Archive for January, 2010

लिम्बुवान मुक्ति मोर्चा शाखा, हङकङको लेखीय प्रेस विज्ञप्ति

लिम्बुवान मुक्ति मोर्चा शाखा, हङकङको लेखीय प्रेस विज्ञप्ति
लिम्बुवान गौतम बुद्ध र जेसस् क्राइस्ट जन्मनुभन्दा धैरै सय वर्षपहिले स्थापना भएको प्राचीन भू-राज्य हो। हाल आधुनिक नेपाल अर्न्तर्गत मेची नदी पश्चिम, अरुण-सप्तकाशी नदी पर्ूव, तिब्बत दक्षिण र भारत उत्तर यति चार किल्ला भित्रका सम्पर्ूण्ा नौं जिल्लाहरु झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलाम अभिन्न लिम्बुवान भूमि हो । यो लिम्बुवान आदिवासी लिम्बूहरुको आदिम भूमि हो, आदिम राज्य हो।

मानव प्राणीहरुको बसाइँ-सराइँ गरिरहने चलन भएअनुसार लिम्बुवान भूमिमा गैर लिम्बूहरु बाहिर विभिन्न स्थानहरुबाट विभिन्न कालखण्डहरुमा बसाइँ सरिआएका मात्र हुन् । यसरी बसाइँ सरी आउनेहरुमध्येमा कोचहरु पनि एक हुन् । जसरी लिम्बूहरु आफ्नो आदिम भूमि लिम्बुवानबाट बसाइँ सरेर भारतको आसाम, नागाल्याण्ड आदि राज्यहरुमा बसोबास गरेका छन् । बसोबास गरेको त्यस स्थानको नागरिक भएको हैसियतले नागरिकहरुले समान रुपमा पाउने समान नागरिक अधिकारहरु समान रुपमा उपभोग गर्न पाउँछन् । त्यहाँ लिम्बूहरुले लिम्बू भाषा, धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, सर्म्बर्धन र विकास गर्न पाउँछन् तर लिम्बुवान नामको राज्य खोज्न पाउँदैनन् । जतिसुकै ठूलो संख्या भएपनि पाउँदैनन् । त्यसरी नै कोचहरुको पनि आदिम भूमि भारतको पश्चिम बंगाल राज्यको टिष्टा नदी पूर्वको कोच विहार र त्यही कोच विहारकासंगै जोडिएको आसामको पश्चिम भाग हो र त्यहीबाट कोचहरु लिम्बूवानमा बसाइँ सरिआएका हुन् । लिम्बूवानमा बसाइँ सरिआएको लिम्बुवान नागरिक भएको हैसियतले सबै नागरिकहरुले समान रुपमा पाउँने समान नागरिक अधिकारहरु समान उपभोग गर्न पाउँछन् । उनीहरुले कोच भाषा, धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, सर्म्बर्धन र विकास गर्न पाउँछन् । तर कोचिला राज्य बनाउन पाउँदैनन् । कुनै पनि जातजातिहरुले आफू आदिवासी भएको थातथलोमा बाहेक अर्को आदिवासहिरुको थातथलोमा कदाचित राज्य खोज्न पाउँदैनन्।

सेन र शाहको हकमा यो लिम्बुवान भूमिमा स्वयम लिम्बूहरुले नै सेनलाई एक कालखण्डमा थपनाको रुपमा मात्र ल्याएका थिए भने पृथ्वीनारायण शाह सन्धि-सम्झौता अनुसार मात्र आएका थिए । इति सम्वत १८३१ को लालमोहर अनुसार लिम्बुवान नेपालको सह-राज्य हो, नेपाल अर्न्तर्गत एक विशिष्ट राज्य हो । यो लालमोहर आवधिक सन्धि नभएर कहिल्यै अवधि समाप्त नहुने अनावधिक सन्धि हो । कहिल्यै खारेज नहुने अजरत सन्धि हो । र, यस धर्तीमा मानव अस्थित्व रहेसम्म कायम रहिरहने जिरबत सन्धि हो।

मधेसको हकमा मधेस त जनबोलीमा बालिने जनबोली मात्र हो मधेसको कुनै ऐतिहासिक-प्रमाणित दस्तावेज छैन। मधेस ‘मध्यदेश’ शब्दको अपभ्रंश शब्द हो र यो मध्यदेश भारतमा पर्छ । लिम्बुवानको झापा, मोरङ र सुनसरी जिल्लामा पर्दैन, छैन । विराटको हकमा भारतको राजस्थान राज्यको जयपुर जिल्लामा अवस्थित एउटा सानो प्राचीन विराट राज्य हो । प्राचीन विराट राज्य विराट राजाको राज्य थियो । लिम्बुवानको मोरङमा विराट राज्य छैन । लिम्बुवान र खम्बुवानको हकमा लिम्बुवान र खम्बुवान एकल किरात राष्ट्र राज्यबाट अलग भएर बनेको नभइ भिन्न भिन्न समयकालखण्डमा आ-आफ्नै किसिमले स्थापना भएका बिलकुल अलग अलग स्वतन्त्र तथा छिमेकी मित्र राज्यहरु हुन् । अरुण-सप्तकाशी नदी पूर्व लिम्बूहरुले लिम्बुवान आफ्नै बल पौरखले आदिमकालमा स्थापना गरेको आदिम भूमि हो । त्यसकारण लिम्बुवान स्थापना र संरक्षण गर्नुमा लिम्बू बाहेक अरु कसैको पनि योगदान छैन।

लिम्बुवानको मित्र राष्ट्र तिब्बतको दलाइ लामाले हाङ विद्याचन्द्र राय लिम्बू (वि. सं. १६६६- १७२९) को पालामा तिब्बती पात्रोको मिति आगो बज्रसाल १० महिना १३ तारिखमा दिएको लालमोहर अनुसार लिम्बुवानको मोरङ प्रदेश भागसुमसम्म हो र यो हाल भारतमा पर्छ । त्यसैगरी भारतको इस्फोरिया नवाव राजाको सेनापति आमत खाँले मुस्लिम सम्बत ११२५ मा दिएको लालमोहर अनुसार लिम्बुवानको मोरङ प्रदेशको सिमाना टक्सोगञ्ज हो र यो पनि हाल भारतमा नै पर्छ।

उपरोक्त लालमोहरहरुले दिएको प्रमाणहरु अनुसार लिम्बुवान भारतसम्म पर्छ र अझ प्रमाणहरु खाज्दै गएमा बंगलादेशसम्म पुग्न सक्छ भने अरुण-सप्तकोशी नदी पूर्वका सम्पूर्ण क्षेत्र नपर्ने त कुरै भएन । लिम्बुवानको उत्तर-पश्चिम खण्ड चैनपुर-संखुवासभामा दोश्रो गोरखा-लिम्बू युद्धमा लिम्बू सेनापति काङसोरे राय लिम्बूले शहिद हुनु परेको थियो । लिम्बुवानको दक्षिण-पश्चिम खण्ड केन्द्रीय राजधानी मोरङ-विजयपुरका अन्तिम राजा हाङ बुद्धिकर्ण राय लिम्बूले पनि मोरङ-विजयपुरका लागि शहिद हुनु परेको थियो । अरु पचासी जना लिम्बू सेनाहरुले पनि विजयपुरमै शहिद हुनु परेको थियो । इस्फोरिया नवाव राजाका मुसलमान सेनाहरुसँग युद्ध हुँदा पनि धेरै लिम्बू सेनाहरुले शहिद हुनु परेको थियो । लिम्बुवान आदिवासी लिम्बूहरुको रगत र पसिनाले सिँचिएको भूमि हो । लिम्बुवानको लागि लिम्बूहरु बाहेक अरु कोही कसैले पनि रगत पसिना बगाएर कहिले दुःख कष्ट गरेको छ - प्रमाण छ - छैन।

लिम्बुवान लिम्बूहरुले रगत र पसिना बगाएर जोगाएको आदिम भूमि हो । अहिले आएर कोचिला, विराट र मधेश आदि नामको राज्य कुन आधारबाट लिम्बुवान भूमिमा प्रस्ताव ल्याइएको हो - प्रमाण दिनु पर्यो । लिम्बुवानले कसैको एक इञ्च भूमि मिचेको छैन । मिच्ने पनि छैन । मिच्न दिने पनि छैन । कसैले कसैको गोजिको श्रीसम्पति लिम्बुवानलाई दिनु परेको पनि छैन । अनि अरुलाई के को टाउँको दुखाइ - कुनै पनि दललाई भोटका लागि लिम्बुवानको कुनै पनि भाग वा क्षेत्रलाई बेच्ने अधिकार छैन । एमाओवादीलाई लिम्बुवानको झापा, मोरङ र सुनसरीलाई भोटका लागि कोचलाई कोचिला भनेर बेच्ने अधिकार छैन । एमालेलाई पनि विराटको नाममा र मधेसी जनधिकार फोरमलाई मधेसको नाममा लिम्बुवानको झापा, मोरङ र सुनसरीलाई भोटका लागि बेच्ने अधिकार छैन । स्वयम लिम्बूहरुलाई पनि बेच्ने अधिकार छैन । कसैलाई पनि छैन।

राज्य बन्नका लागि चाहिने मूल आधारहरु भनेको ऐतिहासिकता, ऐतिहासिकता अनुसारको भौगोलिकता, ऐतिहासिक-भौगोलिक निरन्तरता र ऐतिहासिक प्रमाणहरु हुन् । माथि उल्लेखित सबै आधारहरु लिम्बुवानसँग छ । माथिका बाहेक लिम्बुवानसँग अन्य आवश्यक थुप्रै आधारहरु पनि छन् । ती आधारहरुमा भौतिक पूर्वाधार, औधोगिक व्यवसायिक सुगमता, पर्याप्त भौगोलिकता आदि । अन्य राज्यहरुको तुलनामा लिम्बुवानको ऐतिहासिक तथा भौगालिक पृष्ठभूमि फरक भएकोले माथि उल्लेखित आधारहरु बाहेक संविधान सभाको राज्य पुनःसंरचना तथा राज्यशक्तिको बाँडफाँड समितिले राज्यका लागि तयार पारेका विभिन्न आधारहरु तात्विक रुपमा अष्पष्ट र द्वैध अर्थ लाग्ने भएकोले ती आधारहरु लिम्बुवानको हकमा लागू हुन सक्दैनन । संविधानसभाको राज्य पनःसंरचना तथा राज्यशक्तिको बाँडफँड समितिले १४ प्रदेश पारित गर्दा अरुण-सप्तकोशी नदी पर्ूवको साविक लिम्बुवानको अभिन्न भूमि झापा, मोरङ, सुनसरी र प्राचीन चैनपुर थुम-संखुवासभा जिल्ल्लालाई छुट्याई लिम्बुवानलाई विखण्डन गरिएकोमा हाम्रो घोर आपति रहेको छ । तर्सथ तत्काल सच्याई लिम्बुवानलाई साविक अवस्थामा राख्न सम्बन्धित निकायहरुलाई हामी जोडदार अनुरोध गर्दछौं । साथै यो अनुरोधलाई समान्य नठान्न पनि अनुरो गर्दछौं।

लिम्बुवानको यो विखण्डन गराइले हामी राष्ट्रवादीहरुको, राष्ट्रिय अखण्डतावादी प्रजातन्त्रवादीहरुको सोचमाथि ठूलो चोट पुग्न गएको छ । हामी राष्ट्रवादीहरु नेपालको राष्ट्रिय अखण्डता,अभिभाज्यता र अक्षुणता राख्न प्रतिबद्ध हुनका साथै अखण्ड नेपालभित्र अरुण-सप्तकोशी नदी पूर्वको सम्पूर्ण साविक लिम्बुवानलाई पनि अखण्ड राख्न त्यतिकै प्रतिबद्ध छौं । जसरी नेपाललाई अखण्ड राख्न जति आवश्क हुन्छ त्यति नै नेपालभित्र साविक लिम्बुवानलाई अखण्ड राख्न पनि आवश्यक हुन्छ । आधुनिक नेपाल र लिम्बुवानको नाम तथा स्थपनाकाल आकाश-जमिनको फरक छ । नेपाल १८ औं शताब्दीमा मात्र बनेको राज्य हो भने लिम्बुवान गौतम बुद्ध जन्मनुभन्दा धेरै सय वर्षपहिले स्थापित भूमि नाम हो । लिम्बुवान भर्खरै राखिएको नाम हुँदैहोइन । साढे दुइसय वर्षअघि मात्र स्थापित भएको आधुनिक नेपाललाई प्राचीन साविक लिम्बुवानलाई विखण्डन गर्ने अधिकार छैन । त्यसकारण तु सच्याउँन फेरी पनि अनुरोध गर्दछौं । यदि नसच्याई लिम्बुवानलाई विखण्डन गर्ने षड्यन्त्र गरिन्छ भने १८३१ को सन्धि अनुसार नेपालबाट लिम्बुवान पनि वैधानिक रुपमा अलग भई स्वतन्त्र हुन बाध्य हुनेछ । अतः हामी नेपालको राष्ट्रिय अखण्डतावादी तथा गणतान्त्रिक प्रजातन्त्रवादीहरुको आत्मामाथि कुनै पनि किसिमको चोट नपुर्याउन सम्बन्धित निकायहरुलाई जोडदार अनुराध गर्दछौं।

अध्यक्ष
प्रकाश यक्सो
सचिव
श्री देबेन्द्र कुमार शेर्मा
लिम्बुवान मुक्त मोर्चा शाखा, हङकङ
10limbuwan@gmail.com

Recent Videos:

Popularity: 3%

2 comments January 31st, 2010

‘यलम्बर नाईट- तेस्रो’

‘यलम्बर नाईट- तेस्रो’ भिडियो झलकः
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ३१-

नेपाल स्टार विष्णु चेम्जोङसहित श्रेया र नविन हङकङमा
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ३०-
नेपाल स्टार विष्णु चेम्जोङसहित गायिका श्रेया सोताङ र गायक नविन राई शनिवार साँझ हङकङ आएका छन्।

किरात राई यायोक्खा, हङकङको आयोजनामा आइतवार साँझ याउ मा तेईस्थित हेन्री जि लियुङ कम्युनिटी हलमा हुने ‘यलम्बर नाईट- तेस्रो’ का लागि उनीहरू हङकङ आएका हुन्।

नेपालबाट हङकङ आएका कलाकारहरू चेम्जोङ, सोताङ र राईले एचकेनेपाल डट कमसंग गरेको छोटो कुराकानी, साथमा कार्यक्रम संयोजक किसन राईः भिडीयो

पाठक विचारः सुझाव तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्


तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्

—————————————————————-
यलम्बर नाईट- तेस्रो
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी १५-
येले सम्वत ५०७० को उपलक्ष्यमा आयोजित ‘यलम्बर नाईट- तेस्रो’ मा उपस्थितिका लागि हङकङका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।

आयोजकः किरात राई यायोक्खा, हङकङ

Popularity: 4%

4 comments January 30th, 2010

हङकङ नेपाली तेक्वान्दो संघद्वारा पत्रकार सम्मेलन

महेश राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेपाली तेक्वान्दो संघले जोर्डनस्थित चौतारी क्लवमा आफ्नो आठौं वार्षिक उत्सवलगायत अन्य विषयमा शनिवार साँझ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

संघले आउदो मार्च १४ मा आयोजना गरिने वार्षिक उत्सवमा गत साल जस्तै प्याट्रन र स्पाइरिङ प्रतियोगिता गर्ने भएको छ। प्रतियोगितामा स्थानीय नेपाली तेक्वान्दो डोजाङ आमन्त्रीत छन् भने हङकङका दुइ चाइनिज तेक्वान्दो संगठन, पुलिस तेक्वान्दो क्लव र ग्रेट भ्यू तेक्वान्दो क्लव समेत रहेका छन्। प्रतियोगिताको मुख्य उद्धेश्य नेपाली तेक्वान्दोको विकास र नेपाली तेक्वान्दो क्लवहरु बिचको भाइचारा सम्वन्ध, सहकार्य र एकता रहेको कुरा बताइएको छ।

तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम। थप तस्वीरहरू

यसै सभामा वल्ड तेक्वान्दो फेडेरेसनले मानेको तेक्वान्दो डे ४ सेप्टेम्वरको दिनलाई आउँदो ५ सेप्टेम्वरका दिन तेक्वान्दो डे खुल्ला मंञ्चमा आयोजना गर्ने योजना रहेको कुरा जानकारी दिएको छ। सोही कार्यक्रममा संघका प्रसिडेन्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङले आफूले पाउने गरेको तेक्वान्दोको आय आर्जनवाट तेक्वान्दोको विकास र खेलाडीको प्रोत्साहनको लागि आफ्नो नामको ट्रस्ट खोल्ने घोषणसमेत गरेका थिए।

अन्तमा यो संघले यसै खुल्ला सभाबाटनै नेपाली तेक्वान्दोको विकासको निम्ति नेपाली क्लवहरुलाई एक जुट हुनु पर्ने जिगिर गर्दै हङकङ नेपाली तेक्वान्दो संघमा आवद्व हुन आव्हान समेत गरेको छ। संघमार्फत प्रशस्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको अवसर प्राप्त हुने र भैरेको हुनाले यो संघले मात्र यस्ता सुवर्ण अवसरको सहि सदुपयोग गर्ने स्थिति नभएकोले एकजुट हुनुपर्ने आजको आवश्यकता रहेको कुरा बताएका छन्। यस कुरालाई जोड दिदै केही कुराहरुमा तेक्वान्दो क्लवहरुले र कति कुरा संघवाट पनि लचकता अपनाएर मध्यमार्गवाट एकवद्व हुनु पर्ने प्रसिडेन्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङले बताए।

Popularity: 2%

1 comment January 30th, 2010

नेपाली साहित्य प्रतिष्ठान हङकङको सूचना!

नेपाली साहित्य प्रतिष्ठान हङकङको सूचना!
सूचना! सूचना !! सूचना !!!
यहि आउँदो सन् २०१०/०२/१३ तारिख शनिवारका दिन नेपालका बरिष्ठ समालोचक डा.गोविन्दराज भट्टराईको समुपस्थितिमा नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सव भव्यताका सम्पन्न गरिने साथै सन् २०१०/०२/१५ तारिख सोमवारका दिन अन्तर्क्रिया समेत गरिने भएकोले उक्त दशौं वार्षिकोत्सव र अन्तर्क्रिया कार्यक्रममा उपस्थित भैदिन हङकङमा वसोवास गर्नु हुने सम्पूर्ण नेपाली साहित्यप्रेमी मानुभावहरुलाई नेपाली साहित्य प्रतिष्ठान हङकङ हार्दिक आमन्त्रणा गर्दछ।

दशौं वार्षिकोत्सवको दिन स्रष्टा सम्मान र कविता पनि वाचन गरिने भएकोले आफ्नो कवितासमेत लिएर उपस्थित भैदिन आग्रह गर्दछौं। हङकङ भन्दा वाहिर रहनु हुने कवि कवयत्रीहरुले कविता वाचनको लागि इमेलमार्फत कविता पठाउँन सक्नुहुनेछ।
आयोजकः नेपाली साहित्य प्रतिष्ठान हङकङ

पहिलो कार्यक्रमः
मितिः २०१०/०२/१३ शनिवार
समयः दिनको ०१ बजेदेखि साँझ ०५ बजेसम्म
स्थानः याक एण्ड यति रेष्टुरेन्टको माथिल्लो तला,जोर्डन
कार्यक्रमः नेपाली साहित्य प्रतिष्ठान हङकङको दशौं वार्षिकोत्सव साथै कविता वाचन

दोस्रो कार्यक्रमः
मितिः २०१०/०२/१५ सोमवार
समयः दिनको ०१ बजे देखि साँझ ०५ बजे सम्म
स्थानः - कंघन रेष्टुरेन्ट,जोर्डन
कार्यक्रमः अन्तर्क्रिया हङकङमा नेपाली साहित्य वारे
सम्पर्कको लागिः ६४९७४०१९ / ९६०८२६५२ / ९८३१८०५७
इमेलः kavitakusum@gmail.com

Popularity: 2%

Add comment January 29th, 2010

डाँडा गाउंलेको भेटघाट तथा विविक्यू कार्यक्रम

चीनीयाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुन गै रहेको डाँडा गाउंलेको भेटघाट तथा विविक्यू कार्यक्रममा उपस्थितका लागि हार्दिक आग्रह गरिन्छ।

आयोजकः डाँडा गाउंले संस्था, हङकङ
मितिः १४ फेब्रुवरी २०१०
स्थानः मंकी हिल

कार्यक्रमहरूः
विबिक्यू, भेटघाटका साथै विविध मनोरञ्जनात्मक कार्यक्रमहरू।
थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्

Popularity: 3%

Add comment January 27th, 2010

हङकङमा पहिलो नेपाली टेनिस प्रतियोगिता सम्पन्न

हङकङमा पहिलो नेपाली टेनिस प्रतियोगिता सम्पन्न
देवराज राई, हङकङ / एचकेनेपाल डट कम, जनवरी २४-
हङकङमा रहेका नेपाली टेनिस खेलाडीहरु बीचमा प्रथम मैत्रीपूर्ण टेनिस प्रतियोगिता जनवरी २४ तारिखका दिन युनलङको टेनिस कोर्टमा सम्पन्न भयो।



तस्वीरः जगतअम्बु गुरूङ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

पुरुष एकलतर्फ ए र बी डीभीजन तथा पुरुष डबल खेल सम्पन्न भएको थियो। हङकङ नेपालीज टेनिस सोसाइटीको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुष एकलतर्फ ए डिभिजनमा विकास गुरुङ विजेता तथा मगेन्द्र राई उपविजेता बने। बी डिभिजनमा पुरुष एकलतर्फ गेरी लिम्बू विजेता तथा संतोष राई दोश्रो बने।

पुरुष डबलतर्फ भने मगिन्द्र राई र संजय सुब्बाको जोडीलाई हराउँदै विकास गुरुङ र धन सुनुवारको जोडी प्रथम बन्यो।

सोसाइटीका सदस्य मधुकमल राईका अनुसार प्रतियोगितामा १६ जना खेलाडीहरुले सहभागिता जनाएका थिए। उनीहरुलाई दुई समूहमा विभाजन गरिएको थियो। अनुभवी तथा पुराना खेलाडीहरुलाई ए डिभिजनमा राखी खेलाइएको थियो। बी डिभिजनमा भने नयाँ खेलाडीहरु समेटिएका थिए।

विजेता तथा खेलाडीहरुलाई सोसाइटीका संरक्षक वाइबी राईले ट्रफी, नगद पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए। प्रथम टेनिस प्रतियोगितामा ए डिभिजनमा मगिन्द्र, राम, उदय, इन्द्र, विकास, खिम, आदम र नबीन सहभागी थिए। उता, बी डिभिजनमा डेनी, संतोष, मधु , कमल, गेरी, मान, धन र संजय सहभागी थिए।

————————————————–

नेपालीहरुबीच मैत्रीपूर्ण टेनिस् प्रतियोगिता हुने
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ५-
हङकङ नेप्लीज टेनिस् सोसाईटीले यहाँ नेपालीबीच जनवरी २४ तारिखका दिन प्रथम मैत्रीपूर्ण टेनिस प्रतियोगिता आयोजना गरिने भएको छ।

विश्वभर लोकप्रिय हुदै गएको खेल टेनिस नेपाली समुदायमाझ संस्थागत विकाश गर्दै आपसी भाईचारा मनोरञ्जन, शारिरीक तन्दुरूस्ती र स्फूर्ति राख्न साथै भविष्यमा गुण स्तरीय खेलाडी उत्पादन गर्न सो प्रतियोगिता आयोजना गरिन लागेको आयोजक संस्थाले जनाएको छ।

मधुकमल राईले एचकेनेपाल डट कमराई दिएको जानकारी अनुसार प्रतियोगिता युन लङ्गको साई चिङ्ग स्ट्रीट स्थित टेनिस कोर्टमा आयोजना हुने छ।

सोसाईटीका संरक्षक सल्लाहकार वाईवि राई र नेपाल क्लब हङकङका अध्यक्ष प्रदिप थापाको प्रमुख प्रायोजनमा सम्पन्न हुने उक्त प्रतियोगितामा डिभिजन “ए” र डिभिजन “बी” गरी छुट्टा-छुट्टै एकल तथा युगल प्रतिस्पर्धा गराईने जनाइएको छ।

दुवै डिभिजनका विजेता तथा उपविजेताहरुलाई आयोजक तथा प्रायोजकहरुको तर्फबाट ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कार प्रदान गरिने सोसाईटीका अध्यक्ष गेरी लिम्बू र सचिब सन्तोष राईले जनाएका छन्। नेपाल क्लब हङकङको कार्य कक्षमा सम्पन्न एक भेलामा बोल्दै संरक्षक सल्लाहरका वाईवि राईले प्रतियोगितामार्फत आगामी दिनहरुमा नेपाली समुदायबीच टेनिस मोहको मार्ग प्रशस्त गर्ने बताउँदै आफ्नो तर्फबाट आवश्यक सल्लाह र सहयोग उपलब्ध गराउने बताए।

Popularity: 4%

3 comments January 24th, 2010

हङकङ तेह्रथुम मञ्चको पाचौं वार्षिक कार्यक्रम

हङकङ तेह्रथुम मञ्चको पाचौं वार्षिक कार्यक्रम
भव्यताका साथ मनाऔं, मंकि हिल जाऔं।

यंही आउदो २८ फेब्रुवरी २०१० आइतवारका दिन हङकङ तेह्रथुम मञ्चको पाचौं वार्षिक कार्यक्रम भव्यताका साथ हुन गई रहेकोले सम्पूर्ण तेह्रथुमवासीलगायत सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा उपस्थित भई उक्त कार्यक्रमलाई सफल पारी दिन हङकङ तेह्रथुम मञ्च हार्दिक अनुरोध गर्दछ।

कार्यक्रमहरूः
बिबिक्यूको साथमा बिभिन्न मनोरन्जनात्मक खेलकुद, भाग्यशाली चिट्ठा, गीत-संगीत, नृत्य हाक्पारे आदि प्रस्तुत गरिनेछ।

मितिः २८ फेब्रुवरी २०१० आइतबार
स्थानः मंकि हिल
समयः ११ बजे बिहानदेखि राति १० बजेसम्म
खेलहरुः डोरी तान्ने, हाँडी फुटाउने, भाग्यशाली चिट्ठा आदि।

थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्


Popularity: 3%

Add comment January 22nd, 2010

REWARD HK $50,000

=REWARD HK $50,000=
FOR A MATCHING BONE MARROW DONOR!

Dear all,
We would like to put forward a small request for Sheela Gurung who is currently in Queen Mary Hospital in Hong Kong, daughter of Yukta Man Gurung from Ghurkha Nepal. Earlier this year Sheela was diagnosed with Leukaemia which is a terminal blood cancer.

She is in a very critical condition at the moment, and we need a matching bone barrow donor within 3 months which is end of April 2010, as none of the family members bone marrow match. The results of the test take approximately a month time, so we need you as soon as possible.

Gurung family is willing to give HK $50,000 to the right match.
Help spread the word, Sheila is counting on the good will of others to survive, and I have faith in all the people who read this. Please help any way! Make a difference today!

Contact to:
Yukta man Gurung(father)- Mobile No 97427236
Geeta Gurung (mother) - Mobile No 95208264

Popularity: 9%

36 comments January 22nd, 2010

भोजपुरेको माघे संक्रान्ति

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
भोजपुर समाज सेवा समिति हङकङले आइतवार विविध कार्यक्रमहरुसहित भेटघाट कार्यक्रमको सम्पन्न गरेको छ। मंकी हिल पार्कमा सम्पन्न भएको माघे संक्रान्ति तथा भेटघाट कार्यक्रममा भोजपुरबाट हङकङ आई विविन्न क्षेत्रमा कार्यरत भोजपुरेहरु तथा भोजपुरलाई माया गर्नेहरुको उपस्थिति देखिएको थियो।

भेटघाट कार्यक्रमको औपचारिक कार्यक्रममा रामवहादुर राई प्रमुख अतिथि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा मणिकिरात बान्तावा, नरेन्द्र राई, पुष्पवहादुर राई, रामली राईलगायतका व्यक्तिहरुको उपस्थित थिए। समितिका उपाध्यक्ष खडग राईले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नरेन्द्र राई, मणिकिरात बान्तवालगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा कमल राई र राजेश राईले गीतहरु प्रस्तुत गरेका थिए।

भोजपुर समाज सेवा समितिका अध्यक्ष बसन्त निरौलाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमलाई सचिव झण्ड राईले संचालन गरेका थिए। भोजपुरेको कार्यक्रमसंगै मगर संघ हङकङ र तामाङ घेदुङ संघको कार्यक्रम पनि एकै स्थानमा आयोजना भएका थिए। तामाङ ल्होसार तथा मगर संघको माघे संक्रान्ति कार्यक्रम रहेको थियो। कार्यक्रम स्थल पुरै संस्कृतिमय बनेको थियो। हङकङेली गायक कलाकारहरुले उपस्थित दर्शकहरुलाई थप मनोरञ्जन दिलाएका थिए।

Popularity: 3%

2 comments January 18th, 2010

बिएनओ पासपोर्ट होल्डरलाई बेलायती नागरिकता

एस, हङकङ / एचकेनेपाल डट कम-
बेलायत सरकारले बिएनओ पासपोर्ट होल्डर नेपालीलाई बेलायती नागरिकताका लागि निवेदन दिन पुनः आह्वान गरेको छ।

ब्रिटिश राष्ट्रियता अधिनियम 1981 धारा 4B का अनुसार बिएनओ राहदानीवाहक नेपालीले बेलायती नागरिकताका लागि आवेदन दिन सक्ने छन्।

बेलायत सरकारले ब्रिटिश राष्ट्रियता अधिनियम 1981 धारा 4B अन्तर्गतको पंजीकरणमा परिवर्तन ल्याएपछि पछिल्लो पटक यो जानकारी सार्वजनिक भएको हो। हङकङस्थित ब्रिटिश महावाणिज्य दूतावासले जनवरी १३ तारिखदेखि लागु हुने गरी तलको सूचना सार्वजनिक गरिएको छ।

Section 4B British Nationality Act 1981
Changes to registration under section 4B of the British Nationality Act 1981
The Borders, Citizenship and Immigration Bill, which received Royal Assent on 21 July, will introduce certain changes to British nationality law.

One of the changes in the Act will allow British Nationals (Overseas) to be registered under section 4B of the British Nationality Act 1981 if they do not hold any other citizenship or nationality.

This change will come into force following a commencement order on 13 January 2010.

What are the requirements for BN(O)s to register under section 4B of the British Nationality Act 1981?
1.You must not hold any other citizenship or nationality.
2.You must not have:
• renounced any citizenship or nationality; or
• voluntarily given up any citizenship or nationality; or
• lost through action or inaction any citizenship or nationality since 19 March 2009.
3.BN(O)s of Chinese ethnic origin are entitled to Chinese nationality and do not qualify.

How do I apply?
Applications should be made on form B(OS) which can be downloaded from the UK Border Agency (UKBA) website.
Further information on how to complete the form, and the requirements for registration can be found in Guide B(OS), which is also on the UKBA website.

If you meet the requirements and wish to submit an application, please call 2901 3135 to book an appointment. We will send a letter to confirm the appointment date. The appointment letter will include an application form, a guide to the legislation and a list of documents needed to support the application. The appointment letter will also be needed when making the application.

Any applicant who does not have an appointment will not be able to submit an application.

What information do I need to provide with the application?
1. Evidence that you are a British National (Overseas). This should be:
Your BN(O) passport
2. ­Documentary evidence that you have no other citizenship or nationality:
a letter from the country in which you were born saying whether you have ever held that country’s citizenship or nationality; and
if either of your parents holds another (non-British) citizenship or nationality: a letter from the authorities of the country concerned saying whether you have ever held that country’s citizenship or nationality; and
if you have lived for a period of five years or more in any other country: a letter from the authorities of the country of residence saying whether you have ever held that country’s citizenship or nationality.
If your parents hold different non-British citizenships or nationalities, or if either of them holds more than one citizenship or nationality, you will need to get letters of confirmation from all of the countries concerned. Similarly, if you have lived for 5 years or more in more than one country, you will need to get letters of confirmation from all of the countries concerned.

You should make sure that you have all the above information before attending your appointment. If you do not supply all the necessary information, you will be told what further information is required and asked to make another appointment once you have enough information to establish that you meet the requirements for registration under section 4B.

You should provide original documents - photocopies are not acceptable. Please also provide translations of documents that are not in English.

Holders of Nepalese Certificate of citizenship
If you meet all the criteria above but hold a Nepalese Certificate of Citizenship, you will be assumed to be a citizen of Nepal and will not qualify. However, if you consider that your Nepalese Certificate of Citizenship was issued to you in error and feel that you do qualify to be registered as a British citizen, you should first obtain written evidence from the Nepalese authorities confirming that your certificate was issued in error and you were never considered to be a Nepalese citizen.

The Consular Section can help you obtain this information from the Nepalese authorities by providing you with a letter explaining your former British nationality status up to its expiry on 1 July 1997. This is so that the Nepalese authorities can decide the legal effect (if any) of your Nepalese citizenship certificate. However, this letter is not obligatory and there is a charge for it.

For all 4B applications
From 13 January 2010, all 4B applications are by appointment only. Any applicant who does not have an appointment will not be able to submit an application.

नोटः यस सम्बन्धी आफ्ना विचार, सुझाव तथा छलफलका लागि तलको कमेन्ट बक्समा पोष्ट गरी एक अर्कासंग सहयोगको आदानप्रदान गर्नुहोस्।

Popularity: 20%

109 comments January 14th, 2010

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2010
M T W T F S S
« Dec   Feb »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category