Archive for February 28th, 2009

टेलिफोनबाट कविता प्रतियोगिता

एस, हङकङ / एचकेनेपाल डट कम, फेब्रुवरी २८ -
हङकङका केही कवि तथा कवयित्रीहरुले टेलिफोनबाट कविता सुनाएर शनिवार कविता प्रतियोगितामा सहभागी भए।

बिएफबिएस गोर्खा रेडियो युकेले नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरेको विश्वव्यापी खुल्ला कविता प्रतियोगितामा उनीहरुले टेलिफोनबाट कविता सुनाएर प्रतियोगितामा सहभागी भएका हुन्।

जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा भेला भएका कवि तथा कवयित्रीका कवितालाई बिएएफबिएस गोर्खा रेडियो युकेका कार्यक्रम सञ्चालक योगराज राईले रेकर्ड गराएका छन्। बिएफबिएस गोर्खा रेडियो युकेले विश्वभर छरिएका नेपाली कवि तथा कवयित्रीहरुका कविताहरु रेकर्ड गराएर प्रतियोगितामा सहभागी गराउंदैछ।

कविताहरु रेकर्ड गरी संकलन गर्ने क्रम जारी छ। हङकङबाट प्रतियोगितामा मोति चाम्लिङ, चन्द्र मादेन आन्छान, कोरङी प्रेम, लक्ष्मी थापा राई र आशा दाहालले सहभागी जनाए। टेलिफोनबाट कविता रेकर्ड गराउन छुटेका कवि कमल पौड्याललगायत केही कविहरुले आइतवार बिएफबिएस गोर्खा रेडियोलाई सम्पर्क गरी कविता रेकर्ड गराउने भएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, हङकङ च्याप्टरले हङकङबाट कविता प्रतियोगितामा कवि तथा कवयित्री सहभागी गराउन पहल गरेको थियो। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सचिव पशन तमूको समेत उपस्थिति रहेको थियो।

प्रतियोगिताका लागि सुनाइएका कविताका केही नमूना अडियोमा


Popularity: 4%

Add comment February 28th, 2009


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

February 2009
M T W T F S S
« Jan   Mar »
 1
2345678
9101112131415
16171819202122
232425262728  

Posts by Month

Posts by Category