Archive for December, 2009

नेपाली सप्ताहको समापन

नेपाली सप्ताहको समापन
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर ३१-
हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठीसहित ३१ डिसेम्बर बिहीबारका दिन हङकङमा नेपाली सप्ताह २००९ समापन भएको छ।

युनलङ थियटरमा सम्पन्न भएको संगोष्ठीमा विभिन्न विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु एवं तिनका अभिभावक र शिक्षकहरुको उपस्थिति रहेको थियो। नेपाली सप्ताहलाई शिक्षक तथा हङकङ नेपालीज फाउण्डेशनका विमल गुरुङले नेपाली सप्ताह कार्यक्रमलाई सफल पार्न प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुर्‍याउने सबैमा कृतज्ञता व्यक्त गर्नु भएको थियो। विद्यार्थीहरुमा नेपाली भाषा सीप विकासमा सहयोग पुर्‍याउन कलामन्दिरका अध्यक्ष एकराज राईले प्रशिक्षण दिनु भएको थियो।

हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्नका निम्ति हङकङ नेपाली कला मन्दिरको वर्षेनी आयोजना गर्दै आएको ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २००९’ सम्पन्न भएको हो। विगत वर्षहरुमा जस्तै वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म हङकङमा विविध कार्यक्रमहरु सहित नेपाली सप्ताह २००९ आयोजना गरिएको थियो।

सप्ताहव्यापि कार्यक्रम अन्तर्तग २५ डिसेम्बर शुक्रबारका दिन विश्वभर रहेका नेपालीहरु जसले नेपाली समाज निर्माणका लागि आफ्नो जीवन समर्पण गरेकाहरुको सम्झनामा स्मृति दिवस, २६ डिसेम्बर शनिबार नेप्लीज चाइनीज फेटरनिटीबाट भेटघाट र जलपान कार्यक्रम, २७ तारिखका दिन नेपालीहरुको अधिक वसोवास रहेको युनलङ शहरमा शोभायात्रा, २८ डिसेम्बर सोमबारका दिन चीन सरकारलाई हङकङका अल्पसंख्यक जातिहरुको सरोकारका विषयमा ज्ञापनपत्र, २९ डिसेम्बर मंगलबार हङकङ सरकार प्रमुखलाई ज्ञापनपत्र, ३० डिसेम्बर बुधबारका दिन अलसंख्यक वर्गको भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्धनबारे राज्यको उत्तरदायित्व र कर्तव्यबारे युएनलाई ज्ञापनपत्र र ३१ तारिख डिसेम्बर नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठी रहेका थिए।
पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

————————————————————

हङकङमा ‘नेपाली सप्ताह’को रौनक
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २७-
हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्नका निम्ति हङकङ नेपाली कला मन्दिरले वर्षेनी आयोजना गर्दै आएको ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २००९’ भव्य रुपमा सम्पन्न भइरहेको छ। विगत वर्षहरुमा जस्तै वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म विविध कार्यक्रमहरुसहित नेपाली सप्ताह २००९ आयोजना गरिएको हो।


युन लङ शहर यसरी नेपालीमय बन्यो। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

नेपाली सप्ताह २००९ को तेस्रो दिन आइतवार नेपालीहरुको अधिक वसोवास रहेको युनलङ शहरमा शोभायात्रा सम्पन्न भएको छ। हङकङका नेपाली समुदायको विशाल सहभागिता रहेको शोभायात्रामा यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा तिनका अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, धार्मिक तथा अन्य समुदायका समूहहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुले युन लङ शहर परिक्रमा गरेका थिए।

वर्षातमा निथ्रुक्कै भिजेपनि नेपाली भेषभूष, बाजागाजा, सयपत्रीका फूलहरु बोकेका नेपालीहरुको उपस्थितिले युनलङ पुरै नेपालीमय बनेको थियो। शोभायात्रमा भूपू गोर्खा सैनिकहरु, तमू प्ये ल्हु संघबाट आएका तमू जातिको झाँकी, किरात याक्थुङ चुम्लुङको च्याब्रुङ, भोजपुर समाज सेवा समितिले किरात राई जातिहरुको ढोल झ्याम्टा, नेवार समाजको लाखे नृत्य शोभायात्राको विशेष आकर्षण रहेको थियो। शोभा यात्रामा इशाई धर्मावलम्वी, हेभेन्ली पाथका झुण्डहरु एवं एभरेष्ट फुटबल क्लवका खेलाडीहरुले शोभायात्राको महत्व बढाएको देखिएको थियो।

शोभायात्रापछि लगत्तै युनलङ थियटरमा सम्पन्न भएको साँस्कृतिक कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले अनन्तकालदेखि आजसम्मको नेपालीजीवन रंग, ध्वनि, कला, गीत, संगीत, आवृति, नृत्य, नाटकको माध्यमले प्रस्तुत गरेका थिए। विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रममा बुद्धको जन्म, गोपालवंशको स्थापना, पशुपतिनाथ, पृथ्वी नारायण शाह, बृटिश र नेपालबीचको युद्ध, भानुभक्तको काल, चन्द्र शमशेर, प्रथम तथा दोश्रो विश्वयुद्ध, राणा शासनको अन्त्य प्रजातन्त्रको उदय, महेन्द्र राजाको काल, मुनामदन, नेपाली भाषा, साहित्य संस्कृतिसम्बन्धी नाटक प्रस्तुत गरेका थिए।


थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
कार्यक्रममा विभिन्न जातीय नृत्यहरु, नेपाली लोक नृत्यहरुसमेत प्रस्तुत गरिएको थियो। विद्यार्थीहरुले कविताहरु समेत वाचन गरेका थिए।

नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै नेपाली यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्धेश्यले हङकङमा २००५ सालदेखि कार्यक्रम आयोजना हुँदै आएको हो।

सप्ताहव्यापि कार्यक्रममा २५ डिसेम्बर शुक्रबारका दिन विश्वभर रहेका नेपालीहरु जसले नेपाली समाज निर्माणकालागि आफ्नो जीवन समर्पण गरेकाहरुको सम्झनामा स्मृति दिवस कार्यक्रम सम्पन्न भएको छ। २६ डिसेम्बर शनिबार नेप्लीज चाइनीज फ्रेटरनिटीबाट भेटघाट र जलपान कार्यक्रम सम्पन्न भएको छ।

त्यसैगरी, आगामी कार्यक्रमहरूमा २८ डिसेम्बर सोमबारका दिन चीन सरकारलाई हङकङका अल्पसंख्यक जातिहरुको सरोकारका विषयमा ज्ञापनपत्र बुझाइने, २९ डिसेम्बर मंगलबार हङकङ सरकारप्रमुखलाई ज्ञापनपत्र, ३० डिसेम्बर बुधबारका दिन अलसंख्यकवर्गको भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्धनबारे राज्यको उत्तरदायित्व र कर्तव्यबारे युएनलाई ज्ञापनपत्र बुझाइने छ। ३१ डिसेम्बर बिहीबारका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठी गरिने भएको छ।

नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ। नेपाली सप्ताह २००९ कार्यक्रमका लागि अफिसियल मिडियाको रुपमा एचकेनेपाल डट कमले सघाएको छ।

पाठक विचार- सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

————————————————————

‘नेपाली सप्ताह २००९’ आयोजना गरिने
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २२-
विगत वर्षहरुमा जस्तै वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म हङकङमा विविध कार्यक्रमहरुसहित ‘नेपाली सप्ताह २००९’ भव्यरुपमा आयोजना गरिने भएको छ।

- नेपाली सप्ताह २००९ सम्बन्धी विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।
- संक्षिप्त जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्

कार्यक्रम सम्बन्धी थप जानकारी भिडीयोमा

नेपाली सप्ताह २००९ सम्बन्धी विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस्।

नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै नेपाली यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्धेश्यले हङकङमा २००५ सालदेखि कार्यक्रम आयोजना हुँदै आएको हो।

मूल आयोजक हङकङ नेपाली कला मन्दिरले नेपाली सप्ताहका लागि कार्यक्रम तालिका सार्वजानिक गरेको छ। सप्ताहव्यापि कार्यक्रममा २५ डिसेम्बर शुक्रबारका दिन विश्वभर रहेका नेपालीहरु जसले नेपाली समाज निर्माणका लागि आफ्नो जीवन समर्पण गरेकाहरुको सम्झनामा स्मृति दिवस कार्यक्रम सम्पन्न हुने भएको छ। २६ डिसेम्बर शनिबार नेप्लीज चाइनीज फ्रेटरनिटीबाट भेटघाट र जलपान कार्यक्रम सम्पन्न हुने भएको छ।

२७ डिसेम्बर आइतबारका दिन हङकङका विराट नेपाली समुदायको सहभागीतामा शोभायात्रा सम्पन्न गरिने भएको छ। यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विद्यार्थीहरु तथा तिनको अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङ शहरको परिक्रमा गरिने भएको छ।

शोभायात्रापछि विभिन्न संघसंस्था तथा विभिन्न विद्यालयका विद्यार्थीहरुले अनन्तकालदेखि आजसम्मको नेपाली जीवन रंग, ध्वनि, कला, गीत, संगीत, आवृति, नृत्य, नाटकको माध्यमले प्रस्तुत गर्ने भएकाछन्। २८ डिसेम्बर सोमबारका दिन चीन सरकारलाई हङकङका अल्पसंख्यक जातिहरुको सरोकारका विषयमा ज्ञापनपत्र बुझाइने भएको छ। २९ डिसेम्बर मंगलबार हङकङ सरकार प्रमुखलाई ज्ञापनपत्र, ३० डिसेम्बर बुधबारका दिन अलसंख्यक वर्गको भाषा, साहित्य र संस्कृतिको संरक्षण र संवर्धनबारे राज्यको उत्तरदायित्व र कर्तव्यबारे युएनलाई ज्ञापनपत्र बुझाइने छ। ३१ डिसेम्बर बिहीबारका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठी गरिने भएको छ।

नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनको रहने छ। नेपाली सप्ताह २००९ कार्यक्रमका लागि अफिसियल मिडिया पार्टनरको रुपमा एचकेनेपाल डट कमले सहयोग गर्ने भएको छ।

Popularity: 4%

2 comments December 31st, 2009

सन्तोष गुरूङ भए ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’

सन्तोष गुरूङ भए ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’
‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ ग्र्याण्ड फिनाले भिडीयो झलकः


पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्

——————————————————————
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २६-
दुई दिने पोखरेली झ्याल मेलाको दोस्रो दिन शनिवार काउलुन पार्कमा सम्पन्न ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ को उपाधि सन्तोष गुरूङले जितेका छन्। मितेरी सेवा समिति हङकङ पोखराद्वारा आयोजित ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ गीत गायन प्रतियोगितामा टोपराज तामाङ फस्ट रनरअप र रोशा लिम्बू सेकेन्ड रनर अप भए। उपाधि विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपको पुरस्कार राशि क्रमशः ६० हजार, ३० हजार र १० हजार रूपैयाँसहित ट्रफी र प्रमाण पत्र छन्।


बायाँबाट टोपराज तामाङ, सन्तोष गुरूङ र रोशा लिम्बू। तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

अडिशन राउण्डको चरण पार गर्दै सेमिफाइनलमा पुगेका १६ जना प्रतिस्पर्धीमध्ये ८ जना प्रतिस्पर्धीहरूले ग्र्याण्ड फिनालेमा प्रवेश पाएका थिए। ग्र्याण्ड फिनालेमा सन्तोष गुरूङ, टोपराज तामाङ, रोशा लिम्बू, प्रविण शेरचन, हर्षित आले, विमला राई, सोनाम महर्जन र कर्म लामाले एउटा गीत आफ्नो रूचिका र एक निर्णायकको छनौटका गरी दुई दुई वटा गीत गाएका थिए। संगीतकर्मीहरू विक्रम गुरूङ, गणेश पराजुली, रविन श्रेष्ठ र मनोज घलेको निर्णायक टोलीले सूर, ताल, प्रस्तुती र गायनको आधारमा विजेताको छनौट गरेका थिए।

पोखरेली झ्याल कार्यक्रममा ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ को ग्र्याण्ड फिनालेसहित क्याट वाक, तेक्वान्दो डेमोनस्ट्रेशन र विविध साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।

सूचनाः
मितेरी सेवा समिति हकङ पोखराद्वारा छैटो पोखरेली झ्याल मेलाको अवसरमा खोलेको लक्की ड्र नतिजा नम्बर निम्न छन्-
पहिलो पुरस्कार- लक्की ड्र नम्बर ३३३
दोस्रो पुरस्कार- लक्की ड्र नम्बर ५३०
तेस्रो पुरस्कार- लक्की ड्र नम्बर ०४२
पहिलो र दोस्रो लक्की ड्र विजेताले नतिजा घोषणा गरिएको समयमै पुरस्कार ग्रहण सकिएपनि तेस्रो विजेताले पुरस्कार (एउटा मोबाइल फोन) ग्रहण गर्न नआएको हुनाले टिकटको अर्ध कट्टीसहित आयोजक सदस्यलाई सम्पर्क गर्न अनुरोध गरिन्छ।
-आयोजक

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्

——————————————————————

हेई हेई फुटवल क्लव विजयीः सर्वश्रेष्ठ खेलाडी पोखरेली झ्याल तारा सुरेन गुरूङ
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २५-
मितेरी सेवा समितिद्वारा शुक्रवार काउलुन पार्कमा आयोजित सिक्स ए साइड फुटबल प्रतियोगितामा हेई हेई फुटबल क्लव विजयी भएको छ। सन्डे फुटबल क्लवसंग फाइनलमा भिडेको हेई हेई फुटवल क्लवले २ को विरूद्ध ३ गोल गरेर विजय भएको हो।

लिगको आधारमा खेलाइएको उक्त प्रतियोगितामा १२ वटा स्थानीय फुटबल टिम सहभागी थिए। सेमी फाइनलमा चार टिम सन्डे फुटबल क्लव, एभरेष्ट फुटबल क्लव, रेसुङ्गा फुटबल क्लव र हेई हेई फुटबल क्लव भिडेका थिए। प्रतियोगिताभरी सर्वाधिक ६ गोल गरेर एभरेष्ट फुटबल क्लवका सेलेन्द्र राना हाई स्कोरर सावित भए।

त्यसैगरी, प्रतियोगितामा रेसुङ्गा फुटबल क्लव सर्वश्रेष्ठ टिम, सर्वश्रेष्ठ गोल एभरेष्ट क्लवका दीपक लिम्बू, सर्वश्रेष्ठ खेलाडी पोखरेली झ्याल तारा हेई हेई फुटबल क्लवका गोल रक्षक सुरेन गुरूङ बनेका छन्।
Pokhareli Jhyal - 6 A Side football Final

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्

तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

——————————————————————

हङकङमा दुई दिने ‘पोखरेली झ्याल’ मेला
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २५-
हङकङमा दुई दिने ‘पोखरेली झ्याल’ मेला डिसेम्बर २५ र २६ तारिख काउलुन पार्कमा सञ्चालन भैरहेको छ। मेलाको पहिलो दिन शुक्रवार विहानदेखि सुरू भएको सिक्स ए साइड फुटबल प्रतियोगितामा स्थानीय १२ नेपाली टिमहरू भिड्दै छन्।

मेलाको दोस्रो दिन शनिवारको कार्यक्रममा ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ को गीत गायन प्रतियोगिताको ग्र्याण्ड फिनाले, क्याट वाक, तेक्वान्दो डेमोनस्ट्रेशन, साँस्कृतिक कार्यक्रम र डिजे डान्स जस्ता रमाइला कार्यक्रमहरू सामेल छन्।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
——————————————————————

पोखरेली झ्याल सिक्स ए साइड फुटबल प्रतपयोगितामा १२ टिम सहभागी हुने
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर १९-
छैटौं पोखरेली झ्याल अन्तर्गत पहिलो पटक हङकङमा आयोजना हुन लागेको ‘पोखरेली झ्याल सिक्स ए साइड फुटबल प्रतियोगिता २००९’ मा १२ टिम सहभागी हुने भएका छन्।

डिसेम्बर २५ तारिख शुक्रवारका दिन विहान ९:३० बजेदेखि राति ९:१५ बजेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजक संस्था मितेरी सेवा समिति हङकङ पोखराले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउंने टिमहरूको टिम टेबल निम्न छन्:
Pool A:
1) DJ Football Club
2) Resunga Football Club
3) Sunday Football Club
Pool B:
1) Dharan Football Club
2) Gulmi Football Club
3) Deurali Football Club
Pool C:
1) Sagarmatha Football Club
2) Himalayan Football Club
3) Hei Hei Football Club
Pool D:
1) Everest Football Club
2) Chumlung Football Club
3) News Football Club

प्रतियोगिताको समय तालिकाः
25th December 2009
1) DJ FC vs Resunga FC -09:30 am
2) Dharan FC vs Gulmi FC -10:05 am
3) Sagarmatha FC vs Himalayan FC -10:40 am
4) Everest FC vs Chumlung FC -11:15 am
5) DJ FC vs Sunday FC -11:50 am
6) Dharan FC vs Deurali FC -12:25 am
7) Sagarmatha FC vs Hei Hei FC -01:00 pm
8) Everest FC vs Chumlung FC -11:15 pm
9) Resunga FC vs Sunday -02:10 pm
10) Gulmi FC vs Deurali FC -02:45 pm
11) Himalayan FC vs Hei Hei FC -03:20 pm
12) Chumlung FC vs News FC -03:55 pm
13) Quarter Final Match-1 04:30 pm
14) Quarter Final Match-2 05:05 pm
15) Quarter Final Match-3 05:40 pm
16) Quarter Final Match-4 06:15 pm
17) Semi- Final Match-1 06:50 pm
18) Semi-Final Match-2 07:35 pm
19) Final 08:30 pm
Countdown 09:15 pm
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
——————————————————————

न्युज अपडेटः सेमिफाइनल राउण्डको नतिजा
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर १४-
‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ गीत गायन प्रतियोगिताको सेमिफाइनल राउण्डमा सहभागी भएका १६ जनामध्ये ८ जना प्रतिस्पर्धीहरूले ग्र्याण्ड फिनालेमा प्रवेश पाएका छन्।

ग्र्याण्ड फिनालेमा प्रवेश पाउने प्रतिस्पर्धीहरूको नाम निम्न छन्-
१) सन्तोष गुरूङ
२) टोपराज तामाङ
३) रोशा लिम्बू
४) प्रविण शेरचन
५) हर्षित आले
६) विमला राई
७) सोनाम महर्जन
८) कर्म लामा
Video: 1st Voice of Pokhareli Jhyal- Semifinal Round-
सेमिफाइनल राउण्डको तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
——————————————————————

न्युज अपडेटः ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ को सेमिफाइनल राउण्ड सम्पन्न
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर १३-
‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ गीत गायन प्रतियोगिताको सेमिफाइनल राउण्ड आइतवार साँझ जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टमा सम्पन्न भएको छ।

सेमिफाइनल राउण्डमा १६ जना प्रतियोगीहरू सहभागी थिए। सेमिफाइनल राउण्डमा डोलमान लिम्बू, नरेन्द्रकुमार गुरूङ, विकाश गुरूङ, गोपाल पुन, प्रविण शेरचन, सोनाम महर्जन, टोपराज तामाङ, कर्म लामा, भरत लिम्बू, सुरज हलवई, सुलभ गुरूङ, सन्तोष गुरूङ, रोशा लिम्बू, हर्षित आले, विमला राई र तिलक थापाले एक-एक वटा गीत प्रस्तुत गरेका थिए।

प्रतियोगी कलाकारहरूलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश सुब्बा, गिटारमा यादव राई, बेस गिटारमा राजु गुरूङ र तवलामा कृष्णभक्त महर्जनले साथ दिएका थिए। सूर, ताल, प्रस्तुती र गायन गरी कुल ३५ अंकमा निर्णायकहरू विक्रम गुरूङ, गणेश पराजुली, रविन श्रेष्ठ, मनोज घले र टंक सम्बाहाम्फेले मूल्यांकन गरेका थिए। सेमिफाइनलको नतिजा अफिसियल मिडीया पार्टनर एचकेनेपाल डट कममा सोमबार दिनको ठीक ५ बजे प्रकाशित गरिने भएको छ।

प्रतियोगिताका संयोजक रक्ष गुरूङको स्वागत मन्तव्यबाट सुरू भएको सेमिफाइनल राउण्डको कार्यक्रममा आयोजक संस्था मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले प्रतियोगीहरू, सहयोगी प्रायोजक तथा छैटौं पोखरेली झ्याल सफल पार्न हरेक क्षेत्रबाट सहयोग गर्दै आएका महानुभावहरूलाई विशेष धन्यवाद ज्ञापन गरेका थिए।

विशेष धन्यवादः
- प्रायोजकहरू-
कृष्णान एण्ड चाङ -१०,००० हङकङ डलर
तुलसीकुमार गुरूङ -५,०००
त्रिलोक गुरूङ -३,०००
ईष्ट वेष्ट स्पिरीड ज्याकी -३,०००
कालु घले -३,०००
हितमान गुरूङ -२,०००
क्या. ढोलबहादुर गुरूङ -२,०००
कमल पौड्याल -२,००० (क्यास कुपन)
कृष्ण पाण्डे -२,०००
सनराईज ट्राभल -२,०००
राजेन्द्र थापा मोबाइल (एक थान)
युवराज गुरूङ १,०००
कान्छा गुरूङ १,०००
गणेश गुरूङ (शुभकामना स्टोर्स) ७००
भेटघाट रेष्टुरेण्ट ५००
खड्का माङ्गमाली ५००
मणिकलाल श्रेष्ठ २००
द्रष्टव्यः छैटौं पोखरेली झ्याल कार्यक्रममा प्रायोजन गर्न इच्छुक महानुभावहरूले कृपया आयोजक संस्थालाई सम्पर्क गर्न अनुरोध छ।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
——————————————————————

गीत गायनको अडिशन राउण्ड सकियो, सेमिफाइनलको तयारी
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर ९-
छैटौं पोखरेली झ्याल अन्तर्गत ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ गीत गायन प्रतियोगिताको अडिशन राउण्ड सम्पन्न भएको छ।

हिमालयन टोन्स म्युजिक एकाडमीको स्टुडियोमा संगीतकार दिनेश सुब्बा र निर्णायकहरूले प्रतियोगितामा सहभागीहरूको स्वर परीक्षा लिएका थिए। स्वर परीक्षणका लागि नाम दर्ता भएका १७ जनामध्ये पहिलो दिनमा १४ जनाले र पहिलो दिनमा उपस्थित हुन नसकेकाहरूले अर्को दिन स्वर परीक्षा दिएका थिए।
अडिशन राउण्ड भिडीयोः

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्

अडिशन राउण्डबाट १० जनामात्र छनौट गरिने भनिएपनि निर्णायकहरूको सुझावमा १७ जनाले नै सेमिफाइनलमा प्रवेश पाएको प्रतियोगिताका संयोजक रक्ष गुरूङले बताए। राम्रा भएकाले अडिशन राउण्डबाट सबै जना उतीर्ण भएको संगीतकार तथा प्रतियोगिताका लागि संगीत संयोजक दिनेश सुब्बाले बताए। प्रतियोगिताका लागि निर्णायकहरूमा संगीतकर्मीहरू विक्रम गुरूङ, गणेश पराजुली, रविन श्रेष्ठ, मनोज घले र गीतकार टंक सम्वाहाम्फे रहेका छन्।

पतियोगिताको सेमिफाइनल १३ तारिख साँझ याक एण्ड यति रेष्टुरेण्टमा हुंदैछ। सेमिफाइनलबाट ५ जना छनौट गरिने मितेरी सेवा समिति पोखरा (हङकङ)का अध्यक्ष तुलसीकुमार गुरूङले बताए। प्रतियोगीहरूको राम्रो प्रदर्शन, प्रस्तुती र निर्णायकहरूबाट सुझाव आएमा ५ जनाभन्दा पनि बढी प्रतियोगीहरूलाई ग्र्याण्ड फिनालेमा पठाउन सकिने अध्यक्ष गुरूङले बताए। ग्र्याण्ड फिनाले काउलुन पार्कको पियाजामा डिसेम्बर २६ तारिखका दिन हुदैछ।

प्रतियोगीहरूको नामः
१) नरेन्द्रकुमार गुरूङ
२) विकाश गुरूङ
३) गोपाल पुन
४) प्रविण शेरचन
५) सोनाम महर्जन
६) टोपराज तामाङ
७) कर्म लामा
८) भरत लिम्बू
९) सुरज हलवई
१०) सुलभ गुरूङ
११) सन्तोष गुरूङ
१२) रोशा लिम्बू
१३) हर्षित आले
१४) डोलमान लिम्बू
१५) विमला राई
१६) तिलक थापा
पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
अडिशन राउण्डको तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

——————————————————————
न्युज अपडेटः सन्देश प्रवाह कार्यक्रम
एस हङकङ/ एचकेनेपाल डट कम, नोभेम्बर २९-
मितेरी सेवा समिति पोखरा (हङकङ)ले छैटौं पोखरेली झ्यालबारे विस्तृत जानकारी दिन सन्देश प्रवाह कार्यक्रम सम्पन्न गरेको छ।

Pokhareli Jhyal 2009- Video News update:

जोर्डनस्थित याक एण्ड यति रेष्टुरेण्टको सभाहलमा आइतवार सम्पन्न कार्यक्रममा समितिका अध्यक्ष तुलसीकुमार गुरूङले छैटौं पोखरेली झ्यालबारे विस्तृत जानकारी दिए। उपाध्यक्ष रक्ष गुरूङले स्वागत मन्तव्य व्यक्त गरेको सन्देश प्रवाह कार्यक्रम भिम गुरूङले सञ्चालन गरेका थिए।

तस्वीरः अमृत गुरुङ ए वान भिजन/एचकेनेपाल डटकम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

प्रायोजकहरू अतिथिका रूपमा निम्त्याएको सन्देश प्रवाह कार्यक्रमलाई गत सालकी पोखरली झ्याल आइडल- २००८ की विजेता देवी गुरूङले व्यानर खोलेर औपचारिक रूपमा उद्धाटन गरेकी थिइन्।

समितिका अध्यक्ष तुलसीकुमार गुरूङले पोखरेली झ्यालको छैटौं संस्करणको प्रमुख आकर्षण ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ र ‘पोखरेली झ्याल कप सिक्स साइड फुटबल’ प्रतियोगिता रहेको बताए। ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ प्रतियोगिताको विजेता, फस्ट रनरअप र सेकेन्ड रनरअपलाई क्रमशः ६० हजार, ३० हजार र १० हजार रूपैयाँ नगद राशि पुरस्कार रहेको गुरूङले बताए। त्यसैगरी, छैटौं पोखरेली झ्याल कार्यक्रममा क्याट वाक, तेक्वान्दो डेमोनस्ट्रेशन, साँस्कृतिक कार्यक्रम र डिजे डान्स समावेश गरिएको अध्यक्ष गुरूङले बताए।

कार्यक्रममा सहभागी पत्रकारहरूले छैटौं पोखरेली झ्यालबारे जिज्ञासाहरू राखेका थिए।

पाठक विचारः प्रतिक्रिया दिन यहाँ क्लिक गर्नुहोस्
——————————————————————

छैटौं पोखरेली झ्याल
मितेरी सेवा समिति पोखरा (हङकङ)ले गत सालहरूमा झैं विविध कार्यक्रमहरूसहित छैटौं पोखरेली झ्याल आयोजना गर्ने भएको छ।

आयोजक संस्थाले यस पटक पहिलो पटक ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ र ‘पोखरेली झ्याल कप सिक्स साइड फुटबल’ प्रतियोगिताको आयोजना गरिने भएको छ। त्यसैगरी, कार्यक्रमको अर्का आकर्षणहरूमा क्याट वाक, तेक्वान्दो डेमोनस्ट्रेशन, साँस्कृतिक कार्यक्रम र डिजे डान्स आदि छन्। छैटौं पोखरेली झ्याल कार्यक्रमको अफिसियल मिडीया पार्टनर एचकेनेपाल डट कम रहेको छ।

‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ को एप्लिकेशन फर्म डाउनलोड तथा प्रिन्ट गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्।
- Application form:
- Competition Rules:

कार्यक्रमबारे थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्।

Popularity: 11%

73 comments December 26th, 2009

गुल्मी समाज हङकङको चौंथो अधिवेशन

गुल्मी समाज हङकङको चौंथो अधिवेशन
गुल्मी समाज हङकङको चौंथो अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि सम्पूर्ण हङकङबासी गुल्मेलीहरूमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

आयोजकः गुल्मी समाज हङकङ
मितिः १७ जनवरी २०१०
समयः दिउंसो १२ बजे
स्थानः चोमोलोङमा कम्युनिटी सेन्टर, पिङ शान, युन लङ

थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्

Recent Videos:

Popularity: 3%

Add comment December 21st, 2009

हङकङमा साकेला २००९ उधौली सम्पन्न

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
किरात राई जातिहरुको महान चाड साकेला उधौलीको अवसर पारेर हङकङ किरात राई यायोक्खाले ‘साकेला २००९ उधौली’ कार्यक्रम ताइ मो शान कन्ट्री पार्कमा सम्पन्न गरेको छ।

उल्लेख्य नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा प्राय सबै उमेरका व्यक्तिहरुले साकेला सिलीको मज्जा लिएका थिए। घमाइलो दिनमा हङकङका विभिन्न ठाउँहरुमा वसोवास गर्ने नेपालीहरुले साकेलामा देखिएका थिए। किरात राई यायोक्खाका अध्यक्ष नरहाङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा श्रेष्टवहादुर राई प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो। हङकङ नेपाली महासंघ, आदिवासी नेपाली जनजाति महासंघ लगायतका जातीय, क्षेत्रीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा यायोक्खाका उपाध्यक्ष किसन राईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो।


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू

दुई भागमा विभाजन गरी सम्पन्न भएको कार्यक्रमको पहिलो भागमा छोटो औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो। दोस्रो भागमा अफिसियल साकेला सिली प्रदर्शन गरिएको थियो। साकेला सिली लगभग ५ घण्टासम्म निरन्तर चलेको थियो। सचिव शशिमदन राईले संचालन गरेको कार्यक्रममा प्रमुख अतिथि राई, हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू, आदिवासी जनजाति महासंघका अध्यक्ष भुपेन्द्र चेम्जोङले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा केन्द्रीय भवन निर्माण आर्थिक सहयोग समितिका अध्यक्ष प्रेमकुमार राईले आर्थिक संकलन सम्बन्धी जानकारीसहित मन्तव्य व्यक्त गर्नु भएको थियो।

साकेला सिलीको नेतृत्व युगकृष्ण राई र जीवनकला राईले गरेका थिए। उनीहरुलाई सिलीमोपा, सिलीमोमाको रुपमा सम्मान गरी साकेलालाई शुभारम्भ गरिएको थियो।

Popularity: 3%

Add comment December 14th, 2009

तो ल्होसार भव्यताले मनाऔं

तो ल्होसार भव्यताले मनाऔं
तमुहरूको महान पर्व ल्होसार (तो ल्हो) को शुभ अवसरमा तमु प्ये ल्हु संघ हङकङ शाखा हङकङ तथा विश्वभर छरिएर बस्नुभएका सम्पूर्ण तमु वर्गहरूमा तो ल्होसारको हार्दिक मंगलय शुभकामना व्यक्त गर्दछ।

तो ल्होसारको अवसरमा आयोजित कार्यक्रममा यहाँहरू सबैलाई उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं।

आयोजकः तमु प्ये ल्हु संघ हङकङ शाखा हङकङ
स्थानः ताई मोशान कन्ट्री पार्क
मितिः १ जनवरी २०१०
सययः दिनको १० बजेदेखि राति ११ बजेसम्म
थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्

Popularity: 4%

Add comment December 11th, 2009

न्युज अपडेटः इष्ट एशियान गेम्समा चीन अगाडि

न्युज अपडेटः इष्ट एशियान गेम्समा चीन अगाडि
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर १०-
हङकङमा जारी इष्ट एशियान गेम्समा चीन सबैभन्दा अगाडि रहेको छ। डिसेम्बर ५ देखि १३ तारिखसम्म सञ्चालन भैरहेको उक्त प्रतियोगितामा चीनले विहीबार विहानसम्म ४२ स्वर्ण, ३० रजत र २८ कास्य गरी कुल १०० पदक जितेको छ।

पदक तालिका अनुसार दोश्रो स्थानमा रहेको जापानले ३० स्वर्ण, २८ रजत र ३३ कास्य पदक जितेको छ। त्यसैगरी, तेश्रो स्थानमा रहेको दक्षिण कोरियाले २३ स्वर्ण, २० रजत र ३३ कास्य पदक जितेको छ।

आयोजक राष्ट्र हङकङ भने चौथौं स्थानमा रहेको छ। हङकङले अहिलेसम्म १० स्वर्ण, १५ रजत र २३ कास्य पदक जितेको छ। प्रतियोगितमा पूर्वी एशियाली ९ राष्ट्रका करीव २३०० खेलाडीहरू सहभागी छन्।
________________________________________

सुरू भयो- ‘पूर्वी एशियाली खेलकुद’
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर ५-
हङकङको प्रतिष्ठासंग दाँजेर हेरिएको पूर्वी एशियाली खेलकुदको औपचारिक उद्धाटन शनिवार साँझ चिम शा चुईस्थित स्टारफेरीमा सम्पन्न भयो।

उद्धाटन समारोहको विशेष आकर्षणको रूपमा रहेको आतिशबाजीलाई हजारौं स्वदेशी तथा विदेशीले उत्साहपूर्वक अवलोकन गरे। आतिशबाजी प्रदर्शनपछि हङकङको विकाशक्रमको कथा डुंगाको माध्यमबाट प्रस्तुत गरिएको थियो। माछा मार्ने गाउंबाट हङकङ कसरी महानगरीमा परिणत भयो भन्ने कथामा उनिएको थियो।

हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङले उद्धाटन समारोहमा पूर्वी एशियाली खेलकुदलाई ऐतिहासिक बताउंदै हङकङ नयाँ अध्यायमा प्रवेश गरेको बताउनुभयो।

डिसेम्बर ५ देखि १३ तारिखसम्म हङकङका विभिन्न २१ वटा रंगशालाहरूमा सञ्चालन हुने पूर्वी एशियाली खेलकुद प्रतियोगितामा जम्मा २६२ स्वर्ण पदकका लागि ९ राष्ट्रका करीव २३०० खेलाडीहरू भिड्दैछन्। प्रतियोगितामा सहभागी देशहरूमा चीन, चाइनिज ताइपे, हङकङ, मकाउ, जापान, उत्तर कोरिया, दक्षिण कोरिया, मंगोलिया र गुवम छन्। प्रतियोगितामा २२ वटा खेल इभेन्टहरू समाविष्ट छन्।

उद्धाटन समारोहको अवसरमा प्रस्तुत गरिएको आतिशबाजीः

Popularity: 3%

Add comment December 10th, 2009

दुई नेपाली धावकलाई मकाउमा सफलता

एस, मकाउ/ एचकेनेपाल डट कम-
मकाउमा हालै सम्पन्न २८ औं ग्यालेक्सी इन्टर्टियन्टमेन्ट अन्तर्राष्ट्रिय म्याराथन प्रतियोयितामा दुई नेपाली धावकलाई सफलता मिलेको छ।

मिनी म्याराथन महिला समूहको प्रतियोगितामा नेपालकी शान्तिदेवी अधिकारीले पहिलो स्थान र पुरूष ‘सी’ समूहमा बलराम श्रेष्ठले दोश्रो स्थान हासिल गरेका छन्।

मकाउबाट राम कार्कीले एचकेनेपाल डट कमलाई दिएको जानकारी अनुसार अधिकारीले २००७ मा मकाउमा सम्पन्न प्रतियोगितामा पनि पहिलो स्थान हासिल गरेकी थिइन्।

प्रतियोगितामा ८० भन्दा बढी देशका खेलाडीहरू सहभागी थिए।


Popularity: 4%

6 comments December 9th, 2009

न्यू इयर डान्स पार्टी

न्यू इयर डान्स पार्टी
New Year Dance Party
One Free standard drink with each ticket
Prize for the best dressed up person and best couple dancers.

Date: 3rd January 2010
Venue: Rock School Disco and Bar (Above Joe Banana)
Time: 10:00 PM onward
Ticket Price: HK$ 120 for Gents, HK$ 100 for Ladies.
Organized by: New Year Party Revelers

Popularity: 3%

Add comment December 7th, 2009

भूपू सैनिकहरुले खुशीयाली मनाए

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर ५-
ब्रिटिश गोर्खा भूतपूर्वक सैनिक संघ हङकङले डिसेम्बर ५ तारिख साँझ शनिवार आफ्नो संस्था स्थापनाको चौधौं वार्षिक उत्सव एवं ऐतिहासिक विजय उत्सव एक विशेष रात्रिभोज सहित खुशीयाली मनाए।

जोर्डनस्थित कंगन रेष्टुरेण्टमा सम्पन्न भएको कार्यक्रममा गेसोका केन्द्रीय सदस्य मणि किरात बान्तावा, गोर्खा सिमेट्री ट्रष्टका अध्यक्ष एकराज राई, आदिवासी जनजाति महासंघ हङकङका उपाध्यक्ष बिष्णु पाख्रिन, आयोजक संस्थाका सल्लाहकार जगतलाल प्रधानको उपस्थिति रहेको थियो। रात्रिभोज वार्षिक उत्सवकालागि बनाइएको एक सुन्दर केक काटेर सुरू भएको थियो।

विभिन्न जानकारीसहितको औपचारिक कार्यक्रम संघका अध्यक्ष हेमबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको संचालन संघका सचिव नरहाङ राईले गर्नुभएको थियो।

Popularity: 3%

Add comment December 6th, 2009

नेपालीका सहयोगी मिस्टर लीको निधन

हार्दिक समवेदना
एस, हङकङ/ एचकेनेपाल डट कम-
विगत केही वर्षदेखि नेपालीहरूका सहयोगीका रूपमा परिचित ५१ वर्षीय मिस्टर ली (ली हक् ख्योङ्ग भिन्स)को डिसेम्बर १ तारिखका दिन आफ्नै कार्यालयको कार्यकक्षमा अचानक हृदयगति बन्द भै निधन भएको छ।

केही वर्षदेखि मुटुसम्बन्धी रोगबाट पीडित मिस्टर ली ब्रिटिश आर्मीमा RMP तथा PTI भई कार्य गरी PT सार्जेन्ट पदमा रिटायर्ड हुनुभएको थियो। उहांका ५ दाजुभाई दिदीवहिनीमध्ये उहां माहिलो हुनुहुन्थ्यो। उहाँ श्रीमतिसंग सम्बन्ध विच्क्षेद भैसकेकोले जोर्डनस्थित निवासमा एक्लै बस्दै आउनु भएको थियो।

१९९६ देखि चुङकिङ मेन्सनमा कार्यालय स्थापना गरी नेपालीहरुलाई रोजगारी खोजिदिने काम गरेपछि उहाँ धरै जसो नेपालीहरु माझ “मिस्टर ली” को नामले परिचित हुनुहुन्थ्यो। उहाँले २००२ सालमा ‘हङकङ ह्युमन् रिसोर्सेज ली’ स्थापना गरी विभिन्न सुरक्षा तालिम (सिटा कार्ड) र सेक्युरिटी सम्बन्धी तालिम सञ्चालन गर्दै आउनु भएको थियो।

उहां जीवित हुदां प्राय जसो नेपाली कार्यक्रमहरुमा उपस्थित भै आर्थिक तथा नैतिक समर्थन दिने गर्नुहुन्थ्यो।


तस्वीरमा वायाँबाट तेस्रो स्व. मिस्टर ली, तस्वीरः अमृत गुरुङ, /एचकेनेपाल डट कम

पछिल्लो पटक उहाँ ‘पोखरेली झ्याल छैटौं’ कार्यक्रमको सन्देश प्रवाह कार्यक्रममा प्रायोजकका रूपमा नोभेम्बर २९ तारिख नेपालीमाझ उपस्थित हुनुभएको थियो।

स्व. मिस्टर ली एचकेनेपाल डट कमको नियमित विज्ञापनदातामध्ये एक हुनुहुन्थ्यो। एचकेनेपाल डट कम परिवारले उहाँको असामायिक निधनप्रति गहिरो समवेदना प्रकट गर्दै मृतात्माको चिरशान्तिको हार्दिक कामना गरेको छ।

स्व. मिस्टर लीको अन्तिम संस्कार डिसेम्बर २६ तारिख र दाह संस्कार २७ तारिखका दिन हुने उहाँका सहयोगी प्रेम गुरूङले एचकेनेपाल डट कमलाई जानकारी दिनुभयो।

अन्तिम संस्कारः २६ डिसेम्बर २००९
समयः दिउसो ४ बजे
स्थानः
Hall No. 1A
Ground Floor
Po Fook Memorial Hall
No. 1 Yau On Street, Tai Wai

दाह संस्कारः २७ डिसेम्बर २००९
थप जानकारीको लागि सम्पर्क फोन नं. २३०१११३६ वा २३०१११२७

Popularity: 4%

8 comments December 5th, 2009


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2009
M T W T F S S
« Nov   Jan »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category