बुधबार एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई सम्मान गरेको छ।
एभरेष्ट क्लवद्वारा हङकङमा आयोजित नेपाल रनिङ कप टुर्नामेन्टमा प्रथम भएका आफ्ना मातहतका खेलाडीको सम्मानमा संस्थाले उक्त कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा विजयी खेलाडीहरुलाई संस्थाको तर्फबाट सम्मान व्यक्त गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
विजयी खेलाडीले प्रतियोगितामा प्राप्त गरेका ४ हजार हङकङ डलर नगद पुरुस्कार संस्थालाई आर्थिक सहयोग स्वरुप हस्तारण गरिएको थियो। प्रतियोगितामा खेल्ने क्रममा घाइते भएका गोल रक्षक गंगाप्रसाद लिम्बुलाई पनि सोही अवसरमा आर्थिक सहयोग प्रदान गरिएको थियो।
संस्थाका अध्यक्ष ज्ञान लिम्बुको अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सचिव ज्ञानु मेन्याङले सञ्चालन गर्नु भएको थियो। सम्मान कार्यक्रममा आदिवासी जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङ प्रमुख अतिथि रहनुभएको थियो भने अतिथिहरुमा चुम्लुङका सल्लाहकार उत्तरमान लिम्बु, इन्द्र वनेम, टंक चोङवाङ, एभरेष्ट साप्ताहिकका सम्पादक किसन राई र एचकेनेपाल डट कम र सनराईज साप्ताहिकका फोटोपत्रकार जगत अम्बु गुरुङ रहनुभएको थियो।
फूल मन नपराउंने मान्छे सायदै होलान्। फूल देवतालाई चढाइन्छ। फूललाई सुन्दरताको उपमा दिइन्छ। फूल मंगलकार्यहरुमा प्रयोग गरिन्छ। फूलको बारेमा लेखिंदा धेरै व्याख्या र अपव्याख्याहरु थपिदैं जान्छन्। लेखेर साध्य छैन।
आखिर फूल मन नपर्ने कोही हुदैनन्। सबैलाई मन पर्छन्। गत हप्ता भिक्टोरिया पार्कमा विश्वका कुना कुनामा पाइने फूलहरुलाई प्रदर्शनीमा राखियो। सुन्दर फूलहरुलाई सुन्दर आकार र प्रकारमा सजाइएका थिए। फूलका गुनगानमा गीत गाए, चर्चा परिचर्चा भए। फूलका सुन्दरतालाई कसैले आँखामा सजाए। कसैले क्यामरामा कैद गरे। यायावर जसरी घुम्दै त्यहाँ पुगेका हाम्रा फोटो पत्रकार जगत अम्बु गुरुङले आफ्ना क्यामरामा कैद गरेका हजारौं फूलहरुमध्ये केही सुन्दर फूलहरु तपाईलाई पनि मन पर्ला भनेर यहाँ राखिएको छ।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचकेनेपाल डट कम, आइतबार मार्च २५ -
डोनाल्ड च्याङ चीनको विशेष प्रशासनिक क्षेत्र हङकङको कार्यकारी प्रमुख पदमा निर्वाचित हुनभएको छ। चेक ल्याप कोकस्थित एशिया वर्ल्ड एक्स्पोमा आइतबार बिहान सम्पन्न चुनावमा उहाँ अत्याधिक मतले विजयी हुनुभएको हो।
आरटिएचकेले जनाए अनुसार चुनावमा डोनाल्ड च्याङले ६ सय ४९ मत र उहाँको प्रतिद्वन्दी सिभिक पार्टीका बिद्यायक एलेन लिओङले १ सय २३ मत प्राप्त गर्नुभएको थियो। निर्वाचन समितिका ८ सय मध्ये ७ सय ९५ सदस्यले मतदान गरेको उक्त चुनावमा ७ सय ७२ मत सदर र १६ मत बदर भएका थिए भने ११ मत खाली भेटिएका थिए।
न्युनत्तम १ सय प्रस्ताव संख्या पुगेमा उम्मेदवार बन्न पाउने प्रावधान अनुसार डोनाल्ड च्याङको प्रतिद्वन्दीका रुपमा उभिनु भएका सिभिक पार्टीका बिधायक एलेन लिओङले १ सय २३ मतमा चित्त बुझाउनु परेको थियो।
६२ वर्षीय डोनाल्ड च्याङले हङकङ विशेष प्रशासनिक क्षेत्र सरकारको नेतृत्व गर्नु हुनेछ। उहाँको यो दोश्रो पटकको कार्यकाल हुनेछ। डोनाल्ड च्याङ यसअघि टुङ ची हृवाले कार्यकारी प्रमुख पदबाट राजीनामा दिनुभए पछि १६ जुन २००५ मा चीनको केन्द्रीय सरकारबाट कार्यकारी प्रमुख पदमा नियुक्त हुनु भएको थियो। (12:30 HKST)
एचकेनेपाल डट कम, मार्च २२ -
हङकङ पुलिसले नेपाली युवाहरुमा बढ्दै गइरहेको दुर्व्यसनको लतबाट मुक्त गराउन र त्यससम्बन्धि जनचेतना फैलाउंने उद्धेश्यले आयोजित ‘नेभर ट्राई अर रिग्रेट फरएभर’ नामक अभियानलाई निरन्तरता दिंदै आइरहेको छ।
दुर्व्यसनविरुद्ध पर्चाहरु वितरण कार्यक्रममा नेपाली संघसंस्थाका तर्फबाट एकीकृत नेपाली समाज हङकङका अध्यक्ष बुद्धिबहादुर थापाले प्रतिनिधित्व गरेका थिए। हङकङ पुलिसले गत २२ नोभेम्बर चिम शा चुइस्थित चुङ्गिङ मेन्सनमा पनि नेपाली समुदायका युवाहरुप्रति लक्षित गरेर दुर्व्यसनविरुद्ध पर्चाहरु वितरण गरिएका थिए। जुन कार्य जुनियर पुलिस क्लवका नेपाली किशोरहरुको सहयोगमा सम्पन्न भएको थियो। नेपाली संघसंस्थाहरु नेपाली युवाहरुप्रति संवेदनाशील हुन नसकिरहको अवस्थामा हङकङ पुलिसले शुरु गरेको यस खाले कदमको प्रशंसा गर्नु अतिशयोक्ति नहोला।
यस पटक जोर्डनस्थित उसुम स्ट्रिटमा सञ्चालित भिडीयो गेम सेन्टरहरुमा लक्षित गरी दुर्व्यसनविरुद्ध पर्चाहरु वितरण गरिएका थिए। जहाँ अक्सर नेपाली युवाहरुको भीड भिडीयो गेम्स खेल्न जम्मा हुने गर्छन्।
पर्चा वितरण अभियानमा याउ चिम पुलिस डिस्ट्रीक्टका सुपरिन्टेडेन्ट वोङ चुइ होइ, चिफ इन्सपेक्टर काओ याउ की र सिनियर इन्सपेक्टर चाङ चे हेइ आदिले भिडीयो गेम खेल्दै गरेका युवाहरुलाई पर्चा वितरण गर्नुका साथै दुर्व्यसनविरुद्ध जानकारीहरु दिएका थिए।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
एचकेनेपाल डट कम, मार्च १८ -
बहिरोपनबाट रोकथाम र ध्वनि प्रदुर्षणयुक्त क्षेत्रमा काम गर्दा श्रवणशक्ति आंशिक वा पुरै ह्रास आएमा कसरी क्षतिपूर्ति लिने भन्ने विषयमा जानकारी सभा आइतवार सम्पन्न भएको छ।
हङकङ वर्कस युनियनले याउ मा तेइस्थित कम्युनिटी सेन्टरमा आइतबार केही नेपाली कामदारहरुको माझ जानकारी सभाको आयोजना गरिएको थियो।
कार्यक्रममा श्रवणशक्ति ह्रास हुनबाट रोकथाम, क्षतिपूर्ति सम्बन्धि योग्यता, क्षतिपूर्ति सम्बन्धि आवेदन भर्ने प्रक्रियाका सम्बन्धमा जानकारी गराइएको थियो।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा आदिवासी जनजाति महासंघका महासचिव भूपेन्द्र चेम्जोङलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। युनियनका अध्यक्ष दासुराम पराजुलीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव एलबी गुरुङ र स्वागत मन्तव्य उपमान लिम्बुको रहेको थियो।
एचकेनेपाल डट कम, मार्च १८ -
सोसियल कम्युनिटी संस्था महिला आत्मनिर्भर र स्वास्थ्य तथा खाद्य विभागको संयुक्त आयोजनामा आइतबार क्वाई हिङको एक बहु साँस्कृतिक कार्यक्रममा नेपाली छात्राहरुले आफ्ना प्रतिभा देखाए।
डेलिया स्कूल मैफूमा अध्ययनरत छात्राहरु स्मृति गुरुङ, निशा गुरुङ, सृजना गुरुङ, सुदेस्ना गुरुङ, प्रतिमा गुरुङ, कृतिमा गुरुङ, शान्ति थापा र सृजना पुनले नेपाली पहिरनमा नेपाली संस्कृति झल्किने दुईवटा नृत्य प्रस्तुत गरेका थिए। नेपाली दर्शक अन्य जाति र देशका दर्शकहरुको तुलनामा कम रहे पनि नेपाली समूहको नृत्य प्रस्तुती उत्कृष्ट रहेको थियो। उपस्थित दर्शकले नेपाली छात्राहरुको नृत्यलाई अत्याधिक मन पराईएको थियो।
कार्यक्रममा नेपालका अतिरिक्त भारत, पाकिस्तान, इन्डोनिशिया र फिलिपिन्सका कलाकारहरुले समेत आ-आफ्ना देशका संस्कृति झल्किने नृत्यहरु प्रस्तुत गरेका थिए।
महिलाहरु चुला र चौकीमा मात्र सिमित नभई अन्य साना तथा ठूला ठूला काममा पनि निपुण हुन्छन् भनी देखाइन खोजिएको कार्यक्रममा विभिन्न भाषाहरुमा शिक्षामूलक उद्घोषण गरिएको थियो।
विभिन्न देशका विविध शीपमूलक नमूनाहरु प्रदर्शन गरिएको उक्त कार्यक्रममा विभिन्न देशको खानाका परिकारहरु निःशुल्क बाँडिएको थियो।
एचकेनेपाल डट कम -
क्रिस्टीयन एक्सनले विभिन्न देशबाट आएका प्रवासी महिलाहरूलाई सहभागी गराएर याउ मा तेईस्थित कम्युनिटी हलमा आइतबार अन्तर्राष्ट्रिय महिला दिवस सम्पन्न गर्यो।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपाल, इन्डोनिसिय, श्रीलंका आदि देशका महिला कलाकारहरुले आ-आफ्ना देशका संस्कृति र महिला जागरण सम्बन्धि गीत, नृत्य तथा झाँकीहरू प्रस्तुत गरेका थिए।
तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम, मार्च १८ हङकङ। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।