चन्द्र सुरिया, हङकङ /एचकेनेपाल डट कम-
संखुवासभा समाज हङकङले जिल्लाका बाढी पहिरो पीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संखुवासभा जिल्लाको तम्कु गाविस सिकिदिममा गएको बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्न समाजको सक्रियतामा संखुवासभाली र अन्य जिल्लाबासीहरूबाट संकलन भएको २ लाख ५० हजार रूपैयाँ चाँडै नै हस्तान्तरण गरिने समाजले जनाएको छ।
जिल्लाका दैवी प्रकोप समितिका संयोजक, प्रमुख जिल्ला अधिकारी, पीडित परिवारका प्रतिनिधि र पत्रकारहरुको रोहवरमा आर्थिक सहयोग प्रदान गरिने समाजले निर्णय गरेको छ।
संखुवासभा समाज हङकङले हङकङ र नेपालमा विभिन्न सामाजिक गतिविधि गर्दै आएको छ। साथै समाजले अक्टोबर १७ तारिखका दिन इण्डिया क्लबमा देउसी भैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न गैरहेको छ।
देवराज राई, हङकङ /एचकेनेपाल डट कम-
धरान फुटबल क्लवले बडादसैंको उपलक्ष्यमा शनिवार साँझ दसेरा पार्टी विविध कार्यक्रमहरुसहित इण्डिया क्लव हङकङमा सम्पन्न गरेको छ।
कार्यक्रममा धरान फुटबल क्लवका सदस्यहरु तथा हङकङेली नेपाली कलाकारहरुको जमघट भएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरुले गीत तथा नृत्यहरु प्रस्तुत गरेका थिए।
तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।
हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बूले दसैको शुभकामना मन्तव्य दिएपछि शुभारम्भ भएको कार्यक्रममा पूर्वाञ्चलमा चर्चित मिक्स मेलोडीका गायक संजिव लामा पहिलो पटक स्टेजमा देखा परेका थिए। उनी गएको ३ वर्ष यता हङकङमा रहेका छन्। कार्यक्रममा कमल राई, बिमला राई, रोशा लिम्बू, सुरज थापा र किशोर थेबेले गीतहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा युता लिम्बू, सुकु लिम्बू, अर्पणा थापा, रबिन राई, नयन लिम्बू विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा तम्बोला तथा डीजे डान्स समेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा वरिष्ठ संगीतकार दिनेश सुब्बालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति देखिएको थियो।
ईन्द्र एलजी थापामगर, हङकङ/ एचकेनेपाल डट कम-
नेपाली निर्माण कामदार यूनियन हङकङले आइतवार हङकङमा रहने यूनियनका सदस्यहरुलगायत अन्य व्यक्तिहरुलाई नेतृत्व बिकास सम्बन्धी तालिम दिएको छ।
तालिमका मुख्य प्रशिक्षक BWI ( Building and Wood Workers’ International ) का क्षेत्रीय सहायक शिक्षा अधिकृत बुद्वि आचार्य थिए। उनी BWI को एशिया प्यासिफिक क्षेत्रिय कार्यलय मलेसियामा कार्यरत छन्।
कार्यक्रमलाई NCWU का अध्यक्ष तुलाजंग गुरुङले कार्यक्रमबारे संक्षिप्त परिचय दिएपछि CSWGU ( Construction Site General Worker Union ) CHAN PAK KAM ले कार्यक्रमलाई ऐक्यवद्वता व्यक्त गरेका थिए।
मुख्य प्रशिक्षक बुद्वि आचार्यले तालिमबारे परिचय, विषय वस्तुहरु छोटकरीमा दिएपछि प्रशिक्षणको क्रममा यूनियन र संघ/संस्थाहरुबीचको भिन्नता, यूनियको भूमिका तथा सम्बन्ध, नेतृत्व तथा नेतृत्व कर्ताको भूमिका आदिबारे विस्तृतरुपमा बताएका थिए।
NCWU अध्यक्ष गुरुङले हङकङमा रहेका कामदारहरुको स्थिति, गत वर्ष यूनियनले गरेको सर्भेक्षणवारे जानकारी गराउंदै यस वर्ष गरेको सर्भेक्षणको नतिजा निकट भविष्यमा सार्बजनिक गर्ने बताए। उक्त अवसरमा CSWGU कार्यसमितिका सदस्य Mr.SING ले नेपाली कामदार र चाईनिज कामदारहरुबीच सहकार्य हुनुपर्ने तथा साझा समस्यहरुलाई ऐक्यवद्वताका साथ अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे।
प्रशिक्षणको क्रममा यूनियनको बिस्तार तथा साधारण सदस्यहरु बनाउन के के समस्यहरु तथा समाधानहरु के के हुन सक्छन भन्नेबारेमा समूहगतरुपमा छलफल हुदाँ समूह ए को नेतृत्व युनियनका अध्यक्ष तुलाजंङ गुरुङ र समूह बी को नेतृत्व सदस्य ईन्द्र एलजी थापामगरले गरेका थिए।
यस कार्यक्रमले यूनियनको आवश्यकता, नेतृत्व तथा यसको भूमिकाबारे जानकारीलगायत विविध समस्याहरुबारे थप जानकारी पाएको सहभागी देवेन्द्र गुरुङले बताए।
जन नायक बीपी कोइरालाको तस्वीरमा मार्ल्यापण र १ मिनेट मौन धारण गरी सुरू भएको कार्यक्रममा नेपाली कांग्रेसप्रति आस्थावान व्यक्तित्वहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र स्थानीय पत्रकारहरू उपस्थित थिए।
नेपाली सम्पर्क समितिका अध्यक्ष ईश्वर खाँडको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समितिका प्रमुख सल्लाहकार राजमान गुरूङ प्रमुख अतिथि, एनआरएन हङकङका अध्यक्ष यामकुमार (त्रिलोक) गुरूङ विशेष अतिथि, समितिका भूतपूर्व अध्यक्षहरू कुलप्रसाद गुरूङ, सन्तोष घलेलगायत संघसंस्थाका प्रतिनिधि र पत्रकारहरू अतिथि रूपमा उपस्थित थिए।
समितिका उपाध्यक्ष रक्षा गुरूङको स्वागत मन्तव्य रहेको कार्यक्रमलाई सहसचिव प्रेम राईले सञ्चालन गरेका थिए। कार्यक्रममा नेत्र पहराई मगर, त्रिलोक गुरूङ, कुलप्रसाद गुरूङ, राजमान गुरूङ र मोति चाम्लिङलगायतका वक्ताहरूले बीपी कोइरालाको जीवनीबारे चर्चा गरेका थिए।
एस, हङकङ / एचकेनेपाल डट कम -
एमाले हङकङ कमिटीको तेश्रो अधिवेशनपछि ओमराज सम्वाहाम्फेको अध्यक्षतामा १४ सदस्यीय एमाले हङकङ कमिटीको पुनर्गठन भएको छ।
नवगठित एमाले हङकङ कमिटीमा भक्तबहादुर गुरूङ उपाध्यक्ष, सत्य घले सचिव, बसन्तकुमारी राई सहसचिव र सदस्यहरूमा मणिकिरात वान्तवा, कर्णबहादुर गुरूङ, नारायण भण्डारी, रीतबहादुर गुरूङ, गंगा खतिवडा, बसन्त राई, डिल्लीराम विक, सुरेश गुरूङ, गणेश गुरूङ र ईन्द्र वनेम रहेका छन्। ३ जना पछि थप हुने गरी १७ सदस्यीय कमिटी विस्तार गरिने सदस्य ईन्द्र वनेमले एचकेनेपाल डट कमलाई बताए। त्यसै गरी, ९ सदस्यीय सल्लाहकार समिति गठन भएको छ। सल्लाहकार समितिमा हेजेन राई, लालबहादुर गुरूङ, गणेश इजम, किसन राई, जगत थापा, चिनप्रसाद गुरूङ, मोहन राना, भिम गुरूङ र इमलाल श्रेष्ठ रहेका छन्।
प्रमुख अतिथिका रूपमा नेपालबाट हङकङ आइपुगेका नेकपा एमालेका केन्द्रीय अध्यक्ष झलनाथ खनालले औपचारिक कार्यक्रममा बोल्दै एमालेले छिट्टै १५ प्रदेशको संघीय प्रणालीको प्रस्ताव पारित गरिन लागेको बताए। अध्यक्ष खनालले तीन दलहरू नेकपा एमाले, एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेस नमिलेसम्म नयाँ संबिधान निर्माण हुन नसक्ने बताए। अध्यक्ष खनालले गेसो, एनआरएन, जनजाति महासंघलगायतले उठान गरेका मागहरूप्रति आफ्नो पार्टीको अत्यन्त सकारात्मक धारणा रहेको बताए।
एमाले हङकङ कमिटीका पूर्वसचिव ओमराज सम्वाहाम्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई पूर्व उपसचिव भक्तबहादुर गुरूङले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य बसन्तकुमारी राईले व्यक्त गरेकी थिइन्।
एस, हङकङ / एचकेनेपाल डट कम, सेप्टेम्बर ६-
नेकपा एमालेका केन्द्रीय अध्यक्ष झलनाथ खनालले सरकार अहिले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने चरणबाट अगाडि बढिरहेको बताएका छन्।
शनिवार विहान पत्नी रविलक्ष्मी खनालसहित हङकङ आइपुगेका खनालले शनिवार साँझ महावाणिज्यदूतको निवासमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय पत्रकारहरूसंग बोल्दै देशको वर्तमान अवस्थाबारे जानकारी गराएका हुन्। पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष खनाल। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…
एमाले हङकङ कमिटीको तेश्रो अधिवेशनका लागि हङकङ आइपुगेका खनालले सरकारको काँधमा मूख्यतयः ४ प्रकारका जिम्मेवारी थपिएको बताए। शान्ति प्रक्रियालाई पूर्णता दिने, नयाँ संबिधान निर्माण गर्ने, आर्थिक रूपान्तरणको प्रक्रिया अगाडि बढाउने र राष्ट्रिय एकतालाई प्रवर्धन गर्ने अध्यक्ष खनालले बताए।
पत्रकारहरूसंग बोल्दै खनालले ८ महिनाभित्र नयाँ संबिधान निर्माण हुने बताए। ‘संबिधान निर्माणका लागि धेरै कोण र आयामबाट व्यापक छलफल गरिरहेकाछौं। नयाँ संबिधान निर्माण गरेर मुलुकलाई समृद्ध नेपालतर्फ रूपान्तरण गर्ने प्रक्रियामा छौं’,- खनालले भने। अब बन्ने संबिधान नेपालकै इतिहासमा नवीन संबिधान बन्ने बताउंदै संबिधानमा सम्पूर्ण नेपालीको हक र अधिकारको सुनिश्चितता गरिने बताए। नयाँ संबिधानमा देशमा रहेका विभिन्न जातजाति र प्रवासी नेपालीका भावना, इच्छा र आकांक्षाका साथै उनीहरूका हक र अधिकारहरू प्रतिविम्वित हुने खनालले बताए।
पत्रकारको प्रश्नको जवाफ दिदै खनालले एमालेको नेतृत्वमा रहेको वर्तमान सरकार तत्काल ढल्ने सम्भावना नरहेको बताए। खनालले भने- ‘वृहत सहमतिको आधारमा सरकारमा पुनर्संरचनाको कुरा हुन सक्लान् तर, सरकार तत्काल ढल्दैन।’
पत्रकार सम्मेलनमा स्थानीय पत्रकारहरू, कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साल, पूर्वराज्यमन्त्री तथा एमाले नेता तुलबहादुर गुरूङका साथै एमाले हङकङ कमिटीका कार्यकर्ताहरू उपस्थित थिए।
एचकेनेपाल डट कमसंग कुराकानी गर्दै एमाले अध्यक्ष खनाल
एस, हङकङ/ एचकेनेपाल डट कम-
नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल शनिवार विहान हङकङ आइपुगेका छन्।
एमाले अध्यक्ष खनाल पत्नी रविलक्ष्मी खनालसहित ड्रागन एयर हुंदै शनिवार विहान हङकङ आइपुगेका हुन्।
‘अध्यक्ष खनाल एमाले हङकङ कमिटीको निम्तोमा हङकङ आउनु भएको हो’- एमाले हङकङ कमिटीका सदस्य इन्द्र वनेमले एचकेनेपाल डट कमलाई बताए। ‘उहाँ भोलि आइतवार सम्पन्न हुने एमाले हङकङ कमिटीको तेश्रो अधिवेशनका लागि हङकङ आउनुभएको हो’, वनेमले बताए।
‘एमाले हङकङ कमिटीको तेश्रो अधिवेशनमा विशेष सम्बोधन, हङकङस्थित एमाले कार्यकर्ता र यहाँका स्थानीय नेपाली संघसंस्थासंग भेटघाट र छलफलपछि मंगलवार उहाँको नेपाल फर्कने कार्यक्रम रहेको छ’, वनेमले जानकारी दिए।
एमाले हङकङ कमिटीको तेश्रो अधिवेशनबारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्..
एस, हङकङ/ एचकेनेपाल डट कम-
लिम्बू इतिहास र संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र ‘चेसुङ’ सेप्टेम्बर १३ तारिख आइतवार साँझ प्रदर्शन गरिने भएको छ।
जोर्डनस्थित याक एण्ड यतिको सभाकक्षमा बुधवार साँझ पत्रकार सम्मेलनमा बोल्दै किरात याक्थुङ चुम्लुङका अध्यक्ष नीरप्रसाद लिम्बूले सो जानकारी दिएका हुन्। किरात याक्थुङ चुम्लुङको आयोजनामा चलचित्र चेसुङ प्रदर्शन गरिन लागेको अध्यक्ष लिम्बूले बताए।
चलचित्र चेसुङले अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सवमा उत्कृष्ट अवार्ड तथा पोखरा चलचित्र महोत्सवमा जुरी अवार्ड प्राप्त गरिसकेको छ। पत्रकार सम्मेलनमा अध्यक्ष निरप्रसाद लिम्बू र निर्मात्री भीष्मा चेम्जोङ। तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
याउ मा तेइस्थित कम्युनिटी हलमा प्रदर्शन गरिने उक्त चलचित्र हेर्न अध्यक्ष लिम्बूले पत्रकार सम्मेलनमार्फत सबैलाई हार्दिक आग्रह गरेका छन्। संस्थाका अध्यक्ष निरप्रसाद लिम्बूको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनलाई पदमकुमार लावतीले सञ्चालन गरेका थिए।
थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
किरात याक्थुङ चुम्लुङका सल्लाहकारहरू, पत्रकार र शुभेच्छुकहरूको उपस्थिति रहेको पत्रकार सम्मेलनमा चलचित्र चेसुङका निर्मात्री भीष्मा चेम्जोङको विशेष उपस्थिति रहेको थियो। पत्रकार सम्मेलनमा बोल्दै चेम्जोङले १८३१ देखि २०६५ सालसम्म लिम्बू जातिले भोगेका कथा व्यथाहरू चलचित्रमा समेटिएको बताइन्। ‘पूरानो लिम्बूहरूको इतिहासको मानचित्रलाई दृश्यबाट जनमानसमा ल्याउने प्रयाश गरिएको छ,’ चेम्जोङले भनिन्। चेसुङका लागि आफूहरूले बुनेको सपना, विचार र प्रयाशलाई विभिन्न देशमा रहेका नेपालीसंग शेयर गर्न पाउंदा खुसि लागेको उनले बताइन्। ‘हङकङबाहेक युकेलगायत विभिन्न देशहरूमा चलचित्र चेसुङको प्रदर्शन गरिने छ,’ उनले भनिन्।
लिम्बू चलचित्र ‘चेसुङ’बारे जानकारी गराउंदै चलचित्र निर्मात्री भिष्मा चेम्जोङ।
कार्यक्रमबारे थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्…