Archive for October 17th, 2009

संखुवासभा समाजको देउसी भैलो

कोरङ्गी प्रेम, हङकङ/ एचकेनेपाल डट कम-
करिव डेढ दशकको यात्रामा अगाडि बढिरहेको संखुवासभा समाज हङकङले आफ्नो वार्षिक देउसी भैलो कार्यक्रम जोर्डनस्थित इण्डिया क्लवमा अक्टोबर १७ तारिखका दिन भव्यताका साथ सम्पन्न गर्यो।

औपचारिक कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष हेम राईले गर्नु भएको थियो । समाजका सल्लाहकारहरु र हङकङ नेपाली महासंघका भूपू अध्यक्ष भोलानाथ थापामगरलगायत एचकेनेपाल डट कमका फोटो पत्रकार अम्बु गुरुङ र “हाम्रो संखुवासभा” मुख पत्रिकाको फोटो पत्रकार दिवस जिमीलाई मखमली फूलको माला पहिर्याईको थियो भने उपस्थित जिल्लावासीहरु मध्येबाट ज्येष्ठ नागिरक हर्कबहादुर गुरुङले मैन वत्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो। कार्य समितिका अध्यक्ष नयनसिंह गुरुङले सबैलाई स्वागत गर्नुभएको थियो। सल्लाहकारहरुको तर्फबाट कर्ण कोरङ्गीले संखुवा सभावासी एवं सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा २०६६ सालको दिपावलीको शुभकामना व्यक्त गर्नु भएको थियो। संखुवा सभा समाज यु.के. बाट सल्लाहकार धर्मराज गुरुङ र अन्यमा रमेश गुरुङ, अमृत घले, बाबुराम गुरुङ, युवराज गुरुङ, मणि गुरुङ, बमबहादुर गुरुङ र पदम राईले फोन तथा इमेल मार्फत पठाउनु भएको शुभकामनालाई सचिव कोरङ्गी प्रेमले कार्यक्रममा सुनाउनु भएको थियो। त्यस्तै गरी, सिंगापुरबाट लिलानाथ राई र अमेरिकाबाट अनु गुरुङ र ललितजंग शेर्पाले पठाउनु भएको शुभकामना सन्देशसमेत कार्यक्रममा सुनाइएको थियो।

समाजलाई सबै जिल्लावासीहरु र नेपालीहरुको बीचमा पुर्याउन अहम भूमिका खेल्ने समाजको मुखपत्र “हाम्रो संखुवासभा” को बारेमा चर्चा गर्दै सल्लाह र सुझावको साथ अगामी तेस्रो अंकको निम्ति लेख, रचना सामग्रीहरु उपलब्ध गराईदिन सल्लाहकार खेमाहाङ्ग जिमीले सबैमा आग्रह गर्नु भएको थियो।

सन् २००७ मा विश्वको सर्वोच्व शिखर सगरमाथाको सफल आरोहण गर्नु भएका मकालु गा.वि.स. ९ निवासी निमा दोर्जे शेर्पालाई कार्यक्रममा सम्मान गरिएको थियो।

करीव आधा घण्टाको औपचारिक कार्यक्रमलाई सभापति हेम राईले सबैमा २०६६ सालको दिपावलीको शुभकामना दिंदै भविष्यमा संस्था अगाडी बढाउन सबै जिल्लाबासीहरुमा सहयोगको आग्रह गर्दै कार्यक्रमको समापन गरिएको थियो।

दोस्रो अनौपचारिक कार्यक्रममा भैलेनीको नांचगानबाट आमा दिदीबहिनीहरुबाट शुरु गरिएको थियो। करिब २ बजेसम्म संचालित उक्त कार्यक्रममा हाक्पारे र दोहरीको तालमा सबै जिल्लावासीहरुले कम्मर मर्काएको देख्न पाइन्थ्यो। सो क्रमलाई दक्षिण स्वरुप बिटीसी ग्रुप एवं संखुवासभा समाजका भूपू कोषाध्यक्ष वषन्त राईको समूहबाट हङकङ डलर ५,००० प्रदान गरिएको थियो भने करीव २५० जनाको संख्यामा उपस्थित जिल्लावासीहरुको तर्फबाट समेत गरि हङकङ डलर १९,७८४ दक्षिणा संकलन भएको थियो। यसरी संकलित रकम जिल्लावासीहरुलाई आपत विपत र समस्या पर्दा सहयोग गर्ने काममा प्रयोग गरिने र गर्दै रहेको कुरा सल्लाहकार सलबहादुर कोरङ्गीले बताउनु भयो।

स्मरणीय रहोस् गत जुलाईमा जिल्लास्थित ताम्कु सिक्दिम ९ मा गएको बाढी पहिरोबाट पीडितहरुको उद्धार कार्यको निम्ति संखुवासभा समाज हङकङले ने.रु. २ लाख ५० हजार प्रदान गरिसकेको छ। उक्त सहयोग गर्ने सवालमा अहम भूमिका खेल्नु हुने ताम्कु निवासी राजकुमार राई र धनबहादुर राईलगायत सबैलाई धन्यवाद दिईएको थियो।

Recent Videos:

Popularity: 3%

4 comments October 17th, 2009

हङकङमा देवकोटा जयन्ती २००९ सम्पन्न

देवराज राई, हङकङ /एचकेनेपाल डट कम-
भाषा जातिको प्राण हो, भाषा समाज निर्माणको आधार हो भन्दै यसपालि पनि हङकङमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती लक्ष्मी पूजाका दिन अर्थात १७ अक्टोर साँझमा तुनकुन प्राथमिक विद्यालयको हलमा भव्यताका साथ सम्पन्न भयो।


तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम

गएको वर्षहरूरुमा जस्तै विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विधार्थी, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, साहित्यकार, पत्रकारको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा भाषा, साहित्य र संस्कृतिको आधारमा समाज उठान, नेपाली भाषा तथा साहित्य विकासमा महाकवि देवकोटाको देनबारे चर्चा परिचर्चा गरिनुका साथै विधार्थीहरूले देवकोटामा समर्पित कथा, कविता, लेख, गीत, निबन्धादि प्रस्तृत गरे।

देवकोटा जयन्ती कार्यक्रममा हङकङका नेपाली विद्यार्थीहरुको रचनासंगालो अनुभव अनुभूति साहित्यक पत्रिकाको विमोचन सगरमाथा किण्डरगार्टेनकी प्रिन्सिपल कमला खप्तावलीले गर्नुभयो। अनुभव अनुभूति पत्रिकामा हङकङमा जन्मिएका, यही हुर्किएर नेपाली भाषा अध्ययन गरिरहेका नेपाली नानीहरुको रचनाहरुलाई संग्रह गरिएको छ।

देवकोटाजयन्ती २००९ कार्यक्रममा देवकोटाद्वारा लिखित कुञ्जिनीको कथावस्तुमा बेथल हास्कुलका छात्रछात्राहरुले एक लघुनाटक नाटकको रुपमा प्रस्तुत गरेका थिए। देवकोटाका कृतिहरु वाचन तथा विभिन्न विद्यालयहरुले नेपाली संस्कृति झल्किने लोक तथा आधुनिक नृत्यहरु प्रस्तुत गरेका थिए।

हङकङ नेपाली साहित्य परिषद्को आयोजनामा हङकङ नेपलीज फाउण्डेशन्ले संयोजन गरेको कार्यक्रममा परिषद्का अध्यक्ष एकराज राईले सम्बोधन गरेपछि शुभारम्भ भएको कार्यक्रम २ घण्टासम्म सञ्चालन भएको थियो। नेपाली भेषभूषामा सजिएका नेपालीहरु खचाखच भरिएको हलमा विद्यार्थीहरूले आफ्ना कला प्रस्तुत गरेका थिए।

कार्यक्रममा विभिन्न सरकारी विद्यालयहरु पीएच केन्द्रीय प्राथमिक विद्यालय, पिके कलेज, टीके प्राथमिक विद्यालय, आइकेटी कलेज, बेथल हाई स्कुल, सर कादुरी माध्यमिक विद्यालय,डेलिया स्कुल, सगरमाथा किन्डरगार्टेनका छात्र, छात्राहरुले देवकोटाजयन्ती २००९ मा सहभागिता जनाएका थिए।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्…

साँझ ६ बजेदेखि ८ बजे साँझसम्म सञ्चालन भएको कार्यक्रमलाई छात्रा सृजना गुरुङले संचालन गरेकी थिइन्। देवकोटा जयन्ती २००९ कार्यक्रममा एचकेनेपाल डटकमले अफिसीयल मिडीयाको भूमिका निर्वाह गरेका थियो। देवकोटा जयन्तीको कार्यक्रमलाई अन्त्यौली अमोद राईले गर्नुभएको थियो।

————————————————————-

देवकोटा जयन्ती २००९
हङकङका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई देवकोटा जयन्ती समारोहमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

आयोजकः हङकङ नेपाली साहित्य परिषद
संयोजकः हङकङ नेपालीज फाउन्डेशन
अफिसियल मिडीया पार्टनरः एचकेनेपाल डट कम

मितिः १७ अक्टोबर २००९
समयः साँझ ६ बजे
स्थानः टिके प्राथमिक विद्यालय, लङपिङ, युन लोङ

थप जानकारीको लागि तलको भिडीयोको प्लेयरमा क्लिक गर्नुहोस्…

Popularity: 3%

1 comment October 17th, 2009


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2009
M T W T F S S
« Sep   Nov »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category