देवराज राई/ एचकेनेपाल डट कम-
हङकङ, युवा पुस्ताहरुमा विशेष गरी नृत्य विधालाई समेटेर हरेक वर्ष आयोजना हुँदै आएको फियोना आइडल नृत्य प्रतियोगिताको व्यापक तयारी भइरहेको कार्यक्रम संयोजक भिम गुरुङले एचकेनेपाल डटकमसँग भेटेर जानकारी दिएका छन्।
मार्च २८ तारिखका दिन जोर्डनको भेटमा संयोजक गुरुङले बताए अनुसार विशुद्ध नेपाली गीत विधालाई समेटेर आयोजना हुनलागेको नृत्य प्रतिभाको खोजीमा अप्रिल १७ तारिख मंकी हिलमा अडिसन राउण्ड आयोजना गरिने र त्यहाँबाट छनौट भएका कम्तिमा १० उत्कृष्ट नृत्यकारहरुलाई समेटेर प्रशिक्षण गराई आगामी मे महिनाको १५ तारिख याउ मा तेइ कम्युनिटी सेन्टरमा ग्राण्ड फिनाले अर्थात फाइनल हुने बताए।
यस पालिको प्रतियोगितामा पनि प्रतियोगीहरुले हङकङको कुनै एक संस्थाको सिफारिसमा आवेदन गर्न पाउने आयोजक फियोनाले बताएको छ। यसका लागि जोर्डन र युनलङका केही पसलहरुमा आवेदन फारम उपलब्ध रहेको छ।
नृत्यका लागि महिला वा पुरूष दुवै सहभागी हुन सक्ने छन्। प्रतियोगिताका विजेताले करीव ५० हजार रुपैयाँसहित फियोना आइडल तेश्रो उपाधि प्राप्त गर्ने छन्। त्यसैगरी, उपविजेताले ३० हजार रुपैयाँ र तेश्रोले २० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
अडिसन राउण्डमा छनौट भएकाहरुलाई स्थानीय उत्कृष्ट नृत्यकारहरुले प्रशिक्षण प्रदान गर्ने गुरुङले बताए।
महेश राई / एचकेनेपाल डट कम-
हङकङ, हङकङ नेपाली तेक्वान्दो एसोसिएसनको नवौ वार्षिकउत्सव आइतवार काउलन पार्क कवडहलमा सम्पन्न भयो।
बिहान १० बजेदेखि सुरुभएको कार्यक्रमको सञ्चालन गायत्री थापा र संजिता घलेले गरेका थिए भने सचिव र कार्यक्रम सचिवमा क्रमशः बालकृष्ण गुरुङ र राजु गुरुङ रहेका थिए।। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
उद्घाटन समारोहबाट सुरु भएको कार्यक्रममा प्याट्रन तथा स्पाइरिङ प्रतियोगिता पनि आयोजना गरिएको थियो। प्रेसिडेण्ट तुलसीकुमार गुरुङको अध्यक्षता रहेको कार्यक्रममा १७ वटा क्लवका खेलाडी मध्य प्याट्रन प्रतियोगिता २६० खेलाडी स्पाइरिङमा ८० जना गरी जम्मा ३४० जना खेलाडी सहभागी थिए।
प्याट्रन प्रतियोगिताबाट सुरुभएको खेलमा ११ बटा क्याटगोरी अर्न्तगत र १६ वटा स्पाइरिङ क्याटगोरी प्रतियोगितामा महिला र पुरुष दुवै समूहका खेलाडीले भाग लिएका थिए।
अधिकांश तेक्वान्दो क्लव नेपालीहरुको भएपनि हङकङ पुलिस, ग्रेट भ्यू र जीत किक क्वान गरी तीन वटा गैरनेपालीका क्लवहरु थिए। जसमा पुम्से प्याट्रन प्रतियोगितामा भने यसपालि वाहिरबाट नै ६ जना निर्णायकको व्यवस्था गरिएको थियो जो चिनिया थिए। स्पाइरिङ प्रतियोगितामा भने दक्ष रेफ्रीद्वारा खेल खेलाइएको थियो।
प्रतियोगिताको नतिजामा नेपालीका क्लवहरु मध्ये एभरेष्ट क्लवले ६ वटा स्वर्ण पदक, एचकेएनटिएले ४ वटा स्वर्ण, न्यू जेनेरेसन ३ स्वर्ण, फरेनरले २ वटा स्वर्ण १ वटा स्वर्ण पदक हात पारेका थिए। गत साल प्याट्रन र महिला स्पाइरिङ प्रतियोगिता गरेको यो संघले यसपटक पुरुष स्पाइरिङ प्रतियोगिता पनि थप गरेको थियो। भव्यरुपमा सम्पन्न कार्यक्रममा अतिथिहरुमा नेपाली महावाणिज्यदूत विनोदकुमार उपाध्याय, इन्डोनेसियन कनसुलर जनरल, हङकङ तेक्वान्दोका अध्यक्ष कार्ल चिङ मि ङ, एनआरएन र महासंघका अध्यक्ष क्रमशः त्रिलोक गुरङ र प्रदिप थापा आदि थिए।
अन्त्यमा संघका अध्यक्ष तुलसीकुमार गुरुङले सम्पूर्ण तेक्वान्दो संगठन र खेलाडीलाई स्वागत तथा धन्यवाद दिदै यहि सालको नव नियुक्त चेयरमेन ग्राण्ड मास्टर चे लोङ वा (रकि) र यस अर्न्तगतको कार्य समितिको घोषणा गरेकाथिए। साथै नयाँ समितिको कार्यावधि सफल हुने आशा गर्दै सम्पूर्णमा शुभेच्छा प्रकट गरेका थिए।
एस/ एचकेनेपाल डट कम-
हङकङ, नेपाली जनसरोकार समाज हङकङको अध्यक्षमा विष्णु गुरुङ चयन भएका छन्।
मार्च २० तारिख सम्पन्न नेपाली जनसरोकार समाजको दोश्रो अधिवेशनबाट गुरूङ अध्यक्षमा चयन भएका हुन्।
एनेकपा माओवादीका वरिष्ठ स्थायी समिति सदस्य देव गुरुङको प्रमुख आतिथ्य तथा सभाषद राजकाजी गुरुङ र विदेश राज्य समिति सेक्रेटरी मनोज जङ्ग थापाको विषेश आतिथ्यमा नेपाली जनसरोकार समाजको दोश्रो अधिवेशन सम्पन्न भएको हो। सोही अवसरमा तमु मुक्ति मोर्चाको प्रथम अधिवेशनसमेत सम्पन्न भएको छ।
विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तव्य दिएको उक्त कार्यक्रमको अध्यक्षता कार्यावाहक अध्यक्ष कृष्णबहादुर लिँखाले गरेका थिए।
नेपाली जनसरोकार समाजमा लामो समय सम्म निरन्तर सक्रिय रहि टेवा पुर्र्याउने कृष्णबहादुर लिँखा, जिमि हाङ्गखिम, रामकुमार राई, विष्णुकुमार गुरुङ र अर्जुन रानालाई एनेकपा माओवादी हङकङका पार्टी सेक्रेटरी पूर्ण लोक्सोमले कदर पत्र प्रदान गरेका थिए।
विगतमा असन्तुष्ट रहेका सम्पूर्ण पक्षको आत्मालोचना तथा रुपान्तरणको कडि मार्फत अधिवेशनमा सहभागिता रहेको थियो भने सम्पूर्ण समिति पदाधिकारीहरुको अध्यक्ष मण्डल हङकङ पार्टी सेक्रेटरी पूर्ण लोक्सोम तथा सह सेक्रेटरीद्वय जेवि ओख्राबो तथा पवन बस्नेतवाट निर्विकल्प चयन भएको थियो।
नयाँ कार्यसमितिका पदाधिकारीहरू
अध्यक्ष -विष्णु गुरुङ
वरिष्ठ उपाध्यक्ष - ज्ञानु मेन्याङ्गबो
उपाध्यक्ष - हेमराज थापा
उपाध्यक्ष - धिरेन्द्र राई
महासचिव - जिमि हाङ्गखिम
सचिव - किशोर महरा
कोषाध्यक्ष -मानप्रसाद गुरुङ
सदस्यहरु
गोविन्दराज गुरुङ
देविदाश राई
पिताम्वर राई
ललित आङ्गबुहाङ्ग
जजिन चाम्लिङ्ग
रुपप्रसाद राना
नन्द बेघा
प्रतिनिघि -लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चा
प्रतिनिघि -किराँत राष्ट्रिय मुक्ति मोर्चा
प्रतिनिघि -तमु मुक्ति मोर्चा
प्रतिनिघि -मगर मुक्ति मोर्चा
पछि थप गर्ने
एस/ एचकेनेपाल डट कम-
नेपाली जनसरोकार समाज हङकङले मार्च ४ तारिखका दिन एक कार्यक्रमको आयोजना गरी सहिद सप्ताह मानाएको छ।
एनेकपा माओवादी हङकङका सचिव पूर्ण लोक्सोमको प्रमुख आतिथ्य तथा नेपाली जनसरोकार समाज हङकङका कार्यवाहक अध्यक्ष कृष्णबहादुर लिँखाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सचिवालय सदस्य अर्जुन राना, काउलुन समिति इन्चार्ज किशोर महरा र काउलुन समिति अध्यक्ष रविन नाल्वो विषेष अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा विभन्न वक्ताहरुले सहिदहरुको देन र सपना साकार वनाउन सबैले दत्तचित्त भएर लाग्न पर्नेमा जोड दिएका थिए।
माओवादीले फागुन १४ देखि २१ गतेलाई हरेक वर्ष सहिद सप्ताहको रुपमा मनाउँदै आइरहेको छ। २०५२ फागन १ गते जनयुद्ध सङ्खघोषको १४ दिनपछि तत्कालिन राज्य सत्ताले एक अवोध ११ वर्षीय वालक दिलबहादुर रम्तेलको बर्बरता पूर्ण तवरले हत्या गरेको थियो। उनीनै जनयुद्धको प्रथम महान सहिदका रुपमा घोषित छन्।
२०२८ फागुन २१ गतेका दिन झापा चन्द्रगढी जेलका आस्थाका वन्दी कृष्ण कुइकेल, विरेन राजवँशि, नारायण श्रेष्ठ, नेत्र घिमिरे, रामनाथ दहाललाई इलाम जेल चलानका नाममा झापाको सुखानी जंगलमा प्रहरीले गोली हानि हत्या गरेको थियो।
तिनै ज्ञातअज्ञात सहिदहरूको सम्झनामा दुइ दिनको समायोजन गरी एक हप्ताभरी एनेकपा माओवदीले सहिद सप्ताह मनाउने गरेको छ।
पूर्ण लोक्सोम/ एचकेनेपाल डट कम-
हङकङ, बजेट भाषण भएको एक हप्तापछि सरकार समर्थक सभासदहरुसँग छलफल गरी अर्थ सचिव जोन ताङ्ग च्युनले १८ बर्ष नाघेका सम्पूर्ण नागरिकलाई हङकङ डलर ६००० प्रदान गर्ने घोषणा गरेका छन् भने ७५ प्रतिशतसम्म तलव कर छुट दिने घोषणा पनि गरेका छन्।
साठी लाख जनतामा जाने उक्त सुविधा रकमको रुपमा ३६ अरब र तलव कर छुट ४ अरव गरी ४० अरव डलरको हुनेछ।
बजेट भाषणमा ब्यापक विरोध सहनु परेपछि पुनर्विचार गरिएको नीतिमा पनि ब्यापक टिका टिप्पणी जारी छ।
गत साल पनि १०००० डलर भन्दा कम मासिक आयश्रोत भएकालाई ६००० डलर रकम वरावरको रकम सञ्चयकोषमा जम्मा गरिदिइएको भएतापनि यसरी सोझै जनतालाई राहत रकम वितरण गर्ने घोषणा गरिएको भने पहिलो पटक हो।
मकाउ र सिँगापुरमा पनि यसरी जनतालाई सहुलियत स्वरुप सोझै रकम प्रदान गरिएता पनि अन्य मुलुकमा सो मुताविकको चलन रहेको छैन। सो राहत प्रत्यक्ष हेर्दा लोकप्रिय भएता पनि आगमी २०१२ मा हुने कार्यकरी प्रमुखको चुनावी प्रचारबाजी स्वरुप ल्याइएको त होइन भन्ने आशंका एकातिर उब्जिएकोछ भने अर्कोतिर फाइदा स्वरुप वोनस वितरण गर्ने कम्पनीको रुपमा सरकार आएको आभाष पाइन्छ।
त्यसैगरी, कतै सरकार योजनाविहीन भएको त होईन भन्ने आशंका पनि उक्त घोषणाले पैदा गरेको छ। सो रकमको पूर्ण अंश सबैले खर्च गरेमा मुद्रास्फ्रितिको सम्भावना रहने साथै करिव २ प्रतिशतले गृहस्थ उत्पादनमा बुद्धि हुने दावी अर्थशास्त्रीहरुको रहेको छ।
उल्लेखनीय रुपमा वेरोजगारी भत्ता र कम आय भएका जनतालाई सरकारी आवास समेतको सुविधा दिने हङकङको हालको बेरोजगारी संख्या भने केवल ३.८ प्रतिशत रहेको छ।
अन्तर्राष्ट्रिय मुद्रकोषको रिपोर्ट अनुसार ४५२७७ डलर वार्षिक प्रतिव्यक्ति आम्दानीसहित विश्वको छैटों स्थानमा रहेको हङकङ, जापान, वेलायत, क्यानडा तथा युरोपका अधिकांश राष्ट्रभन्दा अग्रस्थानमा रहेको छ। तथापि कम आय भएका अधिकांश जनताका साझ सवालमा भने सरकार गम्भीर नभएको त होइन भन्ने आशंका पैदा भएको छ।
सामान्यतया सरकारले निम्न आय भएकाहरुको हक र हितलाई संरक्षण तथा सामुदायिक सुविधा लगायतका क्षेत्रमा सेवा बृद्धि गरे थप रचनात्मक हुने कुरा स्पष्ट छ। क्षेत्रका हिसावमा सवैभन्दा वढी अरवपतिहरु बस्ने हङकङमा संसारका धनिमध्येका एक लिका सिङ्ग पनि सो ६००० डलर सुविधाको भागिदार बन्दैछन्।
श्याम इङनाम, हङकङ / एचकेनेपाल डट कम-
हङकङ तेह्रथुम मञ्चको छैंटौ बार्षिक कार्यक्रम फेब्रवरी २७ तारिख मंकी हिलमा विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
अप्रत्याशितरुपमा कार्यक्रमको एक दिन अगाडि मञ्चका अध्यक्ष त्रिभुवन लुङफङवा दुर्घटनामापरी उपचारार्थ अस्पतालमा रहेकोले कार्यक्रमको अध्यक्षता मञ्चका उपाध्यक्ष शेरबहादुर पयाङगोले गर्नु भएको थियो। तस्वीरः जगतअम्बु गुरूङ / एचकेनेपाल डट कम
औपचारिक कार्यक्रम मञ्चका सचिव श्याम इङनामले सञ्चालन गर्नु भएको थियो भने स्वागत मन्तव्य सदस्य देबेनद्र खापुङले गर्नुभएको थियो।
प्रमुख अतिथि नेपाल हङकङका महाबाणिज्यदूत बिनोद उपाध्याय रहेको उक्त कार्यक्रममा मञ्चका सल्लाहकार उत्तरमान तिगेला तथा किरात याक्थुङ चुम्लुङ हङकङका अध्यक्ष कृष्ण लावतीले आफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रमको दोस्रो तथा अनौपचारिक कार्यक्रम मञ्चका सहसचिव दिलकुमारी पाहिम तथा सदस्य देबेन्द्र खापुङले सञ्चालन र्नु भएको थियो। बिभिन्न नृत्य, च्याब्रुङ नाच, हाकपारे, भेषभूषा प्रदर्शनी, डोरी तान्ने खेल, भागयशाली चिठ्ठा आदि रहेको उक्त कार्यक्रमको पर्मुख आकर्षणमा तेह्रथुममा उत्पादित बिभिन्न जडिबुटी, ढाका टोपी, ढाका रुमाल, ढाकाको सल, सिरुपाते खुकुरी, तोङबा तथा बिभिन्न फोटो प्रदर्शनी रहेको थियो। कार्यक्रममा बीबीक्यूको साथमा धान नाचेर रमाइलो गर्नेको जमात हेर्न लायकको थियो।
एस/ एचकेनेपाल डट कम-
तमु ट्हो ह्युल हङकङको छैंठौं अधिवेशन फेब्रुवरी २७ तारिख याउ मा तेइस्थित हेन्री जि लिवङ कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ।
अधिवेशनले अर्जुन गुरूङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। तस्वीरः लक्ष्मण गुरूङ
नयाँ कार्यसमितिको उपाध्यक्ष, सचिव, सहसचिव, कोषध्यक्ष तथा सहकोषाध्यक्षमा क्रमशः रिता गुरूङ, युवराज गुरूङ, दुर्गा गुरूङ, राधिका गुरूङ र उदय गुरूङ रहेका छन्। त्यसैगरी, सदस्यहरूमा कुमार गुरूङ, चन्द्रवहादुर गुरूङ र सरोज गुरूङ रहेका छन्।
निवर्तमान अध्यक्ष इच्छाकुमारी गुरूङको अध्यक्षतामा सम्पन्न छैंठौं अधिवेशनको उद्धाटन समारोहको प्रमुख अतिथिमा हङकङ नेपाली महासंघका अध्यक्ष प्रदीप थापामगर रहेका थिए।
अधिवेशनबाट निर्वाचित अध्यक्ष अर्जुन गुरूङले सम्पूर्ण तमुहरूलाई एकतावद्ध भै तमु ट्हो ह्युलको कार्यक्रमलाई आ-आफ्ना क्षेत्रबाट सहयोग गराइदिन अपिल गर्दै तमु संघसंस्था बलियो बनाउन सक्यो भने सिङ्गो तमु जाति मात्र नभै सम्पूर्ण नेपालीको पहिचान बलियो हुने विचार व्यक्त गरेका थिए।