Archive for November, 2009

हङकङ नेपाली तेक्वान्दो संघको वार्षिक सभा सम्पन्न (+Video)

महेश राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेपाली तेक्वान्दो संघले आइतवार जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आफ्नो आठौं वार्षिकसभा सम्पन्न गरेको छ।

प्रेसिडेण्ट ग्राण्ड मास्टर तुलसीकुमार गुरुङको सभापतित्वमा सचिव सुधिर गुरुङले संचालन गरेको कार्यक्रममा नयाँ कार्यकारी समितिको साथै व्ल्याक बेल्ट सदस्यको उप-समिति गठन गरिएको छ। कार्यक्रममा वार्षिक आयव्ययको प्रतिवेदनसहित विभिन्न उपलव्धिको वारेमा चर्चाका गर्नुको साथै आगामी कार्ययोजनाका वारेमा छलफल गरिएको थियो।
Video:

गत सालमा भएको पदक उपलब्धिमा १७ स्वर्ण, ९ रजत र २४ कास्य पदक गरी जम्मा ५० पदक संघका खेलाडीले प्राप्त गरेका थिए। आगामी योजनामा मार्च १४ मा हुने गरी वार्षिक उत्सवको अवसरमा तेक्वान्दो प्रतियोगिताको गृहकार्य र सोही अवसरमा संघको टिर्सट र चौथो वार्षिक पत्रिका प्रकाशनसहित आगामी कार्यनीतिको तर्जुमा समेत गरिएको छ।

तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।

हङकङबाट बाहिरिदै गरेका भूपू कार्यक्रम सचिव रुद्रलाल गुरुङलाई उनको अमूल्य र उच्च योगदानको मुल्याङ्कन गर्दै आजीवन मानार्थ सदस्य दिने निर्णयसमेत गरिएको छ। कार्यसमितिको कार्य अवधि २ वर्षको रहने गरी व्ल्याक बेल्ट सदस्यसहितको नयाँ उप समितिको पहिलो समिति गठन गरेको छ। नयाँ कार्यनीति अर्न्तगत स्तरीयतालाई बढवा दिनको लागि व्ल्याक बेल्टको डान बढुवा गर्नको लागि तेक्वान्दो प्रशिक्षक र रेफ्री तालिमलाई अनिवार्य गराएको छ।

नयाँ कार्यकारी समितिमा एक्टिङ चिफ इन्स्ट्रक्टर महेश राई, सचिव सुधिर गुरूङ, कम्पिटिशन सक्रेटरी राजु गुरूङ, कोषाध्यक्ष, यामकुमार गुरूङ, हेल्थ एण्ड सेफ्टी सेक्रेटरी भिमसिंह गुरूङ रहेका छन्। त्यसैगरी, पहिलो व्ल्याक बेल्ट उप-समितिमा सहसचिव वालकृष्ण गुरूङ, डेमोनस्ट्रेशन कोअर्डीनेटर देउकाजि गुरूङ, मेडिया कोर्डीनेटर कविराज गुरूङ, ट्रेनिङ एण्ड डिभलोपमेन्ट कोर्डीनेटर राजु गुरूङ, इन्टरटियन्टमेन्ट कोअर्डीनेटर थण्डाराज थापा र इभेन्ट कोअर्डीनेटर सिमा मसितो रहेका छन्।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक Click here to view more photos गर्नुहोस्…

Popularity: 3%

Add comment November 29th, 2009

विश्व साइकलयात्री मानन्धर हङकङमा

एस हङकङ/ एचकेनेपाल डट कम-
विश्व साइकलयात्री रामचन्द्र मानन्धर शुक्रवार हङकङ आइपुगेका छन्। उनी हङकङका सडकका किनारा, नेपाली तथा विदेशी समुदायबीच नेपालको राष्ट्रिय झण्डासहितको साइकलमा देखिने गरेका छन्।



हेटौडा निवासी मानन्धरले आफू विश्व मानवहीतका लागि विश्व शान्ति, निःशूल्क शिक्षा, स्वास्थ्य र अर्गानिक प्रोडक्सन गरौं भन्ने नारासहित विश्व भ्रमणमा निस्केको बताउंछन्। मानन्धर २०० राष्ट्रको भ्रमण गर्ने लक्ष्य लिएर विश्व भ्रमणको यात्रामा निस्केका हुन्। विश्व साइकलयात्री मानन्धरले हरेक राष्ट्रका सरकारले आफ्ना नागरिकप्रति मानवीय अधिकार प्रदान गर्नेछ भन्ने आशा लिएर विश्व भ्रमणमा निस्केको बताउंछन्।

विश्व साइकलयात्री मानन्धरले वि.सं. २०६३ साल माघ ८ गतेदेखि आफ्नै जन्मभूमि नेपालको १४ अञ्चल र जुम्लासम्म पुगेर विश्व भ्रमणको थालानी गरेको बताउंछन्।

एचकेनेपाल डट कमका सम्वाददाता तथा फोटो पत्रकार जगतअम्बु गुरूङसंगको भेटमा मानन्धरले भारत, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार, लाओस, कम्पोडिया, भियतनाम हुंदै हङकङ आइपुगेका बताए। उनले हङकङबाट मकाउ हुदै चीन र मंगोलिया पुग्ने बताए।

नेपालीहरू जहाँ रहे पनि, भाग्यले जहाँ पुर्र्याए पनि नेपाली हौं, उनले भने। यहाँका सम्पूर्ण नेपालीहरूबाट आर्थिक, भौतिक र नैतिक सहयोगका अपेक्षा राखेका मानन्धरले नेपालबारे थाहा नभएका विदेशीहरूलाई नेपालको नक्शा पल्टाएर चिनाएको बताए। उनले नेपाललाई बुद्धको देश, लाइट अफ एशियाको देश र सगरमाथाको देश भनेर चिनाउंदै हिडेको बताए।


तस्वीरः जगतअम्बु गुरूङ, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

Popularity: 3%

1 comment November 29th, 2009

नेपाली समुदायबीच ‘दिक्षान्त समारोह’ (+Video)

ईन्द्र एलजी थापामगर, हङकङ / एचकेनेपाल डट कम-
अल्पसंख्यक जातिहरुका लागि माईक्रोसफ्ट् अनलिमिटेड पोटेन्सियल र ई. आर. बी. द्वारा संचालित तालिमको ‘दिक्षान्त समारोह’ आइतवार चेङ सा वानस्थित काउलुन टेक्नीकल स्कुलमा सम्पन्न भयो।

करिब १५० जनाले माईक्रोसफ्ट अफिस, कम्प्युटर हार्डवयर तथा स्तरीय सुरक्षा तथा सम्पत्ति व्यवस्थापन आदि विषयमा तालिम प्राप्त गरेका थिए।
Video:

दिक्षान्त समारोह’ मा एच.के.सि.टि.यू.का महासचिव तथा ल मेकर माननिय ली चुक यान, विशेष अतिथिहरुमा माईक्रोसफ्ट हङकङका कर्पोरेट एफियर्स डाईरेक्टर मिस सेलिया टाँङ, ई. आर. बी., तालिम सेवका उप कार्यकारी डाईरेक्टरु डा. मा चि, हङकङ काउन्सिल अफ सोसियल सर्भिस, ईन्फर्मेसन टेक्नोलोजि रिसोर्सेस् सेन्टरका चिफ डेभलप्मेन्ट अफिसर टोनी ली, एच.के.सि.टि.यू.का कार्यकारी डाईरेक्टर टाँङ यीन ली मारिलिन र नेपाली निर्माण कामदार यूनियनका अध्यक्ष तुलाजंग गुरुङ थिए।

तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम।
यसै गरी, अन्य अतिथिहरुमा हङकङ काउन्सिल अफ सोसियल सर्भिस, ईन्फर्मेसन टेक्नोलोजि रिसोर्सेस सेन्टरका प्रोर्जेक्ट् म्यानेजर पिटर क्वाक्, हङकङ यूनिसनका कार्यकारी डाईरेक्टर मिस फर्मिङ वोङ, प्रोर्जेक्ट अफिसर डीन वाई बुन आलन, कार्यकारी अधिकृत नाबेला थिए भने नेपाली संघ/संस्थाहरुबाट फियोनाका अध्यक्ष बसन्त राई, म्यादी प्रवासी नेपाली संघ (मोना) हङकङका अध्यक्ष दल सेर्बुजा, मगर संघ हङकङका अध्यक्ष एम. बी. थापा, तनहू समाजका अध्यक्ष यामबहादुर थापा, तमु प्ये ल्हो संघका अध्यक्ष सोमबहादुर गुरुङ, नेपाली घरेलु कामदार यूनियनका अध्यक्ष मायाँ राई, तामाङ घेदुङ समाजका अध्यक्ष भीमबहादुर तामाङ र हिन्सका अध्यक्ष बुद्वि बहादुर थापालगायत थिए।

नेपाली गीतबाट शुरु भएको उक्त ‘दिक्षान्त समारोह’ कार्यक्रममा माननिय ली च्यु यानले स्वागत मन्तव्य दिएका थिए। त्यस पछि शुभकामनाका मन्तव्यहरु मिस सेलिया टाँङ, टोनी ली, तुलाजंग गुरुङ र बसन्त राईले दिएका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

‘दिक्षान्त समारोह’मा ल मेकर तथा एच.के.सि.टि.यू.का महासचिव ली च्युक यान ई. आर. बी., तालिम सेवाका उप कार्यकारी डाईरेक्टर डा. मा चि र माईक्रोसफ्ट् हङकङका कर्पोरेट एफियर्स डाईरेक्टर मिस सेलिया टाँङले तालिम प्राप्त सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरेका थिए भने प्रशिक्षकहरु हेनरी याङ, प्याट्रिक हो, कार्मन हुई, सुन् नाम पान र पुरन कुमार सार्कीलाई एच.के.सि.टि.यू.का कार्यकारी डाईरेक्टर मारिलिनले सोभिनार प्रदान गरेका थिए।

कार्यक्रम क्वोक, गंगा खतिवडा र शोभा लामाले संचालन गरेका थिए भने कलाकारहरु लक्ष्मी गुरुङ ‘ए’, लक्ष्मी गुरुङ ‘बी’, लक्ष्मी पुन, कविता थापा, भीमा थापा, सरस्वती थापा, किरन गुरुङ, श्री प्रसाद गुरुङ, स्याम लामा, मिरा थापा, माँया थापा र गंगा गुरुङले नेपाली संस्कृति झल्किने कौरा, लिम्बू, तामाङ सेलो र भोजपुरी नृत्यहरु प्रस्तुत् गरेका थिए।

‘दिक्षान्त समारोह’का प्रमुख आयोजक एचकेसिटियू र सह आयोजक नेपाली निर्माण कामदार यूनियन रहेका थिए।

Popularity: 2%

Add comment November 29th, 2009

सभामुख सिङको दोश्रो विवाह

एस हङकङ/ एचकेनेपाल डट कम-
हङकङ विधानसभाका सभामुख चाङ योक सिङ दोश्रो पटक विवाह बन्धनमा बाँधिएका छन्।

सभामुख सिङ पहिलो पत्नीसंग झण्डै ३ वर्षअधि सम्बन्ध विच्छेद भएपछि उम का मानसंग दोश्रो पटक विवाह बन्धनमा बाँधिएका हुन्। पहिलो पत्नीबाट सिङका एक छोरी छन्।

वान चाईस्थित हङकङ कन्भेन्सन तथा एक्जिभिशन सेन्टरमा शनिवार अपरान्ह भएको विवाह समारोहमा हङकङ कार्यकारी प्रमुख डोनाल्ड चाङसहित उच्च अधिकारीहरू उपस्थित थिए। त्यसैगरी, नेपालीको तर्फबाट हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू उपस्थित थिए।


Popularity: 4%

Add comment November 21st, 2009

मकाउका नेपाली खेलाडीहरुलाई टोरन्टोमा सम्मान र सफलता

एस हङकङ/ एचकेनेपाल डट कम-
क्यानाडाको टोरन्टो शहरमा नोवेम्बर १४-१५ सम्म सञ्चालन भएको “२००९ टोरन्टो इन्टरनेशनल ओपेन तेक्वान्दो च्याम्पियनशिप”मा सहभागी भएका नेप्लिज तेक्वान्दो क्लब मकाउका मुख्य प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री धिरेन्द्रकुमार शाहीलाई क्यानाडा तेक्वान्दो महासंघ अन्तर्गत रहेको ओन्टारियो तेक्वान्दो संघले प्रथम श्रेणीको मानार्थ निर्णायकको प्रमाण पत्र प्रदान गरी सम्मान गरेको छ।

शाहीले उक्त प्रतियोगितामा अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्रीको भूमिका निर्बाह गर्नु भएको थियो। त्यसै गरी, उक्त प्रतियोगितामा नेप्लिज तेक्वान्दो क्लबका खेलाडी बाबुलाल गुरुङले पुम्से र स्प्यारिङ्ग बिधामा प्रतिस्पर्धा गर्दै पुम्सेतर्फ स्वर्ण पदक र स्प्यारिङतर्फ रजत पदक प्राप्त गर्न सफल हुनु भएको छ।

शाही र गुरुङलाई प्रतियोगिता आयोजक तेक्वान्दो ग्रान्ड मास्टर योङ सु चोङले प्रमाण पत्र तथा पदक प्रदान गर्नु भएको थियो। प्रतियोगितामा बिभिन्न देशका गरी ७ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो।

Popularity: 4%

8 comments November 17th, 2009

शम्भु तामाङ भए ‘मिस्टर हङकङ नेपाल २००९’

शम्भु तामाङ भए ‘मिस्टर हङकङ नेपाल २००९’
एस, हङकङ /एचकेनेपाल डट कम, नोभेम्बर १५-
हङकङ नेपाल बडी विल्डिङ एसोसिशयनको आयोजनामा आइतवार साँझ याउ मा तेइस्थित हेनरी जिलिउङ कम्युनिटी हलमा सम्पन्न ‘मिस्टर हङकङ नेपाल २००९’ शारिरीक सुगठन प्रतियोगितामा शम्भु तामाङले शीर्ष उपाधि जितेका छन्।

‘मिस्टर हङकङ नेपाल २००९’ शारिरीक सुगठन प्रतियोगिताको भिडीयो झलकः


मिस्टर हङकङ नेपाल २००९ विजेता शम्भु तामाङ। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।

प्रतियोगितामा लोकेन्द्र परियार फस्ट रनरअप र दिलीप पोमो सेकेन्ड रनर अप भए। फस्ट रनरअप लोकेन्द्र परियारले बेस्ट पोजिङको उपाधिसमेत जिते। ‘मिस्टर हङकङ नेपाल २००९’ को शीर्ष उपाधि विजेता शम्भु तामाङ मिस्टर हङकङ नेपाल २००६ र गत वर्षका फस्ट रनरअप हुन्। गत वर्षका अर्थात मिस्टर हङकङ नेपाल २००८ लोकेन्द्र परियारले यस वर्ष फस्ट रनरअपमा चित्त बुझाउनु पर्र्यो। त्यसैगरी, यस वर्षका सेकेन्ड रनरअपको उपाधि विजेता दिलीप पोमो मिस्टर हङकङ नेपाल २००१ र गत वर्षका सेकेन्ड रनरअप हुन्।

वायाँबाट क्रमशः सेकेन्ड रनरअप दिलीप पोमो, विजेता शम्भु तामाङ र फस्ट रनरअप लोकेन्द्र परियार

प्रतियोगिताका शीर्ष उपाधि विजेता शम्भु तामाङले १ लाख रूपैयाँको नगद राशिसहित ट्रफी, प्रमाणपत्र तथा प्रायोजकबाट उपहार, फस्ट रनरअप लोकेन्द्र परियारले ७५ हजार रूपैयाँ र बेस्ट पोजिङको उपाधि २० हजार रूपैया गरी जम्मा ९५ हजार रूपैयाँ नगद राशिसहित ट्रफ्री, प्रमाणपत्र तथा प्रायोजकबाट उपहार र सेकेन्ड रनरअप उपाधि विजेता दिलीप पोमोले ५० हजार रूपैया नगद राशिसहित ट्रफी, प्रमाणपत्र तथा प्रायोजकबाट उपहार प्राप्त गरे।

सुरूका दिनमा अभ्यास तथा प्रशिक्षणमा जुटेका १३ जना प्रतिस्पर्धीहरूमध्ये ४ जनामा स्वास्थ्य समस्या देखिपछि उनीहरू प्रतियोगितामा सहभागी हुन सकेनन् भने एक जना प्रतियोगिताकै दिनमा स्वास्थ्यमा समस्या देखिएपछि प्रतियोगितामा सहभागी भएनन्। तीभध्ये दुई जनालाई अस्पतालमा भर्ना गरिएको आयोजक संस्थाका अध्यक्ष मेख गुरूङले जानकारी दिएका थिए। तीन पटकसम्म मिस्टर नेपाल तथा धर्मश्री उपाधि विजेता सानु गुरूङले प्रतियोगीहरूलाई प्रशिक्षण दिएका थिए।

निर्णायकहरू

हङकङ चाइना बडी बिल्डिङ एण्ड फिटनेस एशोसियशनका तीन सदस्यीय चिनीयाँ निर्णायकहरू लाउ क्वोक, वु वान लाउ र चिन का लियुङले प्रिजजिङ, सिङ्गल म्युजिक पोज, सेभेन पोज तथा पोज डाउनलगायत विभिन्न चरणको मूल्याङ्कनको आधारमा विजेताहरूको छनौट गरेका थिए।

संस्थाका अध्यक्ष मेख गुरूङको अध्यक्षता तथा सचिव लोकराज लिम्बूको सञ्चालनमा भएको सुरूको औपचारिक कार्यक्रममा कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साल र एनआर हङकङका अध्यक्ष यमकुमार (त्रिलोक) गुरूङ, मिस्टर नेपाल सानु गुरूङलगायतले कार्यक्रम सलफताको लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साल, आयोजक संस्थाका अध्यक्ष मेख गुरूङ, सचिव लोकराज लिम्बू, मिस्टर नेपाल सानु गुरूङ र पूर्णकुमार तामाङले सबै प्रतियोगीहरूलाई सहभागी पदक तथा विजेताहरू शम्भु तामाङ, लोकेन्द्र परियार, दिलीप पोमोलाई पुरस्कार, ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए। अध्यक्ष गुरूङले ‘मिस्टर हङकङ नेपाल २००९’ शारिरीक सुगठन प्रतियोगिताका अफिसियल मिडीया पार्टनर एचकेनेपाल डट कमका प्रधानसम्पादक तथा निर्देशक पशन तमू, प्रायोजक धन थापालगायतका प्रायोजकहरूलाई प्रतियोगिता सफल पार्न खेलेको भूमिकाको प्रशंसा गर्दै प्रशंसापत्र प्रदान गरेका थिए।

देवराज राई, सुस्मिता गुरूङ र अञ्जु घिसिङद्वारा सञ्चालित कार्यक्रममा बसन्ती पुन, विशाल गुरूङ र अन्तिम राईले गीत तथा प्रिया गुरूङ र मूनस्टार मोर्डन डान्स एकाडेमी नेपालका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए।

थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्..

————————————————————

मिस्टर हङकङ नेपाल प्रतियोगितामा सहभागी हुने खेलाडीहरू
मिस्टर हङकङ नेपाल २००९ प्रतियोगितामा १३ जनाले प्रतिस्पस्पर्धा गर्दैछन्। प्रतियोगितामा सहभागी हुने खेलाडीहरू निम्न छन्:
१) लोकेन्द्र परियार- मिस्टर हङकङ नेपाल २००८
२) विश्व थापा
३) राजिब थापा
४) अमृत गुरूङ
५) शम्भु तामाङ- मिस्टर हङकङ नेपाल २००६ तथा २००८ का फस्ट रनर अप
६) कृष्ण आले
७) सबिन सुब्बा
८) जयप्रसाद राई
९) दिलीप पोमो- मिस्टर हङकङ नेपाल २००१ तथा २००८ का सेकेण्ड रनर अप
१०) कृष्ण घले
११) सुरज गुरुङ
१२) जितहांग लिम्बू
१३)बिनोद बिक
————————————————————

भिडीयो न्युज अपडेटः
एस, हङकङ /एचकेनेपाल डट कम, अक्टोबर ३१-

————————————————————
‘मिस्टर हङकङ नेपाल २००९’ को अन्तिम तयारी
एस, हङकङ /एचकेनेपाल डट कम, अक्टोबर २१-
‘मिस्टर हङकङ नेपाल २००९’ शारिरीक सुगठन प्रतियोगिताको अन्तिम तयार भैरहेको छ। प्रतियोगितामा सहभागिता जनाउन १३ जनाले आवेदन दिएका छन्।

गत सालका विजेता लोकेन्द्र परियार (मिस्टर हङकङ नेपाल २००८) ले यस पटकको प्रतियोगितामा पनि सहभागिता जनाउने भएका छन्। प्रतिस्पर्धीहरुलाई थप प्रशिक्षण दिन मिस्टर नेपाल सानु गुरुङ अर्को हप्ता नेपालबाट हङकङ आउंदै छन्। गत बर्षको झैं यस पटक पनि खुला प्रतियोगिता गराईनेछ। प्रतियोगीहरुको तयारीलाई हेर्दा बिगतका बर्षभन्दा यस पटकको प्रतियोगिता अझ प्रतिस्पर्धात्मक हुनेछ।

प्रतियोगिता सफल पार्न हङकङका स्थानीय ब्यापारीहरूले कार्यक्रमको प्रायोजन गरेका छन्। साथै कार्यक्रमलाई थप मनोरञ्जन दिन नेपालका चर्चित गायक डम्बर नेपाली र स्थानीय कलाकारहरुले गीत, संगीत र नृत्य प्रस्तुत गर्नेछन्। कार्यक्रममा नृत्यतर्फ ट्यालेन्ट हण्ट समूहका साथै स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछन्।

कार्यक्रमको उद्घोषण देवराज राई, मिस ट्यालेन्ट हण्ट २००९ अञ्जु घिसिङ र मिस ट्यालेन्ट हण्ट २००७ सुस्मिता गुरुङले गर्नेछन्। कार्यक्रमको अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कम रहेको छ।

————————————————————

मिस्टर हङकङ नेपालको अन्तिम म्याद १८ अक्टोबर
एस, हङकङ /एचकेनेपाल डट कम, अक्टोबर ९-
मिस्टर हङकङ नेपाल प्रतियगितामा सहभागीता जनाउन चाहने इच्छुक प्रतियोगीहरूले अक्टोबर १८ तारिख अगावै नाम दर्ता गराई सक्नुपर्ने आयोजक संस्था हङकङ नेपाल बडी बिल्डिङ एसोसियशनले जनाएको छ।

एसोसियशनका अध्यक्ष मेख गुरूङले सहभागी नाम दर्ता गर्ने अन्तिम दिन अक्टोबर १८ तारिख तोकिएको हुनाले उक्त तारिखभित्र सहभागीहरूले आयोजक संस्थालाई सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरेका छन्।

सोधपुछको लागि सम्पर्क फोन नं.हरूः
# MEKH GURUNG - 9511 3420, 6075 4181
# LOKRAJ LIMBU - 9648 4116
# BUDDHA GRG - 6573 5711
# MADHU KAMAL RAI - 9132 635

————————————————————
पत्रकार सम्मेलन
एस, हङकङ /एचकेनेपाल डट कम, सेप्टेम्बर १३-
हङकङ नेपाल बडी बिल्डिङ एसोसियशनले आइतवार साँझ जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा पत्रकार सम्मेलन गरी स्थानीय मिडीयालाई ‘मिस्टर नेपाल हङकङ शारिरीक सुगठन प्रतियोगिता- २००९’ नोभेम्बर १५ तारिख आयोजना हुने जानकारी दिएको छ।


तस्वीरः गजबहादुर गुरुङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

पत्रकार सम्मलेनमा बोल्दै एशोसियसनका अध्यक्ष मेख गुरूङले युवाहरूबीच प्रतिस्पर्धा गराई नयाँ खेलाडी जन्माउनुका साथै शारिरीक सुगठनप्रति युवाहरूलाई आकर्षित गराउन प्रतियोगिता आयोजना गरिएको बताए। शारिरीक सुगठनप्रति लाग्ने युवाहरू निश्चय नै कुलतमा लाग्दैनन् उनले भने। सातौं पटक आयोजना गरिन लागेको यस प्रतियोगिताका विजेताहरूलाई निकै ठूलो धनराशिको पुरस्कार रहेको उनले बताए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार हङकङ डलरसहित ट्रफी प्राप्त गर्नेछन्। त्यसैगरी, बेष्ट पोजिङ विजेताले २ हजार हङकङ डलरसहित ट्रफी पाउने उनले बताए।

एसोसियशनका सचिव लोकराज लिम्बूले सञ्चालन गरेको पत्रकार सम्मेलनमा हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, वायु सेवा निगमका क्षेत्रीय निर्देशक किरण पन्तलगायतले कार्यक्रम सफलताको लागि शुभकामना व्यक्त गरेका थिए। पत्रकार सम्मेलनमा पूर्व विजेताहरू दिलीप पोमु, शम्भु तामाङ र लोकेन्द्र परिवारसमेत उपस्थित थिए।

————————————————————

नोभेम्बर १५ तारिख ‘मिस्टर हङकङ नेपाल’ प्रतियोगिता हुने
एस, हङकङ /एचकेनेपाल डट कम, अगष्ट ३१-
हङकङ नेपाल बडी बिल्डिङ एसोसियशनले नोभेम्बर १५ तारिख ‘मिस्टर नेपाल हङकङ शारिरीक सुगठन प्रतियोगिता- २००९’ आयोजना गरिने भएको छ।

एसोसियशनका अध्यक्ष मेख गुरूङले एचकेनेपाल डट कमलाई फोनमा जानकारी गराउंदै प्रतियोगिताको तयारी भैरहेको बताए। करीव १५ जना प्रतिस्पर्धीहरू सहभागी रहने उक्त प्रतियोगिता याउ मा तेईस्थित हेन्री जि लियोङ कम्युनिटी हलमा नोभेम्बर १५ तारिख आइतवार साँझ हुने अध्यक्ष गुरूङले बताए।

प्रतियोगितालाई संगीतमय बनाउन नेपालका चर्चित पप गायक डम्बर नेपाली हङकङ आउने अध्यक्ष गुरूङले बताए। त्यसैगरी, नेपालबाट मिस्टर नेपाल सानु गुरूङ अतिथिका रूपमा हङकङ आउने संस्थाका सचिव लोकराज लिम्बूले एचकेनेपाल डट कमलाई बताए। गुरूङले उक्त प्रतियोगितामा सहभागी हुने प्रतियोगीहरूलाई प्रशिक्षण दिने लिम्बूले बताए।

अध्यक्ष गुरूङका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १० हजार, ७ हजार ५ सय र ५ हजार हङकङ डलरसहित ट्रफी प्राप्त गर्नेछन्। त्यसैगरी, बेष्ट पोजिङ विजेताले २ हजार हङकङ डलरसहित ट्रफी पाउने अध्यक्ष गुरूङले बताए।

नेपाली समुदायबीच लोकप्रिय र चर्चाको विषय बन्दै गएको ‘मिस्टर हङकङ नेपाल शारिरीक सुगठन प्रतियोगिता’को अफिसियल मिडीया पार्टनर एचकेनेपाल डट कम रहेको छ। एचकेनेपाल डट कमले प्रतियोगिताबारे थप जानकारी, समाचार, फोटो तथा भिडीयोहरू क्रमशः अपडेट गरिने छ।

कार्यक्रमबारे सोधपुछको लागि सम्पर्क फोन नं.हरूः
# MEKH GURUNG - 6075 4181
# LOKRAJ LIMBU - 9648 4116
# BUDDHA GRG - 6573 5711
# MADHU KAMAL RAI - 9132 635


तस्वीरमा वायाँबाट क्रमशः गत साल २००८ का फस्ट रनरअप शम्भु तामाङ, विजेता लोकेन्द्र परियार र सेकेण्ड रनरअप दिलीप पोमु। तस्विरः जगत अम्बु गुरुङ / एचकेनेपाल डट कम।

Popularity: 11%

51 comments November 15th, 2009

माग सम्बोधन नभए आन्दोलन: चेम्जोङ

पङ्कज राई, काठमाडौं/एचकेनेपाल डट कम -
नेपाली आदिवासी जनजाति महासंघ हङकङले आदिवासी जनजाति समुदायबाट हङकङका लागि महावाणिज्यदूत नियुक्त गरिनुपर्ने आफ्नो माग फेरि दोहोर्‍याएको छ।


आज कार्तिक २८ गते काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले सरकारले निर्णय नसच्चाए आफूहरु आन्दोलनमा उत्रन बाध्य हुने बताए । महासंघका अध्यक्ष चेम्जोङले आन्दोलनको रुप आवश्यकताअनुसार कालो झण्डा देखाउने, धर्ना दिने, अवरोध र असहयोग गर्नेदेखि सामाजिक वहिष्कारसम्मको हुनसक्ने चेतावनी दिएका छन् । आफ्नो मागप्रति समर्थन जुटाउँदै सरकारको ध्यानाकृष्ट गर्न गतहप्ता राजधानी आएका महासंघ अध्यक्ष चेम्जोङले विदेशिएका नेपालीले नेपाललाई माया गरे पनि सरकारले भने उनीहरूको मागलाई वेवास्ता गरेको गुनासो गरे।

महासंघको आन्दोलनप्रति एकिबद्धता जनाउन आदीवासी जनजाति महासंघ अध्यक्ष तथा सभासद् पासाङ शेर्पा, संस्थापक महासचिव एवं सभासद् सुरेश आलेमगर, महासंघ सल्लाहकार कृष्णबहादुर भट्टचन, महासंघका पूर्वमहासचिव उपप्राध्यपक बालकृण्ण माङबुहाङलगायतका आदिवासी जनजाति आन्दोलनका अगुवा वुद्धिजीवीहरु उपस्थित थिए।

कार्यक्रममा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष पासाङ शेर्पाले हङकङका जनजातिको माग जायज भएको भन्दै नेपाललका आदिवासी जनजातिहरुको पनि त्यसमा समर्थन रहेको बताए । उनले सरकारले भर्खरै हङकङका लागि नियुक्त गरेका महावाणिज्यदूत विनोद नेपाललाई समेत सरकारको बलमा जबरजस्ती नगर्न र जनजातिको भावनामा खेलवाड नगर्न आग्रह गरे।

विगत पाँच वर्षदेखि नै आदिवासी जनजाति मूलको महावाणिज्यदूत नियुक्त गरिनुपर्ने माग गर्दै आएको महासंघले पछिल्लोपटक निवर्तमान महावाणिज्यदूत केशबप्रसाद भट्टराईको पद रिक्त हुनेवित्तिकै आदिवासी जनजाति मूलबाट महावाणिज्यदूत नियुक्त गर्न माग गर्दै आएको थियो। तर, सरकारले उक्त मागको बेवास्ता गर्दै केही हप्ताअगाडि गैरआदिवासी जनजाति मूलकै विनोद उपाध्यय नेपाललाई महावाणिज्यदूतमा नियुक्त गरेको थियो। नवनियुक्त महावाणिज्यदूत प्रधानमन्त्री माधवकुमार नेपालका सहोदर भाइ समेत हुन्।

महासंघले नेपालको नियुक्तिलाई तत्काल बदर गरी आदिवासी मूलको महावाणिज्यदूत नियुक्त गर्न नेपाल सरकारसँग माग राख्दै आएको जानकारी पत्रकार सम्मेलनमा दिइयो। पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा जनाइएअनुसार हङकङमा रहेका नेपालीको जनसंख्याको ९८ प्रतिशत स्थान नेपाली आदिवासीको जनसंख्याले ओगट्छ।

महासंघले गैरआदिवासी जनजाति महावाणिज्यदूतहरू विओसी, भीषालगायतका आफ्ना मुद्दामा गम्भीर नहुने गरेको पाइएकोले आदिवासी मूलको महावाणिज्यदूत नियक्त गर्न माग गरेको हो।

हङकङमा महावाणिज्यदूतावासको स्थापना भएयता नियुक्त महावाणिज्यदूत, वाणिज्यदूतहरू गैरआदिवासीमूलकै रहँदै आएका छन्। हालसम्म पठाइएका महावाणिज्यदूतमा प्रद्युम्नविक्रम शाह, जैनन्द्र जीवन, माधव घिमिरे, केशवप्रसाद भट्टराई र नवनियुक्त विनोद उपाध्यय रहेका छन्। त्यसैगरी बाणिज्यदूतमा निरञ्जनमानसिंह बस्नेत, हेमलाल भट्टराई र हाल सुशील लम्साल कार्यरत छन्।

सरकारले अहिलेसम्म महावाणिज्यदूतदेखि परिचरसम्म सबै कर्मचारी गैरआदिवासी मूलकै पठाउँदै आएको छ। हङकङबाट प्रकाशित हुने ‘इयर बुक’ मा सबै नेपालीहरूको धर्मको महलमा हिन्दू लेख्ने गरेको, सरकारी खर्चमा दशैं, तीजजस्ता हिन्दू पर्वहरू महावाणिज्यदूतावासले मनाउने गरेको तर आदिवासी चार्डपर्वहरूलाई पूरै बेवास्ता गर्ने गरेको पनि उनले आरोप लगाए।

हङकङमा आदिवासी जनजाति संघसंगठनलगायत धेरै संघसंस्थाहरूको बाढी नै छ। तर, महावाणिज्यदूतावासले भने कसैलाई काखा कसैलाई पाखा गर्ने गरेको छ। अध्यक्ष चेम्जोङले भने, ‘महावाणिज्यदूतावासले हङकङ एकीकृत नेपाली समाज (हिन्स) लाई मात्र काखी च्याप्ने गरेको छ।’ हिन्स हङकङमा बाहुन क्षेत्रीको संस्था भनेर चिनिन्छ।

हङकङमा वसोवास गर्ने नेपालीहरूमध्ये गोर्खा-भूतपूर्व ब्रिटिस सैनिक, तिनका परिवार र नातेदारहरू जनसंख्या ९८ प्रतिशत छ। अध्यक्ष चेम्जोङका अनुसार ब्रिटिस गोर्खा भूतपूर्व र तिनका सन्तान आदिवासी जनजाति महावाणिज्यदूतकै पक्षमा रहेका छन्।

आन्दोलनकै दौरानमा नेपाल आइपुगेका अध्यक्ष चेम्जोङले नेपाल आदिवासी जनजाति महासंघ, आदिवासी जनजाति सभासद (ककस), आदिवासी अधिकारकर्मी, बुद्धिजीवी, पत्रकारलगायतसँग भावी आन्दोलनका बारेमा छलफल गरिने बताए। अध्यक्ष चेम्जोङका अनुसार चाँडै नै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम समेत गरिनेछ।

Popularity: 3%

2 comments November 14th, 2009

हङकङमा माओवादीको विरोध जुलुस

एस, हङकङ/एचकेनेपाल डट कम-
नेपालमा माओवादीले सिंहदरवार घेराउको तयारी गरिरहंदा एकीकृत नेकपा माओवादीको भातृ संगठनले विहीवार विहान हङकङमा पनि विरोध जुलुस निकाले।

विरोध जुलुस काउलुन पार्क, आस्टिन रोड हुंदै नेपाली महावाणिज्यदूतको कार्यालयको प्राङ्गनमा पुगेर टुङ्गिएको थियो। नेपालका राष्ट्रपतिको असंबैधानिक कदम विरूद्ध निकालिएको विरोध जुलुसमा प्लेकार्ड र ब्यानरसहित यहाँका माओवादी समर्थित नेपालीहरू सहभागी थिए।

विरोध जुलुसको भिडीयो झलकः

नागरिक सर्वोच्चताको माग गर्दै आन्दोलन गरिरहेको एकीकृत नेकपा माओवादीको आन्दोलनप्रति ऐक्यवद्धता जाहेर गर्दै नेपाली जनअधिकार सरोकार समाज हङकङले सो विरोध जुलुस आयोजना गरेको हो।

विरोध जुलुस सकिएपछि नेपाली जनअधिकार सरोकार समाज हङकङका कार्यवाहक अध्यक्ष कृष्णबहादुर लिंखाले कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साललाई ज्ञापन पत्र बुझाएका थिए। ज्ञापनपत्र बुझाउनु अघि सचिव पवन बस्नेतले ज्ञापन पत्र पढेर सुनाएका थिए।


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

Popularity: 5%

28 comments November 12th, 2009

हङकङका कावा महावाणिज्यदूत लम्साल उपसचिवमा बढुवा

एस, हङकङ/एचकेनेपाल डट कम-
हङकङका कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साल उपसचिवमा बढुवा हुनुभएको छ।


कार्यवाहक महावाणिज्यदूत सुशीलकुमार लम्साल आफ्नो कार्यकक्षमा। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।

कावा महावाणिज्यदूत लम्साल लोकसेवा आयोगको लिखित परीक्षाबाट उपसचिवमा चयन हुनु भएको हो। परराष्ट्र सेवाभित्रका ११ जना शाखा अधिकृतहरूले दिएको लिखित परीक्षामा लम्सालमात्र सो परीक्षाबाट उपसचिवमा चयन हुनुभएको हो। उहाँसहित विभिन्न देशहरूमा कार्यरत शाखा अधिकृतहरू लोक सेवा आयोगको परीक्षामा सहभागी थिए। उहाँ लोकसेवा आयोगको परीक्षामा सहभागी हुन नोभेम्बर १ तारिख नेपाल जानुभएको थियो।

कावा महावाणिज्यदूत लम्सालले ७ सेप्टेम्बर २००७ देखि हङकङकमा वाणिज्यदूतको रूपमा कार्यभार सम्हाल्दै आउनुभएको थियो भने महावाणिज्यदूत केशवप्रसाद भट्टराई सचिवमा बढुवा भै नेपाल फर्कनु भएपछि उहाँले हङकङका लागि कार्यवाहक महावाणिज्यदूतको रूपमा कार्यभार सम्हाल्दै आउनु भएको छ।

हङकङमा उपसचिवको दरबन्दी नभएको हुनाले उहाँ छिट्टै नेपाल फर्कनु हुनेछ। ‘नयाँ महावाणिज्यदूत हङकङ आउनु भएपछि मात्र नेपाल फर्कने तयारी गर्नेछु।’ -उहाँले एचकेनेपाल डट कमसंग फोनमा कुरा गर्दै भन्नु भयो। ‘नयाँ महावाणिज्यदूतसंग केही समय काम गरेपछि नेपाल फर्कने छु’ -कार्यवाहक महावाणिज्यदूत लम्सालले भन्नुभयो।

Popularity: 3%

8 comments November 12th, 2009

नवनियुक्त महावाणिज्यदूत नेपाललाई वहिष्कार गरिने

एस, हङकङ/एचकेनेपाल डट कम-
हङकङमा नेपाली आदिवासी जनजाति मूलका महावाणिज्यदूत पठाइयोस् भन्दै बारम्बार गरेको आग्रहलाई सरकारले नटेरेपछि रूष्ट बनेका यहाँका जनजातिहरूले नवनियुक्त महावाणिज्यदूत विनोदकुमार उपाध्याय (नेपाल)लाई वहिष्कार गर्ने भएका छन्।

प्रधानमन्त्री माधवकुमार नेपालको प्रस्तावमा मन्त्रिपरिषदको गत विहीबार बसेको बैठकले उनका माइला भाई विनोदकुमार उपाध्याय (नेपाल)लाई हङकङको लागि महावाणिज्यदूतमा नियुक्त गरिएको थियो।

नेपाली आदिवासी जनजाति महासंघ हङकङले ८९ प्रतिशत नेपाली आदिवासी जनजातिहरुको बसोबास रहेको हङकङमा नेपाली आदिवासी जनजाति मूलका व्यक्तिलाई महावाणिज्यदूत पठाइयोस् भन्दै माग गर्दै आईरहेको थियो। प्रशासनिक क्षेत्रका व्यक्तिलाई पठाइनु पर्नेमा प्राविधिक क्षेत्रको गैरआदिवासी जनजाति पठाइएकोमा आपत्ति जनाउंदै सो निर्णय तुरून्त फिर्ता गरी आदिवासी मूलका महावाणिज्यदूत पठाउन जनजाति महासंघ हङकङले सरकारसंग आग्रह गरेको छ। सो निर्णय फिर्ता नगरी नेपाललाई पठाइएमा कालो झण्डा देखाइने, सामाजिक असहयोग, धर्ना, विरोध र तालाबन्दीका साथै महावाणिज्यदूतलाई वहिष्कार गर्ने जनाएको छ।

नेपाली आदिवासी जनजाति महासंघ हङकङद्वारा जारी गरिएको प्रेस विज्ञप्ति
नेपाल सरकारको मन्त्रिपरिषदले विनोद नेपाललाई हालै हङकङको लागि महावाणिज्यदूत पदमा नियुक्ति गरेको कुरा पत्रपत्रिकामार्फत सार्वजनिक भएपछि हाम्रो ध्यान आकर्षण भएकोछ। ८९ प्रतिशत नेपाली आदिवासी जनजातिहरुको वसोवास रहेको हङकङमा नेपाली आदिवासी जनजाति महासंघ हङकङले नेपाली आदिवासी जनजाति मूलका व्यक्तिलाई महावाणिज्यदूत पठाइयोस् भन्ने माग अगाडि वढाएको ४ वर्षभन्दा वढी भइसकेको छ।

अन्तरिम संविधान २०६३ले नेपालका सवै पिछडिएका जातजातिहरुलाई राज्यको सवै अंगमा समुपातिकरुपमा समावेश गरिनुपर्ने वाध्यता सृजना गरेकोछ। संविधानको यही मर्मलाई आत्मासात गर्न अनुरोध गर्दै नेपाली आदिवासी जनजाति महासंघ हङकङले नेपालवाट हङकङ भ्रमणमा आउने वर्तमान प्रधानमन्त्रीलगायत धेरै पार्टीका नेता तथा उच्च पदस्त व्यक्तिहरुलाई हङकङमा नेपाली आदिवासी मूलका महावाणिज्यदूत नियुक्ति गर्नलाई ज्ञापनपत्र वुझाई सकेको छ। यति हुँदा हुँदै पनि यहाँका नेपाली आदिवासीहरुको भावना र विचारलाई वेवास्ता गर्दै दोश्रो पटक पनि प्रधानमन्त्रीकै दवावमा सरकारले हङकङको लागि महावाणिज्यदूतमा प्रधानमन्त्रीकै सहोदर भाइलाई नियुक्ति गरेर समावेशी, समानुपातिक तथा लोकतान्त्रिक प्रणालीको खिल्ली उडाएको मात्र नभई जातीय र नातावादको चरम नमूना प्रस्तुत गरेकोछ। कथित लोकतान्त्रिक गणतन्त्र नेपालमा व्रम्हाणवादी शासकहरुले आफ्नो जातीय अहंलाई निरन्तरता दिदै एकपल्ट फेरि सम्पूर्ण नेपाली आदिवासी जनजातिहरुको घोर अपमान गरेकोछ। अझ भन्ने हो भने महावाणिज्यदूत पदमा प्रशासनिक क्षेत्रका व्यक्तिहरुलाई मात्र पठाउने परम्परालाई तोड्दै प्राविधिक क्षेत्रका व्यक्तिलाई प्रधानमन्त्रीकै दवावमा हङकङमा महावाणिज्यदूत नियुक्त हुनु सोझै सत्ता दुरुपयोग हो भन्ने ठहर गरेकाछौं।

यस्तो अवस्थामा हालै मन्त्री परिषदले गरेको विनोद नेपाललाई हङकङको लागि महावाणिज्यदूत पदमा नियुक्ती गर्ने निर्णयलाई तुरुन्त फिर्ता गरी नेपाली आदिवासी जनजाति मूलका व्यक्तिलाई नियुक्त गरियोस् भनी नेपाली आदिवासी जनजाति महासंघ हङकङ जोडदार माग गर्दछ। यदि हाम्रो मागलाई वेवास्ता गरी निज कथित नव नियुक्त महावाणिज्यदूतलाई नै पठाउने निर्णय कायम रहेमा वा अन्य कुनै गैरनेपाली आदिवासी जनजाति नियुक्त गरिएमा सवै किसिमका विरोधहरु-कालो, झण्डा, धर्ना, तालावन्दी, अवरोध, असहयोग, सामाजिक वहिष्कार आदि) हाम्रो लागि खुल्ला रहने समेत अवागत गराउँदछौ।

आदरणीय हङकङवासी नेपाली आदिवासी जानजाति तथा आदिवासी जनजातिहरुको जायज आन्दोलनलाई साथ दिईरहनुभएका सवै नेपाली आदिवासी तथा गैरआदिवासी जनजाति दाजुभाइ तथा दिदीवहिनी र यहाँस्थित सवै संघ संस्थाहरुलाई यहाँ आउने कुनै पनि गैरनेपाली आदिवासी महावाणिज्यदूतलाई स्वागत नगर्न र आफ्नो संघ संस्थामा प्रमुख अतिथि नवोलाउन अनुरोध गर्दछौं।

नेपाली आदिवासी जनजति महासंघ, हङकङ

Popularity: 4%

14 comments November 2nd, 2009

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2009
M T W T F S S
« Oct   Dec »
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category