Archive for February, 2009

टेलिफोनबाट कविता प्रतियोगिता

एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुवरी २८ -
हङकङका केही कवि तथा कवयित्रीहरुले टेलिफोनबाट कविता सुनाएर शनिवार कविता प्रतियोगितामा सहभागी भए।

बिएफबिएस गोर्खा रेडियो युकेले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा उनीहरुले टेलिफोनबाट कविता सुनाएर प्रतियोगितामा सहभागी भएका हुन्।

जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा भेला भएका कवि तथा कवयित्रीका कवितालाई बिएएफबिएस गोर्खा रेडियो युकेका कार्यक्रम सञ्चालक योगराज राईले रेकर्ड गराएका छन्। बिएफबिएस गोर्खा रेडियो युकेले विश्वभर छरिएका नेपाली कवि तथा कवयित्रीहरुका कविताहरु रेकर्ड गराएर प्रतियोगितामा सहभागी गराउंदैछ।

कविताहरु रेकर्ड गरी संकलन गर्ने क्रम जारी छ। हङकङबाट प्रतियोगितामा मोति चाम्लिङ, चन्द्र मादेन आन्छान, कोरङी प्रेम, लक्ष्मी थापा राई र आशा दाहालले सहभागी जनाए। टेलिफोनबाट कविता रेकर्ड गराउन छुटेका कवि कमल पौड्याललगायत केही कविहरुले आइतवार बिएफबिएस गोर्खा रेडियोलाई सम्पर्क गरी कविता रेकर्ड गराउने भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टरले हङकङबाट कविता प्रतियोगितामा कवि तथा कवयित्री सहभागी गराउन पहल गरेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सचिव पशन तमूको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताका लागि सुनाइएका कविताका केही नमूना अडियोमा


Popularity: 4%

Add comment February 28th, 2009

इटाली महावाणिज्यदूत हङकङलाई ट्रष्टको पत्र

देवराज राई, हङकङ / एचकेनेपाल डट कम -
इटली सरकारले गोर्खाहरुलाई भारतेली सैनिकमै गणना गरेकोमा गोर्खा सिमेट्रीज् ट्रष्टले मंगलवार हङकङस्थित इटालीय महावाणिज्यदूतलाई एक खेद प्रकट गर्दै गल्ती चाँडै सच्याउन माग गरेको छ।

इटालीमा रहेका विश्वविख्यात समाधि स्थलहरु रिमेनी, फोर्ली, अरेजो, क्यासिनो, साङग्रो सिमेट्रीहरुमा गोर्खाहरु राखिएका छन्। भिसीद्वय थमान गुरुङ र सेरवहादुर थापालाई पनि त्यही राखिएको छ।

दोश्रो विश्व युद्धमा ५० हजार भारतेली सैनिकहरु जसमा गोर्खाहरुको बाहुल्यता थियो, उनीहरुले इटलीको पेरुगिआ, लुका, फ्लोरेन्स, सान मारिनो, सेसेना, फोर्ली, फेरारा, बोलोगाना जस्ता स्थानहरु शत्रुको हातबाट बचाएका थिए। यसै क्रममा ५ हजार ७ सय ८२ जनाको मृत्यु र २५ हजारभन्दा बढी घाइते भएका थिए।

सन् १९४५ पछि इटलीका क्यासिनो समाधि स्थलहरुमा सजिएका इटलीलाई स्वतन्त्रता प्रदान गर्दा जीवन गुमाएकाहरुको सम्झनामा अर्चना गरिदै आएको छ।

Popularity: 3%

2 comments February 24th, 2009

निर्माण मजदुर यूनियनको दोस्रो साधारण सभा सम्पन्न (+Photo)

ईन्द्र थापामगर, हङकङ / एचकेनेपाल डट कम -
नेपाली निर्माण मजदुर यूनियन, हङकङको दोस्रो साधारण सभा आइतवार जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा सम्पन्न भयो।

एचकेसिटियूको प्रतिनिधि लमेकर माननिय ली चुक यानको प्रमुख आतिथ्य, यूनियनका अध्यक्ष तुलाजङ गुरुङको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव होम घलेले र स्वागत मन्तव्य सदस्य सत्य घलेले व्यक्त गरेका थिए।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।
एचकेसिटीयूका संयोजक कुन क्वान, मोना हङकङका अध्यक्ष दल सेर्बुजा, फियानोका अध्यक्ष बसन्त राई, घरेलु कामदार यूनियनका अध्यक्ष माँया राई, गोर्खा सेक्यूरिटी यूनियनका अध्यक्ष विष्णु गुरुङ, तमु प्ये ल्ह्रलुका अध्यक्ष सोम गुरुङलगायत स्थानीय पत्रकारहरू अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ली चुक यानले विश्व आर्थिक मन्दीले हङकङसमेतलाई असर पारेको हुंदा आगामी पहिलो आधा वर्ष कामदारहरुको लागि ज्यादै कठिन हुने बताए। उनले त्यसपछि केही सहज हुने बताए। यसको लागि सरकारले तुरुन्तै केही योजनाहरु कार्यान्वयन गर्न तयारी गरिरहेको उनले जानकारी दिए। मजदुरहरुको समस्या समाधानप्रति कटिवद्व रहेको बताउदै उनले जीफोरएसमा भएको मजदुर आन्दोलनमा खेलेको भूमिका, यस बेला पिसिसिडब्लुमा भैरहेको मजदुर आन्दोलनमा पनि समाधानको लागि पहल भैरहेको बताए। उनले अन्य मजदुर समस्याहरुप्रति ऐक्यवद्वता चाहेर गर्दै एमपिफ सम्बन्धी र जातिय भेदभावविरुद्व थप जानकारी दिए। आगामी मे १ तारिख आफ्ना मागहरुसहित सम्पूर्ण मजदुरहरु उपस्थित भै ऐक्यवद्वता प्रर्दशन गर्न उनले आवहानसमेत गरे।

दोस्रो चरणको कार्यक्रमको सञ्चालन सत्य घलेले गरेका थिए। कार्यक्रममा अध्यक्ष तुलाजङले कार्य प्रतिवेदन र कोषाध्यक्ष मनिष खापुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। सामान्य छलफलपछि केही छुटेका बुदाँलाई समावेश गरी दुवै प्रतिवेदन सर्वसम्मतरुपमा पारित भएका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

यूनियनले निर्माण क्षेत्रमा काम गर्ने कामदारहरुबारे विस्तृत सर्भेक्षण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सेमिनारहरुमा भाग लिएर समस्याहरुको जानकारी गराउने, वर्षौ एउटै क्षेत्रमा काम गरेर पनि अदक्ष कामदारको रुपमा रहेकाहरुलाई एचकेसिटियूसँग मिलेर दक्ष कामदारको कार्ड उपलब्ध गराउने आदि कामहरु गरेको छ। स्मरणरहोस् यूनियन एचकेसिटियूको सदस्य छ।

Popularity: 3%

Add comment February 23rd, 2009

विजय श्रेष्ठको ‘तिम्रो यादमा..’ विमोचित (+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम -
हङकङका नेपाली गायक विजय श्रेष्ठको गीति एल्बम ‘तिम्रो यादमा’ बजारमा आएको छ। उनको गीति एल्बम आइतवार साँझ एक कार्यक्रमबीच जोर्डनमा विमोचन भएको हो।

संगीतकार विक्रम गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू र आदिवासी गीतकार समूहका अध्यक्ष प्रदीप कन्दङवाले संयुक्तरुपमा गीति एल्बम विमोचन गरेका थिए।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि विक्रम गुरुङले भने - ‘लामो समयपछि अर्को गीति एलबम निकाल्नु गायक श्रेष्ठको रहर नभएर संगीतप्रतिको निरन्तर प्रतिबद्धता हो।’ म उनको सफल सांगीतिक यात्राको शुभकामना दिन चाहन्छु’ - उनले भने। कार्यक्रममा विक्रम गुरुङ, दिनेश सुब्बा, हेम लिम्बू, प्रदीप कन्दङ्वाले गायक श्रेष्ठको सफल सांगीतिक यात्राका लागि बधाई तथा शुभकामना मन्तव्य दिएका थिए। विमोचन कार्यक्रमलाई लाराले सञ्चालन गरेकी थिइन्।

गायक श्रेष्ठको यो दोश्रो कृति हो। यसअघि २०५७ सालमा ‘सपना’ गीति एलबम निकालेका गायक श्रेष्ठले धेरै वर्षको अन्तरालपछि दोश्रो कृतिका रुपमा ‘तिम्रो यादमा’ बजारमा ल्याएका हुन्। एल्बममा ८ वटा गीत र २ वटा सोही एल्बमका म्युजिक ट्रयाक संग्रहित छन्। एल्बमका ३ वटा गीतमा आफ्नै शव्द रचना रहेका छन्। अन्यमा प्रमोद ढुंगाना, प्रमोद मोक्तान र जितेन लेप्चाका शव्द रचना छन्। संगीतकार दिनेश सुब्बा, आकाश र जितेनका संगीतले गीतहरुलाई कर्णप्रिय बनाएका छन्। मेची नगर -१० झापा काकडभिट्टाका श्रेष्ठ सन् २००२ मा हङकङ प्रवेश गरेका हुन्। नेपाली गीत संगीतप्रति रुचि राख्ने गायक श्रेष्ठले हङकङमासमेत आफ्ना गायन कलालाई निरन्तरता दिदैं आएका छन्।

गायक विजय श्रेष्ठको म्युजिक भिडीयो

गायक श्रेष्ठले एल्बमका पहिलो गीत ‘तिमी घृणा गर..’ लाई म्युजिक भिडीयोसमेत बनाएका छन्। दिनेश सुब्बाको संगीत रहेको यस गीतमा प्रमोद ढुंगानाको शव्द रचना रहेका छन्।

विमोचन कार्यक्रमलाई संगीतकार दिनेश सुब्बाको हिमालयन टोन्सले प्रायोजन गरेको थियो। संगीतकार दिनेश सुब्बाले दुई वर्षअघि हिमालयन टोन्स स्थापना गरेपछि हङकङबाट नेपाली गीति एल्बमहरु प्रशस्त मात्रामा बजारमा आएका छन्। १९९६ मा हङकङ छिरेका सुब्बाले हङकङबाट ५० भन्दा बढी गीतमा संगीत दिएका छन् भने १० भन्दा बढी उनको संगीत रहेको गीतहरुमा म्युजिक भिडीयोहरुसमेत निर्माण भएका छन्।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

3 comments February 22nd, 2009

जनसम्पर्क समितिद्वारा नयाँ संबिधानसम्बधी सुझाब संकलन

एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुवरी १७ -
नेपाली सम्पर्क समिति हङकङले यहाँका नेपालीबाट नेपालमा बन्न लागेको नयाँ संबिधानसम्बन्धी सुझावहरु संकलन गरेको छ।

५९औं प्रजातन्त्र दिवसको अवसरमा आइतबार जोर्डनस्थित याक एण्ड यती रेष्टुरेण्टमा आयोजित अन्तर्क्रिया कार्यक्रममा समितिले सुझावहरु संकलन गरेको हो।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।

नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु उपस्थित रहेको कार्यक्रमको अध्यक्षता समितिका सभापति इश्वर खाणले गरेका थिए। नेत्र पहराईमगरको सञ्चालन रहेको कार्यक्रममा समितिका महामन्त्री प्रेमकुमार राई, भूपू उपाध्यक्ष सन्त राई, समितिका सदस्य रेश्मा गुरुङले बुंदाहरु टिपोट गरेका थिए।


कार्यक्रमको थप तस्वीरूहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

कार्यक्रममा छलफल गरी विविध निश्कर्षसहित सुझाबहरु संकलन गरिएका छन्। सहभागीहरुबीच भएको व्यापक छलफलपछि समितिले निम्न लिखित सुझावहरु सम्बन्धित निकायमा पठाउने निर्णय गरेको हो।

दोश्रो चरणमा भएको सुझाव संकलन कार्यक्रमको अन्तिम बुंदा टिपोटहरु
अ. विदेशमा वा हङकङका सवालमा पनि केही सुझावहरु पठाइएको छ,
-क) विदेशमा बसोबास गर्ने नेपालीहरुलाई अनिवार्य दोहोरो नागरिकताको व्यवस्था हुनु पर्ने,
-ख) बालिग मताधिकार, कार्यकारिणी अधिकार सहितको राष्ट्र प्रमुखका सवालमा प्रत्यक्ष बालिग मताधिकार र जनमत संग्रह जस्ता निर्वाचनमा विदेशमा बस्ने नेपालीले पनि बालिग मताधिकार गर्न पाउने व्यवस्था हुनु पर्ने,
-ग) सम्भव भएसम्म नेपालको हरेक कार्यालयहरुमा नेपाली भाषा र दोस्रो अंग्रेजी भाषाको व्यवस्था अनिवार्य गराउनु पर्ने, आवश्यक्ता हेरी अन्य भाषाको पनि व्यवस्था हुनु पर्ने,
-घ) आफनो नागरिकलाई विदेशमा भई परि आउने विभिन्न प्रकारका समस्यहरुका सवालमा तत्कालै आवश्यक सुरक्षाको व्यवस्था हुनु पर्ने,
-ङ) आफ्नो नेपाली नागरिकलाई सम्बन्धित देशमा रहेको नेपाल सरकारको प्रतिनिधि महाबाणिज्य दूतावासको कार्यालय मार्फ बंशजको आधारमा नेपाली नागरिकताको पनि विदेशमै व्यवस्था गरिनु पर्ने जस्ता सुझावहरु विदेशमा बसोबास गर्ने नेपालीहरुका सन्दर्भमा संकलन भएका छन्।
आ. उक्त सुझाव संकलन कार्यक्रममा नेपालको राज्य पुनं. संरचना लगायत विविध शर्ीष्ाकमा पनि छलफल सहित सुझाव संकलन गरिएको थियो।
१. विभिन्न प्रदेशहरुको निर्माण गर्ने क्रममा पहिलो प्राथमिकता भूगोल बनाई अन्य जाति, भाषा, धर्म संस्कृति जनसंख्या र आर्थिक श्रोतलाई न्यूनतम आधार्मानी भूगोलको आधारबाट नेपालमा अब बन्ने प्रदेशहरुको निर्माण गर्नु पर्ने,
२. प्रदेशहरुको सीमा निर्धारणका सवालमा तराई मधेश, पहाड, हिमाली क्षेत्रलाई एउटै प्रदेशमा पर्ने गरी उत्तरी सीमादेखि दक्षिणी सीमा सम्म कायम हुने गरी गर्नु पर्ने,
३. प्रदेशहरुको नामाङकनका सवालमा, वैज्ञानिक ढङ्गले पांच विकास क्षेत्रहरु र त्यस क्षेत्रको ऐतिहासिकतालाई आधारमानी प्रदेशहरुको नामाङकन गरिनु पर्ने,
४. प्रदेशहरुको संरचना गर्दा गाउ विकास समितिलाई आवश्यक्ता अनुसार टुक्राएर प्रदेशमा समावेश गरिनु पर्ने,
५. प्रदेशको संरचना गर्दा जिल्लाहरुलाई आवश्यक्ता अनुसार टुक्राएर प्रदेशमा समावेश गरिनु पर्ने,
६. समावेशीकरणका सवालमा त्यस प्रदेश भित्र बसोबास गर्ने जातजातिको जनसंख्याको आधारमा शिक्षा तथा अन्य रोजगारीमा ५० प्रतिशत समानुपातिक आरक्षरण र ५० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था अवलम्बन गर्दे सक्षम जनशक्तिको निर्माण गरिनु पर्ने,
७. शासन व्यवस्थाका सवालमा प्रत्येक प्रादेशिक इकाइ तथा स्थानीय जिल्ला सरकारलाई संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही पूर्ण आत्मनिर्णयको अधिकार प्राप्त हुने गरी अधिकार दिनु पर्ने,
८. स्थानीय सरकारेको व्यवस्थाका सवालमा प्रदेश सरकार अन्तर्गत विविधताका आधारमा समानुपातिक हुनेगरी पहिलेको जस्तो जिल्ला विकास समिति र गाउ विकास समितिको व्यवस्था गरिनु पर्ने,
९. न्याय प्रणालीका सवालमा नागरिक हकको संरक्षण गर्दै प्रादेशिक सरकार तथा संघीय सरकारहरुबीचको विवादलाई वा अन्य विवादित बिषयहरुका सवालमा अन्तिम निष्कर्षमा पुर्याउने जिम्मा सर्वोच्च अदालतलाई हुनु पर्ने,
१०. निर्वाचन प्रणालीका सवालमा समावेशी प्रजातन्त्रको मौलिक सर्वमान्य सिद्धान्तलाई आधारमानी आधा समानुपातिक र आधा प्रत्यक्ष निर्वाचन प्रणाली वर्तमान परस्थितिमा उपयुक्त हुने भएकोले त्यस्तो व्यवस्था गरिनु पर्ने,
नोटः माथि उल्लेखित सुझावहरु केही दिनभित्रै यी सुझावहरु सम्बन्धीत निकायमा पठाइने जानकारी गराइन्छ।

Popularity: 3%

2 comments February 17th, 2009

मोना हङकङको दशौं वार्षिकोत्सव सम्पन्न (+Video)

एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुवरी १५ -
म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले आफ्नो दशौं वार्षिकोत्सव आइतवार जोर्डनस्थित याउ मा तेइ कम्युनिटी हलमा भव्यताका साथ सम्पन्न गरेको छ।

नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दल सेर्बुजा, सञ्चालन सचिव लोकेश वोगटीले र स्वागत मन्तव्य उपाध्यक्ष अमृतप्रसाद गर्बुजाले व्यक्त गरेका थिए।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।

कार्यक्रममा गत वर्ष कार्यक्षेत्रमा दुर्घटनामा परी उपचार गरिरहेका संघका पूर्व कोषाध्यक्ष सोमबहादुर विकलाई संघले ३१ हजार ३ सय ३४ डलर सहयोग गरेको छ। संघका अध्यक्ष सेर्वुजाले विकका प्रतिनिधि कविर विकलाई सो रकम हस्तान्तरण गरेका थिए। त्यसैगरी, संस्थामा रहेर विभिन्न क्षेत्रमा योगदान पु-याएका व्यक्तित्वहरूलाई सम्मान पत्र र प्रशंसा पत्र वितरण गरिएको थियो।

संघको दशौं वार्षिकोत्सवको अवसरमा स्थानीय कलाकारले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। साँस्कृतिक कार्यक्रमको सञ्चालन गोमा पुन, शिला जुग्जाली, लोकेश बोगटी र ईन्द्र थापामगरले सञ्चालन गरेका थिए। साँस्कृतिक कार्यक्रमलाई एचकेनेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो।

साँस्कृतिक कार्यक्रमको भिडियो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

Add comment February 16th, 2009

‘हङकङका कवि र कविताहरु’ तेश्रो संस्करण (+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम -
हङकङका कवि र कविताहरु साहित्यिक कार्यक्रम आइतवार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा सम्पन्न भयो।


कविता वाचन गर्दै कवि कमल पौड्याल, तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।

कङ्गन रेष्टुरेण्टका प्रोपाइटर कमल पौड्यालद्वारा अर्धवार्षिकीका रुपमा सञ्चालन गरिदै आएको साहित्यिक कार्यक्रमको यो तेश्रो ऋंखला हो। कार्यक्रमका आयोजक कवि कमल पौड्यालले प्रवेश शुल्क भनेर प्रवेश द्वारमा कवि तथा कवयित्रीले अनिवार्य एउटा रचना बुझाउनु पर्ने गरी निम्तो दिएका थिए।


कविता वाचन गर्दै नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई

कार्यक्रममा ३३ जना कवि तथा कवयित्रीहरूका कविता, मुक्तक र गजलहरू वाचन भएका थिए। नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई कार्यक्रमको प्रमुख अतिथि नभै शुद्घ कवि भएर कविता वाचनमा सहभागी भए। अक्सर नेपाली कार्यक्रमहरूमा प्रमुख आतिथ्य ग्रहण गर्दै आएका महावाणिज्यदूत भट्टराईले यस पटक कवि भएर कवि तथा कवयित्रीहरूका कविता मात्र श्रवण गरेनन्। आफूले रचेका कवितासमेत वाचन गरे।


संगीतकार दिनेश सुब्बा कविता वाचन गर्दै

कवि मनका संगीतकार संगीतकार दिनेश सुब्बाले अन्य साहित्यिक कार्यक्रममा जस्तै यहाँ पनि सहभागी भए, र सुनाए कविता। कहिल्यै कविता नलेखेका किन्दर राईले कार्यक्रमसम्बन्धी सूचना पढेपछि कविता कोरेर तल पाठक प्रतिक्रियामा कविता पोष्ट मात्र गरेनन् त्यसलाई सुधारेर कार्यक्रममा समेत सुनाए।


नवोदित कवयित्री माया थापा

लाराद्वारा सञ्चालित कार्यक्रममा कवि तथा कवयित्रीहरू, चन्द्र मादेन आन्छान, प्रकाश केसी, प्रतीक चाम्लिङ, भोगेन एक्ले, विष्णुनन्द चाम्लिङ, केशवप्रसाद भट्टराई, आशा दाहाल, कमल पौड्याल, प्रज्ञा राई, दिनेश सुब्बा, हिमकला राई, अशोक राई, माया थापा, गणेश इजम, विमल राई, उत्तम न्यौपाने, देश सुब्बा, आशिष साम्पाङ राई, सोमबहादुर थापा, केवलगंगा गुरूङ, रविन राई, पिताम्बर राई, प्रकाश छाङ्छा राई र किन्दर राई र टंक सम्वाहाम्फेले आफ्ना रचनाहरू वाचन गरेका थिए।

कार्यक्रममा बाल कविहरू सहर्ष कार्की, आकाश राई र निङ्वा मादेनले अंग्रेजी र नेपाली कविताहरू वाचन गरे। कार्यक्रम उपस्थित हुन नसकेका कविहरू अधिराज राई, नरेश सुनुवार, चन्द्रकिशोर, सुमलकुमार गुरूङका कविताहरूसमेत वाचन भएका थिए। सोही कार्यक्रममा सारङ्गीको मिठो धुन रेटेर टिका श्रीसले सबैलाई लठ्ठ पारे।


कार्यक्रमलाई एचकेनेपाल डट कमले प्रत्यक्ष प्रसारण गरेको थियो।

थप तस्वीरूहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Popularity: 4%

7 comments February 15th, 2009

विश्वभर प्रेम दिवस (+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम -
सन्त भ्यालेण्टाइनको सम्झना तथा एक आपसमा प्रेम साटासाट गरेर विश्वभरका युवायुवतीहरुले शनिवार भ्यालेण्टाइन्स डेलाई प्रेम दिवसका रूपमा मनाएका छन्।

प्रेमको प्रतीक रातो गुलाफ आदान प्रदान गरेर युगल जोडीले प्रेम साटासाट गर्दैछन्। तत्कालीन रोमका सन्त भ्यालेण्टाइनको मृत्यु भएको दिनलाई सम्झेर प्रेम दिवस मनाउन लागिएको हो। प्रेमका कारण मृत्युवरण गरेका सन्त भ्यालेन्टाइनको स्मृतिमा विश्वभरका प्रेमी प्रेमिकाहरुले फेब्रुवरी १४ तारिखका दिन भ्यालेन्टाइन डेलाई प्रेम दिवसका रूपमा मान्ने गर्छन्।

valentines-day

भ्यालेन्टाइन डे पश्चिमा संस्कृति भएपनि नेपालमासमेत यसको लोकप्रियता बढ्दै गएको छ। नेपालमा यहि अवसर पारेर विभिन्न औपचारिक कार्यक्रमहरु समेत गरिदैछ। यसै अवसरमा नेपालमा युवायुवतीहरुबीच निकै चहल पहल देखिएको छ।

विस्तारै नेपालमासमेत प्रेम दिवस मनाउने परम्परा फेशनको रूपमा बढ्दै गएको छ।


मोडलहरूः कमल थापा र जुना गुरूङ, तस्वीरः चन्द्र गुरूङ / एचकेनेपाल डट कम।

भ्यालेण्टाइन्स डे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

28 comments February 14th, 2009

हङकङ पनसेटीया प्राथमिक विद्यालय १०औं वर्षमा प्रवेश

एस, हङकङ / एचकेनेपाल डट कम -
हङकङका नेपालीद्वारा स्थापित हङकङ पनसेटीया प्राथमिक विद्यालय १०औं वर्षमा प्रवेश गरेको छ। हङकङ गोर्खाज एशोसिएशनको सञ्चालन र व्यवस्थापन रहेको पनसेटीया प्राथमिक विद्यालय १०औं वर्षमा प्रवेश गरेको अवसरमा विद्यालयले भिविन्न कार्यक्रमहरु आयोजना गर्ने भएको छ।

गोर्खाज एशोसिएशनले विद्यालयको १०औं वर्षगाँठ भव्यताका साथ मनाउनेबारे शनिवार आयोजित पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिको पूर्ण विवरणः

उपस्थित पत्रकार मित्रहरु
हङकङ पनसेटीया प्राथमिक विद्यालय स्थापना भएको १०औं वर्ष पुगेको यस पुनित अवसरमा आयोजित पत्रकार सम्मेलनमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं। समाजका लागि गरिने कामहरु समाजलाई अवगत गराउने महत्वपूर्ण माध्यमको रुपमा क्रियाशिल पत्रकार मित्रहरुको योगदानलाई हामी दिलैदेखि सर्‍हाना गर्दछौं र त्यसैको निरन्तरताको अपेक्षा पनि गर्दछौं।

सन् १९९० को दशक धेरै नेपालीहरुका लागि रोजगारीका सिलसिलामा नेपालबाट हङकङ प्रवेश गर्ने महत्वपूर्ण कालखण्ड रहृयो। अस्थिर मनस्थिति नयाँ समाज र पर्याप्त जानकारीको अभाव व्याप्त रहेको अवस्थामा हङकङका नेपालीहरु दिर्घकालसम्म रहने र हङकङका अन्य बासिन्दा सो सरह हक अधिकार उपभोग र कर्तव्यहरु पालना गर्न सक्षम रहेको कुरालाई ध्यानमा राखी हामी नेपालीहरुले हङकङमै रहेर पनि आफ्ना नानीहरुलाई नेपाली भाषा तथा संस्कृतिको ज्ञान सहज वातावरणमा पढाउन तथा अभिभावकहरुलाई परिरहेको कठिनाइहरु हटाउन पनसेटीया विद्यालय स्थापनाका लागि १९९८ सालदेखि विभिन्न ठाउँहरुमा विभिन्न व्यक्तिहरुसंग छलफल प्रारम्भ गरियो। यी भेलाहरुबाट प्राप्त उत्साहजनक प्रतिक्रियाले विद्यालय स्थापनाको सोचले अझ गति प्राप्त गरेको थियो। विद्यालय स्थापनापश्चात यसले हङकङको नेपाली समुदायमा गरेको योगदानको लेखा जोख गर्नु पर्ने समय अब भएको छ। हामी दशौं वर्षगाँठको हर्षोल्लासलाई भन्दा गम्भीरतापूर्वक यस विद्यालयको योगदानको बारेमा चर्चा परिचर्चा गरियोस भन्ने चाहन्छौं। हङकङ पनसेटीया प्राथमिक विद्यालय नेपाली समुदायको विद्यालय हो। यसको सञ्चालक संस्था गोर्खा एशोसिएशन रहेको छ र यहाँको कर कार्यालयमा गैर नाफामूखी शैक्षिक संस्थाको रुपमा दर्ता रहेको यहांहरुलाई विदितै होला भन्ने ठानेका छौ।

यस आवसरमा हामी तमाम पत्रकार, स्तम्भकार फोटो पत्रकार बन्धुहरु समक्ष हामी आफ्ना सम्पादकीयहरुमा आफ्ना समाचारहरुमा आफ्ना लेखहरुमा वा आफ्ना क्यामेराका लेन्स र एङ्गलहरुमा यो वर्ष हङकङ पनसेटीया प्राथमिक विद्यालयलाई स्थान दिएर नेपाली जन समुदाय समक्ष सन्देश पुर्‍याइ दिनहुन हामी हार्दिक अनुरोध गर्दछौं। यस पत्रकार सम्मेलनमा बिद्यालयको १०औं वर्षगाँठ भव्यताका साथ मनाउन निम्न कार्यक्रमहरु आयोजना गरिने घोषणा गर्दछौं।

१. “हङकङ पनसेटीया प्राथमिक विद्यालयको एक दशक योगदान, संभावना र चुनौति” शिर्षकमा वृहत छलफल कार्यक्रम मार्च महिनाको १५ तारिख आयोजना गरिने छ। छलफल कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य जेबी ओख्राबुले विद्यालयको बारेमा संक्षिप्त विवरण तयार गरी प्रस्तुत गर्नु हुनेछ।

२. “तपाईहरुको होष्टेमा हाम्रो हैसे-२” कविता गोष्ठी एवं साँस्कृतिक कार्यक्रम अप्रिल ५ तारिख आयोजना गरिने छ। अधिकतम उपलब्ध प्रविधिको प्रयोग गर्दै कविता वाचन तथा श्रवणलाई अत्यन्तै प्रभावकारी एवं सुरुचिपूर्ण बनाउने जमर्को गरिनेछ। सो अवसरमा विद्यालयका विद्यार्थीहरुद्वारा नृत्यहरु प्रस्तुत गरिनेछन्। उक्त गोष्ठीमा वाचन गरिएका कविताहरु विद्यालयको स्मारिकामा प्रकाशन गरिनेछन्। सम्पूर्ण कवि साहित्यकारहरुसंग “पनसेटीया प्राथमिक विद्यालयको एक दशक, प्रतिवद्धता, सेवा र समर्पणको दशक” भन्ने नाराको सेरोफेरोमा कविता रचना गरिदिन हुन हार्दिक अनुरोध गरिने छ।

३. १०औं वर्षगाँठ विशेष समारोह मे ३१ तारिख सम्पन्न गरिने छ। विशेष समारोहमा विद्यालयलाई आर्थिक सहयोग गर्ने सम्पूर्ण दाताहरु, विद्यालयका विविध गतिविधिहरुमा सहयोग गर्ने सहयोगीहरु, विद्यालयले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी बन्ने साहित्यकार कलाकारहरु, विद्यालयमा आबद्ध रहेका शिक्षक कर्मचारीहरु र पनसेटीयामा अध्ययन गरि हाल माध्यमिक विद्यालयमा अध्ययनरत उतकृष्ट विधार्थीहरुलाई सम्मान गरिने छ। सोही अवसरमा विद्यालयको स्मारिकाको विमोचन पनि गरिनेछ।

४. विद्यालय सल्लाहकार समिति
विद्यालयलाई विभिन्न सल्लाह सुझाव दिन र विविध गतिविधिहरुमा सहयोगका लागि एक सल्लाहकार समितिको गठन गरिएको छ। सल्लाहकार समितिमा हाल
Mr. Peter A. Nixon,
CA, FCPA, MSc. Author
Founder & Managing Director
PotentialDialogue.com
Chairman of Discovery Bay International School
Mr. Gordon Oldham,
Chairman, Child Welfare Scheme Hong Kong, Senior Partner Oldham,
LI & NIE Solicitors
उहाँहरुले सल्लाहकार समितिमा रहन आफ्नो स्वीकृति जनाइ सक्नु भएको छ। अन्य धेरै महत्वपूर्ण व्यक्तित्वहरुले चासो लिनु भएको छ तर उहाहरुको स्वीकृति प्राप्त गर्नु बाँकी रहेको छ। संभावित सल्लाहकारहरुसंग अनुरोध गर्ने क्रम निरन्तर रहने छ।

५. विद्यालय सहयोगीहरुको समूह गठन
विद्यालयका विविध गतिविधिहरुमा सहयोग पुर्‍याउन विभिन्न व्यक्तित्वहरुलाई आग्रह गरिएको छ। कुनै संगठनात्मक दायराभित्र नरहीकन पनि महत्वपूर्ण सहयोग गर्न सक्ने व्यक्तित्वहरुलाई सहयोगी समूहमा आवद्ध हुन अनुरोध गरिइदैछ। विद्यालय नेपाली समुदायको हो र समुदायको प्रत्येक सदस्यले यो विद्यालयलाई नेपालीहरुको शिक्षाप्रतिको संवेदनशिलता र गम्भीरता, हङकङकमा दिर्घकाल बसाई प्रतिको सजगता र आफ्नो भाषा संस्कृतिको प्रतिको मोह, नेपालीहरुको इच्छा आकांक्षा र आफ्नो पहिचानको मुर्त बिम्बका रुपमा विकसित गर्न आफूले चाहे बमोजिम योगदान गर्न सक्ने अवसरको रुपमा सहयोगी समूह गठनको सोच ल्याइएको हो। हालसम्म केही सदस्यहरुले स्वीकारोक्ति दिइ सकेतापनि आधिकांश समक्ष अनुरोधका लागि पुग्न बाँकी रहेकोछ र यो कार्य निरन्तर गरिने छ।

६. १०औं वर्षगाँठ आयोजक समितिको गठन
माथि नं. १, २, र ३ मा उल्लेख गरिएका कार्यक्रमहरु सम्पन्न गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं विद्यालय संचालक संस्था हक गोर्खाज एशोसिशएशनका अध्यक्ष भक्तबहादुर दुराको संयोजकत्वमा विद्यालयका सुपरभाइजर विद्यालय सञ्चालक समितिका सदस्यहरु र अन्य नेपाली समुदायका महत्वपूर्ण व्यक्तित्वहरु सम्मिलित ५१ सदस्यीय १०औं वर्षगाँठ आयोजक समितिको गठन गरिने छ। गठन प्रक्रियाका लागि विभिन्न व्यक्तित्वहरुसंग कुराकानी सुरु गरि सकिएको छ।

७. विद्यालय स्मारिका प्रकाशन
पनसेटीया प्राथमिक विद्यालय स्थापनादेखि हालसम्मका सम्पूर्ण गतिविधिहरु अभिलिखित गर्न स्मारिका प्रकाशन गरिनेछ। स्मारिकामा विद्यालयका बारेमा प्रकाशित समाचार, लेख रचनाहरु र नेपाली समुदायमा विद्यालयले गरेका योगदानहरुको परिचर्चाहरु र समसामयीक लेखहरु समाविष्ट गरिनेछन्। स्मारिका प्रकाशनका लागि विद्यालय सुपरभाइजर गणेश इजमको संयोजकत्वमा सम्पादन समिति र विद्यालय व्यवस्थापन समितिका सदस्य उत्तरमान लिम्बूको संयोजकत्वमा स्मारिका प्रकाशन व्यवस्थापन समितिको गठन गरिएको छ। यी उल्लेखित समितिहरुमा अन्य महत्वपूर्ण व्यक्तिहरुलाई सदस्यको रुपमा मनोनयन गर्न कुराकानीको प्रक्रियालाई अघि बढाइ सकिएको छ। स्मारिका अंग्रेजी र नेपाली भाषामा प्रकाशन गरिनेछ।

८. प्रचार प्रसार समिति
१०औं वर्षगाँठ प्रचार प्रसारका लागि एक समिति गठन गरिने छ र उक्त समितिका संयोजकको रुपमा विद्यालय व्यवस्थापन समितिका सदस्य दिल पालुङ्वालाई तोकिएको छ। अन्य सदस्यहरुको मनोनयन मुल समिति गठनपश्चात गरिनेछ।

९. धन्यवाद ज्ञापन
गत नोभेम्बर २३ तारिख डिस्कोभरी वे मा पनसेटीया प्राथमिक विद्यालयको सहयोगार्थ आयोजित दौड प्रतियोगिताका आयोजक श्रमति कोबी जेन्सन, श्रीमति मिस्सी एम्रोल, श्रीमति कविता गुरुङ, श्री वाइ बी राई तथा सम्पूर्ण सहयोगदाता नेपाली तथा गैर नेपाली व्यापारी व्यावसायीहरुप्रति विद्यालयको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। उक्त दौडबाट विद्यालयलाई हङकङ डलर १ लाख ९ हजार ३ सय ६६ प्राप्त भएको थियो।

पत्रकार साथीहरु
विद्यालय का बारेमा थप जिज्ञासाहरु रहे यहांहरुले प्रश्न राख्न सक्नुहुनेछ। यहांहरुको सहयोग र सुझावको सदैव अपेक्षा राख्दछौं।

भक्तबहादुर दुरा
अध्यक्ष
विद्यालय व्यवस्थापन समिति
हङकङ गोर्खाज एशोसिएशन

Popularity: 3%

6 comments February 10th, 2009

शितोरियो करातेडो गोर्खा कम्युनिटीले खेलाडी छनौट गर्ने

एस, हङकङ /एचकेनेपाल डट कम -
आगामी अगष्ट २० देखि २३ तारिखसम्म चीनको संघाइमा हुने विश्व शितोरियो प्रतियोगितामा सहभागी गराउन शितोरियो कराते डो गोर्खा कम्युनिटीले खेलाडी छनौट गर्ने भएको छ।

विश्व शितोरियो कराते महासंघले आयोजना गर्न लागेको छैठौं विश्व शितोरियो च्याम्पियनशिपका लागि आफ्ना संस्थाका खेलाडीहरू छनौट गर्न लागेको गोर्खा कम्युनिटीले जनाएको छ।

खेलाडी छनौट मार्चको अन्तिम हप्ता गरिने भएकाले उक्त छनौट प्रक्रियामा सहभागी इच्छुक खेलाडीहरूलाई फेब्रुवरी अन्तिमसम्ममा आफ्नो नाम दर्ता गराउन शितोरियो कराते डो गोर्खा कम्युनिटीले आह्वान गरेको छ।

शितोरियो कराते डो गोर्खा कम्युनिटीले विश्व स्तरको प्रतियोगितामा सहभागिता जनाउन लागेको यो तेश्रो पटक हो। यसअघि, सन् २००६ मा जापानको टोक्योमा सम्पन्न पाँचौं डब्लुएसकेएफ च्याम्पियनशिप र गत वर्ष हङकङमा सम्पन्न एघारौं एपीएसकेएफ च्याम्पियनशिपमा सहभागी भएर दुईवटा पदक हासिल गरिसकेको छ।

सन् २००३ मा हङकङमा स्थापना भएको यस संस्थाले विश्व शितारियो कराते र हङकङ शितोरियो कराते युनियनबाट २००६ मा बैधानिक सदस्यता प्राप्त गरेको छ।

खेलाडी छनौट सम्बन्धी थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्।

Popularity: 4%

2 comments February 9th, 2009

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category