हङकङमा नेपाली सप्ताह २०१० विधिवत समापन
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर ३१-
हङकङमा आयोजना गरिएको नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०१० विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक कार्यशाला संगोष्ठीसंगै सप्ताहको अन्त्यौली गरिएको छ।
वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म हङकङमा विविध कार्यक्रमहरुसहित नेपाली सप्ताह २०१० कार्यक्रमको आयोजना गरिएको हो। नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्देश्यले हङकङमा २००५ सालदेखि कार्यक्रम आयोजना हुँदै आएको हो।
डिसेम्बर ३१ तारिखका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठी गरिएको थियो। विद्यार्थीहरुलाई साहित्य, संगीत, कला तथा भाषाका बारेमा सप्ताह मूल समरोहका संयोजक एकराज राईले यसको अध्ययन तथा भाषा सम्बन्धी प्रशिक्षण समेत गराउनु भएको थियो। संगोष्ठी पछि दीपक गुरुङले विधिवत कार्यक्रम समापन भएको जानकारी गराउनु भएको थियो।
डिसेम्बर ३० तारिखका दिन आइकेटी कलेज चाइवानमा एचकेडीएसई परीक्षामा नेपाली भाषाको समावेशन,
नेपाली भाषा र साहित्यको पठनपाठनमा हङकङ सरकारको नीतिगत स्वीकृतिप्रति कार्यगोष्ठी भएको थियो। कार्यगोष्ठीमा शिक्षक, विधार्थी, प्रधानध्यापक, अभिभावक तथा पाकिस्तानी, चिनिया समुदायका शिक्षकहरुको समेत सहभागी थिए।
डिसेम्बर २९ तारिख बेथल हाइस्कुलमा नेपाली विधार्थीहरु अध्ययनरत सरकारी विद्यालयहरुमा नेपाली पुस्तकालयहरुको विधिवत् उद्घाटन कार्यक्रम गरिएको थियो। हाल नेपाली भाषा पठन पाठन भइरहेका विद्यालयहरुमा नेपाली पुस्तकालयहरुको विस्तार गर्दै लगिने भएको छ।
डिसेम्बर २७ र २८ तारिखका दिन पठनपाठन संस्कार तथा स्वस्थताका विषयमा एक गोष्ठीको आयोजना गरिएको थियो। गोष्ठीमा अभिभावकहरुलाई बालबच्चा हेरचाह तथा शिक्षाका विषयमा डा. धिराज गुरुङ र पूर्णकला गुरुङले प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रममा नेपाली साहित्यका विषयमा एवं सर्जक गणेशवहादुर राईको कृतिहरुमाथि समालोचन दृष्टिकोण एकराज राईले प्रस्तुत गर्नु भएको थियो। नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको थियो। नेपाली सप्ताह २०१० कार्यक्रमलाई अफिसियल मिडियाको रुपमा एचकेनेपाल डट कमले सघाएको थियो।
—————————————————————
हङकङमा नेपाली सप्ताह धुमधामले मनाइंदै
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २६-
‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०१०’ कार्यक्रमको रौनक यतिबेला हङकङमा छ। सप्ताहको दोश्रो दिन आइतवार नेपालीहरुको अधिक जनघनत्व भएको युनलङ शहरमा शोभायात्रा सम्पन्न भएको छ।
तस्वीरः जगतअम्बु गुरूङ, एचकेनेपाल डट कम
हङकङका विराट नेपाली समुदायको सहभागी रहेको शोभायात्रामा विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा तिनका अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, धार्मिक तथा अन्य समुदायका समूहहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुले युनलङ शहर परिक्रमा गरेका थिए।
शोभायात्रामा नेपाली भेषभूष, बाजागाजा, सयपत्रीका फूलहरु बोकेका नेपालीहरुको उपस्थितिले युनलङ पुरै नेपालीमय बनेको थियो। यात्राभरि नेपाली गीतहरु बजाइएको थियो। बृद्धबृद्धा, बालक, तन्नेरी, महिला सबैजनाले शोभायात्रामा सहभागिता जनाएका थिए। यात्रामा नेपाली, अंग्रेजी भाषामा लेखिएका प्ले कार्डहरुमा नेपाली एकताको सेदंश दिने नाराहरु राखिएका थिए।
शोभायात्रामा तमू प्ये ल्हु संघ,बृटिश गोर्खा भूतपूर्व सैनिक संघ, किरात याक्थुम चुम्लुङ, नेवार समाज, किरात राई यायोक्खा, हेवेन्लि पाथ हङकङ, भोजपुर समाज सेवा समिति, एभरेष्ट फुटबल क्लव लगायतका संघसंस्थाहरु सहभागी थिए। विशेष गरी १२ अधिक सरकारी विद्यालयका शिक्षक विधार्थीहरुले कार्यक्रममा सहभागिता जनाएका थिए।
शोभायात्रापछि लगत्तै युनलङ टाउन हलमा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रममा विभिन्न जातीय नृत्यहरु, नेपाली लोक नृत्यहरु,गीत तथा बाद्यवादन प्रस्तुत गरिएको थियो। दुई घण्टा अधिकको साँस्कृतिक कार्यक्रममा सम्पूर्ण नेपाली संस्कृति प्रस्तुत गरिएको थियो। लोक गायक चेतमान गुरुङ, हरि श्रेष्ठ समेतले नेपाली धुन प्रस्तुत गरेका थिए।
वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म हङकङमा विविध कार्यक्रमहरुसहित नेपाली सप्ताह २०१० कार्यक्रम आयोजना हुने गरिन्छ। हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्नका लागि हङकङ नेपाली कला मन्दिरले नेपाली सप्ताह वर्षेनी आयोजना गर्दै आएको छ। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
—————————————————————
सुरू भयो हङकङमा ‘नेपाली सप्ताह २०१०’
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २५-
हङकङमा सर्वाधिक चर्चामा रहेको नेपाली सप्ताह २०१० शनिवारदेखि सुरू भएको छ। डिसेम्बर २५ देखि ३१ तारिखसम्म एक साताभरी नेपाली सप्ताह विविध कार्यक्रमसहित मनाइन्छ।
हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्न हङकङ नेपाली कला मन्दिरले वर्षेनी ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०१०’ कार्यक्रम
आयोजन गरिन्छ।
नेपाली समाज स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेकाहरुको सम्झनामा सप्ताहको पहिलो दिन शनिवार पीएच केन्द्रीय प्राथमिक विद्यालयमा उद्घाटनसहित स्मृति दिवसको आयोजना गरियो।
पीएच केन्द्रीय प्राथमिक विद्यालयका व्यवस्थापन समितिका निर्देशक सदस्य एवं हङकङ नेपाली कला मन्दिरका अध्यक्ष एकराज राईले रिबन काटेर नेपाली सप्ताहलाई शुभारम्भ भएको घोषणा गर्नु भयो।
स्मृति दिवसमा हालै निधन हुनुभएका भिसी लछिमण गुरुङको सम्मानमा विद्यार्थीहरुले पुष्पगुच्छा अर्पणका साथै उनको योगदानबारेमा चर्चा परिचर्चा गरिएको थियो। नेपाली समाजको निर्माणमा विशेष योगदान पुर्र्याएका नेपालीहरुबारे अध्यक्ष एकराज राईले विद्यार्थीहरुलाई जानकारी गराउनु भएको थियो।
नेपाली सप्ताह २०१० कार्यक्रम अन्तर्गत नेपालीहरुको अधिक बसोवास रहेको युनलङ शहरमा डिसेम्बर २६ तारिख आइतवार शोभायात्रा हुदैछ। हङकङका विराट नेपाली समुदायको सहभागितामा शोभायात्रामा यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा तिनका अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, धार्मिक तथा अन्य समुदायका समूहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङ शहरको परिक्रमा गरिने भएको छ।
शोभायात्रमा नेपाली भेषभूष, बाजागाजा, सयपत्रीका फूलहरु बोकेका नेपालीहरुको उपस्थितिले युनलङ पुरै नेपालीमय बन्ने आयोजकले जानकारी गराएको छ। शोभायात्रापछि लगत्तै युनलङ टाउन हलमा साँस्कृतिक कार्यक्रम सम्पन्न हुनेछ। सांस्कृतिक कार्यक्रममा विभिन्न जातिय नृत्यहरु, नेपाली लोक नृत्यहरुसमेत प्रस्तुत गरिने छ।
नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै नेपाली यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्धेश्यले हङकङमा २००५ सालदेखि कार्यक्रम आयोजना हुँदै आएको हो।
३१ डिसेम्बरका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगितात्मक संगोष्ठी गरिने भएको छ।
नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ। नेपाली सप्ताह २०१० कार्यक्रमका लागि अफिसियल मिडियाको रुपमा एचकेनेपाल डट कम रहेको छ।
नेपाली सप्ताह २०१० अन्तर्गतका पूर्ण विवरणः सप्ताहव्यापि कार्यक्रम २५ डिसेम्बरः स्मृतिदिवस
स्थानः पीएच केन्द्रीय प्राथमिक विद्यालय
समयः दिउँसोको ११ बजेदेखि १ बजेसम्म
२६ डिसेम्बरः
(क) शोभायात्रा
यात्रा छुट्ने स्थानः घडीपार्क, युनलङ
यात्रा छुट्ने समयः दिउँसोको २ बजे
यात्रा विर्सजन स्थानः युनलङ टाउन हल
(ख) सांस्कृतिक कार्यक्रम
स्थानः युनलङ टाउन हल
समयः २ः५० बजेदेखि
२७ डिसेम्बरः
क्रियाकलापः पठनपाठनमा संस्कार/संस्कृति तथा स्वस्थता
स्थानः युनलङ टाउन हल
समयः दिउँसोको ११ बजेदेखि २ बजेसम्म
२८ डिसेम्बरः
विस्तृत छलफल विश्व परिवेशमा आजको सर्जक र सिर्जनाः
अघिइँदा धाराहरुमा आज र भोलिको सम्भावित नेपाली सिर्जना
स्थानः लाइची भ्याली
समयः बिहान ११ बजेदेखि ५ बजेसम्म
२९ डिसेम्बरः
विद्यालयहरुमा नेपाली पुस्तकालय उद्घाटन समारोह
समारोह स्थानः बेथेल हाइ स्कूल
समयः बिहान ११ बजे
३० डिसेम्बरः
एचकेडिएस परीक्षामा नेपाली भाषाको समावेशन
नेपाली भाषा र साहित्यको पठनपाठनमा हङकङ सरकारको नीतिगत स्वीकृत्रि्रति कार्यगोष्ठी
स्थानः आइकेटी कलेज
समयः दिउँसोको २ बजेदेखि ६ बजेसम्म
३१ डिसेम्बरः
विद्यार्थीहरुको प्रतियोगित्मक वार्षिक संगोष्ठी
हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको
नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक कार्यशाला
—————————————————————
हङकङमा ‘नेपाली सप्ताह २०१०’ कार्यक्रमको भव्य तयारी
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
हङकङमा नेपाली भाषा, साहित्य र संस्कृतिको बलियो आधार स्तम्भ तयार पार्नका निम्ति हङकङ नेपाली कला मन्दिरको वर्षेनी आयोजना गर्दै आएको ‘नेपाली भाषा साहित्य संस्कृति सप्ताह २०१०’ कार्यक्रमको भव्य तयारी भइरहेको छ।
वर्षको अन्तिम साता डिसेम्बर २५ देखि ३१ तारिखसम्म हङकङमा विविध कार्यक्रमहरुसहित नेपाली सप्ताह २०१० कार्यक्रमको आयोजना गरिने भएको छ।
नेपाली सप्ताह २०१० कार्यक्रम अन्तर्गत नेपालीहरुको अधिक वसोवास रहेको युनलङ शहरमा डिसेम्बर २६ शानिवार शोभायात्रा हुनेछ। हङकङका विराट नेपाली समुदायको सहभागितामा शोभायात्रामा यहाँका विभिन्न प्राथमिक, माध्यमिक, उच्चतर माध्यमिक तथा किन्डरगार्टेनका प्रिन्सिपल, भाइस प्रिन्सिपल, शिक्षक, नेपाली विधार्थीहरु तथा तिनको अभिभावकहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, धार्मिक तथा अन्य समुदायका समूहहरु, पत्रकार, जिल्ला पार्षदहरु स्थानीय जननेताहरुको साथमा युनलङ शहरको परिक्रमा गरिने कार्यक्रम रहेको छ।
शोभायात्रमा नेपाली भेषभूष, बाजागाजा, सयपत्रीका फूलहरु बोकेका नेपालीहरुको उपस्थितिले युनलङ पुरै नेपालीमय बन्ने आयोजकले जानकारी दिएका छन्। शोभायात्रापछि लगत्तै युनलङ टाउन हलमा साँस्कृतिक कार्यक्रम हुनेछ। सांस्कृतिक कार्यक्रममा विभिन्न जातीय नृत्यहरु, नेपाली लोक नृत्यहरु समेत प्रस्तुत गरिने छन्।
नेपाली समाजको आधार नेपाली भाषा साहित्य संस्कृति भएकोले भाषा, साहित्य संस्कृति जाति पहिचानको आधार मानेर यसलाई संस्थागत गर्दै नेपाली यसकै आधारमा नेपाली एकता र समृद्धिलाई बढावा दिँदै लैजाने उद्धेश्यले हङकङमा २००५ सालदेखि कार्यक्रम आयोजना हुँदै आएको हो।
सप्ताहव्यापि कार्यक्रममा २५ डिसेम्बर शुक्रबारका दिन विश्वभर रहेका नेपालीहरु जसले नेपाली समाज निर्माणका लागि आफ्नो जीवन समर्पण गरेकाहरुको सम्झनामा स्मृति दिवस कार्यक्रम पीएच केन्द्रीय प्राथमिक विद्यालयमा सम्पन्न हुनेछ।
३१ डिसेम्बरका दिन हङकङका विभिन्न विद्यालयहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुको नेपाली भाषा, साहित्य, कला तथा संगीतबारे प्रतियोगित्मक संगोष्ठी गरिने भएको छ।
नेपाली सप्ताहको आयोजना हङकङ नेपाली कला मन्दिर तथा यसको संयोजन हङकङ नेपालीज फाउण्डेशनले गरेको छ। नेपाली सप्ताह २०१० कार्यक्रमका लागि अफिसियल मिडिया पार्टनरको रुपमा एचकेनेपाल डट कम रहेको छ।
किसन राई, हङकङ / एचकेनेपाल डट कम-
साकेला उधौली २०१० को अवसरमा गत आइतबार किरात राई यायोक्खा हङकङले एक कार्यक्रम ताइमो शानमा सम्पन्न गर्यो।
९२ वर्षीय श्रीबहादुर राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली आदिवासी जनजाति महासंघ हङकङका महासचिव निमा शेर्पालाई विशेष आतिथ्य प्रदान गरिएको थियो।
विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि रहेको कार्यक्रममा प्रमुख अतिथि र विशेष अतिथिलगायत तमू ट्हो हृयुलका सचिव मिन गुरुङ र किरात याक्थुङ चुम्लुङका अध्यक्ष कृष्ण लाओतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
संस्थाका उपाध्यक्ष शशि मदन राईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम अध्यक्ष किसन राईको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त समारोहमा प्रमुख अतिथि, उनकी श्रीमती सोरेम्बा राई, सिलीमोपा र सिलीमोमालाई किरात राई संस्कृति अनुरुप फेटा र बर्को ओढाइएको थियो।
सचिव पिताम्बर राईको सञ्चालन रहेको कार्यक्रम प्रदर्शनी सिलीसहित दोश्रो चरणमा प्रवेश गरेको थियो। प्रदर्शनीसंगै उपस्थित इच्छुकहरु सिलीमा सामेल भएका थिए। तस्बीरः मातृदीप राई र ढकबीर राई।
‘सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल’को उपाधि टोपराजलाई
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २६-
सातौं पोखरेली झ्यालअन्तर्गत गीत गायन प्रतियोगिता ‘सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल’ को उपाधि गायक टोपराज तामाङले जितेका छन्। टोपराज तामाङ, तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
मितेरी सेवा समिति हङकङ पोखराद्वारा आइतवार काउलुन पार्क पियाजामा आयोजित ग्रेण्ड फिनालेमा सात जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै टोपराजले ‘सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल’ को उपाधि जितेका हुन्। अडिशन राउण्ड, सेमीफाइनल राउण्ड हुंदै फाइनलमा पुगेका टोपराज यहाँका चर्चित गायकका रूपमा चिनिन्छन्। तामाङ गत सालको ‘फस्ट भ्वाइस अफ पोखरेली झ्याल’ मा फस्ट रनरअप बनेका थिए। रोशा लिम्बू
कला चेम्जोङ
प्रतियोगितामा गत साल सेकेण्ड रनरअप बनेकी रोशा लिम्बू यस पटक फस्ट रनरअप बनिन्। लिम्बू पनि हङकेली समाजमा राम्रा गायिकाका रूपमा चिनिन्छिन्। प्रतियोगितामा नयाँ अनुहार कला चेम्जोङ सेकण्ड रनर अप भइन् भने नरेन्द्र गुरूङले सान्त्वना पुरस्कार जिते।
संगीतकर्मीहरू विक्रम गुरूङ, नागेन्द्र श्रेष्ठ, मनोज घले र सरला गुरूङको मूल्याङ्कनका आधारमा विजेताहरूको छनौट गरिएको हो। प्रतियोगितामा शीर्ष उपाधि जितेका टोपराजले हङकङ डलर पाँच हजार, फस्ट रनरअप रोशाले तीन हजार र सेकेण्ड रनरअप कला चेम्जोङले एक हजारसहित ट्रफी प्राप्त गरे। सान्तवना भएका नरेन्द्रले पाँचसय हङकङ डलर प्राप्त गरे।
त्यसैगरी, पोखरेली झ्यालको प्रतिभाको खोजी प्रतियोगितामा महिलातर्फ एलिना गुरूङ र पुरूषतर्फ सुवास गुरूङले जितेका छन्। लोक नृत्य प्रस्तुत गरेका एलिना र हास्यगीतमा नृत्य प्रस्तुत गरेका सुवास दुबैलाई दर्शक मतको आधारमा विजेता छनौंट गरिएको थियो। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
पोखरेली झ्याल कप प्रिभे फुटबल क्लवलाई
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २५-
सातौं पोखरेली झ्यालअन्तर्गत पहिलो दिन शनिवार सम्पन्न सिक्स ए साइड फुटबल प्रतियोगिता ‘पोखरेली झ्याल कप’ को उपाधि प्रिभे फुटबल क्लवले जितेको छ।
काउलुन पार्कस्थित फुटबल मैदानमा शनिवार सम्पन्न प्रतियोगितामा रेसुङ्गा फुटबल क्लव उपविजेता बनेको छ। पोखरेली झ्याल कपको दोस्रो संस्करणको फाइनल खेलमा ३-१ गोल अन्तरले रेसुङ्गा फुटबल क्लवलाई पराजित गर्दै प्रिभे फुटबल क्लव विजेता बनेको छ।
प्रतियोगितामा पोखरेली झ्याल तारा (सर्वोत्कृष्ट खेलाडी) को उपाधि विवेक गुरूङले जितेका छन्। प्रतियोगिताको खेलभरी सर्वाधिक ९ गोल गरेर प्रिभेका नरेन लिम्बू सर्वाधिक गोल गर्ने खेलाडी र टिना ग्लोबल फुटबल क्लवका विजय लिम्बू सर्वश्रेष्ठ गोल गर्ने खेलाडी घोषित भए।
धरान फुटबल क्लव सर्वश्रेष्ट टिम र पोखरा फुटबल क्लव अनुशासित टिम छानिए।
मितेरी सेवा समिति हङकङ-पोखराको आयोजनामा दोस्रो दिन आइतवार काउलुन पार्क पियाजामा सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको ग्रेण्ड फिनाले, प्रतिभाको खोजी तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएका छन्। प्रवेश निशुल्क रहेको सो कार्यक्रममा उपस्थित हुन सम्पूर्ण हङकङबासी नेपालीलाई आयोजक संस्थाले हार्दिक अपिल गरेको छ।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
सिक्स ए साइडमा १२ टिम भिड्ने
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २१-
सातौं पोखरेली झ्यालअन्तर्गत हुने सिक्स ए साइड पोखरेली झ्याल कप २०१० मा १२ वटा फुटबल टिमहरू सहभागी हुने भएका छन्।
काउलुन पार्क फुटबल मैदानमा डिसेम्बर २५ तारिख हुने प्रतियोगितामा सहभागी फुटबल टिम र समूह निम्न छन्। ग्रुप एः
ब्लेक एफसी
चुम्लुङ एफसी
एभरेष्ट एफसी
नेपाल टेलिभिजनमा प्रतिभा देखाउने अवसर
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २१-
सातौं पोखरेली झ्यालको प्रतिभाको खोजीका विजेताले नेपाल टेलिभिजनमा आफ्नो कला प्रस्तुत गर्न पाउने भएका छन्।
आयोजक संस्था मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले प्रतिभाको खोजीका विजेतालाई नेपाल टेलिभिजनमा कला प्रस्तुत गर्ने व्यवस्था मिलाएको एचकेनेपाल डट कमलाई बताए।
‘नेपाल टेलिभिजनमा प्रसारण हुंदै गरेको दिनेश डिसीद्वारा सञ्चालित
>‘खोजी प्रतिभा’ को कार्यक्रममा ‘एज ए गेष्ट’ को रूपमा प्रतिभा देखाउन पाउने छन्’, अध्यक्ष गुरूङले भने। ‘त्यसको लागि कार्यक्रम प्रस्तोता डिसीसंग कुरा भैसकेको छ’, गुरूङले भने।
पोखरेली झ्याल प्रतिभाको खोजीका विजेतालाई आगामी साल २०११ बेलायतमा र २०१२ मा पोखरामा हुने पोखरेली झ्याल कार्यक्रममा सहभागी गराइने भएको छ। हरेक वर्ष नयाँ नयाँ उपाधिसहित कार्यक्रम थपिदै गरेको आयोजक संस्था मितेरी सेवा समितिले यस वर्षदेखि ‘प्रतिभाको खोजी’ शीर्षक कार्यक्रम थपेको हो। यसबाहेक पोखरेली झ्यालमा सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल र सिक्स ए साइड फुटबल प्रतियोगिता समावेश छन्। यसअघि, समितिले ऐतिहासिक वृहत कविता वाचन प्रतियोगिता सम्पन्न गरिसकेको छ।
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
____________________________________________________ प्रायोजकहरूको नामावलीको लागि
यहाँ क्लिक गर्नुहोस्
कार्यक्रमका लागि प्रायोजक बन्न इच्छुक महानुभावहरूले कृपया Mr Rakchha (67509796), Bhim Pun (98849600) and Devchandra (96084014) लाई सम्पर्क गर्न अनुरोध गरिन्छ।
न्युज अपडेटः ८ प्रतिस्पर्धीहरू ‘सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल’ को फाइनलमा
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर ६-
मितेरी सेवा समिति हङकङ पोखराको आयोजनामा जारी सातौं पोखरेली झ्याल २०१० कार्यक्रमअन्तर्गत ‘सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल’ गीत गायन प्रतियोगिताको फाइनल राउण्डमा ८ जनाले प्रवेश पाएका छन्।
जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा आइतवार साँझ सम्पन्न सेमिफाइनलबाट फाइनलमा प्रवेश पाउने प्रतिस्पर्धीहरूमा विकाश गुरूङ, गणेश न्यौपाने, गोपाल पुन, कला चेम्जोङ, नरेन्द्रकुमार गुरूङ, रोशा लिम्बू, सोनाम महर्जन र टोपराज तामाङ रहेका छन्।
निर्णायकहरू विक्रम गुरूङ, सरला गुरूङ, नागेन्द्र श्रेष्ठ र मनोज घलेको मूल्याङ्कनका आधारमा आठ जना प्रतिस्पर्धीहरूले फाइनलमा प्रवेश पाएका हुन्। फाइनलमा प्रवेश गरेका प्रतिस्पर्धीहरूले डिसेम्बर २६ तारिख काउलुन पार्क पियाजामा ‘सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल उपाधि’का लागि प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका अध्यक्ष तुलसीकुमार गुरूङले जानकारी दिएका छन्।
सेमीफाइनल राउण्डको भिडियो हेर्नुहोस् पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
——————————————————————————————
न्युज अपडेटः सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको रिजल्ट आज ५ बजे
एस हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर ६-
‘सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल’ गीत गायन प्रतियोगिताको सेमीफाइनल राउण्डको नतिजा सोमवार साँझ ठीक पाँच बजे सार्वजनिक हुने भएको छ।
जोर्डनस्थित कंगन रेष्टुरेण्टमा आइतवार साँझ सम्पन्न सेमीफाइनल राउण्डमा १४ जना प्रतिस्पर्धीहरू सहभागी थिए। सेमीफाइनल राउण्डमा गणेश न्यौपाने, राजेश राई, नरेन्द्रकुमार गुरूङ, टोपराज तामाङ, रोशा लिम्बू, कला चेम्जोङ, काजिमान कास्व, मनिषा गुरूङ, सोनाम महर्जन, गोपाल पुन, सुधा लिम्बू, बलराज राई, टीका माखिम र विकाश गुरूङ भिडेका थिए।
संगीतकर्मीहरू विक्रम गुरूङ, सरला गुरूङ, नागेन्द्र श्रेष्ठ र मनोज घले निर्णायक रहेको सेमीफाइनल राउण्डको नतिजा सोमवार साँझ ठीक ५ बजे एचकेनेपाल डट कममार्फत सार्वजनिक गरिने आयोजक संस्था मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले बताएका छन्। एचकेनेपाल डट कम पोखरेली झ्याल कार्यक्रमको अफिसियल मिडिया पार्टनर हो।
सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको सेमीफाइनल राउण्डको नतिजाको लागि प्रतिक्षा गर्नुहोला।
तस्वीर: सन्तोष देवान/एचके नेपाल डट कम, थप तस्वीरहरू हेर्न
>यहाँ क्लिक गर्नुहोस्
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
——————————————————————————————
न्युज अपडेटः सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको सेमीफाइनल डिसेम्बर ५ मा
एस हङकङ/ एचकेनेपाल डट कम, नोभेम्बर ३०-
सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको सेमीफाइनल राउण्ड डिसेम्बर ५ तारिख साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा हुने भएको छ।
सातौं पोखरेली झ्याल अन्तर्गतको गीत गायन प्रतियोगिताको अडिशन राउण्ड सम्पन्न भएर सेमीफाइनलको तयारी भैरहेको आयोजक संस्था मितेरी सेवा समितिका अध्यक्ष तुलसीकुमार गुरूङले जानकारी दिएका छन्।
विगत छ वर्षदेखि वर्षेनी सञ्चालन हुंदै आएको पोखरेली झ्याल कार्यक्रम अन्तर्गत गत वर्षदेखि गीत गायन प्रतियोगिता भ्वाइस अफ पोखरेली झ्याल तथा यस वर्षदेखि प्रतिभाको खोजी प्रतियोगिता हुंदैछ। त्यसैगरी, सोही कार्यक्रम अन्तर्गत यस वर्ष पनि सिक्स ए साइड फुटबल प्रतियोगिताको निरन्तरता रहने छ।
न्युज अपडेटः सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको अडिशन राउण्ड
एस हङकङ/ एचकेनेपाल डट कम, नोभेम्बर २४-
सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको अडिशन राउण्ड वरिष्ठ संगीतकार दिनेश सुब्बाको याउ मा तेईस्थित स्टुडियोमा सम्पन्न भएको छ।
पटक पटक गरेर अडिशन राउण्डमा १४ जना स्थानीय प्रतिभाहरू सहभागी भएको मितेरी सेवा समिति हङकङ पोखराका अध्यक्ष तुलसीकुमार गुरूङले एचकेनेपाल डट कमलाई जानकारी दिए।
अडिशन राउण्डमा हङकङका स्थानीय चर्चित गायक गायिका टोपराज तामाङ र रोशा लिम्बूसमेत सहभागी थिए। तामाङ र लिम्बू गत सालको फस्ट पोखरेली झ्याल प्रतियोगितामा क्रमशः फस्ट रनरअप र सेकेण्ड रनअप हुन् भने प्रतियोगितामा सन्तोष गुरूङ विजेता बनेका थिए।
आयोजक सदस्य देवमान गुरूङका अनुसार सेकेण्ड भ्वाइस अफ पोखरेली झ्यालको प्रतिस्पर्धीहरूमा गणेश न्यौपाने, राजेश राई, नरेन्द्रकुमार गुरूङ, टोपराज तामाङ, रोशा लिम्बू, कला चेम्जोङ, काजिमान कास्व, मिनषा गुरूङ, सोनाम महर्जन, गोपाल पुन, सुधा लिम्बू, बलराज राई, टीका माखिम र विकाश गुरूङ रहेका छन्।
अडिशन राउण्डको भिडियो झलकः अडिशन राउण्डको तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
पोखरेली झ्यालमार्फत नयाँ प्रतिभाको खोजी
एस हङकङ/ एचकेनेपाल डट कम, अक्टोबर ४-
मितेरी सेवा समिति पोखरा, हङकङले सेकेण्ड भ्वाईस अफ पोखरेली झ्याल, सिक्स ए साईड फूटबल र नेपाली ट्यालेण्ट शो प्रतिभाको खोजी प्रतियोगितासहित ‘सातौं पोखरेली झ्याल २०१०’ आयोजना गर्ने भएको छ।
समितिले जोर्डनस्थित भेटघाट रेष्टुरेण्टमा आइतवार एक सन्देश प्रवाह कार्यक्रम गरेर पोखरेली झ्याललाई यो वर्ष पनि निरन्तरता दिने जानकारी दिएको हो।
भिडियोः
पोखरेली झ्यालको सातौं संस्करण क्रिसमससंगै डिसेम्बर २५ र २६ दुई दिन काउलुन पार्कको पियाजामा हुने आयोजक संस्थाले जानकारी दिएको छ। पहिलो दिन सिक्स ए साईड फूटबल प्रतियोगिता र दोस्रो दिन सेकेण्ड भ्वाईस अफ पोखरेली झ्याल र प्रतिभाको खोजीको ग्रेण्ड फिनाले हुने छ।
सन्देश प्रवाह कार्यक्रममा समितिका अध्यक्ष तुलसीकुमार गुरूङले भ्वाईस अफ पोखरेली झ्याल र सिक्स ए साईड फूटबल प्रतियोगितालाई निरन्तरता दिने बताउंदै यो वर्ष प्रतिभाको खोजी थपिएको जानकारी दिए। ‘प्रतिभाको खोजी प्रतियोगितामा कला र प्रतिभा भएका हङकङका नेपाली दाजुभाई दिदीबहिनीहरूले सामेल हुन पाउंने छन्।’ गुरूङले भने- ‘हङकङबाट प्रतिभाको खोजीका विजयीलाई आगामी साल २०११ मा युकेमा हुने पोखरेली झ्याल कार्यक्रममा सहभागी गराइने छ। त्यसै गरी, हङकङ र युकेबाट पनि विजयी भएका प्रतियोगीलाई २०१२ साल पोखरामा हुने पोखरेली झ्याल कार्यक्रममा सहभागी गराइने छ।’
‘पोखरेली झ्याल, पोखरेलीका मात्र नभई हङकङका सबै नेपालीको लागि हो’, गुरूङले भने। कला र प्रतिभा भएका नेपालीलाई पोखरेली झ्यालले प्लेटफर्म दिने अध्यक्ष गुरूङले बताए।
कार्यक्रममा प्रायोजकका तर्फबाट गोर्खा एकता इन्टेरनेशनलका त्रिलोक गुरूङ, फिस्टेल टुर्स एण्ड ट्राभलका कृष्ण पाण्डे, लजमुङ सेवा समितिका अध्यक्ष सत्य घले, फियोनाका अध्यक्ष गणेश गुरूङ, हङकङ नेपाली कलाकार संघका उपाध्यक्ष रविन श्रेष्ठलगायतले कार्यक्रमको सफलताको लागि शुभकामना व्यक्त गर्दै आफू र आफू आवद्ध संस्थाबाट सहयोग उपलव्ध हुने प्रतिवद्धता जाहेर गरेका थिए।
समितिका उपाध्यक्ष रक्ष गुरूङको स्वागत मन्तव्य रहेको सन्देश प्रवाह कार्यक्रमलाई भिम गुरूङले सञ्चालन गरेका थिए। पोखरेली झ्याल कार्यक्रमलाई गत सालहरूमा झैं यो वर्ष पनि एचकेनेपाल डट कमले अफिसियल मिडिया पार्टनरको रूपमा सघाएको छ। एचकेनेपाल डट कमले यस सम्बन्धी समाचारहरू क्रमशः अपडेट गरिदै लगिने छ।
एस, हङकङ/ एचकेनेपाल डट कम-
नेकपा माओवादी हङकङ जिल्ला समितिले किराँत,लिम्बु, मगरपछि चौथो जातिय सँगठनको रुपमा तमु मुक्ति मोर्चाको पनि तदर्थ समितिको गठन गरेको छ।
तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
बिष्णुकुमार गुरुङको अध्यक्षतामा गठित २१ जनाको कार्यसमिति रहेको उक्त समितिमा मेजर रि. तेजबहादुर गुरुङ, नरबहादुर गुरुङ, दुर्गा गुरुङ, सेरबहादुर गुरुङ, मनप्रसाद गुरुङ क्रमशः उपाध्यक्ष, सचिब, सहसचिब, कोषाध्यक्ष र सह कोषाध्यक्ष रहेका छन्।
त्यसैगरी, सदस्यहरुमा शिबप्रसाद गुरुङ, निमबहादुर गुरुङ, कमल (दिल ) गुरुङ, जगतअम्बु गुरुङ, दुर्गाबहादुर गुरुङ, दुर्गाबहादुर गुरुङ, राजु गुरुङ्ग (पर्वत), पदम गुरुङ, मनिकुमार गुरुङ, राजु गुरुङ (नवलपरासी), खगेन्द्र गुरुङ, भरत गुरुङ, भिम गुरुङ, टैप्रसाद गुरुङ रहेका छन्।
निर्वाचित समिति सदस्यलाई प्रमुख अतिथिका हैसियतमा पार्टी सचिब पूर्ण लोक्सोमले मोर्चाको बिधान अनुसार शपथ ग्रहण गराएका थिए।
जातिय मुक्ति विना बर्गिय मुक्ति सम्भब नहुने हुनाले समानताको सुत्राधारका लागि जातिय स्वयत्ताका पक्षका पार्टी रहेको र तदानानुसार जातिय सँगठनहरुलाई अझ शसक्त बनाउन पर्ने कुरामा लोक्सोमले जोड दिए। नवतिर्वाचितअध्यक्ष बिष्णुकुमार गुरुङद्वारा सञ्चालित उक्त कार्यक्रममा जसबहादुर ओख्राबोले पार्टी अनुशासन र पद्धितका बारेमा प्रकाश पारेका थिए भने नेपाली सरोकार समाजका अध्यक्षले स्वागत मन्तब्य दिएका थिए।
नरहाङ राई, हङकङ/ एचकेनेपाल डट कम-
ब्रिटिश गोर्खा भूतपूर्ब सैनिक संघ हङकङले १२ डिसेम्बरका दिन सातौं अधिवेशन सम्पन्न गरेको छ।
अधिवेशनले हेमप्रताप गुरुङको अध्याक्षतामा १५ सदस्यीय कार्यसमिती चयन गरेको छ। कार्यसमितीमा उपाध्याक्ष, सचिब, कोषाध्याक्ष, सह सचिबर र सह कोषाध्याक्षमा क्रमशः नरहाङ राई, हिमालय चन्द, प्रतापजङ्ग राई, बालकुमार राई तथा खड्गबहादुर राई रहेका छन्। अन्य सदस्यहरुमा मणिकिरात बान्तवा, नरेन्दकुमार राई, झमानसिं राना, रामबहादुर राई, इश्वर गुरुङ, हितमान गुरुङ, देशराज राई, पूर्णहाङ लिम्बु र बलबहादुर सारु लगायतका सबै कार्यसमितीमा निर्बिरोध चयन भएका छन्। तस्वीरः जगतअम्बु गुरूङ, थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्
खुल्ला सत्रलाई संघका अध्याक्ष हेमबहादुर तामाङले सभापतित्त्व गरेका थिए भने अन्य अतिथिहरुमा, भारतीय गोर्खा भूतपूर्ब सैनिक संघ हङकङका अध्याक्ष जङ्गबहादुर गुरुङ, गेसोका केन्द्रीय सदस्यद्वय क्याप्टेन धनबीर गुरुङ तथा मणिकिरात बान्तवा र बृटिश गोर्खा भूतपूर्ब सैनिक संघ हङकङका सल्लाहकार जगतलाल प्रधान थिए। सचिब नरहाङ राईले कार्यक्रम सञ्चालन गरेका थिए।
बन्द सत्रका तीन सदस्यीय अध्याक्ष मण्डलमा, अध्याक्ष क्याप्टेन धनबीर गुरुङ, सदस्यहरुमा जङ्ग ब. गुरुङ र क्याप्टेन बीर ब. थापा रहनु भएको थियो। उक्त बन्द सत्रमा, सचिब नर हाङ राईले साँगठानिक प्रतिबेदन, कोषाध्याक्ष हिमालय चन्दले आर्थिक प्रतिबेदन, मणि किरात बान्तवाले कार्यपत्र र उपाध्याक्ष हेमप्रताप गुरुङले संशोधित बिधान मसौदा प्रस्तुत गरेका थिए।
साँगठानिक प्रतिबेदन, कार्यपत्र र बिधानलाई प्रस्तुत गर्ने क्रममा बिशेष गरी भुपूका सन्ततीहरुलाई संस्थामा प्रबेश गराउंन बैधानिक बाटो खुल्ला रहेकोमा जोड दिएका थिए। गोर्खा सन्ततीहरुलाई “अतिरिक्त सदस्याता” बितरण गरी संस्थामा प्रबेश गर्न उत्साहित गर्नु पर्नेमा उपस्थित सबै भूपू एकमत थिए। पहिलो २ बर्ष अतिरिक्त, दोश्रो २ बर्ष साधरण सदस्य र २ कार्यकाल, कार्यसमितिमा बसेपछि, ५ मूख्य पद (पदाधिकारी) मा चयन हुन सक्ने गरी बिधान पारित गरेका थिए।
गोर्खाहरुको बास्तबिक पहिचान र इतिहासलाई शैक्षिक शिक्षा अध्ययनमा प्रवेश गराई अध्ययन अध्यापनको लागि सम्भाबित उपाय खोजी गर्नु पर्नेमा पनि जोड दिएका थिए।
अमृत गुरूङ भए ‘मिस्टर हङकङ नेपाल २०१०’
एस, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर १२-
हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनद्वारा आइतवार युन लङ थियटर हलमा आयोजित मिस्टर हङकङ नेपाल शारीरिक सुगठन प्रतियोगितामा अमृत गुरूङले शीर्षसहित बेष्ट पोजिङको उपाधि जितेका छन्। प्रतियोगितामा तमुर तामाङ फस्ट रनरअप, विश्व थापा सेकेण्ड रनरअप र सुक गुरूङ सान्त्वना भए।
मिस्टर हङकङ नेपाल २०१० को भिडियो झलकः
वायाँबाट क्रमशः अमृत गुरूङ, तमुर तामाङ र विश्व थापा। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
मिस्टर हङकङ नेपाल शारिरीक सुगठन प्रतियोगिताको आठौ संस्करणमा शीर्ष र बेष्ट पोजिङको उपाधि जितेका अमृत गुरूङले क्रमशः हङकङ डलर १० र २ हजार गरी १२ हजारसहित प्रमाणपत्र ट्रफि र पदक प्राप्त गरे। त्यसै गरी, फस्ट रनरअप तमुर तामाङ र सेकेण्ड रनरअप विश्व थापाले क्रमशः हङकङ डलर ७ हजार पाँच सय, पाँच हजारसहित प्रमाणपत्र, ट्रफि तथा पदक प्राप्त गरे।
शीर्ष र बेष्ट पोजको उपाधि जितेपछि प्रशन्न मुद्रामा देखिएका अमृत गुरूङले आफ्नो खुशी आफ्नो परिवार, आयोजक संस्थाका सदस्यहरू तथा देशविदेशमा रहेका नेपालीहरूसंग बाँड्न चाहेको एचकेनेपाल डट कमलाई बताए। प्रतियोगितामा फस्ट रनरअप बनेका तमुर तामाङले हङकङ प्रवेश गरेको तीन महिनाभित्रै पाएको सफलता आफ्नो लागि अवस्मरणीय रहने बताए। तमुर मिस्टर हङकङ नेपाल २००९ शम्भु तामाङका भाई हुन्। प्रतियोगितामा सेकेण्ड रनरअप बनेका विश्व थापाले परिवारबाट पाएको सहयोग र हौसलाबाट नै सफलता मिलेको बताए।
नेपाली लोक गायक रामजी खाँड र पार्वती गुरुङले लोक गीत तथा स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेकको कार्यक्रमलाई देवराज राईले सञ्चालन गरेका थिए। बोना राईको कोरियोग्राफीमा स्थानीय मोडलहरूले फेशन शो समेत प्रस्तुत गरेका थिए। हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापासहित विभिन्न संस्थाका प्रतिनिधि उपस्थित औपचारिक कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मेख गुरूङले र सञ्चालन सचिव लोकराज लिम्बूले गरेका थिए।
हङकङ नेपाल शारीरिक सुगठन प्रतियोगिताको अफिसियल मिडिया पार्टनर एचकेनेपाल डट कम र प्रिन्ट मिडिया पार्टनर कान्तिपुर साप्ताहिक रहेका थिए। पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस् थप तस्वीरहरू हेर्न
>यहाँ क्लिक गर्नुहोस्
प्रतिबन्ध फुकुवापछि खुशियाली
एस, हङकङ/ एचकेनेपाल डट कम, नोभेरम्बर २४-
दुई पटकसम्म नेपालको धर्मश्री उपाधि विजेता सानु गुरूङमाथि लगाइएको प्रतिबन्ध फुकुवापछि हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनले खुशियाली मनाएको छ।
जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा एसोसियसनले बुधवार साँझ एक कार्यक्रम गरी सानु गुरूङलाई बधाईसमेत ज्ञापन गरेको छ। नेपालमा रहंदै आएका सानु गुरूङ केही दिनअघि मात्र हङकङ आएका हुन्। उनी एसोसियसनद्वारा डिसेम्बर १२ तारिख आयोजना हुन गैरहेको ‘मिस्टर हङकङ नेपाल’ शारिरीक सुगठन प्रतियोगिताका सहभागीहरूलाई प्रशिक्षण दिन आएका हुन्।
तस्वीरः जगतअम्बु गुरूङ /एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिकगर्नुहोस्
गत जुन ६ तारिख हङकङमा सम्पन्न शारिरीक सुगठन प्रतियोगितामा डोपिङ टेष्ट गर्न इन्कार गरेको आरोपमा सानु गुरूङ दुई वर्षको कारवाहीमा परेका थिए। अन्तर्राष्ट्रिय नियम र अनुशासन उलङ्गन गरेको भन्दै आयोजक संस्था हङकङ चाइना बडी बिल्डिङ एसोसिएसनले गरेको सिफारिसको आधारमा इन्टरनेशनल नेचुरल बडी बिल्डिङ एसोसियसन (आइएनबीए)ले गुरूङलाई शारिरीक सुगठनका सबै खेलहरूमा दुई बर्षसम्म प्रतिस्पर्धा गर्न नपाउने गरी कारवाही गरिएको थियो।
एसोसियसनका अध्यक्ष मेख गुरूङको अध्यक्षतामा सम्पन्न बधाई ज्ञापन कार्यक्रममा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापा मगर प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यकमलाई सचिव लोकराज लिम्बूले सञ्चालन गरेका थिए।
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
आवेदन भर्ने अन्तिम म्याद २५ तारिख
एस, हङकङ/ एचकेनेपाल डट कम, नोभेरम्बर १३-
‘मिस्टर हङकङ नेपाल’ शारिरीक सुगठन प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीहरूका लागि आवेदन भर्ने अन्तिम म्याद नोभेम्बर २५ तारिख तोकिएको छ।
प्रतियोगितामा अहिलेसम्म ११ जना सहभागी हुने निश्चित भएपनि आवेदन भर्ना छुटेका खेलाडीका लागि म्याद थप गरिएको हो। ‘शारिरीक सुगठनका खेलाडीहरू यो अवसरबाट बञ्चित नहोउन् भनेर म्याद थप गरिएको हो’, हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनका अध्यक्ष मेख गुरूङले एचकेनेपाल डट कमलाई बताए।
त्यसैगरी, अध्यक्ष गुरूङले सहभागी खेलाडीहरूलाई प्रशिक्षण दिन नेपालबाट मिस्टर नेपाल सानु गुरूङ नोभेम्बर २० तारिख हङकङ आइपुग्ने बताए।
सानु गुरूङमाथिको प्रतिबन्ध फुकुवाः
यसबीच, इन्टरनेशनल नेचुरल बडी बिल्डिङ एसोसियसन (आइएनबिए)ले सानु गुरूङलाई शारिरीक सुगठनका सबै खेलहरूमा दुई बर्षसम्म प्रतिस्पर्धा गर्न नपाउने भन्दै लगाएको बन्देज फुकुवा भएको छ।
‘गुरूङमाथि लगाएको प्रतिबन्धको गत शुक्रवार फुकुवा भएको हो’, हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनका अध्यक्ष मेख गुरूङले बताए। गत जुन ६ तारिख हङकङमा सम्पन्न शारिरीक सुगठन प्रतियोगितामा डोपिङ टेष्ट गर्न इन्कार गरेको आरोपमा अन्तर्राष्ट्रिय नियम र अनुशासन उलंगन गरेको भन्दै आयोजक संस्था हङकङ चाइना बडी बिल्डिङ एसोसिएसनले गरेको सिफारिसको आधारमा आइएनबीएले गुरूङलाई कारवाही गरिएको थियो। सानु गुरूङ, फाइल फोटोः एचकेनेपाल डट कम
सानु गुरूङ र हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनले सानु गुरूङमाथि लगाएको बन्देज न्यायसंगत नदेखिएको भन्दै मुद्दा हालेका थिए। मुद्दाको फैसला सानु गुरूङको पक्षमा आएपछि गुरूङमाथि लगाएको प्रतिबन्ध स्वतः खारेज भएको हो। यही खुशियालीमा हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनले नोभेम्बर २४ तारिख बुधवार साँझ जोर्डनस्थित कङ्गन रेष्टुरेण्टमा एक भव्य खुशियाली पार्टीको आयोजना गर्दैछ।
पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
‘मिस्टर हङकङ नेपाल २०१०’ का विजेतालाई नेपालमा भिडाउने
एस, हङकङ/ एचकेनेपाल डट कम, अक्टोबर १७-
हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनले शनिवार एक पत्रकार सम्मेलन गरी ‘मिस्टर हङकङ नेपाल’ शारिरीक सुगठन प्रतियोगिताबारे थप जानकारी दिएको छ।
मंकी हिलमा बिबिक्यू पार्टीसहित एक पत्रकार सम्मेलन गरेर डिसेम्बर १२ तारिख युन लोङ थियटर हलमा प्रतियोगिता हुने एसोसियसनले जानकारी दिएको हो।
एसोसियसनका अध्यक्ष मेख गुरूङले प्रतियोगिताका लागि आवश्यक तयारी भैरहेको बताए। प्रतियोगीहरूलाई प्रशिक्षण दिन मिस्टर नेपाल सानु गुरूङ हङकङ आउने अध्यक्ष गुरूङले बताए। ‘मिस्टर हङकङ नेपाल २०१०’ का विजेतालाई आगामी चैत्र महिनामा नेपालमा हुने धर्मश्री प्रतियोगितामा सहभागी गराउने योजना रहेको छ, गुरूङले भने।
‘मिस्टर हङकङ नेपाल २०१०’ प्रतियोगिता हुने
एस, हङकङ/ एचकेनेपाल डट कम, सेप्टेम्बर ३०-
हङकङ नेपाल बडीबिल्डिङ एसोसियसनले ‘मिस्टर हङकङ नेपाल’ शारिरीक सुगठन प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ।
एसोसियसनका अध्यक्ष मेख गुरूङले एचकेनेपाल डट कमसंग बोल्दै ‘मिस्टर हङकङ नेपाल २०१०’ शारिरीक सुगठन प्रतियोगिता आगामी डिसेम्बर १२ तारिख युन लङ थियटर हलमा साँझ ७ बजे हुने जानकारी दिएका छन्।
अध्यक्ष गुरूङले प्रतिस्पर्धीहरूको आवेदन लिने तयारी भैरहेको बताउंदै कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाउन नेपालबाट कलाकार निम्ताउने बताए। ‘कलाकार ल्याउने निर्णय भएको छ। तर, को कसलाई ल्याउने भन्ने विषयमा निधो भएको छैन।’ - गुरूङले भने।
प्रतियोगिताका शीर्ष उपाधि विजेताले रू. १ लाख, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् भने फस्ट रनरअप र सेकेण्ड रनरअपलाई क्रमशः ७५ हजार र ५० हजार रूपैंयासहित ट्रफी र प्रमाणपत्रको व्यवस्था हुने अध्यक्ष गुरूङले बताए। त्यसै गरी, बेस्ट पोजरले २० हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन्।
‘मिस्टर हङकङ नेपाल २०१०’ शारिरीक सुगठन प्रतियोगितालाई एचकेनेपाल डट कमले अफिसियल मिडिया पार्टनर र कान्तिपुरको सहप्रकाशन साप्ताहिकले मिडिया पार्टनरको रूपमा सघाउने भएका छन्।
गत सालको ‘मिस्टर हङकङ नेपाल २००९’ को भिडियो झलकः पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिकगर्नुहोस्
नबराज काम्बाङ्ग, हङकङ/ एचकेनेपाल डट कम-
ऐतिहासिक लिम्बुवान प्राप्तिको लागि सहयोगार्थ स्वरुप र लिम्बुवानी आन्दोलनलाई थप उर्जा दिने उद्धेश्यले नेपाली कथानक चलचित्र ‘जय लिम्बुवान’ अव हङकङमा प्रदर्शन हुने भएको छ।
मिति २७ डिसेम्बर २०१० सोमबारका दिन याउ मा तेइस्थित हेन्री जि. लियुङ कम्युनिटी हलमा सांझ ६:३० देखि १० बजेसम्म प्रदर्शनको लागि अन्तिम तयारी हुदैछ।
आमा फिल्म् प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा आदिवासी जनजातिको हकअधिकार र लिम्बुवान स्वायत्त राज्यको मागलाई सशक्त आवाजको रुपमा प्रस्तुत गरिएको छ। साथै कलाकारहरुले जातिय मुक्तिको लागि बलिदानपूर्ण समर्पित भएका छन्। जय लिम्बुवानका प्रमूख कलाकारहरु प्रेम सुब्बा, पुष्कर श्रेष्ठ, सानुबाबा सुब्बा, मौसमी मल्लका साथ लिम्बुवानी कलाकारहरु रहेका छन्।
फिल्मका निर्माता बिसेन्द्र चेम्जोङ र निर्देशक अशोक चेम्जोङ रहेका छन्। सिट सिमित भएकोले तुरुन्त टिकट लिइ आफ्नो सिट सुरक्षित गर्नु हुन सम्पूर्ण हङकङवासी नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई हार्दिक अनुरोध गरिएको छ।
बिस्तृत जानकारीको सम्पर्क फोन नं.हरूः
नबराज ९८५३४४९७,
बिष्णु ६७३५२०६०,
श्याम ६५९१८२५५,
प्रेम ६७०१०१२०,
डम्बर कुमार ६०९२१५०७