Archive for October 22nd, 2009

हङकङमा विद्यार्थीहरुले देउसी भैलो खेले

देवराज राई, हङकङ / एचकेनेपाल डट कम-
तिहारको अवसरमा यसपालि हङकङका विद्यार्थीहरुले देउसी भैलो खेलेर नेपाली संस्कृतिलाई नजिकबाट अनुभूत गर्ने मौका पाए।

तिहारको अवसरमा विभिन्न संघसंस्थाहरुले देउसी भैलो कार्यक्रमको आयोजना गरेका थिए। सोही क्रममा तिन सु वाईस्थित पीके कलेजका शिक्षक तथा विद्यार्थीहरुलेसमेत एक विशेष देउसी भैलो कार्यक्रमको आयोजना गरे।

युनलङ तथा कामतिन क्षेत्रमा खेलिएको देउसीमा सहभागी अधिकांश विद्यार्थीहरुले नेपाली भेषभूषा सजिएका थिए। विद्यार्थीहरुमा नेपाली संस्कृतिलाई नजिकबाट अनुभूत गराउन आफूहरुले देउसी खेलेको शिक्षक विमल गुरुङले बताए।

विद्यार्थीहरुको समूहले नेपालीहरुको अधिक जनघनत्व भएको क्षेत्रहरुमा देउसी खेलेका थिए।


Recent Videos:

Popularity: 3%

Add comment October 22nd, 2009


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2009
M T W T F S S
« Sep   Nov »
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Posts by Month

Posts by Category