Archive for March, 2009

आदिवासी जनजाति महासंघद्वारा संविधान सुझाव संकलन

एस, हङकङ / एचकेनेपाल डट कम -
नेपाली आदिवासी जनजाति महासंघ हङकङले हाल नेपालमा निर्माणाधीन संविधानको लागि हङकङमा रहेका नेपाली आदिवासी जनजातिहरुको तर्फबाट सुझाव संकलन गरेको छ।

हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्वूको प्रमुख आतिथ्यमा जोर्डनस्थित याक एण्ड यति रेष्टुरेन्टमा आइतवार सम्पन्न कार्यक्रममा हङकङमा रहेका जातिय संस्थाका प्रतिनिधि तथा जनजाति वुद्धिजीविहरुवाट नेपालका आदिवासीहरुको हितखातिर कस्तो संविधान वन्नु पर्दछ भन्ने विषयमा थुप्रै सुझावहरु आएकाछन्।

नेपाली आदिवासी जनजाति महासंघका प्रवक्ता भक्तवहादुर दुराले कार्यक्रमको औचित्य प्रष्ट्याउँदै, सयौं वर्षदेखि एकात्मक जातिवादी राज्य सत्ताले नेपालका आदिवासी जनजातिहरुलाई पछि पारेकोले अव आउने संविधानले ती पिछडिएका सवै जात जातिहरुलाई समान ढंगले विकास गर्न संविधानमा उल्लेख गर्नुपर्ने धेरै कुराहरु वुँदागत रुपमा पढेर सुनाएका थिए। दुराले सहभागी अतिथि तथा प्रतिनिधिहरुलाई नेपाली आदिवासी जनजाति महासंघको खाकाको परिधिभित्र रहेर आफ्नो सुझाव पेश गर्न आग्रह पनि गरेका थिए।

संस्थाका कोषाध्यक्ष गेन राईको स्वागत मन्तव्यपछि शुरु गरिएको सुझाव संकलन कार्यक्रममा अथितिको रुपमा वोलाइएका मगरसंघ हङकङका अध्यक्ष एमवी थापामगर, तमु ट्होहृयुल हङकङका मीनवहादुर गुरुङ, तामाङ घेदुङका पाख्रिन, किरात राई यायोख्खाका अध्यक्ष नरहाङ राई,किरात याक्थुङ चुम्लुङका अध्यक्ष निरप्रसाद लिम्वू, एनआरएन एशिया प्रशान्त क्षेत्रीय संयोजक गणेश इजम, ब्रिटिश गोर्खा भूपूसंघ हङकङका अध्यक्ष हेमवहादुर तामाङ, अन्तर्राष्ट्रिय साहित्य समाज हङकङ च्याप्टरका अध्यक्ष मोति चाम्लिङ लगायतले आ-आफ्ना सुझाव पेश गरेका थिए।

त्यस्तै कार्यक्रममा प्रमुख अतिथि हेम लिम्वू, विषेश अतिथिद्वय आदिवासी गीतकार समाजका अध्यक्ष प्रदीप कन्दङवा र आदिवासी जनजाति महासंघका संस्थापक अध्यक्ष हुम थापा मगर र संस्थाका सल्लाहकारको तर्फबाट हेजेन राईले सुझाव तथा मन्तव्य व्यक्त गरेका थिए। यस वाहेक फ्लोरवाट अन्य वुद्धिजीविहरुले पनि सुझाव पेश गरेका थिए।

महासंघका महासचिव दलपुनव्दारा संचालित संविधान सुझाव कार्यक्रमको अन्तमा कार्यक्रमलाई अन्त गर्दै अध्यक्ष भूपेन्द्र चेम्जोङले सो दिन संकलन गरिएका सुझावहरुलाई एकमुष्ट पारेर पत्रकार तथा वुद्धिजीविहरुको उपस्थितिमा नेपाली महावाणिज्यदूत मार्फत सम्वन्धित निकायमा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरेका थिए।

सुझावको क्रममा प्राय सवै जसो वक्ताहरुले नेपालमा त्रैभाषी नीति अपनाउनु पर्ने, संघीयताको आधारहरुमा जातिय, भाषिक वा भौगोलिक वा ऐतिहासिक जुन सम्भव हुन्छ त्यही अनुरुप संघीय संरचनामा वदल्ने, वालिक मताधिकारद्वारा प्रत्यक्ष निर्वाचन पद्धतिवाट राष्ट्रपति छान्ने राष्ट्रपतीय प्रणली हुनुपर्ने, राष्ट्रियसभा जातिय सभा हुनुपर्ने, धर्मनिरपेक्ष राज्य हुनुपर्ने जस्ता सुझावहरु वहुमतले पेश गरेका थिए।

Recent Videos:

Popularity: 3%

Add comment March 30th, 2009

नेपालमा अहिले कल्चर अफ साइलेन्स भंग भएको छः रामचन्द्र पौडेल

एस, हङकङ / एचकेनेपाल डट कम, मार्च १९ -
नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री रामचन्द्र पौडलले अहिले नेपालमा ‘कल्चर अफ साइलेन्स’ भंग भएको बताएका छन्।

नेपाली जनसम्पर्क समिति हङकङद्वारा विहीवार साँझ कङ्गन रेष्टुरेण्टमा आयोजित अन्तर्क्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै पौडेलले मौनता भंगसंगै देशभर थुप्रै प्रश्नहरु उठिरहेको बताए। नयाँ नेपाल निर्माणको संघारमा प्रश्नहरु उठ्नु स्वभाविक भएको बताउंदै सबै नागरिकहरुले बराबरी सम्मान चाहेको बताए।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

नेपाली कांग्रेसका उपसभापति पौडेलले देशमा गणतन्त्र स्थापना हुनु मात्र महत्वपूर्ण नभएको बताए। उत्तर कोरियाको उदाहरण दिंदै पौडेलले त्यहाँ गणतन्त्र भएपनि कतिपय जनता भोकै रहेको बताए। पौडेलले गणतन्त्रसंगै देशमा शान्ति बहाली आवश्यक रहेको बताए।

नेपालमा बन्न गैरहेको नयाँ संबिधान प्रक्रियामा विदेशमा रहेका नेपालीसमेतले आफ्ना राय र सुझाबहरु पठाएर सहयोग गर्नुपर्ने आग्रह गरे। नयाँ संबिधानमा हरेक नेपालीका समस्या र पीडालाई सम्बोधन गरिने पौडेलले बताए।

त्यसैगरी, सभासद मोहन पाण्डेले आफू सभासदका हैसियतले विदेशमा रहेका नेपालीका समस्यालाई लिएर जाने दायित्यबोध रहेको बताए। नयाँ सबिधानमा विदेशमा बस्ने नेपालीको समस्यालाई सम्बोधन गरिने बताए। उनले साझा सहामतिमा नयाँ संबिधान निर्माण हुनेमा आफू ढुक्क रहेको बताए।

नेपाली जनसम्पर्क समिति, जापानको अधिवेशनमा सहभागी हुन जापान जाने क्रममा सभासदद्वय हङकङ आइपुगेका हुन्। सो क्रममा नेपाली जनसम्पर्क समिति हङकङले दुवैजनाको सम्मानमा भेटघाट कार्यक्रम राखिएको हो।

समितिका सभापति इश्वर खाँडको अध्यक्षताका सम्पन्न कार्यक्रमलाई समितिका महामन्त्री बसन्त श्रीनेटले सञ्चालन गरेका थिए। स्वागत मन्तव्य समितिका उपाध्यक्ष रक्षा गुरूङ र समितिबारे सहसचिव प्रेम राईले जानकारी गराएका थिए। कार्यक्रममा नेपाली जनअधिकार सरोकार समाजका अध्यक्ष मंगलबाबु मालबुल, नेकपा एमाले हङकङ कमिटीका उपसचिव भक्त गुरुङ, एनआरएन हङकङका अध्यक्ष त्रिलोक गुरुङ, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बु, समितिका पूर्व अध्यक्षद्वय सन्तोष घले, कुलप्रसाद गुरुङ, समितिका सल्लाहकार राजमान गुरुङ र नेपाली वाणिज्यदूत सुशिलकुमार लम्साललगायतले मन्तव्य प्रकट गरेका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
सभासदद्वयको भिडीयो अन्तर्वार्ताको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोस्…


Popularity: 5%

Add comment March 20th, 2009

गुल्मी समाजको शुभकामना आदानप्रदान, भेटघाट, बिबिक्यु (12 April 2009)

गुल्मी समाजको शुभकामना आदानप्रदान, भेटघाट, बिबिक्यु
नयाँ वर्ष २०६६को शुभ उपलक्ष्यमा गुल्मी समाज हङकङको शुभकामना आदान प्रदान, भेटघाट तथा बिबिक्यु कार्यक्रममा सहभागी बनौं।

आयोजकः गुल्मी समाज हङकङ
मितिः १२ अप्रिल २००९, आइतवार
समयः बिहान ११ बजेदेखि
स्थानः ताई तोङ डाँडा, युन लोङ

थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्।

Popularity: 6%

14 comments March 17th, 2009

प्रिय गुरूङ बनिन् विजेता (News update..)

प्रिय गुरूङ बनिन् विजेता (News update..)
एस, हङकङ / एचकेनेपाल डट कम, मार्च १५ -
हङकङ नेपाल बडी बिल्डिङ एसोसिएशनले आइतबार मंकी हिलमा आयोजना गरेको नृत्य प्रतियोगितामा प्रिय गुरूङ प्रथम भएकी छिन्। प्रतियोगितामा मिना गुरूङ द्वितीय भइन्।


प्रिया गुरूङ, तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
पोखराकी ११ वर्षीया प्रिय गुरूङले १ हजार ५ सय हङकङ डलर र पोखरा माले पाटनकी मिना गुरूङले १ हजार हङकङ डलर पुरस्कार राशि जिते। प्रिया गुरूङले पर्वत पैंयूंखोला समाजको तर्फबाट प्रतियोगितामा सहभागी बनेकी थिइन् भने मिना गुरूङले व्यक्तिगत रूपमा सहभागी थिइन्।

नृत्य प्रतियोगितामा प्रथम भएकी प्रिया गुरूङले एचकेनेपाल डट कमसंग भनिन् - ‘द्वितीयसम्म हुन्छु कि भन्ने आशा गरेकी थिएं, प्रथम हुंदा ज्यादै खुसि लाग्यो’। यसअघि नृत्य प्रतियोगितामा कहिल्यै सहभागी नभएकी मिना गुरूङले साथीहरूको आग्रहमा सहभागी भएको बताइन्। ‘अन्य कार्यक्रमहरूमा नृत्य गरेपनि प्रतियोगितामा सहभागी भएकी थिईंन। तर, यस पटक प्रतियोगितामा भाग लिएर द्वितीय पनि भएं, खुसि लाग्यो।’


मिना गुरूङ
हङकङ नेपाल बडी बिल्डिङ एसोसिएशनले तेश्रो वार्षिक उत्सवको अवसर पारेर पहिलो पटक नृत्य प्रतियोगिता आयोजना गरेको सचिव लोकराज लिम्बूले एचकेनेपाल डट कमलाई बताए। लिम्बूका अनुसार प्रतियोगी र अप्रतियोगी गरी ११ जनाले नृत्य प्रस्तुत गरेका थिए। प्रतियोगिताको निर्णायकमा भिम गुरूङ र रूबी थापा थिए।

कार्यक्रम आशा गरेभन्दा सफल रहेको बताउंदै आगामी वर्षहरूमा नृत्य प्रतियोगितालाई निरन्तरता दिने अध्यक्ष मेख गुरूङले बताए। एसोसिएशनको तेश्रो वार्षिक उत्सव नृत्य प्रतियोगितासहित आपसी भेटघाट, बिबिक्यु, डिजे डान्सजस्ता रमाइला कार्यक्रमहरू गरेर मनाइएको हो।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 11%

42 comments March 15th, 2009

पान्थरे भेटघाट तथा बिबिक्यु कार्यक्रम (12 April 2009)

आफ्नो थात्थलो नभूलौं..
नयाँ बर्ष२०६६ सालको उपलक्ष्यमा भेटघाट तथा बिबिक्यु कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण पान्थरे र गैर पान्थरेहरुमा पनि हार्दिक अनुरोध गर्दछौं।

आयोजकः पान्थर मञ्च हङकङ
स्थानः मंकी हिल
समयः १२ बजे दिउसो
मितिः १२ अप्रिल २००९ आईतवार
कार्यक्रमहरु: अन्तर पान्थर चेस प्रतियोगिता साथै पान्थरे कलाकारहरुबाट विविध साँस्कृतिक कार्यक्रम
थप जानकारीको लागि सम्पर्क नं.
९७११ ६२७२, ६७०३ १३९०, ६७१८ ३४५२, ५१३८ ११७४, ६१८७ ८५१०

Popularity: 5%

9 comments March 14th, 2009

च्याम्बर्सका निवर्तमान पदाधिकारीहरुलाई बिदाई (+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम -
नेपाल च्याम्बर्स अफ कमर्स हङकङका वर्तमान कार्यसमितिले निवर्तमान पदाधिकारीहरुलाई बुधवार साँझ जोर्डनस्थित कङगन रेष्टुरेण्टमा एक रात्रिभोजको कार्यक्रम गरी औपचारिकरुपमा बिदाई गरेको छ।


तस्वीरः जगतअम्बु गुरुङ / एचकेनेपाल डट कम

च्याम्बर्सका अध्यक्ष जेएन ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव डासुराम पराजुलीले सञ्चालन गरेका थिए। कार्यक्रममा नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई प्रमुख अतिथि र अन्य अतिथिहरुमा एनआरएन हङकङका उपाध्यक्ष दुर्गा गुरुङ र एनआरएन एशिया प्यासेफिक संयोजक गणेश इजम रहेका थिए।

कार्यक्रममा बोल्दै च्याम्बर्सका निवर्तमान उपाध्यक्ष बुद्धिबहादुर थापाले आफूहरुबाट नयाँ कार्यसमितिलाई निरन्तर सहयोग रहने बताउंदै नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरे।

प्रमुख अतिथि भट्टराईले च्याम्बर्सका निवर्तमान पदाधिकारीहरुको योगदानको प्रशंसा गर्दै च्याम्बर्सको कानुनीरुपमा स्थापना गरेर ठूलो योगदान गरेको बताए। च्याम्बर्सलाई थप गतिका साथ सहकार्य र एकताबद्ध ढंगले अगाडि बढाउनु पर्छ - भट्टराईले भने। च्याम्बर्सको महत्व बुझेर निवर्तमान र वर्तमान पदाधिकारीहरुलगायत सबैको सहकार्य आवश्यक रहेको भट्टराईले बताए।

च्याम्बर्सका अध्यक्ष जेएन ज्ञवालीले विदाई कार्यक्रम गरेर टाढा बनाउन खोजेको होइन। च्याम्बर्सको अनन्त यात्रामा सबैको सहकार्यको अपेक्षा रहेको ज्ञवालीले बताए।

कार्यक्रममा उपस्थित निवर्तमान पदाधिकारीहरु बुद्धिबहादुर थापा, कृष्ण पाण्डे, कुलप्रसाद गुरुङ, सल्लाहकार बेदप्रसाद खड्का, हिरामान गुरुङ, च्याम्बर्सको निर्वाचनमा सहयोगी भूमिका निर्वाह गरेका गणेश इजम र उत्तरमान लिम्बूलगायतलाई प्रमुख अथितिको हातबाट प्रशंसा पत्र वितरण गरिएको थियो।

थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 4%

Add comment March 12th, 2009

एचकेएनटिएको सातौं वार्षिक उत्सव (Video+Photo)

एस, हङकङ / एचकेनेपाल डट कम, मार्च ८ -
हङकङ नेपालीज तेक्वान्दो एशोसियशन (एचकेएनटिए)को सातौं वार्षिक उत्सव मार्च ८ तारिख आइतवारका दिनका काउलुन पार्कको स्पोर्टस् हलमा भव्यताका साथ सम्पन्न भएको छ।

एशोसियशनको सातौं वार्षिक उत्सवको अवसरमा हङकङका स्थानीय क्लवका खेलाडीहरुबीच पुम्से र स्पारिङमा प्रतिस्पर्धा भएका थिए। प्रतियोगितामा १०४ पुरुष र १०० महिला खेलाडीहरु सहभागी थिए। प्रतियोगितामा एचकेएनटिए, युनाइटेड तेक्वान्दो एकाडेमी हङकङ, गुर्खा टाइगर तेक्वान्दो क्लव, एभरेष्ट तेक्वान्दो एकाडेमी कोरिया चुन्दोक्वान, न्यु जेनेरेशन कोरिया चुन्दोक्वान, हङकङ पुलिस तेक्वान्दो क्लव, ग्रेट भ्यु तेक्वान्दो क्लव र सम्मिट तेक्वान्दो एकाडेमी गरी दश क्लवहरु सहभागी थिए।

विजयी खेलाडीहरुलाई प्रमुख अतिथि नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई, अन्य अतिथिहरु हङकङ पुलिस फोर्स डिस्ट्रिक्ट कमाण्डर मङकङका स्टेभ कर्रथर्सलगायतले ट्रफी तथा मेडलहरु वितरण गरेका थिए। एचकेएनटिएका अध्यक्ष तुलसीकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सचिव सुधिर गुरुङले सञ्चालन गरेका थिए।

कार्यक्रमका भिडीयो झलक हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Total Participants: 204 contestants
Male = 104
Female = 100

Participant Club:
1- HKNTA - Jordan Club
2- HKNTA - Wan Chai Club
3- HKNTA - Yuen Long Club
4- United Taekwondo Academy HK
5- Gurkha Tiger Taekwondo Club
6- Everest Taekwondo Academy - Korea Chenung Do Kwan
7- New Generation - Korea Cheung Do Kwan
8- Hong Kong Police Taekwondo Club
9- Great View Taekwondo Club
10- Summit taekwondo Academy

Competition type:

1- Poomsae:
Junior male & female
Senior male & female
2- Team Poomsae
Male Team Poomsae
Female Team Poomsae
3- Boys Sparring
Age between 10 - 12
Age between 12 - 14

Judges & Referees:
Master Prem Kumar Gurung - HKNTA
Master Ganesh Bahadur Gurung
Master Devchandra Gurung - HKNTA
Mr Mahesh Rai - HKNTA
Mr. Chu Yu San - Great View Taekwondo Club
Mr. Koo - Great View Taekwondo Club
Mr. Ronald - Hong Kong Police Taekwondo Club
Mr. Purna Ghale - Himalayan Taekwondo Club
Mr. Pritam Gurung
Mr. Sailendra Rai - United Taekwondo Academy HK
Mr. Rabin Nalbo - Everest Taekwondo Academy
Mr. Prithivi Gurung - New Generation
Mr. Chou Bahadur Gurung

VIPs & Guests:
Mr. Keshab P. Bhattarai - Consulate General of Nepal
Mr. Steve Currather - Chief Superintendant of Police (Mong Kok Branch)
Mr. Rocky Tse - Chief Instructor of Hong Kong Taekwondo Association
Mr. Patrick Hon - Chairman of Hong Kong Police Taekwondo Club
Mr. Willy Fu - Chairman of Great View Taekwondo Club
Mr. Edward Ho - Chief Inspector of Hong Kong Police
Mr. Silly Leung - Legal Advisor of HKNTA

TROPHY TO OVERALL CHAMPION IN POOMSAE;

Senior male
Tang Hon Cheung - Great View Taekwondo Club

Senior female
Sakinah Sahidi - HKNTA (Wanchai Club)

Junior male
Cheung Sheung Man - Hong Kong Police Taekwondo Club

Junior female
Jiu Wai Man - Hong Kong Police Taekwondo Club

GOLD MEDAL IN POOMSAE (SENIOR)
1- Rajendra Gurung - Gurkha Tiger

2- Balkisna Gurung - HKNTA (Yuen Long Club)
3- Bishal Gurung - HKNTA (Yuen Long)
4- Sher Bahadur Rana - HKNTA (Jordan)
5- Janak Sing Gurung - HKNTA (Yuen Long)
6- Sakinah Sahidi - HKNTA (Wanchai)
7-Karsiti Wirianto - HKNTA (Jordan)
8- Siti Junatun - HKNTA (Wanchai)
9- Ririn - HKNTA (Wanchai)

10- Tang Hon Cheung - Great View Tkd Club

11- Martina Alodos Salbino - United Tkd Academy

12- Suwanti - Everest Tkd Academy
13- Ana Nuraida - Everest Tkd Academy
14- Surati - Everest Tkd Academy
15- Pratiwi - Everest Tkd Academy
16- Liawati Sujriatna - Everest Tkd Academy

GOLD MEDAL IN POOMSAE (JUNIOR)
1- Sagar Rana - New Generation
2- Prakash Thapa - New Generation
3- Menchhim Hang - New Generation
4- Sailendra Gurung - New Generation

5- Tenchho Hang Limbu - Everest Tkd Academy

6- Yeung Tsz Hei - Hong Kong Police Tkd Club
7- Cheung Sheung Man - Hong Kong Police Tkd Club
8- Jiu Wai Man - Hong Kong Police Tkd Club
9- Chan Man Fu - Hong Kong Police Tkd Club

10- Nitant Gurung - HKNTA (Jordan)
11- Salina Thapa - HKNTA (Jordan)

BOYS SPARRING - Gold Medal
1- Chan Tsz San - Hong Kong Police Tkd Club
2- Tenchho Hang Limbu - Everest Tkd Academy
3- Nigel Gurung - HKNTA
4- Rajiv Gurung - Everest Tkd Academy
5- Lam Sing Yue - Hong Kong Police Tkd Club
6- Sailendra Gurung - New Generation

BOYS SPARRING - Silver Medal
1- Prajol Phagemi - HKNTA
2- Sarin Thapa - Everest Tkd Academy
3- Qunito Jiles Aldieson - Everest Tkd Academy
4- Bishal Pun - New Generation
5- Royal Sunar - New Generation
6- Emmanuel Gurung - Everest Tkd Academy

BOYS SPARRING - Bronze Medal
1- Bishwas Gurung - Everest Tkd Academy
2- Wong Man Hin - Hong Kong Police Tkd Club
3- Ronal Thapa - HKNTA
4- Shyam Shrestha - New Generation
5- Agin Budathoki - New Generation
6- Ng Chi Lok - Hong Kong Police Tkd Club
7- Sagar Rana - New Generation
8- Lam Pak Yin - Hong Kong Police Tkd Club
9- Maikal Thapa - New Generation
10- Aakash Limbu - Everest Tkd Academy
11- Lau Chun Kit - Hong Kong Police Tkd Club
12- Prakash Thapa - New Generation

Please for details please find the attached sheet.

Best regards,

Sudhir K. Gurung
For & On behalf of HKNTA

Popularity: 5%

1 comment March 11th, 2009

एनआरएन हङकङद्वारा संविधानका लागि राय संकलन (+Photo)

निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
गैर आवासीय संघ (एनआरएन) हङकङले आईतबार जोर्डनस्थित कंगन रेष्टुराँमा संविधान निर्माणका लागि राय संकलन हेतु कार्यक्रमको आयोजना गर्‍यो। विभिन्न पेसासम्बद्ध व्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुले नयाँ बन्ने संविधान बारे मौखिक तथा लिखित सुझावहरु प्रस्तुत गरे।


तस्वीरः निर्मल श्रेष्ठ / एचकेनेपाल डट कम

कार्यक्रममा संविधानमा व्यवस्थापिका, कार्यपालिका, संघीयता, समावेशीकरणका खाकाहरु कस्तो रहने भन्ने बारे सुझाव मागिए। यसबाहेक गैरआवासीय नेपालीका मुख्य मुद्दा रहेको दोहोरो नागरिकतालगायत जिम्मेवारी, हक अधिकारका सवालमा संविधानमा के-कस्ता प्रावधान रहने बारे समेत राय मागिएका थिए।

एनआरएनले सुझाव संकलनका लागि तयारी लिखित प्रश्नपत्र बाँडेको थियो। अनुपस्थित रहेकाहरुलाई समेत गैरआवासीयका तर्फबाट लिखित सुझावका लागि बुधबारसम्मको समय दिईएको छ। सुझाव जोर्डनस्थित कंगन रेष्टुराँमा बुझाउंन सकिने जानकारी आयोजकले गराए। संकलित सुझावहरु हङकङस्थित महाबाणिज्यदूतावासमार्फत सरकारलाई बुझाईने छ। प्रश्नावलीबारे प्रकाश पार्न एनआरएनका केन्द्रीय सदस्य कृष्ण पाण्डे, एनआरएन एशिया प्यासिफिकका क्षेत्रीय संयोजक गणेश इजम, च्याम्बर अफ कर्मसका उपाध्यक्ष डासुराम पराजुली र अधिवक्ता श्रृषिकेश वाग्लेको समूह बनाइएको थियो।

एनआरएनका अध्यक्ष यमकुमार गुरुङले विदेशमा बसेका नेपालीहरुलाई समेत संविधान निर्माण प्रक्रियामा आफ्नो अभिमत प्रकट गर्नदिने सरकारको निर्णय बमोजिम कार्यक्रमको आयोजना गरिएको बताए।

हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बूले लामो संघर्षको सफलतापछि कोरिन लागेको ऐतिहासिक संविधानमा विदेशमा रहने नेपालीका दायित्व र अधिकारबारे स्पष्ट किटान हुनुपर्ने धारणा राखे। ‘अबको नेपालमा अंग्रेजी भाषाले समेत राष्ट्रिय भाषाको मान्यता पाउंनुपर्छ’ अध्यक्ष लिम्बूले भने ‘विदेशमा शिक्षा हासिल गर्ने युवायुवतीलाई नेपाली नजानेकै आधारमा सरकारी सेवाबाट वञ्चित गर्न सकिदैन।’ च्याम्बर अफ कमर्स हङकङका अध्यक्ष जगन्नाथ ज्ञवालीले जेजस्तो किसिमको संविधान बनेपनि सबै नेपालीको अस्तित्व समेटि्नु पर्ने बताए। महावाणिज्यदूत केशवप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अधिकांशले हङकङबासी नेपालीका तर्फबाट समान सुझाव राखिनुपर्ने कुरामा जोड दिएका थिए।

Popularity: 5%

2 comments March 8th, 2009


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

March 2009
M T W T F S S
« Feb   Apr »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Posts by Month

Posts by Category