Archive for November, 2007

हङकङका पत्रकार र एनआरएनबीच समझदारी

एचकेनेपाल डट कम, नोभेम्बर ३० -
हङकङका स्थानीय नेपाली मिडीया र गैर आवासीय नेपाली संघ हङकङ (एनआरएन) बीच जारी रहेको असमझदारीलाई दुई पक्षबीच छलफल गरेर अन्त गरेको छ।

गैर आवासीय नेपाली संघ एनआरएन हङकङद्वारा गत २३ सेप्टेम्बर आयोजित एक कार्यक्रममा पत्रकारमाथि भएको अशोभनीय व्यवहार प्राविधिक कमजोरीका कारण भएको एनआरएन हङकङले स्वीकार गरेपछि दुई पक्षबीच समझदारी कायम भएको हो।

एनआरएन हङकङका पदाधिकारीहरु र स्थानीय छापा तथा इलोक्ट्रोनिक मिडीयासंग आवद्ध सञ्चारकर्मीहरुबीच जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा शुक्रबार साँझ भएको छलफलपछि एक अर्काबीचको सहकार्य र सहयोगलाई निरन्तरता दिने समझदारी भएको छ।

गत सेप्टेम्बर २३ तारिख एनआरएन हङकङद्वारा आयोजित एक साँस्कृतिक कार्यक्रमको रिपोर्टिङ गर्न गएका पत्रकारहरुले प्रवेश नपाएपछि सो कार्यक्रम र त्यसपछिका एनआरएन हङकङद्वारा आयोजित सबै कार्यक्रमलाई बहिस्कार गरी समाचारहरु सम्प्रेषण नगर्ने घोषणा पत्रकारहरुले गरेका थिए।

एनआरएन हङकङको कार्यक्रमलाई स्थानीय नेपाली मिडीयाहरुले बहिस्कार गरेको समाचार बाहिर आएपछि नेपाली समाजमा यस घटनाले व्यापक चर्चा पाएको थियो भने त्यस सामान्य घटनाको कारण एनआरएन हङकङ ठाउं ठाउंमा पटक पटक आलोचित बन्न पुगेका थिए। काठमाडौंमा सम्पन्न एनआरएनएको तेश्रो विश्व सम्मलेनका सहभागीहरुबीच पनि यही प्रसंग उठेको थियो भने हालै दक्षिण कोरियामा सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कोरियाको प्रथम साधारण सभामा त्यहाँका सहकर्मी पत्रकारहरुले यही प्रसंगलाई दोहोर्‍याएका थिए।

एनआरएन हङकङले यहाँका स्थानीय मिडीयाको अस्तित्वलाई स्वीकार्न नसकेपछि दई पक्षबीच तनाव उत्पन्न भएको थियो। यसै बीच एनआरएन हङकङले वार्ता टोली गठन गरेर पत्रकारसंग वार्ता गरी सहमति जुटाउने प्रयास भैरहेको खबर बाहिर आएको भए पनि औपचारिक रुपले त्यसो हुन सकिरहेको थिएन। करिव दुई महिनासम्म जारी रहेको असमझदारीलाई एनआरएन हङकङकै पहलमा अन्त्य गरी समझदारीमा जाने प्रयास बमोजिम पत्रकारहरुलाई छलफलको लागि निमन्त्रणा गरिएको थियो।

छलफलमा एनआरएन हङकङ अध्यक्ष यामकुमार गुरुङ (त्रिलोक) ले आफूहरुले पत्रकारहरुलाई जानी जानी त्यसो नगरेको बताए। ‘त्यो अज्ञानतावस भएको भूल थियो’ गुरुङले स्पष्ट रुपले भने। छलफलमा एचकेनेपालका प्रधानसम्पादक पशन तमूले ‘एनआरएन भनेको हामी सबैको साझा संस्था हो’ भन्दै ‘आफूहरुले विगतका समयमा एनआरएन हङकङका समाचारलाई महत्वका साथ सम्प्रेषण गर्दै आए पनि एनआरएन हङकङप्रति गर्दै आएको सहयोग र समर्थनलाई एनआरएन हङकङले नजरअन्दाज गरेको’ धारणा व्यक्त गरेका थिए। ‘एनआरएन हङकङले त्यतिबेला जानेर होस् वा नजानेर भूल गरेको छ यसलाई स्वीकार गरिनु पर्ने’ तमूले जोड दिएका थिए। एभरेष्ट विक्लीका सम्पादक किसन राईले ‘कार्यक्रममा पत्रकारहरुलाई निमन्त्रणा नगरिएकै हो।’ राईले भने - ‘आयोजकद्वारा उपलव्ध मिडीया पास बिना हलभित्र फोटो खिच्ने अनुमति हुंदैन। त्यसैले पत्रकारलाई प्रवेश पनि नदिइनु र आयोजकद्वारा मिडीया पास पनि उपलव्ध नगराउनु एनआरएनको भूल थियो’ राईले भने। सनराइजका सम्पादक भूपेन्द्र चेम्जोङलाई पत्रकारहरुलाई पासको व्यवस्था नभएको आयोजक संस्थाका एक सदस्यबाट दिउंसो नै जानकारी प्राप्त भएको बताए। ‘एनआरएनले पत्रकारलाई नबोलाइने निर्णय गरे जस्तो लाग्छ’ - चेम्जोङले भने। फोटो पत्रकार जगत अम्बु गुरुङले ‘यदि पत्रकारलाई पासको व्यवस्था गरिने निर्णय गरिएको थियो भने त्यसको जिम्मा कसले लिएका थिए ? र उनले किन त्यो जिम्मा पूरा गर्न सकेनन् ?’ भन्ने प्रश्न राखेका थिए। नेपाल एचकेका सम्पादक प्रकाश के.शी.ले एनआरएन हङकङले पत्रकारहरुको महत्व बुझ्न नसकेकोमा आश्चर्य व्यक्त गरेका थिए। आफ्ना भनाई राख्ने पत्रकारहरु बाहेक नेपाल पोष्ट ओभरसिजका सम्पादक कुलप्रसाद गुरुङ र फोटो पत्रकार प्रार्थना गुरुङ समेत छलफलमा उपस्थित रहेका थिए।

पत्रकारहरुले आफ्ना भनाईहरु राखेपछि अध्यक्ष गुरुङले ‘मिडीया पास तयार बनाउन नसकिएकोले स्वयंसेवक या कुनै अन्य व्याजको व्यवस्था गराउन खोज्दा व्याजको पोका नै हराएको’ जानकारी दिए। ‘हामीले इन्टेशनली पत्रकारहरुलाई प्रवेश नदिन चाहेको थिएन। काम गर्दै जाँदा यस्ता कमजोरीहरु हुंदा रहेछन्’ गुरुङले भने। उपाध्यक्ष सुमलकुमार गुरुङले भने - ‘त्यो अप्रिय दुर्घटना थियो। हामीले कामको चटारोमा पत्रकारलाई बोलाउनु पर्छ भन्ने सोंचाई नै नभएको’ बताए। त्यसै गरी एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक गणेश इजमले एनआरएन हङकङभित्र आफ्नो भूमिका सिमित रहने जानकारी गराउंदै कार्यक्रमका लागि थप कार्यभार थपिएकाले मिडीया पास बनाउन चाहदा चाहदैं समयको अभावले बनाउन नभ्याएको बताए। एनआरएन हङकङका सचिव विश्वजंग गुरुङद्वारा शुरु गरिएको छलफलमा एनडी गुरुङ र जेएन ज्ञवालीले पनि आफ्ना धारणा राखेका थिए। छलफल कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईको समेत उपस्थिति रहको थियो।

छलफलमा सम्बन्धित सबैका भनाईहरुलाई फ्लोरमा राखि सकेपछि एनआरएन हङकङबाट प्राविधिक कमजोरी भएको निश्कर्ष निकालिएको थियो। एनआरएन हङकङले यसलाई प्राविधिक कमजोरीका रुपमा स्वीकार गर्नु पर्ने पत्रकारहरुबाट आएको सुझाबलाई सहमति जनाएपछि दुई पक्षबीच समझदारी कायम भएको थियो।

एनआरएन हङकङका अध्यक्ष गुरुङले यस प्रसंगलाई कसैको हार र जितको सवालमा तुलना नगरी नङ र मासुको सम्बन्ध झैं समाजमा हाम्रो सम्बन्धलाई प्रगाढ पार्दै लानु पर्ने धारणा व्यक्त गरे। छलफल पश्चात एनआरएन हङकङलाई स्थानीय मिडीयाको आवश्यकता महसुस भएको र पत्रकारहरु पनि एनआरएनकै एक अभिन्न अंग हुन् भन्ने प्रष्ट भएको छ।

Popularity: 3%

4 comments November 30th, 2007

यो साल पनि तमुहरुको छुट्टा छुट्टै ल्होछार

एचकेनेपाल डट कम, नोभेम्बर २६ -
गत सालहरुमा जस्तै यो साल पनि हङकङमा रहेका तमुहरुले छुट्टाछुट्टै रुपमा ल्होछार मनाउने भएका छन्।

तमुहरुको महान चाड ल्होछारलाई एक भएर एकै ठाउंमा मनाउने प्रयासबमोजिम भएको वार्ता असफल भएपछि यो साल पनि ल्होछार छुट्टाछुट्टै मनाउन थालिएको हो। जसले गर्दा धेरै तमुहरुको एक भएर ल्होछार मनाउने चाहना अपूरो भएको छ।

गत सालदेखि ल्होछार एक भएर मनाउने उद्धेश्य अनुरुप तमु ट्हो हृयुल हङकङ र तमु प्ये ल्हु संघबीच पटक पटक वार्ता भएको थियो। ती वार्ताले मूर्त रुप लिन नसकेपछि पछिल्लो पटक तमु ट्हो हृयुल हङकङको तर्फबाट एकबहादुर गुरुङको संयोजकत्वमा र तमु प्ये - ल्हु संघको तर्फबाट रितबहादुर गुरुङको संयोजकत्वमा भएको वार्ता पनि असफल भएको छ।

दुबै वार्ता टोलीका संयोजकहरुद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार एकै थलोमा हर्षोल्लासका साथ ल्होछार मनाउंने चाहना हुंदाहुदै पनि प्राविधिक कारण एक हुन नसकेको जनाएको छ। ल्होछार एक भएर मनाउन नसकिएता पनि एक आपसमा कार्यगत एकता र सहयोगको आदान प्रदान जारी रही रहने जनाएको छ।

Popularity: 6%

25 comments November 29th, 2007

‘तमु ट्हो सुं’ पत्रिका विमोचित (+Photo)

एचकेनेपाल डट कम, नोभेम्बर २५ -
तमु ट्हो हयुल हङकङको मुख -पत्र ‘तमु ट्हो सुं’ को २५ नोभेम्बर जोर्डनस्थित मनकामना रेष्टुरेण्टमा विमोचन भयो।

तमु ट्हो हृयुल हङकङद्वारा प्रकाशित तमु ट्हो सुंलाई हङकङस्थित नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईले एक समारोहबीच विमोचन गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिसमेत रहनुभएका महावाणिज्यदूत भट्टराईले यस प्रकाशनले तमुहरुको भाषा र संस्कृतिलाई अगाडि बढाउन मद्दत पुग्ने बताउनु भयो।


‘तमु ट्हो सुं’ को विमोचन गर्नुहुदै नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

तमु ट्हो हृयुल हङकङका अध्यक्ष एकबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न विमोचन कार्यक्रमलाई सचिव गणेश गुरुङले सञ्चालन गर्नुभएको थियो। उपाध्यक्ष इच्छाकुमारीको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई प्रवक्ता डम्बर गुरुङले शुभकामना मन्तव्य दिनुभएको थियो।

विमोचन कार्यक्रममा तमु ट्हो हृयुल हङकङका सल्लाहकारहरु क्या. चन्द्रबहादुर गुरुङ, लालबहादुर गुरुङ र अर्जुन गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

Popularity: 3%

3 comments November 26th, 2007

हङकङ तामाङ घेदुङद्वारा प्रशान्तको सम्मानमा कार्यक्रम (+Photo)

एचकेनेपाल डट कम, नोभेम्बर २५ -
इण्डियन आइडल - ३ प्रशान्त तामाङले हङकङमा आफ्ना लाइभ कन्सर्ट दिएर इण्डिया फर्किसके पनि हङकङमा प्रशान्तको हृयाङओभर बाँकी नै छ।

छोटो समयका लागि हङकङ आएका प्रशान्तले २३ नोभेम्बरका दिन लाइभ कन्सर्टमा मात्र आफ्ना समय खर्च गरेनन् उनले आफ्नो सम्मानमा आयोजित कार्यक्रमहरुमा समेत उपस्थित हुन भ्याए। उनी आएकै दिनमा जोर्डनस्थित नमो बुद्ध धर्म सेन्टरमा गई नमो बुद्ध आमा समूहद्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा सरीक भए।


थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
त्यसै गरी सोही दिन बिहान हङकङ तामाङ घेदुङद्वारा युन लोङस्थित सांग्रिला रेष्टुरेण्टमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा समेत उपस्थित भएका थिए। कार्यक्रममा प्रशान्तलाई हङकङ तामाङ घेदुङको तर्फबाट अध्यक्ष हिन्दुकुमार मोक्तानले तामाङ जातिको परिचय झल्किने तामाङ टोपी र खादा ओडाई सम्मान व्यक्त गर्नुका साथै सम्मान पत्र प्रदान गरेका थिए। अध्यक्ष मोक्तानले अमितलाई नेपाली टोपी ओडाएर सम्मान व्यक्त गरेका थिए। त्यसै गरी चारु र दीपालीलाई समेत खादा ओडाएर सम्मान गरेको थियो।

अध्यक्ष मोक्तानले इण्डिया जस्तो बिशाल देशमा इण्डियन आइडल बन्न सफल भएकोमा प्रशान्तलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरु बाहेक प्रशान्तका फ्यानहरुको पनि उपस्थिति रहेको थियो।

Popularity: 3%

Add comment November 23rd, 2007

बौद्ध धर्मको आमा ग्रन्थ - हयों पति वाचन तथा अभिषेक कार्यक्रम

बौद्ध धर्मको आमा ग्रन्थ - हयों पति वाचन तथा अभिषेक कार्यक्रम
नमो बुद्ध आमा समूहको प्रथम वार्षिक उत्सवको उपलक्ष्यमा बौद्ध धर्मको आमा ग्रन्थ हयों पति वाचन र अभिषेक (वाङ थाप्ने) कार्यक्रममा यहाँहरुको उपस्थितिको लागि अनुरोध गरिन्छ।

आयोजकः नमो बुद्ध आमा समूह, जोर्डन हङकङ
थप जानकारीको लागिको तलको पोष्टरमा क्लिक गर्नुहोस्।


Popularity: 4%

3 comments November 21st, 2007

च्याम्बर अफ कमर्सद्वारा महावाणिज्यदूतको स्वागत (+Photo)

एचकेनेपाल डट कम, नोभेम्बर १९ -
प्रस्तावित नेपाल च्याम्बर अफ कमर्स हङकङले हालै हङकङमा नियुक्त हुनुभएका महावाणिज्यदूत केशवप्रसाद भट्टराईको सम्मानमा सोमबार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा स्वागत कार्यक्रमको आयोजना गर्यो।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष तेजबहादुर राईले महावाणिज्यदूत भट्टराईलाई फूलको गुच्छा प्रदान गरी स्वागत गर्नुभएको थियो। सोही अवसरमा अध्यक्ष राईले वाणिज्यदूत सुशिलकुमार लम्साल, सहचारीहरु लेखनाथ गौतम र उत्तमप्रसाद न्यौपानेलाई पनि फूलको गुच्छा प्रदान गर्नुभएको थियो।

च्याम्वर अफ कमर्सका अध्यक्ष तेजबहादुर राईको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा महावाणिज्यदूत केशवप्रसाद भट्टराई प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो भने वाणिज्यदूत सुशिलकुमार लम्साल, महावाणिज्यदूतका सहचारीहरु लेखनाथ गौतम र उत्तमप्रसाद न्यौपाने, नेपाल वायुसेवा निगमका प्रबन्धक शान्त बस्नेत, स्टेशन म्यानेजर बाबा श्रेष्ठ अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। च्याम्वर अफ कमर्सका सदस्य राजेन्द्र थापाद्वारा सञ्चालित कार्यक्रममा कुलप्रसाद गुरुङले स्वागत मन्तव्य प्रकट गर्नुभएको थियो।


स्वागत कार्यक्रममा बोल्दै महावाणिज्यदूत भट्टराईले महावाणिज्यदूतको काम उद्योग, व्यापार र वाणिज्यसंग सम्बन्धित गतिविधि बढाउनु रहे पनि आफूहरु पासपोर्ट र भिषा सम्बन्धि कामहरुमा बढी व्यस्त रहनु परेको खुलासा गर्नुभयो। हङकङमा नेपालीको संख्या धेरै रहेकाले यस्ता समस्याहरु पनि धेरै देखिएको हुन सक्ने बताउदै नेपालीका समस्याप्रति आफू सम्वेदनाशील रहेको बताउंनुभयो। हामी खुला दिलले यहाँका नेपालीलाई सहयोग गर्न तयार छौं महावाणिज्यदूत भट्टराईले भन्नु भयो।

हङकङमा १ सय ३४ कन्सुलेटहरु रहे पनि ६ / ७ कन्सुलेटहरु मात्र पूर्णरुपले उद्योग, व्यापार र वाणिज्यलाई आधार मानेर सञ्चालित रहेको बताउंनुभयो। नेपाललगायत एसियाली देशका दूतावासहरु वैदेशिक रोजगारमा रहेका आफ्ना नागरिकहरुको समस्याप्रति बढी व्यस्त रहनु परेको कारण उद्योग, व्यापार र वाणिज्यसंग सम्बन्धित गतिविधि बढाउन नसकिएको उहाँले स्पष्ट पार्नुभयो।

महावाणिज्यदूत भट्टराईले रोजगार भिषा कटौती लगायतका विषयमा हङकङका चिफ एक्जेक्युटिभसंग कुराकानी भएको बताउनुभयो -हङकङ सरकारबाट रोजगार भिषाको सवालमा पुनर्विचार गरिने बताएको जानकारी दिनुभयो।

हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राईले महावाणिज्यदूत भट्टराईको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नु भयो। उहाँले कुटनीतिमा सफल मानिएका भेषबहादुर थापाको प्रसंग उल्लेख गर्दै महावाणिज्यदूत भट्टराईलाई पनि हङकङ र नेपाल सरकारबीच सफल कुटनीतिज्ञका रुपमा यहाँका नेपालीले हेर्न चाहेको आकांक्षा व्यक्त गर्नुभयो।

नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष तेजबहादुर राईले कमर्सले महावाणिज्यदूतसंग सहकार्य गरी हङकङमा नेपाली व्यापार र वाणिज्यलाई प्रोत्साहित गर्न चाहन्छ भन्नुभयो। च्याम्बर अफ कमर्सले हङकङ सरकारबाट एकाध महिनाभित्रै स्वीकृति प्राप्त गर्ने चरणमा रहेको बताउंदै विदेशीले जस्तो हामीले हाम्रा व्यापार र वाणिज्यलाई विस्तारका लागि प्रयास गर्नुपर्ने बताउंनु भयो। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

1 comment November 20th, 2007

बिनिता भइन् ‘प्रथम - पोखरेली झ्याल आइडल’ (+Photo)

एचकेनेपाल डट कम, नोभेम्बर १८ -
मितेरी सेवा समिति पोखरा - हङकङद्वारा नोभेम्बर १८ मंकी हिलमा आयोजना गरेको नृत्य प्रतियोगितामा स्याङ्जाकी ११ वर्षीया बिनिता गुरुङ प्रथम - पोखरेली झ्याल आइडल बनेकी छिन्। निर्णायकको मूल्याङकन र दर्शकको भोटिङको आधारमा बिनिता प्रथम पोखरेली झ्याल आइडल बनेकी हुन्। प्रतियोगितामा गोरखाकी अनु गुरुङ फस्ट रनर अप र पोखराकी सबनम गुरुङ सेकेन्ड रनर अप भए।

पोखरेली झ्याल आइडल भिडीयो झलक भाग - १

दोश्रो भाग अपडेट हुन बाँकी..


बिनिता गुरुङ प्रथम - पोखरेली झ्याल आइडल

हङकङमा पहिलो पटक आयोजना गरिएको प्रथम - पोखरेली झ्याल आइडल आइतबार मंकी हिलमा दर्शकहरुको ठूलो उपस्थितिबीच भव्यताका साथ सम्पन्न भएको हो। विगत ३ वर्षदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरी पोखरेली झ्याल कार्यक्रम गर्दै आएको मितेरी सेवा समिति पोखरा - हङकङले यस वर्षदेखि थप नयाँ प्रस्तुति र आकर्षणको रुपमा प्रथम पोखरेली झ्याल आइडल नृत्य प्रतियोगिता समावेश गरिएको हो।


परिचय राउण्ड

परिचय राउण्ड र नृत्य प्रस्तुतिको आधारमा निर्णायकले टप फाइभ घोषणा गरेका थिए। टप फाइभभित्र परेका बिनिता गुरुङ, अनु गुरुङ, सबनम गुरुङ, सुबि गुरुङ र गंगा गुरुङबीच फाइनल नतिजाको लागि पुनः प्रतिस्पर्धा गराइएको थियो। प्रतियोगितामा प्रतियोगीलाई एक नृत्य नेपाली संस्कृति झल्किने अनिवार्य र दोश्रो नृत्य नीजि छनौटका गीतमा नृत्य गर्ने मौका प्रदान गरिएको थियो। आयोजकले दर्शकलाई आफूलाई मन परेका प्रतिस्पर्धीहरुलाई भोट हाल्न सकिने व्यवस्था मिलाएका थिए। दर्शकले टप फाइभका नाम र नम्बर अंकित बक्समा डलर खसालेर भोट हालेका थिए। ५ डलर बराबर १ भोट गणना गरिएको थियो।

कार्यक्रममा बालकलाकार मोनामी पुन र हङकङकी चर्चित डान्सर सुनिता हिताङले अप्रतियोगी नृत्यहरु प्रस्तुत गरेका थिए।


प्रथम- पोखरेली झ्याल आइडलको औपचारिक समुद्घाटन समितिका सल्लाहकार श्यामराज मानन्धरको शुभकामना मन्तव्यबाट भएको थियो। पोखरेली कलाकारहरुले पोखराप्रति अगाध माया दर्शाउंदै कलाकारहरु राजु गुरुङ, श्याम गुरुङ, विजय गुरुङ, कृष्ण गुरुङ र रक्षा गुरुङले स्वागत गीत गाएका थिए।

प्रतियोगिताभरी दर्शकको वाही वाही र ताली पाएका प्रतियोगीहरु नै अन्ततः निर्णायकका मूल्याङ्कन र दर्शकका भोटिङका आधारमा बिनिता गुरुङ प्रथम पोखरेली झ्याल आइडल घोषित भएकी थिइन् भने अनु गुरुङ फस्ट रनर अप, सबनम गुरुङ सेकेन्ड रनर अप भएका थिए। सुवि गुरुङ र गंगा गुरुङ क्रमशः चौथौं र पाँचौं स्थानमा परेका थिए।


निर्णायकहरू

डाँफेकला मन्दिर पोखराका पूर्व नृत्यकार रामबहादुर गुरुङ मूख्य निर्णायक रहेको तीन सदस्यीय निर्णायक मण्डलमा अन्य निर्णायकहरुमा हिम शिखर कला मन्दिर पोखराका संस्थापक अध्यक्ष तथा झटारो समूह हङकङका संस्थापक सदस्य कलाकार भीम गुरुङ र मितेरी सेवा समिति पोखरा- हङकङकी संस्थापक महिला सदस्य तथा आजीवन सदस्य चन्द्रा गुरुङ मानन्धर रहेका थिए। प्रथम पोखरेली झ्याल आइडल प्रतियोगिताको मिडिया पार्टनरसमेत रहेको एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमूले प्रतियोगिताको कार्यक्रमलाई शुरुदेखि अन्त्यसम्म सञ्चालन गरेका थिए।


कार्यक्रममा प्रथम पोखरेली झ्याल आइडल प्रतियोगिता बाहेक बिबिक्यु पार्टी, चित्रकला प्रदर्शनी, डोरी तान्ने प्रतियोगिता र डिजे डान्स भएका थिए। कार्यक्रममा पोखरा लेकसाइडका ३५ वर्षीय कलाकार हरिप्रसाद गुरुङद्वारा वाटर कलर प्रयोग गरी सिर्जना गरिएका नेपालका प्राकृतिक सौन्दर्य झल्किने चित्रहरु हिमाल, पहाड, तराई, शान्तिका अग्रदूत गौतम बुद्ध, एसियन मूलका महिला केटाकेटीहरुका पोट्रेटहरु प्रदर्शनीमा राखिएका थिए।
डारी तान्ने प्रतियोगितामा दुई वर्षदेखि जित्दै आएका पुन क्लव हङकङ यस पटक पनि विजयी भएर सिल्ड आफ्नो कब्जामा पार्न सफल भए। पोखरेली झ्याल टिम उपविजेता बनेको थियो।


अध्यक्ष तुलसीकुमार गुरूङ।

‘हामीले हलिउडमा जस्तै यहाँ पनि रेड कार्पेट ओछ्याएका छौं।’ हजारौं दर्शकको अगाडि आयोजक संस्थाका अध्यक्ष तुलसीकुमार गुरुङले भने - ‘हामीले पोखरेली कला र संस्कृतिलाई पोखरेली झ्यालको रुपमा पस्कदै आइरहेका छौं’ गुरुङले भने। ‘हामी भावनानात्मक रुपले पोखरालाई यसरी नै माया गरिरहने छौं। हामीले यस्तै रमाइला र रचनात्मक कार्यक्रमहरुको आयोजना गरेर हङकङमा सबैसंग पोखरेली माया र खुशी साट्न चाहन्छौं।’


अध्यक्ष गुरुङले प्रथम पोखरेली झ्याल आइडल बिनिता गुरुङलाई आइडलको व्याजका साथमा हङकङ डलर ४ हजार २ सय ५७ नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए। त्यसैगरी फस्ट रनरअप अनु गुरुङलाई २ हजार ५ सय १० नगद पुरस्कार तथा प्रमाणपत्र र सेकेन्ड रनरअप सबनम गुरुङलाई ८ सय ५१ डलर नगद पुरस्कार तथा प्रमाणपत्र प्रायोजक तथा निर्णायकहरुले प्रदान गरेका थिए। चौथो र पाँचौं स्थानमा रहेका सुबि गुरुङ र गंगा गुरुङलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो। टप फाइभमा नपरी प्रतियोगिताबाट बाहिरिएकी रोजी पुनलाई हङकङका पुन समाजले सान्त्वना र हौसलास्वरुप ७ सय डलर प्रदान गरिएको थियो।

कुलबीर एस धालिवाइ - इष्ट वेष्ट स्प्रिट लिमिटेड, त्रिलोक गुरुङ - एकता इन्टरनेशल हङकङ लिमिटेड, प्रकाश पुन - द गोर्खाज ग्रुप, कृष्नान एण्ड चाङ सोलिसिटर्स, कमल पौडेल - कङ्गन, हितमान गुरुङ, दुर्गा गुरुङ, गौरब गुरुङ, बिशाल गुरुङ, चेतन गुरुङ र निरञ्जन गुरुङ प्रायोजक रहेको कार्यक्रममा स्वयंसेवकहरुलाई खानपिनको व्यवस्था नमो बुद्ध आमा समूहले गरेका थिए। अध्यक्ष गुरूङले प्रायोजक तथा सञ्चारकर्मीहरूलाई खादा ओडाएर धन्यवाद प्रकट गरेका थिए।

प्रथम - पोखरेली झ्याल आइडल प्रतियोगिताको संयोजकमा भीम पुन, ब्यानर तथा पोष्टर डिजाइन र मिडीया संयोजकमा मनु गुरुङ रहेका थिए भने हङकङमा पहिलो नेपाली इन्टरनेट म्यागजिन एचकेनेपाल डट कमले अफिसियल मिडीया पार्टनरको रुपमा सघाएका थिए। अपरान्ह करिब ३ बजे आरम्भ भएको कार्यक्रम साँझ अबेर समापन भएको थियो। कार्यक्रमको अन्तमा डिजे राम गुरुङको डिजे कलामा युवायुवतीहरु मध्यरातसम्म डान्सको मस्तीमा रमेका थिए।

तस्विरः जगत अम्बु गुरुङ र मनु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 26%

109 comments November 18th, 2007

संखुवासभा समाजको दैउसी भैलो कार्यक्रम (+Photo)

एचकेनेपाल डट कम, नोभेम्बर १७ -
पूर्वी पहाड संखुवासभा जिल्लाबासीहरुले गत वर्षहरूमा झैं यो वर्ष पनि गाउं घरको समझनामा हङकङमा रहेका आफन्तहरु माझ नेपाल र नेपालीहरुको उन्नति, प्रगति, शान्ति एवं उज्वल भविष्यको कामना गर्दै देउसी भैलो न्यु संगीत रेस्टुरेण्टमा खेलियो।



सदाजस्तै संकलित रकमलाई जिल्ला र जिल्लावासीहरुको हितमा प्रयोग गरिने समाजले जनाएको छ। कार्यक्रममा ‘हाम्रो संखुवासभा’ नामक पुस्तकको विमोचन र नेपाल वार ऐसोसिएसनका वर्तमान सदस्य भविश्वर गुरुङलाई सम्मान गरिएको थियो।

लोक गायक खेमराज गुरुङ, पप गायक सन्तोष राई, पूर्णिमा रानामगर र साथीहरुबाट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। खेमाहाङ जिमीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समाजका सचिव कर्ण कोरंगीले सञ्चालन गर्नु भएको थियो। उपस्थित सबै संखुवासभालीलाई प्रेम कोरंगीले धन्यवाद दिनु भएको थियो। कार्यक्रमको संयोजन हेम राईले र संस्कृतिक कार्यक्रमको संयोजन ललित जङ राई र खेमराज गुरुङले गर्नु भएको थियो। समाजका अध्यक्ष र सल्लाहकारहरूबाट पुस्तक विमोचन गरिएको थियो। सल्लाहकार उपेन्द्र कोरंगीले विमोचित पुस्तकसम्बन्धि समालोचनात्मक भनाईहरु राख्नु भएको थियो।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 93%

41 comments November 18th, 2007

आदिवासी साँझ - २ (+Video)

एचकेनेपाल डट कम -
विदेशी भूमिमा नेपालका विभिन्न जाति, भाषा, भेष, कला र संस्कृति पढ्न, सुन्न र हेर्न पाउंदा गर्व र गौरव लाग्छ। को नेपाली होलान् र आफ्ना भाषा, भेष, कला र संस्कृतिलाई मन नपराउने ? साँचि नै नेपाली भाषा, कला र संस्कृतिहरु सुन्दर, आकर्षक, मनमोहक र अरुभन्दा नितान्त पृथक छन्। नेपालको जातिय पहिचान र अस्तित्व नै हाम्रा भाषा, भेष, कला र संस्कृतिहरु हुन्।

हङकङमा गत ४ नोभेम्बर आदिवासी साँझ - दोश्रो सम्पन्न भयो। नेपाली आदिवासी जनजाति महासंघ हङकङको आयोजनामा सम्पन्न आदिवासी साँझ - दोश्रोमा नेपालका पूर्व र पश्चिमका जनजातिहरुका भेष भूषा प्रदर्शनका साथै नृत्यहरु प्रस्तुत गरिएका थिए। यद्यपि हङकङमा रहेका सबै नेपाली जात जातिहरुको संस्कृतिहरु समेटिएका थिएनन् र पनि जे जति त्यहाँ प्रस्तुत भए ती सराहनीय र प्रशंसायोग्य थिए। भविष्यमा अझ थप जनजातिका साँस्कृतिक कोसेलीहरु थपिदै जानेछन्। यस्ता कार्यक्रमहरुले हाम्रा नयाँ पुस्तालाई आफ्ना भाषा, भेष, कला र संस्कृतिप्रति उत्साह जगाउने काम गर्ने भएकाले यस्ता प्रस्तुतिहरुले निरन्तरता पाए राम्रो हुन्थ्यो।

आदिवासी साँझ २ को भिडीयो झलकहरू हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

4 comments November 15th, 2007

पर्वत पैंयूँखोला समाजको दीपावली मेला (+ Photo)

राम गुरूङ /एचकेनेपाल डट कम, नोभेम्बर १२ -
पर्वत पैंयुँखोला समाज हङकङले ११ नोभेम्बर २००७ तारिख ताइ मोशनल कन्ट्री पार्कमा दिपावली मेला २००७ विभिन्न कार्यक्रमहरूको आयोजना गरी सम्पन्न गर्‍यो।

समाजका अध्यक्ष चुकप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई महासचिव खुमकुमार गुरुङले सञ्चालन गर्नुभएको थियो। मोना हङकङका अध्यक्ष तुल्मराज राम्जालीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अन्य केही संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो । कार्यक्रमको रोचक प्रस्तुति प्रतियोगितात्मक नृत्य कार्यक्रम रहेको थियो जसमा निर्णायक मण्डलमा नेपाल पोष्टका सम्पादक कुलप्रसाद गुरुङ, मोना हङकङका अध्यक्ष तुल्मराज राम्जाली तथा पर्वत पैंयुँखोला समाजका सदस्य झम गुरुङ रहनुभएको थियो।



आठ समूहको सहभागिता रहेको नृत्य प्रतियोगितामा डेलिया ब्रोडवे स्कूल प्रथम, सिर्जना र शान्ति द्वितीय र सुस्मिता तृतीय भएका थिए। बिजयी समूहहरुलाई प्रमुख अतिथिले पुरुस्कार प्रदान गर्नुभएको थियो। सहभागी नौ जना कलाकारहरुलाई पनि आकर्षक पुरस्कारको ब्यवस्था गराइएको थियो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

7 comments November 12th, 2007

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2007
M T W T F S S
« Oct   Dec »
 1234
567891011
12131415161718
19202122232425
2627282930  

Posts by Month

Posts by Category