Archive for June, 2007

अनलाईन खरिद बिक्रीको लागि - जबेगु डट कम (2007/2008)

एचकेनेपाल डट कम-
अनलाईन खरिद बिक्रीका लागि हालै हङकङबाट जबेगु डट कम सञ्चालनमा आएको छ। जबेगु डट कमले अनलाईनमार्फत विभिन्न सामान तथा सेवा खरिद बिक्री गर्न / गराउन सुविधा उपलव्ध गराएको छ।

जवेगु डट कमको सेवा कुनै पनि व्यापार व्यवसायीहरुलाई आफ्नो व्यापार बढाउन मद्दत गराउनु हो। यसको मूल उद्देश्य नेपालको उत्पादनहरुलाई विश्व बजारसामु चिनाउनु रहेको छ। संस्थापक भानु जवेगुका अनुसार विशेष गरी कुनै पनि नौलो प्रतिभा, विचार वा कल्पनालाई व्यवसायिक रुपमा बजार सामु प्रस्तुत गराउनेमा जोड दिईनेछ। यसका अतिरिक्त जवेगु डट कमको माध्यमबाट साना या ठूला कुनै पनि व्यवसायीले आफ्नो व्यवसाय वा उत्पादनहरुलाई संसारभरि प्रवर्ध्दन गर्न सक्ने छन्। तपाईले चाहनु भएका वस्तु र सेवाहरु जवेगु डट कममार्फत उपलब्ध गर्न वा गराउन सक्नु हुनेछ।

हङकङबाट अप्रिल ११ देखि औपचारिकरुपमा सञ्चालनमा आएको यो वेव साइटमार्फत विश्वका विभिन्न देशबाट क्रेडिट कार्ड तथा पेपल जस्ता माध्यमहरुबाट ग्यारेन्टीका साथ किन्न या बेच्न सकिने प्रावधान रहेको छ।

हालसम्म पानासोनिक भिएरा, प्लास्मा टेलिभिजन, क्यामरा, डिभिडी आई बि एम लोनेभो कम्प्युटर, एपल आईपड, एम पि थ्रि नोकिया मोवाइल फोनसहित नेपालका केही उत्पादनका साथै हङकङबाट प्रकाशित पुस्तक तथा पत्रपत्रिकाहरु राखिएका छन्। हाल हङकङमा घर बिक्रीको लागि उपलव्ध छ भने निकट भविष्यमा काठमाडौं, दुवई, जाकार्ता र टोकियोमा समेत अफिस तथा घरहरु बिक्रीमा राखिने बताएका छन्। त्यसै गरी अन्य उत्पादनका सामाग्री तथा सेवाहरू ग्राहक र बजार अनुकूल क्रमिक रुपले थपिदै लगिने जवेगू डट कम को योजना रहेको छ।

विस्तृत जानकारीको लागिः Jabegu.com

Popularity: 7%

13 comments June 29th, 2007

हङकङमा लामा बज्र नृत्य (दोर्जे करछाम) (+Photo)

एचकेनेपाल डट कम, जुन २४ -
हङकङ उर्गेन दोर्जे छ्योलिङ बुद्घिष्ट सेन्टरको आयोजनामा आइतवार लामा बज्र नृत्य (दोर्जे करछाम) तथा विश्व शान्ति पूजा र वाङको कार्यक्रम सम्पन्न भयो। गुरु रिन्पोछेको जन्म जयन्तीको शुभ उपलक्ष्यको अवसरमा हेन्री जी. लियोङ कम्युनिटी सेन्टर, याउ मा तेमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

बरिष्ठ धर्मगुरु खेन्पो श्री साङ्गे राङजुङ रिन्पोछेज्यूको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा विश्व शान्तिको लागि बुद्धको पूजाआजा गरिएको थियो भने लामा बज्र नृत्य “दोर्जे करछाम” प्रस्तुत गरिएका थिए। अनौपचारिक कार्यक्रमलाई सेन्टरका सचिव विश्वजंग गुरूङ र देवी गुरूङले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
लामा बज्र नृत्यको फाइल भिडीयो झलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


Popularity: 7%

17 comments June 25th, 2007

जनमुक्ति सेनाका डेपुटी कमान्डर अनन्तसहितका नेताहरु हङकङमा

एचकेनेपाल डट कम, जुन २१ -
एक समय थियो, शाही नेपाली सेना र नेपाल प्रहरीविरुद्ध मोर्चा कसेर आफ्ना जनमुक्ति सेनालाई अग्रता दिने नेकपा माओवादीका जनमुक्ति सेनाका डेपुटी कमान्डर वर्षामान पुन उर्फ अनन्त आज बिहीबार हङकङ आइ पुग्नुभएको छ। हाल नेकपा माओवादीका केन्द्रीय सेक्रेटरियट सदस्य तथा मध्यकमाण्ड इन्चार्जसमेत रहनुभएका अनन्तसंगै नेकपा माओवादी अध्यक्ष प्रचण्डका सुपुत्र प्रकाश दाहाल र सुनिलकुमार शर्मा पनि आउंनु भएको छ।

तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम, २१ जुन २००७। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

माओवादी स्रोतका अनुसार चीनको सङ्र्घाईमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उहाँहरु हङकङ आउन थाल्नुभएको हो।

विशेष सुत्रका अनुसार उहाँहरु हङकङ आउनु हुने यहाँका माओवादी कार्यकर्ताहरुलाई कुनै जानकारी थिएन। उहाँहरु आउने जानकारी यहाँका माओवादी नेतृत्वलाई थाहा भए पनि कार्यकर्तालाई सुसूचित नगराई गोप्य राखिएकोमा एक थरी कार्यकर्ताहरुले यहाँका नेतृत्वसंग असन्तुष्टी पोखाएका छन्।

उहाँहरुको हङकङ बसाईको क्रममा कुनै सार्वजिनक कार्यक्रम हुने वा नहुने भन्नेबारे कुनै जानकारी प्राप्त भै सकेको छैन।
HKNepal.com - HKST 20:015

Popularity: 4%

6 comments June 21st, 2007

कोरियन चुङदोक्वान (एभरेष्ट) क्लबको प्रथम ग्रेडीङ टेष्ट सम्पन्न

एचकेनेपाल डट कम -
कोरियन चुङ्दोक्वान एभरेष्ट तेक्वान्दो एकेडेमी क्लवले आफ्नो स्थापनाकालको प्रथम अपग्रेडिङ टेष्ट गत जुन १० आईतबारको दिन वान चाई स्पोर्टस हलमा भब्यताका साथ सम्पन्न गर्‍यो।

अबिभाबक तथा दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको सो हलमा चुङ्दो क्वान अन्तर्गत ६ क्लवहरुको २ सय ५० भन्दा बढि प्रशिक्षार्थीहरु सम्मिलित प्रतिस्पर्धात्मक अपग्रेडिङ टेष्ट सम्पन्न भएको थियो।

चायल्ड र एडल्ट दुइ समूहमा ६१ परिक्षार्थीहरु मध्य क्लवका इन्डोनिसियाली रेडब्ल्याक Indang S. Sumito ले सम्पूर्ण परिक्षार्थीहरुलाई पछिपार्दै बेष्ट प्लेयर उपाधि हात पारिन्। स्पारिङ, पुङ्से, स्पीड किकिङ, गुडमेनर, बेष्ट पर्फर्मेन्स आदि बिधामा क्रमशः बीजु गुरुङ, निशन गुरुङ, सुबास गुरुङ, सुर्जन गुरुङ, केशब तुम्बाहाम्फे, पासाङ तामाङ, बुद्ध गुरुङ, रन्जित राई, लिम्बु तान्छो हाङ, सितला देबी गुरुङ, साइच्छा गुरुङ, सिजन गुरुङ र शिक्षा गुरुङ आदिले स्कलरशिप प्राप्त गरेका थिए।

उत्कृष्ट परिक्षार्थीहरुलाई कोरिया चुङ्दो क्वानका प्रेसिडेन्ट तथा ग्र्याण्ड मास्टर मिस्टर वो जोङ पिल तथा मार्सल आर्टसंग सम्बन्धित बिशिष्ट ब्यक्तिहरुद्वारा पदक तथा प्रमाण - पत्र बितरण गरिएको थियो।

परिक्षार्थीहरुको सफलताप्रति खुशी व्यक्त गर्नु हुदै क्लवका प्रेसिडेन्ट तथा चिफ इन्स्ट्रक्टर रबिन नाल्मोले यसका श्रेय प्रशिक्षक, बिद्यार्थी, अबिभावक र शुभचिन्तकमा जाने बताउदै उहाँहरुप्रति आभार ब्यक्त गर्नु भयो।

स्थानीय नेपाली, चिनिया, भारतीय, पाकिस्तानी, फिलिपिन्स, इन्डोनिसियाली आदि मूलका बिद्यार्थीहरु रहेका क्लवमा स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक बिजेता अनुभवि ब्ल्याक बेल्ट प्रशिक्षकहरु जयन्त थापा, बिक्रम सुब्बा, दुर्गा तामाङ, आसिश गुरुङ, जितेन मादेन, बेल गुरुङ, अग्नि गुरुङ, अर्जुन गुरुङ, हेमराज गुरुङ, पुर्ण लक्सम, मगेन किरांत, दिल लिम्बु, मिलन राई, नबिन देवान, दिल घले, पदम चेम्जोङ, कमल लावाती, सुर्जन गुरुङ छन् भने १ सय ५० भन्दा बढी बिद्यार्थी रहेका छन्।

अनुशासन, लगनशिलता र कडा मेहनत नै सफलताको कडी हो भन्दै नाल्बोले भबिष्यमा स्थानीय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा उल्लेखनिय सफलता हासिल गर्नका निम्ति खेलको गुणस्तरमा अभिबृद्धि गर्न निकट भबिष्यमा अनुभबि तथा ख्याति प्राप्त कोरियन प्रशिक्षकहरुको समेत ब्यबस्था गराउने जानकारी गराउनु भयो।

स्थापनाकालमा विद्यार्थी भर्नामा तीब्रता आएपछि बिद्यार्थी तथा अबिभावकहरुको सुबिधालाई मध्यनजर राख्दै वान चाई र चुनवानमा यसका ब्रान्चहरु सञ्चालन गरिएका छन् भने निकट भबिष्यमा क्लवले युन लोङमा ब्रान्च खोल्ने तयारी गरिरहेको छ। क्लवको मुख्य शाखा भने जोर्डनमा रहेको छ।

Popularity: 4%

12 comments June 18th, 2007

विदेशी सगरमाथा आरोहीहरु सम्मानित (+Video)

एचकेनेपाल डट कम जुन १५ -
नेपाल पर्यटन बोर्डले हङकङ कन्भेन्शन एण्ड इक्जिबिशन सेन्टरमा शुक्रबार आयोजित एक कार्यक्रममा विदेशी सगरमाथा आरोहीहरुलाई सम्मान गरेको छ।


सगरमाथा आरोही चुन किन म्यानलाई छातीमा तक्मा लगाई दिनुहुंदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव माधवप्रसाद घिमिरे (तस्विरमा बायाँबाट पहिलो)। सोही कार्यक्रममा अर्का सगरमाथा आरोही लुईस एम बोवेन प्रशन्न मुद्रामा (तस्विरमा बायाँबाट तेश्रो)। तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक (Click here to view more pictures) गर्नुहोस्।
Click the PLAY button to watch video.

हङकङमा १४ देखि १६ जुनसम्म सञ्चालित इन्टरनेशल ट्राभल इक्स्पोमा सहभागी नेपाल पर्यटन बोर्डले हङकङका सगरमाथा आरोही चुङ किन म्यान र लुइस एम बोवेनलाई सम्मान गरेका हुन्। आरोही चुङ किन म्यानले सन् २००३ मा र लुईस एम बोवेनले सन् १९९२ मा सगरमाथाको शिखरमा पाईला टेकेका थिए।

सम्मानित आरोही लुईस एम बोवेनले नेपालप्रति कृतज्ञता प्रकट गर्दै नेपाल र नेपालीले अद्भुत उपहार प्रदान गरेको बताए। ‘सगरमाथाको सफल आरोहण सर्बाधिक महत्वपूर्ण र रोमाञ्चकारी अनुभव रहेको छ’ -लुईस एम बोवेनले भने।

सम्मानित अर्का आरोही चुङ किन म्यानले सन् १९९२ सालमा आफ्नो प्रयास विफल भएको बताउंदै ११ वर्षपछि सन् २००३ मा सफलता प्राप्त गरेको बताए। ‘नेपालका शेर्पाहरु बिना मेरो सफलता सम्भव थिएन।’ चुङ किन म्यानले भने। ‘शेर्पाहरु बलिष्ठ, सहयोगी र फरासिला हुन्छन् म तपाई शेर्पाहरुलाई धन्यवाद दिन्छु।’ नेपालको पर्यटकीय वातावरणमा अझ सुधार भएको हेर्न चाहने चुङ किन म्यानले भने - ‘हाम्रा आरोहीहरु पनि सुन्दर देश नेपाल जान ईच्छुक छन्’।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव माधवप्रसाद घिमिरेले नेपालको राजनैतिक परिवर्तनपछि पर्यटन विकासको लागि आवश्यकीय सुधारहरु भै रहेको बताउंनुभयो। विदेशी पर्यटक भित्र्याउन उडान सेवाहरुमा बृद्धि गरिने जानकारी दिनुभयो। सरकारले निकट भविष्यमा बिमान खरिद गर्ने योजना बनाएको बताउंदै हाल साउथ चाइना एयरलाइन्स गञ्जाउ- काठमाडौं सातामा २ उडान, कोरियन एयरलाइन्स सिओल- काठमाडौं सातामा ३ उडान भैरहेकोमा अब सिंगापुर एयरलाइन्सले आगामी अक्टोबरदेखि पुन उडान शुरु गर्ने जानकारी दिनुभयो। त्यसैगरी, क्याथेप्यासिफिक वा ड्रागन एयरलाइन्सले नेपालमा उडान सेवा विस्तार गरिने सम्बन्धमा छलफल भै रहेको बताउंनुभयो।

कार्यक्रममा हङकङस्थित कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराई, वायुसेवा निगमकी स्टेशन म्यानेजर शान्त बस्नेत, नेपाल पर्यटन बोर्ड पर्यटन बजार तथा प्रवर्धनकी निर्देशिका नन्दिनी थापा, नेपाल पर्वतारोहण संघका अध्यक्ष आङ छिरिङ शेर्पालगायत हङकङ पर्यटन संघसंग सम्बन्धित अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
एचकेनेपाल डट कम

Popularity: 4%

1 comment June 16th, 2007

पर्यटन मन्त्रालयका सचिव घिमिरेसंग छलफल (+Photo)

एचकेनेपाल डट कम जुन १५ -
नेपालको पर्यटन विकासको लागि हङकङ आईपुग्नुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव माधवप्रसाद घिमिरेले यहाँका नेपालीसंग समसामयिक विषयमा छलफल गर्नुभयो।

कार्यक्रममा बोल्नु हुदैं सचिव घिमिरे तस्विरमा दायाँ। तस्विरः जगत अम्बु गुरूङ एचकेनेपाल डट कम।

हङकङमा नेपाली महावाणिज्यदूतको अनुभवसमेत संगाली सक्नुभएका घिमिरेसंग यहाँका नेपालीको सुमधुर सम्बन्ध रहंदै आएको छ। हङकङ र नेपालबीच द्विपक्षीय हवाई सम्झौताका लागि गत मेको तेस्रो सातामा हङकङ आउनुहुंदा समयको अभावले भेट्न नसके पनि यस पटक भेट्न पाउंदा यहाँका नेपालीले एकै चोटी दुःख सुखका कुराकानी सुनाएका थिए।

सचिव घिमिरेले मन्त्रालयको सचिवको हैसियतले भन्दा पनि पुरानो साथीको नाताले खुलेर कुराकानी गर्नुभएको थियो। नेपाली महासंघद्वारा संघको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा देशका केही समसामयिक विषयमा, केही व्यक्तिगत र हङकङमा रहंदाका पूराना अनुभूतिहरु सुनाउंनुभएको थियो।

यहाँका नेपालीले हङकङमा नेपालीमाथि लगाएको भिसा प्रतिबन्ध सम्बन्धि जिज्ञासा, त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्थलमा देखिएका कमजोर व्यवस्थापनमा ल्याउनु पर्ने सुधारका बारेमा पनि कुरा उठाएका थिए।

सचिव घिमिरेले देशमा आएको राजनैतिक परिवर्तनपछि देश सुधारको क्रममा अघि बढेको बताउंनु भयो। हङकङमा नेपालीमाथि लगाएको भिसा प्रतिबन्धको विषयमा यहाँको सम्बन्धित निकायबाट नेपालको संम्विधानसभाको निर्वाचनपछि राजनैतिक स्थिरतालाई मध्यनजर गर्दै त्यसप्रति पुनआवोलकन गरिने जानकारी प्राप्त भएको बताउंनुभयो। अहिले हङकङमा नेपाली शरणार्थीको बढ्दै गएको चापप्रति हङकङ सरकार गम्भिर बनेको धारणा उहाँको रहेको थियो।

उहाँले नेपालको पर्यटन विकासमा बृद्धि गर्न केही प्रोजेक्ट तर्जुमा गरिने बताउंनु भयो। एक पर्यटकले १२ नेपालीलाई रोजगार प्रदान गर्ने भएकाले त्यसप्रति आफू उत्सुक रहेको बताउंनु भयो। वेरोजगार नै सबैभन्दा ठूलो देशको समस्या रहेको बताउंदै जति पर्यटक भित्र्याउन सक्यौं त्यहि आधारमा नेपालीलाई रोजगारको अवसर मिल्ने बताउंनु भयो। ‘हामी आफैंमा विश्वासिलो हुनु पर्छ। देश बनाउंने हामी नै हौं अरुको भरमा देश बन्दैन।’ सचिव घिमिरेले भन्नुभयो। उहाँले निकट भविष्यमा गैर आवासीय नेपालीसंग छलफल गरी प्रत्येक एक नेपालीले एक विदेशी पर्यटक नेपाल भित्र्याउन पहल गर्ने खालका योजना अगाडि बढाउंने ईच्छा रहेको बताउंनुभयो।

हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईको अध्यक्षता र संघका सचिव ईन्द्र थापाद्वारा सञ्चालित समसामयिक विषयमाथि भएको छलफल कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको थियो।

Popularity: 3%

Add comment June 16th, 2007

नेपालका प्रधानन्यायाधीश पौडेल हङकङमा (+Photo)

एचकेनेपाल डट कम, जुन ७ -
सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिलीपकुमार पौडेलले हङकङमा रहेका नेपालीसंग भेटघाट गर्नुभएको छ। उहाँसंगै सर्वोच्च अदालतका रजिष्ट्रार डा. रामकृष्ण तिमल्सेना पनि आउनुभएको थियो।


सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिलीपकुमार पौडेल एनआरएन (गैरआवासीय नेपाली संघ) हङकङद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै। तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

हङकङमा एसिया-प्रशान्त क्षेत्रका प्रधानन्यायाधीहरुको १२औं अन्तर्राष्ट्रिय सम्मेलन सकेपछि नेपालीहरुद्वारा आयोजित एक कार्यक्रममा उहाँहरु उपस्थित हुनुभएको थियो। हङकङ आउनुअघि उहाँहरु एसिया-प्रशान्त क्षेत्रीय न्यायिक सुधार मञ्चद्वारा मलेसियामा आयोजित एसिया-प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको गोलमेच बैठकमा सहभागी हुनुहुन्थ्यो। बैठकमा ४९ देशका प्रधानन्यायाधीश एवं न्याय तथा कानुन क्षेत्रका विशिष्ट व्यक्तित्वको सहभागिता रहेको थियो।

त्यसैगरी एसिया-प्रशान्त क्षेत्रका ६० देशका प्रधानन्यायाधीश सम्मिलित हङकङको बैठकमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश दिलीपकुमार पौडेलले पनि सभापतित्व गर्नुभएको थियो। यस क्षेत्रमा न्यायपालिकाले प्रजातन्त्र र मानव अधिकार रक्षामा खेलेको भूमिका नेपालका सन्दर्भमा कसरी लागु गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको रजिष्ट्रार डा. तिमल्सेनाले बताउंनु भयो।


थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

एनआरएन (गैरआवासीय नेपाली संघ) हङकङद्वारा जोर्डनस्थित कंगन रेष्टुरेण्टमा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्नुहुदै प्रधानन्यायाधीश पौडेलले ‘तपाईहरुबाट मातृभूमि नेपालले ठूलो आशा र आकाँक्षा राखेको छ।’ भन्नुभयो।

‘मातृभूमि नेपाललाई तपाईहरुको योगदानको खाँचो छ’ - उहाँले भन्नुभयो। ‘तपाईहरुको नेपालप्रतिको सद्भाव र योगदानलाई नेपालीहरुले मूल्याङ्न गरिरहेका छन्।’

रजिष्ट्रार डा. तिमल्सेनाले सहभागीबाट उठेका प्रश्नको जवाफ दिनुहुदै अदालतले प्रमाण बिना केही गर्न नसक्ने बताउंनु भयो। ‘प्रमाण जुटाउंने काम राज्यको हो। राज्यले प्रमाण जुटाएपछि अदालतले फैसला सुनाउने हो।’

कार्यक्रममा बुद्धिबहादुर थापा, गणेश इजम, भूपेन्द्र चेम्जोङ, राई चन्द्र दुमीलगायतले दोहोरो नागरिकता, नेपालमा जातिय भाषालाई अधिकारिक भाषाको रुपमा प्रयोग गर्न पाइने नपाईने आदिका विषयमा जिज्ञासा राख्नुभएको थियो।

अन्तर्क्रिया कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत हेमलाल भट्टराईको समेत उपस्थिति रहेको थियो। त्यसैगरी विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, व्यापारी र बुद्धिजीविहरुको उपस्थिति रहेको कार्यक्रममा एनआरएन हङकङका अध्यक्ष यमकुमार गुरुङको सभापतित्व र उपाध्यक्ष सुमलकुमार गुरुङको सञ्चालन रहेको थियो।

Popularity: 3%

1 comment June 8th, 2007

नेपाली महिला तथा बालबालिकाद्वारा स्वयंसेवा (+Photo)

एचकेनेपाल डट कम -
श्रृंगारकर्मीको अगुवाईमा नेपाली महिला तथा बालबालिकाहरुले हङकङका एक उपकारी संस्थाको सहयोगार्थ स्वयंसेवा कार्यमा जुट्दै आइरहेका छन्।

साउथ एसियान्स सपोर्ट एलाइन्स (सासा)संग आवद्ध नेपाली श्रृंगारकर्मी तथा बालबालिकाहरुले गत हप्ता उपकारी संस्था हङकङ एडभेन्चर कोर्प्स (एचकेएसी)द्वारा आयोजित फ्ल्याग सेल (Flag Sale) कार्यक्रममा सहयोग गरेका हुन्।

मे २६ का दिन एचकेएसीले करिव २ हजार सहयोगीहरुलाई परिचालन गरेर झण्डा विक्री-वितरण गरेका थिए। तिनीहरुमध्ये नेपाली महिला तथा बालबालिकाहरु समेत उक्त उपकारी संस्थाका निम्ति खटिएका थिए। बिहान करिव ८ बजेदेखि १२ बजेसम्म झण्डा बेचेर उपकारी संस्था एचकेएसीलाई अर्थ संकलनमा सहयोग पुर्‍याएका थिए।

सासासंग आवद्ध सबु लिम्बुका अनुसार सासाले श्रृंगारकर्मीहरुलाई श्रृंगारसम्बन्धि आधारतभूत प्रशिक्षण दिनुका साथै उपकारी संस्थाहरुलाई स्वयंसेवा प्रदान गर्दै आएको छ। सासा प्रोजेक्ट समाजसेवी केरी चाङद्वारा सञ्चालित छ।

त्यसै गरी सन् १९९५ मा स्थापित उपकारी संस्था हङकङ एडभेन्चर कोर्प्स (एचकेएसी)ले १२ वर्षदेखि १७ वर्षसम्मका किशोर किशोरीहरुलाई साहसी र अनुशासनको पाठ सिकाउनका साथै समाजप्रति उत्तरदायित्व बढाउंन, नेतृत्व विकास, आत्मनिर्भरता, सहनशीलता बन्न शिक्षा प्रदान गर्दै आएको छ।

तस्विर सौजन्यः सबु लिम्बु / सासा

Popularity: 3%

Add comment June 5th, 2007

अंग्रेजी भाषाका थप विद्यालयको माग…(+Photo)

एचकेनेपाल डट कम, जुन ३ -
नेपालीलगायत दक्षिण एसियाली बिद्यार्थीहरुका लागि अंग्रेजी माध्यममा पढाइने थप बिद्यालयको माग गर्दै हङकङ सरकारलाई आइतबार माग पत्र बुझाएका छन्।

अंग्रेजी माध्यममा पढाईने बिद्यालयको संख्या पर्याप्त नहुंदा दक्षिण एसियाली बिद्यार्थीहरु चिनीयाँ भाषामा अध्यापन गरिने बिद्यालयमा अध्ययन गर्न वाध्य भएका छन्।

‘हामीलाई अंग्रेजी भाषामा अध्यापन गरिने थप बिद्यालय चाहिइयो।’ - जुलुस प्रदर्शनमा सहभागी एक नेपाली बिद्यार्थी भने। ‘अंग्रेजी भाषाका बिद्यालय सीमित भएकोले हामी जस्ता गैर चिनीयाँ बिद्यार्थी चिनीयाँ भाषामा अध्यापन गरिने बिद्यालयमा पढ्न वाध्य भएका छौं।’

‘स्वच्छ शैक्षिक वातावरणको लागि अल्पसंख्यक समुदायलाई हङकङ सरकारले हेर्नु पर्छ।’- सहभागी एक अभिभावकले भने।

माग पत्रका अनुसार हङकङमा लगभग १५ हजार दक्षिण एसियाली बिद्यार्थी छन् जसमध्ये न्यु टेरिटोरिजमा करिव १ हजार बिद्यार्थी छन् भने शाम शुइ पो र याउ चिम मोङ क्षेत्रमा केही बिद्यार्थी छरिएर रहेका छन्। तिनीहरुका मातृभाषा नेपाली र पाकिस्तानी भएकाले अंग्रेजी भाषा दोश्रो र चिनीयाँ तेश्रो भाषाको रुपमा लिइन्छ। भाषागत अन्तर र चिनीयाँ भाषाको अज्ञानताले दक्षिण एसियाली बिद्यार्थी स्थानीय चिनीयाँ बिद्यार्थीको तुलनामा स्वभाविक रुपमा पछि परेका छन्। यसले यी बिद्यार्थीको भविष्यमा समेत गम्भीर प्रभाव पर्न सकिने बताएइको छ।


जुलुसमा सहभागी नेपाली बिद्यार्थी। थप तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस्। तस्विरः जगत अम्बु गुरुङ एचकेनेपाल डट कम।

दक्षिण एसियाई बिद्यार्थीको भविष्यप्रति चिन्तनशील केही अभिभावक र शिक्षाप्रेमीहरुले डिस्ट्रीक्ट काउन्सिल गएर अवगत गराए पछि युन लोङ र शाम शुइ पोका डिस्ट्रिक्ट काउन्सिलरहरुको नेतृत्वमा गएको एक जुलुसले हङकङका एजुकेशन एन्ड मेनपावर ब्युरोका सचिव अर्थर ली क्वोकमार्फत सरकारलाई माग पत्र बुझाइएका थिए।

जुलुसमा नेपाली बिद्यार्थी, शिक्षक तथा अभिभावकहरुसमेत सहभागी थिए।
एचकेनेपाल डट कम


Popularity: 4%

6 comments June 5th, 2007


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2007
M T W T F S S
« May   Jul »
 123
45678910
11121314151617
18192021222324
252627282930  

Posts by Month

Posts by Category