Archive for May, 2008

किरात चाड षाँदरको अवसरमा कविद्वारा सहयोग

एचकेनेपाल डट कम -
किरात सुनुवारहरुको महान चाड उभौली ष्याँदर (चण्डी) ललितपुर जिल्लास्थित नखीपोटमा हालै भव्यताका साथ मनाईयो।

उक्त अवसरमा स्व. कुलदीप सुनुवारको नाममा स्टल राखी कुलदीपका परिवारकोतर्फबाट निःशुल्क खाजा र पिउने पानीको ब्यबस्था गरिएको थियो। स्व. कुलदीप सुनुवारको नाममा समर्पित हङकङका कवि नरेश सुनुवारको कविताकृति र कविता वाचनको श्रव्यदृश्य “जिन्दगीको पहाड र अस्तित्वको राकुदेले सेकसेलेले”… विक्रीको लागि राखिएको थियो। परिवारका सदस्य तथा कार्यक्रमका व्यवस्थापक राजन सुनुवारका अनुसार उक्त दिन रु. ११ हजार ५ सय को पुस्तक विक्री वितरण भएको थियो र पुस्तक विक्रीबाट जम्मा भएको सम्पूर्ण रकम “कुलदीप सुनुवार स्मृति कोष” को खातामा जम्मा गरिएको छ।

Popularity: 3%

1 comment May 31st, 2008

हङकङ नेपाली महासंघको शुभकामना प्रेस विज्ञप्ति

हङकङ नेपाली महासंघको शुभकामना प्रेस विज्ञप्ति
एचकेनेपाल डट कम, मे ३० -
देशमा २ सय ४० वर्षीय राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल कार्यान्वयन भएको सुखद उपलक्ष्यमा हङकङस्थित सम्पूर्ण नेपाली संघसंस्थाहरुको प्रतिनिधित्व गर्दै हङकङ नेपाली महासंघद्वारा जारी गरिएको शुभकामना प्रेस विज्ञप्ति -

Popularity: 5%

1 comment May 30th, 2008

मकाउमा नेपाली कवि गोष्ठी आयोजना गरिने

एचकेनेपाल डट कम, मे २७ -
सृजनाशील साहित्य समाजको आयोजनामा जुन १५ तारिखका दिन मकाउमा कवि गोष्ठी आयोजना गरिने भएको छ।
मकाउ- हङकङ कवि गोष्ठी नामाकरण गरिएको उक्त कार्यक्रम १२ बजे सुरु हुने भएको छ। कवि गोष्ठीका लागि सभाकक्ष निश्चित भै नसके पनि मिति र समय भने तय भै सकेको सृजनाशील साहित्य समाज हङकङका सचिव नरेश सुनुवारले बताउनुभयो। कार्यक्रममा हङकङ र मकाउमा रहेका कविहरुको सहभागीता रहने सुनुवारले बताउंनुभयो। कार्यक्रम सम्बन्धी थप जानकारीको लागि तलको फोन नं.मा सम्पर्क गर्न सकिने छ।

सम्पर्क फोन नम्बरहरु- ६१८८३०७७, ६०१४८४६६

Popularity: 3%

2 comments May 27th, 2008

हङकङमा भव्यताका साथ बुद्ध जयन्ती (+Photo)

एचकेनेपाल डट कम, मे २५ -
हङकङ उर्गेन दोर्जे छोलिङ बुद्घिष्ट सेन्टरबाट आयोजित २५५२ औ बुद्ध जयन्ती मे २५ का दिन चोमोलोङमा बहु- साँस्कृतिक सामुदायिक केन्द्रमा भब्यताका साथ सम्पन्न भयो।


कार्यक्रमका प्रमुख अतिथि श्रद्धय धर्मगुरु खेन्पो रिपोक्षे साङ्गे रङ्गजुङ्गज्यू रहनु भएको थियो। कार्यक्रमको अध्यक्षता सोही सेन्टरका अध्यक्ष खडग मोक्तानले गर्नु भएको थियो भने कार्यक्रम सचिब इच्छाकुमारी गुरुङले सञ्चालन गर्नु भएको थियो। स्वागत भाषण सेन्टरका कोषाध्यक्ष पाशाङ शेर्पाले गर्नु भएको थियो। अतिथिहरुमा तामाङ घेदुङ संघका उपाध्यक्ष कर्म लामा, तमु ट्हो हृयुल हङकङका सचिव गणेश गुरुङ, नेपाली बुद्ध समाज हङकङका सह-कोषाध्यक्ष श्रीमती देबी गुरुङ, नमो बुद्ध आमा शुभकामना मन्तव्य समूहका उपाध्यक्ष श्रीमती पदमकुमारी गुरुङ उपस्थित हुनुहुन्थ्यो। धर्म गुरु खन्पो रिपाक्षेबाट शुभकामना मन्तब्य तथा बुद्घ जयन्ती तथा बद्ध धर्मबारे छोटो प्रबचन दिनु भएको थियो। तमु ट्हो हृयुलका सचिब गणेश गुरुङ तथा नेपाली बुद्ध समाज हङकङका सह कोषाध्यक्ष श्रीमतीदेबी गुरुङले आफ्ना मन्तव्य दिनु भएको थियो। त्यस्तै गरि, सोही कार्यक्रममा तामाङ घेदुङ संघका कलाकार संयोजक कुलमान मोक्तानले बुद्घ भजन गाएर सुनाउनु भएको थियो।

मे १९ देखि २५ तारिख आयोजित कार्यक्रमहरुमा श्रद्धय धर्मगुरु खेन्पो रिपोक्षे साङ्गे रङ्गजुङ्गज्यूद्वारा शान्तिका लागि पूजा पाठ, बुद्घ धर्म बारे प्रवचन, मेडिसिन बुद्घसहित आठ बुद्घको अभिशेष (वाङ) दिइएको थियो। अन्य लामा गुरुहरु प्रेम लामा, राम लामा, भिम लामा र भेष लामा पनि सक्रियता तथा संलग्नता थियो।

कार्यक्रममा हल्का पेय पदार्थ नमो बुद्घ आमा समूहका उपाध्यक्ष श्रीमती पदमकुमारी गुरुङले प्रायोजन गर्नु भएको थियो भने पिउने पानीको व्यवस्था चोमोलोङमा बहु-साँस्कृतिक केन्द्रबाट भएको थियो। कर्यक्रममा शाकाहारी खानाको व्यवस्था हङकङ उर्गेन दोर्जे छोलिङ बुद्घिष्ट सेन्टरबाट भएको थियो।


थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

Add comment May 26th, 2008

किरात राईहरुको साकेला उभौली भव्यताका साथ सम्पन्न (+Photo)

एचकेनेपाल डट कम, मे २५ -
किरात राई यायोक्खा हङकङको आयोजनामा २५ तारिख आइतबार ताई मोशन कन्ट्रीमा किरात राईहरुको महान चाड साकेला उभौली २००८ भव्यताका साथ सम्पन्न भएको छ।
वयोबृद्धा श्रीमती विष्णुकुमारी राईको प्रमुख आतिथ्यमा सम्पन्न साकेला उभौलीको औपचारिक कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, आदिवासी जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेम्जोङ तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो।

किरात राई यायोक्खा हङकङका अध्यक्ष नरहाङ राईको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष किसन राईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव शसिमदन राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा आयोजक तथा अतिथि वक्ताहरुले किरात राईहरुको महान चाड साकेला उभौलीको अवसरमा देश विदेशमा रहेका किरात राई तथा नेपालीहरुलाई सुम्निमा र पारुहाङले कल्याण गरुंन भनेर शुभकामना व्यक्त गरिएको थियो।




तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम। थप तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 6%

35 comments May 25th, 2008

‘रुङ्रीको बयान र नदी किनारा’ को विमोचन

एचकेनेपाल डट कम, मे २३ -
सृजनशील साहित्य समाज हङकङको आयोजनामा मे २३ तारिख शुक्रबारका दिन कवि देवेन्द्र खेरेसको कविताकृति ‘रुङ्रीको बयान र नदी किनारा’ प्रमुख अतिथिद्वय नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बू र जनजाति महासंघ हङकङका अध्यक्ष भूपेन्द्र चेमजोङ लिम्बूले लोकार्पण गर्नुभयो।
भयवादका प्रस्तोता तथा उपन्यासकार देश सुब्बाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्घोषण सृजनशील साहित्य समाजका सचिव कवि नरेश सुनुवार र स्वागत मन्तव्य समाजका अध्यक्ष कवि हाङयुग अज्ञातले गर्नुभएको थियो।

कार्यक्रममा कवि, साहित्यकार तथा पत्रकारहरु प्रदिप कन्दङवा, कमल पौडेल, भोगेन एक्ले, किन्दर राई, रविन राई, किसन राई, बिमल राई, चन्द्र मादेन लिम्बू, प्रकाश कृष्ण बाक्सिला, आशा विदीर्ण राई, कवि अशोक राई, जितेन राई, हेजेन राईलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा जनजाति महासंघका अध्यक्ष तथा सनराइज साप्ताहिक हङकङका सम्पादक भूपेन्द्र चेम्जोङ, नेपाली महासंघ हङकङका अध्यक्ष हेम लिम्बू, कवि देवेन्द्र खेरेस र देश सुब्बाले विमोचित कृतिमाथि मन्तव्य व्यक्त गर्नुभएको थियो। मन्तव्यको क्रममा कवितामा भएको नयाँ चेतना, साँस्कृतिक चेतना र डायस्पोरिक साहित्यको चर्चा भएको थियो। कवि देवेन्द्र खेरेसले कविता लेखनको अनुभव, जातिय भाषाहरूको प्रयोग र डायस्पोराको चित्रण कवितामा गरेका छन्।

Popularity: 3%

Add comment May 24th, 2008

‘सघन तुवाँलो’ विश्वको १० भाषामा, नेपालमा अन्तर्क्रिया

राई चन्द्र दुमी / एचकेनेपाल डट कम -
रामकृष्ण वान्तवाद्वारा लिखित हालै प्रकाशित एक सामाजिक उपन्यास ‘सघन तुवाँलो’ को काठमाडौंमा एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ।

लेखक रामकृष्ण वान्तवा
१२ वर्षदेखि हङगकङमा बस्दै आउनुभएका लेखक बान्तवा गीततर्फ पनि सफल गीतकार हुनुहुन्छ भने हङकङे नेपालीहरु मध्येकै एक उदाउँदो प्रतिभा हुनुहुन्छ। काठमाडौंबाट शुभ मुकारुङको अनुसार साथी प्रकाशन आयोजक रहेको उक्त समिक्षात्मक अन्तक्रिया कार्यक्रममा प्रमुख वक्ता चर्चित समालोचक डा.तुल्सि भट्टराई, समालोचक कवि डा. बिष्णु राई, समालोचक कवि मोमिला, समालोचक कवि पुर्ण इन्फादा, सघन तुवाँलो अंग्रेजी अनुवादक श्रीमती नरदेवी राई तथा युवा श्रष्टा शशी लुमुम्वु उपस्थित हुनुहुन्थ्यो। अन्तर्क्रिया कार्यक्रममा उल्लेखित बिभिन्न वक्ताहरुले आ-आफ्ना पाटोबाट उपन्यास सघन तुवाँलोमाथि छलफल चलाउँनु भएको थियो। वेलकम रेस्टुरेण्ट बाघबजारमा सम्पन्न कार्यक्रमको सभापतित्व साथी प्रकाशन प्रमुख सुदर्शन श्रेष्ठले गर्नु भएको थियो। कार्यक्रम सभामुखस सुदर्शनका अनुसार उपन्यास सघन तुवाँलो अंग्रेजी, फ्रेन्च, जर्मन,जापानीज, चाईनिज लगायतका १० भाषमा प्रकाशित हुनेछ। जसका लागि हङकङका प्रसिद्ध प्रकाशन एसिया २००० ले पहल गर्नेछ।

समिक्षामा उपस्थित वरिष्ठ बक्ताहरुमध्ये किरात चल्तिको झर्रो शब्द भाषा शैली र सम्प्रेषनलाई अज्ञानतावस तथा किरात शैलीसंग अपरिचित हुनुको कारण अड मानेर डा. तुल्सि भट्टराई र मोमिलाले थोरै आलोचना गर्दै नयाँ प्रयोग भन्नुभएको थियो भने यता किरात लेखक डा. बिष्णु राईले किरातहरुको शैली र कतिपय शब्द संयोजननै त्यस्तो हुने किरात जनजिब्रोबाट स्वस्फुर्त स्वनिर्मित भनेर प्रष्ट पार्नु भएको थियो। यता पूर्ण इन्फादाले नश्लवोधीय चिन्तनको कुरा उठाउँदै आफू माझ किरातमा हुर्केको र त्यहाको सँस्कृति जनजिब्रोबाट सम्प्रेषित झर्रो शब्दहरु प्रयोग होईन वास्तविकता हो भन्नुभयो। नारी मुक्ति सेरोफेरोमा लेखिएको उपन्यासको मूलपात्र, सहपात्र सवै शोषित पीडित नारी पात्रहरुलाई आफूसंग तुलना गर्दै मोमिलाले सम्वेदनशील भएर उपन्यासको सकारात्मक पक्षहरु र यसले दिने राम्रा सन्देशहरुबारे चर्चा गर्दै सघन तुवाँलो सफल उपन्यास स्वीकार्नु भएको थियो। समग्रमा अलग धारमा नयाँ आयाम, नयाँ लेखन शैली र प्रस्तुती रहेको सघन तुवाँलो भनेर अन्तर्राष्ट्रिय लेवलको प्रकाशकले प्रकाशन गर्ने भएपछि पहुँच ठूलो हुन्छ ब्यक्तिगत हिसावले पाठकलाई प्रभाव पार्ने निश्कर्षमा पुगिएको थियो।

Popularity: 3%

Add comment May 24th, 2008

हङकङ नेपाली महासंघको हार्दिक अपिल

हङकङ नेपाली महासंघको हार्दिक अपिल
१२ मे २००८ का दिन चीनको सिचुवान प्रान्तमा गएको विनासकारी भूकम्पमा परी हालको विवरण अनुसार ५० हजार भन्दा बढि मानिसहरुको ज्यान गएको ६५ हजार भन्दा बढि हराएको र ५० हजार भन्दा बढि विस्थापित भएको तथ्याङ्क सार्वजनिक भएको छ। चीनिया सरकार र जनताले व्यहोर्नु परेको ठूलो धनजनको क्षतिप्रतिको यस दुःखद घडीमा हङकङ नेपाली महासंघ, हङकङमा बसोबास भएका सम्पूर्ण नेपालीको तर्फबाट गहिरो दुःख ब्यक्त गर्दछ।
साथै हङकङमा बसोबास गर्नु भएका सम्पूर्ण नेपाली महानुभावहरु, संघ संस्था, बुद्धिजीवि, ब्यापारी, शिक्षक, साहित्यकार, संगीतकार, पत्रकार, खेलाडी र विभिन्न पेशामा संग्लन नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उक्त घटनाले प्रभावित भूकम्प पीडितहरुलाई राहतका लागि आर्थिक सहयोग गरिदिन हुन हङकङ नेपाली महासंघ हार्दिक अपिल गर्दछ ।

१) महासंघको HSBC खाता नं. 543210256001 सहयोग रकम जम्मा गर्न सकिने छ ।
२) साथै, चन्दा बाकसमा जम्मा गराउन निम्न स्थान वा ब्यक्तिहरु संग सम्पर्क गर्न सकिने छ।

१. स्वयंसेवकः प्रदिप थापा मगर
वान चाईः-
ए. बी. स्टोर (A. B. Store)
लोनिल स्टोर (Lonil Store)

२. स्वयंसेविकाः लक्ष्मी थापा राई (लारा)
जोर्डनः-
पशुपति स्टोर
सगरमाथा चटपटे हाउस
जनरल स्टोर
संगम स्टोर
याउ मा तेइः-
नेपाली कर्नर

३. स्वयंसेवकः जजिन चाम्लिङ
चुनवानः-
आँधीखोला स्टोर

४. स्वयंसेवकः टंक राना, नेपाली महासंघ कोषाध्यक्ष
युन लुङः-
पशुपति स्टोर
कामतिनः-
आशा बहिनी

५. स्वयंसेवकः दुर्गा तामाङ
चिम सा चुइः-
दिज शप Dee’s Shop चुङकिङ मेनसन
फास्ट इष्ट इन्टर्नेशनल ट्राभल्स (D4 MB Limbu)

छेङ्सवानः
त्रिवेणी स्टोर

६. स्वयंसेविकाः ममिता गुरुङ
सेङवानः
New Provision Store
मेलमिलाप रेष्टुरेण्ट

थप जानकारीको लागिः
९७१७८८६१, ६६०२५६४५, ६७०३१३९०, ९७१२३६१५, ९७४५३९१५
हङकङ नेपाली महासंघ


(AP Photo/Nicky Loh, Pool)

REUTERS/Nicky Loh


REUTERS/Nicky Loh (CHINA)

७० घण्टापछि पुरिएको ठाउंबाट उद्घार गरिएकी ११ वर्षीया ली युइ। (China Daily/Reuters)

बाँकी केही रहेन। पीडा सुस्ताउंदै स्थानीय बासिन्दा। (AP Photo/Oded Balilty)

आमाको पीडा, जसको स्कूले बच्चा भूकम्पले निल्यो। (China Daily/Reuters)

Popularity: 3%

1 comment May 23rd, 2008

मगर संघको छलफल, विदाई तथा सम्मान कार्यक्रम सम्पन्न

एचकेनेपाल डट कम, मे १७ -
मगर संघ हङकङले गत शनिबार १७ का दिन एउटै मञ्चमा दुईवटा कार्यक्रम सम्पन्न गर्‍यो। पहिलो कार्यक्रममा मगर संघ हङकङका सहयोगी, शुभ चिन्तक तथा मगर भेषभूषा, भाषाप्रति चासो राख्नु हुने लेख रानामगरको सम्मानमा विदाई कार्यक्रमको आयोजना गरिएको थियो भने सो कार्यक्रमपछि मगरहरुको सवालमा पूर्व घोषित प्रस्तावहरु माथि व्यापक छलफल गरिएको थियो।

लेख रानामगर उज्जवल भविष्यका खातिर हङकङ छोडेर वेलायत प्रस्थान गर्न लाग्नु भएकोले उहाँको सम्मानमा विदाई तथा भेटघाट कार्यक्रमको आयोजना गरियो। रानामगरलाई मगर संघ हङकङको तर्फबाट पुष्प गुच्छा र खादाले हार्दिक विदाई तथा सम्मान गरिएको थियो। मगर संघ हङकङको स्थापनासंगै मगर भेषभूषा र भाषाको सवालमा र मगर जातिहरुलाई उक्त सवालमा उल्लेखनिय सहयोग गरेवापत उहाँलाई सम्मान गरिएको हो। उक्त अवसरमा मगर संघ हङकङका भातृ संस्था पुन मगर समाज हङकङ र लाङघाली कल्याण समाजको तर्फबाट पनि सम्मान गरिएको थियो। त्यसै गरी मोना हङकङका अध्यक्ष तुल्मराज रामजालीमगर, बाग्लुङ्ग समाजका अध्यक्ष चुराबहादुर थापामगर, हङकङ नेपाली महासंघका उपाध्यक्ष हर्क रानामगर, गोर्खा मेजर गमबहादुर बुडुजामगरलगायत उपस्थित महानुभावहरुले पनि सम्मान गरेका थिए।

सोही अवसरमा मगर संघ हङकङले पूर्व घोषणा गरेको विविध शीर्षकहरुमा छलफल गरिएको थियो। मगर संघ हहङकङले वर्तमान स्थितिलाई मध्यनजर राख्दै मगरहरुका सवालमा पूर्व घोषित प्रस्तावहरुमाथि व्यापक छलफल गरी नया निर्क्योलहरु निकालिएको छ। उक्त निर्क्योलहरु मगर संघ हङकङको आगामी नियमित बैठकमा अनुमोदनका लागि पेश गरी छलफलका साथ सर्वसम्मतीले पारित गरी कार्यान्वयन तर्फ प्रक्रियाहरु अगाडि बढाइने भएको छ। कार्यक्रममा उपस्थित मगर महानुभावहरुले आ-आफना तर्क तथा सुझावहरु पेश गरेका थिए। संघले मगरहरुका सवालहरुलाई मध्यनजर राख्दै अहिलेसम्म सात वटा छलफल कार्यक्रमहरु आयोजना गरिसकेको छ। आगामी २९ जुन २००८ आईतबारका दिन चोमोलोङ्गमा मल्टिकल्चर सेन्टरमा शैक्षिक जानकारी सभा तथा निःशुल्क बिबिक्यू कार्यक्रमको आयोजना गरिने भएको छ। उक्त छलफल तथा विदाई र सम्मान कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष नेत्र पहराईमगरले गर्नुभएको थियो भने सञ्चालन संघका महासचिव थल श्रीसमगरले गर्नु भएको थियो।

Popularity: 3%

1 comment May 22nd, 2008

हङकङले ३ दिन राष्ट्रिय शोक मनाईने

एचकेनेपाल डट कम, मे १९ -
गत सोमबार भूकम्पमा परि मृत्यु भएकाहरुको आत्मा शान्तिको लागि हङकङ सरकारले तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

मे १९ देखि २१ तारिख तीन दिनसम्म सरकारी कार्यालय, भवन र विद्यालयहरुमा आधा झण्डा झुकाईने छ भने आज अपरान्ह ठीक २:२८ बजे चिफ इक्ज्युकिटिभ डोनाल्ड च्याङ र सरकारी अधिकारीहरुलगायतले ३ मिनेट मौनधारण गरिएको थियो। एमटीआर, बस, ट्याक्सी र सामुद्रिक जहाजहरुले ३ मिनेटसम्म हर्न बजाएर शोक व्यक्त गरिएको थियो। यसअघि चिफ इक्ज्युकिटिभ डोनाल्ड च्याङले सबै क्षेत्रका समुदायलाई राष्ट्रिय शोक मनाउन अपिल गर्नुभएको थियो। मूख्यभूमि चीनले पनि तीन दिन राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।

बेइजिङ ओलम्पिक खेलकुद संयोजन समितिले आजदेखि तीन दिनसम्म ओलम्पिक राँको रिले स्थगित गरिएको छ।

गत सोमबार चीनको सिचुवानमा केन्द्र बिन्दु हुने गरी गएको ८ रेक्टर स्केलको विनाशकारी भूकम्पमा परी ३२ हजार व्यक्तिहरुले ज्यान गुमाएको चीन सरकारले औपचारिक तथ्याङ्क सार्वजनिक गरेको छ। भूकम्पमा परि मृत्यु हुनेहरुको संख्या ५० हजार भन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। त्यसै गरी घाइतेको संख्या ढाई लाखभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ। अझै पनि भूकम्पग्रस्त इलाकाहरुमा उद्धारकार्य जारी रहेको छ।

Popularity: 3%

1 comment May 19th, 2008

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

May 2008
M T W T F S S
« Apr   Jun »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category