Archive for November, 2010

हाम्रो राष्ट्रको बरवादीको हरेक हर हिसाब माग्ने छौं- गेसो अध्यक्ष गुरूङ

हाम्रो राष्ट्रको बरवादीको हरेक हर हिसाब माग्ने छौं- गेसो अध्यक्ष गुरूङ
एस, हङकङ/ एचकेनेपाल डट कम, नोभेम्बर २८-
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय अध्यक्ष पदमबहादुर गुरूङले गोरासरह समान सुविधा, पेन्सन भत्ता नपाएसम्म गोर्खाको लडाइ समाप्त नहुने बताएका छन्।

बिट्रिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङद्वारा आइतवार मंकी हिलमा आयोजित एक कार्यक्रममा बोल्दै गुरूङले २ सयवर्षदेखि बेलायतले गोर्खामाथि गरेको दासता तथा असमान व्यवहारको मूल्य पाइ पाइ चुकाउनु पर्ने बताए।

गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय अध्यक्ष पदमबहादुर गुरूङ। तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम।

गेसोले पहिलेदेखि गरेको पेन्सन बृद्धिको अबमूल्याकंन गर्दा अहिले हजारौं गोर्खाहरूलाई बेलायतले पाल्नु परेको छ गुरूङले भने अझै पनि बेलायतले गोर्खाको माग र आन्दोलनप्रति हेलचक्राइ गर्ने धृष्टता गरियो भने यसको मूल्य झन चर्को तिर्नु पर्ने उनले बताए।

गेसो अध्यक्ष गुरूङले ब्रिटिशले अब समानता दिएर मात्र पुग्दैन उनले भने हामीले गुमाएका हाम्रा बेग्लै संस्कार, संस्कृति र हाम्रो राष्ट्रको बरवादीको हरेक हर हिसाब माग्ने छौं।

गेसो अध्यक्ष गुरूङको मन्तव्य भाषण सुन्न यहाँ क्लिक गर्नुहोस्

गेसो केन्द्रीय अध्यक्ष पदम गुरूङ हङकङमा
एस, हङकङ/ एचकेनेपाल डट कम, नोभेम्बर २६-
गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का केन्द्रीय अध्यक्ष पदमबहादुर गुरूङ हङकङ आई पुगेका छन्। अध्यक्ष गुरूङसंगै गेसो बुद्धिजीवी संघका सदस्य तथा मूल्याङ्कन पत्रिकाका सम्पादक झलक सुवेदी विहीबार हङकङ आई पुगेका हुन्।

‘गेसो अध्यक्ष गुरूङ र गेसो बुद्धिजीवी संघका सदस्य सुवेदी गेसोले हालसम्म प्राप्त गरेका आन्दोलनका उपलव्धी, गेसोभित्रका समस्या तथा अन्यौलबारे प्रकाश पार्न हङकङ आउनु भएको हो, बिट्रिश गोर्खा भूतपूर्व सैनिक संघ हङकङका सचिव नरहाङ राई एचकेनेपाल डट कमलाई बताए। कार्यक्रम बिट्रिश गोर्खा भूतपूर्व सैनिक संघको आयोजनामा आइतवार विहान ११ बजेदेखि साँझ ६ बजेसम्म मंकी हिलमा हुने राईले बताए।

पदमबहादुर गुरूङ, फाइल तस्वीरः नरेश खपाङ्गी/ एचकेनेपाल डट कम

आइतवार मंकी हिलमा हुने कार्यक्रममा विश्व युवा विद्यार्थी संघको १७औं विश्व सम्मेलनमा गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरू सहभागी हुनेबारे अवगत गराउने बताइएको छ। विश्व युवा विद्यार्थी संघको १७औं विश्व सम्मेलन दक्षिण अफ्रिकाको राजधानी जोहनेसबर्गमा हुन गैरहेको छ। राईका अनुसार सम्मेलनमा नेपालसहित विश्वका १५५ राष्ट्रका प्रतिनिधिहरू सहभागी हुने छन्। नेपालबाट गेसो केन्द्रीय सदस्य नवराज राई, बौद्धिक क्षेत्रबाट उदय पाण्डे, युवा क्षेत्रबाट प्रकाश राना र सुनिलकुमार गुरूङ सहभागी हुदैछन्। नेपाली टोलीले ब्रिटिश गोर्खा भूपू सैनिकको आन्दोलन र उपलब्धीबारे सम्मेलनमार्फत विश्वभर जानकारी प्रवाह गर्ने योजना रहेको राईले बताए।

झलक सुवेदी, तस्वीर सौ. झलक सुवेदी फेसबुक

बिट्रिश गोर्खा भूतपूर्व सैनिक संघको १६औं वार्षिकोत्सवको अवसरमा मंकी हिलमा आयोजना हुने कार्यक्रममा गेसोले जारी गरेको २८ बूंदे श्वेतपत्रबारे पनि छलफल हुने जनाइएको छ।

हङकङको कार्यक्रम सकेपछि अध्यक्ष गुरूङ २९ तारिख बेलायत जाने र सुवेदी डिसेम्बर १ तारिख नेपाल फर्कने कार्यक्रम रहेको छ।

Recent Videos:

Popularity: 3%

17 comments November 28th, 2010

तनहूँ बराही साँझ भव्यरुपमा सम्पन्न

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
तनहूँ समाज हङकङको आयोजनामा तनहूँ बराही साँझ दोश्रो याउ मा तेई कम्युनिटी हलमा नोभेम्बर २१ तारिख साँझ भव्य रुपमा सम्पन्न भयो।

नेपाल तथा स्थानीय कलाकारहरुको बेजोड संगम रहेको कार्यक्रममा उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको थियो।

विविध नेपाली साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका पाहुना गायक कलाकारहरु शिव परियार, आरके गुरुङ, तोला चन्द तथा नर्तकी निरुता लुङ्गेलीले नेपाली दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए।

तनहूँ बराही साँझमा हङकङका झटारो समूहले समसामायिक विषयलाई व्यंग्य प्रस्तुत गर्दै महादेवको हङकङ यात्रा प्रहसन प्रस्तुत गरेका थिए।

महादेवको हङकङ यात्रा भिडियोः

तनहूँ बराही साँझ २ भिडियोः


तस्वीरः जगतअम्बु गुरूङ एचकेनेपाल डट कम, थप तस्वीरहरू

Recent Videos:

Popularity: 3%

Add comment November 22nd, 2010

हङकङमा बाल कविता प्रतियोगिता

अणुरा रदुङ्गमा, हङकङ/ एचकेनेपाल डट कम-
हेवेन्ली पाथले धारावाहिक अर्धवार्षिक वाल विकास कार्यक्रम अन्तर्गत हङकङका बालबालिकाबीच आइतवार कविता प्रतियोगिताको आयोजना गरेको छ।

प्रतियोगितामा निङ्वा शक्ति मादेन (९) ‘आमा’ प्रथम, सन्जिला गुरुङ (१२) ‘सानो भएर के भो’ द्वितीय, आयुश श्रेष्ठ (११) ‘एयर पोलुशन’ तृतीय र प्रेमीषा सुव्वा (१६) को मेरो देश नेपाल शीर्षकको कविता सान्त्वना भए। साहित्यकारहरु राई चन्द्र दुमी, कमल पौडेल र अशोक राई प्रतियोगितामा निर्णायक थिए।

बालकविता प्रतियोगितामा पूजा गुरुङ, अस्मिता पुन, समिक्षा गुरुङ,प्रेमन सुव्वा, कपन राई, प्रनिश राई,श्याम गुरूङ,सन्दीप गुरुङ र मैसम राई सहभागी थिए भने अप्रतियोगी ठूला कवि र कवयित्रीहरु चन्द्र मादेन आन्छन् , मोती चाम्लिङ, भीम गुरुङ र दिपा एवैछाले वाल शिक्षा कविता वाचन गरेका थिए। कार्यक्रममा छ बर्षीया वालिका निशाम् चेम्जोङले आकर्षक मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका थिए भने निङ्वा शक्ति मादेनले भ्वाइलिनको सुमधुर धुन सुनाएका थिए।

विजयी चारजना वाल कवि र कवयित्रीहरुलाई आगामी डिसेम्वर २६ आईतवारका दिन आयोजकको तर्फबाट वाहेक छुट्टै केवलपुरे किसान पुस्तकालय हङकङका’ संचालक एंव अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हङकङका कार्यवाहक अध्यक्ष कमल पौडेलले आकर्षक पुरस्कार प्रदान गरिने वाल विकास कार्यक्रमका संयोजक एंव पूर्व धरान मञ्चका अध्यक्ष प्रेम सुव्वाले बताए।

जोर्डन फेरी स्ट्रीटस्थित हेवेन्ली पाथको सभाकक्षमा सम्पन्न कार्यक्रम एञ्जल भीम गुरुङको सभापतित्वमा हङकङमा पहिलो पटक बाल कविता वाचन प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा १६ वर्षमुनिका १३ जना बालबालिका सहभागी थिए भने चार जनाले अप्रतियोगी कविता वाचन गरेका थिए। प्रतियोगितामा प्रमुख अतिथि नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, नेपाली संघ संस्थाका प्रतिनिधिहरु, साहित्यकार तथा पत्रकार उपस्थित थिए। कार्यक्रममा साहित्यिक संयोजक कवि चन्द्र मादेन आन्छनले स्वागत मन्तब्य, हेवेन्ली पाथका अध्यक्ष एन्जल वालकुमार राईले वाल विकास कार्यक्रमको छोटो चर्चा र महासचिव एन्जल मोति चाम्लिङ्गले कार्यक्रम सञ्चालन गरेका थिए।

Popularity: 2%

Add comment November 22nd, 2010

हङकङ नेपाली तेक्वान्दो संघको नवौं वार्षिक सभा सम्पन्न

महेश राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेपाली तेक्वान्दो संघको नवौं वार्षिक सभा आइतवारका दिन जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा सम्पन्न भयो।

सचिव सुधिर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको सो सभा एसोशिएशनका प्रेसिडेण्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङको अनुपस्थितिमा सचिव स्वयंले संचालन गरेका थिए। प्राप्त जानकारी अनुसार चीन गोन्जाउमा हालै सम्पन्न एसियन गेममा सहभागी खेलाडीहरु हङकङ आउने भएका कारण प्रेसिडेण्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङ सोही खेलाडीको स्वागतका लागि जानु परेकाले उपस्थित हुन सकेनन्। ब्लाक बेल्ट सदस्यता रहने उत्त वार्षिक सभामा ३५ जना ब्लाक बेल्ट खलाडीहरु उपस्थित भएका थिए।


सभामा वार्षिक उपलब्धीका वारेमा चर्चा गर्दै नयाँ कार्यकारी समितिको गठन साथै विभिन्न योजनाका वारेमा ठोस निर्णयमा पुगेको थियो। पाँचवटा शाखा प्रशिक्षण केन्द्रहरुमा प्रशिक्षण दिइराखेको यस संघले यसपटक ९ सदस्यीय कार्यकारी समिति गठन गरेकोछ भने उक्त समितिमा मास्टर प्रताप गुरुङ कार्यवाहक प्रमख प्रशिक्षकमा, सचिवमा बालकृष्ण गुरुङ, कार्यक्रम सचिवमा राजु गुरुङ, सहायक कार्यक्रम सचिवमा थण्डराज थापा, कोषाध्यक्षमा तेमनसिंह थापा र अन्य सदस्यहरुमा मोहनसिंह थापा, लक्ष्मण गुरुङ, कविराज आले र सुश्री करिना चयन भएका छन्।

अन्त्यमा, प्रेसिडेण्ट ग्रेण्ड मास्टर तुलसीकुमार गुरुङ ट्रष्टबाट उपस्थित सम्पूर्ण ब्ल्याक बेल्ट सदस्य खेलाडीलाई उपलव्ध गराइएको एक एक प्रति तेक्वान्दो यूनिर्फम (डोबोक) नवनियूक्त कार्यवाहक प्रमुख प्रशिक्षक प्रताप गुरुङद्रारा प्रदान गरियो।


Popularity: 3%

Add comment November 21st, 2010

चासोक तङ्नाम मनाऔं

“चासोक तङ्नाम मनाऔं शुभकामना आदन प्रदान गरौं”
चासोक तङनाम (न्वागी पूजा)

येले तङबे ५०७० सालको किरात (याक्थुङ) लिम्बूहरुको महान चाड चासोक तङ्नाम (न्वागी पूजा) को पावन अवसरमा आयोजित कार्यक्रममा सम्पूर्ण हङकङवासी लिम्बू तथा नेपाली महानुभावहरुमा उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम-
कि.या.चु हङकङको कलाकारहरुद्वारा केलाङ, माङलाङ, यालाङ, हाक्पारे ख्याली, लिम्बू गायन तथा नृत्य,नेपाली गायन ताथ नृत्य,विभिन्न खेलकुद, साथमा वि.वि.क्यूको पनि व्यवस्था गरिएको छ।

नोटः उत्कृष्ट लिम्बू भेषभुषा एवं संस्कृति झल्काउने पहिरनमा उपस्थित हुनुहुने महानुभावहरुलाईं पुरस्कारको पनि व्यवस्था गरिएको छ। पूजा ११ बजे आरम्भ हुने जानकारी गराउदछौं।

आयोजकः किरात याक्थुङ चुम्लुङ हङकङ
स्थानः मंकी हिल
मितिः १९ डिसेम्बर २०१०
समयः ११ बजेदेखि ८ बजेसम्म
थप जानकारीको लागि तलको पोष्टरमा क्लिक गर्नुहोस्

Popularity: 3%

Add comment November 20th, 2010

हङकङ नेप्लिज टेनिसको दोश्रो लीग चैम्पियन सम्पन्न

सन्तोष राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेप्लिज टेनिस सोसाइटीले चालू बर्षको दोश्रो लीग १४ नोवेम्बर २०१० आइतबारका दिन सफलताको साथ सम्पन्न गरेको छ।

डिविजन ए र बी क्याटोगरीमा खेलिएको उक्त प्रतियोगितामको फाइनल खेल साम शुई पोस्थित तुंग चाऊ पार्क टेनिस कोर्टमा सम्पन्न भएको थियो।

मीन्स डिविजन ए का फाइनलमा बिकाश गुरुङले मगेन्द्र राईलाई ६-४, ६-३ तथा डिविजन बी को फाइनलमा संतोष राईले गुमन सिंह गुरुंगलाई ६-३. ६-३ का अन्तरले पराजित गरेका थिए भने मीन्स डबल्सको फाइनलमा इन्द्रहंग राई र बिजय राईको जोडिले अर्जुन गुरुङ र खिम पुर्जाका जोडीलाई हराएका थिए।

बिजेता तथा उपबिजेता खेलाडीहरुलाई सोसाइटीका संरक्षक वाईबी राईले ट्रफि, मेडल तथा पुरस्कार बितरण गर्नु हुदै आफ्नो मनतब्यमा छोराछोरीहरुलाई डाक्टर, इंजिनियर,प्रशासक बनाउनु भन्दा एक सफल खेलाडी बनाउन उत्तम हुने बिचार ब्यक्त गर्नु हुदै खेलाडीहरू राष्ट्रका अमूल्य निधि तथा असल सदभाबनादूत हुन्। कठिन मिहनेत र निरंतरता दिएमा सोसाइटीले सुदूर भविष्यमा सो आवश्यकता पूरा गर्न सकिने विस्वास ब्यक्त गर्नु भयो। उहाँले सोसाइटीको कार्यको प्रशंसा गर्दै उक्त सोसाइटी नेपाली टेनिस जगतमा कोसे ढुंगा साबित हुने तथा आम नेपाली समुदायको पहिचान र गरिमा बढाउने कुरामा दुई मत नहुने बताउदै सोसाइटीलाई निरंतर आर्थिक,भौतिक तथा प्राबिधिक सहयोग गर्ने बचनबद्धता जाहेर गर्नु भयो। संरक्षक वाईबी राई बक्सिङसाथै टेनिस र गल्फका सिद्धहस्त खेलाडी हुनुहुन्छ।

कार्यक्रमको अन्तमा सोसाइटीका अध्यक्ष मगेन्द्र राईले बिजयीहरूलाई बधाई तथा सहभागी खेलाडीहरुलाई धन्यवाद दिदै आगामी फेब्रुरी २०११ मा बार्षिक चैम्पियनशिप सम्पन्न हुने घोषणा गर्नु भयो। कर्षक नगद पुरस्कारको प्रबंध गरिने उक्त प्रतियोगिताका निम्ति तयार रहन आव्हान गर्दै निकट भबिष्यमा पत्रकार सम्मलेनमार्फत विस्तृत जानकारी गराउने बताउनु भयो। कार्यक्रम सोसाइटीका उपाध्यक्ष मधु राईले सञ्चालन गर्नुभएको थियो। यसअघि, सोसाइटीले गत अप्रिल महिनामा प्रथम लीग सम्पन्न गरिसकेको छ।

Popularity: 2%

Add comment November 18th, 2010

हङकङबाट ल्यावोरेटरी उच्च माविलाई सहयोग

सौरभ श्रेष्ठ, धरान/ एचकेनेपाल डट कम-
धरान-८ स्थित ल्याबोरेटरी उच्च मावि सञ्चालन गर्नका लागि हङकङवासीले २ लाख २० हजार २ सय रुपैयाँ प्रदान गरेका छन्।

धरान-८ समाज हङकङको तर्फबाट उच्च माविलाई मंगलबार सो रकम हस्तान्तरण गरिएको हो।


तस्वीरः सौरभ श्रेष्ठ, धरान/ एचकेनेपाल डट कम

समाजका प्रतिनिधि मनीकुमार देवान र स्थानीय प्रतिनिधि किरण भूजेलले सो रकम उच्चमावि सञ्चालन सहयोग समितिका संयोजक श्यामगोविन्द श्रेष्ठ र प्राचार्य हिमबहादुर श्रेष्ठलाई प्रदान गरेका थिए।

यसै वर्षदेखि उच्च मावि सञ्चालन भएको सो विद्यालयलाई समाजले प्रदान गरेको रकमले ठूलो सहयोग मिलेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमचन्द्र सुवेदीले विद्यालयको पूर्वाधारमा सो रकम खर्चिने जानकारी दिए।

रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष पवन अग्रवालको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्राक्टिम समूह सुकुना बहुमुखी क्याम्पस मोरङका छात्र शिक्षकहरुले ल्याबोरेटरी उच्च माध्यमिक विद्यालयको खानेपानी समस्या र समाधानका उपाय विषयक कार्य पत्र प्रस्तुत गरेका थिए। क्याम्पसमा स्नाताकोत्तर अध्ययनरत रामबहादुर विष्ट, हरिकुमार राई, सुनिलकुमार ढुंगेल र मञ्जश्री दाहालले संयुक्त रुपमा सो कार्यपत्र प्रस्तुत गरेका थिए।


Popularity: 2%

Add comment November 17th, 2010

सामुदायिक भवनका लागि आर्थिक संकलन कार्य तीव्र

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङ नेपाली महासंघले नेपाली सामुदायिक भवनका लागि अर्थ संकलन कार्यलाई तीव्रता दिएको छ।

दसैं तथा तिहारको अवसरमा एक रात्रिभोजको आयोजना गरी नेपाली समुदायका लागि सामुदायिक भवन खरिद गर्न अति आवश्यकता महसूस गर्दै अर्थ संकलन सुरू गरिएको थियो। अर्थ संकलनका लागि लिटल बर्डस किण्डर गार्टेनका सुपरभाइजर धन थापाको संयोजकत्वमा लगभग ३ लाख हङकङ डलर संकलन भइसकेको अध्यक्ष प्रदीप थापाले जानकारी दिएका छन्।

“नेपालीहरु व्यक्तिगत रुपमा पनि सक्षम भएका कारण सामाजिक हितका लागि नेपालीहरु सदैव एक जुट हुने र नेपाली समुदायका लागि आवश्यक सामुदायिक केन्द्रको स्थापना गर्न चाहे मागेर होस या व्यक्तिगत पहलमा आजैदेखि थाल्नु पर्ने भएकोले नेपाली सामुदायिक केन्द्रका लागि अर्थ संकलन कार्यमा तीव्रता दिएको हौं।” अर्थ संकलन कार्यका बारेमा महासंघ अध्यक्ष थापाले भने “सबै नेपालीहरुले सहयोग गर्ने वचन दिनु भएको छ।”

नेपाली महासंघलले यस अघि पनि नेपाली सामुदायिक भवनका लागि हङकङ सरकारसँग पनि पटक पटक माग गर्दै आएको थियो। सामुदायिक भवनका लागि अन्य संघसंस्थासँग समेत छलफल गरेको थियो।

पछिल्लो पटक प्रदीप थापा हङकङ नेपाली महासंघका अध्यक्ष भएपछि नेपाली सामुदायिक केन्द्रका लागि व्यापक पहल भएको छ।

सामुदायिक केन्द्रका लागि जानकारी गराउन केही दिनमा पत्रकार सम्मेलन मार्फत सम्पूर्ण समुदायलाई पछिल्ला विवरणहरु जानकारी गराउने अध्यक्ष थापाले जानकारी दिए।

Popularity: 2%

Add comment November 17th, 2010

संखुवासभा समाजको वेबसाईट र वृत्तचित्र सार्वजानिक

राई टोप बहादुर, हङकङ/ एचकेनेपाल डट कम-
संखुवासभा समाज हङकङले तिहारको अवसर पारेर शनिवार जोर्डनस्थित इन्डियन क्लवमा समाजको वेबसाईट www.sankhuwasabhahk.org र वृत्तचित्र सार्वजनिक गरेको छ।

करीव २ सय संखुवासभालीहरुको बीच समाजका सल्लाहकार उपेन्द्र कोरङ्गीले रिबन काटेर उद्घाटन गरिएको कार्यक्रममा वृत्तचित्रको उद्घाटन समाजका अर्का सल्लाहकार राजकुमार राईले गरेका हुन्।

कार्यक्रममा सल्लाहकार लालबहादुर गुरुङ र पत्रकार किसन राईले शुभकामना ब्यक्त गरेका थिए। सचिव प्रेमकुमार कोरङ्गीद्वारा संचालित कार्यक्रममा वृत्तचित्र निर्माण गरेका तीन युवाहरु विक्रम गुरुङ, युवराज मगर र बुद्धराज लिम्बु तथा वेबसाईट निर्माण गर्ने समाजका सल्लाहकार ललितजंग राईलाई सभापति हेम राईले विशेष धन्यबाद दिंदै कार्यकमको समापन गरेका थिए।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्

करीव डेढ घण्टा संचालित उक्त औपचारिक कार्यक्रमको समाप्तिलगत्तै देउसी भैलो सुरु भएको थियो। कलाकारत्रय निवी थापा, विना राई र उस्मिरा गुरुङले देउसीमा दक्षिणा संकलन गरेका थिए। देउसी भैलोबाट २० हजार १ सय ३७ हङकङ डलर संकलन भएको कोषाध्यक्ष कृष्णकुमार गुरुङले बताए। राति करीव ३ बजेसम्म संचालित उक्त कार्यक्रममा जिल्लावासीहरु दोहोरी गीत र डिजेमा मस्त थिए।

Popularity: 3%

4 comments November 6th, 2010

बेली डान्स प्रतियोगितामा ताइवान प्रथम

एस, हङकङ/ एचकेनेपाल डट कम-
एसिया बेली डान्स फेडरेशनले आयोजना गरेको एसिया-प्यासिफिक बेली डान्स प्रतियोगितामा ताइवनका नर्तकी समूह प्रथम भएको छ।

चिनको गुआन्ग्दोंगमा नोभेम्बर ५ तारिखका दिन सम्पन्न प्रतियोगितामा मकाउको समूह द्वितीय र हङकङको समूह तृतीय भए।

प्रतियोगितामा हङकङ, चिन, सिंगापुर, ताइवान, भियतनाम, मकाउ, थाइल्याण्ड, इन्डोनेसिया, कोरियालगायत विभिन्न देशका कलाकारहरू सहभागी थिए।

तबला बाद्यक हरि श्रेष्ठका अनुसार केटाकेटीदेखि बृद्ध सम्मका हजारौ दर्शकहरुले खचाखच भरिएको हलमा कलाकारहरुले एकल तथा समूहमा आ-आफ्ना कला प्रदर्शन गरेका थिए।

प्रतियोगितामा हङकङका चर्चित तबला बाद्यक हरि श्रेष्ठसमेत निर्णायक थिए भने गायक कलाकार चेतमान गुरूङ अतिथिका रूपमा उपस्थित थिए।

प्रतियोगिताको अन्त्यमा बरिष्ठ कलाकारद्वय हरि श्रेष्ठ र चेतमान गुरुङले तबला, मादल र सारंगीमा नेपाली लोक धुन तथा पाश्चात्य संगीतको धुनमा नेपाली बाद्य-धुनको फयूजन प्रस्तुत गर्दा सम्पूर्ण बेली डान्सरहरु स्टेजमा पुगेर नृत्य गरेका थिए।

बर्षमा चार पटक आयोजना हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय स्तरका व्यावसायिक बेली डान्सर तथा यस क्षेत्रमा लागेका एशियाका कलाकारहरु एकै स्थानमा भेला भएर आ-आफ्नो कला प्रस्तुत गर्ने गरिन्छ।

तस्वीर सौजन्यः हरि श्रेष्ठ र चेतमान गुरुङ


थप तस्वीरहरू हेर्न यहाँ यहाँ क्लिक गर्नुहोस्

Popularity: 3%

1 comment November 5th, 2010

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2010
M T W T F S S
« Oct   Dec »
1234567
891011121314
15161718192021
22232425262728
2930  

Posts by Month

Posts by Category