Archive for April, 2008
एचकेनेपाल डट कम, अप्रिल ३०-
दर्जनौं अन्तर्राष्ट्रिय तेक्वान्दो खेलहरुमा रेफ्रीको अनुभव बटुलि सक्नुभएका सेभेन्थ डान ब्ल्याक बेल्ट तुलसीकुमार गुरुङले आफू चीन र टर्कीतर्फ प्रस्थान गर्ने जानकारी दिनुभएको छ।
गुरुङ चीनको ग्वान्जाउमा इन्टरनेनल ग्रेट भ्यू तेक्वान्दो फेडेरेशनद्वारा आयोजित तेक्वान्दो प्रतियोगिताका लागि चिफ जर्ज र टर्कीमा हुने वर्ल्ड तेक्वान्दो च्याम्पियनशिप प्रतियोगितका लागि अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा टर्कीतर्फ प्रस्थान गर्न लाग्नुभएको हो। गुरुङले एचकेनेपाल डट कमसंग कुरा गर्दै भन्नुभयो - ‘मे १ तारिख चीन र ३ तारिख टर्की जाने कार्यक्रम रहेको छ। चीनमा हुने प्रतियोगितामा एचकेएनटीएका आठ जना खेलाडीहरुको समेत सहभागीता रहने छ।’ उहाँले भन्नुभयो। ‘टर्कीमा १२ दिन सञ्चालित हुने सातौं जुनियर वर्ल्ड तेक्वान्दो च्याम्पियनशिपमा गुरुङको भूमिका अन्तर्राष्ट्रिय रेफ्रीका रुपमा रहने छ भने चीनमा चिफ जर्जको रुपमा रहने छ।’
ब्रिटीश आर्मीमा रहंदा सुरु भएको उहाँको तेक्वान्दो करियार अहिले अन्तर्राष्ट्रिय स्तरका रेफ्रीका रुपमा परिचित छ। वाल्यकालदेखि खेलकुदप्रति रुचि राख्नुहुने पोखराका गुरुङ सन् १९७८ मा ब्रिटीश आर्मीमा भर्ना हुनुभएको थियो। आर्मीको सेवाकालमा ब्रिटीश आर्मी फिजिकल ट्रेनिङ इन्स्ट्रक्टरका रुपमा रहनुभएका गुरुङ अवकाशपछि हङकङ नेशनल टिमलाई प्रशिक्षण दिंदै आउनुभएको छ। हङकङ पुलिस तेक्वान्दो क्लवका चिफ टेक्निकल एडभाइजर समेत रहनुभएका गुरुङ एचकेएनटीएका संस्थापक तथा प्रसिडेन्ट हुनुहुन्छ। एचकेएनटीएमा नेपाली, चिनियाँ, इन्डोनिसिया, फिलोपिनो गरी २ सयभन्दा बढी विद्यार्थीले तेक्वान्दो प्रशिक्षण लिंदैछन्।
Popularity: 3%
April 30th, 2008
लाङ्घाली कल्याण समाज, हङकङको जरुरी सूचना ( 18 May 2008)
लाङ्घाली कल्याण समाज, हङकङद्वारा नेपाली नयाँ वर्ष २०६५ को अवसर पारेर अप्रिल २० तारिखका दिन आयोजना गरिने भनिएको भेटघाट कार्यक्रम खराब मौसमका कारण स्थगित भएकोमा हामी क्षमा प्राथी छौं। सोही कार्यक्रम मे १८ तारिख आइतारका दिन आयोजना गरिने जानकारी गराउंदै सम्पूर्ण लाङ्घाली परिवारलाई उक्त दिन उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।
आयोजकः
लाङ्घाली कल्याण समाज, हङकङ
मितिः १८ मे २००८ आइतबार
स्थानः मङ्की हिल
थप जानकारीको लागि सम्पर्क नं.-
9778 5954, 6575 1356, 6015 7796, 6767 3197, 9602 4848
Popularity: 3%
April 26th, 2008
एचकेनेपाल डट कम, अप्रिल २४ -
हङकङका नेपालीहरुले अप्रिल २४ तारिख बिहीबार साँझ हुङ हामस्थित रोयल पेनानसुलामा भव्यताका साथ लोकतन्त्र दिवस २०६५ मनाए।
हङकङस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा भएको लोकतन्त्र दिवस समारोह राष्ट्रिय गानबाट सुरु भएको थियो। राजा ज्ञानेन्द्रको निरंकुश शासनविरुद्ध १९ दिने सफल जनआन्दोलनको स्मरण गर्दै लोकतन्त्र प्राप्तिका लागि आन्दोलनमा शहादत प्राप्त गर्नुहुने वीर सहिदहरुको सम्मानमा १ मिनेट मौनधारण गरिएको थियो।

महावाणिज्यदूत केशवप्रसाद भट्टराई
महावाणिज्यदूत केशवप्रसाद भट्टराईले दोश्रो लोकतन्त्र दिवसको अवसरमा सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै यस दिनलाई नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ भन्नु भयो। यस दिनले नेपाली जनताले चाहेको ऐतिहासिक नयाँ समाज र नयाँ नेतृत्व प्रदान गर्ने छ भन्नुहुंदै नेपाल स्वतन्त्र, सार्वभौमसत्ता र आफूद्वारा आफू शासित हुने अवसर प्रदान गरेको बताउंनु भयो। उहाँले संबिधानसभा निर्वाचनले नेपाली जनताको नौलो भविष्य निर्माण गरेको बताउंनुभयो। निर्वाचनपछि देशमा समावेशी प्रजातन्त्र र लोकतन्त्रको अभ्यूदय हुने विश्वास व्यक्त गर्नुभयो। सोही अवसरमा महावाणिज्यदूत भट्टराईले यस दिनले सबै नेपालीलाई आफ्नो कर्तव्यपथमा अविचलित बढ्ने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो।
लोकतन्त्र दिवस समारोहमा वाणिज्यदूत सुशिलकुमार लम्सालले स्वागत मन्तव्य दिनुभएको थियो भने सहचारी लेखनाथ गौतमले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। समारोहमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यापारी, बुद्धिजीवी, समाजसेवी तथा पत्रकारहरुको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रमपछि जलपानको व्यवस्था गरिएको थियो।





तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिकगर्नुहोस्।
Popularity: 3%
April 24th, 2008
चाइनिज पढ्न र लेख्न आफैं सिक्नुहोस
自己會學讀寫中文
(Teach Yourself Reading & Writing Chinese)
नेपालीहरूका लागि नेपालीमा
(क्याण्टोनिज र मेण्डरिन)

चाइनिज भाषाको पढाई र लेखाईमा पारंगत हुनु तपाईको लक्ष्य छैन तर त्यसको अक्षर (क्यारक्टर) कस्तो होला, कसरी लेखिन्छ होला भन्ने जिज्ञासा मेट्न मात्र चाहनु हुन्छ भने पनि यस पुस्तक अवश्य पढ्नुहोला ।
किन भने,
यस पुस्तकको पहिलो अध्याय (First Chapter) मा
(क) चाइनिज अक्षर (लिपि)को उत्पति र विकासक्रम र निर्माण प्रणाली ।
(ख) चाइनिज अक्षर (क्यारक्टर) लेख्ने तरिका (Stroke order) को सविस्तार वर्णन र चाइनिज भाषा सम्बन्धी विविध पक्षहरुको छोटकरी बर्णन गरिएकोछ ।
यस च्याप्टरको अध्ययनले चाईनिज भाषा रुपी रहस्यमय संसारलाई आँखी झ्यालबाट चियाउन सकिनेछ ।
यदी चाइनिज भाषाको अक्षर (लिपि) को पढाई र लेखाई आजैदेखि सिक्नु चाहनु हुन्छ भने पनि यस पुस्तकले भरपूर सहयोग गर्नेछ।
किनभने,
यस पुस्तकको दोश्रो अध्याय (Second Chapter) मा
(क) १५ वटा पाठहरुमा २०० वटा चाइनिज क्यारक्टर (अक्षर) हरुको परिचय
(ख) लेख्ने तरिका र यी क्यारक्टरहरुबाट बनेको वाक्यांश र वाक्यहरुको अभ्यासहरु रहेका छन्।
यस अध्यायको अध्ययनले चाइनिज अक्षररुपी संसार प्रवेशको लागि ढोका खोल्नेछ ।
नेपाली बिद्यार्थीहरूकोलागि पनी अत्यन्तै उपयोगी ।
…………………………………………………………………………………………………..
हङकङगमा पाइने स्थानहरु:
१. पशुपती स्टोर युन लङ
२. पशुपती स्टोर जोर्डन
३. गोर्खा स्टोर युन लङ
४. ए वन स्टोर जोर्डन
५. न्यु मनकामना स्टोर जोर्डन
६. लोनिल स्टोर वान चाइ
७. काठमाण्डौ स्टोर वानचाइ
८. स्वोस्ति स्टोर याउ मा तेई
९. उर्लाबारी कर्नर चुन वान
१०. दन्तकाली स्टोर वान चाई
मूल्यः HKD 80.00
अनलाइन खरिदको लागिः
www.jabegu.com Price USD10.00
नेपालमा पाइने सम्पर्क: अधिराज राई
फोनः 977-9841-359244

लेखक:
किन्दर राई
Tel: 852-91213240
Email: raikindar@gmail.com
website: www.nepalichinese.com
Popularity: 6%
April 23rd, 2008
एचकेनेपाल डट कम, अप्रिल २१ -
मगर संघ हङकङले मगर चलचित्र ‘आशे’ की नायिका सृजना थापामगरको सम्मानमा अप्रिल २१ तारिखका दिन नेपाली क्लवमा एक भेटघाट कार्यक्रमको आयोजना गर्यो।

मगर कलाकारहरुलाई प्रोत्साहित गर्ने उद्धेश्य बमोजिम मगर संघ हङकङले नेपालबाट हङकङ आई पुगेकी थापा मगरलाई संघले खादा ओडाएर सम्मान गरिएको थियो। वक्ताहरुले थापामगर आदिबासी जनजातिको नायिका भएको र जसले आदिबासीहरुको कला र संस्कृतिलाई जनमानसमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको भन्दै थापा मगरको सराहना गरेका थिए । साथै कुनै पनि कलाकार कुनै व्यक्ति विशेष र जाति विशेषको नभई सिंगो राष्ट्रको सम्पति भएकोले समग्र नेपालीहरुको हितका निम्ति पनि नयां खाले चलचित्रहरुमा सहभागी जनाउन र अन्य थप कार्य गर्नका निम्ति आग्रह गरेका थिए । मगर संघ हङकङका अध्यक्ष नेत्र पहराई मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई संघका प्रवक्ता हर्कप्रसाद राना मगरले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू प्रमुख अतिथि, जनजाति महासंघ हङकङ अध्यक्ष भूपेन्द्र चेम्जोङ विशेष अतिथि र मगर संघ हङकङका संस्थापक महासचिव मनोज सूर्यवंशी मगर, मोना हङकङका अध्यक्ष तुल्माराज रामजाली मगरलगायत अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 3%
April 21st, 2008
हङकङ नेपाली महासंघको नयाँ वर्ष शुभकामना
हङकङ तथा देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नेपाली नयाँ वर्ष २०६५ को सुखद अवसरमा सुख, शान्ति तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं। साथै देशमा भर्खरै सम्पन्न संबिधानसभा निर्वाचनपछि नयाँ नेपाल निर्माणसंगै हरेक नेपालीको मनको चाहना पूरा बनोस् भन्ने मनोकांक्षा व्यक्त गर्दछौं।

हेम लिम्बू
अध्यक्ष तथा
हङकङ नेपाली महासंघ
Popularity: 6%
April 14th, 2008
एचकेनेपाल डट कम, अप्रिल १४ -
नेपाल च्याम्बर्स अफ कमर्स हङकङले नपाली नयाँ वर्ष २०६५ को अवसरमा अप्रिल १४ तारिख सोमबारका दिन चिम सा चुइस्थित होली डे इनमा शुभकामना आदानप्रदान तथा भेटघाटको कार्यक्रम आयोजना गरी मनाएको छ।
कमर्सका अध्यक्ष तेजबहादुर राईको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान तथा भेटघाटको औपचारिक कार्यक्रमको सञ्चालन कमर्सका सचिव डासुराम पराजुलीले गर्नुभएको थियो। नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको कार्यक्रममा हङकङका लागि नेपालका अवैतनिक प्रतिनिधि लिङ्कन ली, क्यानेडियन च्याम्बर्सका अध्यक्ष एन्डुलगायत नेपाली संघसंस्थाका प्रतिनिधिहरु तथा व्यापारीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष राईले कमर्सको गतिविधिबारे जानकारी गराउनु भएको थियो। उहाँले हङकङ र चीनका व्यापारिक प्रतिष्ठानहरुसंग छलफल गरेर कमर्सलाई अगाडि बढाउने प्रयाश भैरहेको बताउंनु भयो। राईले निकट भविष्यमा इन्भेष्ट नेपाल नामक प्रोग्राम लञ्च गर्न गैरहेको बताउंनुभयो। नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान गर्नुका साथै मगर संघ हङकङका कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
Popularity: 2%
April 14th, 2008
एचकेनेपाल डट कम, अप्रिल १३ -
हालै गठन भएको पर्वतेहरुको छाता संस्था पर्वत मञ्च हङकङको पहिलो भेटघाट कार्यक्रम अप्रिल १३ तारिखका दिन मंकी हिलमा सम्पन्न भएको छ।

नेपाली नयाँ वर्ष २०६५ को अवसर पारी शुभकामना आदानप्रदानका साथै पर्वत जिल्लाबासीहरुको भेटघाटको कार्यक्रम आयोजना गरिएको थियो। सोही अवसरमा बीबीक्यु, विविध साँस्कृतिक कार्यक्रम र राफल चिठ्ठालगायतका कार्यक्रमहरु आयोजना गरिएका थिए।
मञ्चका अध्यक्ष सुमलकुमार गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष दुर्गाबहादुर गुरुङले स्वागत मन्तव्य दिनुभएको थियो भने जसबहादुर गुरुङ र अमर गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। महावाणिज्यदूत केशवप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, एनआरएन हङकङका अध्यक्ष यामकुमार (त्रिलोक) गुरुङ, नेपाल च्याम्बर्स अफ कमर्स हङकङका अध्यक्ष तेजबहादुर राईलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।



तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 4%
April 13th, 2008
एचकेनेपाल डट कम, अप्रिल १३ -
हङकङमा रहेका गुल्मेलीहरुले नेपाली नयाँ वर्ष २०६५ को उपलक्ष्यमा भेटघाट गरी एक अर्कालाई शुभकामना साटासाट गरे।
गुल्मी समाज हङकङद्वारा अप्रिल १३ तारिखका दिन ताई तोङ पार्कमा गुल्मेली भेटघाट तथा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरिएको थियो। समाजका अध्यक्ष दिलबहादुर बुढाथोकीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सहसचिव कांशीप्रसाद दर्लामीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पाण्डु श्रीसले दिनुभएको थियो।
नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई प्रमुख अतिथि रहनुभएको उक्त कार्यक्रममा मगर संघ हङकङका अध्यक्ष नेत्र पहराई मगर, समाजका संस्थापक अध्यक्ष तिलक कुमार, ग्यालेक्सी इन्टरप्राइजेजका जेएन ज्ञवालीलगायत अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो। सो अवसरमा बीबीक्यू, नाचगानका साथै समाजका निवर्तमान पदाधिकारी र सदस्यहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो।



तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।
Popularity: 5%
April 13th, 2008
टीका गुरुङ, मकाउ / एचकेनेपाल डट कम, अप्रिल १२ -
मकाउमा कार्यरत नेपालीहरुले अप्रिल १२ तारिखका दिन मकाउस्थित हाक श बीचमा नेपाली नयाँ बर्ष२०६५ भब्यताका साथ मनाएको छ।
मकाउ जेलगार्डमा कार्यरत तथा गेसो मकाउका उप सभापति कृष्ण गुरुङको सकृयतामा सम्पन्न उक्त कार्यक्रममा विभिन्न संघ संस्था तथा हङकङबाट आमन्त्रित महानुभावहरुले मन्तब्य दिएका थिए। मन्तब्य दिनेहरुमा हङकङका लागि नेपाली महाबाणिज्यदूत केशव भट्टराई, गैर आवासीय नेपाली संघ हङकङका अध्यक्ष त्रिलोक गुरुङलगायत अन्य वक्ताहरुले उपस्थित सबैलाई नयाँ बर्ष२०६५ सालको शूभकामना दिदै नेपाली एकतामा जोड दिनु भएको थियो।
कार्यक्रमको अन्तमा नृत्यकार मिरा गुरुङले नृत्य प्रस्तुत गर्दै उपस्थित सबैलाई मनोरञ्जन प्रदान गरेकी थिइन्। त्यसैगरी गायक तुला कुवर, देवी सेन, प्रकाश पोख्रेल तथा बुद्घयन श्रेष्ठले गीत गाएर कार्यक्रमलाई झन रोचक बनाएका थिए। कार्यक्रमको सञ्चालन दील गुरुङ र पूर्ण गुरुङले संयुक्त रुपमा गर्नुभएको थियो।
मकउबाट टीका गुरुङ / एचकेनेपाल डट कम।
Popularity: 3%
April 12th, 2008
Previous Posts