Archive for December 5th, 2009

नेपालीका सहयोगी मिस्टर लीको निधन

हार्दिक समवेदना
एस, हङकङ/ एचकेनेपाल डट कम-
विगत केही वर्षदेखि नेपालीहरूका सहयोगीका रूपमा परिचित ५१ वर्षीय मिस्टर ली (ली हक् ख्योङ्ग भिन्स)को डिसेम्बर १ तारिखका दिन आफ्नै कार्यालयको कार्यकक्षमा अचानक हृदयगति बन्द भै निधन भएको छ।

केही वर्षदेखि मुटुसम्बन्धी रोगबाट पीडित मिस्टर ली ब्रिटिश आर्मीमा RMP तथा PTI भई कार्य गरी PT सार्जेन्ट पदमा रिटायर्ड हुनुभएको थियो। उहांका ५ दाजुभाई दिदीवहिनीमध्ये उहां माहिलो हुनुहुन्थ्यो। उहाँ श्रीमतिसंग सम्बन्ध विच्क्षेद भैसकेकोले जोर्डनस्थित निवासमा एक्लै बस्दै आउनु भएको थियो।

१९९६ देखि चुङकिङ मेन्सनमा कार्यालय स्थापना गरी नेपालीहरुलाई रोजगारी खोजिदिने काम गरेपछि उहाँ धरै जसो नेपालीहरु माझ “मिस्टर ली” को नामले परिचित हुनुहुन्थ्यो। उहाँले २००२ सालमा ‘हङकङ ह्युमन् रिसोर्सेज ली’ स्थापना गरी विभिन्न सुरक्षा तालिम (सिटा कार्ड) र सेक्युरिटी सम्बन्धी तालिम सञ्चालन गर्दै आउनु भएको थियो।

उहां जीवित हुदां प्राय जसो नेपाली कार्यक्रमहरुमा उपस्थित भै आर्थिक तथा नैतिक समर्थन दिने गर्नुहुन्थ्यो।


तस्वीरमा वायाँबाट तेस्रो स्व. मिस्टर ली, तस्वीरः अमृत गुरुङ, /एचकेनेपाल डट कम

पछिल्लो पटक उहाँ ‘पोखरेली झ्याल छैटौं’ कार्यक्रमको सन्देश प्रवाह कार्यक्रममा प्रायोजकका रूपमा नोभेम्बर २९ तारिख नेपालीमाझ उपस्थित हुनुभएको थियो।

स्व. मिस्टर ली एचकेनेपाल डट कमको नियमित विज्ञापनदातामध्ये एक हुनुहुन्थ्यो। एचकेनेपाल डट कम परिवारले उहाँको असामायिक निधनप्रति गहिरो समवेदना प्रकट गर्दै मृतात्माको चिरशान्तिको हार्दिक कामना गरेको छ।

स्व. मिस्टर लीको अन्तिम संस्कार डिसेम्बर २६ तारिख र दाह संस्कार २७ तारिखका दिन हुने उहाँका सहयोगी प्रेम गुरूङले एचकेनेपाल डट कमलाई जानकारी दिनुभयो।

अन्तिम संस्कारः २६ डिसेम्बर २००९
समयः दिउसो ४ बजे
स्थानः
Hall No. 1A
Ground Floor
Po Fook Memorial Hall
No. 1 Yau On Street, Tai Wai

दाह संस्कारः २७ डिसेम्बर २००९
थप जानकारीको लागि सम्पर्क फोन नं. २३०१११३६ वा २३०१११२७

Popularity: 4%

8 comments December 5th, 2009


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2009
M T W T F S S
« Nov   Jan »
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Posts by Month

Posts by Category