Archive for June, 2009

‘नेपाल महोत्सव २००९’ च्यारिटो शो (22 August 2009)

‘नेपाल महोत्सव २००९’ च्यारिटो शो (22 August 2009)
श्री जन विकाश माध्यमिक विद्यालय म्याग्दी र श्री राष्ट्रिय मनिप्रसाद माध्यमिक बिद्यालय खोटाङको सहयोगार्थ ‘नेपाल महोत्सव २००९’ (च्यारिटी शो)मा सहभागी र उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रमका विशेषताहरुः
संगीत तथा नृत्य (तीन विभिन्न रंगमञ्चहरुमा)
तीज कार्यक्रम
पेय तथा खानाका स्टल
डिजे डान्स प्रतियोगिता
फेन्सी ड्रेस तथा सारी प्रतियोगिता

Venue: Oak Farm School, GU14 8SS
Date: 22 August 2009
Time: 12.00 to 19.00 PM

Application Form:- Dance Competition
Click here to download and Save:

कार्यक्रम सम्बन्धी थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्

Popularity: 4%

Add comment June 30th, 2009

नेपालमा पर्यटन प्रबर्द्धनका लागि अन्तर्क्रिया

एस, हङकङ / एचकेनेपाल डट कम, जुन २६ -
नेपालमा पर्यटन प्रबर्द्धनका हेतु हङकङस्थित नेपाली महाबाणिज्यदूतावासले अन्तर्क्रियाको आयोजना गर्‍यो। चिम सा चोइस्थित होटल मिरामारमा शुक्रबार साँझ आयोजित समारोहमा स्थानीय झण्डै साठी ट्राभल एजेन्सीका प्रतिनिधि सहभागी थिए।

कार्यक्रममा नेपाल सम्बन्धी जानकारी दिने श्रव्यदृष्य प्रदर्शन गरिए। अधिकांश चिनियाँ पर्यटन व्यवसायीहरुले नेपाल हङकङेली पर्यटकका लागि आकर्षक गन्तव्य रहेपनि असुरक्षा, लामा दिनका प्याकेज, महंगो हवाई टिकटलगायतका कारण अन्य मुलुकका तुलनामा कम रोजाईमा पर्ने गरेको बताए।

यहाँका नेपाली पर्यटन व्यबसायीहरुले भने पर्यटन प्रबर्द्धनका लागि पर्याप्त सूचना र प्रचारप्रसारको अभावमा आशा गरे अनुरुप नेपालमा पर्यटक पठाउन नसकिएको बताए। फिसटेल ट्राभल एजेन्सीका सञ्चालक कृष्णप्रसाद पाण्डेले बेफुसर्दी हङकङेलीहरुमा लामा भ्रमण प्याकेजहरुका तुलनामा छोटा प्याकेजमा बढ्दो आकर्षण रहेको अनुभवका आधारमा तीनदेखि चार दिनका प्याकेज बनाएको बताए। दूतावासका तर्फबाट आयोजित यस्ता कार्यक्रमले निरन्तरता पाउंनुपर्ने सनराईज ट्राभल एजेन्सीका पूर्ण गुरुङले बताए।

महावाणिज्यदूत केशवप्रसाद भट्टराईले एउटा हङकङेली बर्षमा सरदर दुई पटक विदेश भ्रमण गर्ने गरेको तथ्यांक केलाउंदै नेपाली पर्यटनका लागि हङकङ प्रशस्त सम्भावना बोकेको देश भएको बताए। राम्रो गति लिदै गरेका अवस्थामा राजनैतिक अस्थिरता, बन्द हड्ताल जस्ता गतिविधिले पछिल्ला दिनमा नेपाल जाने पर्यटक संख्यामा निकै कमी आएको समेत उनले बताए।

तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

कार्यक्रममा पर्यटन व्यबसायीका तर्फबाट लेजिस्लेटिभ काउन्सिलका सदस्य पौंल चे, हङकङ ट्राभल इन्डस्ट्री काउन्सिलका अध्यक्ष रोनी हो, निर्देशक जोसेफ तुङ, पर्यटन बोर्डका तर्फबाट मिडिया कन्सल्टेन्ट किरण पन्तलगायतको सहभागिता थियो।

Recent Videos:

Popularity: 3%

Add comment June 26th, 2009

म नमरूञ्जेलसम्म नेपाली नागरिकता त्याग्दिंनः डा. महतो

एस, हङकङ / एचकेनेपाल डट कम -
गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. उपेन्द्र महतोले आफू नमरूञ्जेलसम्म नेपाली नागरिकता त्याग नगर्ने बताएका छन्।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद हङकङद्वारा आइतवार आयोजित वार्षिक साधारण सभामा बोल्दै डा. महतोले देशप्रति रहेको अगाध स्नेहले आफूलाई विश्वमा नेपाली भएर चिनिन गर्व लागेको बताए। उनले विदेशमा बस्ने नेपालीलाई सरकारले दोहोरो नागरिकताको व्यवस्था गरिनु पर्ने बताउंदै नेपाल सरकार यसतर्फ गम्भीर हुनु पर्ने बताए। तर, सरकार विदेशमा वस्ने नेपालीको समस्याप्रति सम्वेदनाशील हुन नसकेको आरोप लगाए। ‘सरकार केवल तोडफोडको भाषामात्र बुझ्ने भएका छन्’ उनले भने- ‘हामीले वारम्बार प्रधानमन्त्रीदेखि विभिन्न दलका नेताहरूसंग दोहोरो नागरिकता माग उठाउंदै गर्दा पनि कार्यान्वयन हुन सकेन’ डा. महतोले भने। सरकारले जनताको कुरा नसुन्दा जनता तोडफोडमा उत्रनु परेको वाध्यता सुनाए।


डा. महतो, तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम।

डा. महतोले एनआरएन २५ लाख नेपाली आवद्ध रहेको विशाल पार्टी हो भन्दै २५ लाख नेपालको कुनै पार्टीमा नभएको जिकिर गरे। ‘तर, एनआरएन राजनीति गर्ने पार्टी होइन’, उनले भने- ‘हाम्रो राजनीति भनेको आर्थिक राजनीति हो। हामी नयाँ नेपाल भन्दा पनि समृद्ध नेपालको सपना बोक्ने पार्टी हो’ डा. महतोले भने।

डा. महतोले विदेशमा बस्ने नेपालीबीच आपसी चिनजान र समझदारी बढाउने, विदेशमा रहेका नेपालीका समस्याहरू सम्बोधन गर्ने साझा संस्था आवश्यकताबोध र विदेशका अनुभव, शिप, दक्षता र आम्दानी नेपालमा लगानी गरेर देशको चौतर्फी विकासमा टेवा पुर्र्याउन गैरआवासीय नेपाली संघ स्थापना भएको बताए।


हिराचन

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष देवमान हिराचनले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्ने पहल भैरहेको बताए। हिराचनले अहिले विश्वका ५० देशमा संघको शाखा विस्तार भैसकेको बताउंदै थप देशहरूमा विस्तार गरिदै लैजाने अभियान जारी रहेको बताए। विभिन्न देशमा रहेका नेपालीका छुट्टाछुट्टै समस्या रहेको बताउंदै ती समस्याहरूको पहिचान र निराकणप्रति एनआरएन लागेको बताए। उनले दोहोरो नागरिकताको विषयलाई एनआरएनले प्रमुखता साथ लिइरहेको बताए।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद हङकङका अध्यक्ष त्रिलोक (यामकुमार) गुरूङको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा हङकङस्थित नेपाली महावाणिज्यदूत केशवप्रसाद भट्टराई विशेष अतिथिका रूपमा उपस्थित थिए। उपाध्यक्ष दुर्गा गुरूङको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सचिव अर्जुन गुरूङले सञ्चालन गरेका थिए। सहसचिव गायत्री थापाद्वारा सञ्चालित दोश्रो चरणको कार्यक्रममा सचिव गुरूङले संघको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष गौरव गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

एचकेनेपाल डट कमले डा. महतो र हिराचनसंग गरेको छोटो कुराकानी हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्


Popularity: 5%

6 comments June 21st, 2009

काग्रेस नेतृ शैलजा आचार्यप्रति श्रद्धाञ्जलि

एस, हङकङ / एचकेनेपाल डट कम, जुन २१ -
हङकङेली नेपालीले एक कार्यक्रमको आयोजना गरी नेपाली कांग्रेसकी नेतृ तथा पूर्वप्रधानमन्त्री शैलजा आचार्यप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

कांग्रेस नेतृ आचार्य (फाइल तस्वीर) नेपाली जन सम्पर्क समिति हङकङले आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले स्वर्गीय आचार्यको तस्वीरमा फूलका गुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गरेका थिए।

समितिका अध्यक्ष ईश्वर खाँडको अध्यक्षता रहेको श्रद्धाञ्जलि कार्यक्रममा महावाणिज्यदूत केशवप्रसाद भट्टराईको प्रमुख आतिथ्य रहेको थियो।

कांग्रेसकी नेतृ तथा पूर्वप्रधानमन्त्री शैलजा आचार्यको जुन १२ तारिख शुक्रवार बिहान ६५ वर्षको उमेरमा निधन भएको थियो। अल्जाइमर्स र निमोनियाबाट पीडित आचार्य राजनीतिमा लागेर विहेसमेत नगरी भाई बुहारीसंग बस्दै आएकी थिइन्। आचार्य नेपालको पहिलो महिला उपप्रधनमन्त्री हुन्। वि.सं. २०१७ सालमा राजालाई कालो झण्डा देखाउंदा उनी २ वर्ष जेल र २ वर्ष भूमिगत जीवन यापन गरेकी थिइन्।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Popularity: 3%

Add comment June 21st, 2009

सानु गुरूङलाई दुई सेकेण्ड रनर अपसहित दुई बेस्ट पोजको उपाधि

सानु गुरूङलाई दुई सेकेण्ड रनर अपसहित दुई बेस्ट पोजको उपाधि
एस, हङकङ / एचकेनेपाल डट कम, जुन १४ -
नेपालीको तर्फबाट ‘हङकङ शारिरीक सुगठन प्रतियोगिता २००९’ मा सहभागिता जनाएका सानु गुरूङले दुई सेकेण्ड रनर अप र दुई बेस्ट पोज गरी चार उपाधिको जितेका छन्।


सानु गुरूङलाई चार उपाधि

गुरूङले ७० केजी तौल समूहमाथिको नोभाइस केटेगोरीमा सेकेण्ड रनर अपको उपाधि र बेस्ट पोज उपाधि जिते। त्यसैगरी, उनले ८० केजीको तौल समूहमा समेत सेकेण्ड रनर अप र बेस्ट पोजको दुई उपाधि जिते। सानु गुरूङले प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरूमध्ये सबैभन्दा बढी चार उपाधि हासिल गरे। उनले सहभागिता जनाएको दुबै तौल समूहमा दुई सेकेण्ड रनर अप र दुई बेस्ट पोज गरी चार उपाधि जितेका हुन्।
प्रतियोगिताको भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्..

यो पनि हेर्नुहोस्- मिस बडी फिटनेस


१० जना प्रतिस्पर्धी रहेका ७० केजी तौल समूहमाथिको नोभाइस केटेगोरीमा ट्याग नं. ३९ चाउ मान वाई उपाधि विजेता, ट्याग नं. ३८ पेरी एलान कार्लोस फस्ट रनर अप र ट्याग नं. ४३ सानु गुरूङ सेकेण्ड रनर अप भए। ४ प्रतिस्पर्धी रहेका ८० केजीको तौल समूहमा ट्याग नं. ६३ फान का यु उपाधि विजेता, ट्याग नं. ६२ चेङ चि होङ फस्ट रनर अप र ट्याग नं. ४३ सानु गुरूङ सेकेण्ड रनर अप भए।

सानु गुरूङले लोभ लाग्दो र आकर्षक शारिरीक बनावटमा बेस्ट पर्फोमेन्स दिइरहंदा दर्शकमात्र रमाएनन्, निर्णायक मण्डलले उनको दुबै पोजका लागि सर्वश्रेष्ठ पोजको घोषणा गरे। प्रतियोगितामा नेपालीको यो पहिलो सहभागिता हो। हङकङ चाइना बडीबिल्डिङ तथा फिटनेस एसोसिएशनले आइतवार साँझ कजवे बेस्थित एलिजावेथ स्टेडियममा महिला तथा पुरूषहरूबीच विभिन्न तौल समूहहरूमा प्रतिस्पर्धा गराएको थियो।

थप समाचार र भिडीयो अपडेट हुन बाँकी….


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

सानु गुरूङसंग भिडीयो अन्तर्वार्ता
एस, हङकङ / एचकेनेपाल डट कम, जुन ११ -
मिस्टर नेपाल तथा धर्मश्रीको उपाधि तीन पटक जितिसकेका सानु गुरूङसंग एचकेनेपाल डट कमले लिएको भिडियो अन्तर्वार्ता।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्

एस, हङकङ / एचकेनेपाल डट कम, मे २७ -
मिस्टर नेपाल तथा धर्मश्रीको उपाधि तीन पटक जितिसकेका सानु गुरूङले आगामी जुन १४ तारिख हङकङमा हुन गैरहेको शारिरीक सुगठन प्रतियोगितामा नेपालीको तर्फबाट सहभागिता जनाउंदै छन्। हङकङ चाइना बडीबिल्डिङ एसोशियसनले बर्षेनी आयोजना गर्दै आएको यो प्रतियोगितालाई निकै महत्वका साथ हेरिने गर्दछ।

वान चाईस्थित क्वीन एलिजावेथ स्टेडियममा प्रतियोगीहरूबीच कडा प्रतिस्पर्धा हुने शारिरीक सुगठन प्रतियोगितामा हङकङ आईडी होल्डरले मात्र भाग लिन पाउंछन्। हङकङ आईडी होल्डर भएर पनि नेपालमा बस्दै आएका सानु गुरूङले प्रतियोगिताका लागि कडा अभ्यास गरिरहेको एचकेनेपाल बडीबिल्डिङ एसोशियसनका अध्यक्ष मेख गुरूङले एचकेनेपाल डट कमलाई बताए। ‘एउटा खेलाडीले नेपालकै प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुनु गौरवको विषय हो,’ अध्यक्ष गुरूङले भने। गुरूङको हौसला र मनोबल बढाउन प्रतियोगिताका दिन ठूलो संख्यामा नेपालीहरू त्यहाँ उपस्थित हुने अध्यक्ष गुरूङले जानकारी दिए।

प्रतियोगितामा सहभागीका लागि सानु गुरूङ जुन ६ तारिख हङकङ आउदैछन्। एचकेनेपाल बडीबिल्डिङ एसोशियसनले सानु गुरूङको नाम दर्ता गराउनेदेखि लिएर खाना र बस्ने प्रवन्धको जिम्मा लिएको अध्यक्ष गुरूङले टेलिफोनमा बताए। एसोशियसनका सचिव लोकराज लिम्बूले सानु गुरूङ नेपालीको तर्फबाट हेभी वेट समूहमा सहभागी हुने बताए। लिम्बूका अनुसार यसअघि, सो प्रतियोगितामा मिस्टर हङकङ नेपाल २००० मोहन गुरूङले सन् २००१ मा सहभागिता जनाएपनि सफलता हासिल गर्न सकेका थिएनन्। सानु गुरूङको सफलताको लागि एशोसियसनले सक्दो प्रयाश गर्ने उनले बताए।

पाठक विचार- यहाँ क्लिक गर्नुहोस्


सानु गुरूङ मिस्टर हङकङको तयारीमा…,

तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 14%

115 comments June 14th, 2009

बहुसाँस्कृतिक कार्यक्रम - पोखरेली मञ्च,युके (15 August 2009)

बहुसाँस्कृतिक कार्यक्रम - पोखरेली मञ्च,युके
पोखरेली मञ्च, युकेद्वारा अगष्ट १५ तारिख शनिवारका दिन निम्न स्थान र समयमा आयोजना गर्न गैरहेको बहुसाँस्कृतिक कार्यक्रम, खेलकुद, डिजे डान्स तथा विविध मनोरञ्जनात्मक कार्यक्रमहरुमा सहभागी बनौं।

आयोजकः पोखरेली मञ्च, युके
स्थानः Oak farm school, Chaucer Road, Farnborough, GU14 8SS
समयः विहान ११ बजेदेखि साँझ ८ बजेसम्म

थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्।

Popularity: 7%

15 comments June 12th, 2009

हङकङका सबै नर्सरी, किन्डरकार्टेन र प्राथमिक विद्यालयहरू बन्द

हङकङका सबै नर्सरी, किन्डरकार्टेन र प्राथमिक विद्यालयहरू बन्द
एस, हङकङ / एचकेनेपाल डट कम, जुन ११ -
हङकङ सरकारले शुक्रवारदेखि हङकङका सम्पूर्ण नर्सरी, किन्डरगार्टेन र प्राथमिक विद्यालयहरू दुई हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ। कजवे बेस्थित सेन्ट पावल्स कन्भेन्ट विद्यालयका १२ विद्यार्थीहरूमा स्वाइन फ्लुको लक्षण देखिएपछि विद्यालयहरू बन्द गर्ने सरकारले निर्णय गरेको हो।

ती विद्यार्थीहरूमा एचआईएनआईका जिवाणु देखा परेको हङकङको स्वास्थ्य विभागले जनाएको छ। अरू विद्यार्थीहरूमा पनि उक्त जिवाणु फैलिन सक्ने हुनाले त्यसबाट बालबालिकालाई सुरक्षित राख्न विद्यालयहरू बन्द गर्ने निष्कर्षमा सरकार पुगेको हो। हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। विद्यार्थीको पढाईलाई ध्यानमा राखि जुन २३ अगाडि विद्यालय सुचारूको प्रयास गर्ने चाङले बताए।

Popularity: 3%

Add comment June 11th, 2009

अनेसास हङकङका अध्यक्ष चाम्लिङद्वारा राजिनामा

एस, हङकङ / एचकेनेपाल डट कम -
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङ च्याप्टरका अध्यक्ष मोति चाम्लिङले मंगलवार आफ्नो पदबाट स्वेच्छिक राजिनामा दिएका छन्। चाम्लिङले घरायसी र व्यस्तताको कारण जनाउंदै राजिनामा दिएका हुन्।

अनेसास हङकङ च्याप्टर कार्यसमितिको सोही दिन कङ्गन रेष्टुरेण्टमा बसेको आकस्मिक बैठकले सधन्यवादसहित चाम्लिङको राजिनामा स्वीकृत गरेको छ। विगतमा साउदीमा समेत अनेसास च्याप्टरको अध्यक्ष रहिसकेका चाम्लिङ हङकङ आएपछि गत वर्ष जुन २६ तारिख पुनर्गठन भएको अनेसास हङहङ च्याप्टरको अध्यक्ष बनेका थिए। समितिले अनेसास हङकङ च्याप्टरलाई दिएको योगदानको मूल्याङ्कन गर्दै सधन्यवादसहित चाम्लिङको राजिनामा स्वीकृत गरेको छ।

च्याप्टरको आकस्मिक बैठकमा उपाध्यक्ष कमल पौड्याल, महासचिव टंक सम्वाहाम्फे, सचिव लक्ष्मी थापा राई, कोषाध्यक्ष प्रकाश केसी र सदस्य राजेन्द्र थापा उपस्थित थिए। बैठकमा अनेसास केन्द्रीय सचिव तथा हङकङ च्याप्टरका प्रमुख सल्लाहकार पशन तमूको समेत उपस्थिति रहेको थियो।

Popularity: 3%

Add comment June 3rd, 2009

भुटानीलाई हङकङका कलाकारको सहयोग (+Photo)

डम्बरकृष्ण श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम -
नेपाली चलचित्र क्षेत्रमा आफ्नो सम्पूर्ण जीवन अर्पेका कलाकार गोपाल भुटानीलाई हङकङ नेपाली कलाकार संघले आर्थिक सहयोग प्रदान गरेको छ। काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा मंगलबार आयोजित कार्यक्रममा कलाकार भुटानीलाई संघका तर्फाट अध्यक्ष सुरेन लिम्बू र सह-सचिव हेमराज राईले नेपाली रुपैयाँ १ लाख ११ हजार १११ को चेक हस्तान्तरण गरेका हुन्।


कलाकार गोपाल भुटानीलाई नेपाली रु. १ लाख ११ हजार १११ को चेक हस्तान्तरण गर्दै नेपाली कलाकार संघ हङकङका अध्यक्ष सुरेन लिम्बू र सह सचिव हेम राई। साथमा कलाकार खेमराज गुरुङ, श्रवण घिमिरे र नविन सुब्बा। तस्वीरः डम्बरकृष्ण, काठमाडौं / एचकेनेपाल डट कम।

नेपाली कला क्षेत्रमा अतुलनिय योगदान पुर्‍याए पनि दयनिय आर्थिक अवस्थामा रहेका भुटानीलाई सहयोग स्वरुप हङकङका नेपाली कलाकारहरुले रिदम साँझ नामक साँगीतिक कार्यक्रमको आयोजना गरी रकम संकलन गरेका थिए। रकम हस्तान्तरण कार्यक्रममा संघका अध्यक्ष लिम्बूले आर्थिक अभावमा बाँचिरहेका भुटानी जस्ता कलाकारहरुको सहयोगका लागि सबै क्षेत्र लाग्न आवश्यक रहेको बताए।

कार्यक्रममा चलचित्र निर्देशक नविन सुब्बा, कलाकार खेमराज गुरुङले हङकङका कलाकारहरुले गरेको उदाहरणीय कामको प्रशंसा गरेका थिए।


कलाकार गोपाल भुटानी। थप तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 3%

1 comment June 3rd, 2009

दिलबहादुर लिम्बूको दाह संस्कार (7 June 2009)

दिलबहादुर लिम्बूको दाह संस्कार
हङकङ प्रहरीको गोलीद्वारा हत्या गरिएका दिलबहादुर लिम्बूको दाहसंस्कार यही जुन ७ का दिन निम्नलिखित स्थान र समयमा गरिने भएकोले उपस्थितिको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं।

आयोजकः हङकङ नेपाली महासंघ र दिलबहादुर लिम्बू हत्याविरुद्ध संघर्ष समिति

कार्यक्रम र समयः श्रद्धाञ्जलि, दिनको १२ बजेदेखि
स्थानः युनिभर्सल फ्युनरल पार्लर, हुङहाम

कार्यक्रम र समयः शवदहन, दिनको ३ बजे
स्थानः शवदहन केप कोलोसियम, चाइवान
नोटः युनलङ, चुनवान, जोर्डन, वानचाइबाट बसको व्यवस्था गरिएको छ।

सम्पर्कः ९७१७ ८८६१, ९८३७ ६७४४, ९६१२ १०४९

यो पनि हेर्नुहोला-
हङकङ प्रहरीको गोली प्रहारबाट नेपाली युवकको मृत्यु

Popularity: 4%

1 comment June 3rd, 2009

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2009
M T W T F S S
« May   Jul »
1234567
891011121314
15161718192021
22232425262728
2930  

Posts by Month

Posts by Category