Archive for February, 2008

शेर्पाको साइकल यात्रा र विश्व शान्तिको सपना (+Photo)

(हामीले विश्व शान्ति र वातावरण संरक्षणको सन्देश बांड्दै विश्व यात्रामा निस्केका नेपाली विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको यस महान अभियानको कदर तथा सम्मान गर्दै सम्भव भएसम्म उनी कहां कहां पुगे? कुन अवस्थामा छन्? भन्ने सूचनामूलक जानकारी प्रदान गर्ने हेतुले उनीसंग सम्बन्धित समाचारहरु श्रृंखलावद्धढंगले प्रकाशन गरिरहेका हौं। जसले गर्दा उनका सुभेच्छुक, आफन्त, साथीभाई तथा सहयोगी शुभचिन्तकहरुले समेत उनका अभियानबारे थप जानकारीहरु क्रमिकरुपले पाउंनु हुनेछ भन्ने विश्वास पनि लिएका छौं। सं. एचकेनेपाल डट कम)

विश्य साइकल यात्री शेर्पा जर्मनीमा
उत्तम भण्डारी र बाबु भट्टराई, जर्मनी / एचकेनेपाल डट कम, २७ फेब्रुअरी 2007 -
आठ फिट लम्बाइको साइकल, साइकलको पछाडिको भागमा बिभिन्न देशका झन्डा अलि अग्लो फलामे डन्डीमा नेपालको चन्द्र सूर्य अन्कित ठूलो झन्डा देख्दा जो कोही प्रबासी नेपालीलाई गर्ब लाग्ने कुरा हो।


Click here to view more pictures

जर्मनीको फ्रयाक्फर्टमा पहिलो पटक फेब्रुअरी १२ मा यस्तै दृश्य देखियो। ठूला-ठूला अक्षरमा नेपाल लेखिएको कपडा लगाएका उनी थिए फुर्तेम्बा शेर्पा (३०)। विश्व शान्ति तथा बातावरण संरक्षणको शुद्ध उदेश्य लिएर आज भन्दा ५ वर्षअघि साइकल यात्रा थालेका थिए उनले। एशियाका नेपाल, भारत, भुटान, जापान, कोरिया, चाइनालगायतका देशहरु तथा अष्ट्रेलिया न्युजिल्याण्ड, फिजीलगायतका देशहरु साइकलबाट छिचोल्दै हाल उनी युरोप जर्मनीस्थित फ्रयाक्फर्ट शहरमा छन्।

साइकल मै ३० हजार किलोमिटरभन्दा बढी यात्रा गरी सकेका शेर्पाको यो तेश्रो महादेश हो। यात्राका क्रमका फोटोका एल्बमहरु पल्टाउदै शेर्पा भन्छन साइकल यात्रा जति जटिल भए पनि नेपालीहरुको सहयोग र माया पाउदा त्यो जटिल क्षण भुलेको जस्तो लाग्छ। सर एडमण्ड हिलारी, अष्ट्रेलियाका प्रधानमन्त्री क्याविङ रोट लगायतका बिभिन्न देशका विशिष्ट व्यक्तिहरु आफ्नो साइकल यात्राप्रति सकारात्मक र खुशी भएको कुरा सुनाउदै शेर्पा अगाडि भन्छन् यस क्रममा मैले धेरै तिता मिठा अनुभवहरु बटुलेको छु। केही ठाउँहरुमा म लुटिएं कुनै देशमा साइकल चोरी भए भने कतिपय स्थानमा यात्रा नै भँग होला कि भन्ने भानसम्म भयो। सम्हालिदै र संयमित हुँदै म युरोपसम्म आइपुगेको छु शेर्पा भन्छन्। युरोपका बेलायत, इटाली, स्पेन, ग्रीस, फिन्ल्याण्ड जस्ता देशहरुको यात्राको तयारीमा जुटेका छन् हाल शेर्पा। फ्र्याक्फर्टबाट युरोप यात्राको सुरुवातमा नेपाल कुन्स्ट ग्यालरीमा एक कार्यक्रमको आयोजना गरियो। उक्त्त बिदाइ कार्यक्रममा जर्मनस्थित नेपालीहरुको मनग्य उपस्थिति रहेको थियो भने जर्मन नागरिकहरु पनि उत्तिकै उत्साहित देखिन्थे। उनका बारेमा र उनको साहसिक कामको बारेमा राखिएका जिज्ञाशाहरुको उत्तरमा व्यस्त देखिन्थे उनी। यात्राको क्रममा फ्रयाक्फर्टस्थित विधार्थीहरु रमेश अर्याल, बिनोद सुबेदी, निमा राजभण्डारी र राजु श्रेष्ठबाट प्राप्त सहयोगप्रति आभारी भएको यात्री शेर्पा बताउंछन्। यात्रा गरिने अन्य देशहरुका नेपालीहरुबाट पनि यस किसिमको सहयोग सदभाव र प्रोत्साहनको आशा राखेका छन् शेर्पाले। यस साहसिक कामको लागि शेर्पालाई हृदयदेखि नै शुभकामना।

फ्र्याक्फर्ट जर्मनीबाट उत्तम भण्डारी र बाबु भट्टराई एचकेनेपाल डट कम।

अफ्गानिस्तान यात्रापछि अब ताजिकीस्तान
एचकेनेपाल डट कम, 9 जुन 2007-
विश्व शान्ति र वातावरण संरक्षणको सन्देश बाँड्दै विश्व यात्रामा हिडेका साइकलयात्री फुर्तेम्बा शेर्पा करिव १ महिनाको अफ्गानिस्तान यात्रापछि अब ताजिकीस्तान जाने भएका छन्।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

शेर्पाद्वारा जुन ८ तारिख सम्प्रेषित ईमेल अनुसार अफ्गानिस्तान यात्राको अनुभवहरू संगालेर उनी ताजिकीस्तानतर्फ लाग्न थालेका हुन्। ‘कतिपय मुलुकमा जाँदा सञ्चारको असुविधा हुने हुंदा सम्पर्क गर्न सकिदैन। त्यसबेला साथी, आफन्त र सुभेच्छुकहरूबाट सम्बादविहीन हुन्छु। तर आफूलाई सम्हाल्दै अघि बढ्छु।’ शेर्पाले भने।

ताजिकीस्तान भ्रमण शेर्पाको ३० औं मुलुकको भ्रमण हुनेछ।

विश्व साइकल यात्री शेर्पा बेइजिङ्गमा

एचकेनेपाल डट कम, जनवरी १८-
हंगकंग, विश्व शान्ति र वातावरण संरक्षणको सन्देश बांड्दै विश्व यात्रामा निस्केका नेपाली विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा यतिबेला चीनको राजधानी बेइजिङ्गमा छन्।

अधिकांश नेपालीहरु बेइजिङ्गको ४ देखि ५औ चक्रपथ (रिङ्ग रोड) भित्र बसोबास गर्ने भएकाले आशा गरिए जति नेपालीसंग भेट्न नसकिए पनि गणतन्त्र चीनका लागि शाही नेपाली राजदूत नरेन्द्रराज पाण्डेसंग भेट गरिसकेकाछन्।

विश्व साइकल यात्री शेर्पालाई सम्पर्कको लागि:-
फोन नं. 132860 15294
इमेलः cyclistfurtembasherpa@yahoo.com

___________________________________________________________

विश्व साइकल यात्री शेर्पा मकाउ तर्फ

एचकेनेपाल डट कम, डिसेम्बर २४ -
हंगकंग, विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा मंगलबार चीनको विशेष प्रशासनिक क्षेत्र मकाउ तर्फ लागेका छन्।

विश्व शान्ति र वातावरण संरक्षणको सन्देश बांड्दै विश्व यात्रामा निस्केका शेर्पा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउको यात्रासहित उनको २१औं मुलुकको साइकल यात्रा हो। यसभन्दा अघि उनी हंगकंगमा अक्टोबर ३१ देखि डिसेम्बर २० सम्म थिए।
__________________________________________________________

फोटोः जगत (अम्बु) गुरुंग / एचकेनेपाल डट कम।

____________________________________________________

शेर्पा भन्छन् - म तेन्जिंगको नाति होइन…

एचेकेनेपाल डट कम, नोभेम्बर १८-
हंगकंग, हंगकंगको प्रमुख अंग्रेजी पत्रिका साउथ चाइना मोर्निङ पोष्टमा विश्व साइकल यात्री फुर्तेम्बा शेर्पाको फोटो सहित आलेख प्रकाशित भएपछि शेर्पा केही बेर फुरुंग भए। र केही बेर सोंचमग्न भए जब उनलाई आफू प्रथम सगरमाथा आरोही तेन्जिंगका नाति लेखिएको देखेपछि। अनि फेरि थपि दिएछ आलेखकारले उनले कुनैबेला सञ्चालनमा ल्याएको सानो पसल माओवादीले बन्द गर्न बाध्य पारे भनेर।

शेर्पाले अन्तर्वार्ताको क्रममा आलेख प्रस्तोता भ्रमित हुन सक्ने बताएका छन्। र आफू वंशजको नाताले तेन्जिंग शेर्पाको नाति नभएको जानकारी दिन उनले एचकेनेपाल डट कमलाई बताउंदै आफ्ना शेभुच्छुक, मित्रहरु र सबै नेपालीहरुलाई दिगभ्रमित नहुन अनुरोध गरेकाछन्।

त्यसैगरी माओवादीले आफ्ना पसललाई बन्द गर्न वाध्य नपारेको समेत जानकारी दिएकाछन्। उनले यी दुबै भनाईहरुले आफ्नो अभियानमा थोरै भ्रम सिर्जना गर्न सकिने भएको हुनाले पत्रिकामा भ्रमवस् प्रकाशित भएको आलेखलाई सच्याउंन अनुरोध गरिसकेको र पत्रिकाले पनि भूल सुधार प्रकाशित गरिने आश्वासन पनि प्राप्त भैसकेको बताएकाछन्।

साउथ चाइना मोर्निङ पोष्टमा प्रकाशित आलेख हेर्न यहां क्लिक गर्नुहोस् ।

_______________________________________

विश्व साइकल यात्री शेर्पाः रेडियो अन्तरवार्ता

- पशन तमू, नोभेम्बर १७-
अन्तरवार्ता सुन्न यहां क्लिक गर्नुहोस् ।

_______________________________________________

बम धमकाबाट बाल-बाल बांचे, विश्व साइकल यात्री शेर्पा
शेर्पा भोलि हंगकंग आई पुग्ने

एचकेनेपाल डट कम, हंगकंग, अक्टोबर ३०-
भारतको नयां दिल्लीमा शनिवार सांझ भएको श्रृंखलाबद्ध बम विस्फोटनको घटनाबाट नेपालका विश्व साइकल यात्री फुर्तेम्बा शेर्पा बाल-बाल बांचेकाछन्।

‘केही आवश्यक सामान किनमेल गरेर पसलबाट निस्केको झण्डै ३/४ मिनेटपछि सोही पसलमा बम विस्फोटन भयो। केही समय मात्र त्यहां भुलेका भए भेटिने रहेछ।’ नयांदिल्लीबाट एचकेनेपाल डट कमसंग फोनमा कुरा गर्दै शेर्पाले भने।

हिजो सांझ नयां दिल्लीमा भएको श्रृंखलाबद्ध बम विस्फोटनमा कम्ती ६४ जनाको मृत्यु भएकोछ भने २०० भन्दा बढी घाइते भएकाछन्।

[न्युज अपडेटः शेर्पा आज हंगकंग आई पुगे। (३१ अक्टोबर 2007)]

———————————————————————————–

2

शेर्पा जातीहरु हिमाल आरोहरणमा विश्व कीर्तिमान कायम गर्दै आइरहेकाछन् भने प्रथमपटक अर्को एक जना शेर्पा साइकल चढेरै विश्व यात्रा गरेर नयां कीर्तिमान बनाउंने अभियानमा जुटेकाछन् ।

Popularity: 7%

42 comments February 27th, 2008

मकाउका नेपाली तेक्वान्दो खेलाडी शाही बैंकक प्रस्थान (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी २१ -
मकाउमा कार्यरत नेपाली तेक्वान्दो खेलाडी धिरेन्द्रकुमार शाही थाईल्याण्डको राजधानी बैंककतर्फ प्रस्थान गरेका छन्।

नेपालका भूतपूर्व राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शाही विश्व तेक्वान्दो महासंघको आयोजनामा फेब्रुअरी २२ देखि २६ सम्म बैंककमा आयोजना हुने ‘आठौं अन्तर्राष्ट्रिय पुम्से तेक्वान्दो रेफ्री सेमिनार’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन्।

शाही मकाउ तेक्वान्दो महासंघको सिफारिसमा बैंकक गएका हुन्। उनी मकाउको वरिष्ठ राष्ट्रिय निर्णायक एवं स्वयंसेवी प्रशिक्षकका हैसियतले मकाउको तेक्वान्दो खेलमा आवद्ध छन्। विदेशी तेक्वान्दो संघको सिफारिसमा अन्तर्राष्ट्रिय रेफ्री सेमिनारमा सहभागी हुने ‘प्रथम नेपाली’ शाहीलाई मकाउ तेक्वान्दो संघले सन् २००७ का लागि उत्कृष्ट रेफ्री घोषित गरिएको थियो।


Popularity: 4%

3 comments February 21st, 2008

वरिष्ठ न्यायाधीशहरु हङकङमा

देवराज राई, हङकङ / एचकेनेपाल डट कम, फेब्रुअरी २० -
सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्री मिनवहादुर रायमाझीको नेतृत्वमा रहेको ६ जना वरिष्ठ न्यायाधीशको टोली मंगलबार साँझ हङकङ पुगेको छ।

सहभागी टोलीमा वरिष्ठ न्यायाधीश श्री अनुपराज शर्माको समेत रहनुभएको हङकङस्थित नेपाली महावाणिज्यदूतावास स्रोतले उल्लेख गरेको छ।

वाणिज्य अदालत सम्बन्धी अवलोकन भ्रमणमा निस्किएको उक्त भ्रमण दलले विभिन्नि देशका अदालतीय प्रक्रियाहरुको अवलोकन गरेको थियो। सोही क्रममा न्यूजिल्याण्ड, अष्ट्रेलिया हुँदै सिड्नीबाट मंगलबार साँङ हङकङ आई पुगेको हो। उहाँहरु चिङ यी रोडको, र्‍याम्बलर गार्डेन होटलमा बस्नु भएको छ।

चार दिने हङकङ भ्रमण समाप्त गरी उहाँहरु आगामी फेब्रुअरी २२ तारिख काठमाण्डौ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

Popularity: 3%

Add comment February 20th, 2008

जनजाति नेतृ सुमाया राई हङकङमा (+Pre- Recorded Video)

एचकेनेपाल डट कम, फेब्रुअरी १९ -
जनजाति नेतृ तथा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष सुमाया राईले हङकङका जनजातिहरुसंग भेटघाट गरी नेपालका सन्दर्भमा आफ्ना जातिय संस्था र नेपालका जनजातिहरुका भूमिकाबारे आफ्ना विचारहरु व्यक्त गर्नुभयो।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

जनजाति महासंघ हङकङद्वारा फेब्रुअरी १९ तारिख मंगलबार साँझ जोर्डनस्थित हङकङ वर्कर्स युनियनको कार्यालयमा आयोजित अन्तर्क्रिया कार्यक्रममा नेपालका जनजातीय विषयबस्तुहरु अवगत गराउंदै सबै जनजातिहरु एकीकृत हुनु पर्नेमा अध्यक्ष राईले जोड दिनुभयो।

जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षता रहेको अन्तर्क्रिया कार्यक्रमको सञ्चालन जन जाति महासंघ हङकङका निवर्तमान सल्लाहकार राई चन्द्र दुमीले गर्नुभएको थियो भने स्वागत मन्तव्य जन जाति महासंघ हङकङका कोषाध्यक्ष गेनप्रसाद राईले दिनुभएको थियो। कार्यक्रममा गैरआवासीय नेपाली संघ प्यासिफिक क्षेत्रीय प्रतिनिधि गणेश इजम, तमु ट्हो हृयुल हङकङका अध्यक्ष एकबहादुर गुरुङ, हेभेन्ली पाथका अध्यक्ष बालकुमार राई, किरात याक्थुम चुम्लुङका सचिव ज्ञानु लिम्बु, हङकङ तामाङ घेदुङका अध्यक्ष हिन्दु मोक्तान, लिम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष दिल पालुङ्वा, जन सरोकार समाज हङकङका कोषाध्यक्ष पदम राई, पत्रकार मोती चाम्लिङलगायतले आफ्ना जिज्ञासाहरु राख्नु भएको थियो। सो कार्यक्रममा किरात राई यायोक्खा युके का अध्यक्ष भीम राईको समेत उपस्थिति रहेको थियो।

अन्तरक्रिया कार्यक्रमलाई हङकङको पहिलो नेपाली इन्टरनेट पत्रिका एचकेनेपाल डट कमले प्रत्यक्ष भिडीयो प्रसारण गरिएको थियो। त्यसबखत प्रसारित प्रि रेकर्डेड भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

Popularity: 4%

4 comments February 20th, 2008

हङकङमा ५८ औं प्रजातन्त्र दिवस (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी १९ -
देश विदेशमा प्रजातन्त्र दिवस मनाउने क्रममा हङकङमा पनि कनकोर्डिया प्लाजास्थित महादूतावासको कार्यालयमा फेब्रुअरी १९ तारिख मंगलबार ५८ औं प्रजातन्त्र दिवस मनाइयो।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।

महावाणिज्यदूतावासका सहचारी लेखनाथ गौतमद्वारा सञ्चालित तथा वाणिज्यदूत सुशिलकुमार लम्सालद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको औपचारिक कार्यक्रममा महावाणिज्यदूत केशवप्रसाद भट्टराईले प्रजातन्त्रका बारेमा आफ्ना मन्तव्य राख्नुभएको थियो।

महावाणिज्यदूतावासद्वारा आयोजित प्रजातन्त्र दिवस समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यापारी, बुद्धिजीवी, समाज सेवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो।

थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

1 comment February 19th, 2008

हङकङका कवि र कविताहरु (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी १७ -
हङकङमा अक्सर आसन र भाषणबाट सञ्चालन हुने गरेका कार्यक्रमहरुको परम्परालाई तोड्दै आसन र भाषणबिना नितान्त साहित्यिक माहौलमा हङकङका कवि र कविताहरु कार्यक्रम जोर्डनस्थित कङगन रेष्टुरेण्टमा फेब्रुअरी १७ तारिख आइतबार सम्पन्न भयो।


अधिकांश साहित्य अनुरागीहरुको जमघट भएको उक्त कार्यक्रमलाई साहित्यकार कमल पौडेलले आफ्नै रेष्टुरेण्टमा आयोजना गर्नुभएको थियो। प्रायः पार्टी, भोज भतेरले खचाखच हुने रेष्टुरेण्ट उक्त दिन साहित्यमय बनेको थियो। साहित्यिक कार्यक्रम - साहित्यिक संस्थाले मात्र आयोजना गरिनु पर्छ भन्ने मान्यता तोड्दै आयोजित कार्यक्रममा हङकङका नयाँ तथा पूराना कवि कवियत्रीहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए। कविता वाचन कार्यक्रममा कमल पौडेल, हाङयुग अज्ञात, नरेश सुनुवार, टंक साम्बाहाम्फे, आकाश राई, आशा विदीर्ण, भोगेन एक्ले, केशवप्रसाद भट्टराई, प्रकाशनन्द बाक्सिला, लारा, दिनेश सुब्बा, गंगा गुरुङ, गणेश पराजुली, नागेन्द्र श्रेष्ठ, देवेन्द्र खेरेश, शरण सुब्बा, डीबी पालुङ्वा, अनिता गुरुङ, देश सुब्बा, सुप्रिया गुरुङ, मोति चाम्लिङ, शुशिल लम्साल, प्रकाश छाङ्छा, राजेन्द्र थापा, सोम थापा, रुपा बुढाथोकी, निर खड्का, उक्तम न्यौपाने, प्रदिप कन्दङ्वा, हिमकला राई, शहर्ष कार्की, सुरेन लिम्बू, रोशन लिम्बूलगायतका कवि तथा कवियत्रीहरू आफ्ना कविताहरु वाचन गरेका थिए।



कविता वाचन कार्यक्रमलाई लक्ष्मी थापा राई (लारा) ले सञ्चालन गरेकी थिइन् भने लारालाई कार्यक्रम सञ्चालनमा रोशन लिम्बुले सघाएका थिए। करीव ४ घण्टा सञ्चालित हङकङका कवि र कविताहरु कविता वाचन कार्यक्रमलाई एचकेनेपाल डट कमले प्रत्यक्ष भिडीयो प्रसारण गरेको थियो। आयोजक तथा कवि कमल पौडेलले यही पृकतिको कविता वाचनको दोश्रो संस्करण ६ महिनापछि अगष्ट महिनामा पुनः सोही ठाउंमा आयोजना गरिने जानीकारी दिनुभएको थियो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

4 comments February 17th, 2008

हङकङमा १३१ औं लखन थापा स्मृति दिवस (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी १४ -
मगर संघ हङकङको आयोजनामा फेब्रुअरी १४ तारिख बिहीबारका दिन जोर्डनस्थित मगर संघको कार्यालयमा १३१ औं लखन थापा स्मृति दिवस मनाइयो।


तस्विरः जगत अम्बु गुरूङ / एचकेनेपाल डट कम।
मगर संघ हङकङका अध्यक्ष नेत्र पहराईको अध्यक्षतामा सम्पन्न लखन थापा स्मृति दिवसका प्रमुख अतिथिका रुपमा महावाणिज्यदूत केशव भट्टराई हुनुहुन्थ्यो भने विशेष अतिथिका रुपमा संघका संस्थापक अध्यक्ष भोला थापा मगर हुनुहुन्थ्यो। त्यसै गरी अतिथिका रुपमा हङकङ नेपाली महासंघका सचिव इन्द्र थापा, जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ, मोनाका अध्यक्ष तुल्माराज राम्जालीलगायत अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। संघका महासचिव थलबहादुर श्रीस मगरले सञ्चालन गर्नुभएको कार्यक्रममा संघका प्रवक्ता हर्कबहादुर राना मगरले स्वागत मन्तव्य दिनुभएको थियो भने संघका पूर्व महासचिव भीमबहादुर थापा मगरले शहीद लखन थापाका बारे संक्षिप्त जानकारी दिनुभएको थियो।


महावाणिज्यदूत केशवप्रसाद भट्टराई।

कार्यक्रममा वक्ताहरुले प्रथम शहीद लखन थापालाई राज्यले अन्य चार शहीदहरु धर्मभक्त, दशरथ चन्द, गंगालाल, शुक्रराज शास्त्रीलाई झैं सम्मान गर्न नसकेकोमा रोष प्रकट गरेका थिए।

लखन थापालाई वि.सं. १९३३ फाल्गुन २ गते थापाकै गाउं गोर्खाको बुङ्गबाट- ४ काउले भंगार गाउंमा तत्कालीन शासक जंगबहादुर राणाको निर्देशनमा खिर्राको रुखमा झुन्डाएर फाँसी दिइएको थियो। फाँसीमा चढ्नु अघि लखन थापाले आफूलाई फाँसी दिएर हत्या गर्ने जंगेको एक हप्ताभित्र मृत्यु हुने भविष्यवानी गर्दै चेतावनी दिएका थिए। शहीद लखन थापाले भने झैं जंगबहादुर राणाको एक हप्ताभित्र रहस्यमयी ढंगले मृत्यु भएको इतिहासकारहरु बताउंछन्।

बि.सं. १८९१ सालमा गोरखा जिल्लाको बुङ्गबाट- ४ काउले भंगार गाउंमा जन्मेका शहीद थापा बाबु भारतीय सेनामा कार्यरत रहंदा लखनउमा अध्ययन गर्दा गर्दै बि. सं. १९१७ गोरख गण मगर पल्टनमा भर्ती भएका थिए। निडर स्वभावका थापा कसैप्रति अन्याय गरेको मन पर्दैनथे। नेपालको शासन व्यवस्थाबाट अत्यन्त चिन्तित थापाले तत्कालीन शासन व्यवस्थाको विरुद्ध आवाज उठाउंदै आएका थिए।

प्रजातन्त्रप्रेमी लखन थापालाई तत्कालीन शासकहरुले आफ्नो विरुद्ध आवाज उठाएको कारण मनकामना मन्दिर अगाडि खिर्राको रुखमा झुण्ड्याएर बि.सं. १९३३ साल फाल्गुन २ गते फाँसीको सजाय दिइएको थियो। शहीद लखन थापाबारे थप जानकारीको लागि क्लिक गर्नुहोस्।
गर्नुहोस्।

थप तस्विरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

Add comment February 14th, 2008

LIVE VIDEO BROADCAST - Exclusively on HKNepal.com


LIVE VIDEO BROADCAST - Exclusively on HKNepal.com
प्रत्यक्ष भिडीयो प्रसारण हङकङको स्थानीय समय अनुसार
Click here to know Current local time in Hong Kong.

नोटः एचकेनेपाल डट कमले माथि उल्लेख भएका कार्यक्रमहरुलाई परीक्षणका रुपमा प्रत्यक्ष भिडीयो प्रसारण गरिन लागिएको हो। भिडीयो इमेजको स्तर, कार्यक्रम स्थलको मोबाइल सिग्नलमा निर्भर रहने छ।

प्रसारण भै सकेका कार्यक्रमहरूः
- बीरबहादुर थापा मगर - एकल गायन - १ मार्च शनिबार
- हिन्स - साँस्कृतिक सौहार्दता विविध कार्यक्रम - ९ मार्च आइतबार
- किरात राई यायोक्खाका केन्द्रीय अध्यक्ष सुमाया राईसंग भेटघाट तथा अन्तर्क्रिया कार्यक्रम - १९ फेब्रुअरी, वर्कस युनियन
- हङकङका कवि र कविताहरूः - १७ फेब्रुअरी आइतबार

Popularity: 11%

9 comments February 14th, 2008

तामाङ घेदुङको सोनाम ल्होछार (+Photo)

तामाङ घेदुङको सोनाम ल्होछार (+Photo)
दुर्गाप्रसाद योञ्जन / एचकेनेपाल डट कम, फेब्रुअरी १० -
हङकङमा रहेका तामाङ जातिहरुले तामाङहरुको महान चाड तथा नयाँ वर्ष २८४४ सोनाम ल्होछार भव्यताका साथ फेब्रुअरी १० तारिख मंकी हिलमा मनाए।


इण्डियन आइडल - ३ विजेता प्रशान्त तामाङ र घेदुङका अध्यक्ष हिन्दुकुमार मोक्तान। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।

हङकङ तामाङ घेदुङको आयोजनामा मनाइएको नयाँ वर्ष ल्होछारको औपचारिक कार्यक्रमको प्रमुख अथितिमा जनजाति महासंघका अध्यक्ष भूपेन्द्र चेम्जोङ र विशेष अतिथि इण्डियन आइडल - ३ विजेता प्रशान्त तामाङ हुनुहुन्थ्यो। प्रशान्त कोरियामा फेब्रुअरी ७ तारिख सम्पन्न लाइभ कन्सर्टपछि लाली गुराँस साँझ - चौथौंमा सहभागी हुन हङकङ आउनु भएको थियो।


हङकङ तामाङ घेदुङका अध्यक्ष हिन्दुकुमार मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन घेदुङका सचिव चन्द्रमान पाख्रिनले गर्नुभएको थियो। ल्होछारको उपलक्ष्यमा लामा गुरु तेन्जिङ घिसिङले पूजापाठ गरी सबैलाई खादा लगाई दिनुभएको थियो। कार्यक्रममा अध्यक्ष हिन्दुकुमार मोक्तानले तामाङ घेदुङको तर्फबाट सबैलाई ल्होछारको उपलक्ष्यमा शुभकामना दिनुभएको थियो। त्यसै गरी घेदुङका प्रमुख सल्लाहकार हेमबहादुर तामाङ भूपू ब्रिटीश गोर्खा सैनिक संघको तेश्रो अधिवेशनबाट पुनः अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिरोध चयन हुनुभएकोमा अध्यक्ष मोक्तानले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

कुलमान मोक्तानको फ्याफुल्ला गीतबाट मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको आरम्भ भएको थियो।


थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

22 comments February 11th, 2008

दुर्लुङ सम्पर्क मञ्चको भेटघाट कार्यक्रम (+Photo)

एचकेनेपाल डट कम, फेब्रुअरी ९ -
पर्वत जिल्ला दुर्लुङ गा.वि.स.बाट हङकङ आई विभिन्न पेशा तथा व्यवसायमा संलग्न दुर्लुङेहरुको वार्षिक भेटघाट फेब्रुअरी ९ तारिख सम्पन्न भएको छ।


तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।

गुरुङहरुको नयाँ वर्ष तथा मुसा वर्गको अवसर पारि जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आयोजित भेटघाट कार्यक्रमको अध्यक्षता दुर्लुङ सम्पर्क मञ्च हङकङका अध्यक्ष गणेश गुरुङले गर्नुभएको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन मञ्चका सचिव दुर्गा गुरुङ र सल्लाहकार कुमार गुरुङले संयुक्तरुपमा गर्नुभएको थियो।

करीब १०० जनाको उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि गोर्खा ग्रुपका अध्यक्ष प्रकाश पुन र विशेष अतिथिमा मञ्चका सल्लाहकार लक्षिनबहादुर गुरुङ रहनुभएको थियो। कार्यक्रममा भाग्यशाली चिठ्ठा तथा नाँचगान समेत भएको थियो।


थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

8 comments February 10th, 2008

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2008
M T W T F S S
« Jan   Mar »
 123
45678910
11121314151617
18192021222324
2526272829  

Posts by Month

Posts by Category