एस हङकङ/ एचकेनेपाल डट कम-
विगत पाँच वर्षदेखि सञ्चालन हुदै आएको ट्यालेन्ट हण्ट प्रतियोगिताको दुबै शीर्ष उपाधि फिलिपिनोको पोल्टामा पुगेको छ। हङकङको नेपाली समुदायबीच अत्यन्त चर्चित प्रतियोगिता यस वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा रूपान्तरण भएपछि नेपाली युवक युवतीहरू पछाडि परेका हुन्।
वायाँबाट क्रमशः भारतकी मन्दीप कौर फस्ट रनरअप, फिलिपिन्सकी मेलिजा एनी ‘इन्टरनेशनल मिस ट्यालेन्ट हण्ट हङकङ २०१०’ को शीर्ष उपाधि विजेता र नेपाली गीता थापा मगर सेकण्ड रनरअप। तस्वीरः एचकेनेपाल डट कम थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।
याउ मा तेईस्थित हेन्री जी लियोङ कम्युनिटी सेन्टरमा आइतवार साँझ सम्पन्न प्रतियोगितामा नेपाली, भारतीय, फिलोपिनो र चिनीयाँ गरी महिलातर्फ ९ र पुरूषतर्फ ९ सहभागी थिए। प्रतियोगितामा महिलातर्फ फिलिपिन्सकी १८ वर्षीया मेलिजा एनीले ‘इन्टरनेशनल मिस ट्यालेन्ट हण्ट हङकङ २०१०’ को शीर्ष उपाधिसहित मिस बेस्ट लिडरशिपको उपाधि जितेकी छिन्। त्यसै गरी, भारतकी २२ वर्षीया मन्दीप कौर फस्ट रनरअपसहित मिस पर्सनाल्टीको उपाधि र नेपालकी २० वर्षीया गिता थापा मगरले सेकेण्ड रनरअपसहित मिस भ्युवर च्वाइजको उपाधि जितेका छन्।
विजेताहरूको भिडीयोः
- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
त्यसै गरी, पुरूषतर्फ फिलिपिन्सका १७ वर्षीय मेल्भिन जुनिगाले ‘इन्टरनेशनल मिस्टर ट्यालेन्ट हण्ट हङकङ २०१०’ को शीर्ष उपाधि जितेका छन्। प्रतियोगितामा नेपालका १९ वर्षीय रजत आले मगर फस्ट रनरअप र भारतका १८ वर्षीय अङ्कित मेहता सेकेण्ड रनरअप बने।
प्रतियोगितामा नेपालकी बुनु लिम्बूले मिस फोटो जेनिक र मिस बेस्ट ड्रेसको दुई उपाधि जितेकी छन्। अर्की नेपाली स्वर्णिमा गुरूङले मिस बेस्ट स्किन, फिलिपिन्सकी शेर्मी मार्कोसले मिस क्याटवाक र हङकङकी केल्सी चु युनले मिस बेस्ट फिगरको उपाधि जितेका छन्। नेपालका सागर लिम्बू, सुदीप लिम्बू र सफल पाइजाले क्रमशः मिस्टर ट्यालेण्ट, मिस्टर भ्युवर च्वाइज र मिस्टर फोटोजेनिकको उपाधि जितेका छन्।
प्रतियोगिताका शीर्ष उपाधि, फस्ट रनरअप तथा सेकेण्ड रनरअपका विजयीहरूलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार हङकङ डलरको नगद पुरस्कारसहित ताज, प्रमाणपत्र प्रदान गरिएको थियो। गत सालकी मिस ट्यालेन्ट हण्टकी विजेता अञ्जु घिसिङ, फस्ट रनरअप संगिता गुरूङ र सेकेण्ड रनरअप मञ्जिला राईले नवविजयी युवतीहरूलाई ताज पहिराई दिएका थिए।
धरानका पूर्व मोडल तथा संस्थाका अध्यक्ष तारा सुब्बा, मिस ट्यालेन्ट हण्ट २००६ बसन्ती पुन र मिस ट्यालेन्ट हण्ट २००९ की फस्ट रनरअप संगीता गुरूङले आयोजना गरेको ‘इन्टरनेशनल ट्यालेन्ट हण्ट हङकङ २०१०’ प्रतियोगितालाई एचकेनेपाल डट कमले अफिसियल मिडीया पार्टनरको रूपमा सघाएको थियो।
- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
International Talent Hunt Hong Kong 2010 Contest Winners Of Talent Hunt HK 2010
- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्। Please CLICK here to add your comment.
Results - Girls:
1) Winner + Miss Leadership: Melizza Anne Villamil / Filipino
2) 1st Runner-up + Miss Personality: Mandeep Kaur/ Indian
3) 2nd Runner-up + Miss Viewer Choice: Gita Thapa Magar / Nepalese
4) Miss Photogenic + Miss Best Dress: Bunu Limbu / Nepalese
5) Miss Best figure: Kelsey, Chu Yuen Chi / Hong Kong
6) Miss Best Skin: Swarnima Gurung / Nepalese
7) Miss Catwalk: Sharmae (Shae) Marcos / Filipino
HKNepal.com (Official Media Partner)
Boys:
1) Winner: Melvin Adrian Zuniga / Filipino
2) 1st Runner-up: Rajat Ale Magar / Nepalese
3) 2nd Runner-up: Ankit Mehta / Indian
4) Mr. Talent: Sagar Limbu / Nepalese
5) Mr. Viewer Choice: Sudip Limbu / Nepalese
6) Mr. Photogenic : Safal paiga / Nepalese
HKNepal.com (Official Media Partner)
Top Five Boys:
Melvin Adrian Zuniga / Filipino
Rajat Ale Magar / Nepalese
Ankit Mehta / Indian
Barun Gurung / Nepalese
Jiniel Jing Cruz (Jin) / Filipino
Top Five Girls:
Melizza Anne Villamil / Filipino
Mandeep Kaur/ Indian
Gita Thapa Magar / Nepalese
Kelsey, Chu Yuen Chi / Hong Kong
Sharmae (Shae) / Filipino
- पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्। Please CLICK here to add your comment.
VIDEO: Rehearsal - International Talent hunt 2010 Hong Kong
HR, Hong Kong/ HKNepal.com, July 30- Who will be next Miss & Mr International Talent 2010 HK?
- पाठक विचार र प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्। Please CLICK here to add your comment
ट्यालेन्ट हण्ट प्रतियोगिता अब अन्तर्राष्ट्रिय स्तरमा
एस, हङकङ / एचकेनेपाल डट कम, जुलाई १६-
विगत पाँच वर्षदेखि वर्षेनी सञ्चालन हुदैं आएको मिस ट्यालेन्ट हण्ट प्रतियोगिताले यो वर्षदेखि अन्तर्राष्ट्रिय स्तरमा प्रवेश गरेको छ।
वसन्ती पुनको पहलमा मिस ट्यालेन्ट हण्ट प्रतियोगिता छैंठौ संस्करणसम्म आइपुग्दा ‘इन्टरनेशनल ट्यालेन्ट हण्ट हङकङ कन्टेस्ट’मा रूपान्तरण भएको हो। बसन्तीलाई विगतका ट्यालेन्ट हण्ट प्रतियोगिताका सहभागीहरूले साथ दिएका छन्।
यो वर्ष अन्तर्राष्ट्रिय ट्यालेन्ट हण्ट प्रतियोगिता अगष्ट २९ तारिख साँझ याउ मा तेइस्थित हेनरी जि लेयुङ कम्युनिटी सेन्टरमा हुंदै छ। प्रतियोगिताको मुख्य आकर्षण ‘मिस ट्यालेन्ट हङकङ इन्टरनेशनल २०१०’ र ‘मिस्टर ट्यालेन्ट हङकङ इन्टरनेशनल २०१०’ रहेका छन्। अञ्जु घिसिङ गत सालकी मिस ट्यालेन्ट हण्ट २००९ शीर्ष उपाधि विजेता बीचमा, दायाँ संगीता गुरूङ फस्ट रनर अप, वायाँ मञ्जिला राई सेकेण्ड रनर अप।तस्वीरः जगतअम्बु गुरूङ/ एचकेनेपाल डट कम।
ड्रिम्स अनलिमिटेडका लारा (लक्ष्मी थापा राई) तथा उनका सहयोगीहरू ममिता गुरूङ र तारा सुब्बाको पहलमा सन् २००५ सुरू भएको ट्यालेन्ट हण्ट प्रतियोगितालाई सञ्चालन गर्ने जिम्मा पछिल्लो पटक बसन्ती पुन (मिस ट्यालेन्ट २००६) र सुस्मिता गुरूङ (मिस ट्यालेन्ट हण्ट २००७) ले लिएका थिए। लारा र ममितापछि सुस्मिता पनि बेलायत गएपछि वसन्तीले अन्य सहयोगीहरूको साथ लिएर ट्यालेन्ट हण्टलाई निरन्तरता दिएकी हुन्। ट्यालेन्ट हण्ट प्रतियोगितालाई सुरूका वर्षदेखि अफिसियल मिडीया पार्टनरको रूपमा सघाउदै आएको एचकेनेपाल डट कमले यस वर्ष पनि सघाउने भएको छ।
नेपाली युवाहरूलाई अन्य विदेशी समाजसंग सामिप्यता ल्याउन यो वर्षदेखि ‘इन्टरनेशनल ट्यालेन्ट हण्ट हङकङ कन्टेस्ट’ सुरू गरिएको वसन्तीले एचकेनेपाल डट कमलाई बताइन्। प्रतियोगितामा नेपाली, स्थानीय चिनीयाँ, फिलिपिनो, इन्डोनेसियन, भारतीयहरूले सहभागीका लागि नाम दर्ता गरिसकेको उनले बताइन्।
प्रतियोगितामा १६ देखि २३ वर्ष उमेरका किशोरी तथा युवतीहरूले सहभागिता जनाएर आफ्ना प्रतिभा प्रस्तुत गर्ने अवसर पाउने छन्। त्यसै गरी, मिस्टर ट्यालेन्ट हङकङ इन्टरनेशनल प्रतियोगितामा सोही उमेरका युवकहरूले सहभागिता जनाउन पाउने छन्।
पाठक विचार, प्रतिक्रिया र सुझावको लागि यहाँ क्लिकगर्नुहोस्।
International Talent Hunt HK Contest Joining Date: 1st July - 18th July, 2010 Event Date: August 22nd and 29th, 2010 ( 1st round & Final Round) Target: 16-23 yrs old Time: 7pm - 10pm Venue: Henry G. Leong Yaumatei Community Centre,
G/F & 3/F, 60 Public Square Street, Yau Ma Tei, Kowloon
All trainings will be provided every weekend by profesionals.
Event Ticket & All enquiries : +852 - 6303 9857
We’re looking for participant, Volunteers, Performers, Annuncers (MC) & ETC.
अर्जुन गुरुङ, हङकङ/ एचकेनेपाल डट कम-
“नेपाली व्यवसायीहरुको एकता, मुल्य र गुणस्तरीयतामा एकरुपता” नारा लिई अगष्ट २७ तारिखका दिन नेपाल ब्यापार संघ हङकङको प्रथम अधिवेशन जोर्डनस्थित डि.एम.पी स्टोर्समा सम्पन्न भएकोछ।
नेपाल ब्यापार संघ हङकङका तदर्थ समितिको संयोजक शशि मदन राईको अध्यक्षतामा सम्पन्न खुल्ला सत्रमा योर्स सपका प्रोपाईटर अर्जुनकुमार गुरुङले स्वागत अभिवादन ब्यक्त गरेका थिए। कार्यक्रमलाई संवोधन गर्दै शशि मदन राईले हङकङमा रहेका नेपालीहरुको व्यवसायिक अवस्था अस्वस्थ्य प्रतिस्पर्धाको कारणले तथा ब्यवसायिक ज्ञान शिपको कमीले खस्कदै गएको औल्याउदै संगठित भएर जुट्नु पर्ने बताए।
खुल्लासत्र शुभकामना स्टोरका प्रोपाइटर गणेश गुरुङले संचालन गरेका थिए भने कार्यक्रमको दोस्रो सत्रमा विधान मस्यौदा तथा मुल्य सूची सर्वसम्मतबाट पारित गरेका थिए।
अन्त्यमा गणेश गुरुङको अध्यक्षतामा गठित अध्यक्षीय मण्डलले निर्वाचन कार्य सम्पन्न गरेका थिए। निर्वाचनमा सर्वसम्मतीबाट अध्यक्ष पदमा सयपत्री डट कमका प्रोपाइटर शशि मदन राई, उपाध्यक्षद्वयमा आर.के.स्टोरका प्रोपाइटर रामकाजी गुरुङ र कामना स्टोरका हर्क गुरुङ, सचिवमा योर्स सपका प्रोपाईटर अर्जुनकुमार गुरुङ, सहसचिवमा सम्वृद्घ स्टोरका अब्बु गुरुङ, कोषाध्यक्षमा ओम नम बुद्घका लक्ष्मण थापा, सहकोषाध्यक्षमा दन्तकाली स्टोरका शुशिला राई र सदस्यहरुमा सन्देश स्टोरका तिर्थ गुरुङ, नेपाल स्टोरका मणीकुमार राई, नेपाल प्रोभिजन स्टोरका केशबहादुर गुरुङ, पुन स्टोरका पिनु पुन, डि.एम.पी स्टोर्सका मोहन गुरुङ, संगम स्टोरका ज्ञान सुब्बा, ८८ स्टोरका दया थापा र क्रिस्टल भिसिडिका खगेन्द्र लिम्बु गरी १५ सदस्सीय कार्य समिति गठन गरिको छ।
यही सेप्टेम्वर १ तारिखदेखि लागु हुनेगरी याउचिमोङ डिष्ट्रिक्टका सम्पूर्ण खुद्रा पसल सदस्यहरुले मूल्य र गुणस्तरीयतामा एकरुपता ल्याउने कुरा बताए।
मनिला, फिलिपिन्स/ एचकेनेपाल डट कम -
फिलिपिन्सका एक पूर्व इन्सपेक्टरले बसभित्र बन्धक पारी हङकङका ८ पर्यटकको सोमवार फिलिपन्सको राजधानी मनिलामा गोली हानी हत्या गरेका छन्। घटनामा सात जना घाइते भएका छन्।
एम-१६ राइफल तथा प्रहरी भेषमा रहेका ५५ वर्षीय पूर्व इन्सपेक्टर रोनाल्ड मेन्डोजाले हङ थाइ नामक ट्राभल बसमा सवार २२ पर्यटकलाई करीव ११ घण्टा बन्धक बनाएका थिए। बसभित्र अधिकांश हङकङबाट फिलिपन्स घुम्न गएका पर्यटक थिए। मेन्डोजाले पटक पटक गरी ८ बन्धक रिहा गरेपनि अन्यलाई बन्धक गरी आफ्नो जागिर पुर्नवहालीको माग गरिरहेका थिए।
सन् २००८ को डकैत काण्डमा सामेल रहेका तथा मादक पदार्थ सेवन गरेका आरोपमा उनलाई गत जनवरी प्रहरीको जागिरबाट निश्कासन गरिएको समाचार एजेन्सीहरूले बताएका छन्। उनी पुनः प्रहरी जागिरमा फर्कन चाहन्थे।
अपहरणकरी र प्रहरी अधिकारीहरूबीच अवेर साँझसम्म कुरा नमिलेपछि मेन्डोजाले बन्धकलाई हत्या गर्ने सिलसिला बढाएका थिए। सशस्त्र कमाण्डो समूहले सुरूमा बसभित्र अश्रु ग्याँस र पछि गोली प्रहार गरी अपहरणकारीको हत्या गरेपछि बाँकी पर्यटकको उद्धार गरिएको छ।
यसैबीच, हङकङका कार्यकारी प्रमुख डोनाल्ड च्याङले घटनाप्रति दुख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
बसभित्र बन्धक बनाइएका पर्यटकलाई रिहा गर्दै प्रहरी भेषमा अपहरणकारी, भिडीयोः
एस, हङकङ / एचकेनेपाल डट कम, अगष्ट २२-
गुरूङ चलचित्र आस्यों (मावली) अगष्ट २२ तारिख साँझ युन लोङ थियटर हलमा भव्य प्रदर्शन भएको छ।
गुरूङ संस्कृति र परम्परामा आधारित ओस्कार प्रोडक्शन प्रा.लि.को सातौं प्रस्तुती र सुवास गुरूङको लेखन तथा निर्देशन रहेको ‘आस्यों’ गुरूङ चलचित्रको हङकङमा पहिलो पटक प्रदर्शन भएको हो।
चलचित्रमा गुरूङ जातिमा जन्मदेखि मृत्युसम्म आस्यों (मावली) को महत्त्व र आवश्यकताबारे चित्रण गर्ने प्रयाश गरिएको छ। मर्दा पर्दा चाहिने मावलीको महत्वलाई गहिरिएर केलाइएको चलचित्रमा गुरुङ संस्कृतिमा प्रचलित कौडा, स्याङ्जा जिल्लामा प्रचलित ठाडो भाका र सालैजो जस्ता गीतहरू समावेश छन्।
तस्वीरः मुक काजि गुरूङ। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
स्याङ्जाका रमणीय स्थल र वरपरका सुन्दर दृश्यलगायत माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी र गौरीशंकर हिमालका मनोरम दृश्य समेटिएका चलचित्र ‘आस्यों’ मा चौ गुरुङ, राजेश गुरुङ,वसन्ती गुरुङ, प्रतिक्षा गुरुङ, सन्जु गुरुङ, ममता गुरुङ, ध्वज गुरुङ, सुकचन्द्र गुरुङ् र लवदीप शाही आदिले अभिनय गरेका छन्।
स्याङ्जा भिरकोट आठथर तमु समाज हङकङद्वारा प्रदर्शन गरिएको ‘आस्यों’ को औंपचारिक कार्यक्रममा समाजका अध्यक्ष मनबहादुर गुरूङ प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यसै गरी, कार्यक्रममा तमु ट्हो ह्युल हङकङका अध्यक्ष इच्छाकुमारी गुरुङ, तमु प्ये ल्हु संघ हङकङ अध्यक्ष सोमबहादुर गुरुङ, स्याङ्जा जनसेवा समिति हङकङका उपाध्यक्ष भानबीर गुरुङलगायत अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा चलचित्र ‘आस्यों’ लेखक तथा निर्देशक सुवास गुरूङ, नायक चौ गुरूङका साथै चलचित्र निर्माताहरू मेन गुरुङ, भोजेन्द्र गुरुङ, केमकुमारी गुरुङ् र रोशनी गुरूङ उपस्थित थिए।
चलचित्रका लेखक तथा निर्देशक सुवास गुरूङले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै चलचित्रबारे थप जानकारी दिएका थिए। प्रमुख अतिथि तथा अन्य अतिथिहरूले रिबन काटेर चलचित्र प्रदर्शनको उद्घाटन गरेका थिए।
‘आस्यों’ का निर्माताहरूमा मेन गुरूङ (हङकङ), भोजेन्द्र गुरूङ (हङकङ), केमकुमारी गुरूङ (हङकङ), धिरज गुरूङ (युएसए) र भेगलाल गुरूङ (युके) रहेका छन्।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, अगष्ट २२-
हङकङमा रहेका भारतीय भूपू गोर्खा सैनिकहरु संगठित हुने क्रममा रहेका छन्। भातृत्व विकास र आपासी सहयोग सद्भाव वृद्धिका लागि हङकङमा भारतीय गोर्खा भूतपूर्व सैनिक समाज स्थापनाका लागि अगष्ट २२ तारिख जोर्डनमा एक भेलाको आयोजना गरिएको छ।
विधिवत संस्था स्थापना र भेला आयोजनाकालागि प्रारम्भिक छलफल कार्यक्रम जंगवहादुर गुरुङको संयोजनमा सम्पन्न भएको थियो। भेलाले आगामी १९ सेप्टेम्बरका दिन भारतीय गोर्खाली भूपू सैनिकहरुको वृहत भेला गर्ने भएको छ।
संयोजक जगबहादुर गुरुङका अनुसार भारतमा रहेका ४९ गोर्खाली बटालियनहरुबाट अवकाश प्राप्त भूपू सैनिकहरु लगभग ३ सय जना हङकङमा रहेका छन्।
श्याम इङ्नाम, हङकङ/ एचकेनेपाल डट कम-
संघीयता, स्वायत्तता, समावेशी अभियानस दिघो शान्ति, समृद्धि, अरुण - सप्तकोशी पूर्व लिम्बुवान १ भन्ने मूल नाराको साथ मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङले “नौं जिल्ला सहितको स्वायत्त लिम्बुवानस ऐक्यवद्धताको आव्हान” शीर्षकमा वृहत गोलमेच सम्मेलन कार्यक्रम सम्पन्न गरको छ।
याउ मा तेइ कम्युनिटी हलमा २२ अगष्ट आइतवारका दिन सम्पन्न कार्यक्रममा परिषदको प्रवास कार्य समितिका अध्यक्ष नबराज काम्बाङ्गको सभापतित्वमा भएको थियो भने परिषदका उपाध्यक्ष विष्णु इङ्नामले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। कार्यक्रमको सञ्चालन परिषद हङकङका सचिब श्याम इङ्नामले गर्नु भएको थियो। अतिथिहरु जनजाति महांसंघ हङकङका अध्यक्ष एम. बि. थापा र किरात राई यायोख्खा हङकङका अध्यक्ष किशन राईवाट अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्लाहरु भएको लिम्बुवानप्रति ऐक्यवद्धतासहित समर्थन जनाउनु भएको थियो। जनजाति महांसंघका भूपू अध्यक्ष तथा सनराइज साप्तहिकका सम्पादक भुपेन्द्र चेम्जोङले नौं जिल्ला सहितको लिम्बुवानको लागि लिम्बुवानवादी दलहरुले रणनीतिक तयारी गर्नु अब जरुरी भएको वताउनु भयो।
त्यस्तै, किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्ण लावतीले भन्नु भयो नेपाल चुम्लुङ र हङकङ चुम्लुङको मुख्य अवधारणा नै ऐतिहासिकताको आधारमा आत्मानिर्णयको अधिकार सहितको नौं जिल्ला भएको लिम्बुवान हो र सो नैं कायम हुनुपर्दछ भन्नु भयो। त्यसको लागि चुम्लुङ लिम्बुवान जनजागरणको लागि सहयोग गर्न सधै तत्पर रहने कुरा वताउनु भयो। त्यस्तै लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङका अध्यक्ष जे.बि.ओख्राबुले नेपालको समसामयिक राजनीतिका वारेमा वोल्नु भयो। नौं जिल्ला सहितको लिम्बुवानको लागि एकात्मकवादीहरुवाट केही चुनौती रहेको कुरा वताउनु भयो। संघीय लिम्बुवान राज्य परिषद हङकङका वरिष्ठ सल्लाहकार प्रदिप कन्दङवाले नौं जिल्ला सहितको लिम्बुवान भएमा मात्र लिम्बुवान पूर्ण रुपले समृद्ध हुने र ऐतिहासिक लिम्बुवानको सम्मान हुने कुरा व्यक्त गर्नुभयो।
त्यस्तै, लिम्बु बुद्धिजिवी टंक चोङवाङले ऐतिहासिक नौं जिल्ला सहितको लिम्बुवानको लागि ऐतिहासिक प्रमाणहरुको लिखित वुंधाहरु कार्यपत्रको रुपमा पेश गर्नु भएको थियो । त्यस्तै संघीय लिम्बुवान राज्य परिषदको भात्रृ संगठन संघीय लिम्बुवान भूपू गोर्खा सैनिक तथा प्रहरी परिषद हङकङ अध्यक्ष मनप्रसाद आङ्देम्वेले नौं जिल्ला सहितको लिम्बुवान प्राप्तिको लागि एकीकृत आन्दोलन गर्नु पर्ने र समयको क्रमसंगै लिम्बुवान स्वायत्त राज्यको पनि अब पालो आएको हो भन्नु भयो।
कार्यक्रमको अन्त्यमा सभापति नबराज काम्बाङ्गले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नौं जिल्ला समेटिएको आत्मानिर्णयको अधिकार सहितको लिम्बुवान स्वयात्त राज्य भएमा मात्र ऐतिहासिक लिम्बुवान हुने, ऐतिहासिक भूमिको सम्मान हुने र झापा, मोरङ्ग र सुनसरी लिम्बुवानको लागि औद्योगिक केन्द्र र आर्थिक केन्द्र हुने भएकोले सो भूभाग लिम्बुवानको अभिन्न अंग हो र त्यसलाई जसरी भए पनि लिम्बुवानमा नैं पार्नु पर्दछ भन्नु भयो । कुनै पार्टीको संगठनले ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्रयाएर वा अपुरो लिम्बुवानलाई स्वीकार गरेमा भोलि लिम्बुवानको नयां इतिहासमा सो समूह वा पार्टी कालो धब्वाको रुपमा हुने, ऐतिहासिक लिम्बुवानको कलङ्क हुने कुरा व्यक्त गर्नु भयो। अरुण - सप्तकोशी नदी पूर्वको नौं वटा जिल्ला सहितको लिम्बुवानको लागि त्यहां वसोवास गरेका र थातथलो खुलेका आदिवासीहरुको इलाका स्वायत्तताको ब्यवस्था गरिने र लिम्बुवान सवैको साझा लिम्बुवानको रुपमा बिकास गरिनेछ भन्नु भयो। नौं जिल्ला सहितको स्वायत्त लिम्बुवान राज्यको लागि मिशन जेएमएस “झापा, मोरङ्ग, सुनसरी” र मिशन डिएस “धनकुटा र अरुण पूर्व संखुवासभा” लाई दिर्घकालिन रणनीतिको रुपमा बिकास गर्न अहिलेदेखि नै सकृय रुपमा र ससक्त रुपमा लाग्नु पर्ने कुरा वताउनु भयो । नौं जिल्ला सहितको लिम्बुवानको लागि सवै अतिथिहरुवाट ऐक्यबद्धता जाहेर गर्नु भएकोमा धन्यवाद टक्रयाउदै कार्यक्रम सम्पन्न भएको थियो।
एस, हङकङ/ एचकेनेपाल डट कम-
नेपालको राष्ट्रिय अपाङ्ग श्रीमती संघलाई हङकङबाट आर्थिक सहयोग पठाइएको छ।
हङकङ नेपाल बडीबिल्डिङ एशोसियसनले कान्तिपुर पब्लिकेशनमार्फत अपाङ्ग संघलाई प्रदान गर्ने गरि हङकङबाट ५५ हजार ५ सय ५५ रूपैयाँ पठाइएको हो।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम।
बडीबिल्डिङ एशोसियसनले आइतवार जोर्डनस्थित हङकङ नेपाली महासंघको कार्यालयमा एक पत्रकार सम्मेलन गरी आर्थिक सहयोग पठाएको जानकारी दिएको छ। बडीबिल्डिङ एशोसियसनका अध्यक्ष मेख गुरूङले हङकङस्थित कान्तिपुर सम्वाददाता निर्मल श्रेष्ठलाई ५५ हजार ५ सय ५५ रूपैयाँको नमूना चेक हस्तान्तरण गरेका हुन्। बडीबिल्डिङ एसोसियनद्वारा आयोजित मिस्टर हङकङ नेपाल २००९ प्रतियोगिताबाट उठेको मुनाफा राष्ट्रिय अपाङ्ग श्रीमती संघलाई आर्थिक सहयोग स्वरूप पठाइएको अध्यक्ष मेख गुरूङले एचकेनेपाल डट कमलाई बताए।
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, अगष्ट १४-
धरान हङकङ मञ्चको आयोजनामा सुनसरी जिल्लाको क्षेत्र नम्बर १ का सभासद् किरण राईको उपस्थितिमा धरानको चौतर्फी विकासमा सहयोग पुर्याउने उद्धेश्यले सभासद्को स्वागत तथा सम्मानसहित एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ।
हिमालयन रेष्टुरेण्ट वानचाइमा शनिवार साँझ आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा धरानेहरु उपस्थित थिए।
मञ्चका अध्यक्ष बुद्धि सुनुवारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष मधुकुमार राईले स्वागत तथा सञ्चालन चन्द्र लिम्बूले गरेका थिए। अन्तर्क्रिया कार्यक्रममा मञ्चका भूपू अध्यक्ष तथा नेपाली महासंका अध्यक्ष प्रदीप थापा, भूपू अध्यक्षहरु प्रेम सुब्बा, किसन राई उपस्थित थिए।
नेकपा एमाओवादीका सभासद् किरण राई एशियन जुनियर कराते च्याम्पियनशीपमा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै हङकङ आएका हुन्।