Archive for January, 2008
एचकेनेपाल डट कमको आफ्नै कुरा …
केही दिनदेखि प्राविधिक समस्याका कारण हङकङ समाचार सेक्शन अन्तर्गत अपडेट हुदै गरिएका समाचारहरु नियमित हुन नसकिएकोमा हामी क्षमा चाहन्छौं। हामी यो समस्यालाई चाँडै हल गर्ने प्रयाश गर्दैछौं। यद्यपि, देश विदेशका समाचार, मनोरञ्जन, साहित्य विविध, विचार विविध र फोटो ग्यालरीहरु भने नियमित रुपले अपडेट हुने छन्।
पाठकहरुलाई पर्न गएको असुविधाप्रति हामी क्षमा प्रार्थी छौं।
एचकेनेपाल डट कम
हङकङ
Popularity: 3%
January 29th, 2008
टिका गुरुङ, हङकङ / एचकेनेपाल डट कम -
मकाउ, मकाउमा कार्यरत सपम्पूर्ण तमुहरुले ढिलै भएता पनि गत १३ जनवरी २००८ का दिन मकाउस्थित पाँच तारे हाटेल रीजेन्सिमा फो ल्हो (मृग बर्ग ) लाई बिदाई गरी च्हि ल्हो (मुसा बर्ग) लाई स्वागत गर्दै भब्यताकासाथ छैठौं ल्होछार मनाएको छ।

मकाउ जेलगार्डमा कार्यरत तथा गेसो मकाउका उप सभापति कृष्ण गुरुङको सकृयतामा सञ्चालित उक्त कार्यक्रममा बिभिन्न संस्था तथा हङकङबाट आमन्त्रित व्यक्तिहरुले मन्तब्य ब्यक्त गर्नुभएको थियो। मन्तब्य दिने क्रममा गैर आबासीय नेपाली संघका अध्यक्ष त्रिलोक गुरुङ, तमु ट्हो ह्युल हङकङका अध्यक्ष एकबहादुर गुरुङ, बौद्ध समाज हङकङका उपाध्यक्ष अर्जुन गुरुङ तथा लमजुङ सेवा समितिका अध्यक्ष दिलीपसिंह गुरुङले उपस्थित तमुहरुलाई आसिमाला टक्राउदै तमु भाषा, संस्कृति तथा तमु पर्वहरुको संरक्षण गर्नु पर्ने बताउदै तमु एकता आजको आबश्यकता हो भन्ने कुरामा जोड दिनु भएको थियो।

अन्तमा तमु पोशाकमा नृत्यकार मिरा गुरुङले नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो भने अन्य कलाकारहरुका साथै गायक तुला कुवरले गीत गाएर कार्यक्रमलाई झन रोचक बनाउनु भएको थियो। सो कार्यक्रमको सञ्चालन दिल गुरुङ र पूर्ण गुरुङले संयुक्त रुपमा गर्नुभएको थियो।
Popularity: 5%
January 18th, 2008
एचकेनेपाल डट कम, जनवरी १३ -
मगर संघ हङकङले विभिन्न कार्यक्रमहरुको आयोजना गरी माघे सक्रान्ति भव्यताका सम्पन्न गरेको छ।

अध्यक्ष नेत्र पहराई मगर । तस्विरः भरत आले / एचकेनेपाल डट कम।
मगर दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष नेत्र पहराई मगरले गर्नुभएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथिमा मगर संघ हङकङका संस्थापक अध्यक्ष भोलानाथ थापामगर हुनु हुन्थ्यो। बिशेष अतिथिहरूमा हङकङका लागि नेपाली महाबाणिज्यदूत, हङकङ नेपाली महासंघ, आदिवासी जनजाति महासंघका अध्यक्ष, मगर संघ हङकङका निवर्तमान अध्यक्ष रहनुभएको थियो। त्यसै गरी, मगर संघ हङकङका संस्थापक सल्लाहकार, आमन्त्रित संघ संस्थाका अध्यक्षहरु, व्यापारी, व्यवसायी, पत्रकारहरुका साथै विभिन्न तह र तप्काका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित रहेका थिए।

कार्यक्रमको आरम्भ दिवंगत मगरहरुको सम्झनामा पितृ पूजा गरेर सुरु भएको थियो। उक्त कार्यक्रमको उदघाटन संयुक्त रुपमा संघका संस्थापक अध्यक्ष, वर्तमान अध्यक्ष र निवर्तमान अध्यक्षले गरेका थिए। विभिन्न वक्ताहरुले माघी पर्वको बारेमा प्रकाश पार्नुका साथै त्यसको सुखद अवसरमा सुभकामना मन्तव्य दिईएका थिए। उक्त कार्यक्रमको सञ्चालन संघका महासचिव थलबहादुर श्रीस मगरले गर्नुभएको थियो भने उपस्थित महानुभावहरुलाई संघका उपाध्यक्ष फिरोज रानामगरले स्वागत गर्नुभएको थियो।
उक्त कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याएका मगर महानुभावहरुलाई संघको तर्फबाट सम्मान गरिएको थियो। सम्मान गरिने मगर महानुभावहरुमा बयोबृद्ध बहुआयामिक लोकप्रिय गायक क्या. बीरबहादुर थापा मगर, तिलक थापा मगर, सोम थापा मगर, हषिर्त आले मगरलाई साँगीतिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए वापत सम्मान गरिएको थियो। त्यसै गरी नेपालकै चलचित्रको इतिहासमा सबै भन्दा बढी लगानीमा चल चित्र निर्माण गर्ने पृथ्वी राना मगरलाई पनि सम्मान गरिएको थियो। त्यस्तै गरी आइटी र डिजाइनिङ क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका श्याम सुन्दर थापा मगरलाई पनि सम्मान गरिएको थियो।

औपचारिक कार्यक्रमको समापनपछि विविध सांस्कृतिक कार्यक्रमको पनि सञ्चालन गरिएको थियो। मगर महिला विभागले गत वर्षजस्तै यस वर्ष पनि नेपाली परिकारका खाना तथा पेय पदार्थको व्यवस्था गरेका थिए। नाँचगानको कार्यक्रम राति ९ बजेसम्म सञ्चालन भएको थियो।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 4%
January 13th, 2008
एचकेनेपाल डट कम, जनवरी ८ -
लामो समयसम्म विचाराधिन अवस्थामा रहेको प्रस्तावित नेपाल च्याम्बर्स अफ कमर्स हङकङले हङकङ सरकारबाट बैधानिता प्राप्त गरेको छ।
च्याम्वर्सका अध्यक्ष तेजबहादुर राईले एचकेनेपाल डट कमलाई फोनमा बताउंनु भए अनुसार च्याम्बर्सलाई जनवरी ७ तारिखका दिनदेखि लागु हुने गरी बैधानिकता प्रदान गरेको हो। प्रस्तावित च्याम्वर्स अफ कमर्सले सरकारबाट मान्यता प्राप्त गर्न करीव ४ वर्ष प्रतीक्षा गर्नु परेको थियो। विश्वको व्यापारिक केन्द्रको रुपमा रहेको हङकङमा च्याम्बर्सको रुपमा मान्यता प्राप्त गर्न त्यति सहज छैन। सरकारले जारी गरिएको विभिन्न सीमा र मापदण्ड पूरा गरी क्षमता र विश्वासको आधारमा यो बैधानिकता प्रदान गरिन्छ। नेपालले जस्तै पाकिस्तान र बंगलादेशले च्याम्वर्सको मान्यता प्राप्त गर्न करिव ७ वर्षदेखि प्रयासरत रहे पनि बैधानिकता प्राप्त गर्न सकेका छैनन्।
नेपाल च्याम्बर्स अफ कमर्स हङकङले नेपाल सरकार र यहाँस्थित विभिन्न देशका च्याम्बर्सहरुको सिफारिसहित सन् २००४ मा दर्ता गरी प्रक्रिया आरम्भ गरेको थियो।
एचकेनेपाल डट कमसंग कुराकानी गर्दै अध्यक्ष राईले ‘अबको लडाई बन्दुकको नभएर व्यापारको लडाईं हो’ भन्नुभयो। ‘विश्व अहिले ट्रेड वारबाट अगाडि बढीरहेको अवस्थामा नेपाल जस्तो सानो देशले विश्वको प्रतिस्पर्धात्मक व्यापारी केन्द्र ठानिएको हङकङमा च्याम्वर्सको रुपमा वैधानिकता प्राप्त गर्नु भनेको नेपालको गौरव र प्रतिष्ठाको कुरा हो’ राईले भन्नु भयो।
त्यसै गरी, च्याम्बर्सले बैधानिकता प्राप्त गरेको खुसीयालीमा जनवरी ११ तारिख सूर्य रेष्टुरेण्टमा रात्रिभोजको आयोजना गर्यो।

अध्यक्ष तेजबहादुर राई।
नेपाल च्याम्बर्स अफ कमर्स हङकङ अध्यक्ष तेजबहादुर राईको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई प्रमुख अतिथि हुनुहुन्थ्यो भने हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई, गैरआवासीय नेपाली संघ हङकङका अध्यक्ष यामकुमार गुरुङ, गैरआवासीय नेपाली संघ प्यासिफिक क्षेत्रीय प्रतिनिधि गणेश इजम, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद हङकङ प्रतिनिधि कृष्ण पाण्डे, वायु सेवा निगमका क्षेत्रीय प्रवन्धक शान्ता बस्नेत, स्टेशन म्यानेजर बाबा श्रेष्ठ आदि अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।
उपाध्यक्ष बुद्धिबहादुर थापाले स्वागत मन्तव्य दिनुभएको कार्यक्रमलाई महासचिव डासुराम पराजुलीले सञ्चालन गर्नुभएको थियो। पराजुलीले नेपाल च्याम्बर्स अफ कमर्सको नामाकरण ९ अप्रिल २००४ मा र २० अप्रिल २००४ मा दर्ता प्रक्रिया शुरु गरेको जानकारी दिनु भयो। च्याम्बर्सले बैधानिकता प्राप्त गरेकोमा हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई, गणेश इजम, कृष्ण पाण्डेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

महावाणिज्यदूत भट्टराई। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
महावाणिज्यदूत भट्टराईले नेपाल च्याम्बर्स अफ कमर्सले हङकङमा बैधानिकता प्राप्त गरेकोमा शुभकामना व्यक्त गर्दै यसको अस्तित्व र प्रभाव बढाई रहनु पर्ने सुझाब दिनुभयो। प्रारम्भमा आफू संलग्न हुन नपाए पनि खुशीको अवसरमा सरीक हुन पाएकोमा हर्ष लागेको बताउंनु भयो। उहाँले हाम्रो समाज सानो छ, कुनै पनि विषयमा विभाजित नहोऔं भन्दै एकार्कामा समन्वय कायम गरौं भन्ने धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष तेजबहादुर राईले यो ऐतिहासिक कार्यक्रममा उपस्थित भएर सबैसंग खुशीयाली साट्न पाउनु भाग्यको कुरा हो भन्नु भयो। च्याम्बर्सका बारेमा धेरैलाई राम्रो ज्ञान नभए पनि पछि सबैले विस्तारै बुझ्दै जाने बताउंनु भयो। हङकङ व्यापारिक शहर भएको हुनाले हामी नेपालीले पनि व्यापार क्षेत्रमा हात बढाउनु पर्ने सुझाब दिनुभयो। बन्दुकले गरिने लडाईंको अन्त्य भै सकेको र अवको लडाईं भनेको व्यापारिक लर्डाईं हो भन्नु भयो। व्यापारको लडाईंमा जस्ले विजयी हासिल गर्छ उनै अहिलेको बहादुर हो राईले भन्नु भयो।
बधाई तथा शुभकामनाः
हङकङमा लामो समयसम्म नेपाल च्याम्बर्स अफ कमर्स हङकङलाई बैधानिकता दिन संघर्ष गरी रहनु भएका अध्यक्ष तेजबहादुर राईसहित अन्य पदाधिकारीहरुलाई यस खुसीको अवसरमा एचकेनेपाल डट कम हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छ।
Popularity: 4%
January 12th, 2008
एचकेनेपाल डट कम, जनवरी १ -
तमुहरुको महान चाड ल्होसार तथा नयाँ वर्ष तमु प्ये ल्हु संघ हङकङ शाखाको आयोजनामा विभिन्न कार्यक्रम गरी जनवरी १ तारिख सम्पन्न भएको छ।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
ताई मोशान कन्ट्री पार्कमा सम्पन्न भएको ल्होसारको औपचारिक कार्यक्रमको अध्यक्षता तमु प्ये ल्हु संघ हङकङ शाखाका कार्यवाहक अध्यक्ष डम्बर गुरुङले गर्नुभएको थियो। महावाणिज्यदूत केशवप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा अतिथिका रुपमा हङकङ नेपाली महासंघका अध्यक्ष हेजेन राई, तमु ट्हो हृयुलका अध्यक्ष एकबहादुर गुरुङ, आदिवासी जनजातिका महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ, तमु प्ये ल्हु संघ हङकङ शाखाका प्रमुख सल्लाहकार विजय गुरुङलगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।
तमु प्ये ल्हु संघ हङकङ शाखाका सचिव मनबहादुर गुरुङद्वारा सञ्चालन भएको कार्यक्रममा सदस्य खगेन्द्र गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा ल्हेब्री र पच्युद्वारा आशिरवाद, प्रवचन र शुभकामना मन्तव्य व्यक्त गरिनुका साथै रिपा लगाई दिएर आशिरवाद प्रदान गरिएको थियो। कार्यक्रममा छ्याँडु नाँच र साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएका थिए।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 8%
January 2nd, 2008