Archive for January, 2011

जातीय सद्भभाव सांस्कृतिक कार्यक्रम सम्पन्न

एस, हङकङ / एचेकनेपाल डट कम, जनवरी ३०-
हङकङ एकीकृत नेपाली समाज (हिन्स)ले याउ मा तेईस्थित हेनरी जी ल्योङ कम्युनिटी हलमा जातीय सद्भभाव सांस्कृतिक कार्यक्रम भव्यताको साथ सम्पन्न गरेको छ।

हङकङको संवैधानिक मामिला सम्बन्धि मूख्यभूमि ब्यूरो प्रायोजक रहेको जातीय सद्भभाव सांस्कृतिक कार्यक्रममा हङकङ बिधान परिषदका अध्यक्ष जासपर चांग, याउ ची मोङ जिल्ला अधिकृत श्रीमति विक्की कोक, नेपाली महाबाणिज्यदूत बिनोदकुमार उपाध्याय, हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरलगायत नेपाली संघ संस्थाका प्रतिनिधिहरू उपस्थित थिए।

संस्थाका सचिव बिनय शाहको स्वागत मन्तव्य रहेको कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धिबहादुर थापाले आगन्तुक पाहुना तथा उपस्थित जनसमुदायहरूलाई धन्यवाद ज्ञापन गर्दै संस्थाले गरेको प्रगतिबारे चर्चा गरेका थिए।

कार्यक्रममा नेपाली महाबाणिज्यदूत बिनोदकुमार उपाध्यायलगायतले हिन्सले गरेको कार्यप्रगतिको प्रशंसा गर्दै भावी दिनमा सफलता शुभकामना व्यक्त गरेका थिए।

औपचारिक कार्यक्रमपछि नेपाली तथा विदेशी कलाकारहरूले जातीय सद्भभाव जगाउने सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए।

Recent Videos:

Popularity: 2%

Add comment January 30th, 2011

पत्रकार तमू प्रथम पदकद्वारा विभूषित

एस, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २२-
हङकङको पहिलो नेपाली इन्टरनेट पत्रिका एचकेनेपाल डट कमका संस्थापक तथा प्रधानसम्पादक पशन तमूलाई हङकङेली नेपाली समुदायमध्येबाट यस वर्षकै सर्वश्रेष्ठ पुरस्कार प्रदान गरिएको छ।

हङकङ नेपाली महासंघको १२औं वार्षिकोत्सवका अवसरमा सीएनएन हिरो २०१० तथा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले विशेष समारोहबीच पत्रकार तमूलाई हङकङ नेपाली पदक प्रथम (स्वर्ण पदक र सम्मान पत्र) ले सम्मानित गरेकी हुन्।

गत साल महासंघले तमूलाई हङकङ नेपाली पदक दोस्रो (रजत पदक)द्वारा सम्मानित गरेको थियो।


तमू विगत एक दशकदेखि सुरूमा छापा र पछि अनलाईन पत्रिकामार्फत हङकङेली समुदाय तथा बाहिरी नेपाली समुदायका लागि सूचना तथा सञ्चारका सम्वाहकका रूपमा क्रियाशिल छन्।

हङकङ वाहिरका विश्व नेपाली समुदायबीच पनि लोकप्रिय रहेको अनलाईन पत्रिका एचकेनेपाल डट कमका संस्थापक तथा प्रधानसम्पादक तमूलाई नेपाली भाषाको अन्तरर्राष्ट्रिय विस्तारमा महत्वपूर्ण योगदान दिएको भन्दै त्रिमूर्ति निकेतन काठमाडौं, नेपालले उनलाई गत साल ‘महाकवि देवकोटा शताव्दी सम्मान’बाट समेत सम्मानित गरेको थियो। एकसय वर्षमा एक पटक प्रदान गरिने उक्त सम्मानपत्र नेपाली श्रष्टाहरूका लागि महत्वपूर्ण र ऐतिहासिक मानिन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटा शतवार्षिकीको अवसरमा प्रदान गरिएको उक्त सम्मानबाट विभूषित हुने उनी पहिलो हङकङेली नेपाली हुन्।

‘महाकवि देवकोटा शताव्दी सम्मान’ ग्रहण गर्न नेपाल गएकै बेला तमूका आमाको आकस्मिक निधनका कारण उनले सम्मान ग्रहण कार्यक्रम छोड्नु परेको थियो। आमाको काजक्रिया सकेर राजधानी फर्केपछि तमूले उक्त सम्मान पत्र नई प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाई र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट ग्रहण गरेका थिए।

Popularity: 2%

1 comment January 24th, 2011

धरान फुटबल क्लब हङकङको १४औं स्थापना दिवस

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, डिसेम्बर २३-
धरान फुटबल क्लब हङकङले आफ्नो १४औं स्थापना दिवस भव्यरूपमा मनाएको छ। मंकी हिल हङकङमा २३ जनवरीका दिन आयोजित कार्यक्रममा क्लबका शुभचिन्तक एवं नयाँ पुराना खेलाडीहरूको जमघट रहेको थियो।

बिदाका दिन भेला भएका खेलाडीहरूको जमघटको औपचारिक कार्यक्रमको अध्यक्षता पुष्प राईले गरेका थिए। नेपाली महासंघ हङकङका अध्यक्ष प्रदीप थापालाई प्रमुख अतिथि एवं धरान हङकङ मञ्चका अध्यक्ष बुद्धि सुनुवार विशेष अतिथिको रूपमा निम्ता गरिएको थियो। अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए।

कार्यक्रममा आकर्षक नृत्यहरू हाउजी खेल संचालन गरिएको थियो। क्लबलाई सहयोग गर्ने व्यक्तिहरूलाई अध्यक्ष पुष्प राई, लोकेन लिम्बू, दुर्गा लिम्बूले मायाको चिनो हस्तान्तरणा गरेका थिए। बनभोज र डीजे डान्ससहित कार्यक्रम अबेरसम्म चलेको थियो।

Popularity: 2%

Add comment January 23rd, 2011

हङकङमा प्रशान्त तामाङको सोल्टिना..

एस, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २३-
ईण्डियन आईडल ३ बनेपछि एकाएक चर्चामा आएका प्रशान्त तामाङ नेपाली चलचित्र उद्योगमा प्रवेश गरेपछि झनै चर्चाको शिखरमा छन्।

Prashant Tamang - Interview

Karma Sherpa- Interview

Himalayan Nite 2011, Hong Kong

कतारबाट शनिवारमात्र हङकङ आइपुगेका प्रशान्त तामाङ आइतवार साँझ हङकङको याउ मा तेइस्थित हेन्री जी ल्योङ कम्युनिटी सेन्टरमा आफ्ना फ्यानहरूसंग मज्जाले झुमे।

IMG_1165.JPG

कञ्चनजंगा एसोसिएशन हङकङद्वारा आयोजित हिमालयन साँझमा सीएनएन हिरो अनुराधा कोइरालाप्रति आदर र सम्मान व्यक्त गरेपछि प्रशान्तले आषाढै महिनाबाट आफ्नो प्रस्तुती आरम्भ गरे। आषाढै महिनाको गीतसंगै स्वरमा स्वर मिलाएका दर्शकले प्रशान्तको बहुचर्चित चलचित्र ‘गोर्खा पल्टन’को गीत सोल्टिना… लाई पनि उतिकै साथ दिए। उनले हिन्दी र नेपाली गीत गाएर दर्शकलाई भरपूर मनोरञ्जन दिए।

IMG_1251.JPG

प्रशान्त तामाङ फुपू अनुराधाको अँगालोमा… तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम

हङकङ पहिलो पटक आएका पश्चिम बंगालको सारेगमपका फस्ट रनरअप कर्मा शेर्पासंग पनि दर्शक उतिकै प्यार दिएर साथ साथ झुमे। हङकङमा पहिलो पटक उनको उपस्थिति रहेपनि उनी हङकङेली दर्शकको लागि नौला थिएनन्। आफूलाई हङकङ निम्त्याएका आयोजकप्रति आभार प्रकट गर्दै उनले आफ्नो साँगीतिक यात्रामा साथ दिने देशविदेशका सबै फ्यानहरूलाई धन्यवाद दिए।

IMG_1165.JPG

कर्मा शेर्पा…


IMG_1165.JPG

कर्माको क्रेज पनि बढ्दो रैछ..

कार्यक्रममा सीएनएन हिरो अनुराधा कोइरालाले गायकद्वय प्रशान्त र कर्मालाई नेपाली जातिको शिर उचो राख्न आशिर्वाद दिएकी थिइन्। सीएनएन हिरो अनुराधा कोइराला र हङकङस्थित नेपाली महावाणिज्दूत विनोदकुमार उपाध्यायलाई आयोजक संस्था कञ्चनजंगा एसोसिएशनले सोही कार्यक्रममा खादा ओडाएर सम्मान व्यक्त गरेका थिए।

IMG_1165.JPG

सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल आइडल फस्ट रनरअप रोशा लिम्बू र मुना लिम्बूको सुमधुर गीतबाट सुरू भएको कार्यक्रममा हङकङका स्थानीय आइडलहरू सन्तोष गुरूङ, टोपराज तामाङ र कमल राईले उतिकै बेजोड सांगीतिक प्रस्तुती पस्केका थिए। देवराज राईद्वारा सञ्चालित कार्यक्रममा मुन स्टारका कलाकारहरूले फिल्मी नृत्यहरू प्रस्तुत गरेर मनोरञ्जन दिएका थिए।

IMG_1165.JPG

एसोसिएशनले हङकङ राष्ट्रिय महिला क्रिकेट टिमका एक मात्र नेपाली खेलाडी स्मिता क्षेत्रीलाई समेत सम्मान गर्र्यो…


IMG_1165.JPG

कञ्चनजंगा एसोसिएशनका सल्लाहकार तथा वरिष्ठ संगीतकार दिनेश सुब्बाले एचकेनेपाल डट कमसंग बोल्दै हामी जहाँ रहेपनि नेपाली हौं भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए।

IMG_1165.JPG

दार्जीलिङका गायकद्वय प्रशान्त र कर्मा पछिल्लो पटक जहाँ रहेपनि हामी नेपाली भन्दै सन्देश बाँड्दै आइरहेका छन्। नेपाल पर्यटन वर्षका सद्धावना राजदूतसमेत रहेका प्रशान्तले एचकेनेपाल डट कमसंग कुराकानीको क्रममा हङकङमा चाँडै आफू अभिनित चलचित्र ‘गोर्खा पल्टन’ प्रदर्शनको तयारी भैरहेको बताए। त्यसैगरी, उनीद्वारा नै अभिनित ‘अँगालो यो माया’को चलचित्र पनि हङकङमा प्रदर्शनको तयारी भैरहेको उनले बताए।


IMG_1165.JPG

हामी पनि के कम..? प्रशान्तसंग स्थानीय आइडलहरू सन्तोष गुरूङ, रोशा लिम्बू र टोपराज तामाङ।


IMG_1165.JPG

प्रशान्त तामाङ र कर्मा शेर्पाका साथ स्थानीय आइडल कमल राई


IMG_1165.JPG

कार्यक्रमको मस्तीमा दर्शक…
____________________________________________

ईण्डियन आईडल तथा नायक प्रशान्त तामाङ हङकङमा
एस, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २३-
ईण्डियन आईडल तथा नायक प्रशान्त तामाङ शनिवार हङकङ आई पुगेका छन्।


DSC01766.JPG

तस्बीर: कञ्चनजंगा एसोसिएशन/एचके नेपाल डट कम

प्रशान्त तामाङ कञ्चनजंगा एसोसिएशनद्वारा आइतवार साँझ ७ बजे याउ मा तेइस्थित हेन्री जी ल्योङ कम्युनिटी सेन्टरमा आयोजना हुने ‘हिमालयन साँझ’ कार्यक्रमका लागि हङकङ आएका हुन्।

कार्यक्रममा उनीसंगै पश्चिम बंगालको सारेगमपको फस्ट रनरअप कर्मा शेर्पा, हङकङका स्थानीय आइडलहरू सन्तोष गुरूङ, टोपराज तामाङ र कमल राईसहित स्थानीय कलाकारहरूको सहभागिता रहने छन्। गीत संगीतका पारखीहरूको लागि विशेष रूपमा प्रस्तुत हुन गैरहेको ‘हिमालयन साँझ’ कार्यक्रमको पूर्ण तयारी भैसकेको कञ्चनजंगा एसोसिएशनका सल्लाहकार तथा वरिष्ठ संगीतकार दिनेश सुब्बाले एचकेनेपाल डट कमलाई बताए।


DSC01762.JPG

Popularity: 7%

2 comments January 23rd, 2011

‘सीएनएन हिरो’ अनुराधा कोइरालालाई हङकङमा अभिनन्दन

‘सीएनएन हिरो’ अनुराधा कोइरालालाई हङकङमा अभिनन्दन
एस, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २२-
‘सीएनएन हिरो २०११’ को उपाधि विजेता तथा माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई हङकङका सम्पूर्ण नेपालीहरूको तर्फबाट हङकङ नेपाली महासंघले शनिवार साँझ एक विशेष समारोहबीच अभिनन्दन गरिएको छ।

हङकङ नेपाली महासंघद्वारा याउ मा तेईस्थित हेन्री जि ल्योङ कम्युनिटी सेन्टरमा आयोजित विशेष समारोहमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगरले खादा र पछ्यौरा ओडाएर सम्मानप्रत्रसहित कोइरालालाई अभिनन्दन गरिएको हो।

कार्यक्रमको भिडियो झलकः


IMG_0562.JPG

‘सीएनएन हिरो’ अनुराधा कोइरालाप्रति सम्मान व्यक्त गर्दै महासंघका अध्यक्ष प्रदीप थापामगर। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम


IMG_0438.JPG

हङकङस्थित नेपाली महावाणिज्यदूत विनोदकुमार उपाध्याय, माइती नेपालका निर्देशक विश्व खड्काका साथ ‘सीएनएन हिरो’ अनुराधा कोइराला

सोही कार्यक्रममा हङकङ नेपाली समुदायमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गर्दै एचकेनेपाल डट कमका संस्थापक तथा प्रधानसम्पादक पशन तमूलाई स्वर्ण पदक र प्रमाणपत्रसहित हङकङ नेपाली पदक प्रथमले विभूषित गरिएको छ। त्यसैगरी, पत्रकारिता क्षेत्रमा योगदान दिएका सनराइज पत्रिकाका सम्पादक भूपेन्द्र चेम्जोङलाई रजत पदकसहित हङकङ नेपाली पदक द्वितीयले विभूषित गरिएको छ। सीएनएन हिरो कोइरालाले हङकङ नेपाली पदकबाट विभूषित पत्रकारद्वय तमू र चेम्जोङलाई पदक तथा प्रमाणपत्र प्रदान गरेकी थिइन्।

IMG_0724.JPG

एचकेनेपाल डट कमका संस्थापक तथा प्रधानसम्पादक पशन तमू

एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू
सीएनएन हिरोद्वारा सम्मानितः


IMG_0716.JPG

सनराइज पत्रिकाका सम्पादक भूपेन्द्र चेम्जोङ

महासंघको १२औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा दिलबहादुर लिम्बू हत्याविरूद्ध संघर्ष समितिका पूर्वसंयोजक तथा महासंघका निर्वतमान अध्यक्ष हेम लिम्बूलाई समेत सीएनएन हिरो कोइरालाले सम्मानपत्र प्रदान गरिन्। रिता गुरूङद्वारा सञ्चालित कार्यक्रममा महासंघको पूर्वअध्यक्ष तथा सल्लाहकार, व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, हङकङका पत्रकारहरूलाई सीएनएन हिरो कोइरालाबाट प्रमाणपत्र वितरण गरिएको थियो।


hem

दिलबहादुर लिम्बू हत्याविरूद्ध संघर्ष समितिका पूर्वसंयोजक तथा महासंघका निर्वतमान अध्यक्ष हेम लिम्बू

वरिष्ठ संगीतकार दिनेश सुब्बाले सीएनएन हिरो कोइरालाको सम्मानमा स्व. गायक गोपाल योञ्जनद्वारा स्वरबद्ध राष्ट्रिय गीत ‘देशले रगत मागे मेरो बलि चढाउनु, रूदिनन् मेरी आमा हे नेपालकी छोरी…’ गाउंदा दर्शक दीर्घबाट तालीको गडगडाहट गुञ्जिएको थियो। सीएनएन हिरो कोइरालाप्रति समर्पित उक्त गीतबाट सुरू भएको कार्यक्रममा हङकङस्थित नेपाली महावाणिज्यदूत विनोदकुमार उपाध्याय, माइती नेपालका निर्देशक विश्व खड्कालगायत महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार विशेष अतिथिका रूपमा उपस्थित थिए।

IMG_0472.JPG

वरिष्ठ संगीतकार दिनेश सुब्बा, हङकङका चर्चित तबलाबादक हरि श्रेष्ठ र सेकेण्ड भ्वाइस अफ पोखरेली झ्याल आइडल टोपराज तामाङ

सिंगो हङकङेली नेपालीको तर्फबाट अभिनन्दित भएकी कोइरालाले यहाँसम्म निम्त्याएर सम्मान दिएकोमा आयोजक संस्था हङकङ नेपाली महासंघलाई आभार व्यक्त गर्दै महिला बेचविखनविरूद्धको आफ्नो अभियानमा सबैले साथ दिन आग्रह गरिन्। ‘महिला बेचबिखनविरूद्धको अभियान मेरो लक्ष्य हो’, कोइरालाले भनिन्। ‘नेपालमा महिला बेचबिखन ठूलो समस्याको रूपमा रहेको छ, यसविरूद्ध लड्न मलाई तपाईहरू सबैको साथ चाहिन्छ’, कोइरालाले भनिन्।

IMG_0751.JPG

सीएनएन हिरोको प्रसंग उठाउदै उनले भनिन्- ‘यो जीत मेरो मात्र होइन, सम्पूर्ण नेपालीको जीत हो।’ मत दिएर सीएनएन हिरो बनाउन सहयोग गर्ने देश विदेशका सबै नेपालीहरूलाई कोइरालाले धन्यवाद दिइन्। नेपालमा लैङ्गिक भेदभावका कारण नेपाली महिलाहरू पछि परेको बताउंदै यस्तो प्रचलन हट्नु पर्ने उनले बताइन्। ‘पूर्व, पश्चिम र सुदूरपश्चिममा सुविधासम्पन्न अस्पतालहरू निर्माण गर्ने अभियानमा जुटिरहेकी छु, ती धोको पूरा गरेरमात्र मर्ने ईच्छा छ’ -उनले भनिन्।

IMG_0765.JPG

कार्यक्रममा महासंघका भूपू अध्यक्ष हेजन राईले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको समापन गर्दै महासंघका अध्यक्ष प्रदीप थापामगरले सीएनएन हिरो अनुराधा कोइरालाको अभिनन्दन जस्तो शुभकार्यलाई सफल पारिदिएकोमा सबै सहयोगी तथा उपस्थित सबैलाई धन्यवाद व्यक्त गरे। कार्यक्रमपछि एचकेनेपाल डट कमसंग बोल्दै अध्यक्ष थापामगरले आगामी दिनहरूमा पनि महासंघले सबैबाट यस्तै सहयोग र सहकार्यको अपेक्षा राखेको बताए। महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बूले एचकेनेपाल डट कमसंग बोल्दै देशको वर्तमान अराजकस्थितिमा पनि एउटी नारी भएर देश विदेशमा सिंगो नेपालीको शिर ठाडो पार्न सफल सच्चा नेपालकी आमा सीएनएन हिरो अनुराधा कोइरालालाई आफूहरूमाझ पाउंदा ज्यादै खुसी लागेको बताए।

नेपाल पत्रकार संघ हङकङको भर्त्सना
हङकङ नेपाली महासंघको वार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा समाचार संकलनार्थ पुगेका पत्रकारमाथि महासंघका केही पदाधिकारीद्वारा गरिएको अभद्र व्यवहारप्रति नेपाल पत्रकार संघ हङकङले एक विज्ञप्तिमार्फत कडा भत्सर्ना व्यक्त गरेको छ।

संघका अध्यक्ष किसन राईद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ‘कार्यक्रमको प्रमुख अतिथि माइती नेपालका अध्यक्ष तथा सीएनएन हिरो २०१० अनुराधा कोइरालासंग औपचारिक कार्यक्रमपश्चात आयोजकको पूर्वस्वीकृति लिइ अन्तर्वार्ता लिने क्रममा महासंघका केही पदाधिकारीद्वारा सञ्चारकर्मीमाथि भएको अभद्र व्यवहारप्रति कडा भर्त्सना गर्दै नेपाल पत्रकार महासंघ हङकङ खेद प्रकट गर्दछ,’ भनिएको छ।

सीएनएन हिरो तथा माईती नेपालकी अध्यक्ष अनुराधा कोइरालासँगको अन्तर्वार्ताका क्रममा केही पदाधिकारीले दुर्व्यवहार गर्दै अन्तर्वार्ता लिन विचैमा रोकेका थिए।

पाठक विचार तथा प्रतिक्रियाको लागि यहाँ क्लिक गर्नुहोस्

______________________________________

‘सीएनएन हिरो’ अनुराधा कोइराला हङकङमा
एस, हङकङ/ एचकेनेपाल डट कम, जनवरी २१-
‘सीएनएन हिरो २०११’ को उपाधि विजेता तथा माइती नेपालकी संस्थापक अनुराधा कोइराला शुक्रवार साँझ हङकङ आईपुगेकी छिन्।

हङकङका नेपालीहरूको छाता संस्था हङकङ नेपाली महासंघको विशेष निम्तोमा कोइराला हङकङ आएकी हुन्। कोइरालासंगै माइती नेपालका निर्देशक विश्व खड्का पनि आएका छन्।

IMG_2486


IMG_2483

हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर र निवर्तमान अध्यक्ष हेम लिम्बू सीएनएन हिरो अनुराधा कोइरालालाई हङकङ विमानस्थलमा स्वागत गर्दै। तस्वीरः कुलप्रसाद गुरूङ

भोलि शनिवार महासंघको १२औं वार्षिकोत्सवको अवसरमा सीएनएन हिरो अनुराधा कोइरालालाई अभिनन्दन गरिन लागेको महासंघका अध्यक्ष प्रदीप थापामगरले एचकेनेपाल डट कमलाई बताए। ‘विश्वभर सीएनएन हिरो भएर चर्चित हुनु भएकी अनुराधा दिदीले आफ्नो नाममात्र राख्नु भएन, उहाँले विश्वमै नेपालीको शिर ठाडो पार्नु भएको छ। उहाँको सम्मानमा हङकङमा रहेका सारा नेपालीतर्फबाट महासंघले अभिनन्दन गरिन लागेको हो’, अध्यक्ष थापाले भने।

सोही कार्यक्रममा हङकङेली नेपाली समुदायका लागि दिएको योगदानको मूल्याङ्कन तथा कदर गर्दै केही व्यक्तित्वहरूलाई सम्मान गरिने कार्यक्रम रहेको छ। ‘महासंघले सन् २००८ देखि यसरी मूल्याङ्कन गर्दै सम्मान गर्ने कामको थालानी गरेको हो’, महासंघका निवर्तमान अध्यक्ष हेम लिम्बूले भने। ‘यस पटक पनि हामीले यसलाई निरन्तरता दिएका छौं’, लिम्बूले भने।

याउ मा तेईस्थित हेन्री जि ल्योङ कम्युनिटी सेन्टरमा शनिवार साँझ हुने महासंघको १२औं वार्षिकोत्सव कार्यक्रममा नेपाली कला र संस्कृति झल्किने विविध साँस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिने महासंघका निवर्तमान अध्यक्ष लिम्बूले बताए। प्रवेश निःशुल्क रहेको सो कार्यक्रममा हङकङका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उपस्थित भै कार्यक्रमको शोभा बढाई दिन आयोजक संस्था हङकङ नेपाली महासंघले हार्दिक आग्रह गरेको छ।


Anuradha Koirala - अनुराधा कोइराला
अनुराधा कोइराला, फाइल तस्वीर।


Anuradha Koirala - अनुराधा कोइराला (1)

Popularity: 4%

8 comments January 22nd, 2011

येले तङबे र माघे संक्रान्तिको शुभकामना आदानप्रदान

तान्छोहाङ लाओती, हङकङ/ एचेकनेपाल डट कम-
किरात याक्थुङ चुम्लुङ हङकङले हङकङ नेपाली महासघको कार्यलयमा येले तङबे ५०७१ र कक्फेक्वा तङनाम (माघे संक्रान्ति) को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन गरेको छ।

चुम्लुङको अध्यक्ष कृष्णराज लाओतीको अध्यक्षतामा सम्पन कार्यक्रममा नेपाली महासंघका अध्यक्ष प्रदिप थापा, सल्लाहकारहरु भूपेन्द्र चेम्जोङ,टंक चङबाङ,इन्द्र वनेम, हेम लिम्बू, गणेश इजम, टंक सम्बाहाङफे, ओमराज सम्बाहाङफे, हस्त मास्वा, राज कुमार आङदेम्बे र काजिमान मास्वाले शुभकामना मन्तवय व्यक्त गरेका थिए।


IMG_4876 m

कार्यक्रममा हङकङका बुद्घिजीबी, पत्रकार र अन्य याक्थुङबाहरुको उपस्थिती रहेको थियो। शुभकामना आदान प्रदान कार्यक्रममा सबै जनाले आउंदा दिनहरुमा येले तङबे र कक्फेक्वा तङनामलाई बृहत र ब्यापकरुपमा मनाउदै लानु पर्ने र यी चाडहरुलाई घरघरमा मनाउनुको लागि सबै याक्थुङबाहरुलाई जागरुक पनि बनाउनु पर्ने राय ब्यक्त गरे।

स्वागत मन्तव्य किरात याक्थुङ चुम्लुङ हङकङका सदस्य लाजेशा आङबोहाङले गरेका थिए भने कार्यक्रम सचिव नन्द चङसुले सञ्चालन गरेका थिए। कार्यक्रमको अन्त्यमा बन तरुल,घर तरुल र चियापानको पनि चुम्लुङले ब्यबस्था गरेको थियो।

Popularity: 3%

Add comment January 15th, 2011

जनसरोकार समाज हङकङद्वारा रु. १ लाख सहयोग

एस, हङकङ/ एचकेनेपाल डट कम-
एनेकपा माओबादीको बैधानिक मोर्चा नेपाली जनसरोकार समाज हङकङले शुक्रवार नेपाली महावाणिज्यदूतावास कार्यालयमार्फत नेपालका अनाथ, असहाय तथा सहिद परिवारका बालबच्चाका लागि १ लाख १ हजार एक रूपैयाँ सहयोग रासी हस्तान्तरण गरेको छ।

नेपाली जनसरोकार समाज हङकङका कार्यावाहक अध्यक्ष कृष्णबहादुर लिँखाले महावाणिज्यदूत बिनोद उपाध्यायलाई उक्त रकम औपचारिक रुपमा हस्तान्तरण गरेका हुन्।


तस्वीर सौजन्यः नेपाली जनसरोकार समाज हङकङ

गत तिहारमा देउसि भैलोबाट संकलित रकमबाट सो सहयोग जुटाइएको हो। उक्त सहयोग विभिन्न जिल्लामा पठाइने भएतापनि मुख्य रुपमा जनजागरण प्राथमिक बिद्यालय, जुवाङ्ग, रोल्पामा जाने बुझिएको छ।

बिद्यालयका १५० बिद्यार्थी हाल भवनबिहीन अवस्थामा आफ्नो अध्ययनलाई अघि बढाउन वाध्य भएको अवस्था छ। सानै रकम भएता पनि रकमले कयौं वालवालिकाको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका हुने विश्वास गरिएको छ।

सहयोग हस्तान्तरण कार्यक्रममा एनेकपा माओबादी हङकङका पार्टी सचिव पुर्ण लोक्सोम, नेपाली जनसरोकार समाज चुनवान समितिका अध्यक्ष देबिदास राई सोही समाज काउलुन समितिका उपाध्यक्ष जजिन चाम्लिङ, सह कोषाध्यक्ष मनप्रसाद गुरुङ, किराती राष्ट्रिय मुक्तिमोर्चा हङकङका सचिव पिताम्बर राईलगायतको समेत उपस्थिति रहेको थियो।

एनेकपा माओबादी हङकङका पार्टी सचिव पुर्ण लोक्सोमले सो सहयोग तिहारवाट सँकलित भएको हुनाले तमाम हङकङवासीको नामवाट एक पुनित काममा जाने जानकारी गराए। साथै आगामी बर्षहरुमा यस प्रकारको सहयोगलाई अझ ससक्त र देशब्यापि रुपमा निरन्तरता दिईने जानकारी दिए। उक्त कार्यक्रममा नेपाली साझा क्लब हाउस तथा शरणार्थी समस्या सम्बन्धि सामान्य छलफल भएको थियो।

यसअघि, नेपाली जनसरोकार समाज हङकङ विविध हङकङवासी नेपालीका जनमुखि ५ बूँदे माग लिएर गत नोबेम्वरमा पनि दूतावास गएको थियो। साथै गएको ३ महिनामा ८ उप समिति गठन गरी सशक्त साँगठानिक विस्तार गरिसकेको समितिको आगामी ६ फेब्रुवरीमा दोश्रो अधिवेशन हुने जानकरी प्राप्त भएको छ।


Popularity: 3%

3 comments January 14th, 2011

न्युज अपडेटः दिलबहादुर हत्या काण्ड मुद्दाको सुनुवाई एकै दिनमा अन्त्य

न्युज अपडेटः दिलबहादुर हत्या काण्ड मुद्दाको सुनुवाई एकै दिनमा अन्त्य
हङकङ/ एचकेनेपाल डट कम, जनवरी १२, २०११-
हङकङ प्रहरीको गोली प्रहारबाट मृत्यु भएका दिलबहादुर लिम्बूको मुद्दाको सुनुवाई पहिलो दिनमै अन्त्य भएको छ। हङकङ उच्च अदालतले जनवरी १२ देखि लगातार तीन दिनसम्म मुद्दाको सुनुवाई हुने पत्रमा जानकारी दिएपनि पहिलो दिन करीव ३ घण्टाभित्रै सुनुवाईको अन्त्य गरेको हो।

मृतक लिम्बूकी पत्नी सोनी राई (लिम्बू), उनका वकिल तथा नेपाली समुदाय मुद्दाको सुनुवाईका लागि पहिलो दिन बुधवार उच्च अदालत पुगेका थिए।

न्यायाधिश रेयेसले दुबै पक्षका वकिलहरूको बहस सुनेपछि ‘अब उप्रान्त सुनुवाईको आवश्यकता नभएको’ बताएको सोनीका वकिल फिलिप डैकले बताए। न्यायाधिश रेयेशले सुनुवाईको निर्णय पछि सुनाउने जानकारी दिए, डैकले भने।

अदालतमा उपस्थित नेपाली समुदाय भने केही समय अन्यौलमा परेका थिए। तीन दिनसम्म लगातार मुद्दाको सुनुवाई हुने भनिएपनि तीन घण्टामै अन्त्य भएपछि सोनीकी वकिल डैकले तुरून्त उच्च अदालतको ग्राउण्ड फ्लोरमा पत्रकार सम्मेलन गरी ३ घण्टामै मुद्दाको सुनुवाईको अन्त्य हुनुलाई दुखदायी बताए। लगभग ३ घण्टामै मुद्धाको सुनुवाई समाप्त हुनु दुःखदायी हो उनले भने। यसले बाँच्ने अधिकारको हनन्, सिङ्गो अल्पसंख्यक जातिहरुप्रति अपहेलना र मानबअधिकारप्रति उपहास गरेको छ, डैकले भने।

तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम। थप तस्वीरहरू

हङकङ नेपाली महासंघ तथा स्व. दिलबहादुर लिम्बू संघर्ष समितिका निवर्तमान अध्यक्ष हेम लिम्बूले जसरी गत अगष्ट महिनामा फिलिपिन्समा हङकङका नागरिकहरूको अपहरण काण्डमा परी ८ जनाको गोली प्रहारबाट हत्या भएको घटनालाई हङकङ सरकारले अनुसन्धान गरिरहेको छ, त्यसरी नै लिम्बूको मुद्दालाई पनि समान दृष्टिकोणले अध्ययन गरी निष्पक्ष तथा पारदर्शीताको आधारमा न्यायिक सुनुवाई हुनु पर्ने पत्रकारहरूसमक्ष बताए। हङकङका नागरिकसमेत रहेका निर्दोष लिम्बूलाई हङकङ प्रहरीले गोली हानी हत्या गर्नु विधानसम्मत हुन नसक्ने उनको भनाई थियो।

पाठक विचार तथा प्रतिक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

दिलबहादुर लिम्बूको मुद्दाको सुनुवाई जनवरी १२ देखि उच्च अदालतमा
हङकङ/ एचकेनेपाल डट कम, सेप्टेम्बर ३०, २०१०-
हङकङ प्रहरीको गोली प्रहारबाट मृत्यु भएका दिलबहादुर लिम्बूको मुद्दाको सुनुवाई आगामी जनवरी १२ तारिखदेखि हङकङको उच्च अदालतमा हुने भएको छ।

‘भाई दिलबहादुरको मुद्दाको सुनुवाई आगामी जनवरी १२ तारिखदेखि सुरू हुने उच्च अदालतबाट प्राप्त पत्रमा उल्लेख छ।’ - लुङफुङ्वा परिवार हङकङका अध्यक्ष त्रिभूवन लिम्बूले एचकेनेपाल डट कमसंग भने। ‘ जनवरी १२ देखि लगतार तीन दिन मुद्दाको सुनुवाई जारी रहने पत्रमा जनाइएको छ।’

अध्यक्ष लिम्बूले विहान साढे ९ बजेदेखि अपरान्ह साढे ४ बजेसम्म सुनुवाईको समय तोकिएको बताए। उच्च अदालतमा मृतक दिलबहादुर लिम्बूकी पत्नी सोनी राई (लिम्बू)को तर्फबाट वकिल माइकल भिडलरले गत अगष्ट २६ तारिखका दिन मुद्दा दर्ता गराएका थिए। ‘मुद्दा दर्ता भएको करीव एक महिनापछि उच्च अदालतबाट औपचारिक पत्र आएको हो’ लिम्बूले भने।

कोरोनर्स कोर्टले गत मे २५ तारिख दिलबहादुर लिम्बूको हत्या कानुनसम्मत भएको फैसला सुनाएपछि फैसलाबाट असन्तुष्ट दिलबहादुरकी पत्नी सोनीले उच्च अदालतमा मुद्दा दर्ता गरेकी हुन्।

आईडी चेक गर्ने क्रममा विवाद हुंदा हङकङ प्रहरीको गोली प्रहारबाट गत वर्ष मार्च १७ तारिख दिलबहादुर लिम्बूको मृत्यु भएको थियो।

पाठक विचार तथा प्रतिक्रियाका लागि यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

दिलबहादुरको मुद्दालाई हाई कोर्टमा दर्ता गरिने
देवराज राई, हङकङ/ एचकेनेपाल डट कम, अगष्ट २३-
प्रहरीको गोली प्रहारबाट मृत्यु भएका दिलबहादुर लिम्बूको पत्नी सोनी राईले आफू र आफ्नो परिवारलाई कोरनोर्स कोर्टले न्याय दिलाउन नसकेपछि हाइकोर्टमा पुनरावेदन गर्ने भएकी छिन्।

भिडीयोः

लुङफुङ्वा परिवार हङकङद्वारा जोर्डनस्थित हङकङ नेपाली महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा लिगल एडबाट मुद्धाका लागि सहयोग हुने पक्का भएपछि मुद्धा दर्ता गर्ने तयारी भैरहेको जानकारी दिइएको हो। लुङफुङ्वा परिवार हङकङका अध्यक्ष त्रिभुवन लुङफुङ्वाले लिगल एडबाट वकिल खर्च एवं सम्पूर्ण प्रक्रियाकालागि सहयोग प्राप्त हुने भएपछि दिलबहादुर काण्डलाई सर्वोच्चमा दर्ता गर्नुको विकल्प नरहेको बताए।

पत्रकार सम्मेलनमा सोनी राई लिम्बूले आफूलाई शुरुका दिनहरुमा पुर्‍याएको नेपालीहरुको सामुहिक सहयोग फेरि पनि आवश्यक रहेकोले सबैलाई सहयोग गर्न आहृवान गरिन्। पत्रकार सम्मेलनमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापाले दिलबहादुर लिम्बूको परिवार र नेपालीहरुलाई न्याय दिलाउन नेपाली महासंघले डटेर लाग्न पछि नपर्ने जानकारी दिए। सन् २००९ साल मार्च महिनाको १७ तारिख हङकङको हो मान तिङस्थित डाँडामा बसिरहेका दिलबहादुर लिम्बूलाई परिचय पत्र चेक गर्ने निहुँमा प्रहरीले गोली प्रहार गर्दा उनको मृत्यु भएको थियो।

हङकङको कोर्रनर्स कोर्टमा मृत्यु किन भयो, केकालागि भयो भनेर सोनीले मुद्धा लगाएकी थिइन। मुद्धामाथि बहस भयो। ७६ दिन लामो सुनुवाई अनि ५९ जना फरक फरक साक्षीहरु अदालतमा बयान दिएका थिए। अन्ततः १४ महिनापछि गत मे महिनाको २५ तारिख ५ जनाको जुरीले फैसलाले दिलबहादुरको मृत्य कानुनसम्मत रहेकको निर्णय सुनाएका थिए।

सामान्य नागरिक प्रहरीको गोली प्रहारबाट मृत्यु भएपछि ५ हजारभन्दा धेरै सडकमा ओर्लिएका थिए। आन्दोलनलाई संसारका विभिन्न देशका नागरिकहरुले साथ दिएका थिए। दिलबहादुरको मृत्युपछि श्रीमती सोनी राई सानो छोरीसहित हङकङ आएर न्यायको लागि कोर्रनर्स कोर्टमा मुद्दा दर्ता गरेकी थिइन्। उता नेपालमा दिलबहादुरको मृत्युको खबरपछि उनका पिताको पनि निधन भएको थियो।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

दिलवहादुर लिम्वूको हत्या कानुन सम्मत
भूपेन्द्र चेम्जोङ, हङकङ/ एचकेनेपाल डट कम, मे २५-
गत वर्ष मार्च १७ तारिख होमान्टिनको डाडाँमा प्रहरीद्वारा गोली हानी हत्या गरिएको दिलवहादुर लिम्वूको मृत्यु कानुन सम्मत भएको फैसला कोरोनर्स अदालतले मंगलबार सुनाएको छ।

२५ मे दिउँसो पाँचजना जुरीहरुको सर्वसम्मत निर्णयबाट दिलवहादुर लिम्वूको हत्या कानुनसम्मत भएको फैसला इर्स्टन लकोर्टको १५ नम्वर अदालतमा सुनाइएपछि ७० दिन भन्दा वढी सुनुवाई भएको इन्क्वेस्ट समाप्त भएको छ।

पाँचजना जुरीहरु मध्ये एकजना टोली नेताले अदालतले दिएको फर्म -१२ मा तोकिएको ढाँचामा तयार पारेर फैसला पत्रकार तथा दिलवहादुर लिम्वूको शुभचिन्तकहरुले खचाखच भरिएको अदालतमा सुनाएका थिए। ७६ दिनभन्दा लामो सुनुवाई गरिएको सो मुद्दाको फैसला जुरीहरुले केवल ४ घण्टा मै सुनाएको थियो। हङकङ प्रहरी र अल्पसंख्यक जातिहरुको वीचको अधिकार र हङकङ प्रहरीको छविको लडाईको रुपमा चर्चित मुद्दालाई जुरीहरुले कुनै विशेष स्थान दिएको देखिएन। त्यसैकारण, उनीहरुले आफ्नो फैसलामा कुनै किसिमको सुझावसमेत दिएका छैनन्।

जुरीहरुले आफ्नो फैसलासैगै सम्वन्धित पक्षहरुलाई सुझाव दिन सक्ने प्रावधान रहेपनि उनीहरुले कुनै किसिमको सुझाव फैसलामा नराख्नु अल्पसंख्यक जातिहरुप्रति अपमान सरह भएको पर्यवेक्षकहरु वताउँछन्। दिलवहादुर लिम्वूको मृत्यु छालाको रंग तथा भाषाको समस्यासंग सम्वन्धित भएको कुरा जुरीहरु स्वयंले सुनुवाईको क्रममा सुनेका भएपनि उनीहरुले यस विषयमा सरकारमा भाषा सम्वन्धि तथा अल्पसंख्यक जातिहरुसंग प्रहरीले कसरी व्यवहार गर्ने भन्ने कुरा सुझाव नआउनुमा सवैले आश्चार्य व्यक्त गरेकाछन्।

७६ दिन भन्दा वढी सुनुवाई भएको र लगभग ६० जना साक्षीहरुको वयान लिइएको तथा पचासौं सवुतहरु प्रस्तुत गरिएको सो मृत्यु छानविन मुद्दाको फैसला केवल तीन घण्टामा हुनु जुरीहरु र अदालतले गरेको एक किसिमको नाटक मात्र हो भन्ने धेरैको भनाई रहेको छ । फैसला जुरीहरुले सुनाउने भएता पनि परिणाम न्यायधीशले जुरीहरुलाई दिने निर्देशनमा भर पर्दछ। फैसला सुनाउनुअघि कोरोनरले दुइ दिन लगाएर जुरीहरुलाई निर्देशन दिएको थियो । निर्देशन दिँदा कोरोनरले विपक्षका तर्कहरुमा जोड दिएर जुरीहरुलाई निर्देशन दिएको कुरा पनि सुनुवाई सुन्नेहरुवाट सुनिएको छ।

अदालतमा फैसला सुनुवाई हुन शुरुभएपछि केही सेकेन्डमै मृतककी पत्नी सोनी राई (लिम्बू)ले आफूलाई सम्हाल्न नसकेर रुन कराउन थालेपछि केहीवेर फैसला रोक्नु परेको थियो।

फैसला सुनाएको केही समयपछि अदालतको परिसरमा स्थानीय सञ्चार माध्यमहरुसंग सोनीको केही वेर भेटघाट भएको थियो। यसै क्रममा सोनीको तर्फबाट एक छोटो लिखित प्रतिकृया सोलिसिटर माइकल भिडलरले पढेर सुनाएको थिए। लिखित प्रतिक्रियामा भनिएको छ- ‘यो मुद्दाको परिणामले मलाई ज्यादै निराशा वनाएको छ। मुद्दाको शुरुदेखि नै अदालतको कोरोनर, विपक्षी अधिवक्ताहरुको मेरो दिवंगत श्रीमान् र मेरो वकीलहरुप्रति देखाएको शत्रुतापूर्ण व्यवहारले मैले न्याय माग्ने ठाउँ यो अदालत होइन भन्ने निष्कर्ष निकालेकी थिएँ।’ प्रतिकृयामा भनिएको छ- ‘मुद्दा पुनरावलोकन गर्नको लागि मेरा वकीलहरुसंग छलफल गरिरहेकीछु। वास्तविकता पत्ता लगाउनको लागि स्वतन्त्र मृत्यु छानविन आयोग सरकारले गरोस् भन्ने माग पुनः यहाँ दोहोर्र्याउन चाहन्छु।’

स्मरणीय रहोस्, दिलवहादुर लिम्वूलाई गत वर्ष मार्च को १७ तारिखका दिन होमान्टिनको पानी टेंकी पार्क लोक मान सान चुनको डी व्लकको विपरीत दिशामा रहेको एक चौतारामा वन्दुकधारी प्रहरी कन्स्टेवल होइका केइले गोली हानी हत्या गरिएको थियो।

दिलवहादुरलाई गोली हान्नुअघि दिलवहादुरले आक्रमण गर्न हतियार प्रयोग गरेकोले आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको भन्नु नै दिलवहादुरको मृत्यु कानुन सम्मत फैसला हुनुको अर्थ हुन जान्छ। तर, साक्षीहरुको वयान तथा विषेशज्ञहरुको प्रतिवेदन हेर्दा पनि दिलवहादुरलाई गोली हान्नुभन्दा अगाडि प्रहरीले खुर्सानीको झोल छेपेका थिएनन् र उ भाग्न सक्ने सम्भावना भएपनि प्रहरी भाग्न नचाहेको कुरा स्पष्ट छ। फेरि, एक फीट लामो र ३ सेन्टीमीटर व्यास भएको सुकेको काठको लाठीले आक्रमण गरेकै भएपनि गोली चलाउनु पर्ने अवस्था थिएन। यस अर्थमा पनि प्रहरी जवानले अनावश्यक, निर्दयीपूर्वक अत्याधिक वल प्रयोग गर्दै गोली हानेको पुष्टि हुँदाहुदै पनि कानुनी मृत्यु भन्न पक्षपात वाहेक केही हुन सक्दैन भन्ने त्यहाँ सुनुवाई सुन्न जाने सवैको कथन रहेको छ।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

नोटः जनरवरी ४ तारिखदेखि दोस्रो पटक सुरू भएको दिलबहादुर लिम्बूको मुद्धाको सुनुवाईसम्बन्धी दैनिक न्युज रिपोर्टको पढ्नका लागि यहाँ क्लिक गर्नुहोस्

भिडीयो अन्तर्वार्ताः हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी १५-

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

दिलबहादुरको मुद्धाको सुनुवाई जारी
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ६-
गत मार्च १७ तारिखका दिन हङकङ प्रहरीको गोली प्रहारबाट मृत्यु भएका दिलबहादुर लिम्बूको मुद्धाको सुनुवाई साई वान हो स्थित ईष्टन कोर्टमा जनवरी ४ तारिखदेखि सुरू भएको छ। मुद्धाको सुनुवाई शनिवार, आइतवार र सरकारी विदाका दिनवाहेक नियमित रूपले फेब्रुवरी १२ तारिखसम्म जारी रहने मृतक दिलबहादुर लिम्बूकी पत्नी सोनी लिम्बू (राई)ले एचकेनेपाल डट कमलाई बताइन्।

गत अक्टोबर ७ तारिख स्थगित भएर फेरि सुरू भएको लिम्बूको मुद्धाको सुनुवाईको पहिलो दिन जनवरी ४ तारिख फाटफुट गरी करीव ४० /५० जना नेपाली उपस्थित भएपनि दोस्रो र तेस्रो दिन ६/७ जना मात्र उपस्थित रहेको लुम्फुङ्वा परिवारका अध्यक्ष त्रिभूवन लिम्बूले बताए। ‘बुहारी सोनी लिम्बू (राई) अन्तिममा एक्लै परिएलान् कि भन्ने चिन्ताले गाँजेको छ। सबैजना काममा व्यस्त र एकै पटक विदा नमिल्दा सुनुवाई बेला मृतककी पत्नीलाई पालो दिने मान्छे नै नहोला जस्तो भयो’, अध्यक्ष लिम्बूले एचकेनेपाल डट कमसंग भने। ‘हामी गाउंलेहरूले पालैपालो छुट्टी मिलाएर जाने गरेकाछौं। यसअघि पनि उमेर काटेर काम गर्न नपाएका केहीलाई भाडा दिएर बुहारी (सोनी लिम्बू-राई) लाई पालो दिने व्यवस्था गरेका थियौं तर उनीहरू पनि नेपाल फर्की सकेकाले अरू पठाउने मान्छे कोही छैनन्।’

‘नेपालमा दिलबहादुर लिम्बूको परिवारको अवस्था ज्यादै दयनीय रहेको छ’, लिम्बूले भने। ‘दिलबहादुरको मृत्युको खबरले बुबा खस्नुभयो, आमा पनि विरामी अवस्थामा हुनुहुन्छ।’ मृतककी दिदी सरस्वतीले वारम्बार नेपालबाट फोन सम्पर्क गरेर मुद्धाको बारेमा जानकारी लिइरहेको लुम्फुङ्वा परवारका अध्यक्ष लिम्बूले बताए। बेलायतमा रहेका मृतकका दाई राम लिम्बू दुई महिनाअघि ओमन ट्रान्सफर भएकाले हङकङ आउन नमिलेको लिम्बूले बताए।

स्थानीय नेपाली संघसंस्थाहरूसंग सहयोगको लागि वारम्बार आग्रह भैरहे पनि सन्तोषजनक रेस्पोन्स नआएको लिम्बूले बताए। बुहारी (सोनी लिम्बू-राई)ले आमा समूहसंग सहयोगको अपेक्षासमेत राखेको बताए।

‘न्यायधीशलगायत अन्य सवै पक्ष दिलवहादुरको मुद्धामा सकारात्मक नदेखिनु र चिनीयाँ भाषामा सुनुवाई हुनाले यस मुद्धामा थप जटिलता थपिएको छ’ पत्रकार भूपेन्द्र चेम्जोङले जानकारी दिए। मृतक दिलबहादुर लिम्बूको मुद्धाको सुनवाईप्रति नेपालीहरूको चासो घटेपनि स्थानीय चिनीयाँ मिडीयाहरूको चासो भने घटेको छैन। उनीहरूले मुद्धाको विकासक्रमलाई पछ्याउदै आइरहेका छन्। दिनदिनै मृतककी पत्नी क्रमशः एक्लिदै जानु र दिलबहादुरको मुद्धाप्रति न्यायधीशलगायत अन्य पक्षहरू सकारात्मक नदेखिनुले मृतककी पत्नी सोनी लिम्बू (राई) लाई थप चिन्ता बढाएको छ।

मृतककी पत्नी सोनी लिम्बू (राई), लुम्फुङ्वा परिवार हङकङ र हङकङ नेपाली महासंघले मुद्धाको सुनुवाईको दिन ईष्टर्न कोर्टमा उपस्थित भै सहयोग गरिदिन फेरि पनि अपिल गरेका छन्।

के तपाई दिलबहादुर लिम्बूको मुद्धाको सुनुवाईमा साथ दिन चाहनुहुन्छ? चाहनु हुन्छ भने..जानकारीको लागिः
सुनवाई सुरू हुने समयःविहान ठीक ९:३० बजे
स्थान: Sai Wan Ho
Exit: A -Right Turn
Next to MC Donald
10/F, Court No. 16
Eastern Court Building
थप जानकारी चाहिइएमा सम्पर्क फोन नं.: 9612 1049/9773 0264/6345 8941

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

मृतक दिलबहादुर लिम्बूकी पत्नी सोनी लिम्बू (राई) र लुम्फुङ्वा परिवार हङकङका अध्यक्ष त्रिभूवन लिम्बूले एचकेनेपाल डट कमसंग कुरा गर्दै भिडीयोमा
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी ३-
भिडीयोः

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

लिम्बूको मुद्धाको सुनुवाई फेरि जनवरी ४ तारिखदेखि सुरू हुने
एस, हङकङ / एचकेनेपाल डट कम, जनवरी १-
हङकङ प्रहरीको गोली प्रहारबाट गत मार्च १७ तारिख मृत्यु भएका दिलबहादुर लिम्बूको मुद्धाको सुनुवाई फेरी जनवरी ४ तारिखदेखि सुरू हुने भएको छ।

लिम्बूको हत्याविरूद्ध मुद्धाको सुनुवाई गत सेप्टेम्बर ७ तारिखदेखि अक्टोबर १३ तारिखसम्म तय भएपनि कोरनर कोर्टका न्यायधीश विलियम ङ सिं वाईले अक्टोबर ७ तारिख सुनुवाई स्थगित भएको जानकारी दिएका थिए।

‘दोस्रो पटक फेरि, लिम्बूको मुद्धाको सुनुवाई जनवरी ४ तारिखदेखि सुरू हुने भएको छ।’ लुम्फुङ्वा परिवार हङकङका अध्यक्ष त्रिभूवन लिम्बूले एचकेनेपाल डट कमलाई बताए। ‘शनिवार, आइतवार र सरकारी विदाको दिनवाहेक जनवरी ४ तारिखदेखि फेब्रुवरी १२ तारिखसम्म २५ दिन नियमित रूपमा मुद्धाको सुनुवाई हुने भएको छ’ लिम्बूले भने।

‘हामीलाई यहाँका सम्पूर्ण नेपालीको सहयोग, समर्थन र सद्भावको खाँचो छ’ लिम्बूले भने। ‘एक निर्दोष नेपालीलाई दिनदहाडै गोली हानेर हङकङ प्रहरीबाट हत्या गरिदा चुप लागेर बस्नु अन्यायपूर्ण हुन्छ। हत्या घटनालाई ढाकछोपको प्रयाश गरिदै छ,त्यसैले सबै नेपालीले फेरि एक पटक एक जुट भएर त्यसविरूद्ध उभिनु पर्ने समय आएको छ। नेपालीमाथि अन्याय भएको छ, जनवरी ४ तारिख अदालतमा उपस्थित भएर न्यायको पक्षमा ऐक्यवद्धता जनाउन म, लुम्फुङ्वा परिवार हङकङ र मृतक लिम्बूकी पत्नी सोनी राई (लिम्बू) हामी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक अपिल गर्छौं’ त्रिभूवन लिम्बूले भने।

हङकङ प्रहरीले निहत्था र निर्दोष दिलबहादुर लिम्बूको टाउकोमा ताकेर गोली प्रहार गरी हत्या गरेपछि लिम्बूकी पत्नी सोनी राई (लिम्बू)ले हङकङ प्रहरीविरूद्ध मुद्दा दायर गरेकी थिइन्। गत मार्च १७ तारिख प्रहरीको गोली प्रहारबाट गम्भीर घाइते भएका लिम्बूको सोही दिन क्वीन एलिजावेथ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

अनुरोध! अनुरोध!! अनुरोध!!!
हङकङ प्रहरीद्वारा गत १७ मार्च २००९ मा हत्या गरिएका दिलबहादुर लिम्बूको मुद्धाको सुनुवाई फेरी पनि यहि ४ जनवरीदेखि (शनिवार, आईतवार र विदाको दिनवाहेक) १२ फेब्रुवरी तारिखसम्म लगातार २५ दिन सोही स्थान Sai Wan Ho (साई वान हो) Court मा सुनुवाई हुने भएकोले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई उक्त सुनुवाईमा उपस्थित भई सहयोग गरिदिन अनुरोध गर्दछौं।

हङकङ तेह्रथुम मञ्च, लम्फुङवा परिवार हङकङ
समयः ९:३०
स्थान: Sai Wan Ho
Exit: A -Right Turn
Next to MC Donald
10/F, Court No. 16
Eastern Court Building
Contact: 9612 1049/9773 0264/6345 8941

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

News update: मृतक लिम्बूका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण,
मृतक लिम्बूका पिताको पनि आकस्मिक निधन

एस, हङकङ / एचकेनेपाल डट कम, अगष्ट १६ -
हङकङ नेपाली महासंघले हङकङ प्रहरीको गोली प्रहारबाट गत मार्च १७ तारिखका दिन मृत्यु भएका दिलबहादुर लिम्बूका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

जोर्डनस्थित याक एण्ड यतिको सभाकक्षमा आइतवार साँझ आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष हेम लिम्बूले संकलन भएको ५ हजार ३ सय २८ हङकङ डलर मृतक लिम्बूका नजिकका आफन्त तथा लुङखुवा परिवार हङकङका अध्यक्ष त्रिभूवन लुङखुवालाई हस्तान्तरण गरेका हुन्। चन्दा संकलनमा ४२ हजार ६ सय ६१ हङकङ डलर उठेको र ३७ हजार ३ सय ३३ हङकङ डलर खर्च भएर बाँकी रहेको रकम ५ हजार ३ सय २८ हङकङ डलर हस्तान्तरण गरिएको हो।

उठेको रकममा वकिल खर्च, मृतक लिम्बूका दाजु रामु लिम्बूको युके हङकङ युके हवाई टिकट, मृतक लिम्बूकी पत्नी सोनी लिम्बू (राई) को हङकङमा रहंदाको खर्च आदि समावेश रहेको दिलबहादुर लिम्बू हत्याविरूद्ध संघर्ष समितिले विवरणसहित सार्वजनिक गरेको छ।

संघर्ष समितिका प्रवक्ता गणेश इजमले अगष्ट ३ तारिखदेखि अदालती कारवाहीको सिलसिला सुरू भएको बताउंदै सुनुवाई सेप्टेम्बर ७ देखि अक्टोबर १२ तारिखसम्म हुने जानकारी दिए। कार्यक्रममा आर्थिक संयोजक वाईबी राई, वाह्य सम्पर्क संयोजक किसन राईलगायतले आफ्ना भनाईहरू राखेका थिए।

यसैबीच, मृतक लिम्बूका ६२ वर्षीय पिता धर्मराज लिम्बूको अगष्ट १६ आइतवार विहान आकस्मिक निधन भएको छ। खेतमा काम गर्न गएका उनी मुर्छा परेपछि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको त्रिभूवन लुङ्खुवा (लिम्बू)ले एचकेनेपाल डट कमलाई बताए। छोराको मृत्युले एकोहोरिएका धर्मराज लिम्बूको आकस्मिक निधनले परिवार र आफूहरूलाई थप शोक र चिन्तामा पारेको उनले बताए।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्…


पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

……………………………………………………………

News update: दिलबहादुर लिम्बूको दाहसंस्कार सम्पन्न
एस, हङकङ / एचकेनेपाल डट कम, जुन ७ -
हङकङ प्रहरीको गोली प्रहारबाट गत मार्च १७ तारिखका दिन मृत्यु भएका दिलबहादुर लिम्बूको श्रद्धाञ्जलि सभा तथा दाहसंस्कार जुन ७ तारिख आइतवारका दिन सम्पन्न भएको छ। हत्याको ८४ दिनपछि मृतक लिम्बूको आज दाहसंस्कार तथा शव दहन चाई वानस्थित केप कोलोसियममा भएको हो। यसअघि, लिम्बूको हत्याको घटनाबारे पत्रकार सम्मेलन र श्रद्धाञ्जलि कार्यक्रम हुङहामस्थित युनिभर्सल फ्युनरल पार्लरमा सम्पन्न भएको थियो।

श्रद्धाञ्जलि सभामा मृतकका परिवार, आफन्त, नेपाली संघसंस्थाका प्रतिनिधिहरू, नेपाली समुदायलगायत स्थानीय सञ्चारकर्मीहरूको बाग्लो उपस्थिति थियो। मृतक लिम्बूप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न त्यहाँ पुगेका सहभागीहरूले पुष्प गुच्छा चढाउदै लिम्बूको मृतात्मालाई शान्ति मिलोस् भनेर कामना तथा प्रार्थना गरेका थिए। लिम्बू संस्कृति अनुसार भएको अन्तिम श्रद्धाञ्जलि सभामा मृतककी पत्नी सोनी राई (लिम्बू) मूर्च्छित हुन खोजेपनि आफूलाई सम्हालेकी थिइन्।

पीडित पक्षका वकिल माइकल भिड्लरले प्राइभेसी भन्दै सञ्चारकर्मीहरूलाई श्रद्धाञ्जलि सभा हलमा नपस्न आग्रह गरेपछि उनीहरू भित्र पस्न पाएनन्। छिटो र छरितो रूपमा भएको श्रद्धाञ्जलि सभापछि त्यहाँ उपस्थित सहभागीहरू मृतक दिलबहादुर लिम्बूको दाहसंस्कार तथा शव दहनका लागि चाई वानस्थित केप कोलोसियमतर्फ लागेका थिए।

लिम्बू संस्कृति अनुसार विधि पुर्र्याएर मृतक लिम्बूको दाहसंस्कार गरिएको हङकङ नेपाली महासंघका उपाध्यक्ष हर्क रानाले एचकेनेपाल कमसंग कुरा गर्दै बताए। मृतककी पत्नी सोनी लिम्बू(राई) र बेलायतबाट हङकङ आएका मृतकका दाजु राम लिम्बूले विद्युतीय बटन दबाएर मृतक लिम्बूको शव दहन गरेका थिए।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्


श्रद्धाञ्जलि सभामा मृतककी पत्नी सोनी राई (लिम्बू) सेतो पहिरनमा। LIVE Photo: जगतअम्बु गुरूङ र देवराज राई / एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

मृतक लिम्बूको दाहसंस्कारको लागि लाग्ने सम्पूर्ण खर्च दुई च्यारिटेबल संस्थाले बेहोरेको छ। लोक सिन तोङले ५ हजार र लिप्पो चुन च्यारिटेबल ट्रस्टले १९ हजार गरी २४ हजार हङकङ डलर सहयोग प्राप्त भएको दिलबहादुर हत्याविरूद्ध संघर्ष समितिका प्रवक्ता गणेश इजमले एचकेनेपाल डट कमलाई बताए।

हङकङको हो मान तिङ क्षेत्रअन्तर्गत हिलसाइडमा परिचय पत्र जाँच गर्ने क्रममा हङकङ प्रहरी र लिम्बूबीच गत मार्च १७ तारिख अपरान्ह झडप भएको थियो। झडप हुंदा प्रहरीले आफ्नो बचाउको लागि भन्दै प्रहार गरेको दुई राउण्ड गोलीमध्ये एउटा गोली लिम्बूको टाउकोमा लागेको थियो। टाउकोमा गोली लागेर गम्भीररूपमा घाइते भएका लिम्बूको उपचारको क्रममा क्वीन एलिजावेथ अस्पतालमा सोही साँझ मृत्यु भएको थियो। हङकङ प्रहरीका अनुसार लिम्बू केही महिनादेखि त्यस ठाउंमा घरवारविहीन अवस्थामा रहंदै आएका थिए।

हङकङ प्रहरीको गोली प्रहारबाट मृत्यु भएका नेपाली युवक दिलबहादुर लिम्बू (फाइल तस्वीर वाँया)। प्रहरीले निहत्था र निर्दोष लिम्बूको टाउकोमा ताकेर गोली प्रहार गरी हत्या गरेकोमा हङकङका मानव अधिकारवादी र सामाजिक कार्यकर्ताहरुको व्यापक आलोचना गरेका थिए। लिम्बूको हत्याको विरूद्ध हङकङ नेपाली महासंघको नेतृत्वमा मार्च २९ तारिख विशाल विरोध प्रदर्शन भएको थियो। हजारौंको संख्यामा सहभागी मौन विरोध प्रदर्शनमा नेपाली, स्थानीय चिनीयाँ, फिलिपिनो, इन्डोनिशियालीलगायत विभिन्न देशका नागरिकहरुले ऐक्यवद्धता जनाएका थिए। विरोध प्रदर्शनपछि मृतकको परिवारलाई उचित क्षतिपूर्ति र गोली प्रहार गर्ने प्रहरीलाई हङकङको कानुन बमोजिम कारवाही गर्नुपर्नेलगायतका मागहरु राख्दै हङकङ सरकार प्रमुखलाई ज्ञापन पत्र हस्तान्तरण गरेका थिए।

लिम्बूको हत्याको दुःखद खवर पाएपछि बेलायती सेनामा रहेका उनका दाजु रामकुमार लिम्बू बेलायत र श्रीमति सोनी राई (लिम्बू) र साढे ५ वर्षीया छोरी नेपालबाट आएका थिए। मृतकका परिवारले बेलायती मूलका वकिल माइकल भिड्लरको सहयोगमा हत्या भएको २२ दिनपछि अप्रिल ७ तारिख हत्याविरूद्ध प्रहरीमा उजुरी दिएका थिए।

मृतक लिम्बूको घटनासम्बन्धी छानविन र शव परीक्षणको अन्तिम र पूर्ण प्रतिवेदन तयारीको लागि तोकिएको समयसीमा जुन २ तारिखका दिन सकिएको छ। उक्त प्रतिवेदन कर्नर कोर्टमा पेश भएपछि मृतक लिम्बूको मुद्दा अगाडि बढ्ने या नबढ्ने भन्ने विषयमा टुङ्गो लाग्ने छ।

पाठक प्रतिक्रिया- यहाँ क्लिक गर्नुहोस्

घटनासम्बन्धी न्युज अपडेटहरूः
न्युज अपडेट, मे २-
अडियोः दिलबहादुर लिम्बू हत्याविरुद्ध गठित संघर्ष समितिका प्रवक्ता गणेश इजम र हङकङ नेपाली महासंघका उपाध्यक्ष हर्क रानासंग एचकेनेपाल डट कमको लागि देवराज राईले टेलिफोनमा गरेको कुराकानी सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः अप्रिल ७ -
हत्याविरूद्ध उजुरी
एस, हङकङ / एचकेनेपाल डट कम, अप्रिल ७ -
हत्याको विरुद्ध अप्रिल ७ तारिख मंगलवारका दिन प्रहरीमा उजुरी दर्ता गरेको छ। मृतक दिलबहादुर लिम्बूका श्रीमति सोनी राई (लिम्बू) र दाजु राम लिम्बूले हत्याको २२ दिनपछि वान चाईस्थित प्रहरी प्रमुख कार्यालयमा हत्याको विरुद्ध उजुरी दर्ता गराएका हुन्।

मृतक दिलबहादुर लिम्बूकी श्रीमति सोनी राई (लिम्बू) संग एचकेनेपाल डट कमले लिएको विशेष टेलिफोन अन्तर्वार्ता सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

सोही दिन मृतक परिवारद्वारा पत्रकार सम्मेलन। त्यसबारे संघर्ष समितिका प्रवक्ता गणेश इजम, संयोजक हेम लिम्बू र मिडीया संयोजक किसन राईले एचकेनेपाल डट कमलाई उपलव्ध गराएको जानकारी। अडियो सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।


मृतक लिम्बूकी श्रीमति सोनी राई (लिम्बू), दाजु राम लिम्बूसहित संघर्ष समितिका प्रवक्ता गणेश इजम र वकिल माइकल भिड्लर। तस्वीरः किसन राई।

प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः अप्रिल २
समीक्षा बैठकः लिम्बूको हत्याविरूद्ध संघर्ष समितिको समीक्षा बैठक। बैठकमा भएका निर्णयहरू सुनाउंदै पत्रकार किसन राई। अडियो भर्सन सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः मार्च २९ -
हत्याको विरुद्ध मौन जुलुस
लिम्बूको हत्याको विरोधमा हङकङ नेपाली महासंघको नेतृत्वमा आइतवार विशाल विरोध प्रदर्शन। मृतकको परिवारलाई उचित क्षतिपूर्ति र गोली प्रहार गर्ने प्रहरीलाई हङकङको कानुन बमोजिम कारवाही गर्नुपर्नेलगायतका मागहरु राख्दै नेपाली संघसंस्थाका प्रतिनिधिहरु, विभिन्न क्षेत्रमा कार्यरत नेपाली, मृतकका आफन्त, हङकङका मानवअधिकारवादी संघ संस्थाका प्रतिनिधिहरुले विरोध प्रदर्शन गरेका हुन्। शान्तिपूर्ण विरोध प्रदर्शनपछि हङकङका कार्यकारी प्रमुखलाई विभिन्न मागहरूसहितको ज्ञापनपत्र हस्तान्तरण।
अपडेटः दिउंसो ४३० बजे

हङकङ सरकारका प्रतिनिधिलाई विरोधपत्र बुझाउंदै हङकङ नेपाली महासंघका अध्यक्ष हेम लिम्बू। तस्वीर (Live update): देवराज राई, जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम।

नेपाली हत्याको विरुद्ध मौन जुलुस। तस्वीर (Live update): देवराज राई, जगतअम्बु गुरुङ/ एचकेनेपाल डट कम। थप तस्वीरहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।

थप जानकारीको लागि एचकेनेपाल डट कमका सहकर्मी देवराज राई र जगतअम्बु गुरुङले हङकङ कार्यकारी प्रमुखको कार्यालय अगाडिबाट टेलिफोनमा उपलव्ध गराइएको अडियो रिपोर्ट। रिपोर्ट सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्।

हङकङका नेपालीहरुबाट बलियो एकता प्रदर्शन। हजारौं संख्याका नेपाली मौन जुलुसमा सहभागी - हेर्नुहोस् भिडीयो। भिडीयो टिमः मनु गुरुङ, जगतअम्बु गुरुङ र देवराज राई / एचकेनेपाल डट कम।


प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः मार्च २६ -
न्याय खोज्न बेलायतबाट लिम्बूको दाजु आईपुगे
एस, हङकङ / एचकेनेपाल डट कम, मार्च २६ -
भाईको मृत्युबारे पहिलो पटक एचकेनेपाल डट कमबाट थाहा पाएको मृतक लिम्बूका दाजु रामकुमार लिम्बूको भनाई। उनले भने ‘हामी न्यायको खोजिमा छौं।’ विहीवार साँझ एचकेनेपाल डट कमसंग बोल्दै उनले न्यायका लागि सबैसंग सहयोगको अपेक्षा गरे।

मृतकका दाजु रामकुमार लिम्बू एचकेनेपाल डट कमसंग बोल्दै




हङकङ सरकारलाई बुझाइने ज्ञापनको सार संक्षेपः
ज्ञापन पत्रमा मृतक लिम्बूको अवशेषलाई क्यासिनो लाइनस्थित गोर्खा समाधिमा राखिनु पर्ने, हत्यारा प्रहरीलाई हङकङको कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिनु पर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनु पर्ने, मृतककी श्रीमति तथा छोरीलाई हङकङमा बसोबासको अनुमति दिनुपर्ने, सम्बन्धित निकायले निर्दोष, निहत्था दिलबहादुर लिम्बूलाई गोली हानी हत्या गरिएकोमा मृतकको परिवारसंग माफी माग्नु पर्नेजस्ता मागहरू रहने छन्।

न्युज अपडेटः मार्च २१ -
हत्याको विरुद्ध महासंघको नेतृत्वमा मूल संघर्ष समिति गठन
हङकङ नेपाली महासंघको नेतृत्वमा दिलबहादुर लिम्बूको हत्याविरूद्ध संघर्ष समितिको गठन। मूल संघर्ष समितिको माताहतमा ४ समितिहरू गठन- जसमा आर्थिक समितिमा नेपाल च्याम्बर्स अफ कमर्स हङकङ, विरोधपत्र ड्राफ्ट र कानुनी प्रक्रियाका लागि एनआरएन हङकङ, जनपरिचालन समितिमा हङकङ नेपाली महासंघ, वाह्य सम्पर्क समितिमा हङकङमा क्रियाशिल पत्रकारहरू किसन राई, पशन तमू, भूपेन्द्र चेम्जोङ, प्रकाश केसी, निर्मल श्रेष्ठ, देवराज राई र अधिराज राई रहेका छन्। अधिकांश नेपाली संघसंस्थाका प्रतिनिधिहरू उपस्थित रहेको भेलाको बैठकले दिलबहादुर लिम्बूमाथि हङकङ प्रहरीबाट भएको गोली प्रहार सामान्य घटना नभै हत्या गरिएको ठहर।

पत्रकार किसन राई- अडियो रिपोर्ट सुन्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्…

न्युज अपडेटः मार्च २१ -
हत्याको विरुद्ध आन्दोलनको तयारी
हङकङ प्रहरीले गोली प्रहार गरी नेपाली युवक दिलबहादुर लिम्बूको हत्या गरेको भन्दै हत्याको विरोधमा नेपाली संघसंस्थाद्वारा आन्दोलन गर्ने तयारी। निशस्त्र र निरपराध व्यक्तिमाथि प्रहरीले छोटो दूरीबाट टाउकोमा गोली प्रहार गरेर लिम्बुको हत्या गरिनु अमानवीय हो भन्दै नेपाली संघसंस्थाहरुबाट त्यस घटनाको घोर निन्दा। मृतकका आफन्तलाई क्षतिपूर्ति र दोषी प्रहरीलाई कारवाहीको माग राख्दै आन्दोलन गर्ने विषयमा छलफल। नेपाली संघसंस्थाहरुको छाता संस्था हङकङ नेपाली महासंघद्वारा बिभिन्न संघसंस्थाहरुलाई बोलाएर आकस्मिक बैठक। महासंघका अध्यक्ष हेम लिम्बूद्वारा यहाँका मानव अधिकारवादी र सामाजिक कार्यकर्ताहरुको सहयोगमा हत्याको विरुद्ध आवाज उठाउने एचकेनेपाल डट कमलाई जानकारी। लिम्बूको शव क्वाई चुङको पव्लिक शवगृहमा राखिएको जानकारी।

महासंघका अध्यक्ष हेम लिम्बू- अडियो भर्सन सुन्न तलको प्ले बटनममा क्लिक गर्नुहोस्…

(थप अपडेटको लागि एचकेनेपाल डट कम हेर्दै गर्नुहोला)

प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः मार्च २० -
हङकङ प्रहरीको गोलीबाट मारिएका युवक नेपाली नै
हङकङ प्रहरीको गोली प्रहारबाट मारिएका युवक नेपाली भएको पुष्टि। मारिएका युवकको नाम दिलबहादुर लिम्बू। तेह्रथुम जिल्ला, श्रीजंगा-९ का ३१ वर्षीय लिम्बूको परिवार हाल धरान- १० सैनिक चोकमा बस्दै आएका। मृतक लिम्बूको आमा बाबु, दाजु र दिदी, श्रीमति र एक छोरी रहेका छन्। दाजु रामकुमार लिम्बू बेलायतमा, श्रीमति सोनी राई र छोरी नेपालमै रहेको जानकारी प्राप्त।

नेपाली महावाणिज्यदूतावासलाई प्रहरीको मौखिक जानकारी
हङकङ प्रहरीबाट नेपाली महावाणिज्यदूतावासलाई मौखिक जानकारी। प्रहरीका अनुसार मारिएका युवक ३१ वर्षीय दिलबहादुर लिम्बू। उनको पोष्टमार्टम र फिङ्गर प्रिन्ट परीक्षणको आधारमा मृतक लिम्बू रहेको पुष्टि। मृतक लिम्बूका हङकङ परिचयपत्र नं. (ID No P658769(9) Date of Birth 1978)।

नेपाली वाणिज्यदूत सुशिलकुमार लम्सालले एचकेनेपाल डट कमलाई दिएको जानकारी। अडियो सुन्न तलको प्ले बटनममा क्लिक गर्नुहोस्…

(थप अपडेटको लागि एचकेनेपाल डट कम हेर्दै गर्नुहोला)

यसरी मारे नेपाली युवकलाई…
हङकङ प्रहरी र मृतक लिम्बूबीच भएको झडपको भिडीयो हेर्न तलको प्ले बटनमा क्लिक गर्नुहोस्। भिडीयोमा निक्कै लामो झडप प्रयाशपछि प्रहरीले दुई राउण्ड गोली प्रहार गरिएको आवाज सुन्न सकिन्छ। यो भिडीयो प्रत्यक्षदर्शीले मोबाइल फोनमा खिचेका हुन्।


In the video clip, one can see the police officer was confronting with the suspect, yelling all in Cantonese: Fong-dea Muo-hei, Ng-hao Yuk, Ng-hao big-naug. Meaning: drop the weapon, don’t move, don’t force me.

यो पनि हेर्नुहोस्…

घटनास्थल सम्बन्धी थप जानकारी यस भिडीयोमा

प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

न्युज अपडेटः मार्च १९ -
मारिएका युवक नेपाली हुन सक्ने आशंका
युवकबाट अश्लिल हर्कत भएको सूचना पाएपछि हङहङ प्रहरी मोटरसाइकलमा त्यहाँ पुगे। हो मान तिङ क्षेत्र अन्तर्गत हिलसाइडमा परिचय पत्र चेक गर्ने क्रममा प्रहरी र युवकबीच झडप। प्रहरीले प्रयोग गरेको बेटोन खसेपछि युवकद्वारा प्रहरीमाथि काठको कुर्सीले लगातार आक्रमण। प्रहरीले आफ्नो बचाउको लागि भन्दै दुई राउण्ड गोली प्रहार। प्रहार गरेको दुई राउण्ड गोलीमध्ये एउटा गोली टाउकोमा लागेपछि युवक गम्भीर रुपमा घाइते। युवकको उपचारको क्रममा क्वीन एलिजावेथ अस्पतालमा सोही साँझ मृत्यु।

केही महिनादेखि सो क्षेत्रमा बेबारिसे अवस्थामा रहंदै आएका ती युवकविरूद्ध जनवरी महिना यता अश्लिल हर्कत गरेको पाँचवटा उजुरी प्राप्त गरेको प्रहरीद्वारा जानकारी।

घटनास्थलमा युवकको साथमा कुनै घातक हतियार नभएको खुलासा। हङकङका मानव अधिकारकर्मी र सामाजिक कार्यकर्ताहरुले हतियारबिनाको युवकको टाउकोमा गोली प्रहार गर्नु उचित नभएको बताउंदै घटनाको व्यापक निन्दा। घटनासम्बन्धी अनुसन्धान भैरहेको हङकङ प्रहरीले जानकारी।

कागजको टुक्रामा नोटः
घटनास्थलबाट बरामद गरिएका केही सामाग्रीमध्ये कागजमा लेखिएको नोट प्राप्त। नेपाली अक्षरसंग मिल्दो जुल्दो। मारिएका युवक नेपाली हुन सक्ने अनुमान।

तस्वीर स्रोतः The Standard, Hong Kong

प्रतिक्रिया व्यक्त गर्न यहाँ क्लिक गर्नुहोस्

Popularity: 100%

415 comments January 12th, 2011

हङकङका चार माओवादी पार्टी अनुशासनको कारवाहीमा

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
एनेकपा माओवादी हङकङ जिल्ला कार्य समितिले आफ्ना चार सदस्यहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी अनुशासनको कारवाही गरेको जानकारी प्राप्त भएको छ।

माओवादी हङकङ श्रोतले भनेको छ –ती कारवाहीमा परेकाहरुले आर्थिक हिनामिना गरेको, अराजक झुण्ड तयार गरेर पार्टी अनुशासन तोडेकोलगायत आठ बूँदा भन्दा धेरै कारणहरुसहित पार्टीको कुनै पनि तहमा नरहने गरी कारवाही गरेको छ।

यसरी कारवाहीमा परेकाहरुमा चुरा थापा, अशोक गहतराज, ध्रुवसिं लिम्बू र पवन बस्नेत भएको उल्लेख गरिएको छ। गएको १० अक्टोवर २०१० मा केन्द्रबाट आधिकारिक जिम्मा लिएर आएका पोलिट व्यूरो सदस्य तथा बिदेश बिभाग इन्चार्ज इन्द्रमोहन सिग्देल र पोलिट ब्युरो सदस्य तथा वाईसीएल इन्चार्ज कुलबहादुर केसीको समुपस्थितिमा गठन भएको समितिलाई उनीहरुले बहिष्कार गरेका थिए।

एनेकपा माओवादी हङकङ जिल्ला कार्य समितिले आफ्ना कार्यकर्ताहरुलाई कारवाही गर्नुपर्ने कारणहरु यसरी उल्लेख गरेको छ। हामीलाई इमेल मार्फत प्राप्त बुँदाहरुलाई जस्ताको त्यस्तै राखिएको छ।

१. १० अक्टोवर २०१० पहिलो एनेकपा माओवादी हङकङ भेला अन्तर्गत कमिटि गठन प्रकृयामा जनवादी केन्द्रीयताका आधारमा प्रस्ताव उपर समान्य छलफल चलिरहेको अवस्थामा केन्द्रवाट उपस्थित नेतृत्व तथा स्थानीय कमरेडहरुको समेत अपहेलना गर्दै वहिष्कार भनि वाहिरिएर पार्टी अनुशासन, पद्धति र प्रकृयाको उपहास गरेको।
२. असन्तुष्टीलाई छलफलबाट समाधानका लागि कैयौ पटक केन्द्र अतिथिवाट हङकङ रहँदाका वखत प्रयास गरिएको तथा स्थानीय स्तरवाट दशै पटक व्यक्तिगत तथा सामुहिक रुपमा पनि एकताको प्रयास गरिएता पनि एकोहोरो रुपमा गठित कमिटि जसरी पनि भँग हुनु पर्ने र केन्द्रवाट नेतृत्वले माफी माग्न पर्ने जस्ता अमिल्दो प्रस्तावमा अडिक रहेको।
३.पार्टीको सम्पूर्ण आर्थिक वचत सिधै हलवाट वाहिरिएपछि १० अक्टोवर २०१० रातको १२ वजे संस्थागत रुपमा कब्जागरी अहिलेसम्म फिर्ता नगरेको तथा कुनै जानकारी नगराएको।
४.पार्टी व्युरोको अनुशासनमा रही निर्धारित जिम्मेवरी पूरा गर्ने आशयको ठाडै अपहेलना गरी पार्टी एकतामा क्रमिक रुपमा चोट पु–याएको।
५ विविध मिडिया माफत समानान्तर कमिटिको घोषणा गरी पार्टीको अनुशासनको गम्भीर उलंघन गरेको।
६ आत्मालोचित गराउँदै जिल्ला भेलाको निर्णय अनुसार पार्टी काममा लगाउने विदेश राज्य समितिको परिपत्र मुताविकको प्रयासमा समेत कुनै चासो देखाई आफूहरु विदेश व्यूरोवाट नभई सिधै पार्टी केन्द्रवाट चल्ने अराजक जवाफ दिएको।
७ पार्टीको आचारसँहिता तथा सदस्यताको सामान्य विधिविपरित क्रमशः ४ पटक सम्म विना जानकारी वैठकमा अनुपस्थित रहेको।
८. एनेकपा माओवादी हङकङ जिल्ला समितिको वैधानिक तथा औपचारिक संगठन नेपाली जनसरोकार समाजले साधारण सदस्यमा समेत अयोग्य ठह–याई निस्कासन गरेको अवस्था।

Popularity: 4%

15 comments January 11th, 2011

प्रशान्त तामाङ हङकङ आउने, कुमार कान्छालाई ७० हजार सहयोग

देवराज राई, हङकङ/ एचकेनेपाल डट कम-
जहाँ भए पनि नेपाली भन्दै, आगामी जनवरी २३ तारिख हङकङमा आइडलहरुको उपस्थितिमा भव्य सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ।

कञ्चनजङ्गा एसोसिएशनको आयोजनामा हुन लागेको भव्य सांस्कृतिक कार्यक्रममा तेश्रो इण्डियन आइडल एवं नायक प्रशान्त तामाङ, सारेगमप कार्यक्रममा सहभागी कलाकार कर्मा शेर्पा तथा हङकङका स्थानीय आइडल कलाकारहरुले समेत गीतहरु प्रस्तुत गर्ने भएका छन्।

हिमालयन टोन्स म्युजिक एकडेमीको स्टुडियोमा ७ जनवरीको दिन एक पत्रकार सम्मेलनमार्फत एशोसिएशनले कार्यक्रमको बारेमा जानकारी गराएको हो। सांगीतिक कार्यक्रममा नृत्यहरुसमेत प्रस्तुत गरिने छ। हङकङका दर्शकहरुका लागि नेपाली स्टोरहरुमा टिकटहरु उपलब्ध हुने जानकारी गराएको छ।

प्रेस भेटघाटमा हिमालयन टोन्स म्युजिक एकडेमीको सक्रियतामा नेपाली गायक कुमार कान्छाको उपचारार्थ संकलन भएको लगभग ७० हजार रुपैया कान्तिपुर पत्रिकामार्फत कुमारकान्छालाई रकम हस्तान्तरण गरेको संगीतकार दिनेश सुब्बाले जानकारी गराएका छन्।

Popularity: 3%

1 comment January 7th, 2011

Previous Posts


पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

January 2011
M T W T F S S
« Dec   Feb »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category