दिलवहादुर स्मृति भेला
गत वर्ष मार्च १७ तारिख हङकङ प्रहरीद्वारा निर्ममता पूर्वक हत्या गरिएका दिलवहादुर लिम्वूको प्रथम वार्षिकीमा उनको आत्माको चिर शान्तिको कामना गर्दै धुपवत्ती वाल्ने कार्यक्रम निम्न स्थान, मिति र सयमयमा सम्पन्न हुने भएकोले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीवहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
मितिः १७ मार्च २०१० समयः दिनको ठीक १२:३० वजे स्थानः होमान्टिन डाँडा (दिलवहादुर मारिएको स्थान) नोटः दिनको १२ वजे जोर्डन पार्क (CLP Building) अगाडिवाट वस छुट्ने छ । सम्पर्क फोन नम्वरः ९७१७८८६१, ९६१२१०४९ र ९७७३०२६४ आयोजकः हङकङ नेपाली महांघस दिलवहादुर लिम्वू हत्या संघर्ष समिति
महेश राई, हङकङ /एचकेनेपाल डट कम -
हङकङ नेपाली तेक्वान्दो एसोशियसनले आइतवार काउलन पार्कस्थित कवडहलमा आठौं वार्षिक उत्सव सम्पन्न गरेको छ।
प्रेसिडेण्ट मास्टर तुलसीकुमार गुरुङले विहान १० बजे उद्धाटन गर्नुभएको कार्यक्रममा एसोशियसनको पहिलो चौथो वार्षिक पत्रिकासमेच लोर्कापण गरिएको थियो। कार्यक्रमलाई सुधिर गुरुङ र अञ्जु घिसिङले सञ्चालन गर्नुभएको थियो।
खुल्ला प्याट्रन (पुम्से) १५ वर्षसम्मका पुरुष बोइज प्रतियोगितामा एचकेएनटिएलगायत कोरिया चुङ डो क्वान (न्यू जेनेरेसन्) , हङकङ पुलिस तेक्वान्दो क्लव, हङकङ नेशनल ग्रेट भ्यू तेंक्वान्दो र सुमित तेक्वान्दो, युनिफाइट तेक्वान्दो, युनाइटेट तेक्वान्दो, टप माउन्टेन तेक्वान्दो, एभरेष्ट तेक्वान्दो, पेसिफिक तेक्वान्दो गरि जम्मा २६० खेलाडीहरूले भाग लिएका थिए।
कार्यक्रममा प्रमुख अतिथि नेपाली महावाणिज्यदूत विनोद उपाध्यायसहित विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको आतिथ्य रहेको थियो।
नेपाली जनसम्पर्क समिति हङकङको वार्षिक उत्सव
तथा विविध साँस्कृतिक कार्यक्रम
सूचना ! सूचना !! सूचना !!!
नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा समिति स्थपना भएको १४औ वार्षिक उत्सव मनाउनको लागि नेपाली काँग्रेसका कार्यवाहक सभापति शुशिल कोइराला तथा यूवा नेता तथा सभासद गगन थापाज्यूको उपस्थितिमा प्रथम पटक भब्य रुपमा निम्न लिखित स्थान र समयमा वार्षिक उत्सव मनाउने निधो भएको हुदा सम्पूर्ण हङकङवासी नेपाली दाजुभाई तथा दिदी वहिनीहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
स्थानः- काउलुन पार्क पियाजा समयः- दिनको ठिक १ वजे
साथै
जनसम्पर्क समितिका सम्पूर्ण साधरण सदस्यज्यूहरुलाई क्रियाशील सदस्यता फारम केन्द्रबाट पहिलो पटक प्राप्त भएको हुदा चाँडो भन्दा चाँडो यहि मार्च महिनाको अन्तिम मितिभित्र भरेर केन्द्रमा पठाउनु पर्ने हुंदा सोको समेत जानकारी गराउदै तुरुन्त समितिमा सम्पर्क राख्न हुन हार्दिक अनुरोध गरिन्छ।
जनम्पर्क समिति हङकङ
कार्यक्रम सम्बन्धी थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोला।
देवराज राई, हङकङ /एचकेनेपाल डट कम -
नेपाली जनसम्पर्क समिति हङकङको आयोजनामा संस्था स्थापना भएको १४ औं वार्षिक उत्सव एवं नेपाली कंग्रेस पार्टीको सक्रिय सदस्यता वितरण सम्बन्धि जानकारी गराउने उद्धेश्यले मार्च १ तारिखका दिन नेपाल क्लवमा एक पत्रकार सम्मेलनको आयोजना गर्यो।
सभापति ईश्वर खाँडको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा आगामी अप्रिल ४ तारिखका दिन कउलुन पार्क पियाजामा एक बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरी जनसम्पर्क समितिको स्थापना दिवस भव्य रुपमा मनाउने जनाएको छ।
नेपाली कंग्रेस पार्टीसँग सम्बन्धित यस संस्थाको स्थापना सन् १९९२ सालमा भएता पनि विधिवत रुपमा १९९६ सालमा हङकङमा दर्ता भएको हो। पत्रकार सम्मेलनमा भूपू सभापति सन्तोष घलेसमेत उपस्थित थिए। पत्रकारहरुको जिज्ञासा सभापति संस्थाका सचिव प्रेम राईले जानकारी गराए। ईश्वर खाँड र सचिव प्रेम राईले पत्रकारहरुको जिज्ञासा मेटाएका थिए।
हाल नेपाली कंग्रेसको सदस्यता व्यापक रुपमा वितरण समेत भइरहेको कार्यक्रममा जानकारी गराइएको थियो। समिति स्थापना भएपछि पहिलो पटक वार्षिक उत्सवका रुपमा मनाउन लागिएको कार्यक्रममा नेपाली कंग्रेसका कार्यवाहक सभापति शुशिल कोइराला एवं युवा नेता गगन थापालाई कार्यक्रममा आमन्त्रण गरिएको समितिले जानकारी दिएका छन्। प्रमुख अतिथिको रुपमा उपस्थित हुनुहुने नेताहरुबाट कार्यकर्ताहरुलाई प्रशिक्षण समेत दिइने भएको छ। देशको समसामायिक राजनीतिको बारेमा समेत चर्चा गर्ने संस्थाका सचिव प्रेम राईले जानकारी दिएका छन्।
जनसम्पर्क समितिले ५ सय अधिक सक्रिय सदस्यता वितरण गर्ने उद्धेश्य राखेको छ। समितिलाई ७ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि पठाउने अनुमति पार्टीले दिएको छ। नेपाली कंग्रेस पार्टीको महासमिति सदस्यमा ३ जना प्रतिनिधि सहभागी हुन पाउने नियम हालै पार्टीले संशोधन गरेको छ।